काठमाडौ,१४ जेठ । केन्याको गिलगिलस्थित एक बोर्डिङ स्कुलमा आगलागी हुँदा १६ जना विद्यार्थीको ज्यान गएको छ भने ७४ जना घाइते भएका छन्। प्रहरीका अनुसार बिहीबार बिहान उतुमिसी गर्ल्स स्कुलको होस्टलमा विद्यार्थीहरू सुतिरहेको बेला आगलागी भएको हो।
घाइते सबै विद्यार्थीको अस्पतालमा उपचार भइरहेको जनाइएको छ। केन्या रेडक्रस र प्रहरी टोलीले घटनास्थलमा पुगेर उद्धार तथा राहत कार्य जारी राखेका छन्। आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन।
प्रहरी कमाण्डर मसुद म्विनीले घटनालाई अत्यन्त दुःखद भन्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन्।
केन्यामा पछिल्ला वर्षहरूमा विद्यालयमा यस्ता दुर्घटना दोहोरिँदै आएका छन्। होस्टलमा धेरै विद्यार्थीको चाप र सुरक्षा मापदण्डको कमीलाई यस्ता घटनाको मुख्य कारण मानिँदै आएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१४ जेठ । सहकारी क्षेत्रको बेथिति छानबिनका लागि गठित आयोगले नयाँ सहकारी दर्ता तत्काल रोक्न र बहुशाखा सञ्चालन गरिरहेका सहकारीहरूलाई सीमित गर्न सुझाव दिएको छ।
आयोगको प्रतिवेदनअनुसार सहकारी नियमनका लागि स्पष्ट संरचना नबन्दासम्म संघ, प्रदेश र स्थानीय तहमा नयाँ सहकारी दर्ता प्रक्रिया स्थगन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ। साथै, सेवा केन्द्र तथा शाखा विस्तारमा पनि रोक लगाउन सिफारिस गरिएको छ।
प्रतिवेदनमा एकभन्दा बढी शाखा सञ्चालन गरिरहेका सहकारी संस्थाहरूलाई आवश्यक हिसाब मिलान गरी शाखा बन्द गर्न निर्देशन दिनुपर्ने उल्लेख गरिएको छ।
आयोगले सहकारी क्षेत्र व्यवस्थित भएपछि मात्र सम्भाव्यता अध्ययनका आधारमा स्थानीय तहलाई दर्ता अधिकार दिने सुझाव दिएको छ। त्यस्तै, सहकारीको कार्यक्षेत्र देशव्यापी बनाउने अभ्यासलाई गलत ठहर गर्दै सीमित भौगोलिक क्षेत्रमा केन्द्रित गर्नुपर्नेमा जोड दिएको छ।
आयोगका अनुसार सहकारीको मूल उद्देश्य स्वावलम्बन र पारस्परिक सहयोग भए पनि पछिल्लो समय देशव्यापी विस्तार र ठूलो मात्रामा निक्षेप संकलन गर्ने प्रवृत्तिले समस्या बढाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१४ जेठ । ज्योतिपुञ्ज एजुकेशनल ग्रुपको आयोजनामा शिक्षकहरूका लागि शिक्षण–सिकाइमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रभावकारी प्रयोगसम्बन्धी तीन दिने तालिम सुरु भएको छ।
बिहीबारदेखि घोराहीमा सुरु भएको तालिममा ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय र ज्योतिपुञ्ज मोडेल इङ्लिस स्कुलका शिक्षकहरूको सहभागिता रहेको छ। तालिम ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयका प्रिन्सिपल बुद्धिराज अधिकारीले जानकारी दिए।
तालिममा एआईको परिचय, विभिन्न टुल्सको प्रयोग, आधारभूतदेखि उन्नत प्रयोग, एआईमा आधारित शिक्षण सामग्री निर्माण तथा कक्षाकोठामा यसको व्यवहारिक प्रयोगबारे प्रशिक्षण दिइनेछ।
कार्यक्रममा शिक्षण सिकाइमा एआई प्रयोगका विज्ञ होमराज खड्काले सहजीकरण गरेका छन् ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१४ जेठ । बजारमा आज सुनचाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ५ हजार ५०० रुपैयाँले घटेर २ लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सुन तोलामा २ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको भाउ पनि घटेको छ। चाँदी तोलामा २१५ रुपैयाँले घटेर ४ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। हिजो चाँदी तोलाको ५ हजार ८० रुपैयाँमा कारोबार भएको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१४ जेठ ।राप्ती बबई क्याम्पसले ‘जर्नल अफ राप्ती बबई क्याम्पस’ अङ्क–६ विमोचन गरेको छ। बुधबार आयोजित कार्यक्रममा अनुसन्धानमूलक तथा शैक्षिक लेख समेटिएको जर्नल सार्वजनिक गरिएको हो।
कार्यक्रम क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्यामकुमार रेग्मीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
कार्यक्रममा प्रमुख अतिथि खड्काले अनुसन्धानले समाज रूपान्तरण र ज्ञान निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले जर्नललाई अध्ययन र सन्दर्भ सामग्रीका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिए।
त्यसैगरी विशिष्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धेले यस्ता प्रकाशनले क्याम्पसको शैक्षिक स्तर र प्राज्ञिक पहिचान अझ बलियो बनाउने बताए।
अनुसन्धान समिति संयोजक डा. प्रेमनाथ योगीका अनुसार जर्नलमा १७ वटा अनुसन्धानात्मक लेख समावेश छन्, जसमा आन्तरिक र बाह्य अनुसन्धानकर्ताका लेख रहेका छन्।
यसैबीच, क्याम्पसका उपप्राध्यापक सूर्यप्रसाद शर्मालाई पीएचडी अध्ययनका लागि तलबी अध्ययन बिदा दिने निर्णय गरिएको पनि जानकारी दिइएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१३ जेठ। राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा सामाजिक सञ्जालमार्फत उत्तेजक अभिव्यक्ति दिएको आरोपमा विभिन्न व्यक्तिमाथि अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ।
आयोग सदस्य डा. लिली थापाको संयोजकत्वमा बनेको समितिले प्रतिवेदन सार्वजनिक गर्दै आन्दोलनअघि, आन्दोलनका बेला र त्यसपछि दिएका अभिव्यक्तिको आधारमा सम्बन्धित व्यक्तिहरूको भूमिकाबारे छानबिन गर्नुपर्ने जनाएको हो।
प्रतिवेदनअनुसार सामाजिक सञ्जालमा दिइएका अभिव्यक्तिले प्रदर्शनलाई उत्तेजित बनाउन भूमिका खेलेको हुन सक्ने भन्दै सार्वजनिक शान्ति र सुरक्षामा त्यसको प्रभावबारे अनुसन्धान गर्नुपर्ने उल्लेख गरिएको छ।
आयोगले विभिन्न क्षेत्रका सांसद, अभियन्ता, कलाकार र कन्टेन्ट क्रिएटरहरूको नामसमेत उल्लेख गर्दै उनीहरूको अभिव्यक्तिबाट प्रदर्शनमा प्रभाव परेको वा नपरेकोबारे अध्ययन गर्न आग्रह गरेको छ। दोषी देखिए कानुनी कारबाही गर्न पनि सिफारिस गरिएको छ।
त्यसैगरी आन्दोलनका आयोजकहरूको भूमिकाबारे पनि अनुसन्धान गर्नुपर्ने आयोगको भनाइ छ। घुसपैठ नियन्त्रण गर्न नसकेको र प्रदर्शन हिंसात्मक बनेको विषयमा समेत छानबिन गर्नुपर्ने उल्लेख गरिएको छ।

२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१३ जेठ । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तुत वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभाबाट बहुमतले पारित भएको छ। प्रदेश सभाको आठौँ अधिवेशनको आठौँ बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले प्रस्ताव पेश गरेपछि सभामुख तुलाराम घर्तीमगरले निर्णयार्थ प्रस्तुत गर्दै कार्यक्रम पारित भएको घोषणा गरेका हुन् ।
छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै मुख्यमन्त्री आचार्यले नीति तथा कार्यक्रमका आधारमा बजेट निर्माण गरिने बताए । उनले छुटेका विषयहरू आगामी बजेटमार्फत समेटिने पनि स्पष्ट पारे।
मुख्यमन्त्री आचार्यले अघिल्ला सरकारका कार्यक्रमलाई निरन्तरता दिने र विकासलाई केन्द्रमा राखेर नीति ल्याइएको बताए । उनका अनुसार प्रदेशको आर्थिक, पूर्वाधार, स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रमा सुधार हुँदै गएको छ।
मुख्यमन्त्रीले आगामी बजेट आयोजना बैंकमा समावेश भएका योजनामा केन्द्रित हुने र छरिएका योजनाको प्रवृत्ति अन्त्य गरिने बताए।
बैठकमा विपक्षी दलका नेता जोखबहादुर महराले सम्बोधन गरेका थिए भने सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले थारु समुदायको परम्परा संरक्षणसम्बन्धी विधेयकमाथि छलफल प्रस्ताव गरेका थिए।
प्रदेशमा हाल ९८ प्रतिशत जनसंख्यामा विद्युत् पहुँच पुगेको, खानेपानी, सडक र सिँचाइका क्षेत्रमा उल्लेख्य प्रगति भएको र उद्योग–व्यवसाय दर्ता तथा लगानी पनि बढ्दै गएको जानकारी दिइएको थियो ।
बैठक स्थगित भएसँगै मन्त्रीमण्डल पुनर्गठनको विषय भने केही समयका लागि रोकिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
रोल्पा,१३ जेठ । सवारी ज्यान मुद्दामा सजाय तोकिएपछि फरार रहेका एक युवक पक्राउ परेका छन्। त्रिवेणी गाउँपालिका–५ सिम्लाका ३२ वर्षीय लालबहादुर केसीलाई प्रहरीले पक्राउ गरेको हो। धादिङ जिल्ला अदालतले २०७७ पुस २८ गते उनलाई १ वर्ष ११ महिना ४ दिन कैद सजाय सुनाएको थियो।
फैसला पछि फरार रहेका केसीलाई काठमाडौंको नयाँ बसपार्क क्षेत्रबाट आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। गोप्य सूचनाका आधारमा उनलाई नियन्त्रणमा लिइएको हो।
पक्राउपछि केसीलाई रोल्पा ल्याएर तोकिएको सजाय भुक्तानका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१३जेठ। पर्याप्त बजेट नहुँदा देशमा रासायनिक मलको आपूर्ति प्रभावित भएको छ। कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक विष्णुप्रसाद पोखरेलले आवश्यक जति मल किन्न नसकिएको बताएका छन् । उनका अनुसार बजेट कम हुँदा आगामी वर्ष मलको अभाव हुन सक्ने चिन्ता बढेको छ।
नेपालमा वर्षमा करिब ९ लाख मेट्रिक टन मल आवश्यक पर्छ। तर सरकारले बढीमा ५ लाख मेट्रिक टन बराबरको मात्रै बजेट दिने गरेको छ। यस वर्ष मलको मूल्य बढेकाले झन् कम खरिद गर्नुपरेको कम्पनीले जनाएको छ।
हाल कम्पनीसँग रहेको मल असार मसान्तसम्म मात्रै पुग्ने बताइएको छ। सांसदहरूले किसानलाई समस्या नपरोस् भनेर समयमै मल व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन्।
कृषि मन्त्री गीता चौधरीले मल अभाव हुन नदिन भारतबाट ५० हजार मेट्रिक टन मल ल्याउने प्रक्रिया अघि बढाइएको जानकारी दिईन। साथै, रासायनिक मलसँगै जैविक मल प्रयोगमा पनि जोड दिइएको बताइएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१३ जेठ । देशभर विद्युत् पहुँच विस्तार र प्रयोग बढ्दै जाँदा पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै गएको पाइएको छ। आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार हाल करिब ९९.१ प्रतिशत जनसंख्यामा विद्युत् पहुँच पुगेको छ।
सहरी क्षेत्रमा विद्युतीय उपकरण, विशेषगरी विद्युतीय चुल्होको प्रयोग बढेसँगै खाना पकाउने ग्यासको खपत घट्दो क्रममा रहेको उल्लेख गरिएको छ।
चालु आर्थिक वर्षको फागुन मसान्तसम्म पेट्रोल र डिजेलको खपत गत वर्षको सोही अवधिको तुलनामा क्रमशः १० प्रतिशत र ९.९ प्रतिशतले घटेको सर्वेक्षणले देखाएको छ। यसले विद्युत् प्रयोग विस्तारसँगै पेट्रोलियम पदार्थको आयात पनि घट्ने संकेत गरेको छ।
सर्वेक्षणअनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका केही गाउँपालिकाबाहेक अधिकांश स्थानमा विद्युत् पहुँच पुगेको छ। यद्यपि, उपलब्ध क्षेत्रमा गुणस्तरीय र भरपर्दो सेवा उपलब्ध गराउने चुनौती अझै कायम रहेको जनाइएको छ।
सरकारले निकट भविष्यमा शतप्रतिशत घरधुरीमा विद्युत् सेवा पुर्याउने र सेवा थप गुणस्तरीय बनाउने लक्ष्य राखेको छ। यस प्रयासमा सरोकारवाला निकायहरूले पनि सहयोग गर्दै आएका छन्।
गत फागुनसम्म देशको कुल जडित विद्युत् क्षमता ४,१०५ मेगावाट पुगेको छ, जसमा जलविद्युत्को हिस्सा ३,७९८ मेगावाट रहेको छ। चालु आवमा भारततर्फ २,९१८ गिगावाट घण्टा विद्युत् निर्यात भएको पनि उल्लेख छ।
त्यसैगरी, आधारभूत खानेपानीको पहुँच ९७ प्रतिशत जनसंख्यामा पुगे पनि सुरक्षित खानेपानीको पहुँच भने २९ प्रतिशतमा सीमित रहेको छ। स्वास्थ्य बीमा कार्यक्रम सबै स्थानीय तहमा विस्तार भइसकेको छ भने योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा २८ लाख ५० हजार श्रमिक सूचीकृत भएका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस