दाङ,२९ असोज । ओमानमा जारी आइसिसी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटअन्तर्गत सुपर-६ को खेलमा आज नेपालले घरेलु टोलीसँग खेल्दैछ ।
छनोटमा अपराजित रहेका नेपाल र ओमानबीचको यो खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ। खेल नेपाली समयअनुसार राति पौने नौ बजे ओमान क्रिकेट एकेडेमीमा हुनेछ।
सुपर-६ को शीर्ष टोली ओमान र दोस्रो स्थानको नेपाल दुवैको ६-६ अंक छ। आजको खेलमा जित हात पार्ने टोली सन् २०२६ को फेब्रुअरी-मार्चमा भारत र श्रीलंकामा हुने आइसिसी टी-२० विश्वकप २०२६ मा पुग्नेछ। यद्यपी आज कतारले खेल जितेसँगै नेपाल र ओमानले एकअर्का बीच खेल्नुअघि नै टी-२० विश्वकपमा पुग्ने समिकरण बनेको छ।
कतारले आज जापानमाथि ३ विकेटको जित निकाल्यो। अब अहिले केहीबेरमा युएई र सामोआबीच खेल हुँदैछ। यो खेलमा युएई विजय भएमा नेपाल र ओमान अन्तिम दुई खेलअघि विश्वकपमा पुग्नेछन् ।
युएईले खेल जितेको अवस्थामा एक टोलीले मात्र ६ अंक जोड्ने सम्भावना हुन्छ। जसका कारण नेपाल र ओमानले दुई खेलअघि नै विश्वकपमा स्थान बनाउनछन्। यसमा जापान र युएईको खेलले समिकरणमा भूमिका खेल्नेछ। किनभने युएई र जापानले मध्ये एक टोलीले अंक गुमाउने पक्का छ ।
छनोटबाट शीर्ष तीन टोलीले विश्वकपमा स्थान बनाउनेछन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,२९ असोज । जेनजी आन्दोलनको मौका छोपेर झुम्का कारागारबाट फरार भएका दुई व्यक्ति भारतमा मोटरसाइकल चोरीको आरोपमा पक्राउ परेका छन्।
भारतको बिहार राज्यस्थित अररिया जिल्लाको फारबिसगञ्ज नजिकै बथनाहाबाट पिन्टु कुमार यादव र उमेश कुमार मेहतालाई भारतीय प्रहरीले पक्राउ गरेको हो। उनीहरू सोमबार पक्राउ परेका हुन्।
अररिया प्रहरीका सहायक प्रमुख मुकेश कुमारका अनुसार, पक्राउ परेका दुबैजना सुनसरीको कप्तानगञ्जका हुन्। सुपौल जिल्लाको वीरपुरमा मोटरसाइकल चोरी गरेर फारबिसगञ्जतर्फ जाँदै गर्दा उनीहरू पक्राउ परेका थिए।
पक्राउपछि उनीहरूले जेन–जी आन्दोलनका क्रममा कारागारमा भागदौड हुँदा आफूहरू पनि भागेको बयान दिएका छन्।
भारतीय प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार, पक्राउ परेकामध्ये पिन्टु कुमार यादवको नाम कारागार व्यवस्था विभागको फरार सूचीमा रहेको छ भने उनको ठेगाना सुनसरीको देवानगञ्ज उल्लेख छ। तर, उमेश कुमार मेहताको नाम भने उक्त सूचीमा छैन।
२२ सय व्यक्ति फरार सूचिमा
कालिकोट,२९ असोज । खुलालु नदीको पुलबाट हाम फालेर एक किशोरी बेपत्ता भएकी छन्।
मंगलबार साँझ करिब ७ बजे नरहरिनाथ गाउँपालिका–७ उत्सवकी १४ वर्षीया सिर्जना बटाला पुलको बीच भागबाट हाम फालेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।
प्रहरीका अनुसार खोजी कार्य जारी भए पनि अहिलेसम्म उनी फेला परेकी छैनन्। सिर्जना त्यही गाउँकी अनिपाल बटालाकी छोरी हुन्।
नरहरिनाथ गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ९ का वडाध्यक्ष प्रदीप बोहोराका अनुसार, बटाला परिवार खुलालु बजारमा कपडा पसल सञ्चालन गर्दै आएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,२९ असोज । नेपाली कांग्रेसका २४ सय ८८ महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन आह्वान गर्न माग गर्दै कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएका छन्।
देशभरबाट संकलित हस्ताक्षर कांग्रेस नेता गुरु घिमिरेले खड्कालाई बुझाएका हुन्। उनका अनुसार यो संख्या १४औं महाधिवेशनका कुल प्रतिनिधिको करिब ५३ प्रतिशत हो।
पार्टी केन्द्रीय कार्यालय सानेपामा हस्ताक्षर बुझाउँदै घिमिरेले अहिलेको विषम परिस्थितिमा पार्टीलाई नयाँ दिशा दिन विशेष महाधिवेशन आवश्यक रहेको बताए। उनले यो पहल पार्टीभित्र विवाद होइन, स्वर्गीय नेता सुवर्णशम्शेर राणाले अपनाएको असल अभ्यासलाई पुनःस्थापित गर्ने उद्देश्यले गरिएको स्पष्ट पारे।
जेन–जी आन्दोलनपछि विकसित परिस्थितिले पार्टीमा आमूल नेतृत्व परिवर्तनको माग बढेको भन्दै नेताहरूले विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाएका थिए।
पार्टी महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पनि नियमित समयमा महाधिवेशन सम्भव नभए विशेष महाधिवेशनमा जानुपर्ने पक्षमा रहेका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२९ असोज । विद्यार्थी कुटपिट गरेको आरोपमा त्रियुगा नगरपालिका–५ दमौटीस्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक (प्रअ) राजन राउतलाई जिम्मेवारीमुक्त गरिएको छ।
कक्षा १० की छात्रा समीक्षा राईलाई आँखा र गाला सुन्निने गरी थप्पड हानेको आरोपपछि विद्यालय व्यवस्थापन समितिको मङ्गलबार बसेको बैठकले उनलाई प्रअ पदबाट हटाउने निर्णय गरेको हो।
अभिभावकहरूको तीव्र विरोधपछि आइतबारदेखि लगातार छलफल गर्दै आएका समितिका सदस्यहरूले सर्वसम्मत रूपमा राउतलाई जिम्मेवारीमुक्त गर्ने निष्कर्ष निकालेका थिए। व्यवस्थापन समिति अध्यक्ष कुबेर मगरका अनुसार, अभिभावक र स्थानीयवासीको माग अनुसार तत्काल कारबाही स्वरूप उनलाई हटाइएको हो।
मगरका अनुसार, कक्षामा सामाजिक विषय पढाइरहेका बेला विद्यार्थीहरूसँग प्रश्न–उत्तर गर्ने क्रममा उनले समीक्षा राईलाई थप्पड हानेका थिए। “सामान्य विषयमा छलफल गर्दा विद्यार्थीलाई अन्य तरिकाले सम्झाउन सक्ने विकल्प हुँदाहुँदै कुटपिटमा उत्रिनु गलत ठहरियो,” अध्यक्ष मगरले बताए।
घटनापछि विद्यार्थीका अभिभावकले राउतको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै कारबाहीको माग गरेका थिए। केही महिनाअघि मात्रै प्रअमा नियुक्त राउतले जिम्मेवारीअनुसार भूमिका निर्वाह नगरेको भन्दै स्थानीयले पनि उनको हटाइँ उचित ठानेका छन्।
राउतलाई जिम्मेवारीमुक्त गरेपछि विद्यालयले शिक्षक अङ्गधन राईलाई निमित्त प्रधानाध्यापकको रूपमा जिम्मेवारी तोकेको विद्यालय व्यवस्थापन समिति सदस्य दुर्गा राईले जानकारी दिए।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,२९ असोज । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश माओवादी केन्द्रको एजेण्डामै अघि बढ्ने विश्वास व्यक्त गरेका छन्।
धादिङको थाक्रे गाउँपालिकास्थित महादेवेसीमा आयोजित पार्टी गाउँपालिकाको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले माओवादी केन्द्रले देशको नेतृत्व लिनुपर्ने बताएका हुन्।
उनले देश संकटपूर्ण परिस्थितिबाट गुज्रिरहेको बताउँदै भने, “यस्तो अवस्थामा माओवादी केन्द्र दृढतापूर्वक संविधान, गणतन्त्र र जनताको पक्षमा उभिएको छ।”
प्रचण्डले जेन–जी आन्दोलन सुरु हुनु अघि नै माओवादी केन्द्रले उनीहरूको मागलाई समर्थन गरेको उल्लेख गर्दै भने, “जेन–जी आन्दोलनलाई समर्थन मात्र होइन, उनीहरूको असली प्रतिनिधि पार्टी माओवादी केन्द्र हो भन्ने प्रमाणित भएको छ।”
सरकारमा बस्ने बेला जेन–जीमाथि दमन गर्ने र सडकमा उनीहरूको मागलाई सम्बोधन गर्नुपर्ने कुरा गर्ने दल एउटै नभएको प्रष्ट पार्दै उनले भने, “हामी उनीहरूजस्ता होइनौं। माओवादी केन्द्रले गरेका काम हेर्ने हो भने जेन–जीहरूको असली नेतृत्व र पार्टी माओवादी केन्द्र नै हो।”
उनले आगामी निर्वाचनबारे उत्पन्न आशंकालाई अस्वीकार गर्दै भने, “निर्वाचन हुँदैन कि भनेर द्विविधामा बस्नु हुँदैन। निर्वाचन घोषणा भइसकेको छ, अब हाम्रो पार्टी त्यसका लागि तयारीमा लाग्नुपर्छ।”
त्यसैगरी, पाँच वटा पार्टीसँग चाँडै एकता प्रक्रिया अघि बढ्ने संकेत दिंदै प्रचण्डले पार्टीको केन्द्रीय समिति बैठकले जेन–जीका मागअनुसार नेतृत्व तहमा युवालाई ल्याउने नीतिगत निर्णय गरिसकेको जानकारी दिए। उनले पार्टीलाई समयअनुसार पुनर्संरचना गर्दै लैजाने प्रतिबद्धता पनि जनाए।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,२९ असोज । जेन-जी आन्दोलनपछि विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ।
आठ वर्षदेखि वकालत गर्दै आएका अधिवक्ता विपिन ढकालले संसद् विघटनविरुद्ध रिट दायर गरेका हुन्।
ढकालले जेन-जी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको वैधानिकतामाथि पनि प्रश्न उठाएका छन्।
उनले प्रधानमन्त्रीमा कार्कीको नियुक्ति असंवैधानिक भएको दाबी गर्दै, प्रधानमन्त्री र सरकारले गरेका सबै निर्णय बदर गर्न तथा ती निर्णयको कार्यान्वयनमा रोक लगाउन अन्तरिम आदेश जारी गर्न माग गरेका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
कास्की,२८ असोज । पोखरामा नक्कली पेस्तोल देखाएर एक महिला लुटपाट गर्ने घटना घटेको छ। पोखरा महानगरपालिका–१२ शितलादेवी बस्ने देवीकला अधिकारीलाई सोमबार राति लुटपाट गरेको आरोपमा सुजन विक नामका एक युवक पक्राउ परेका छन्।
कास्की प्रहरीले जानकारी दिएको अनुसार, विक पर्वतको मोदी गाउँपालिका–१ घर भई पोखरा–२० भलाम बस्दै आएका थिए। घटना सोमबार राति ८ः५० बजे भएको थियो।
कास्की प्रहरीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार, लुटपाटको सूचना पाएलगत्तै वडा प्रहरी कार्यालय रामबजारको टोली घटनास्थलमा पुगेको र विकलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका विकको साथबाट नक्कली पेस्तोल एक थान र उनी प्रयोग गरेको ग १३ प ९८३२ नम्बरको मोटरसाइकल बरामद गरिएको छ।
प्रहरीले विकमाथि थप अनुसन्धान भइरहेको बताएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ, २८ असोज । ‘अनुगमन’ र ‘ज्ञापनपत्र बुझाउने’ नाममा दैनिकजसो विभिन्न सरकारी कार्यालय पुग्ने जेन–जी आन्दोलनका एक समूहका सदस्य अर्जुनबहादुर शाहीमाथि ठगी र चेक बाउन्सका मुद्दा लागेको खुलेको छ।
अछाम पञ्चदेवल विनायक नगरपालिका–४ घर भएका २६ वर्षीय शाही पछिल्लो समय नागरिक उड्डयन प्राधिकरण, नेपाल वायु सेवा निगम र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका कार्यालय पुगेर अधिकारीहरूलाई धम्क्याउने र राजीनामा माग्ने भिडियोहरू सार्वजनिक भएका छन्।
केही दिनअघि नागरिक उड्डयन प्राधिकरण पुगेका शाहीले महानिर्देशक प्रदीप अधिकारीसँग वादविवाद गर्दै राजीनामाको माग गरेका थिए। जहाज खरिद गर्ने अधिकार नभएको अधिकारीले स्पष्ट्याउँदा पनि शाहीले धम्कीपूर्ण शैलीमा कुरा अघि बढाएका थिए।
त्यसपछि उनीहरूको टोली नेपाल वायु सेवा निगम र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पुगेको थियो। अख्तियारमा भेट समय नपाउँदा शाहीले कर्मचारीमाथि चर्को आवाजमा गाली गर्दै “हामी विथआउट टाइमिङ हिँड्दैछौं” भन्दै जबर्जस्ती भेट माग गरेको भिडियो सार्वजनिक भएको छ।
तर, जेन–जी आन्दोलनको नाममा सक्रिय रहेका शाहीमाथि भने वैदेशिक ठगी र बैंकिङ कसुर (चेक बाउन्स) सम्बन्धी उजुरीहरू दर्ता छन्। प्रहरी अभिलेखअनुसार, उनलाई २०८२ वैशाख २८ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगारीको नाममा ८ लाख रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ गरेको थियो।

त्यसअघि पनि उनीविरुद्ध श्रीकृष्ण फुयाल, रोजिना थापा र विद्या श्रेष्ठलगायतले चेक बाउन्सको उजुरी दिएका थिए। फुयालका अनुसार शाहीले रेड स्टार प्रोडक्सन एन्ड मिडिया हाउसमार्फत क्यामेरा र कम्प्युटर लगेका थिए र त्यसको साटोमा दिएको तीनवटा चेक साटिन सकेका थिएनन्।
फुयालको उजुरीपछि रेड स्टारको बैंक खाता कालोसूचीमा परेको थियो। प्रहरी वृत्त महाराजगञ्जले पनि शाहीविरुद्ध चेक बाउन्सको जाहेरी दर्ता भएको पुष्टि गरेको छ।
यसअघि रोजिना थापाले १० लाख ३० हजार रुपैयाँको चेक बाउन्सको उजुरी दिएकी थिइन् भने विद्या श्रेष्ठले पनि १० लाख रुपैयाँ सापटी दिएर पाएको चेक असफल भएपछि प्रहरीमा उजुरी दर्ता गराएकी थिइन्।
यस्ता ठगी र बैंकिङ कसुरका मुद्दा लागेका व्यक्ति अहिले ‘जनहित’का नाममा सरकारी कार्यालयमा धम्कीमूलक गतिविधि गर्दै हिँड्दा धेरैले आलोचना गरेका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२८ असोज । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते सांघातिक हमलाबाट घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ३५ दिनपछि मंगलबार सार्वजनिक भएका छन्।
देउवा आज पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी हुन सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालय पुगेका हुन्। उनीसँगै पत्नी तथा केन्द्रीय सदस्य डा। आरजु राणा देउवा पनि बैठकमा उपस्थित थिइन्।
भदौ २४ गते बुढानीलकण्ठस्थित निजी निवासमै रहेका बेला प्रदर्शनकारीहरूले घरमा आक्रमण गरी देउवा दम्पतीमाथि सांघातिक हमला गरेका थिए। सार्वजनिक भएका भिडिओ र तस्वीरहरूमा दुवैजना रगताम्य अवस्थामा देखिएका थिए।
उपचारका क्रममा देउवाको गर्धनमा धारिलो हतियार प्रहारबाट गहिरो घाउ लागेको र त्यसमा १२ वटा टाँका लगाइएको बताइएको छ। लामो उपचारपछि उनी आज मात्र सार्वजनिक भएका हुन्।
यद्यपि उनको स्वास्थ्य पूर्ण रूपमा सुधार नआएको परिवारस्रोतले जनाएको छ। पार्टी नेताहरूका अनुसार आजको बैठक उद्घाटन गरी आफ्ना विचार राखेपछि देउवा फेरि आरामका लागि फर्किनेछन्।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस