शारदा नदी किनारमा महिलाको शव फेला

   कार्तिक ०, २०८२       admin


सल्यान,८ कार्तिक । सल्यानको शारदा नदी किनारमा एक महिलाको शव फेला परेको छ । सल्यानको शारदा नगरपालिका–१२ गाईनेट नजिक शारदा नदीको किनारमा एक अज्ञात महिलाको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायब उपरीक्षक ९डीएसपी० डा। हेमबहादुर केसीका अनुसार महिलाको शव पानीमा तैरिरहेको अवस्थामा भेटिएको हो। शवको शरीरको आधा भागमा कपडा नभएको र विभिन्न भागमा हिलो लागेको अवस्थामा भेटिएको बताइएको छ।

हालसम्म मृतकको परिचय खुल्न सकेको छैन। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय शीतलपाटीबाट प्रहरी टोली पुगेको छ। टोलीले आवश्यक मुचुल्का कार्य सम्पन्न गरी शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान लैजाने तयारी गरेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बाघको आक्रमणबाट घाँस काट्न गएका पुरुषको मृत्यु

   कार्तिक ०, २०८२       admin

बाँके,८ कार्तिक । बाँकेको राप्तीसोनारी गाउँपालिकामा बाघको आक्रमणबाट घाँस काट्न गएका एक पुरुषको मृत्यु भएको छ।

राप्तीसोनारी गाउँपालिका–९ गुरुवागाउँ नमुना बस्तीका ४० वर्षीय इन्द्रबहादुर खत्रीको शुक्रबार दिउँसो स्थानीय रिम्ना सामुदायिक वनमा बाघको आक्रमणबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता दीपक पातलीले जानकारी दिए।

शुक्रबार बेलुकीसम्म घर नफर्किएपछि शनिबार बिहान स्थानीयवासी र प्रहरी टोलीले खोजी गर्ने क्रममा रिम्ना सामुदायिक वनको चिल्लेपाटा क्षेत्रमा खत्रीको शव क्षतविक्षत अवस्थामा फेला परेको थियो।

घाँस काटेर राखिएको डोको र चप्पल एक ठाउँमा भेटिएको र शव तीन टुक्रामा—टाउको, खुट्टा र शरीर छुट्टाछुट्टै ठाउँमा—फेला परेकाले बाघको आक्रमणबाट मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

लेक लागेर एकजनाको मृत्यु

   कार्तिक ०, २०८२       admin


मनाङ,८ कार्तिक । पर्यटकको सामग्री बोकेर फर्कने क्रममा लेक लागेर एकजनाको मृत्यु भएको छ ।
मनाङको नार्पाभूमि गाउँपालिका–४, काङला फेदी क्षेत्रमा शनिबार उनको मृत्यु भएको हो । मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालका अनुसार मृत्यु हुनेमा लमजुङ क्व्होलासोथर गाउँपालिका–४, भुजुङका ४८ वर्षीय डिलबहादुर गुरुङ रहेका छन् ।

काङला फेदी (करिब ४,५००) बाट पर्यटकको सामान बोकेर फर्कने क्रममा उच्च हिमाली क्षेत्रमा लेक लागेर उनी बेहोस भएका थिए ।

घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी निरीक्षक अर्जुन बस्नेतको कमाण्डमा २ जनाको टोली एयर डाइनेस्टीको हेलिकोप्टरमार्फत उद्धार गरी गुरुङलाई प्रहरी सहायक हवल्दार कृष्ण कामीको साथमा उपचारका लागि पोखरा मणिपाल शिक्षण अस्पताल पठाइएको थियो । डिलबहादुरको उपचारका क्रममा मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ।

अस्पतालमा बिहानचिकित्सकले उनको मृत्यु पुष्टि गरेको जिल्ला प्रहरी कार्यालय मनाङका सूचना अधिकारी प्रहरी निरीक्षक अर्जुन बस्नेतले दिए ।

मृतकका भाइ केशबहादुर गुरुङले प्रहरीलाई बताएअनुसार शनिबार बिहान करिब ६ बजे नै डिलबहादुरलाई लेक लागेको थियो ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सामान्य विवादपछि चक्कु प्रहार, एक जनाको मृत्यु

   कार्तिक ०, २०८२       admin

कास्की,८ कार्तिक । पोखरामा सामान्य विवादका क्रममा चक्कु प्रहार हुँदा एक जनाको मृत्यु भएको छ।

पोखरा–५ प्रस्याङस्थित एक रेस्टुरेन्टमा रक्सी पिउँदै गरेका बेला विवाद भएपछि भएको चक्कु प्रहारबाट स्थानीय ४५ वर्षीय अनिल पराजुलीको मृत्यु भएको हो। उनलाई चक्कु प्रहार गर्ने २४ वर्षीय किशोर तिमिल्सिनालाई प्रहरीले पक्राउ गरेको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए।

शुक्रबार राति पराजुली र तिमिल्सिना सँगै बसेर मदिरा सेवन गर्ने क्रममा विवाद भएको थियो। पहिलो भेटमै सामान्य विवाद भएका उनीहरूबीच दोस्रो भेटमा पुनः झगडा भएपछि पराजुलीले तिमिल्सिनालाई थप्पड हानेका थिए। त्यसपछि रिसले चुर भएका तिमिल्सिना रेस्टुरेन्टबाट बाहिरिन खोज्दा पराजुलीले माफी मागेका थिए।

तर, तिमिल्सिना शान्त हुन सकेनन्। रेस्टुरेन्टबाट बाहिरिँदा उनले चक्कु लिएर निस्किए र करिब ५० मिटर टाढा गएर पराजुलीमाथि पछाडिबाट प्रहार गरे। चक्कु पराजुलीको छाती र घाँटीमुनि लाग्दा मुटु र फोक्सोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।

विहान करिब ३:०५ बजे अचेत अवस्थामा फेला परेका पराजुलीलाई उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको थियो, तर ३:४० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनापछि तिमिल्सिना इनड्राइभमार्फत सवारी बोलाएर लेकसाइडको एक होटलमा गएर लुकेका थिए। तर, प्रहरीले आफन्तको सहयोगमा उनलाई पक्राउ गर्न सफल भएको जनाएको छ।

प्रहरीले घटनास्थलबाट प्रयोग गरिएको चक्कु बरामद गरेको र तिमिल्सिनामाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको प्रवक्ता बस्नेतले बताए।
उनका अनुसार, “सामान्य विवादमै चक्कु प्रहार भएको देखिन्छ। उनीहरूबीच नजिकको सम्बन्ध थिएन, विवाद पनि सामान्य नै थियो। तर एकै पटकको प्रहारले ज्यान गएको छ।”

पराजुली र तिमिल्सिना दुवै जग्गा कारोबारीमा संलग्न रहेको पनि प्रहरीले जनाएको छ। सराङकोट स्थायी घर भएका तिमिल्सिना हाल पोखरा–५ प्रस्याङमा घर बनाएर बस्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

जीप दुर्घटना हुँदा ९ जना घाइते

   कार्तिक ०, २०८२       admin

अर्घाखाँची ,८ कार्तिक । अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा आज बिहान जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्।

छत्रदेव गाउँपालिका–७ ढिकुराबाट बुटवलतर्फ जाँदै गरेको लु १ ज ४३५२ नम्बरको जीप छत्रदेव गाउँपालिका–५ दोहोरो चौपारीमा दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक झलकप्रसाद शर्माले जानकारी दिए।

उनका अनुसार घाइते ९ जनामध्ये एक जनाको अवस्था गम्भीर रहेको छ। ब्रेक फेल भएर पक्की सडकमा अनियन्त्रित भएपछि जीप दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका ७० वर्षीय भोजराज भुषाललाई जिल्ला अस्पताल अर्घाखाँचीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल रिफर गरिएको छ। अन्य ८ जना घाइतेलाई उपचारपछि घर पठाइएको प्रहरी निरीक्षक शर्माले बताए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

माइतीघरबाट ५० प्रदर्शनकारी पक्राउ

   कार्तिक ०, २०८२       admin

काठमाडौ,८ कार्तिक । स्थानीय प्रशासनको अनुमति बिना माइतीघरमा प्रदर्शन गर्न पुगेका ५० जना प्रदर्शनकारीलाई प्रहरीले आज बिहान नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौँको टोलीले जेनजी युनाइटेडका सदस्यलाई सोधपुछका लागि नियन्त्रणमा लिएको हो। स्थानीय प्रशासनको अनुमतिबिना प्रदर्शन गर्न खोजिएको र अन्य जेनजी समूहबीच सम्भावित झडपको जोखिम देखिएकाले उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिइएकामध्ये २४ महिला र २६ पुरुष रहेका छन्। जेनजी युनाइटेड समूहले पछिल्ला दुई दिनदेखि माइतीघरमा प्रदर्शन गर्दै आएको थियो।

जेनजी युनाइटेडका अगुवा मदन कार्कीका अनुसार, उनीहरूले स्वतन्त्र रूपमा प्रदर्शन गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा अनुमति मागे पनि नपाएको बताए।
उनले प्रहरी प्रशासनको कदमलाई अलोकतान्त्रिक भन्दै भने, “हामी सकारात्मक भावनाका साथ जेनजी एकजुट हुनुपर्छ भनेर आएको थियौं, तर हामीलाई रोकियो। जिल्ला प्रशासन कार्यालयले अनुमति नै दिएन।”

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

अवरुद्ध पूर्व–पश्चिम राजमार्ग पुनः सञ्चालन

   कार्तिक ०८, २०८२       admin

दाङ,७ कार्तिक । अवरुद्ध पूर्व–पश्चिम राजमार्ग पुनः सञ्चालन भएको छ।भोलि पुनः छलफल गर्ने सहमतिपछि झण्डै दुई घण्टा अवरुद्ध भएको पूर्व–पश्चिम राजमार्गको दाङ खण्ड केहीबेर अघि खुलेको हो ।

वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशनराज पाण्डेका अनुसार, मृतकका आफन्त र प्रशासनबीच सहमति भएपछि यातायात सञ्चालनमा आएको हो ।

बस चालकलाई हदैसम्मको कानुनी कारबाही गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग राख्दै मृतकका आफन्तले राजमार्ग अवरुद्ध गरेका थिए । लमही नगरपालिका–१ नर्ती क्षेत्रमा सडकमा धर्ना दिँदै उनीहरूले सवारी साधन आवागमन रोकेका थिए ।

भाइटिकाको दिन दिदीको हातबाट टीका थापेर घर फर्किँदै गरेका राप्ती गाउँपालिका–५ सिङ्गेखोला निवासी ६६ वर्षीय रामप्रसाद भट्टराईलाई पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ९८७६ नम्बरको बसले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको थियो ।

घटनामा संलग्न सवारी चालक र बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालकको लापरवाहीका कारण दुर्घटना भएको भन्दै आफन्तहरूले हदैसम्मको कानुनी कारबाही र उचित क्षतिपूर्तिको माग गर्दै शव नबुझ्ने अडान लिएका छन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

रुकुम पश्चिममा जीप दुर्घटना : ७ जनाको मृत्यु (नामावली सहित)

   कार्तिक ०८, २०८२       admin

दाङ,७ कार्तिक ।रुकुम पश्चिममा बोलेरो जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । मुसिकोट खलंगाबाट आठबिसकोट नगरपालिकाको स्यालाखदीतर्फ जाँदै गरेको रा १ ज ४२२ नम्बरको बोलेरो जीप बाँफिकोट गाउँपालिका–७ लिस्ने भिरमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी हरिप्रसाद पुनका अनुसार दुर्घटनामा अन्य १० जना घाइते भएका छन् ।

मृत्यु हुनेमा आठबिसकोट नगरपालिका–२ स्यालाकी ३० वर्षीया कमला ओली, १६ वर्षीय टेकजंग बुढा, १५ वर्षीया दिलमाया बुढा, १७ वर्षीया मनिका ओली, १८ वर्षीया शर्मिला वि.क., २२ वर्षीया गोपाल ओली रहेका छन् भने एक जनाको सनाखत हुन बाँकी छ ।

घटनास्थल खलंगाबाट करिब ३५ किलोमिटर टाढा पर्छ । उद्धार कार्य जारी रहेको र जिपमा कति यात्रु सवार थिए भन्ने खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

नेपाली महिला फुटबल टोली भारत प्रस्थान

   कार्तिक ०६, २०८२       admin


काठमाडौ,५ कार्तिक । भारतमा आयोजना हुने अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगितामा सहभागी हुन नेपाली राष्ट्रिय महिला फुटबल टोली आज भारत प्रस्थान गरेको छ।

भारतको सिलोङमा हुने उक्त प्रतियोगितामा आयोजक भारतसहित नेपाल र इरानबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिता सम्पन्न भएपछि नेपालले भारतसँग एक मैत्रीपूर्ण खेल पनि खेल्ने कार्यक्रम रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।

त्रिदेशीय फुटबल प्रतियोगितामा नेपालले कात्तिक ७ गते इरानसँग पहिलो खेल खेल्नेछ भने कात्तिक १० गते भारतसँग दोस्रो खेल खेल्नेछ। दुवै खेल सकिएपछि नेपाली टोलीले कात्तिक १३ गते भारतसँग मैत्रीपूर्ण खेल खेल्नेछ।

प्रतियोगिताका लागि विदेशमा व्यावसायिक फुटबल खेलिरहेकी खेलाडीहरू — प्रीति राई, सावित्रा भण्डारी ९साम्बा०, पूजा राई र एन्जिला तुम्बापो सुब्बा नेपाल आइसकेका छन्।

टोलीमा कप्तान सावित्रा भण्डारीसहित अनिता बस्नेत, अन्जना राना मगर, एन्जिला तुम्बापो सुब्बा, विमला विक, दीपा शाही, हीराकुमारी भुजेल, मनमाया दमाई, मीना देउवा, निशा थोकर, प्रीति राई, प्रतिक्षा चौधरी, पूजा राना, पूर्णिमा राई, रश्मीकुमारी घिसिङ, रेखा पौडेल, रेनुका नगरकोटे, सविता राना मगर, सजनी थोकर, समीक्षा घिमिरे, सरस्वती हमाल, सरु लिम्बू र उषा नाथ रहेका छन्। टोलीको प्रशिक्षक नवीन न्यौपाने हुन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

आज नेपाल सम्वत् ११४६ देशभर मनाइँदै

   कार्तिक ०६, २०८२       admin

काठमाडौ,५ कार्तिक। नेपाल सम्वत् ११४६ आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। नेवार समुदायका लागि यो सम्वत् नयाँ वर्षको रूपमा मनाइने विशेष पर्व हो।

राष्ट्रिय विभूति शंखधर साःख्वाले विसं ९३७ ( ई।सं। ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्वतको सुरुवात गरेका थिए। त्यसै दिवसको सम्झनामा हरेक वर्ष यो सम्वत् उल्लासपूर्वक मनाइन्छ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा। त्रिरत्न मानन्धरका अनुसार, नेपाल सम्वत् लिच्छविकालका राजा राघवदेवको शासनकालमा सुरु भई पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक सम्वतका रूपमा प्रचलनमा थियो। उनले भने, “नेपाल देशकै नामबाट राखिएको यो सम्वत् हाम्रो मौलिक पहिचान हो।”

विसं २००७ मा प्रजातन्त्र स्थापना भएपछि नेपाल सम्वतलाई राष्ट्रिय मान्यता दिलाउन अभियान सुरु गरिएको थियो। नेवार समुदायले काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत क्षेत्रमा विशेष उत्साहका साथ यो नयाँ वर्ष मनाउने गर्छन्।

गरिब जनताको ऋणमोचन गरेर सामाजिक सेवाको उत्कृष्ट उदाहरण प्रस्तुत गरेका शंखधर साःख्वालाई विसं २०५६ सालको नयाँ वर्षका दिन तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले राष्ट्रिय विभूति घोषणा गरेका थिए।

यस्तै, विसं २०६५ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल सम्वतलाई राष्ट्रिय मान्यता दिने घोषणा गरेका थिए। आज पनि कार्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुवात गर्ने परम्परा काठमाडौँ उपत्यकामा निरन्तर रूपमा चल्दै आएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology