काठमाडौ,१६ कार्तिक । माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीबीचको एकता घोषणा कार्तिक १९ गते हुने भएको छ। सुकेधारास्थित एक पार्टी प्यालेसमा बिहान ११ बजे आठ वामपन्थी दलबीच औपचारिक रूपमा एकता घोषणा गरिने भएको हो।
एकीकृत समाजवादीका वार्ता टोली सदस्य प्रकाश ज्वालाका अनुसार यसअघि सोमबार घोषणा गर्ने तयारी भए पनि प्राविधिक कारणले दुई दिन पछि सारिएको हो।
सहमति अनुसार नयाँ एकीकृत पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी समाजवादी’ राखिनेछ। तर, चुनाव चिन्हबारे अझै टुंगो लागेको छैन।
एकता कार्यक्रममा माओवादी केन्द्र र एकीकृत समाजवादीसँगै विप्लव नेतृत्वको नेकपाबाट हालै अलग भएका चिरन पुन समूह, महिन्द्र राय यादव नेतृत्वको नेसपा, प्रेमबहादुर सिंह समूह, राजु कार्की नेतृत्वको नेकपा समाजवादी, र सुभाषराज काफ्ले नेतृत्वको जनसमाजवादी पार्टी पनि सहभागी हुने भएका छन्।
एकता घोषणापछि कात्तिक २० गते नयाँ एकीकृत पार्टीको पहिलो बैठक बस्ने तयारी छ। माओवादी केन्द्रले १८ गते विघटित केन्द्रीय कमिटी बैठक बोलाएको छ भने एकीकृत समाजवादीले पनि तयारी बैठक सम्पन्न गरिसकेको छ।
तर, पार्टी एकताबारे सबै पक्ष एकमत छैनन्। माओवादीका जनार्दन शर्मा र समाजवादीका झलनाथ खनाल तथा घनश्याम भुसालले एकता प्रक्रियामा असहमति जनाएका छन्। उनीहरू सम्भवत: एकतामा सहभागी नहुने जनाइएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, १६ कार्तिक । ‘ पानी बा’ नामले परिचित रहेका घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष देविबहादुर डिसीको निधन भएको छ। क्यान्सरबाट पीडित डिसीको उपचारका क्रममा आइतबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो। उनको ८० वर्षको उमेरमा निधन भएको हो ।
लामो समयदेखि बिरामी रहँदै आएका डिसीको प्रतिष्ठानकै भेन्टिलेटरमा उपचार भइरहेको थियो।
स्थानीयवासीबीच ‘पानी बाजे’ नामले परिचित डिसीले घोराहीमा खानेपानी सेवा विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनले दशकौँदेखि संस्थाको अध्यक्षका रूपमा निरन्तर सेवा गरेका थिए ।
खानेपानी मात्र होइन, विभिन्न सामाजिक संघ–संस्थामा पनि सक्रिय रहँदै डिसीले समुदायको विकास र सेवामा जीवन समर्पण गरेको घोराहीका स्थानीयले बताएका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१६ कार्तिक। जेन–जी आन्दोलनपछि २४ भदौमा मच्चिएको अराजक घटनाको समयमा प्रहरी वृत्त स्वयम्भूबाट चोरी भएको पेस्तोल बिक्री–वितरणमा संलग्न पाँच जना पक्राउ परेका छन्।
प्रहरीका अनुसार हातहतियार बिक्री भइरहेको भन्ने सूचनाका आधारमा खटिएको टोलीले धादिङ घर भई हाल काठमाडौं–१५ मा बस्ने २१ वर्षीय कृष्ण गुरुङ, भगवानपाउ बस्ने २५ वर्षीय राजन देउला, भारतीय नागरिक २४ वर्षीय अकबर खान, विजेश्वरी बस्ने २६ वर्षीय सुमिन शाक्य र क्षेत्रपाटीमा पसल सञ्चालन गर्दै आएका ३८ वर्षीय प्रभात मल्ललाई नियन्त्रणमा लिएको हो।
प्रहरी वृत्त स्वयम्भूका डीएसपी मोहनमणि अधिकारीका अनुसार कृष्ण गुरुङले २४ भदौमा प्रहरी वृत्तबाट पेस्तोल लुटेको खुल्न आएको छ। अनुसन्धानका क्रममा उनले उक्त पेस्तोल राजन देउलालाई दिएको र देउलाले त्यसपछि अकबर खानमार्फत बिक्री गर्न खोजेको खुलेको छ।
डीएसपी अधिकारीका अनुसार, ‘अकबर खानले ग्राहक खोजेर सुमिन शाक्यलाई ६५ हजार रुपैयाँमा पेस्तोल बिक्री गरेको पाइएको छ।’ त्यसपछि शाक्यले उक्त पेस्तोल प्रभात मल्ललाई १ लाख रुपैयाँमा पुनः बिक्री गरेको खुलेको छ।
प्रहरीले मल्लको पसलको चेन्जिङ रुमभित्र कपडाले बेरेर लुकाइएको अवस्थामा पेस्तोल फेला पारेको जनाएको छ। बरामद पेस्तोलसँगै त्यसमा लाग्ने म्याग्जिन र १५ राउन्ड गोली पनि भेटिएको छ।
पक्राउ परेकाहरूमाथि हातहतियार तथा खरखजाना ऐन, २०१९ अनुसार कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१६ कार्तिक । अराजक र हिंसात्मक अभिव्यक्ति दिएपछि डा. निकोलस भुसाल प्रहरीको निगरानीमा परेका छन्।
हालकी प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलगायतका नाम लिँदै भुसालले विभिन्न व्यक्तिहरूविरुद्ध अपशब्द र धम्कीपूर्ण टिप्पणी गरेका हुन्।
शनिबार संवाद डबलीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा भुसालले गत भदौ २३ गते जेनजी आन्दोलनका क्रममा भएको दमनका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई ‘हत्यारा’को संज्ञा दिएका थिए। सो घटनामा सुरक्षाकर्मीको गोली लागी १९ जनाको मृत्यु भएको थियो।
भुसालले सरकारले ओली र लेखकलाई कारबाही नगरे आफूहरू नै कारबाहीका लागि अगाडि सर्ने चेतावनीसमेत दिए। उनले ‘कारबाहीका लागि उनीहरूको घरमै जाने’ धम्की दिएका छन्। त्यससँगै, हालकी प्रधानमन्त्री सुशीला कार्कीलाई ‘हुतिहारा’ भन्ने र गृहमन्त्री अर्याललाई अपशब्द प्रयोग गर्ने गरी अभिव्यक्ति दिएका थिए।
उनले बालुवाटार माथि ‘मिसाइल राखेको’ दाबी गर्दै कोही नबच्ने गरी धम्की पनि दिएका छन्। साथै, आगामी फागुनमा हुने भनिएको निर्वाचन प्रत्यक्ष कार्यकारी प्रमुखसहित हुनुपर्ने, नभए चुनाव हुन नसक्ने बताएका छन्। उनले मेयर बालेन शाहमाथि पनि जेनजी आन्दोलनका माग पूरा नगरेको भन्दै आक्रोश पोखेका छन्।
भुसालले सरकारविरुद्ध माइतिघर मण्डलामा भेला भएर प्रदर्शन गर्न आह्वान गरेका छन्।
नेपाल प्रहरीका अनुसार भुसाल विवादित पात्र हुन्। उनलाई गत असोज २३ गते माइतिघरमा प्रदर्शन गर्ने क्रममा पक्राउ गरिएको थियो। प्रहरी अस्पतालको मेडिकल रिपोर्टमा उनले गाँजा सेवन गरेको पुष्टि भएपछि उनका दाजु सागरले सुधार केन्द्र लैजाने शर्तमा जिम्मा लिएर छुटाएका थिए। तर, त्यसपछि पनि उनका विवादित र भड्काउ अभिव्यक्ति रोकिएका छैनन्।
शनिबारको पत्रकार सम्मेलनमा झन् उग्र र हिंसात्मक अभिव्यक्ति दिएपछि प्रहरीले उनलाई निगरानीमा राखेको जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
बाँके,१६ कार्तिक। बाँके जिल्लाका दुई बालसुधार गृह र एक कारागारबाट भागेका कैदीबन्दीमध्ये २२३ जना अझै फरार रहेका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० अंगुर जिसीका अनुसार हालसम्म ३४० जना मध्ये ११७ जनामात्र पक्राउ परेका छन्।
गत भदौ २४ गते जेन्जी आन्दोलनको क्रममा बाँकेको नौबस्ता बालसुधार गृह, नौबस्ता कारागार र डुडुवाको आसमानपुरस्थित जयेन्दु बालसुधार गृहबाट ३४० जना कैदीबन्दी फरार भएका थिए। तीमध्ये धेरैजना अझै पक्राउ परेका छैनन्।
एसपी जिसीका अनुसार फरारमध्ये केही भारत प्रवेश गरेका र केही नेपालमै लुकेर बसेको अनुमान गरिएको छ। “सबैको खोजी कार्य जारी छ,” उनले बताए।
बाँकेको डुडुवा गाउँपालिकाको आसमानपुरस्थित बालसुधार गृहबाट भागेका ६६ जना बालबन्दी अझै नियन्त्रणमा आएका छैनन् भने नौबस्ता बालसुधार गृहबाट भागेका ४४ जना पनि पक्राउ परेका छैनन्। यस्तै नौबस्ता कारागारबाट भागेका १४७ जना मध्ये ३४ जना नियन्त्रणमा आएका र ११३ जना अझै फरार रहेको प्रहरीले जनाएको छ।
भाग्ने क्रममा सुरक्षाकर्मीमाथि आक्रमण भएपछि गोली चल्दा नौबस्ता बालसुधार गृहका पाँच बालबन्दीको मृत्यु भएको थियो।
भदौ २५ गते नेपालगन्जस्थित पुरानो कारागारबाट पनि कैदीबन्दीले भाग्ने प्रयास गरेका थिए। तर नेपाली सेनाले सुरक्षा कडा बनाएपछि प्रयास असफल भएको थियो। सो क्रममा सेनाले चलाएको गोली लागेर एक कैदीको खुट्टामा चोट लागेको थियो।
भागेका मध्ये केहीलाई बाँके, केहीलाई नेपाल–भारत जमुनाहा नाकामा र केहीलाई अन्य जिल्लाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१६ कार्तिक । शनिबार बाजुरामा भएको बस दुर्घटनामा घाइते भएका बस सहचालकको उपचारका क्रममा मृत्यु भएको छ।
मार्तडी–कोल्टी सडकखण्डअन्तर्गत बूढीनन्दा नगरपालिका–७ सेरकाटियामा भएको दुर्घटनामा घाइते बैतडी जिल्ला दशरथचन्द्र नगरपालिका–९ का २४ वर्षीय गणेश जोशीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका निमित्त प्रहरी नायब उपरीक्षक गगनसिंह भाटले जानकारी दिए ।
जोशीलाई अवस्था जटिल भएपछि धनगढी पठाइएको थियो। सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा शनिबार राति १० बजे उनको मृत्यु भएको प्रहरीको भनाइ छ।
बस दुर्घटनामा घाइते भएका आठ जनालाई पनि थप उपचारका लागि धनगढी पठाइएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले बताए ।
घाइतेहरूमा स्वामीकार्तिक खापर–३ का २३ वर्षीय विशाल शाही, बूढीनन्दा–६ का १९ वर्षीय उमेश भाट, बूढीनन्दा–५ की २४ वर्षीया जमुना मल्ल, सात वर्षीया लक्ष्मी मल्ल, बूढीगङ्गा–९ की २२ वर्षीया पवित्रा सिंह, उनकी दुई वर्षीया छोरी जेनिशा सिंह, पाँच वर्षीया पल्ले सिंह, जेसिका सिंह र बूढीनन्दा–७ की ४५ वर्षीया इसरा देवी सुनार रहेका छन्।
कोल्टीबाट धनगढी जाँदै गरेको सुपप्र ०१–००१ ख ३१८१ नम्बरको बस सामान राख्ने क्रममा पछाडि गएर दुर्घटनाग्रस्त भएको प्रहरीको भनाइ छ। दुर्घटनापछि चालक फरार छन् भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
रुकुम पूर्व ,१६ कार्तिक । अटो दुर्घटना हुँदा रुकुम पूर्वमा दुईजनाको मृत्यु भएको छ। जिल्लाको भूमे गाउँपालिकामा भएको अटो दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका अनुसार भूमे गाउँपालिका–१ लुकुमकी ३० वर्षीया रेजिना घर्ती र २५ वर्षीया सबिता घर्तीको घटनास्थलमै मृत्यु भएको हो। मृतक दुई जना एकै घरका जेठानी–देउरानी भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी २६ वर्षीया प्रतिक्षा बुढा, उनका ११ महिनाका छोरा सुभम बुढा, २५ वर्षीया ब्युटी पुन र लुकुमकै ३ वर्षीया सक्षम घर्ती घाइते भएका छन्। घाइते सबैको जिल्ला अस्पताल रुकुमकोटमा उपचारपछि डिस्चार्ज भएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार अटो भिरबाट खोलामा खस्दा चार जना बीचमै अड्किएर ज्यान जोगिएका थिए।
शनिबार बेलुकी करिब पौने ६ बजे भूमे गाउँपालिका–१ लुकुमस्थित मध्ये पहाडी लोकमार्गको पञ्चासे भन्ने स्थानमा रा.१ ह ६७९७ नम्बरको अटो सडकबाट झन्डै ३०० मिटर तल खोलामा खसेको थियो।
दुर्घटनापछि सम्पर्कविहीन रहेका अटो चालक भूमे–१ का २९ वर्षीय जोते घर्ती आइतबार बिहान सम्पर्कमा आएका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१६ कार्तिक । आजदेखि कार्यालय समय घटेको छ । सरकारले चालू आर्थिक वर्षका लागि निर्धारण गरेको नयाँ समय तालिका अनुसार आजदेखि कार्यालय समय घटेको हो ।
कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सरकारी कार्यालयहरू बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म मात्र खुल्नेछन्। यसअघि कार्यालय समय बेलुकी ५ बजेसम्म रहँदै आएको थियो।
शुक्रबारको दिन भने पुरानै व्यवस्था अनुसार दिउँसो ३ बजेसम्म कार्यालय सञ्चालन हुने सरकारले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१५ कार्तिक । दाङमा प्रहरीले तास खेलिरहेको अवस्थामा पाँचजनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका –१८ कात्तिकेडाँडाको कालिका सामुदायिक वनको प्रतिक्षालयमा तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । पक्राउ पर्नेमा दुई महिला र तीन पुरुष रहेका छन् ।
पक्राउ पर्नेहरुमा घोराही–१० खैराका विरबहादुर बुढा मगर, घोराही–१२ हापुर साजखर्कका दलबहादुर बुढा, रोल्पाको त्रिवेणी गाउँपालिका–२ नुवागाउँकी तुलसी खड्का र कल्पना घर्ती मगर तथा भमबहादुर बाठा रहेका जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए।
उनीहरुको साथबाट १२ बुक तास तथा ५५ हजार २ सय रुपैयाँ नगद बरामद गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१५ कार्तिक । आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत ओडिआई शृंखलाको आफ्नो तेस्रो खेलमा दिपेन्द्र सिंह ऐरीले अमेरिकाविरुद्ध अर्ध सतक बनाएका छन्।
उनले ४३ बलमा ५१ रन बनाएका हुन्। उनले ३५।४ ओभरमा दुई चौका तीन छक्का हानेका छन्।
यूएईमा जारी खेल दुबईस्थित आईसीसी एकेडेमीमा जारी रहेको छ।
नेपालले हालसम्म खेलेका दुवै खेल हारेको छ। पहिलो खेलमा नेपालले अमेरिकासँग १०६ रनको हार बेहोरेको थियो भने दोस्रो खेलमा बिहीबार यूएईसँग ५ विकेटले पराजित भएको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस