चाडपर्व लक्षित यातायात व्यवस्थापन : सरकारले गर्यो ७ निर्णय

   असोज ०४, २०८२       admin

काठमाडौं ,४ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङले चाडबाडलाई लक्षित गर्दै यातायात व्यवस्थापन र सडक सुरक्षाबारे सरोकारवालासँग छलफल गरी सातवटा निर्णय गरेका छन्।

शनिबार मन्त्रालयमा भएको बैठकमा सचिव, यातायात व्यवस्था विभागका महानिर्देशक, सडक विभागका महानिर्देशक, नेपाल प्रहरी तथा यातायात व्यवसायी महासङ्घका पदाधिकारी सहभागी थिए।

मन्त्री घिसिङले यात्रुहरुलाई २४ घण्टा सडक अवस्थाबारे जानकारी दिने, गुनासो सुन्ने र पहिरो वा अन्य कारणले सडक अवरुद्ध भएमा तत्काल पुनःस्थापना गर्ने व्यवस्थाबारे निर्देशन दिएका छन्। साथै, चाडपर्वमा यात्रुले सहज, सुरक्षित र छिटो यात्रा अनुभव गर्न सक्ने गरी आवश्यक तयारी तत्काल गर्न सम्बन्धित निकायलाई कडाईका साथ निर्देशन दिएका छन्।

बैठकका निर्णयहरू यसप्रकार छन्:

१.दशैं अवधिमा काठमाडौं उपत्यकाबाट बाहिरिने सार्वजनिक यातायातलाई नागढुंगा–सिस्नेरी सुरुङमार्गमार्फत मात्र बाहिर जान दिने, दशैंपछि पुनः प्रवेशको व्यवस्था गर्ने।

२.नयाँ बसपार्कसहित राजमार्गहरूमा सुरक्षा चुस्त बनाउन प्रहरी गस्ती बढाउने र अतिरिक्त प्रहरी परिचालन गर्न गृह मन्त्रालयलाई अनुरोध गर्ने।

३.बुटवल–नारायणघाट सडकखण्डको दाउन्ने क्षेत्रमा दशैं अवधिभर ठूला मालवाहक सवारी सञ्चालन नगर्ने, तर खाद्यान्नलगायतका अत्यावश्यक सामग्री ढुवानीलाई निरन्तर सञ्चालन गर्ने।

४. देशभरका मुख्य सडक सुधार गर्ने, विपद व्यवस्थापनका सामग्री व्यवस्थापन गर्ने, बुटवल–नारायणघाट सडकमा २४ घण्टा दुईतर्फी यातायात सञ्चालन गर्ने, नारायणघाट–मुग्लिन सडकको अवरोध तत्काल हटाउने र तातोपानी नाका दशैंअघि सञ्चालनमा ल्याउने।

५. नागरिकलाई मौसम र सडक अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गर्दै सार्वजनिक सूचना जारी गर्ने।

६. सार्वजनिक सवारी साधनलाई सुरक्षित र प्रविधिमैत्री बनाउन कार्यविधि तथा निर्देशिका तयार गरी छिट्टै मन्त्रालयमा पेश गर्न निर्देशन दिने।

७.सडक विभागमार्फत देशभरका सडक अवस्थाबारे २४ घण्टा निगरानी गर्न कन्ट्रोल रुम सञ्चालन गर्ने र आवश्यक समन्वयका लागि फोकल पर्सन तोक्ने।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

यात्रामा सतर्कता अपनाउन भारतको आग्रह

   असोज ०४, २०८२       admin

काठमाडौं,४ असोज । भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका कारण उत्पन्न परिस्थितिलाई देखाउँदै भारतले आफ्ना नागरिकलाई लक्षित गरी नेपालका लागि ट्राभल एडभाइजरी जारी गरेको छ।

नेपालस्थित भारतीय दूतावासले हाल परिस्थिति केही हदसम्म सामान्य भए पनि नेपाल यात्रा गर्दा सतर्कता अपनाउन आग्रह गरेको छ।

एडभाइजरीमा भनिएको छ, “गत केही हप्ताको तुलनामा नेपालमा स्थिति सुधारिएको छ। सडकमार्ग र उडानहरू नियमित रूपमा सञ्चालन भइरहेका छन्। तर पनि, नेपाल यात्रा गर्ने भारतीय नागरिकहरूले सतर्क रहनुका साथै दूतावास वा स्थानीय प्रशासनले जारी गर्ने निर्देशनको पालना गर्नुपर्छ।”

दूतावासले आफ्ना नागरिकहरूको सहायताका लागि हेल्पलाइन नम्बर, आपतकालीन नम्बर र इमेलसमेत सार्वजनिक गरेको छ र आवश्यक परे सम्पर्क गर्न अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

मुग्लिन-नारायणगढ सडक अझै अवरुद्ध

   असोज ०४, २०८२       admin

काठमाडौं , ४ असोज । मुग्लिन–नारायणगढ सडकखण्ड ठूला ढुङ्गासहितको पहिरो खसिरहेकाले अझै अवरुद्ध भएको छ। शुक्रबार बेलुकी ६ बजेदेखि चितवनको इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा खसेको पहिरोका कारण यातायात अवरुद्ध भएको हो।

प्रहरीका अनुसार निरन्तर खसिरहेको खुक्खा पहिरोले करिब १०० मिटर सडक ढाकेको छ। शनिबार बिहानैदेखि सडक खुलाउन प्रयास भए पनि ढुङ्गा र माटो झरिरहेकाले सम्भव हुन सकेको छैन।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार उपकरण तयारी अवस्थामा रहे पनि सुरक्षा जोखिमका कारण तत्काल काम सुरु गर्न सकिएको छैन। मुग्लिन प्रहरीले सडक खुल्न अझै ४–५ घण्टा लाग्ने अनुमान गरेको छ।

सडक अवरुद्ध हुँदा यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्। गन्तव्यमा जाँदै गरेका सवारी साधन रातभर सडकमै रोकिएका थिए। पहिरो खसेको स्थान मुग्लिन बजारबाट करिब २.५ किलोमिटर नारायणगढतर्फ पर्छ।

सडक डिभिजन कार्यालयका ईन्जिनियर कृष्णप्रसाद आचार्यले यात्रुलाई वैकल्पिक रूपमा हेटौँडा मार्ग र सिद्धार्थ राजमार्ग प्रयोग गर्न आग्रह गरेका छन्।

डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेका अनुसार रातभर पटक–पटक खसेको ठूलो पहिरोले सडक ढाकेको छ। थप पहिरो नखसेमा करिब ४ घण्टामा सडक सफा गरेर सवारी सञ्चालन गर्न सकिने उनको भनाइ छ।

शुक्रबार दिउँसो पनि पटक–पटक पहिरो खसेको थियो। पहिरो पन्छाएर सवारी सञ्चालन गरिएको अवस्थामा साँझ झन् ठूलो पहिरो खसेपछि सडक फेरि अवरुद्ध भएको हो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

संविधान दिवसमा तुलसीपुर नगर जेसीजद्वारा दीप प्रज्वलन

   असोज ०३, २०८२       admin

दाङ, ३ असोज । तुलसीपुर नगर जेसीजले संविधान दिवस २०८२ का अवसरमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ ।

संविधान दिवसलाई स्मरण गर्दै राष्ट्रिय एकता, लोकतान्त्रिक अभ्यास र नागरिक उत्तरदायित्व सुदृढ बनाउने सन्देश दिनका लागि नगर जेसीजले दीप प्रज्वलन कार्यक्रम गरेको हो। ।

जेसिजका अध्यक्ष सन्दीप भुषालको अध्यक्षतामा तथा जेसिज वर्ष २०१५ का अध्यक्ष झरेन्द्र खरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रमुख अतिथि खरेलले संविधानले दिएको अधिकारको प्रयोग गर्दै युवा पुस्ताले सामाजिक रूपान्तरणमा अगुवाइ गर्नुपर्नेमा जोड दिए । उनले संविधान दिवस सबै नेपालीलाई समान अवसर र पहिचान दिने दिन भएकोले यसको महत्वलाई जीवनशैलीमा उतार्न आग्रह गरे ।

सागर न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव बुद्धिराज सापकोटाले गरेका थिए ।

यस क्रममा निवर्तमान महासचिव कमलप्रकाश शर्माले जेसीज आस्था पाठ गर्दै संगठनले युवालाई नेतृत्व विकास, सामाजिक उत्तरदायित्व र लोकतान्त्रिक अभ्यासमा अघि बढाउने अभियानलाई निरन्तरता दिइरहेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

जिल्ला ट्राफिक कार्यालय दाङलाई भौतिक सामग्री सहयोग

   असोज ०३, २०८२       admin

दाङ,३ असोज । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण क्षतिग्रस्त बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङलाई विभिन्न संघ–संस्था र व्यक्तिहरूको सहयोगमा भौतिक सामग्री प्रदान गरिएको छ ।

एच. आर. मिडिया हाउस प्रालिको पहलमा गरिएको सहयोगअन्तर्गत कार्यालयलाई दुईवटा दराज, सोफा सेट, दुईवटा टेबल, पाँच थान कुर्सीलगायत करिब डेढ लाख रुपैयाँभन्दा बढीको सामग्री उपलब्ध गराइएको हो ।

सहयोग गर्नेहरूमध्ये हनुमान इट्टा उद्योगका सञ्चालक मोहन घर्तीले करिब ८० हजार रुपैयाँ बराबरको सामग्री उपलब्ध गराएका छन् । त्यस्तै, शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेत, ग्लोबल ओरियन्स नेपाल प्रालि दाङ बिक्री केन्द्र र एच. आर. मिडिया हाउस प्रालिले पनि आवश्यक सामग्री सहयोग गरेका छन् ।

सहयोग हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले विषम परिस्थितिबाट देशलाई अगाडि बढाउन सबैको भूमिका आवश्यक रहेको बताए । उनले ट्राफिक कार्यालय अझै पनि क्षतिग्रस्त अवस्थामै रहेको उल्लेख गर्दै सामाजिक सहयोगलाई प्राथमिकतामा राख्न आग्रह गरे । त्यस्तै महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीले पत्रकारले समाचार संकलन मात्र नभई सामाजिक उत्तरदायित्वमा पनि सक्रिय हुनुपर्नेमा जोड दिए ।

एच. आर. मिडिया हाउसका प्रबन्धक एच. आर. मगरले आन्दोलनका क्रममा कार्यालयमा भएको क्षति देखेपछि तुलसीपुरका विभिन्न व्यवसायीसँग सम्पर्क गरी सहयोग जुटाएको जानकारी दिए । उनले मिडियाले समाचार मात्र नभई सामाजिक गतिविधिमा पनि संलग्न हुनुपर्ने बताए ।

सहयोग ग्रहण गर्दै ट्राफिक कार्यालय दाङका प्रमुख ओपेन्द्रबहादुर बमले सहयोगीहरूप्रति आभार व्यक्त गर्दै अझै कम्प्युटर र प्रिन्टरको आवश्यकता रहेको बताए ।

उनले सहयोगी सामग्रीले कार्यालय सञ्चालनमा सहजता ल्याउने र ट्राफिक प्रहरीको आत्मबल उच्च बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सिंहदरबार परिसरका क्षतिग्रस्त सवारीसाधनको व्यवस्थापन सुरु

   असोज ०३, २०८२       admin

काठमाडौँ,३ असोज । गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा सरकारी तथा सार्वजनिक सम्पत्तिमा व्यापक क्षति पुगेको छ। प्रदर्शनकारीहरूले सार्वजनिक भवनमा आगजनी गर्दा भवन परिसरमा रहेका सवारी साधन समेत तोडफोड र आगजनीका कारण क्षतिग्रस्त बनेका छन् ।

सरकारी स्रोतका अनुसार सिंहदरबार र वरिपरि रहेका कार्यालयहरूमा मात्रै १०४२ सवारी साधन क्षतिग्रस्त भएका छन्। ती सवारी साधनको व्यवस्थापन कार्य हालैदेखि सुरु गरिएको छ। सिंहदरबारभित्र क्षतिग्रस्त सवारी साधनलाई नयाँ बानेश्वरस्थित संसद भवनमा लैजाँदै व्यवस्थापन भइरहेको अधिकारीहरूले जानकारी दिएका छन्।

आन्दोलनका क्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय र संघीय मामिला मन्त्रालयमा सबैभन्दा बढी क्षति भएको छ। त्यस्तै, अर्थ मन्त्रालयमा आगलागीबाट प्रभावित भागमा पुनःरंगरोगनको काम पनि सुरु गरिएको छ।

सरकारी अधिकारीहरूले सुरक्षा व्यवस्था थप मजबुत बनाउन र यस्ता घटनाबाट भविष्यमा जोगिन विशेष योजना बनाईरहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

जेनजी आन्दोलनमा आक्रमण: कांग्रेस सभापति देउवाको टाउकोमा १२ टाँका

   असोज ०३, २०८२       admin

काठमाडौँ,३ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जेनजी आन्दोलनका क्रममा आफ्नै निवास बूढानीलकण्ठमा आक्रमणमा परेपछि गम्भीर घाइते भएका छन्। टाउकोमा चोट लागेर उनलाई १२ वटा टाँका लगाइएको कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिएका छन्।

शुक्रबार पार्टी बैठकपछि जानकारी दिँदै विश्वकर्माले सुरुवातमा अवस्था अतालिनु भए पनि हाल देउवा र आरजु देउवा सामान्य अवस्थामा फर्किँदै गएको बताए। उनका अनुसार देउवाको गर्धनभन्दा माथि टाउकोमा धारिलो हतियार प्रहारबाट चोट लागेको र चिकित्सकले उपचार गरिरहेको बताए। कसले, कुन हतियार प्रयोग गरेर प्रहार गरेको भन्नेबारे भने अझै खुल्न बाँकी रहेको उनले जनाए।

गत भदौ २४ गतेको हिंसात्मक आन्दोलनका क्रममा देउवाको निवासमा आगजनी र तोडफोड भएको थियो। घरमै रहेका देउवा दम्पतीमाथि आन्दोलनकारीले हातपात र कुटपिट गरेका कारण उनीहरूको शरीर रगताम्ये भएको थियो।

आक्रमणको कडा शब्दमा निन्दा गर्दै प्रचार विभाग प्रमुख विश्वकर्माले भने, “लोकतन्त्रका लागि अविचल योगदान गर्नुभएका पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजु राणा देउवामाथि भएको अमानवीय र बर्बर घटनाप्रति नेपाली कांग्रेस कडा शब्दमा भर्त्सना गर्दछ।”

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

पुँजी बजार सुधारका लागि चार सदस्यीय कार्यदल गठन

   असोज ०३, २०८२       admin

काठमाडौँ, ३ असोज । पुँजी बजारमा देखा परेको विसंगति र समस्याको अध्ययन गर्न अर्थ मन्त्रालयले चार सदस्यीय कार्यदल गठन गरेको छ। कार्यदलले आमलगानीकर्ताको मनोबल बढाउने प्रणालीगत सुधार र प्रक्रियागत सुधारका लागि सुझावसहित ठोस कार्यान्वयन कार्ययोजना तयार पार्नेछ।

धितो बोर्डका कामु कार्यकारी निर्देशक रूपेश केसीको संयोजकत्वमा गठन भएको कार्यदलमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी, नेपाल स्टक एक्सचेन्जका कामु कार्यकारी निर्देशक निरञ्जन फुयाँल र अर्थ मन्त्रालयका उपसचिव शरद निरौला सदस्यसचिवका रूपमा रहेका छन्।

कार्यदललाई पाँच दिनभित्र आफ्नो कार्ययोजना प्रस्तुत गर्ने जिम्मेवारी तोकिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

जेनजी आन्दोलनका घटनाको छानबिनका लागि कांग्रेस महामन्त्री शर्माको माग

   असोज ०३, २०८२       admin

काठमाडौँ, ३ असोज। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जेनजी पुस्ताले उठाएका जायज माग सम्बोधन गर्न र आन्दोलनका क्रममा घटेका घटनाको छानबिन गर्न आग्रह गरेका छन्।

शुक्रबार संविधान दिवसको अवसरमा शुभकामना सन्देश दिँदै महामन्त्री शर्माले जेनजी पुस्तालाई भविष्यको नेतृत्वकर्ता मात्र नभई वर्तमानमा पनि सक्रिय नेतृत्व गरिरहेका बताउँदै आन्दोलनका क्रममा भएको अत्यधिक बल प्रयोग, तोडफोड र आगजनीको न्यायिक छानबिनको माग राखेका छन्।

उनका अनुसार जेनजी प्रदर्शनका घटनाको छानबिन गर्न न्यायिक आयोग गठन गरिनु आवश्यक छ भने भदौ २४ गतेको प्रदर्शनमा भएको तोडफोड र आगजनीको छानबिनका लागि उच्चस्तरीय आयोग बनाइनुपर्ने छ। साथै, भ्रष्टाचारसम्बन्धी मुद्दाको छानबिन र २०४६ यता उच्च पदमा पुगेकाहरूको सम्पत्तिको अनुसन्धानका लागि पनि चारवटा शक्तिशाली उच्चस्तरीय आयोग तत्काल गठन गर्नुपर्ने उनले जोड दिए।

महामन्त्री शर्माले आफ्नै राजनीतिक यात्रा उदाहरणसहित सबै राजनीतिक नेतृत्वलाई परीक्षण र सम्पत्ति जाँचका लागि तयार रहन आग्रह गर्दै जेनजी पुस्ताले नाममा विधम्स मच्याउनेहरूलाई समेत छानबिन गर्न युवाहरुलाई सचेत गराएका छन्

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

जेनजी आन्दोलन जनचाहना र भ्रष्टाचारविरुद्धको प्रतिविम्ब हो: प्रधानमन्त्री कार्की

   असोज ०३, २०८२       admin

काठमाडौं ,३ असोज । प्रधानमन्त्री सुशीला कार्कीले हालै भएको जेनजी युवाको आन्दोलनलाई युवापुस्ताको चाहना, जनचेतना र मुलुकमा बढ्दो भ्रष्टाचारप्रतिको असन्तोषको प्रतिविम्ब भएको बताएकी छन्।

संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८२ का अवसरमा शुक्रबार टुँडिखेलस्थित सैनिक मञ्चमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै उनले सुशासन, समृद्धि र विकासको क्षेत्रमा देखिएका कमजोरी र अधुरो अपेक्षाकै कारण आन्दोलनको जन्म भएको उल्लेख गरिन्।

‘लोकतन्त्र भनेको जनताको आवाज सुन्ने, संवाद गर्ने र समाधान खोज्ने प्रणाली हो,’ भन्दै प्रधानमन्त्री कार्कीले जेनजी पुस्ताले उठाएका रोजगारी, गुणस्तरीय जीवनस्तर, पारदर्शिता, कानुनी समानता, सुशासन र भ्रष्टाचार अन्त्यजस्ता मुद्दा केवल युवाको मात्र नभई सबै पुस्ताका साझा अपेक्षा भएको बताइन्।

उनले आन्दोलनका क्रममा क्षतिग्रस्त सार्वजनिक संरचना पुनःनिर्माण गर्नुपर्ने, निजी क्षेत्रको मनोबल बढाउनुपर्ने र तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिइन्। साथै, सरकार नागरिकप्रति पूर्ण जवाफदेही रहने प्रतिबद्धता व्यक्त गर्दै उनले नागरिकलाई पनि आफ्ना कर्तव्यप्रति सचेत रहन आग्रह गरिन्।

संविधान दिवस अवसरमा प्रधानमन्त्री कार्कीले नेपालको संविधान नेपाली जनआन्दोलन, सङ्घर्ष र बलिदानको जगमा बनेको मार्गदर्शक दस्तावेज भएको उल्लेख गर्दै संघीयता, लोकतन्त्र, गणतन्त्र, समावेशिता र सामाजिक न्याय यसको आधारभूत विशेषता रहेको प्रस्ट पारिन्।

उनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन स्वच्छ, निष्पक्ष, कम खर्चिलो र भयरहित वातावरणमा सम्पन्न गर्नुपर्ने आवश्यकता औंल्याउँदै सबै वर्ग र समुदायको अपनत्व सिर्जना गर्ने प्रतिबद्धता दोहोर्याइन्।

प्रधानमन्त्री कार्कीले हालैको जेनजी आन्दोलनमा सहिद भएका प्रति श्रद्धाञ्जलि अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिन्।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, संवैधानिक निकायका प्रमुख, विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका पदाधिकारी तथा विदेशी नियोगका प्रमुखहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology