संविधानलाई नै मार्गदर्शक बनाउनुपर्छ: वामदेव गौतम

   भदौ २५, २०८२       admin

काठमाडौँ,२५ भदौ। नेकपा ९एकीकृत समाजवादी०का वरिष्ठ नेता तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमले देशमा उत्पन्न राजनीतिक समस्याको समाधान संविधानमार्गबाटै खोजिनुपर्ने बताएका छन् ।

आज एक सन्देश जारी गर्दै उनले अहिले राज्यका संरचना अस्तव्यस्त भएकाले संविधानबाहिरबाट खोजिने समाधान दीर्घकालीन हुन नसक्ने स्पष्ट पारे ।

गौतमले वर्तमान जटिल परिस्थितिमा राजनीतिक पार्टीभन्दा पनि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र निजामती कर्मचारीले आवश्यक दिशानिर्देश दिने जिम्मेवारी बहन गर्नुपर्ने उल्लेख गरे । उनले राष्ट्रिय भूमिको रक्षा, जनताको सुरक्षा र सार्वभौमिकताको रक्षा सबैको प्राथमिक दायित्व भएको पनि बताए ।

“जब राज्य कमजोर हुन्छ, सबै आधार कमजोर हुन्छन् । त्यस्तो अवस्थामा या त राज्य टुक्रिन्छ वा देश विदेशीको कब्जामा जान्छ,” उनले भने ।

नेता गौतमले राष्ट्रिय अखण्डता, एकता र सामाजिक सद्भाव जोगाउन सबै संवेदनशील हुनुपर्नेमा जोड दिँदै जनताको आर्थिक विकास र समृद्धिको आकांक्षा पूरा गर्न सम्बन्धित निकायले ढिलासुस्ती नगर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

पूर्वाञ्चल विश्वविद्यालयका सम्पूर्ण परिक्षा अनिश्चितका लागि स्थगित

   भदौ २५, २०८२       admin

काठमाडौँ,२५ भदौ । पूर्वाञ्चल विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका सम्पूर्ण परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयले एक सूचना प्रकाशित गर्दै देशमा उत्पन विषम परिस्थितिका कारण स्नातक र स्नातकोत्तर तहका सबै परीक्षा अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

खुल्यो त्रिभुवन विमानस्थल

   भदौ २५, २०८२       admin

दाङ,२५ भदौ । त्रिभुवन अन्तर्राष्टिय विमानस्थल खुलेको छ । जेन–जी आन्दोलनपछि उत्पन्न विषम परिस्थितिका कारण बन्द रहेको त्रिभुवन विमानस्थल सुचारु गर्ने निर्णय भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले हिजोदेखि बन्द गरिएका हवाई उडानहरू सुचारु गर्ने निर्णय गरेको हो ।

‘हवाई उडानका लागि विमानस्थल आवागमन गर्नुहुने यात्रु महानुभावहरूले आ–आफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडान समयको जानकारी लिई मात्र विमानस्थल आउजाउ गर्न हुन साथै यसरी आवतजावत गर्दौ आधिकारिक हवाई टिकट र परिचय खुल्ने कागजात साथमा लिई आउनुहुन समेत अनुरोध छ’, विमानस्थलको सार्वजनिक सूचनामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

कपिलवस्तु कारागारका ४३१ कैदीबन्दी भागे, अदालत पुगेर आगजनी

   भदौ २५, २०८२       admin

दाङ,२५ भदौ । कपिलवस्तु कारागारमा रहेका ४३१ कैदी वन्दीहरु भागेका छन् । बुधबार बिहान कारागारको गेट तोडेर उनीहरु भागेका हुन् । बिहान करिब ६ बजेतिर कारागारका २ ब्लकमा रहेका ४५९ कैदीबन्दीमध्ये ४ सय ३१ जना भागेका हुन् । सो कारागारका २ ब्लकमा २८ जना कैदी बन्दीहरु भने कारागारबाट नभागेको कारागारका कैदी वन्दी नाईके राजु तिवारीले बताए ।

कारागारबाट भागेका कैन्दी वन्दीले जिल्ला अदालत कार्यालय पुगेर अदालत कार्यालयका विभिन्न कोठाहरुमा तोडफोड तथा आगजनी गरेका छन् । बेल्चा, हथौडा, पेटेल लगायतका सामाग्री बोकेर आएका कैदी वन्दीहरुले अदालतमा आगजनी गरेका हुन् । आफुहरुको मुद्धाका सवै मिसिल तथा कागजपत्रहरु यसै अदालतमा रहेको हुदा सो नष्ट गर्न आफूहरुले आगजनी गरेको एक कैदीले बताएको अदालत परिसरका एक सर्वसाधारणले बताए ।

आगजनीबाट अदालतमा विभिन्न फांटहरुमा रहेका महत्वपूर्ण कागजपत्रहरु जलेका छन् । अदालत परिसरमा रहेका सरकारी गाडी र मोटरसाईकलमा पनि तोडफोड तथा आगजनी गरेका छन् ।
कारागारबाट भागेर आफ्नो घरतर्फ जादै गरेका ६५ जना कैदी बन्दीलाई सुरक्षाकर्मीले तौलिहवा आसपासका विभिन्न क्षेत्रबाट पक्राउ गरी पुनः कारागार प्रशासनलाई बुझाएको नायब प्रहरी उपरीक्षक रिपेन्द्र सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

जेलबाट भाग्न मानेनन् दीपक मनाङे

   भदौ २५, २०८२       admin

काठमाडौँ, २५ भदौ । डिल्लीबजार कारागारमा मंगलबार भएको हुलदंगामा अन्य कैदीहरू बाहिर निस्किए पनि गण्डकी प्रदेशका पूर्वसांसद दीपक मनाङे ९राजीव गुरुङ० भने भित्रै बसिरहेका छन्।

कारागारभित्र आगलागी हुँदा अन्य कैदीहरू सुरक्षित स्थान खोज्दै भाग्दा मनाङेले भने आफू बाहिर नजाने अडान लिएका हुन्। “बाहिर जान्न,” भन्दै उनले अन्य कैदीलाई समेत रोकेको जेल स्रोतले बताएको छ।

यद्यपि, भाग्दै गरेका कैदीहरूले भने आफूहरू बाँच्नका लागि मात्र बाहिर निस्किएको बताएका छन्। नेपाली सेनाको नियन्त्रणमा परेका एक कैदीले भने, “हामी भाग्ने भनेर आएको हैन, आगो लगाइयो। बस्ने स्थिति थिएन, बस्यो भने मर्ने अवस्था भयो, त्यसैले बाहिर निस्किएको।”

मनाङे हाल ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहर भई कैद भुक्तान गरिरहेका छन्। गत असार ४ गते संवैधानिक इजलासले उनी सांसद बन्न अयोग्य ठहर गर्दै पदमुक्त गरेको थियो।

राजनीतिक जीवनमा गुण्डा नाइकेदेखि मन्त्रीसम्म बनेका मनाङे लामो समय विवादास्पद व्यक्तित्वका रूपमा चर्चामा रहे। चक्रे मिलन समूहमाथि आक्रमण गरेको अभियोगमा उनी उच्च अदालत पाटनले ५ वर्ष कैद सजाय सुनाएको थियो, जुन २०८१ कात्तिकमा सर्वोच्चले सदर गरेको हो।

यसअघि विभिन्न समय जेल गए पनि कानुनी प्रक्रियाबाट मुक्त हुँदै मनाङे दुईपटक गण्डकी प्रदेशसभामा निर्वाचित भएका थिए। सांसद हुँदै उनले मन्त्रीसमेत बनेका थिए। तर अन्ततः सर्वोच्चको अन्तिम फैसलासँगै उनी पुनः कारागार फर्कनुपरेको हो

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

गंगा दाहालको घरमा जलेको शव फेला

   भदौ २५, २०८२       admin

काठमाडौँ, २५ भदौ । ललितपुरको ढोलाहिटीस्थित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालको घरमा एक पुरुषको जलेको अवस्थामा शव फेला परेको छ।

मंगलबारको आन्दोलनका क्रममा गंगा दाहालको घरमा समेत आगजनी भएको थियो। त्यही आगलागीमा परी एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए।

उनका अनुसार शव पुरुषको हो तर अझै पहिचान खुल्न सकेको छैन।
“शव पुरुषको हो, तर घरका सदस्य हो जस्तो लाग्दैन। अहिले मुचुल्का गर्न टोली पठाइएको छ,” अधिकारीले बताए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितका लागि बन्द

   भदौ २५, २०८२       admin


काठमाडौ,२५ भदौ । काठमाडौंस्थित त्रिभुवन विमानस्थल अनिश्चितकालका लागि बन्द गरिएको छ । मंगलबार दिनभर काठमाडौंका विभिन्न स्थानमा भएको आगजनीका कारण जहाज अवतरणमा समस्या भएको भन्दै विमानस्थलका सम्पूर्ण उडान बन्द राखिएको विमानस्थल प्रशासनले जानकारी दिएको छ ।

उक्त सूचनामा विमानस्थलमा कोही पनि नआइदिन आग्रह गरिएको छ । साथै, विमानस्थल खुलेको जानकारी आए सम्बन्धित उडान कम्पनीसँग सम्पर्क गरेर मात्रै विमानस्थल आउन भनिएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

पोखरामा आन्दोलनकारीले जलाएको घरमा महिलाको शव फेला

   भदौ २५, २०८२       admin

काठमाडौँ ,२५ भदौ । पोखरा नयाँबजारस्थित नेपाल अटोमोबाइल एशोसिएसनका केन्द्रीय अध्यक्ष ध्रुव थापाको जलेको घरमा एक महिलाको शव फेला परेको छ ।

मंगलबार आन्दोलनकारीले गण्डकीका मन्त्री तथा व्यवसायी बिन्दुकुमार थापाको घर, व्यापारिक प्रतिष्ठानसहित उनका भाइ ध्रुवको गाडी सोरुम र घरमा आगजनी गरेका थिए ।

आगजनी भएको घरको गाडी सोरुममा जलेको अवस्थामा फेला परेको शव त्यही घरमा काम गर्ने महिला भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलाइएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

नेपालगन्ज सरकारी वकिल कार्यालयमा लुटपाट: भारतीय नागरिकको आधार कार्ड फेला

   भदौ २५, २०८२       admin

नेपालगन्ज ,२५ भदौ । नेपालगन्जस्थित उच्च सरकारी वकिलको कार्यालयमा गएराती लुटपाट गर्ने क्रममा संलग्न भारतीय नागरिकले आफ्नो आधार कार्ड छाडेका छन् । बुधबार बिहान कार्यालयका कर्मचारीहरूले उक्त कार्ड फेला पारेका हुन् ।

प्रत्यक्षदर्शी स्थानीयका अनुसार नेपालगन्जका अधिकांश सरकारी कार्यालयमा सामान लुटपाट भएको छ । नेपाली सेना परिचालन भएपछि आगजनी नियन्त्रणमा आएको भए पनि लुटपाट भने निरन्तर भइरहेकाे जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सर्वोच्चको अपिल: ‘हामीलाई त्रिपाल सहयोग गरिदिनुस’

   भदौ २५, २०८२       admin

काठमाडौँ ,२५ भदौ । मंगलबार सर्वोच्च अदालतमा आगलागी भएपछि अहिले कर्मचारीहरूले जलेनन् भनेर बाँकी रहेका फाइल तथा सामग्री सुरक्षित बनाउन ओसारपसार गरिरहेका छन्।

महत्वपूर्ण कागजात र सामान सुरक्षित गर्न त्रिपाल आवश्यक भएको भन्दै सर्वोच्च अदालतले सार्वजनिकरूपमा सहयोगको अपिल गरेको छ।

‘अत्यन्त महत्वपूर्ण सामानहरू जोगाउनका लागि कर्मचारीहरू खटिनुभएको छ। तर, सुरक्षित राख्न त्रिपाल आवश्यक परेको छ। यो सार्वजनिक अपिल हो, कसैले सहयोग गर्नुपर्ने अवस्था आएको छ,’ सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology