काठमाडौं,२७ असोज । इजरायली अधिकारीहरूले नेपाली विद्यार्थी विपिन जोशी जीवित नरहेको जानकारी दिएका छन्। सोमबार इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारी र त्यहाँको सेनाले यो जानकारी इजरायलस्थित नेपाली राजदूतावासलाई औपचारिक रूपमा गराएको हुन्।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, इजरायलस्थित नेपाली दूतावासले उक्त जानकारी मन्त्रालयलाई अनौपचारिक रूपमा पठाएको छ।
हमासले २०८० असोज २३ गते किबुट्ज अलुमिमबाट जोशीलाई अपहरण गरेको थियो। केही समयअघि जोशीको जीवित अवस्थाको भिडियो सार्वजनिक भएको थियो।
सोमबार हमासले आफ्नो कब्जामा रहेका २० जनालाई रेडक्रसका अधिकारीमार्फत् इजरायलतर्फ हस्तान्तरण गर्दैछ।
विपिन आक्रमण हुनुभन्दा एक महिनाअघि मात्र कृषि अध्ययनका लागि विद्यार्थी आदानप्रदान कार्यक्रमअन्तर्गत नेपालबाट इजरायल पुगेका थिए।
गाजाको सीमामा अवस्थित किबुट्ज अलुमिममा कार्यरत १७ नेपाली विद्यार्थीमध्ये १० जनाको हमासको आक्रमणका क्रममा मृत्यु भएको थियो। उनीहरू बम आश्रयस्थलमा लुकेका थिए। हमलाका क्रममा फ्याँकिएका ग्रेनेडका कारण विपिन घाइते भएका र पछि हमासले उनलाई अपहरण गरेको बताइएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,२७ असोज । पहिलो बन्धकलाई १५ मिनेटभित्र रिहा गरिने इजरायली सुरक्षा अधिकारीले पुष्टि गरेका छन्। इजरायली सेनाले (आईडीएफ) सम्झौताको कार्यान्वयनको भागस्वरूप बन्धकहरूलाई स्थानान्तरण र फिर्ता गर्ने तयारी गरिरहेको जनाएको छ।
अधिकारीका अनुसार उत्तरी गाजा पट्टीमा स्थानीय समयअनुसार बिहान ८ बजेबाट बन्दी रिहाइ प्रक्रिया सुरु हुने छ। “समय परिवर्तन हुनसक्छ, जानकारी उपलब्ध हुनेबित्तिकै अपडेट दिइनेछ,” उनले भने।
इजरायली वायुसेनाले माइक्रोब्लगिङ साइट एक्स (X) मार्फत जानकारी दिँदै बन्धकहरूलाई घर ल्याउन दुई हेलिकप्टर तयारी अवस्थामा रहेको जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, २७ असोज । तुलसीपुरस्थित प्रसिद्ध धार्मिक स्थल श्री त्रिसिद्धेश्वरी कालिका मन्दिर व्यवस्थापन समितिको विशेष साधारण सभाबाट नयाँ ११ सदस्यीय कार्यसमिति गठन गरिएको छ।
समाजसेवी घनश्याम उपाध्याय सर्वसम्मत रूपमा समितिको अध्यक्षमा निर्वाचित भएका छन् ।
त्यस्तै उपाध्यक्षमा वीरबहादुर बढा मगर, सचिवमा होमराज आचार्य, र कोषाध्यक्षमा शिवकुमार आचार्य चयन भएका छन् ।
मन्दिर व्यवस्थापन समितिको अधिवेशन हरेक तीन वर्षमा सञ्चालन हुने परम्परा रहँदै आएको छ।
लगातार १२ वर्षसम्म उपाध्यक्षको रूपमा सक्रिय भूमिका निर्वाह गर्दै आएका उपाध्याय अहिले अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका हुन् ।
स्थानीय समुदायले नयाँ नेतृत्वबाट मन्दिरको व्यवस्थापन, संरक्षण र धार्मिक पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा थपिने अपेक्षा व्यक्त गरेका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,२७ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य स्थिर छ। सोमबारका लागि अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६० पैसा र बिक्रीदर १४२ रुपैयाँ २० पैसा निर्धारण गरिएको छ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६५ रुपैयाँ २४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८९ रुपैयाँ १७ पैसा र बिक्रीदर १८९ रुपैयाँ ९७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ १९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ९४ पैसा कायम गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९२ रुपैयाँ ०३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ०९ पैसा र बिक्रीदर १०१ रुपैयाँ ५२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ १८ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६४ पैसा तोकिएको छ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ३७ पैसा र बिक्रीदर नौ रुपैयाँ ४१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ८४ पैसा र बिक्रीदर १९ रुपैयाँ ९३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९१ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ०१ पैसा कायम भएको छ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ३३ पैसा र बिक्रीदर चार रुपैयाँ ३५ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३३ रुपैयाँ ६६ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ९१ पैसा र बिक्रीदर नौ रुपैयाँ ९५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १४ रुपैयाँ ९५ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ०४ पैसा र बिक्रीदर २२ रुपैयाँ १३ पैसा तोकिएको छ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ २० पैसा र बिक्रीदर १८ रुपैयाँ २७ पैसा, कुवेती दिनार एकको खरिददर ४६१ रुपैयाँ ८० पैसा र बिक्रीदर ४६३ रुपैयाँ ७६ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३७७ रुपैयाँ १६ पैसा, ओमनी रियाल एकको खरिददर ३६७ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३६९ रुपैयाँ ३३ पैसा रहेको छ। भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,२६ असोज । आईसीसी टी–२० एशिया तथा इस्ट एशिया–प्यासिफिक छनोटको सुपर–६ अन्तर्गत नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध १ रनको रोमाञ्चक जीत निकालेको छ।
ओमान क्रिकेट एकेडेमीको मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १४० रनको योगफल तयार गरेको थियो। नेपालका आसिफ शेखले ४७ बलमा ५१ रनको उत्कृष्ट पारी खेले भने अन्य खेलाडीले सानो योगदान दिए। यूएईका जुनैद सिद्दिकी, मुहम्मद रोहिद, जाहिद अली, हेदर अली, हर्षित कौशिक र ध्रुव पराशरले १–१ विकेट लिए।
१४१ रनको लक्ष्य पछ्याउने क्रममा यूएईले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन मात्र बनाउन सक्यो। अन्तिम ३ बलमा ३ रन चाहिएको अवस्थामा यूएईले लगातार ३ विकेट गुमाएर १ रन मात्र जोड्न सक्यो।
दीपेन्द्रसिंह ऐरीले अन्तिम ओभरमा उत्कृष्ट बलिङ गर्दै नेपाललाई जित दिलाए। उनले पहिलो तीन बलमा ७ रन दिएपछि चौथो बलमा ध्रुव पराशरलाई क्याच आउट गराए, पाँचौँ बलमा हेदर अलीलाई र अन्तिम बलमा जाहिद अलीलाई रन आउट गराउँदै खेल आफ्नो पक्षमा पारे।
यूएईका आलिशान शरफुले ५८ र ध्रुव पराशरले ३२ रनको योगदान दिए। नेपालका दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए भने सोमपाल कामी, गुल्सन झा र सन्दीप लामिछानेले १–१ विकेट लिए।
यो जितसँगै नेपालले सुपर–६ मा दुई खेलमा ४ अङ्कसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। समान अङ्क रहेको ओमान नेट रनरेटका आधारमा शीर्ष स्थानमा छ भने यूएई २ अङ्कसहित तेस्रो स्थानमा छ।
सुपर–६ मा समूह ‘ए’ बाट यूएई र कतार, समूह ‘बी’ बाट नेपाल र जापान तथा समूह ‘सी’ बाट ओमान र सामोआ पुगेका छन्।
नेपालले अब सुपर–६ अन्तर्गत सोमबार कतारसँग, बुधवार ओमानसँग र शुक्रवार सामोआसँग खेल्नेछ।
सुपर–६ को शीर्ष तीन टोलीले आगामी वर्ष भारत र श्रीलङ्कामा हुने टी–२० विश्वकप खेल्ने मौका पाउनेछन्।
२२ सय व्यक्ति फरार सूचिमा
बारा ,२६ असोज । प्रहरीले जीतपुर सिमरा उपमहानगरपालिका–२१ बाट करिब १ लाख ७ हजार रुपैयाँ बराबरका विभिन्न किसिमका पटका बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको टोलीले आइतबार दिउँसो वीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको ना.६ ख ६२९३ नम्बरको बस जाँच गर्दा डिक्कीभित्र लुकाइएका पटका फेला पारेको हो।
बरामद गरिएको पटका आवश्यक अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएर थप कारबाही अघि बढाएको जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,२६ असोज । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन्। नेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरेका अनुसार महरालाई ललितपुरबाट नियन्त्रणमा लिएको हो।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले ‘ब्रेक सु’ मा लुकाएर ल्याइएको ६१ किलो सुन तस्करी मुद्दामा अनुसन्धान गर्न उनलाई नियन्त्रणमा लिएको हो।
यसअघि सोही मुद्दामा प्रहरीले महराको बयान लिएको थियो। सुन तस्करी प्रकरणमा महरा २०८० साल चैत्र ५ गते भैरहवाबाट पक्राउ परेका थिए। पछि सीआईबीका अनुसन्धान अधिकृतको सिफारिसमा सरकारी वकिलको कार्यालयले उनलाई हाजिरी जमानतमा छोडेको थियो।
‘ब्रेक सु’ मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ साल पुसमा विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याइएको ९ किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग महराको नाम जोडिएको थियो। उक्त प्रकरणमा उनका छोरा राहुल र पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुन पनि मुछिएका थिए।
पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन तस्करी अनुसन्धान जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनमा महराविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो।
अनुसन्धानका क्रममा ८ करोड ५५ लाख २८ हजार ३ सय मूल्य बराबरको सुन बेचबिखन गरी आपराधिक समूह बनाएर संगठित आपराधिक लाभ लिएको ठहर भएपछि महरालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२६ असोज । दाङको तुलसीपुर उपमहानगरपालिका–९ अटोभिलेजस्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा नौ जना व्यक्ति पक्राउ परेका छन्।
गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक विनोद राज खत्रीको कमाण्डमा खटिएको टोलीले राममाया घर्तीको घरमा छापा मारी जुवातास खेलिरहेको अवस्थामा नौ जनालाई नगदसहित नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार उनीहरूको साथबाट दुई गड्डी तास र नगद ३४ हजार ६ सय ५ रुपैयाँ बरामद गरिएको छ।
नियन्त्रणमा परेकामा तुलसीपुर–७ का प्रेमप्रकाश वली, तुलसीपुर–६ का रमेश बस्नेत र चेतलाल भण्डारी, तुलसीपुर–५ का गौरीलाल वली, खुमबहादुर बिक र सन्तोष भण्डारी, तुलसीपुर–८ का धनबिर बिक, तुलसीपुर–१६ का तिलकराम केसी र तुलसीपुर–६ का दिनेश बन्जरा रहेका छन्।
पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,२६ असोज । असोज १८ मा आएको बाढीपहिरोले प्रभावित क्षेत्रका बासिन्दालाई स्वास्थ्य संस्थासम्म पुग्न कठिन भएपछि इलामको माईजोगमाई गाउँपालिकाले घरमै स्वास्थ्य सेवा प्रदान गर्न थालेको छ।
पहिरोका कारण बाटो अवरुद्ध भएपछि गाउँपालिकाले माईजोगमाई–६ प्याङका स्थानीयको घर–घरमा पुगेर प्राथमिक स्वास्थ्य सेवा दिन सुरु गरेको हो।
प्राथमिक स्वास्थ्य केन्द्र प्याङका प्रमुख डा. अभिषेक देव ठकुरीका अनुसार वृद्धवृद्धा, बालबालिका र अशक्त व्यक्तिलाई घरमै पुगेर उच्च रक्तचाप, ज्वरोलगायतका समस्या भएका बिरामीलाई प्राथमिक उपचार सेवा दिइएको छ।
असोज १८ गतेको पहिरोमा परि प्याङका दुई परिवारका आठ जनाको ज्यान गएको थियो। यस्तै, माईजोगमाई–१ को मलुमझुवामा पनि विपद् प्रभावित स्थानीयका लागि स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।
माईजोगमाई आधारभूत अस्पतालबाट खटिएको डा. यस्मिन शेर्पा नेतृत्वको टोलीले ४८ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको गाउँपालिकाले जनाएको छ।
शिविरका क्रममा बाढीपहिरोका कारण स्वच्छ खानेपानी अभाव झेलिरहेका स्थानीयलाई पानी शुद्धिकरण गर्ने तरिका र सुरक्षित रूपमा पानी प्रयोग गर्नेबारे सचेतना दिइएको माईजोगमाई गाउँपालिकाका कर्मचारी डम्बर निरौलाले बताए।
यसैबीच, जिल्लाका विपद् प्रभावित क्षेत्रमा आवश्यक प्राथमिक उपचारका सामग्री, पानी शुद्धिकरणका औषधि, डेङ्गु र मलेरिया परीक्षणका किटहरू सबै पालिकामा पठाइएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी विमल बरालले जानकारी दिए।
उनका अनुसार हालसम्म जिल्लामा महामारीको रुपमा कुनै रोग फैलिएको छैन, तर फाटफुट रूपमा झाडापखाला र रुघाखोकीका बिरामी देखिएका छन्।
‘जिल्लाको अवस्था हाल सामान्य छ,’ बरालले भने, ‘तर सबै क्षेत्रमा सडक नहुँदा औषधि पुर्याउन निकै कठिन भइरहेको छ।’
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, २६ असोज । दाङको घोराहीस्थित बुद्ध इन्टरनेशनल हस्पिटल प्रा.लि. ले स्वास्थ्य सेवा व्यवस्थापन र गुणस्तर सुधारमा नेतृत्व प्रदान गर्ने उद्देश्यसहित किशोर कुमार आचार्यलाई प्रमुख कार्यकारी अधिकृत (CEO) पदमा नियुक्त गरेको छ।
जनस्वास्थ्य क्षेत्रमा लामो अनुभव रहेका आचार्यले यसअघि स्वास्थ्य कार्यालय दाङका प्रमुखका रूपमा कार्य गर्दै जिल्लाको स्वास्थ्य प्रणाली सुदृढीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
पदभार ग्रहणपछि उनले भने, “बुद्ध इन्टरनेशनल हस्पिटललाई गुणस्तरीय, जनमैत्री र विश्वासिलो स्वास्थ्य संस्थाको रूपमा रूपान्तरण गर्न म पूर्ण प्रतिबद्ध छु। सेवा सुधार, व्यवस्थापकीय पारदर्शिता र जनविश्वास निर्माण मेरो प्रमुख प्राथमिकता हुनेछ।”
अस्पताल सञ्चालक समितिले आचार्यको दीर्घ अनुभव र नेतृत्व क्षमताको प्रशंसा गर्दै उनको आगमनले संस्थामा नयाँ ऊर्जा र विकासको गतिमा योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस