छोराले गरे बाबुको हत्या

   कार्तिक १८, २०८२       admin

काठमाडौ,१७ कार्तिक । पाँचथरको हिलिहाङ गाउँपालिकामा छोराले आफ्नै बाबुको हत्या गरेको घटना सार्वजनिक भएको छ।

हिलिहाङ गाउँपालिका–१ फेदापाका ६९ वर्षीय युवराज राईलाई उनका कान्छा छोरा ३१ वर्षीय सन्देश राईले हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

आइतबार बिहान करिब १०ः३० बजे घरदेखि करिब ५०० मिटर टाढा रहेको करेसाबारीमा युवराजको शव फेला परेको थियो। शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि प्रहरी हत्याको आशंकामा अनुसन्धानमा जुटेको थियो।

प्रारम्भिक अनुसन्धानका क्रममा युवराजका कान्छा छोरा सन्देशले बाबुको हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णले जानकारी दिएका छन्।

प्रहरीले सन्देशलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ। मृतक युवराजको शव कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि जिल्ला अस्पताल फिदिम लगिएको प्रहरीले जनाएको छ।

हत्याको कारण भने अझै स्पष्ट भएको छैन र घटनाबारे थप अनुसन्धान जारी रहेको पाँचथर प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

स्वास्थ्य शिविरमा दार्माका ४१२ जनाले लिए सेवा

   कार्तिक १८, २०८२       admin

सल्यान,१७ कार्तिक । सल्यानको दार्मा गाउँपालिकामा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा ४१२ जनाले स्वास्थ्य सेवा लिएका छन्।

दुई स्थानमा आयोजना गरिएको शिविरमा २५७ जना महिला र १५५ जना पुरुष सहभागी भएको दार्मा गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाको आयोजना तथा स्वास्थ्य सेवा कार्यालय सल्यानको सहयोगमा शनिबार वडा नं. ३ र आइतबार वडा नं. ५ मा स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो। स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत ताराप्रसाद रिजालका अनुसार उच्च ज्वरो आएका १५८ जनाको रगत परीक्षण गर्दा ५१ जनामा स्क्रब टाइफस र २ जनामा डेंगी सङ्क्रमण पुष्टि भएको छ।

पहिलो दिन १४६ महिला र १०१ पुरुष गरी २४७ जनाले स्वास्थ्य परीक्षण गराएका थिए। ज्वरोका लक्षण देखिएका ६७ जनाको रगत परीक्षण गर्दा २३ जनामा स्क्रब टाइफस र एक जनामा डेंगी पुष्टि भएको थियो। दोस्रो दिन १११ महिला र ५४ पुरुष गरी १६५ जनाले स्वास्थ्य परीक्षण गराएका थिए। तीमध्ये ज्वरो भएका ९१ जनाको रगत परीक्षण गर्दा २८ जनामा स्क्रब टाइफस र एक जनामा डेंगी पाइएको जनस्वास्थ्य अधिकृत रिजालले जानकारी दिए।

हाल गाउँपालिका र आसपासका क्षेत्रमा उच्च ज्वरो र अज्ञात रोगका कारण स्थानीयहरू प्रभावित भएका छन्। रोगको पहिचान र नियन्त्रणका लागि गाउँपालिकाले स्वास्थ्य शिविर सञ्चालन गरेको हो।

दार्मा गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीका अनुसार उच्च ज्वरोका कारण मृत्यु समेत भएका र यसले स्थानीयमा त्रास फैलिएको अवस्थामा गाउँपालिकाले स्वास्थ्य जोखिम न्यूनीकरणका लागि पहल थालेको हो। उनका अनुसार, शिविरबाट रोगको प्रारम्भिक पहिचान, स्वास्थ्य जनचेतना अभिवृद्धि र समस्या समाधानमा सहयोग पुगेको छ।

स्वास्थ्य सेवा कार्यालय सल्यानको प्रथम त्रैमासिक विवरणअनुसार जिल्लामा १०७ जनामा स्क्रब टाइफस र १२ जनामा डेंगी सङ्क्रमण पुष्टि भएको उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

राष्ट्रपतिको कार्यभार उपराष्ट्रपतिलाई

   कार्तिक १८, २०८२       admin

काठमाडौ,१७ कार्तिक। राष्ट्रपति रामचन्द्र पौडेल कतारको दोहामा हुने ‘सामाजिक विकाससम्बन्धी दोस्रो विश्व सम्मेलन’मा सहभागी हुन प्रस्थान गरेका छन्।

राष्ट्रपति पौडेलको अनुपस्थितिमा राष्ट्रपतिबाट हुने कामको कार्यभार उपराष्ट्रपति रामसहायप्रसाद यादवले सम्हाल्ने भएका छन्।

नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम सो अवधिमा राष्ट्रपतिबाट हुने कार्य उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी तोकिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।

राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही कात्तिक १७ गतेदेखि २० गतेसम्म दोहामा हुने सम्मेलनमा सहभागी हुन आज बिहान प्रस्थान गरेका हुन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बस र ट्रक ठोकिँदा भारतमा १९ जनाको मृत्यु

   कार्तिक १८, २०८२       admin

काठमाडौ,१७ कार्तिक। भारत तेलंगानाको रंगारेड्डीमा बस र ट्रक एकापसमा ठोक्किँदा १९ जनाको मृत्यु भएको छ। साइबराबाद कमिश्नरेटका एक प्रहरी अधिकारीले सन्चारमाध्यमलाई मृत्युको पुष्टि गरेका छन्।

सोमबार बिहान रंगारेड्डीको चेभेला प्रहरी चौकीको खानापुर गेट नजिकै दुर्घटना भएको हो।

समाचार एजेन्सी एएनआईका अनुसार तेलंगाना सरकारद्वारा सञ्चालित टीजीएसआरटीसी बस ट्रकसँग ठोक्किएको छ।

तेलंगानाका मुख्यमन्त्री कार्यालयले सामाजिक सञ्जाल पोस्टमा मुख्यमन्त्री रेवन्त रेड्डीले सडक दुर्घटनाप्रति दुःख व्यक्त गरेको बताएको छ।

तेलंगानाका सीएमओका अनुसार उनले आवश्यक राहत कार्य सुरु गर्न अधिकारीहरूलाई निर्देशन दिएका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

११ राजदुत फिर्ताको निर्णय कार्यान्वयन नगर्न सरकारलाई सर्वोच्चको आदेश

   कार्तिक १७, २०८२       admin

काठमाडौ,१६ कार्तिक। सुशीला कार्की नेतृत्वको सरकारले ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अदालतले आदेश दिएको छ।

न्यायाधीश शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सो निर्णयको अन्तिम आदेश नआएसम्म राजदूतहरूलाई फिर्ता नगर्न भनेको हो। ‘सरकारले कार्यसम्पादन मूल्याङ्कन नगरी फिर्ता बोलाउने निर्णय गरेको छ, जबकि कानुनअनुसार राजदूतको कार्यसम्पादन मूल्याङ्कन गरिएको हुनुपर्छ।’ – दालतले भनेको छ ।

‘राजदूतहरूको नियुक्ति अवधि अझै बाँकी छ, फिर्ता बोलाउने स्पष्ट कारण प्रस्तुत गरिएको छैन र नयाँ नियुक्तिका लागि प्रक्रिया सुरु भएको छैन।’ – अदालतको आदेशमा उल्लेख छ । इजलासले १७ मध्ये ११ जनालाई मात्र फिर्ता बोलाउने निर्णयको कारण प्रष्ट नभएको भन्दै यथास्थितिमा राख्न आदेश दिएको हो।

२०७८ साउन १४ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीको सरकारले विभिन्न देशका लागि १७ जनालाई राजदूत नियुक्त गरेको थियो। जेनजी आन्दोलनपछि बनेको कार्की नेतृत्वको सरकारले असोज ३० मा ११ राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।

चुनावी सरकारले एकाएक फिर्ता बोलाउने निर्णय गरेपछि आलोचना भएको थियो। प्रधानमन्त्री कार्कीले सरकार छोटो अवधिको भएकाले ब्रिफिङ गर्ने र आर्थिक अनियमिततामा जोडिएकालाई मात्र फिर्ता बोलाउने स्पष्टिकरण दिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

फेवातालमा डुबेका तीनजनाको उद्धार

   कार्तिक १७, २०८२       admin

कास्की, १६ कार्तिक। फेवातालमा डुबेका तीनजनाको उद्धार गरिएको छ । कास्कीको पोखरा महानगरपालिका–६ लेकसाइड स्थित फेवातालमा आइतबार डुङ्गा पल्टिँदा डुबेका उनीहरुको उद्धार गरिएको हो ।

अचानक डुङ्गा पल्टिँदा सोही डुङ्गामा सवार चालक आमबोटघाट बस्ने४० वर्षीय महेश सुनार , रुपन्देही घर भएका ४९ वर्षका सोमबहादुर तामाङ र ४४ वर्षीय लालमान थारु फेवातालमा डुबेका थिए।

घटनाको जानकारी पाएलगत्तै नेपाली सेना र सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्कीबाट फेवा रेस्क्यु टावरको संयुक्त विपद् उद्धार टोली खटिएको थियो। सशस्त्र प्रहरी सहायक निरीक्षक देवेन्द्र केसीको कमाण्डमा कार्यरत टोलीले मोटरबोटको सहयोगमा सबै डुबेका व्यक्तिहरूलाई सकुशल उद्धार गरेको सशस्त्र प्रहरीका डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

उपकुलपति र रजिष्ट्रार पदका लागि आवेदन आह्वान

   कार्तिक १७, २०८२       admin

काठमाडौ,१६ कार्तिक ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार पदका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान गरेको छ।

विश्वविद्यालय ऐन, २०८२ बमोजिम जारी गरिएको यस सूचनामा उम्मेदवारले आवेदनसँगै अवधारण र रणनीतिक पत्र पनि पेश गर्नुपर्ने उल्लेख छ।

मन्त्रालयले आवेदनका लागि आजदेखि १५ दिने समय तोकेको छ। साविक गेटा मेडिकल कलेज यस विश्वविद्यालयमा समावेश रहेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

हर्क साम्पाङको ‘श्रम संस्कृति पार्टी’ निर्वाचन आयोगमा दर्ता

   कार्तिक १७, २०८२       admin

काठमाडौ, १६ कार्तिक। धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) नेतृत्वको ‘श्रम संस्कृति पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको छ।

निर्वाचन आयोगले आइतबार साम्पाङको दल ‘श्रम संस्कृति पार्टी’ दर्ता गरी आधिकारिक प्रमाणपत्र प्रदान गरेको हो। साम्पाङ स्वयं आइतबार आयोग पुगेर प्रमाणपत्र ग्रहण गरेका छन्।

पार्टीको चुनाव चिन्ह ‘माटो’ तोकिएको छ। हाल पार्टीमा २८ जना केन्द्रीय सदस्य र पाँच जना पदाधिकारी तोकिएका छन्।

दलको पदाधिकारीहरूमा अध्यक्षमा हर्कराज राई (हर्क साम्पाङ), उपाध्यक्षमा देवराज लामा, महासचिवमा आर्यन राई ,कोषाध्यक्षमा समिता राई रहेका छन् । यसैगरी प्रवक्तामा अरुण गुरुङ रहेका छन् ।

साम्पाङले दसैँअघि, असोज १२ गते, निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

कार्तिक १९ मा माओवादी- समाजवादीको एकता घोषणा हुने

   कार्तिक १७, २०८२       admin

काठमाडौ,१६ कार्तिक । माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीबीचको एकता घोषणा कार्तिक १९ गते हुने भएको छ। सुकेधारास्थित एक पार्टी प्यालेसमा बिहान ११ बजे आठ वामपन्थी दलबीच औपचारिक रूपमा एकता घोषणा गरिने भएको हो।

एकीकृत समाजवादीका वार्ता टोली सदस्य प्रकाश ज्वालाका अनुसार यसअघि सोमबार घोषणा गर्ने तयारी भए पनि प्राविधिक कारणले दुई दिन पछि सारिएको हो।

सहमति अनुसार नयाँ एकीकृत पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी समाजवादी’ राखिनेछ। तर, चुनाव चिन्हबारे अझै टुंगो लागेको छैन।

एकता कार्यक्रममा माओवादी केन्द्र र एकीकृत समाजवादीसँगै विप्लव नेतृत्वको नेकपाबाट हालै अलग भएका चिरन पुन समूह, महिन्द्र राय यादव नेतृत्वको नेसपा, प्रेमबहादुर सिंह समूह, राजु कार्की नेतृत्वको नेकपा समाजवादी, र सुभाषराज काफ्ले नेतृत्वको जनसमाजवादी पार्टी पनि सहभागी हुने भएका छन्।

एकता घोषणापछि कात्तिक २० गते नयाँ एकीकृत पार्टीको पहिलो बैठक बस्ने तयारी छ। माओवादी केन्द्रले १८ गते विघटित केन्द्रीय कमिटी बैठक बोलाएको छ भने एकीकृत समाजवादीले पनि तयारी बैठक सम्पन्न गरिसकेको छ।

तर, पार्टी एकताबारे सबै पक्ष एकमत छैनन्। माओवादीका जनार्दन शर्मा र समाजवादीका झलनाथ खनाल तथा घनश्याम भुसालले एकता प्रक्रियामा असहमति जनाएका छन्। उनीहरू सम्भवत: एकतामा सहभागी नहुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

रहेनन् ‘पानी बा’

   कार्तिक १७, २०८२       admin

दाङ, १६ कार्तिक । ‘ पानी बा’ नामले परिचित रहेका घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष देविबहादुर डिसीको निधन भएको छ। क्यान्सरबाट पीडित डिसीको उपचारका क्रममा आइतबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो। उनको ८० वर्षको उमेरमा निधन भएको हो ।

लामो समयदेखि बिरामी रहँदै आएका डिसीको प्रतिष्ठानकै भेन्टिलेटरमा उपचार भइरहेको थियो।

स्थानीयवासीबीच ‘पानी बाजे’ नामले परिचित डिसीले घोराहीमा खानेपानी सेवा विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनले दशकौँदेखि संस्थाको अध्यक्षका रूपमा निरन्तर सेवा गरेका थिए ।

खानेपानी मात्र होइन, विभिन्न सामाजिक संघ–संस्थामा पनि सक्रिय रहँदै डिसीले समुदायको विकास र सेवामा जीवन समर्पण गरेको घोराहीका स्थानीयले बताएका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology