काठमाडौं ,६ असोज । यात्रुवाहक सार्वजनिक सवारी साधनमा आजदेखि रुट परमिट (अनुमति) खुला गरिएको छ। चाडपर्वको बेलामा सार्वजनिक यातायात सहज रूपमा सञ्चालन गर्न नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले देशभर रुट परमिट खुला गरेको हो।
महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरका अनुसार रुट परमिट खुला गरेसँगै अब गन्तव्यसम्म जान सार्वजनिक सवारी साधनले छुट्टै रुट लिनु नपर्नेछ। तर, विशेष बाटोका कारण निषेध गरिएका आकार–प्रकारका सवारी साधनलाई भने रोक कायम रहनेछ।
स्वाँरका अनुसार रुट परमिट आगामी असोज २२ गतेसम्म मात्रै कायम रहनेछ। यस अवधिमा यात्रुले सार्वजनिक सवारी साधनमा यात्रा गर्दा अनिवार्य रूपमा टिकट लिनुपर्ने व्यवस्था गरिएको महासङ्घले जनाएको छ।
यसअघि सरकारले खाद्यान्न तथा अत्यावश्यक वस्तु ढुवानीबाहेकका ठूला ट्रेलरलगायतका सवारी साधनलाई नारायणघाटदेखि काठमाडौंसम्म आजदेखि पूर्णिमासम्म सञ्चालनमा रोक लगाउने निर्णय गरिसकेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,६ असोज। नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिनसम्म धुमधामका साथ मनाइन्छ।
बडादसैँको पहिलो दिन घटस्थापना गर्ने परम्परा छ। आज बिहानै नित्यकर्म सम्पन्न गरी घरघरमा दियो, कलश र गणेश स्थापना गरी दुर्गादेवीको आह्वानसहित पूजा आरम्भ गरिएको छ। पूजाकोठा वा दसैँघरमा चोखो माटो वा बालुवा ल्याई गाईको गोबरले लिपपोत गरिएको स्थानमा विधिपूर्वक जौँ रोपेर जमरा राखिन्छ। विजयादशमीका दिन यही जमरालाई टीका–प्रसादसँगै ग्रहण गर्ने गरिन्छ।
धर्मशास्त्रविद्हरूका अनुसार जमरामा जौँबाहेक अन्य अन्न रोप्ने शास्त्रीय आधार छैन। जमरालाई समृद्धि तथा आयुर्वेदिक उपयोग दुवैका लागि महत्वपूर्ण मानिन्छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष घटस्थापनाको साइत बिहान ९ः१३ बजे तोकिएको छ। समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीका अनुसार सूर्योदयकालमै प्रतिपदा परेको हुँदा आजै घटस्थापना गर्नुपर्ने मान्यता छ।
दुर्गादेवीका महाकाली, महालक्ष्मी र महासरस्वती गरी तीन रूपको नवरात्रभर पूजा गरिन्छ। महाकाली शक्तिको, महालक्ष्मी ऐश्वर्य र धनधान्यको तथा महासरस्वती विद्या–बुद्धिको प्रतीक मानिन्छ।
नवरात्रका नौ दिन क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री गरी नवदुर्गाको पूजा गर्ने परम्परा छ। यही कारण यस पर्वलाई नवदुर्गा पूजा पनि भनिन्छ।
बडादसैँलाई असत्यमाथि सत्य र आसुरी प्रवृत्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिएको छ। सातौँ दिन फूलपाती भित्र्याउने, महाअष्टमी र महानवमीका दिन बलिपूजा गर्ने तथा विजयादशमीका दिन टीका–प्रसाद ग्रहण गर्ने धार्मिक परम्परा रहिआएको छ।
यस अवसरमा देशभरका शक्तिपीठहरूमा विशेष पूजा–आराधना गर्ने परम्परा रहँदै आएको छ। गुह्येश्वरी, नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवतीलगायतका शक्तिपीठमा दर्शन गर्न भक्तजनको ठूलो भीड लाग्ने गरेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,५ असोज । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अघि बढाएका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई सरकारले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुखको जिम्मेवारी दिएको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई सीआईबी प्रमुखका रुपमा सरुवा गर्ने निर्णय गरेको हो ।
तत्कालीन सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेसको दबाबका कारण उनी यसअघि जिम्मेवारीबाट हटाइएका थिए । केसी नेतृत्वको टोलीले पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई समेत पक्राउ गरेको थियो ।
त्यसै कारण उनी एमाले–कांग्रेस गठबन्धन सरकारमा समेत उपयुक्त पोष्टिङ पाउनबाट वञ्चित भएका थिए । हाल उनी प्रदेश समन्वय विभागमा कार्यरत थिए ।
२०७९ चैत १२ गते केसी नेतृत्वको अपराध अनुसन्धान कार्यालयले ‘भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु’ भन्दै असुली गरेको आरोपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो ।
दुलाल र भण्डारीको बयानपछि गृह मन्त्रालयका उच्च पदस्थ अधिकारीहरु नै प्रकरणमा संलग्न रहेको तथ्य फेला परेको थियो ।
यसअघि सीआईबी प्रमुख रहेका चन्द्रकुबेर खापुङ प्रहरी महानिरीक्षक बनेपछि ब्यूरो कार्यवाहक नेतृत्वमा चलिरहेको थियो ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ, ५ असोज । नेकपा माओवादी केन्द्रले मौजुदा केन्द्रीय समिति विघटन गर्ने भएको छ। माओवादी केन्द्रको पदाधिकारी बैठकले मौजुदा केन्द्रीय समितिले विघटन गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा लैजाने निर्णय गरेको हो।
माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आइतबार दिउँसो बसेको बैठकले उक्त निर्णय गरेको हो।
माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान परिस्थितीबारे विस्तार गरेको जानकारी गराए।
उनले भने “मौजुदा केन्द्रीय समिति विघटन गरी अध्यक्ष कमरेड प्रचण्डको संयोजकत्वमा आयोजक समिति बनाएर महाधिवेशनमा जाने प्रस्ताव केन्द्रीय समितिमा लैजाने।नेतृत्वको हस्तान्तरणबारे विचार, विधि र प्रक्रियाको बारेमा प्रारम्भिक छलफल भयो ।”
उनले बैठकमा तोकिएको मिति फागुन २१ मा प्रतिनिधि सभा सदस्यको निर्वाचन हुनुपर्ने विषयमा जोड दिइएको धारणा राखे ।
उनका अनुसार माओवादी केन्द्रको स्थायी समितिको बैठक असोज ८ गते र केन्द्रीय समितिको बैठक असोज ९ गते बस्ने निर्णय भएको छ ।
बैठकले आगामी कार्याक्रमबारे विस्तृत छलफल गर्दै देशभक्त, लोकतान्त्रिक परिवर्तनका पक्षधर तथा अग्रगमनका पक्षधर सबैलाई एकताबद्ध भएर अगाडि बढ्न अपिल गर्ने निर्णय गरेको उनको भनाइ छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,५ असोज । नेपाल विद्युत प्राधिकरणको निर्देशकका रूपमा रहेका हितेन्द्र शाक्यलाई हटाइएको छ।
शाक्यलाई हटाएसँगै विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल नियुक्त भएका छन्। मन्त्रिपरिषद्को आजको बैठकले सिलवाललाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो।
बैठकले हितेन्द्र देव शाक्यलाई जल तथा ऊर्जा आयोगको विशिष्ट श्रेणीमा पदमा नियुक्त गर्ने निर्णय गरेको छ। शाक्य गत चैत ११ गते कार्यकारी निर्देशकमा नियुक्त भएका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं ,५ असोज । सरकारले जेनजी आन्दोलनका क्रममा भएको घटनाको छानबिनका लागि जाँचबुझ आयोग गठन गरेको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा न्यायिक जाँचबुझ आयोग गठन गरेको हो । गौरीबहादुर कार्की विशेष अदालतका पूर्व अध्यक्ष हुन्।
जेनजी आन्दोनका क्रममा ७४ जनाको मृत्यु भएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ, ५ असोज। प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न सिंहदरबार पुगेका जेन–जी आन्दोलनका घाइतेलाई प्रहरीले नियन्त्रणमा लिएर केही समयपछि बाहिर छाडेको छ।
सिंहदरबारको गेटमै धर्ना बसेपछि प्रहरीले उनीहरूलाई भित्र प्रवेश गराएको थियो। भित्र गएर घाइतेहरूले गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर ज्ञापनपत्र बुझाएका थिए। त्यही क्रममा उनीहरूले सुदन गुरुङ जेन–जी आन्दोलनका नेता नभएको दाबी गर्दै आक्रोश व्यक्त गरेका थिए।
प्रधानमन्त्रीसँग भेट्न पुगेका घाइतेहरूले सुदन समूहले आन्दोलनलाई अपहरण गरेको आरोप लगाउँदै आन्दोलनका शहीद र घाइतेहरूको अपमान हुने कार्य अस्वीकार्य हुने बताएका थिए।
तर, उनीहरू आक्रोशित सुनिन थालेपछि प्रहरीले नियन्त्रणमा लिएर सिंहदरबारबाहिर ल्याइदिएको हो। सिंहदरबार प्रहरी बृत्तले भने पक्राउ गरेको आरोप अस्वीकार गर्दै, घाइते भएकाले सुरक्षित राख्न मात्रै गाडीमा राखिएको दाबी गरेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, ५,असोज। आगजनी र तोडफोडका कारण सेवा प्रवाह प्रभावित बनेपछि तुलसीपुरमा रहेको गोरखा माध्यमिक विद्यालयले तुलसीपुर उपमहानगरपालिकालाई सहयोग सामग्री प्रदान गरेको छ।
भदौ २३ र २४ गते जेन–जेड आन्दोलनका क्रममा कार्यालयमा भएको आगजनी र तोडफोडका कारण सेवा प्रवाह प्रभावित भएपछि उपमहानगरपालिकालाई गोरखा माध्यमिक विद्यालयले सहयोग गरेको हो।
विद्यालयले सामाजिक उत्तरदायित्वअन्तर्गत एक थान स्टिल दराज, दुई थान कम्प्युटर र एक थान प्रिन्टर हस्तान्तरण गरेको हो।
गोरखा ग्रुपका एकाडेमिक डाइरेक्टर दुर्गा केसी र प्रिन्सिपल बिजयमान जीएमले उपमहा नगर प्रमुख टिकाराम खड्कालाई उक्त सामग्री बुझाएका हुन्।
विद्यालयले यस कदमले सेवाप्रवाह पुनःस्थापनामा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,५ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेन्जी आन्दोलनका क्रममा दाङ जिल्लामा भएका आगजनीबाट प्रभावित कार्यालयहरूको आइतबार अनुगमन गरेका छन् ।
तुलसीपुर उपमहानगरपालिकालो भवन, उपमहानगरपालिका भित्र पर्ने उच्च अदालतदेखि विभिन्न सरकारी कार्यालय र राजनीतिक दलका कार्यालयसम्म पुगेर उनले आगजनीले पारेको क्षति अवलोकन गरेका हुन् ।
अनुगमनपछि मुख्यमन्त्री आचार्यले सेवा प्रवाह नरोकिने बताउँदै आवश्यक परे टेन्ट टाँगेरै भए पनि काम अघि बढाइने स्पष्ट पारे।
“जेन्जीको नाममा घुसपैठ गरेर राज्यलाई नै समाप्त गर्नेगरी आगजनी गरियो। यस घटनाले ठूलो क्षति भएको छ,” सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने , “मालपोत कार्यालय, नापी कार्यालय जस्ता नागरिकको दैनिक सेवासँग प्रत्यक्ष जोडिएका कार्यालयहरू खरानी भएका छन्। धेरै महत्वपूर्ण कागजपत्र नष्ट भएका छन्, जसलाई पुनः बनाउन गाह्रो हुन्छ।”
मुख्यमन्त्री आचार्यले आगजनी र तोडफोडले कसैलाई पनि फाइदा नहुने बताउँदै कर्मचारी र सेवाग्राहीको मनोबल उच्च राख्न आफूहरू निरन्तर अनुगमनमा रहेको जानकारी दिए।
अनुगमनमा दाङका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, स्थानीय तहका प्रतिनिधि तथा सरोकारवालाको उपस्थिति थियो।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार भदौ २४ गतेको आन्दोलनका क्रममा १३२ सरकारी कार्यालय, ६७ निजी सम्पत्ति, ५२ राजनीतिक दलका कार्यालय र १४ प्रहरी इकाइमा तोडफोड, आगजनी तथा लुटपाट भएको थियो। सबैभन्दा बढी क्षति दाङ जिल्लामा पुगेको प्रहरीले जनाएको छ, जहाँ ७० संरचनामा तोडफोड र आगजनी भएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,५ असोज । नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधयेक प्रमाणीकरण भएको छ । संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको यो विधेयक नेपालको संविधान बमोजिम आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस विधेयकमा आमाका नामबाट नागरिकता लिन सकिने, नागरिकताको प्रमाणपत्रमा बाबुको नाम, थर, ठेगाना उल्लेख गर्न नचाहे पाइने व्यवस्था रहेको छ ।
प्रतिनिधि सभाले गत असार १४ गते राष्ट्रिय सभाले भदौ ६ गते यो विधेयक पारित गरेको थियो । राष्ट्रिय सभाबाट पारित विधेयक सन्देशसहित प्रतिनिधि सभामा पठाएर सभामुख देवराज घिमिरेले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाएका थिए ।

२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस