काठमाडौं,३० असोज । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा केन्द्रीय समिति बैठक सुरु भएको छ।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार दिउँसोदेखि बैठक सुरु भएको हो।
गत असोज २८ गतेको बैठकमा सभापति शेरबहादुर देउवाले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए।
त्यसपछि खड्काको अध्यक्षतामा आज पहिलो पटक केन्द्रीय समिति बैठक बसेको हो।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, ३०असोज । दाङ तुलसीपुरस्थित संस्कार पाठशाला दाङले नेपाल एजुकेसन अवार्ड यूके–२०२५ मा ‘प्रोग्रेसिभ स्कुल अफ दि इयर अवार्ड’ प्राप्त गरेको छ।
ग्रिनविच युनिभर्सिटी युके र कलेज रिडर्स नेपालले संयुक्त रूपमा असोज २९ गते युकेमा आयोजना गरेको नेपाल–युके एजुकेसन अवार्ड–२०२५ कार्यक्रममा संस्कार पाठशालालाई उक्त अवार्ड प्रदान गरिएको हो।
विद्यालयले हासिल गरेका शैक्षिक उपलब्धि, उत्कृष्ट नतिजा, सुदृढ भौतिक पूर्वाधार, अतिरिक्त क्रियाकलापमा सहभागिता र सामाजिक उत्तरदायित्वमा सक्रिय भूमिकाको आधारमा यो सम्मान प्राप्त गरेको बताइएको छ।
उक्त अवार्ड संस्कार पाठशालाका प्रबन्ध निर्देशक दीप बस्नेतले ग्रहण गरेका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ ,३० असोज । निर्वाचन आयोगले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन तयारीका विषयमा पहिलो पटक राजनीतिक दलहरूसँग छलफल गरेको छ।
आयोगले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने र गत निर्वाचनमा कम्तीमा एक वडा सदस्य जितेका राजनीतिक दलहरूलाई छलफलका लागि पत्राचार गरेको थियो।
छलफलमा नेपाली काँग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्मा, नेकपा (एमाले) का उपाध्यक्ष गुरु बराल, नेकपा (माओवादी केन्द्र) का सचिवालय सदस्य देव गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका महासचिव कविन्द्र बुर्लाकोटी, नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेलगायत दलका प्रतिनिधिहरू सहभागी थिए।
कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन घोषणा भइसकेकाले राजनीतिक दलहरूले वातावरण निर्माणमा सक्रिय भूमिका खेल्न आग्रह गरे।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा नयाँ सरकार गठन भई प्रतिनिधिसभा विघटन भएको र फागुन २१ गते निर्वाचन मिति तोकिएको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,३० असोज । पश्चिमी भारतको राजस्थान राज्यमा एक यात्रुबाहक बसमा भीषण आगलागी हुँदा कम्तीमा २० जनाको मृत्यु भएको भारतीय अधिकारीहरूले जनाएका छन्।
राजधानी जयपुरदेखि करिब ५ सय ५० किलोमिटर टाढा जैसलमेर जिल्लाको थैयत गाउँ नजिकै गुडिरहेको बसमा अचानक आगलागी भएको थियो। बसमा ५७ जना यात्रु सवार थिए।
अधिकारीहरूका अनुसार, बसको पछाडिको भागबाट धुवाँ निस्कन थालेपछि चालकले तुरुन्तै बस रोके पनि केही मिनेटमै आगोले सम्पूर्ण बसलाई जलाएको थियो। दुर्घटनामा परेकामध्ये केहीको अवस्था गम्भीर रहेको र घाइतेहरूलाई अस्पताल लगिएको प्रहरीले जनाएको छ।
आगलागीको कारण स्पष्ट नभए पनि सर्ट सर्किटका कारण आगो लागेको हुनसक्ने अनुमान गरिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,३० असोज । नेकपा एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक ललितपुरको जावलाखेलस्थित रामबाघ महलमा सुरु भएको छ। बिहान ८ बजे सुरु गर्ने भनिए पनि बैठक केही ढिला गरी सुरु गरिएको हो।
आजको बैठकमा पनि केन्द्रीय सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रस्तावमा आफ्ना धारणा राख्ने क्रम जारी रहेको एमालेले जनाएको छ।
बुधबारको पहिलो दिनको बैठकमा ५० जना केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए। आज बाँकी सदस्यहरूले आफ्ना विचार राख्ने क्रम जारी छ। करिब एक सय जनाले बोल्ने अनुमान गरिएकोले बैठक भोलि शुक्रबार सकिने भनिए पनि सबैले बोल्न चाहेकाले बैठक लम्बिने सम्भावना रहेको एमाले नेताहरूले बताएका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ , ३० असोज । ओनेपालले ट्वान्टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा बुधबार ओमानलाई ३८ रनले पराजित गरेको छ । १ सय ५२ रनको लक्ष्य लिएर आएको घरेलु टोली ओमानले मस्कटको अल एमेरेट क्रिकेट मैदानमा ९ विकेट गुमाई १ सय १३ रनमात्र बनाउन सक्यो ।
सुपर सिक्समा नेपालको यो लगातार तेस्रो जित हो । ओमानले प्रतियोगितामा पहिलो पराजय भोगेको हो । नेपालको अब ८ अंक पुगेको छ भने ओमानको ६ अंक छ । नेपालले शुक्रबार हुने अन्तिम खेलमा सामाओलाई पराजित गरे प्रतियोगिता नै जित्नेछ ।
दिनको खेलको दुई नतिजा आफूअनुकूल आएपछि नेपाल र ओमान मैदानमा उत्रिनुअगाडि नै विश्वकपमा पुगेका थिए । नेपालको हकमा यो लगातार दोस्रो र कुल तेस्रो विश्वकप प्रवेश हो । बुधबारको पहिलो २ खेलमा कतारले जापानलाई ३ विकेटले र यूएईले ओमानलाई ७७ रनले पराजित गरेका थिए ।
सोमपाल कामीले ओमानका कप्तान जतिन्दर सिंहलाई तेस्रो ओभरमै आउट गरी नेपाललाई उत्कृष्ट सुरुआत दिलाएका थिए । २ छक्का प्रहार गरेका जतिन्दरले ११ बलमा १४ रन बनाए । अर्को ओभरमा नन्दन यादवले अर्का ओपनर हमाद मिर्जालाई ४ रनमा आउट गरे ।
अमिर कलिमलाई दीपेन्द्रसिंह ऐरीले सिधा थ्रोमा १ रनमा रनआउट गरे । दीपेन्द्रले लगातार पाँचौं खेलमा सिधा थ्रोमा रनआउट गरेका हुन् । आर्यन विष्टले २४ बल खेली ११ रन बनाए । सन्दीप लामिछानेको बलमा उनी बाउन्ड्री लाइनमा वैकल्पिक फिल्डर आरिफ शेखबाट समातिए ।
त्यसपछि गुलशन झाले मोहम्मद नदिम र जितेन रामानन्दीलाई लगातार बलमा शून्यमा आउट गरे । मोहम्मद नदिमले ३१ बल खेली १ छक्का प्रहार गर्दै २५ रन बनाए । गुलशनले यसअघि नै नदिम खानलाई १ रनमा आउट गरेका थिए । विनायक शुक्लाले ओमानबाट सर्वाधिक ३२ रन बनाए । १९ बल खेली १ चौका र ३ छक्का प्रहार गरेका उनी सोमपालको बलमा आउट भए ।
सुफियान मेहबुबले ९ रन बनाए । उनलाई नन्दनले आउट गरे । सकिल अहमद ८ र साह फैजल ३ रन बनाई अविजित रहे । गुलशनले ४ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिए । नन्दनले ४ ओभरमा १९ र सोमपालले ४ ओभरमा २५ रन खर्चेर २–२ विकेट लिए । सन्दीपका नाममा १ विकेट रह्यो ।
यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ५१ रन बनाएको थियो । प्रतियोगितामा नेपालले पहिलो पटक १ सय ५० रनमाथिको स्कोर बनाएको हो ।
कुशल भूर्तेल र आसिफ शेखले सानदार सुरुआत दिलाए पनि नेपालको मध्यक्रमको ब्याटिङले पुनः निराश बनाउन पुग्यो । यी दुईले ८ ओभरभित्र ६१ रन जोडेका थिए । आसिफ २० बल खेली २ चौका र १ छक्का प्रहार गरी २४ रन बनाई नदिम खानको बलमा बोल्ड भए ।
नदिमले कप्तान रोहित पौडेललाई १ रनमा राउन्ड द लेगमा बोल्ड गरे । नदिमले उत्कृष्ट बलिङ गर्दै नेपालको माथिल्लो क्रमका चार विकेट लिने क्रममा दीपेन्द्रलाई २ र कुशल मल्ललाई ७ रनमा आउट गरे । यस प्रतियोगितामा पूर्ण असफल रहेका मल्लले आफ्नो इनिङ्सका क्रममा ट्वान्टी–२० अन्तर्राष्ट्रियमा १ हजार रन पूरा गरेका थिए ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उपकुलपति डा. बिकास लामिछानेले पदबाट राजीनामा दिएका छन । उनले प्रधानमन्त्री शुसिला कार्कीलाई भेटेर पदबाट राजीनामा दिएका हुन ।
घरायसी र स्वास्थ्यको कारण देखाउदै आफूले पदबाट राजीनामा दिएको बताएका छन । साथै लामिछानेले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यबाद पनि दिएका छन ।
लामिछानेको आउँदो फागुनमा आफ्नो ४ वर्षे कार्यकाल सकिने थियो । तर, पनि कार्यकाल सकिनु भन्दा अघि नै उनले पदबाट राजीनामा दिएका हुन । उपकुलपति लामिछानेले रजिस्ट्रार प्रा.श्याम लम्साललाई निमित्त उपकुलपतिको जिम्मेवारी दिएर पदबाट राजीनामा दिएका हुन ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, २९ असोज । आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया क्षेत्र छनोट अन्तर्गतको सुपर सिक्सको तेस्रो खेलमा नेपालले ओमानलाई १५२ रनको लक्ष्य प्रस्तुत गरेको छ।
ओमानको अल अमेरत क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५१ रन बनाएको हो । नेपालको लागि कुशल भुर्तेलले ६९ रनको अर्धशतकीय पारी खेले ।उनले ५१ बलमा ७ चौका र १ छक्का प्रहार गरे।
नेपालले पहिलो विकेटको रुपमा ७.३ ओभरमा आसिफ शेखको विकेट गुमायो। आसिफले कुशल भुर्तेलसँग पहिलो विकेटको लागि ६१ रनको साझेदारी गरेका थिए। त्यसपछि भने लगातार २ विकेट गयो । कप्तान र उपकप्तान सस्तैमा पेभेलियन फर्किए। कुशल मल्लले यो प्रतियोगिता अवधिभर नै राम्रो ब्याटिङ गर्न सकेका छैनन्। आजको खेलमा पनि कुशल मल्ल ११.४ ओभरमा ७ रन बनाउँदै क्याच आउट भए ।
पाँचौँ विकेटका लागि कुशल भुर्तेलसँग आदिल आलमले ४० रनको साझेदारी गरे । उनले १५ बलमा ३ चौकासहित १६ रन बनाए।
छैटौं विकेट कुशल भुर्तेलको विकेट गयो। सातौं विकेटको रुपमा गुल्सन झाले १० बलमा २ छक्कासहित १८ रनमा विकेटकिपरको हातमा क्याच हुँदै पेभेलियन फर्किए।
आठौं विकेटको रुपमा लोकेश बम १९.१ ओभरमा ३ बल खेल्दै डकआउट भए। नन्दन यादव ९ रनमा अन्तिम बलमा रनआउट हुँदा सोमपाल कामी १ रनमा अविजित रहे।
ओमानका लागि नदिम खानले सर्वाधिक ४ विकेट लिए।
सेफ्यान मेहमुद र जितेन कुमार रमानन्डीले २–२ विकेट लिए।
आज दिउँसो भएको खेलमा यूएईले सामाओलाई पराजित गर्दा शीर्ष २ मा रहेका नेपाल र ओमान दुवै टिमले भारत र श्रीलंकामा हुने २०२६ को टी२० विश्वकपमा स्थान बनाइसकेका छन्।
यो क्षेत्र छनोटबाट अब १ टिमले भारत र श्रीलंकामा हुने विश्वकपमा स्थानमा बनाउनेछन्।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२९ असोज । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीहरूले सैया (बेड) पाउनै मुस्किल भएको छ । उपचार गर्न आउने विरामीको संख्या अत्यधिक रुपमा बढ्न थालेपछि बिरामीलाई बेड अभाव भएको अस्पताल्ले जनाएको छ । दैनिक ९ सय जना बिरामी उपचारका लागि अस्पतालमा आउने गरेका छन । त्यस्मा आधा बिरामीभर्ना हुने प्रकारका आउने गरेको अस्पतालको भनाइ छ ।
प्रतिष्ठानमा भने बिरामीको लागि ३२० बेट मात्रै रहेका छन्। नयाँ भवन सञ्चालनमा नआउँदासम्म बेडको अभावको अवस्था भने यस्तै रहने अस्पतालका सुचना अधिकृत निशानदाजु भट्टराईले जानकारी दिए । प्रतिष्ठानमा उपचारका लागि आउने बिरामिको संख्या भने वर्षेनि लाखौको संख्या बढिरहेको छ । प्रतिष्ठानको वहीरंग र अन्तरंग गरेर २ लाख १८ हजार ७९ जना विरामीले चालु आवमा सेवा लिएका छन । जसअनुसार वहिरंग सेवा २ लाख ४ हजार १ सय जना र अन्तरंग सेवा १३ हजार ९ सय ७९ जनाले लिएका छन् । प्रतिष्ठानले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०८०/०८१ मा वहीरंग र अन्तरंग १ लाख ७६ हजार ९ सय ७४ जना विरामीले सेवा लिएका छन् । जसमा वहिरंग सेवा १ लाख ६८ हजार ५ सय २२ जना र अन्तरंग सेवा ८ हजार ४ सय ५२ जना विरामीले पाएका छन् ।
त्यस्तै आर्थिक बर्ष २०७९/८० मा वहिरंग र अन्तरंग गरेर १ लाख ६० हजार ६ सय ५८ जना विरामीले सेवा पाएका छन् । जसमा वहिरंग सेवा १ लाख ५३ हजार ५ सय र अन्तरंग सेवा ७ हजार १ सय ५८ जना विरामीले उपचार सेवा प्राप्त गरेको सुचना अधिकृत भट्टराइले जानकारी दिए ।
प्रतिष्ठानका रजिष्ट्रार प्रा. श्याम लम्सालले प्रतिष्ठानमा विशेषज्ञ सेवा र अत्याधुनिक उपकरणहरु थपिदै गएपछि सेवा विस्तार हुँदै गएको बताए । उनले प्रतिष्ठानलाई पश्चिम नेपालकै स्वास्थ्य क्षेत्रको हव बनाउने गरी अघि बढेको भन्दै यसको विकास र विस्तारमा सामुहिकरुपमा पहल र आवश्यक्ता रहेको औल्याए ।
रजिष्ट्रार लम्सालले प्रतिष्ठानले गएको आर्थिक वर्षदेखी न्युरो सर्जरी सेवा सेवा सुरु गरेको, आगामी मंसिर महीनाभित्र क्याथ्ल्याव सेवा सुचारु गरी मुटु रोग उपचार सुरु गर्ने, युरोलोजि र युरो सर्जरी सेवा सुचारु रहेको छ । त्यस्तै उनका अनुसार ४ सय शैया अस्पताल यसै आवमा निर्माण शुरु हुने, सामुदायीक सेवा अन्तरगत रोल्पाको होलेरी र त्रिवेणिमा सेवा सुरु गरेको र एमविविएस कार्यक्रम सहजरुपमा सञ्चालनमा रहेको छ । प्रतिष्ठानमा हाल ३ सय २० वेड चालु अवस्थामा रहेको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२९ असोज । ओमानमा जारी आइसिसी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटअन्तर्गत सुपर-६ को खेलमा आज नेपालले घरेलु टोलीसँग खेल्दैछ ।
छनोटमा अपराजित रहेका नेपाल र ओमानबीचको यो खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ। खेल नेपाली समयअनुसार राति पौने नौ बजे ओमान क्रिकेट एकेडेमीमा हुनेछ।
सुपर-६ को शीर्ष टोली ओमान र दोस्रो स्थानको नेपाल दुवैको ६-६ अंक छ। आजको खेलमा जित हात पार्ने टोली सन् २०२६ को फेब्रुअरी-मार्चमा भारत र श्रीलंकामा हुने आइसिसी टी-२० विश्वकप २०२६ मा पुग्नेछ। यद्यपी आज कतारले खेल जितेसँगै नेपाल र ओमानले एकअर्का बीच खेल्नुअघि नै टी-२० विश्वकपमा पुग्ने समिकरण बनेको छ।
कतारले आज जापानमाथि ३ विकेटको जित निकाल्यो। अब अहिले केहीबेरमा युएई र सामोआबीच खेल हुँदैछ। यो खेलमा युएई विजय भएमा नेपाल र ओमान अन्तिम दुई खेलअघि विश्वकपमा पुग्नेछन् ।
युएईले खेल जितेको अवस्थामा एक टोलीले मात्र ६ अंक जोड्ने सम्भावना हुन्छ। जसका कारण नेपाल र ओमानले दुई खेलअघि नै विश्वकपमा स्थान बनाउनछन्। यसमा जापान र युएईको खेलले समिकरणमा भूमिका खेल्नेछ। किनभने युएई र जापानले मध्ये एक टोलीले अंक गुमाउने पक्का छ ।
छनोटबाट शीर्ष तीन टोलीले विश्वकपमा स्थान बनाउनेछन्।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस