दाङ,२७ भदौ । दाङको जनजीवन सामान्य बन्दै गएको छ । नेपाली सेनाले कर्फ्यु खुकुलो बनाएर निषेधाज्ञा जारी राखेसँगै अत्यावश्यक कामका लागि आवतजावत गर्ने क्रममा सवारी साधानमा पेट्रोलियम पदार्थ भर्नेहरुको पनि लाइन बढेको छ ।
बिहान ६ बजेदेखि ११ बजेसम्म सेनाले अत्यावश्यकीय सामग्री किन्न साथै यात्रा गर्नका लागि खुला गरेसँगै पेट्रोलियम पदार्थ लिनेको लाइन लागेको हो । तस्बिर:उदय बिसि
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं, २६ भदौ । नेपाली सेनाको निगरानीमा रहेका कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीसहित निवर्तमान मन्त्रिमण्डलका सदस्य र शीर्ष नेताहरू अघोषित नजरबन्दमा परेका छन्।
उनीहरूको मोबाइल फोन स्वीच अफ गर्न लगाइएको र बाहिरबाट सम्पर्कमा रहेका नेताहरूसँग अचानक सम्पर्क विच्छेद भएको दलका नेताहरूले बताएका छन्। दिउँसोसम्म नियमित सम्पर्कमा रहेका नेताहरू साँझदेखि सम्पर्कबाहिर पुगेपछि अन्योल बढेको छ।
जेनजीको आन्दोलनका क्रममा आगजनी, तोडफोड र हिंसात्मक गतिविधि बढेपछि सेनाले ओली, मन्त्रीहरू, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधव नेपाललगायत नेताहरूलाई ‘सुरक्षाका लागि’ नियन्त्रणमा राखेको थियो। दलका कार्यकर्ताहरू सडकमा आउन थालेपछि उनीहरूलाई सम्पर्कविहीन बनाइएको स्रोतले जनाएको छ।
काठमाडौं उपत्यकामा पाँचखालस्थित संयुक्त राष्ट्रसंघ तालिम केन्द्र (युनिफिल्ड) का टोलीसहित सेनाको उपस्थिति बढाइएको छ। साँझदेखि नै व्यक्तिहरूमाथि सुरक्षा जाँच कडा पारिएको छ भने हिँडडुलमा समेत कडाइ गरिएको छ।
सैनिक स्रोतका अनुसार आज रातिको कर्फ्यूलाई अझ कडा पार्न सैनिक मुख्यालयले उपत्यका पृतना र सैनिक प्रहरीलाई आदेश दिएको छ। अत्यावश्यक सेवाको नाममा हुने सम्भावित घुसपैठलाई रोक्न उच्च सतर्कता अपनाइएको छ।
यसैबीच, वर्तमान संकटपूर्ण अवस्थालाई ध्यानमा राख्दै प्रधानसेनापतिले चीनको पूर्वनियत भ्रमण कार्यक्रम रद्द गरेका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, २६ भदौ ।नेपाल तरुण दल दाङले राष्ट्रपतिलाई सेनाको निगरानीमा राखिएको घटनाप्रति कडा आपत्ति जनाउँदै तत्काल सार्वजनिक गर्न माग गरेको छ।
तरुण दल दाङका अध्यक्ष टिका घर्तीद्वारा जारी विज्ञप्तिमा राष्ट्रपतिको नजरबन्द संविधानविपरीत रहेको उल्लेख गर्दै “देशको सर्वोच्च संवैधानिक पदलाई अपमानित गर्ने” कदम तत्काल फिर्ता गर्न नेपाली सेनासँग आग्रह गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, “देशको संविधानलाई कमजोर पार्ने गरी राष्ट्रपतिलाई नजरबन्दमा राखिएको कार्यको घोर भर्त्सना गर्दछौं। यसलाई तत्काल अन्त्य गरी राष्ट्रपतिलाई सार्वजनिक गरिनुपर्छ।”
सोही विज्ञप्तिमा जेनजी आन्दोलनमा सहादत प्राप्त शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ। साथै, आन्दोलनका मागलाई सम्बोधन गर्न सरकारलाई आग्रह गरिएको छ।
तरुण दल दाङले सम्पूर्ण पक्षलाई संयमता अपनाउन र लोकतान्त्रिक अभ्यासलाई सम्मान गर्न पनि आह्वान गरेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं, २६ भदौ । निर्णायक निकास निकाल्ने अपेक्षा गरिएको राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीबीचको त्रिपक्षीय वार्ता आकस्मिक रूपमा स्थगित भएको छ।
मेडिकल व्यवसायी तथा राजावादी धारमा सक्रिय दुर्गा प्रसाईँ वार्तास्थलमा प्रवेश गरेपछि चलिरहेको छलफल रोकिन पुगेको हो। यसअघि जेन–जी समूहले सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने विषयमा एकमत जनाएपछि वार्ता प्रारम्भ भएको थियो। तर, प्रसाईँको आकस्मिक उपस्थितिले वार्तालाई अनिश्चिततामा पारेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं, २६ भदौ । बागलुङको तमानखोला गाउँपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने ३८ जना घाइते भएका छन्।
बुधबार राति तमानखोला गाउँपालिका–६ नर्जाखानीमा परेको चट्याङका कारण ७१ वर्षीया मनकली बिकको मृत्यु भएको वडाध्यक्ष चित्रबहादुर छन्त्यालले जानकारी दिए। चट्याङ लाग्दा छन्त्याल आफैं पनि घाइते बनेका छन्। उनका अनुसार अन्य ३५ जना स्थानीय घाइते भएका छन्। उनीहरूको नर्जाखानी आधारभूत स्वास्थ्य सेवा केन्द्रमा उपचार भइरहेको छ।
वडाध्यक्ष छन्त्यालले चट्याङका कारण गाउँका करिब ६० घरमा क्षति पुगेको र बरागोस तथा पाल्ले खानीखोला लघु जलविद्युत् आयोजना पूर्ण रूपमा नष्ट भएकाले अहिले सो क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको बताए।
यस्तै, जैमिनी नगरपालिका–८ छिस्ती अर्खलाबोटस्थित बलबहादुर नेपालीको घरमा चट्याङ पर्दा थप तीन जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं, २६ भदौ । जलेश्वर कारागारबाट भागेका १२ जना कैदीबन्दीलाई भारतीय प्रहरीले पक्राउ गरी नेपाल प्रहरीको जिम्मा लगाएको छ।
भदौ २४ गते भएको घटनामा जलेश्वर कारागारका ५७५ कैदी फरार भएका थिए। तीमध्ये भारततर्फ भागेका १२ जनालाई भारतीय प्रहरीले विभिन्न स्थानबाट नियन्त्रणमा लिई बिहीबार नेपाल प्रहरीलाई बुझाएको हो।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक शैलेन्द्र भट्टका अनुसार पक्राउ परेकामध्ये ९ जनालाई भिटामोड नाकामा ल्याएर बुझाइएको छ भने ३ जनालाई वथनाहा चौकीमार्फत् हस्तान्तरण गरिएको हो।
पक्राउ परेकामध्ये धनुषा, महोत्तरी, मकवानपुर लगायत विभिन्न जिल्लाका साथै भारतका वैशाली, सितामढी र पूर्वी चम्पारणका व्यक्तिहरु रहेका छन्। पक्राउ परेकामध्ये रामगुलाम महतो, बिनोद राय, मुजाहिद अंसारी, इन्द्रेस मण्डल, सुरेन्द्र साह सोनार, आनन्द मोहन कुमार, कृष्णकुमार महतो, बलबिन कुमार महतो, जियाउल रहमान, गुड्डु कुमार यादव, रेयाज दफाली र राजेश तामाङ रहेका छन्।
जलेश्वर कारागारका निमित्त प्रमुख रविनचन्द्र ठाकुरका अनुसार भागेकामध्ये हालसम्म ३७ जना कैदीबन्दी फर्किसकेका छन्। तीमध्ये २५ जना आफैं स्वेच्छाले फर्किएका हुन् भने १२ जनालाई भारतीय प्रहरीले समातेर नेपाल प्रहरीलाई बुझाएको हो।
कारागार प्रशासनले २४ घण्टाभित्र स्वेच्छाले फर्किन अपिल जारी गरेपछि बुधबार रातिदेखि कैदीबन्दीहरू सम्पर्कमा आउन थालेका हुन्। प्रमुख ठाकुरका अनुसार अपिलपछि अभिभावक र आफन्तहरूकै दबाबमा धेरै कैदीबन्दी स्वेच्छाले फर्किन थालेका छन्।
भदौ २४ गते साँझ आन्दोलनकारीहरूले कारागार कब्जा गरी कैदी रिहाईको माग गर्दै आक्रमण गरेपछि ठूलो भिड नियन्त्रणबाहिर गएर गेट तोडिएको थियो। त्यसपछि ५७६ मध्ये ५७५ जना कैदी भागेका थिए। सो घटनामा दिपक कुमार यादव भने मानसिक स्वास्थ्य समस्याका कारण नभागी कारागारमै रहेको जनाइएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं, २६ भदौ । नख्खु कारागारबाट भागेका सञ्जय साह ‘टकला’ पक्राउ परेका छन्। उनी बिहीबार काभ्रेको मंगलटारबाट पक्राउ परेको प्रहरीले जनाएको छ।
पूर्वराज्यमन्त्री साहलाई जनकपुर बमकाण्डमा दोषी ठहर गर्दै १२ वर्ष कैद सजाय तोकिएको थियो। बुधबार प्रदर्शनकारीले कारागारमा तोडफोड गरेपछि उनी अन्य कैदीसँगै भाग्न सफल भएका थिए। भागेपछि साह आफ्नो घर जनकपुर पुगेका थिए, जहाँ उनी आफूनिकट व्यक्तिहरूसँग भेटघाटमा व्यस्त रहेका थिए।
जनकपुरमै रहँदा उनले सामाजिक सञ्जालमार्फत आफूलाई झुटा मुद्दामा फसाइएको दाबी गर्दै कारागारमा राखिएको असन्तुष्टि व्यक्त गरेका थिए। साथै, जेनजी आन्दोलनप्रति समर्थन जनाउँदै पुराना पार्टीका नेताहरूप्रति कटाक्ष गरेका थिए।
तर, प्रहरी प्रशासनले सम्पर्कमा आउन सबै कैदीलाई सूचना जारी गरेपछि साह सशंकित बनेका थिए। काठमाडौँ फर्किने क्रममा गाडीमार्फत यात्रा गर्दै गर्दा उनलाई मंगलटारमा नियन्त्रणमा लिइएको हो।
२०६९ वैशाख १८ गते जनकपुरको रामानन्द चोकमा मिथिला राज्यको माग गर्दै भइरहेको शान्तिपूर्ण धर्ना कार्यक्रममा भएको शक्तिशाली बम विस्फोटमा पाँचजनाको ज्यान गएको र ३२ जना घाइते भएका थिए। उक्त घटनाका मुख्य योजनाकारका रूपमा साह दोषी ठहर भएका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं, २६ भदौ । सर्वोच्च अदालतको फुल कोर्टले आइतबारदेखि बन्दी प्रत्यक्षीकरणका निवेदन दर्ता र नियमित सुनुवाइ थाल्ने निर्णय गरेको छ । साथै, अदालतहरूलाई चाँडै सञ्चालनमा ल्याउने तयारी समेत अघि बढाइएको छ।
जेनजी आन्दोलनका क्रममा देशभरका अदालतमा आक्रमण, तोडफोड र आगजनी हुँदा न्यायिक इतिहाससँग सम्बन्धित महत्वपूर्ण अभिलेख नष्ट भएको सर्वोच्चले जनाएको छ। आन्दोलन चर्किँदा सर्वोच्च अदालतको भवनमा समेत आगजनी र ध्वंसात्मक गतिविधि भएको स्मरण गराइएको छ।
प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले जारी गरेको विज्ञप्तिमा यस्तो आक्रमण न्यायिक प्रणालीमाथि गम्भीर प्रहार भएको उल्लेख गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “न्यायपालिकाको अखण्डता र मर्यादा कायम गर्न सबै तहका अदालतलाई सुचारु गर्ने दायित्व थप बढेको छ।”

अदालतले कानुनी शासन र स्वतन्त्र न्याय प्रणालीलाई चुनौती दिने यस्ता गतिविधिप्रति गम्भीर ध्यानाकर्षण गराउँदै, सुरक्षात्मक व्यवस्था कडा पार्ने र न्यायालयका दस्तावेजलाई सुरक्षित गर्ने दीर्घकालीन रणनीति बनाउनुपर्ने जनाएको छ। साथै, कानून व्यवसायी, कर्मचारी, सुरक्षाकर्मी र नागरिकलाई आवश्यक सहयोग गर्न आह्वान गरिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,२५ भदौ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ मन्त्रिमण्डल बनाउने विषय सार्वजनिक भइरहेका बेला जेन-जी आन्दोलनमा सक्रिय ‘हामी नेपाल समूह’ले संसद् विघटनलाई आफ्नो मुख्य मागका रूपमा अघि सारेको छ।
समूहका अध्यक्ष सुदन गुरुङले बुधबार आयोजित पत्रकार सम्मेलनमा आफूहरू कार्कीको नेतृत्व मान्न तयार रहेको र त्यसबारे पर्याप्त सहमति जुटिसकेको बताए। उनले संसद् विघटनबिना अन्य राजनीतिक प्रक्रिया अघि बढ्न नसक्ने प्रष्ट पारे।
गुरुङका अनुसार नयाँ मन्त्रिमण्डल आफूहरूअनुकूल बन्नुपर्नेछ र त्यसको निगरानी जेन-जी पुस्ताले गर्नेछ। मन्त्रिमण्डल निर्माण र प्रक्रियासम्बन्धी छलफल अझै जारी रहेको उनले उल्लेख गरे।
यसअघि नेपाली सेनाका प्रधानसेनापतिसहितको छलफलमा पनि ‘हामी नेपाल समूह’का प्रतिनिधिहरू सहभागी भएका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं, २६ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले विज्ञप्ति सार्वजनिक गरेका छन्। उनले बिहिबार दिउँसो विज्ञप्ति जारी गर्दै मुलुकको वर्तमान जटिल परिस्थितिबाट संवैधानिक दायरामा रहेर निकास दिन सबैसँग मिलेर प्रयास भइरहेको बताएका छन्।
आज सार्वजनिक गरेको अपिलमार्फत उनले लोकतन्त्रको संरक्षण र शान्ति,सुव्यवस्था कायम गर्न निरन्तर विचार,विमर्श तथा पहल भइरहेको जनाएका छन्।
आन्दोलनकारी नागरिकहरूको माग सम्बोधन गर्न छिटो भन्दा छिटो समाधान खोजिने विश्वास व्यक्त गर्दै उनले संयमता अपनाएर मुलुकमा शान्ति कायम गर्न सबै पक्षलाई सहयोग गर्न आग्रह गरेका छन्।
राष्ट्रपति पौडेलले भने, “देशको अहिलेको विषम परिस्थितिमा संवैधानिक दायराभित्र रहेर निकास दिन विचार–विमर्श एवं प्रयास गर्दैछु।”
हेर्नुहोस् विज्ञप्ति

२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस