संन्यास लिदै क्रिकेटर शरद भेषवाकर

   कार्तिक ०४, २०८२       admin

काठमाडौं,३ कार्तिक । नेपाली क्रिकेटका सफल ब्याट्सम्यान शरद भेषवाकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार उनले नोभेम्बर ७ देखि ९ सम्म हङकङमा हुने हङकङ क्रिकेट सिक्सेस मा नेपालको कप्तानी गर्नेछन्, जुन उनको अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ।

सन् २००२ मा यूएईमा आयोजित यू–१५ एसिया कपबाट आफ्नो खेलजीवन सुरु गरेका शरदले नेपालको क्रिकेट इतिहासमा धेरै ‘पहिलो’ उपलब्धिहरूका साक्षी बनेका छन्। नेपालले खेलेको पहिलो प्रथम श्रेणी मान्यता प्राप्त तीनदिवसीय खेल, पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय (ODI) र पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय (T20I) टोलीका उनी सदस्य हुन्।

नेपाली राष्ट्रिय टोलीबाट उनले पहिलोपटक २००४ मा आफ्नो जन्मथलो यूएईमै ‘डेब्यु’ गरेका थिए। अन्तरमहादेशीय कपको तीनदेशीय प्रतियोगितामा यूएईविरुद्ध शारजहाँमा दोस्रो इनिङ्समा अविजित अर्धशतक बनाएर उनले उत्कृष्ट सुरुवात गरेका थिए।

शरद नेपालले विश्व क्रिकेट लिग डिभिजन–५ बाट सुरु गरेको यात्रा एकदिवसीय मान्यता प्राप्त राष्ट्र बन्ने क्रममा महत्वपूर्ण भूमिकामा रहेका खेलाडी हुन्।

उनको क्रिकेट यात्रामा सबैभन्दा सम्झनलायक पल सन् २०१३ मा यूएईमै सम्पन्न आईसीसी ट्वान्टी–२० विश्वकप ग्लोबल छनोट हो। सो प्रतियोगितामा उनले उत्कृष्ट फिनिसरको भूमिकामा रहेर नेपाललाई पहिलो पटक ट्वान्टी–२० विश्वकपमा पुर्‍याएका थिए। हङकङविरुद्धको निर्णायक खेलमा उनले विजयी रन बनाएपछि नेपाल विश्वकपमा पुगेको थियो।

त्यस्तै, २०१८ मा एम्स्टर्डममा नेदरल्यान्ड्सविरुद्ध खेलिएको खेल नेपालको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय थियो, जसमा पनि शरद सहभागी थिए। उनले पछिल्लो एकदिवसीय अन्तर्राष्ट्रिय सन् २०२१ मा र पछिल्लो ट्वान्टी–२० अन्तर्राष्ट्रिय सन् २०२२ मा खेलेका थिए।

गत सिजन ३७ वर्षका शरदले चितवन राइनोज बाट नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेलेका थिए। चार खेल खेलेका उनले सबैमा ब्याटिङमा अविजित रहँदै राम्रो प्रदर्शन गरेका थिए। तर, यसपटकको मिनी अक्सनमा उनीमाथि कुनै टिमले बोली लगाएको थिएन।

शरदको कप्तानीमा सन्दीप जोरा, आदिल आलम अन्सारी, लोकेश बम, बसिर अहमद, रसिद खान र रूपेश सिंहले हङकङमा हुने सुपर सिक्सेस प्रतियोगितामा नेपालका तर्फबाट सहभागिता जनाउनेछन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तिहारले सद्भाव, सुशासन र समृद्धिको भावना अभिवृद्धि गरोस्: राष्ट्रपति पौडेल

   कार्तिक ०४, २०८२       admin

काठमाडौं,३ कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, भातृत्व, सुशासन र समृद्धिको भावना अझ प्रगाढ बनाउन प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।

तिहार पर्वको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी र दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन्।

“नेपाल मौलिक संस्कृतिले भरिपूर्ण देश हो। हामीले मनाउने विभिन्न चाडपर्वहरूले विविधतालाई एकतामा बाँध्ने कार्य गर्दै आएका छन्,” राष्ट्रपति पौडेलले सन्देशमा भनेका छन्, “यस्ता पर्वहरूमध्ये तिहार हिन्दू धर्मावलम्बीहरूको महान पर्व हो, जसले विभिन्न जात, भाषा र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने प्रयास गरेको छ।”

उनले तिहार पर्वलाई सांस्कृतिक, पौराणिक, व्यावहारिक, मनोवैज्ञानिक तथा वैज्ञानिक महत्व बोकेको उज्यालो र प्रकाशको पर्वका रूपमा उल्लेख गरेका छन्।

राष्ट्रपति पौडेलले तिहारका माध्यमबाट प्रकट हुने विविध सांस्कृतिक अभ्यासहरूले मानवीय जीवनमा प्रकाश छरी सबैलाई सत्य, न्याय र सामाजिक सुशासनको बाटोमा अग्रसर रहन प्रेरित गरुन् भन्ने कामना पनि गरेका छन्।

तिहार पर्वलाई यमपञ्चक पनि भनिन्छ। यस पर्वमा काग, कुकुर, गाई, गोरु आदिको सम्मान र पूजा गरिन्छ भने लक्ष्मीपूजाका दिनमा भगवती लक्ष्मीको आराधना गरिन्छ। भाइटीकाका दिन दाजुभाइ र दिदीबहिनीबीच टीका लगाई, शुभकामना आदान–प्रदान गरी हर्षोल्लासका साथ पर्व मनाइन्छ।

भाइटीका, म्हपूजा र आत्मशुद्धिका चलनहरूले प्रेम, स्नेह, सामाजिक एकता, समृद्धि, धर्म, दया र करुणाका सन्देशहरू फैलाउँदै अन्धकारमाथि प्रकाशको विजयको भावना प्रकट गर्ने राष्ट्रपतिले सन्देशमा उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

इजरायलमा मारिएका विपिन जोशीको शव आज नेपाल आइपुग्ने

   कार्तिक ०४, २०८२       admin

काठमाडौं,३ कार्तिक । इजरायलमा मारिएका नेपाली नागरिक विपिन जोशीको शव आज दिउँसो नेपाल आइपुग्ने भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार कञ्चनपुरका जोशीको पार्थिव शरीर फ्लाई दुबईको विमानमार्फत् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइँदै छ।

विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरू तथा परराष्ट्र मन्त्रालयका अधिकारीहरू विमानस्थलमा उपस्थित हुने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।

हमासले जोशीलाई २०८० असोज २३ गते इजरायलको किबुत्ज आलुमिम क्षेत्रबाट अपहरण गरेको थियो। केही समयपछि उनको जीवित अवस्थाको भिडियो सार्वजनिक भएको थियो। पछि इजरायल–हमासबीच भएको युद्धविराम सम्झौताअनुसार बन्दी साटासाट गर्दा हमासले जोशीको शव इजरायली सेनालाई हस्तान्तरण गरेको हो। डीएनए परीक्षणपछि शव जोशीकै भएको पुष्टि भएपछि नेपाल ल्याउन लागिएको हो।

आइतबार इजरायलको तेल अवीवस्थित खटिभा ८ को स्मारक र बेनगुरिएन विमानस्थलमा आयोजित कार्यक्रममा उनको पार्थिव शरीरप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो। जोशीको शव रहेको कफिनमा नेपाली झण्डा आढाइएको थियो।

७ अक्टोबर २०२३ : त्यो भयावह रात
त्यो दिन इजरायल–हमास युद्ध सुरु भयो। यस क्रममा किबुत्ज आलुमिमलगायतका क्षेत्रहरू आक्रमणमा परे, जसमा धेरै निर्दोष नागरिक मारिए, घाइते भए र केही अपहरणमा परे।

त्यही आक्रमणका क्रममा विपिन पनि प्रभावित बनेका थिए। उनीहरू सुरक्षित कोठातर्फ लगिँदै गर्दा आक्रमणको निशानामा परेका थिए। सो समूहमा रहेका १० नेपाली विद्यार्थी मारिए, केही घाइते भए, केहीले भागेर ज्यान जोगाए भने केहीलाई उद्धार गरियो। तर, विपिन बेपत्ता भए।

विभिन्न सञ्चारमाध्यमका अनुसार उनले आक्रमणको बेला एक ग्रिनेड समाती बाहिर फ्याँक्ने प्रयास गरेका थिए। यो साहसिक प्रयास अहिले उनको बहादुरीको प्रतीक बनेको छ। तर, त्यसपछि धेरै समयसम्म उनको अवस्थाबारे कुनै विश्वसनीय जानकारी प्राप्त हुन सकेन।

नेपाल सरकार, इजरायल सरकार, मानवअधिकार समूह र नेपाली समुदायहरूले निरन्तर खोजी गरे पनि लामो समयसम्म उनीबारे यकिन जानकारी नआएपछि परिवार निरन्तर प्रतीक्षामा थियो। अन्ततः डीएनए परीक्षणबाट पुष्टि भएपछि आज उनका पार्थिव शरीर स्वदेश फर्किँदै छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सुन भन्दै ७१ लाखमा फलाम बेच्ने तीनजना पक्राउ

   कार्तिक ०४, २०८२       admin

काठमाडौं ,३ कार्तिक । सुन भन्दै फलामको ढिक्का देखाएर एक महिलाबाट ७१ लाख रुपैयाँ ठगी गर्ने गिरोहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका घर भई हाल काठमाडौंमा बस्दै आएकी ४६ वर्षीया गीता केसीलाई ठगी गरेको आरोपमा उक्त गिरोहलाई सार्वजनिक गरेको हो।

प्रहरीका अनुसार गत असोज २३ गते पीडित महिलालाई सुनको लोभ देखाई ११ लाख रुपैयाँ नगद र ६० लाख रुपैयाँको चेक लिएर उनीहरू फरार भएका थिए।

घटनाको जानकारी पाएलगत्तै प्रहरी वृत्त स्वयम्भूबाट खटिएको विशेष टोलीले खोजतलास गर्ने क्रममा असोज २९ गते काठमाडौंको सुन्धारास्थित ध्रुव पाटन होटलबाट तीनै जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा ताप्लेजुङको मैवाखोला गाउँपालिका–६ का ६० वर्षीय कर्ण ध्वज लिम्बु, धनकुटाको चौबिसे गाउँपालिका–४ का ५९ वर्षीय मानबहादुर सुवेदी र ताप्लेजुङकै मैवाखोला गाउँपालिका–६ का ४० वर्षीय विरेन भन्ने राम लिम्बु रहेका छन्।

प्रहरी अनुसन्धानका क्रममा कर्ण ध्वज लिम्बु यसअघि पनि ठगी मुद्दामा धरौटीमा छुटेको र मानबहादुर सुवेदी ठगी मुद्दामै फरार रहेको खुलेको प्रहरीले जनाएको छ।

उनीहरूको साथबाट कालो–पहेंलो लेप लगाइएको तीन थान धातुका ढिक्का, सिद्धार्थ बैंक लिमिटेडको ६० लाख रुपैयाँको चेक एक थान र चार थान सिम कार्ड बरामद गरिएको छ।

पक्राउ परेका तीनै जनामाथि ठगी कसुरमा अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट आठ दिनको म्याद थप गरी आवश्यक प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तुलसीपुरमा जुवातास खेलिरहेका पाँच जना पक्राउ

   कार्तिक ०३, २०८२       admin

दाङ,२कार्तिक । दाङको तुलसीपुर उपमहानगरपालिका–५ ख लाइनमा जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन्।

आइतबार साँझ करिब ५ बजे प्रहरीले हेमराज खड्काको घरमा छापा मार्दा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेकामा हेमराज खड्का, श्रीधर रजौरे, अम्मर कुमार शर्मा, प्रमोद गौतम र वकिल केसी रहेका छन्।
प्रहरीले घटनास्थलबाट १ गड्डी तास र नगद रु. ५५ हजार १ सय ९५ बरामद गरेको जनाएको छ।

उनीहरूलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

ज्येष्ठ र फरक क्षमता भएका नागरिकलाई हवाई टिकटमा ८०प्रतिशत छुट

   कार्तिक ०३, २०८२       admin

काठमाडौं,२ कार्तिक । नेपाल नागरिक उड्डयन प्राधिकरणले ज्येष्ठ नागरिक र फरक क्षमता भएका नागरिकलाई हवाई टिकटमा छुट दिने निर्णय गरेको छ।

आइतबार प्राधिकरणका महानिर्देशकको अध्यक्षतामा बसेको बैठकमा आन्तरिक वायुसेवा कम्पनीका प्रतिनिधिहरूसँग भाडा छुटबारे सहमति भएको हो।

निर्णय अनुसार ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई हवाई टिकटमा अधिकतम भाडाको ५० प्रतिशत, ७५ वर्षभन्दा माथिलाई ७० प्रतिशत र ८० वर्षभन्दा माथिलाई ८० प्रतिशत छुट दिइनेछ।

त्यस्तै, फरक क्षमता भएका हवाई यात्रुहरूलाई पनि न्यूनतम ५० प्रतिशत छुट सुनिश्चित हुने व्यवस्था गरिएको छ। उक्त निर्णय आइतबारदेखि लागू गरिएको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

यस्तै अराजकता भइरहे म प्रधानमन्त्री फर्किन्छु: ओली

   कार्तिक ०३, २०८२       admin

काठमाडौं,२कार्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशमा अराजकता निरन्तर रहिरहे आफू पुनः प्रधानमन्त्रीमा फर्किने सम्भावना बढ्ने बताएका छन्।

आइतबार सम्पादकहरूसँगको अन्तरक्रियामा बोल्दै उनले वर्तमान अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै यस्तो टिप्पणी गरेका हुन्।

उनले भने, “यस्तै भयो भने केपी ओली फेरि प्रधानमन्त्रीमा फर्किने सम्भावना बढ्छ। जनताले यो कुरा सहँदैनन्, किन सहने? अरुबाट केही हुन सकेन, यस्तो अराजकता।”

ओलीले सम्पादकहरू नै विशेष सम्पादकीय लेख्दै ‘केपी ओली फिर्ता ल्याऊँ’ भन्ने अवस्था आउन सक्ने दाबी पनि गरे। जनताले पुनः विश्वास र समर्थन दिएमा आफू प्रधानमन्त्री बन्न तयार रहेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

   कार्तिक ०३, २०८२       admin

झापा,२ कार्तिक । माछा मार्ने क्रममा करेन्ट लागेर झापामा एकजनाको मृत्यु भएको छ। झापाको कचनकवल गाउँपालिका–२ मा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा सोही ठाउँका ४९ वर्षीय लोकबहादुर गाइने रहेका छन्। उनलाई आज दिउँसो अमलखुट्टा खोलामा करेन्ट प्रवाह गरेर माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

घटनास्थलमा आवश्यक अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

फ्रान्सका पूर्व राष्ट्रपति निकोलसलाई जेल सजाय

   कार्तिक ०३, २०८२       admin

काठमाडौँ २ कार्तिक । फ्रान्सका पूर्व राष्ट्रपति निकोलस सार्कोजीलाई जेल पठाइने भएको छ । सार्कोजीलाई सन् २००७ को राष्ट्रपतीय चुनावका लागि लिबियाबाट अवैध रूपमा आर्थिक सहयोग लिएको आरोपमा दोषी ठहर गरिएको छ। योसँगै उनी युरोपेली संघको इतिहासमा जेल सजाय पाउने पहिलो पूर्व राष्ट्रप्रमुख बन्ने भएका छन्।


सार्कोजीलाई पेरिसस्थित ला सान्ते कारागारमा राखिनेछ। उनलाई एकान्त कक्षमा राखिने भएको छ, जसले अन्य कैदीहरूसँग प्रत्यक्ष सम्पर्क सीमित गर्नेछ। जेल प्रशासनका अनुसार उनी दिनको एकपटक मात्र बाहिरी प्रांगणमा एक्लै हिँड्न पाउनेछन्।

अदालतको निर्णय र अपिल प्रक्रिया
सार्कोजीले अदालतको फैसला ‘अन्यायपूर्ण’ भन्दै अस्वीकार गरेका छन् र अपिल दायर गरिसकेका छन्। तर अदालतले अपराधलाई ‘असाधारण रूपमा गम्भीर’ ठहर गर्दै अपिल प्रक्रियाको बीचमै उनलाई कारावास पठाउने निर्णय लिएको हो। उनका वकिलहरूले जेल प्रवेशपछि तत्काल रिहाइको माग गर्ने जनाएका छन्।

विगतका कानुनी मुद्दा
यसअघि पनि सार्कोजी कानुनी विवादमा परेका थिए। उनले एक मुद्दामा न्यायाधीशबाट व्यक्तिगत लाभ लिन खोजेको आरोपमा इलेक्ट्रोनिक निगरानीसहितको सजाय भोगेका थिए।
हालको मुद्दामा भने उनीमाथि सन् २००५ मा लिबियाली नेतासँग अवैध आर्थिक लेनदेनको षड्यन्त्रमा संलग्न भएको आरोप थियो। तर अदालतले प्रत्यक्ष रूपमा चुनावी चन्दा लिएको प्रमाण नपाएपछि त्यसमा सफाइ दिएको छ।

जनप्रतिक्रिया र पारिवारिक समर्थन
फ्रान्समा हालै गरिएको सर्वेक्षणअनुसार ६० प्रतिशत नागरिकले अदालतको निर्णयलाई उचित बताएका छन्। यद्यपि, सार्कोजी अझै पनि दक्षिणपन्थी समर्थकबीच लोकप्रिय व्यक्तित्वका रूपमा रहेका छन्।
उनका छोरा लुइस सार्कोजीले सामाजिक सञ्जालमार्फत मंगलबार बिहान आफ्ना पिताको समर्थनमा घरअगाडि उपस्थित हुन आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

मलामी बोकेको ट्याक्टर दुर्घटना: तीनजनाको मृत्यु ,१२ जना घाइते( विवरणसहित)

   कार्तिक ०३, २०८२       admin

कैलाली,२ कार्तिक । कैलालीमा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। १२ जना घाइते भएका छन् । धोबेनी खोलामा मलामी बोकेको ट्याक्टर दुर्घटना भएको हो।

बर्दगोरिया गाउँपालिका–४ बाट चिसापानीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००२ त ४९९१ नम्बरको ट्याक्टर आइतबार दुर्घटनाग्रस्त भएको हो।

दुर्घटनामा बर्दगोरिया–४ का ६४ वर्षीय दानबहादुर साउद, ३४ वर्षीय हर्क साउद र १६ वर्षीय शीतल साउदको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहले जानकारी दिए।

घाइतेहरुलाइ स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरी लम्कीस्थित लालरत्न अस्पताल पठाइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ट्याक्टर अनियन्त्रित भई दुर्घटनामा परेको हो।

इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहका अनुसार दुर्घटनामा परी घाइते भएका १२ जनाको सनाखत भएको छ ।

घाइते हुनेमा बर्दगोरिया गाउँपालिका–४ का २१ वर्षीय तपेन्द्र साउद, १४ वर्षीय रविन साउद, १५ वर्षीय एति साउद, ४५ वर्षी सिङ्गे साउद, ५० वर्षीय भीमबहादुर रोकाया, ४५ वर्षीय रुद्रलाल न्यौपाने, ७५ वर्षीय नौले साउद, १८ वर्षीय आयुश साउद, १८ वर्षीय आयुश साउद, १६ वर्षीय शाशिष साउद, १६ वर्षीय रोहित साउद, १२ वर्षीय आरुश साउद र १८ वर्षीय रुपक बोहोरा रहेका छन् ।

प्रहरीका अनुसार बर्दगोरिया गाउँपालिका–४ चमेलीपुरका ७४ वर्षीय हर्क साउदको मलामी बोकी लम्कीचुहा–३ चिसापानीस्थित कर्णाली नदीमा जाँदै गरेको सु प प्र ०१००२ त ४९९१ नं को ट्याक्टर लम्कीको धोबेनी खोला नजिक दुर्घटना भएको हो ।

घाइतेहरूको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology