खोलाले बगाउँदा एकैघरका दिदीबहिनीको मृत्यु

   असोज ११, २०८२       admin


जाजरकोट,११ असोज । पौडी खेल्ने क्रममा खोलाले बगाउँदा जाजरकोटमा एकै घरका दिदीबहिनीको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो स्थानीय समाकोट खोलामा पौडी खेल्न गएका कुशे गाउँपालिका–७ समाकोट जाजरकोटका धनबहादुर सिंहका छोरी १८ वर्षीया मीनाकुमारी र १५ वर्षीया गीताकुमारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पौडी खेल्ने क्रममा बगेका दुवै दिदीबहिनी सोही खोलाको करिब दुई सय मिटर तल मृतावस्थामा फेलापरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले बताए । दुवै दिदीबहिनीको शव घरमा ल्याएर राखिएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बेपत्ता बालिका मृत्त फेला

   असोज ११, २०८२       admin

धनगढी,११ असोज । धनगढीमा एक बालिका मृत्त फेला परेकी छन्। बिहीबार बेलुका बेपत्ता भएकी ११ वर्षीय बालिका मृत्त फेला परेकी हुन् । प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका ३ चटकपुर बस्ने ११ वर्षीया सुमित्रा राना शुक्रबार साँझ मोहना नदीमा मृत भेटिएकी हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले रानाको शव नदीमा डुबेको अवस्थामा फेला परेको बताए ।निर्वस्त्र अवस्थामा भेटिएको शव भन्दा करिब दुई सय मिटरको दूरीमा उनका कपडा भेटिएका छन् ।

उनको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।परिवारले घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

भरुवा बन्दुकसहित एकजना पक्राउ

   असोज ११, २०८२       admin

काठमाडौँ,११ असोज । दुईथान भरुवा बन्दुकसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले गोरखा जिल्ला पालुङटार नगरपालिका – ३ आँपपिपलस्थित मैबलका ६३ वर्षीय राम बहादुर राना मगरलाई भरुवा बन्दुकसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक ईन्द्र प्रसाद सुवेदीले जानकारी दिए ।

उनका अनुसार शुक्रबार राति १० बजे गोप्य सूचनाको आधारमा राना मगरको घरमा खानतालसी गर्दा एक नाले दुई थान भरुवा बन्दुक, त्यसमा प्रयोग हुने बारुद तथा फलामको गज समेत बरामद गरिएको हो ।
ईलाका प्रहरी कार्यालय ठाँटीपोखरी गोरखाका प्रहरी निरीक्षक ध्रुबप्रसाद शर्माको कमाण्डमा गएको प्रहरी टोलीेले दुई थान हतियारसहित रानालाई नियन्त्रण लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

महिला रोजगारी र प्रभावित उद्योगलाई सहुलियत कर्जा सुविधा

   असोज ११, २०८२       admin

काठमाडौँ,११ असोज । महिला रोजगारीलाई प्राथमिकता दिने उद्योगलाई सहुलियत कर्जा सुविधा उपलव्ध गराइने भएको छ । कम्तीमा १०० महिलालाई रोजगारी प्रदान गरी निर्यातमूलक उद्योग सञ्चालन गर्ने संस्थालाई न्यूनतम ब्याजदरमा कर्जा उपलब्ध गराइने भएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको नयाँ एकीकृत निर्देशनअनुसार न्यूनतम २५ प्रतिशत मूल्य अभिवृद्धि गरी कूल उत्पादनको २५ प्रतिशत निर्यात गर्ने उद्योगलाई आधारदरमा बढीमा एक प्रतिशत बिन्दु प्रिमियम थप गरी कर्जा लिन सकिने व्यवस्था गरिएको छ ।

त्यस्तै, जेनजी पुस्ताका प्रदर्शनका क्रममा असामान्य परिस्थितिबाट प्रत्यक्ष रूपमा प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिमा कार्यरत कर्मचारीलाई तलब–भत्ता लगायतका सुविधाका लागि आधारदरमा बढीमा ०।५० प्रतिशत प्रिमियम थप गरी कर्जा उपलब्ध गराइनेछ ।

यस्ता कर्जा एक वर्ष वा संस्था सञ्चालनमा आउन लाग्ने अवधिमध्ये जुन कम हुन्छ, त्यही अवधिसम्म मात्र प्रवाह हुनेछन् । यसरी प्रवाह भएका कर्जामा लाग्ने ब्याजदरमध्ये दुई प्रतिशत सरकारले छ महिनासम्म अनुदान स्वरूप वहन गर्नेछ । रोजगारदाता संस्थाले यसका लागि आगामी पुस मसान्तभित्र आवेदन दिनुपर्ने प्रावधान निर्देशनमा उल्लेख छ ।

यसबाहेक, जेनजी प्रदर्शनबाट प्रत्यक्ष रूपमा प्रभावित उद्योग वा प्रतिष्ठानले व्यवसायिक प्रयोजनका सवारीसाधन वा ढुवानीका साधन क्षति भई प्रतिस्थापन गर्नुपर्ने अवस्थामा ऋण–मूल्य अनुपात ८० प्रतिशत कायम गर्न सकिने व्यवस्था गरिएको छ ।

रसुवा र तातोपानी भन्सार नाकामा प्राकृतिक प्रकोपका कारण अवरोधग्रस्त कर्जाबारे पनि निर्देशनमा व्यवस्था गरिएको छ । प्रभावित ऋणीले अनुरोध गरेमा सम्बन्धित इजाजतप्राप्त संस्थाले व्यवसायमा परेको प्रभाव यकिन गरी आगामी पुस मसान्तभित्र पुनर्तालिकीकरण गर्न सक्नेछन् । तर, पुनर्तालिकीकरण भएका कर्जा गत असार मसान्तसम्म जुन वर्गमा थिए, सोही वर्गमा नै कायम गरिने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

आर्थिक अभावले जनता क्याम्पस संकटग्रस्त

   असोज ११, २०८२       admin

काठमाडौँ, ११ असोज । पश्चिम बागलुङको एक मात्र निसीभूजी जनता क्याम्पस पर्याप्त बजेट नपाउँदा सञ्चालन संकटमा परेको छ । विकट गाउँका विद्यार्थीलाई उच्च शिक्षा दिने उद्देश्यले विसं २०४८ मा ढोरपाटन नगरपालिका–१ खप्तरीबाङमा स्थापना भएको क्याम्पस अहिले आन्तरिक स्रोतको अभावमा गुज्रिरहेको छ ।

क्याम्पस प्रमुख कृष्णकान्त आचार्यका अनुसार क्याम्पस सञ्चालनका लागि मासिक करिब रु चार लाख ५० हजार खर्च हुने गरे पनि आम्दानी न्यून छ । विद्यार्थीबाट उठ्ने शुल्क र ढोरपाटन नगरपालिकाले दिने रु नौ लाख ६० हजार अनुदानबाहेक अन्य कुनै आयस्रोत नभएको उनले बताए । हाल क्याम्पसमा शिक्षा, समाजशास्त्र र व्यवस्थापन विषयमा अध्ययनरत १२० विद्यार्थी छन् भने २४ जना ९पूर्णकालीन दुई र आंशिक २२० प्राध्यापक कार्यरत छन् ।

आचार्यले प्राध्यापकको तलब खुवाउनै कठिन हुने अवस्था आएको बताए । समुदायबाट चन्दा संकलन गरी सञ्चालन हुँदै आएको क्याम्पसमा विद्यार्थी संख्यामा कमी नभए पनि स्रोतसाधन अभावमा चुनौती थपिएको उनको भनाइ छ ।

क्याम्पस सञ्चालक समिति अध्यक्ष शान्तराज शर्मा न्यौपानेले निसीखोला, तमानखोला, बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाले बर्सेनि सहयोग गरे व्यवस्थित रूपमा सञ्चालन गर्न सकिने बताए । तर, ढोरपाटन नगरपालिकाबाहेक अन्य पालिकाले चासो नदिएको उनको गुनासो छ । बजेट अभावमा गुणस्तरीय शिक्षक राख्न कठिन भएको भन्दै उनले केन्द्र तथा प्रदेश सरकारलाई पनि सहयोगका लागि अपिल गरेका छन् ।

जिल्लाका अन्य क्याम्पस विद्यार्थीको कमीले बन्द हुने अवस्थामा पुगे पनि निसीभूजी जनता क्याम्पसमा विद्यार्थीको अभाव छैन । तर, आर्थिक स्रोत नहुँदा विद्यार्थीलाई महँगो शुल्क तिर्नुपर्ने अवस्था बनेको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

वर्षा नभएसम्म बाटो अब सहज छ: सडक विभाग

   असोज १०, २०८२       admin

काठमाडौ,१० असोज । सडक विभागले दशैंमा काठमाडौं उपत्यकाबाट बाहिरिने र भित्रिने यात्रुका लागि बाटो सहज भइसकेको जनाएको छ। मुलुकका अधिकांश मुख्य राजमार्गमा पहिरो पन्छाएर सुधारको काम सकिएपछि यात्रुलाई अब सास्ती नहुने विभागले दाबी गरेको हो।

यसअघि पहिरोका कारण पृथ्वी, अरनिलगायत मुख्य राजमार्ग अवरुद्ध हुँदा यात्रुहरूलाई ठूलो कठिनाइ भोग्नुपरेको थियो। मुग्लिन–नारायणघाट सडक खण्ड अवरुद्ध हुँदा यात्रुहरूलाई ४० घण्टाभन्दा बढी ट्राफिक जाममा बस्नुपरेको थियो। विभागका प्रवक्ता प्रभातकुमार झाले अब ठूलो वर्षा नभए समस्या नआउने बताएका छन्।

हाल चार राजमार्ग पूर्ण रूपमा सञ्चालनमा छन् भने एक सय ७१ राजमार्ग एकतर्फी रूपमा सञ्चालन भइरहेको विभागको तथ्याङ्कमा उल्लेख छ। तर, ठोरी–भण्डारा–मलेखु, गल्छी–त्रिशूली–वेत्रावती–मैलुङ–स्यफ्रुबेँसी–रसुवागढी राजमार्ग अवरुद्ध रहँदा रसुवागढी र स्याउपार्किङमा यातायात ठप्प छ। विभागले एक्साभेटर र लोडर प्रयोग गरी अवरुद्ध सडक खोल्ने प्रयास भइरहेको जनाएको छ।

गत साउन १४ गते चीनतर्फबाट आएको बाढीले सडक कटान गरेपछि सो राजमार्ग अझै बन्द छ। त्यस्तै, चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक (तमोर करिडोर) अन्तर्गत ताप्लेजुङको फक्ताङलुङ–५ र ६ जोड्ने रानीपुल बेलीब्रिज पूर्ण रूपमा अवरुद्ध छ। करिब पाँच वर्षअघि रेमिट हाइड्रोले निर्माण गरेको यो बेलीब्रिज गत साउन ६ गतेको बाढीले बगाएको थियो।

यस्तै, रसुवाको तातोपानी र टिमुरे खण्ड पनि पूर्ण रूपमा बन्द छन्। कोशी राजमार्ग अन्तर्गत सङ्खुवासभाको अल्फटेमा समेत यातायात अवरुद्ध भएको विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सबै नेताको सम्पत्ति सार्वजनिक गर्न प्रचण्डको घोषणा

   असोज १०, २०८२       admin

काठमाडौ,१० असोज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पत्ति छानबिन आयोग गठन गर्ने र सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गरेका छन्।

पार्टीको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले पार्टीका सबै तहका नेतृत्व र पदाधिकारीले परिवार, सचिवालय तथा कार्यकर्ताको व्यवस्थापनमा नयाँ कार्यशैली अपनाउनुपर्ने आवश्यकता औँल्याए। उनले भने, “अब पुरानै ढङ्गले चल्दैन, नयाँ कार्यविधि र ढङ्गबाट अघि बढ्नुपर्छ।”

उनका अनुसार संगठनात्मक कार्यशैली मात्र नभई व्यक्तिगत जीवनशैली र सांस्कृतिक अभ्यासमा समेत रूपान्तरण आवश्यक छ। बैठकमा उनले नेताहरूको खानपान, लवाइखवाइदेखि जनसामान्यसँगको सम्बन्धसम्म सरल र जनमुखी बनाउन लिखित सुझाव पठाउन निर्देशन दिएका छन्।

बैठक सम्पन्नसँगै माओवादी केन्द्रको केन्द्रीय समिति महाधिवेशन आयोजक समितिमा रुपान्तरण हुने र तोकिएकै मितिमा निर्वाचन गराउने वातावरण बनाउन पार्टीले पहल गर्ने निर्णय भएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दुई महिनाभित्र दर्ता अभिलेखिकरण नगरे कारबाही गरिने

   असोज १०, २०८२       admin

काठमाडौं,१० असोज । बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थाले अब ६० दिनभित्र सहकारी नियमन प्राधिकरणमा दर्ता अभिलेखीकरण गर्नुपर्ने भएको छ।

प्राधिकरणले हालै संशोधित दर्ता अभिलेखीकरण मापदण्ड २०८२ लागू गर्दै दर्ता नगर्ने सहकारीलाई कारबाही गर्ने चेतावनी दिएको हो। यससँगै ३० प्रतिशतभन्दा बढी बचत तथा ऋण कारोबार गर्ने सहकारीले दर्ता अनिवार्य रूपमा गर्नुपर्नेछ।

दर्ता गर्दा १ हजारदेखि १५ हजार रुपैयाँसम्म शुल्क लाग्नेछ। विवरण रुजु भएपछि प्राधिकरणले विद्युतीय प्रणालीमार्फत सञ्चालन इजाजतपत्र जारी गर्नेछ।

तर संघ, प्रदेश वा स्थानीय सरकारले समस्याग्रस्त घोषित गरेका सहकारीलाई भने दर्ता प्रक्रियामा समावेश नगरिने व्यवस्था गरिएको छ। दर्ता भएका सहकारीले हरेक वर्ष साउन मसान्तभित्र इजाजतपत्र नवीकरण गर्नुपर्नेछ।

दर्ता गर्दा सहकारीको नाम, ठेगाना, सम्पर्क, दर्ता मिति र दर्ता कार्यालयको विवरण पेश गर्नुपर्नेछ। त्यस्तै कर्मचारी संख्या, सेयर सदस्य संख्या र कुल सेयर रकम उल्लेख गर्नुपर्नेछ। सहकारीसँग सम्बन्धित वेबसाइट र सफ्टवेयर विवरणसमेत पेस गर्नुपर्नेछ।

यससँगै विनियम र नीति, सञ्चालक समिति तथा लेखा समितिको पदावधिसहितको विवरण पेश गर्नुपर्नेछ भने प्रमुख कार्यकारी वा व्यवस्थापकको शैक्षिक योग्यता र अनुभवसमेत अनिवार्य हुने प्राधिकरणले जनाएको छ। सेवा केन्द्र र कार्यक्षेत्रको विवरणसँगै सेयर पुँजी, जगेडा, जोखिम भारित सम्पत्ति र पूँजीकोषसम्बन्धी विवरण पेस गर्नुपर्नेछ।

सहकारीले ठूला १०० सेयर सदस्य र १०० ऋणी सदस्यको विवरणसहित कर्जा, निक्षेप, निष्क्रिय कर्जा र पुनर्तालिकाकृत ऋणसम्बन्धी विवरण पनि पेस गर्नुपर्नेछ। त्यस्तै वित्तीय विवरण, नाफा–नोक्सान र लेखापरीक्षण प्रतिवेदनको प्रतिलिपि अनिवार्य हुने छ।

यसका साथै पछिल्ला दुई वर्षका साधारणसभा र सञ्चालक बैठकको विवरण, संघहरूसँगको आवद्धता र कार्यकारी प्रमुखको स्वघोषणासमेत दर्ता प्रक्रियामा समावेश गर्नुपर्ने व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

मन्त्रिपरिषद्का १९ निर्णयहरु

   असोज १०, २०८२       admin

काठमाडौं ,१० असोज । मन्त्रिपरिषद्को बैठकले १९ बुँदे निर्णय गरेको छ । बिहीवार गरिएका ती निर्णय शुक्रबार सार्वजनिक गरिएको हो ।

सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश पोखरेलले पत्रकार सम्मेलनमार्फत निर्णय सार्वजनिक गरेका हुन् ।

उनका अनुसार पहिलो बुँदामा नेपाल सरकार (कार्य विभाजन) (तेस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गरिएको छ । सो नियमावलीअनुसार प्रधानमन्त्री कार्यालय मातहत रहेका राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अर्थ मन्त्रालयमा र राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयमा सारिएको उल्लेख छ ।

निर्णयहरु:

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

घर भत्किदा एकजनाको मृत्यु

   असोज १०, २०८२       admin

काठमाडौ,१० असोज । उदयपुरको कटारी नगरपालिका–७ रिस्कुमा घर भत्किँदा एक जनाको मृत्यु भएको छ।

पुरानो घर भत्किँदा ५२ वर्षीय राजे परियारको निधन भएको वडाध्यक्ष सुविन ढुङ्गानाले जानकारी दिए। काठको संरचना र टायलले छाएको उक्त घरमा एक्लै बस्दै आएका परियार सँधै त्यही घरमै सुत्ने गरेका थिए।

बिहीबार राति घर भत्किँदा मूल खाँबो र टायलले किचेर परियारको घटनास्थलमै मृत्यु भएको हो। वडाध्यक्ष ढुङ्गानाका अनुसार जीर्ण बनेको घर आफैं भत्किएको हो। शव निकाल्न घण्टौं समय लागेको थियो।

मृतकको शव पोस्टमार्टमका लागि कटारी प्रादेशिक अस्पताल पुर्‍याइएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology