काठमाडौ,१६ जेठ ।अछाममा जीप दुर्घटना भएको छ। जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–४ थापामोडमा भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
शुक्रबार साँझ दार्चुलाबाट जुम्लातर्फ जाँदै गरेको जनकपुरस्थित सत्लोक आश्रमको जीप सडकबाट करिब २०० मिटर तल खसेको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका मकवानपुरका ४१ वर्षीय नवीन तुलाधर र बर्दियाका ४५ वर्षीय रामप्रकाश थारुको उपचारका क्रममा शनिबार बिहान सुर्खेतस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
अन्य तीन जना घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर र एक जनाको अवस्था मध्यम रहेको छ। उनीहरूको सुर्खेतमै उपचार भइरहेको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१६ जेठ ।तुलसीपुरमा रहेको लुम्बिनी स्मार्ट स्कूलमा शिक्षकहरूका लागि चारदिने कार्यशाला सन्चालन भएको छ। क्रियाकलापमा आधारित शिक्षण सिकाइ (एबिएल) सम्बन्धी उक्त कार्यशाला सञ्चालन गरिएको हो।
कार्यशालामा ६० भन्दा बढी शिक्षक शिक्षिकाको सहभागिता रहेको विद्यालयका प्रधानाध्यापक बामदेव सापकोटाले जानकारी दिए।
शिक्षकहरूको शिक्षण शैलीलाई अझ प्रभावकारी, आकर्षक र बालमैत्री बनाउने उद्देश्यले कार्यशाला आयोजना गरिएको हो।
कार्यशालामा विद्यार्थीलाई कक्षामा पढाइने विषयवस्तु बालमैत्री तरिकाले प्रस्तुत गर्ने, बालबालिकाको मनोभावना बुझेर क्रियाकलापसँग जोड्दै सिकाइ प्रभावकारी बनाउने र कक्षाकोठालाई आकर्षक बनाउने विषयमा प्रशिक्षण दिइएको छ।
कार्यशालाका प्रमुख प्रशिक्षक अर्जुन भट्टले कम लागत वा बिना लागतमा उपलब्ध सामग्री प्रयोग गरी शैक्षिक सामग्री निर्माण गर्ने र विषयवस्तुलाई क्रियाकलापसँग जोडेर पढाउने विधिबारे प्रशिक्षण दिएका थिए ।
विशेषगरी गणित विषयलाई सरल र रमाइलो तरिकाले सिकाउने विभिन्न गतिविधिमूलक सामग्री तयार गरिएको छ। अन्य विषयहरू पनि बालबालिकाले सजिलै बुझ्ने गरी क्रियाकलापमार्फत सिकाउने योजना बनाइएको प्रशिक्षकले जानकारी दिए।
विद्यालयका अध्यक्ष मोहन सुनारले नयाँ वर्ष २०८३ देखि सञ्चालनमा आएको विद्यालयले गुणस्तरीय, सीपमूलक र जीवनोपयोगी शिक्षामा जोड दिने बताए ।
उनले तुलसीपुरलाई शिक्षाको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको उल्लेख गरे। स्कुल इन्चार्ज कमल भण्डारीका अनुसार कार्यशालाले शिक्षकहरूलाई पाठयोजना निर्माण, मूल्याङ्कन र कक्षागत व्यवस्थापनमा सहयोग पुग्नेछ।
कार्यशालामा दैनिक रूपमा विभिन्न शैक्षिक सामग्री निर्माण भइरहेको छ। विद्यालय सञ्चालनको पहिलो वर्षमै १ हजार २५० भन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१५ जेठ । नेपाल–चीन उत्तरी कोरलानाका हुँदै एक सातामा ६१४ वटा विद्युतीय सवारीसाधन (इभी) नेपाल भित्रिएका छन्।
मुस्ताङ भन्सार कार्यालयका अनुसार ७ जेठदेखि १५ जेठसम्म कोरलानाका हुँदै ती इभी भित्रिएका हुन्। भन्सार प्रमुख विदुर चुँडालका अनुसार सबै इभीको जाँचपास भइसकेको छ र ती सवारीसाधन बिवाइडी कम्पनीका रहेका छन्।
भित्रिएका इभीमध्ये केही जोमसोमसम्म आइपुगेका छन् भने केही भन्सार प्रक्रियामै छन्। चार्जिङ स्टेसनको अभावका कारण सवारीसाधन केही समय रोक्नुपर्ने अवस्था रहेको बताइएको छ। हाल उपल्लो मुस्ताङको चराङमा एक र जोमसोममा दुई वटा मात्रै चार्जिङ स्टेसन सञ्चालनमा छन्।
कोरलानाका पूर्ण रूपमा सञ्चालनमा आएपछि चीनबाट सवारीसाधन र अन्य सामानको आयात बढेको छ। भन्सार कार्यालयका अनुसार गत पुस मसान्तसम्म यही नाकाबाट २ हजार ३२९ वटा इभी नेपाल भित्रिएका थिए।
यो नाका हुँदै व्यापार बढेसँगै स्थानीय युवाले रोजगारी समेत पाएका छन्। सीमावर्ती क्षेत्रमा सवारी चलाउने तथा ढुवानी कार्यमा उनीहरू संलग्न छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट स्वीकृत गरेको छ। शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले बजेटलाई संघीय संसदमा पेश गर्न अनुमति दिएको हो।
सरकारका प्रवक्ता तथा युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिउँसो ४ बजे संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
संविधान अनुसार प्रत्येक वर्ष जेठ १५ गते नै नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१५ जेठ ।रामचन्द्र पौडेलले राजनीतिक व्यवस्था परिवर्तन मात्रै पर्याप्त नहुने बताउँदै आचरण र शासनशैलीमा सुधार आवश्यक रहेको बताएका छन्।
गणतन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा बोल्दै उनले राज्यसत्ताको चरित्र, राजनीतिक निष्ठा र मूल्य मान्यतामा परिवर्तन ल्याउनुपर्नेमा जोड दिए।
राष्ट्रपति पौडेलले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि बनेको सरकारले जनअपेक्षाअनुसार सुशासन, सेवा प्रवाह सुधार, आर्थिक पुनरुत्थान र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने निर्णय गरेको पनि उल्लेख गरे।
समारोहमा राष्ट्रपति पौडेलसँगै बालेन्द्र शाह लगायत विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो। यद्यपि प्रधानमन्त्री शाहले कार्यक्रमलाई सम्बोधन गरेनन् भने पुष्पकमल दाहाल अस्वस्थताका कारण उपस्थित हुन सकेनन्।
२०६५ साल जेठ १५ गते पहिलो संविधानसभाले राजतन्त्र अन्त्य गरी गणतन्त्र घोषणा गरेको सम्झनामा हरेक वर्ष यो दिवस मनाइँदै आएको छ। अहिले गणतन्त्र स्थापना भएको १८ वर्ष पूरा भएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१५ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन ले मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेका छन्।
पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले उक्त प्रतिवेदनले गम्भीर विषयहरू उजागर गरेको भन्दै त्यसलाई कार्यान्वयनमा लैजान ढिलाइ गर्न नहुने बताएका हुन्। साथै, आयोगले दोषी ठहर गरेका व्यक्तिहरूले पनि कानुनी प्रक्रिया पूरा गरी छिटो सफाइ लिनुपर्नेमा उनले जोड दिए।
लिङ्देनका अनुसार उक्त प्रतिवेदन नेपालभित्र मात्रै सीमित नरही अन्तर्राष्ट्रिय स्तरमा समेत अभिलेख रहने भएकाले यसमा संलग्न व्यक्तिहरूका लागि यो संवेदनशील विषय हो। उनले यस्ता प्रतिवेदनहरू संयुक्त राष्ट्रसंघजस्ता अन्तर्राष्ट्रिय निकायसँग पनि सम्बन्धित हुने भएकाले त्यसको प्रभाव व्यापक हुन सक्ने बताए।
अध्यक्ष लिङ्देनले सरकारले प्रतिवेदन कार्यान्वयनतर्फ सक्रियता देखाउनुपर्ने आवश्यकता औंल्याउँदै दोषी ठहर गरिएका व्यक्तिहरूले ढिलाइ नगरी आफ्नो सफाइका लागि प्रक्रिया अघि बढाउनुपर्ने धारणा राखे।
यसै अवसरमा उनले राप्रपालाई मुलुकको एक वैकल्पिक राजनीतिक शक्तिका रूपमा अघि बढाउन सबै नेता तथा कार्यकर्तालाई एकताबद्ध हुन आह्वान पनि गरेका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१५ जेठ । उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच पार्टी एकीकरण गर्ने सहमति भएको छ। शुक्रबार त्रिपुरेश्वरस्थित उज्यालो नेपाल पार्टीको कार्यालयमा भएको कार्यक्रममा दुवै पक्षबीच एकताको सहमति भएको हो।
सहमतिपत्रमा उज्यालो नेपालका महासचिव धर्मबहादुर चौधरी र हाम्रो पार्टीका महामन्त्री दधिराम परियारले हस्ताक्षर गरेका छन्।
दुवै पार्टीबीच सात बुँदे सहमति भएको जनाइएको छ। सहमतिअनुसार पूर्ण एकता कायम गर्दै नेता तथा कार्यकर्ता व्यवस्थापन प्रक्रिया छिटो अघि बढाइने उल्लेख गरिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ, आज गणतन्त्र दिवस विभिन्न कार्यक्रमसहित देशभर मनाइँदैछ। दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ। २०६५ जेठ १५ गते पहिलो संविधानसभाले राजतन्त्रको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको दिनको सम्झनामा हरेक वर्ष यो दिवस मनाउने गरिन्छ।
दिवसका अवसरमा काठमाडौंको सैनिक मञ्च टुँडीखेलमा विशेष समारोह आयोजना हुँदैछ। कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहनेछ। समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
यस वर्ष प्रधानमन्त्रीले समारोहमा सहभागी भए पनि सम्बोधन नगर्ने जनाइएको छ। राष्ट्रप्रमुखको हैसियतमा राष्ट्रपतिले नै सम्बोधन गर्ने व्यवस्था गरिएको हो।
नेपालमा २०६२/६३ को जनआन्दोलनपछि राजतन्त्र अन्त्य भई गणतन्त्र स्थापना भएको थियो। त्यसपछि २०७२ सालमा नयाँ संविधान जारी भई संघीय लोकतान्त्रिक शासन व्यवस्था कार्यान्वयनमा आएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१५ जेठ । देशभर मौसम बदली भई वर्षा, मेघगर्जन, चट्याङ र हुरी चल्ने सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी र स्थानीय वायुका साथै पूर्वी क्षेत्र नजिकको न्यून चापीय प्रभावका कारण यस्तो मौसम बनेको हो। हाल हिमाली र पहाडी क्षेत्रमा सामान्य बदली तथा तराईमा आंशिक बदली रहेको छ।
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर बदली रहने र विभिन्न प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा वर्षा, चट्याङ र हुरी चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात पनि हुनसक्ने छ।
आज राति पनि अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा बदली रहने र केही स्थानमा वर्षा जारी रहने पूर्वानुमान छ।
महाशाखाले विशेषगरी तराई र पहाडी क्षेत्रमा हुरी चल्ने सम्भावना रहेकाले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१४ जेठ । सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रममा १८ अर्ब रुपैयाँभन्दा बढी दाबी भुक्तानी बाँकी रहेको देखिएको छ।
स्वास्थ्य, खाद्य तथा स्वच्छता मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा कार्यक्रम सञ्चालनका लागि १० अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको थियो। तर, बिमा दाबी भुक्तानी समयमा हुन नसक्दा बक्यौता बढ्दै गएको हो।
मन्त्रालयले सार्वजनिक गरेको चैत मसान्तसम्मको विवरणअनुसार नेपाल सरकारबाट प्राप्त ११ अर्ब ७५ करोड रुपैयाँमध्ये हालसम्म करिब १२ हजार दाबी भुक्तानी गरिएको छ। यद्यपि, अझै १८ अर्ब ३१ करोड रुपैयाँभन्दा बढी रकम भुक्तानी हुन बाँकी रहेको उल्लेख गरिएको छ।
बक्यौता रकम बढ्दै जाँदा अस्पताल तथा स्वास्थ्य संस्थाहरूले आर्थिक दबाब झेल्नुपरेको र बिमित सेवामा समेत असर पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ।
मन्त्रालयले भने अनलाइन प्रणालीमार्फत व्यवस्थापन सुधार, दोहोरो दाबी नियन्त्रण तथा विपन्न नागरिकसम्म सेवा पहुँच विस्तार गर्ने काम भइरहेको जनाएको छ। साथै, बिमा दुरुपयोग रोक्न कानुनी र प्राविधिक सुधारका प्रयास पनि अघि बढाइएको छ।
समयमै भुक्तानी फर्छ्यौट नगरे कार्यक्रमको प्रभावकारिता र दीर्घकालीन स्थायित्वमा समस्या आउन सक्ने मन्त्रालयको निष्कर्ष छ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस