निर्वाचन कार्यतालिका स्वीकृत

   असोज २०, २०८२       admin

काठमाडौं,२० असोज । आगामी फागुन २१ गते निर्धारित प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक तयारीहरूलाई समयमै अघि बढाउन निर्वाचन आयोगले आज निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ।

स्वीकृत कार्यतालिका अनुसार मंसिर १ गतेदेखि १० गतेसम्म निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता कार्यक्रम सञ्चालन हुनेछ। पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष तर्फ) का लागि माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ।

फागुन ३ गतेदेखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार अवधि रहनेछ भने त्यसपछि प्रचारप्रसार निषेध अवधि लागू हुनेछ। मतदान फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ। दुवै निर्वाचन प्रणालीका मतपेटिका संकलन भएपछि मतगणना प्रारम्भ गरिने कार्यक्रम कार्यतालिकामा उल्लेख गरिएको छ।

समानुपातिक निर्वाचन प्रणालीका लागि मंसिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ। पौष १८ र १९ गते बन्दसूची पेश गर्ने मिति तोकिएको छ।

निर्वाचनमा राजनीतिक दल तथा सरोकारवालासँग समन्वय र सहकार्य गर्न आयोगले कार्यतालिका अनुसार समय–समयमा परामर्श र छलफल गर्ने बताएको छ।

आयोगका अनुसार निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय मंसिर १ देखि १० गतेसम्म रहनेछ। हाल आयोगमा दर्ता भएका राजनीतिक दलहरूले मात्रै निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न पाउने कानूनी व्यवस्था भएकाले निर्वाचनमा भाग लिन इच्छुक दलहरूले कात्तिक ३० गतेभित्र दल दर्ताको प्रमाणपत्र प्राप्त गरिसक्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सल्यानमा बोलेरो जीप दुर्घटना: ८ जना घाइते

   असोज २०, २०८२       admin

दाङ,२० असोज । सल्यानमा बोलेरो जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सल्यानका इन्स्पेक्टर रेशम खत्रीका अनुसार खलंगाबाट शारदा नगरपालिका–९ सुनचौरतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ च ०१९६ नम्बरको बोलेरो जीप ज्वालापुरमा दुर्घटनाग्रस्त भएको हो।

दुर्घटनामा शारदा नगरपालिका–९ का २७ वर्षीय चालक सुरेन्द्र कवँर, सुनचौरकी ७२ वर्षीया भोटीकुमारी बुढाथोकी, १७ वर्षीय कुलबहादुर बुढा, ७१ वर्षीय लालबहादुर भण्डारी, २१ वर्षीया मन्जरी राना, उनकी ५ महिनाकी छोरी एलिशा राना, २६ वर्षीय सुशिल कवँर र ४८ वर्षीय भुपबहादुर विक घाइते भएका छन्।

इन्स्पेक्टर खत्रीका अनुसार चालक सुरेन्द्र कवँरको अवस्था गम्भीर रहेको छ भने अन्य सबैको अवस्था मध्यम रहेको छ। घाइतेमध्ये ३ जनाको उपचार जिल्ला अस्पताल सल्यानमा र ५ जनाको उपचार श्रीनगरस्थित कर्णाली अस्पतालमा भइरहेको छ।

जीप अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल खसेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दाङमा श्रीमतीले गरिन श्रीमानको हत्या

   असोज २०, २०८२       admin

दाङ,२० असोज । दाङको घोराही उपमहानगरपालिका–१ मा ६४ वर्षीय श्रीमान ढालबहादुर चौधरीको हत्या आरोपमा उनकी ६२ वर्षीया श्रीमती छायादेवी चौधरी पक्राउ परेकी छन्।

दाङका प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहका अनुसार शनिबार राति करिब १० बजेतिर आपसी विवादका क्रममा छायादेवीले श्रीमान ढालबहादुरको टाउकोमा टर्चलाइट प्रहार गरेकी थिइन्।

प्रहारबाट ढालबहादुरको टाउको फुटेर अत्यधिक रक्तश्राव भयो। त्यसकै कारण आइतबार बिहान उनी मृत फेला परेका हुन्।

घटनाको समयमा उनीहरू सँगै मदिरा सेवन गरेका थिए। सोही बेला विवाद हुँदा छायादेवीले ओछ्यानमै श्रीमानलाई टर्चलाइटले प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

घटनाको बेला घरको अर्को कोठामा बुहारी र नातिनातिनीहरू पनि रहेका थिए।

प्रहरीले हत्या आरोपमा छायादेवीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको डिएसपी शाहले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

भोलि र पर्सि सार्वजनिक विदा

   असोज १८, २०८२       admin

काठमाडौँ,१८ असोज । गृह मन्त्रालयले असोज १९ र २० गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। लगातार भइरहेको भारी वर्षाका कारण सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि यस्तो निर्णय गरिएको मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनाअनुसार आगामी दिनमा देशका विभिन्न स्थानमा ठूलो वर्षा हुने सम्भावना छ। त्यसका कारण पहिरो, डुबान, बाढी र भूक्षयलगायतका जोखिम बढ्ने अनुमान गरिएको छ।

यातायात र जनजीवनमा असर पर्न सक्ने भएकाले विशेष सतर्कता अपनाउन मन्त्रालयले सबै नागरिकलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बोलेरो दुर्घटना हुदा ६ जनाको मृत्यु

   असोज १८, २०८२       admin

काठमाडौ,१८ असोज । पाँचथरको कुम्मायक गाउँपालिका–२ र ३ को सिमानामा पर्ने कात्तिके डाँडामा आज बिहान भएको बोलेरो गाडी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

ताप्लेजुङबाट इटहरीतर्फ जाँदै गरेको बोलेरो गाडी तमोर करिडोरमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
मृतक र घाइतेहरुको परिचय भने अहिलेसम्म खुल्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तीनदिनका लागि सवारीसाधन सन्चालनमा रोक

   असोज १८, २०८२       admin

काठमाडौँ ,१८ असोज । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी तीन दिनका लागि लामो दूरीका सवारीसाधन सञ्चालन बन्द गर्ने निर्णय गरेको छ।

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार असोज १८, १९ र २० गते देशका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले सम्भावित बाढी, पहिरो र डुबानजस्ता विपद् जोखिम न्यूनीकरण गर्न यस्तो निर्णय गरिएको प्राधिकरणले जनाएको छ।

यस क्रममा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट सञ्चालन हुने लामो दूरीका सवारीसाधन तथा काठमाडौं उपत्यकामा भित्रिने–बाहिरिने सवारीसाधन सञ्चालन नगर्न सूचना जारी गरिएको छ।

प्राधिकरणले अत्यावश्यकबाहेकका सवारीसाधन नचलाउन आग्रह गर्दै सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायलाई सवारी आवतजावत रोक्न, गराउन र त्यसको अनुगमन गर्न निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

प्रहरी जवान मृत फेला

   असोज १८, २०८२       admin

काठमाडौं,१८ असोज । डोटीमा एक प्रहरी जवान मृत फेला परेका छन्।

शुक्रबार मध्यरात जिल्लाको शिखर नगरपालिका–८ तिलताली घर भएका नेपाल प्रहरी जवान शङ्कर बलायर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

केआई सिंह राजमार्ग अन्तरगत गोपघाट भन्ने स्थानमा एक व्यक्ति लडेको भन्ने सूचना राति १२:१५ बजे प्रहरीलाई आएपछि टोली खटिएको थियो। त्यही क्रममा बलायरको टाउकोमा गम्भीर चोट लागेका कारण मृत फेला परेका प्रहरी कार्यालयले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ।

बलायर नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बारामा दरबन्दी भई हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटमा कार्यरत थिए। उनी असोज ७ गतेदेखि लागु हुने गरी १८ दिनको बिदामा घर आएका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

क्रिकेटर ग्लेन म्याक्सवेलको हात भाँचियो

   असोज १४, २०८२       admin

काठमाडौ,१४ असोज । अस्ट्रेलियाली क्रिकेटर ग्लेन म्याक्सवेलको हात भाँचिएको छ। नेट्स ट्रेनिङका क्रममा ब्याट्सम्यान मिचेल ओवेनले प्रहार गरेको बल उनको हातमा लाग्दा यो चोट लागेको हो।

३६ वर्षीय म्याक्सवेल अघिल्लो वर्षहरूमा पनि चोटपटकका कारण मैदानबाहिर बस्नुपरेको थियो। सन् २०२२ मा उनको खुट्टा भाँचिएको थियो भने २०२३ मा गोल्फ कार्टबाट खस्दा उनी बेहोस भएका थिए।

पछिल्लो चोटका कारण म्याक्सवेल न्युजिल्यान्डविरुद्धको तीन खेलको टी–२० श्रृंखलाबाट बाहिरिएका छन्। उनको स्थानमा विकेटकिपर ब्याट्सम्यान जोश फिलिप्पेलाई टोलीमा समावेश गरिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

श्रीमानद्वारा श्रीमतीको हत्या

   असोज १४, २०८२       admin

काठमाडौँ १४ ,असोज । इटहरी उपमहानगरपालिका–१२ मा सोमबार राति २५ वर्षीया अनिसा भट्टराईको आफ्नै श्रीमान सुमन दाहाल (३०) ले हत्या गरेका छन्।

इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी सुभाष हमालका अनुसार खोटाङ घर भएका दाहालले काठको आगलो प्रहार गर्दा घाइते अनिसाको उपचारका क्रममा मृत्यु भएको हो।

राहत शिक्षकका रूपमा खोटाङमा कार्यरत दाहाल केही दिनअघि मात्रै दशैं बिदा मनाउन इटहरी आएका थिए। शिक्षक सेवा आयोगको तयारीका लागि डेरा बस्दै आएकी अनिसाले हालै क्याफेमा काम गर्न थालेपछि विवाद बढेको प्रहरी अनुसन्धानले देखाएको छ।

विवाहपछिदेखि नै दम्पतीबीच खटपट हुँदै आएको प्रहरीको भनाइ छ। घटनापछि दाहाललाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

आज मेघगर्जनसहित वर्षाको संभावना

   असोज १४, २०८२       admin


काठमाडौँ, १४ असोज । देशभर मनसुनी तथा स्थानीय वायुको प्रभाव रहेकाले सबै प्रदेशमा सामान्यतया वर्षा कायम रहनेछ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भूभागमा सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभाग तथा तराईका केही स्थानमा वर्षा हुने सम्भावना छ। तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आज राति कोशी, मधेश र बागमती प्रदेशका पहाडी भूभागमा सामान्य बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ। यस अवधिमा कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानसहित अन्य क्षेत्रका केही भागमा समेत मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology