ढाका विमानस्थलको कार्गो खण्डमा आगलागी, उडान स्थगित

   कार्तिक ०२, २०८२       admin

काठमाडौं,१ कार्तिक । बंगलादेशको राजधानी ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो खण्डमा शनिबार आगलागी भएपछि सबै उडान अस्थायी रूपमा बन्द गरिएको छ।

बंगलादेशको अग्रणी पत्रिका द डेली स्टारका अनुसार आगो नियन्त्रणमा लिन ३६ वटा दमकलका युनिट खटाइएका छन्।

अग्नि सेवा स्रोतलाई उद्धृत गर्दै पत्रिकाले लेखेको छ, “दिउँसो करिब २:३० बजे विमानस्थलको गेट नम्बर ८ नजिकैको कार्गो क्षेत्रबाट आगलागी सुरु भएको थियो।”

इन्टर-सर्भिसेज पब्लिक रिलेसन्स (ISPR)का अनुसार बंगलादेश नागरिक उड्डयन प्राधिकरण, अग्नि सेवा, नौसेना र वायुसेनाका दुई–दुई दमकल युनिट आगो निभाउने कार्यमा संलग्न छन्। त्यससँगै सीमा रक्षक बंगलादेश (BGB) का दुई प्लाटुन पनि राहत र उद्धार कार्यमा सहयोग गरिरहेका छन्।

ढाका विमानस्थल स्रोतहरूका अनुसार विमानस्थलमा अवतरणका लागि तय भएका कम्तीमा पाँच उडानलाई चटगाउँको शाह अमानत अन्तर्राष्ट्रिय विमानस्थल र सिल्हेटको उस्मानी अन्तर्राष्ट्रिय विमानस्थलतर्फ डाइभर्ट गरिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तिहार बिदामा पनि बैंकिङ सेवा सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन

   कार्तिक ०२, २०८२       admin

काठमाडौ,१ कार्तिक । नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई भाइटीकाको दिन बाहेक अन्य दिन पनि भन्सार जाँचपासका लागि बैंकिङ सेवा सञ्चालन गर्न आग्रह गरेको छ।

केन्द्रीय बैंकले पत्राचारमार्फत बैंक तथा वित्तीय संस्थालाई व्यापार सहजीकरण र आपूर्ति प्रणाली नियमित सञ्चालनमा राख्न बैंकिङ प्रणाली उपलब्ध गराउन निर्देशन दिएको हो।

त्यसैगरी, राष्ट्र बैंकले आज शनिबारका लागि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटीजीएस) प्रणाली बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने सूचनामा उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

३ महिनामा १८.५६ प्रतिशत बजेट खर्च

   कार्तिक ०२, २०८२       admin

काठमाडौँ,१ कार्तिक । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा सरकारले कुल बजेटको करिब १८ दशमलव ५६ प्रतिशत खर्च गरेको छ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार असोज मसान्तसम्म तीन खर्ब ६४ अर्ब ५८ करोड ९४ लाख रुपैयाँ खर्च भएको हो। चालु आर्थिक वर्षका लागि सरकारले कुल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट विनियोजन गरेको थियो।

कार्यालयका विवरणअनुसार चालू खर्च शीर्षकमा दुई खर्ब ५६ अर्ब ८० करोड ६० लाख रुपैयाँ खर्च भएको छ, जुन वार्षिक विनियोजनको २१ दशमलव ७५ प्रतिशत हो। पूँजीगत खर्च शीर्षकमा चार दशमलव सात प्रतिशत अर्थात् १९ अर्ब १८ करोड ३४ लाख रुपैयाँ र वित्तीय व्यवस्था शीर्षकमा २३ दशमलव ६१ प्रतिशत अर्थात् ८८ अर्ब ६० करोड रुपैयाँ खर्च भएको छ।

त्यस्तै, यही अवधिमा सरकारको राजस्व सङ्कलन वार्षिक लक्ष्यको १६ दशमलव ५१ प्रतिशत पुगेको छ। सरकारले यो वर्षका लागि कुल १५ खर्ब ३३ अर्ब ३३ करोड ४४ लाख ६९ हजार रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो। तर अहिलेसम्म दुई खर्ब ५३ अर्ब १८ करोड ७९ लाख रुपैयाँ मात्र असुली भएको छ।

आन्तरिक राजस्वतर्फ १४ खर्ब ८० अर्ब उठाउने लक्ष्य रहेकोमा असोज मसान्तसम्म दुई खर्ब ४९ अर्ब पाँच करोड १४ लाख रुपैयाँ असुली भएको छ, जुन वार्षिक लक्ष्यको १६ दशमलव ८३ प्रतिशत हो। त्यस्तै, वैदेशिक अनुदानतर्फ ५३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ लिने लक्ष्य रहेकामा अहिलेसम्म तीन दशमलव ७६ प्रतिशत अर्थात् दुई अर्ब ७२ लाख रुपैयाँ मात्रै प्राप्त भएको कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

रासायनिक कारखानामा विस्फोट हुँदा तीन जनाको मृत्यु

   कार्तिक ०२, २०८२       admin

काठमाडौ,१ कार्तिक । दक्षिणी रूसको बास्कोर्तोस्तान क्षेत्रमा अवस्थित एक रासायनिक कारखानामा भएको विस्फोटमा तीन जनाको मृत्यु भएको छ। क्षेत्रीय गभर्नर रेडी खाबिरोभले शनिबार घटनाको पुष्टि गरेका हुन्।

गभर्नर खाबिरोभका अनुसार विस्फोटको कारण अहिलेसम्म स्पष्ट हुन सकेको छैन र विशेषज्ञ टोलीले घटनास्थलमा अनुसन्धान गरिरहेको छ।

रूसी सञ्चारमाध्यमका अनुसार बास्कोर्तोस्तान क्षेत्रको स्टर्लिटामाकस्थित सो कारखानाले युक्रेन युद्धका लागि आवश्यक हतियार र गोलाबारुद उत्पादन गर्दै आएको थियो। युक्रेनी ड्रोनले एक महिना अघि सोही क्षेत्रमा रहेको प्रमुख तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको पनि जनाइएको छ।

गभर्नर खाबिरोभले टेलिग्राममार्फत दिएको जानकारीअनुसार हिंसात्मक विस्फोटका कारण कारखानाको एउटा भवन ध्वस्त भएको छ। घटनामा तीन महिलाको मृत्यु भएको र पाँच जना घाइते भएका छन्, जस मध्ये दुई जनाको अवस्था गम्भीर छ।

उनले उक्त कारखानाले रूसका लागि आवश्यक “विस्फोटक सामग्री उत्पादन र वितरण गर्ने” कार्य गर्दै आएको पुष्टि गरेका छन्। सेप्टेम्बर १८ मा युक्रेनी ड्रोनले राज्यनियन्त्रित विशाल कम्पनी ग्याजप्रोमद्वारा सञ्चालित बास्कोर्तोस्तान तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको थियो, जसलाई किभको प्रतिआक्रमण अभियानको हिस्सा मानिएको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

फागुन २१ को निर्वाचन झुटको खेती हो : ओली

   कार्तिक ०२, २०८२       admin

काठमाडौँ,१ कार्तिक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले आगामी फागुन २१ गते निर्वाचन गर्ने भनेर जनतालाई झुक्याउने काम गरिरहेको आरोप लगाएका छन्।

शनिबार पार्टी मुख्यालय च्यासलमा आयोजित सम्पर्क समन्वय कमिटीको कार्यक्रममा बोल्दै उनले सरकारले राजनीतिक दलहरूलाई निषेध गरेर चुनाव गराउने भन्दै जनतालाई धोका दिन खोजेको बताए।

उनका अनुसार सरकारले वास्तवमै निर्वाचन गराउने सोच नभएकाले नै एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाको माग अघि सारेको हो। उनले जेनजी आन्दोलनका क्रममा लुटिएका हतियारसमेत फिर्ता गराउन नसक्ने सरकारले “निर्वाचनको नाममा नाटक मञ्चन” गरिरहेको टिप्पणी गरे।

अध्यक्ष ओलीले वर्तमान सरकारलाई “जग नै नभएको असंवैधानिक सरकार” भन्दै यसले जनतालाई भ्रममा पार्ने काम मात्रै गरिरहेको आरोप लगाए। उनले जेनजी आन्दोलनको सन्दर्भमा व्यङ्ग्य गर्दै भने, “जेनजी आमैलाई प्रधानमन्त्री बनाएको सरकार हो यो।”

त्यस्तै, उनले आफूलाई सरकारले काठमाडौं उपत्यकाबाहिर नजान प्रतिबन्ध लगाएकोमा आपत्ति जनाउँदै भने, “म आवश्यक परे देशको जुनसुकै ठाउँमा जान सक्छु।”

संवाद र सहकार्य बिना निषेध र दमनमार्फत चुनाव गराउने सरकारको तयारीलाई उनले “जनता ठग्ने मेलो” भएको टिप्पणी गरे।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

१२ लाख बराबरको पटका नष्ट

   कार्तिक ०२, २०८२       admin

पर्सा,१ कार्तिक । पर्साका विभिन्न स्थानमा सञ्चालन गरिएको नियमित चेकजाँचका क्रममा बरामद भएका करिब १२ लाख रुपैयाँ बराबरका अवैध सामानहरू प्रहरीले नष्ट गरेको छ।

प्रहरीका अनुसार कार्तिक १ गते शनिबार स्थानीय जनप्रतिनिधि र सञ्चारकर्मीहरूको रोहबरमा ती सामानहरू सार्वजनिक रूपमा नष्ट गरिएको हो।

बरामद सामग्रीहरू पर्सा जिल्लाका विभिन्न स्थानमा खटिएका प्रहरी टोलीहरूले फरक–फरक समयमा चेकजाँचका क्रममा बरामद गरेका थिए। ती सामग्रीमा लागूऔषध, मदिरा तथा अन्य निषेधित वस्तुहरू रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बरामद वस्तुहरू नष्ट गर्नुको उद्देश्य अवैध कारोबार नियन्त्रण गर्नुका साथै स्थानीयवासीलाई सचेत बनाउनु रहेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

निर्वाचन सफलताका लागी सबै पक्षको ऐक्यबद्धता आवश्यक छ : प्रचण्ड

   कार्तिक ०२, २०८२       admin

काठमाडौँ,१ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी फागुन २१ गते हुने निर्वाचनलाई सफल बनाउन सबै पक्ष एकजुट हुनुपर्ने बताएका छन्।

दीपावली, नेपाल संवत् र छठ पर्वका अवसरमा अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुफ)ले आज पार्टी मुख्यालय पेरिसडाँडामा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले अहिले देश जटिल परिस्थितिबाट गुज्रिरहेको बताउँदै राष्ट्रहितका लागि सबै राजनीतिक शक्ति, नागरिक समाज, बुद्धिजीवी र सञ्चारकर्मीको ऐक्यबद्धता अपरिहार्य रहेको उल्लेख गरे।

उनले भने, “संविधान र लोकतन्त्र जोगाउने सबैभन्दा सहज, समावेशी र राष्ट्रहितको विकल्प भनेकै आगामी फागुन २१ गतेको निर्वाचन हो। त्यसलाई सफल पार्न सबै पक्षले साझा प्रतिबद्धता जनाउनुपर्छ।”

पूर्वप्रधानमन्त्री दाहालले अन्तरिम सरकार तोकिएको मितिमा नै निर्वाचन गराउन गम्भीर रहेको बताउँदै अन्तर्राष्ट्रिय समुदायले पनि निर्वाचन सफल बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरे।

जेनजी आन्दोलनका माग सम्बोधन गर्न संविधान संशोधन आवश्यक रहेको बताउँदै उनले भने, “निर्वाचनबाट आउने नयाँ संसद्ले संविधान परिमार्जनको प्रक्रिया अगाडि बढाउनेछ, जनताको अपेक्षा पूरा गर्न हामी तयार छौँ।”

उनका अनुसार आसन्न निर्वाचन संविधानसम्मत र लोकतान्त्रिक प्रक्रियाको हिस्सा भएकाले राष्ट्रिय सहमतिका साथ चुनाव सम्पन्न गर्नु मुलुकको आवश्यकता हो।

समाजवादी मोर्चामा आबद्ध वाम शक्तिबीच चाँडै औपचारिक एकता घोषणा हुने जानकारी दिँदै दाहालले लोकतन्त्रवादी र राष्ट्रवादी शक्तिहरू पनि एउटै मोर्चामा आउनुपर्ने बताए। उनले जेनजी आन्दोलनलाई क्रान्तिकारी आन्दोलनको उत्तराधिकारी भन्दै भने, “भदौ २३ गतेको आन्दोलनले युवा पुस्ताले आफ्नो राजनीतिक उपस्थितिको प्रमाण प्रस्तुत गरिसकेको छ, उनीहरू अरूका होइनन्, क्रान्तिकारीका उत्तराधिकारी हुन्।”

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

जेनजी आन्दोलनका मिराज ढुंगानाद्वारा नयाँ राजनीतिक दल घोषणा

   कार्तिक ०२, २०८२       admin

काठमाडौं,१ कार्तिक । जेनजी आन्दोलनका अगुवा मिराज ढुंगानाले नयाँ राजनीतिक दल गठन गरेको घोषणा गरेका छन्। उनले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पार्टी स्थापना गरिएको जानकारी दिए।

ढुंगानाले भने, “हामी चुनावमा जानका लागि होइन, देश विकासका लागि पार्टी गठन गरेका हौं। भिडले देश विकास हुँदैन, अब या त एनजिओ खोल्नुपर्छ वा पार्टी नै खोल्नुको विकल्प छैन। यो आन्दोलनलाई अधुरो छाड्न सकिँदैन।”

उनले जेनजी आन्दोलनमा संलग्न सबैलाई एकजुट हुन आह्वान गर्दै भने, “हाम्रो ‘बटमलाइन’ पूरा नभएसम्म हामी चुनावमा सहभागी हुँदैनौं।”

ढुंगानाका अनुसार प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली नै उनीहरूको प्रमुख एजेन्डा हो। “हामी चुनावमा भन्दा पनि सङ्गठित रूपमा अघि बढ्नका लागि पार्टी खोलेका हौं,” उनले स्पष्ट पारे।

त्यस्तै, उनले विदेशमा रहेका नेपालीलाई मतदान अधिकार सुनिश्चित गर्नुपर्ने र भ्रष्टाचार अन्त्यका लागि नागरिक स्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग पनि राखेका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

अगरबत्ती उद्योगमा आगलागी हुँदा २ करोड बढीको क्षति

   कार्तिक ०२, २०८२       admin

रुपन्देही,१ कार्तिक । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ भैयाटोल (चित्रगुप्त पथ) मा रहेको एक अगरबत्ती उद्योगमा भीषण आगलागी भएको छ।

शनिबार बिहान करिब ५ बजे न्यू जय अम्बे अगरबत्ती तथा पूजा सामग्री प्याकेजिङ उद्योगमा आगलागी भएको हो। विद्युत सट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ।

आगलागीका कारण उद्योगभित्र रहेको अगरबत्ती, धूप, तेल, नगद, मेशिन, सिसिटिभी क्यामेरा, कम्प्युटरलगायतका सामग्री जलेर नष्ट भएका छन्।

उद्योगका सञ्चालक श्रीराम गुप्ताका अनुसार आगलागीबाट करिब दुई करोड ३२ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ।

सिद्धार्थनगर र तिलोत्तमा नगरपालिकाका दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको सिद्धार्थनगर नगरपालिकाका प्रवक्ता मुक्तिनाथ यादव (भोला) ले बताए।

स्थानीय रामदयाल गुप्ताका अनुसार आगो बिहान ८ बजे मात्रै नियन्त्रणमा आएको हो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बन्धक बनाएर २० लाख फिरौती माग्ने दुई भारतीय नागरिक पक्राउ

   कार्तिक ०२, २०८२       admin

काठमाडौँ, १ कार्तिक । नेपाल प्रहरीले अपहरण र शरीर बन्धक अपराधमा संलग्न दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले भारत पञ्जाबका २४ वर्षीय परमप्रित सिंह र २८ वर्षीय लवप्रित सिंहलाई पक्राउ गरेको हो।

परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार उनीहरूले भारत हरियाणाका २६ वर्षीय अंकित कुमारलाई अष्ट्रेलिया पठाइदिने प्रलोभनमा पारेर नेपाल ल्याई बन्धक बनाएको जानकारीका आधारमा पक्राउ गरिएको हो।

दुवै जनाले पीडितलाई सुन्धारास्थित होटल न्यू जोमसोमको कोठा नं ६ मा बन्धक बनाएर २० लाख रुपैयाँ फिरौती मागेको प्रहरीको भनाइ छ।

सूचनाको आधारमा शुक्रबार प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए।

प्रहरीले उनीहरूका साथबाट विभिन्न कम्पनीका चार थान मोबाइल फोन समेत बरामद गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology