काठमाडौंसहित पाँच सहरमा कर्फ्यू आदेश

   भदौ २३, २०८२       admin

काठमाडौं,२३ भदौ । भ्रष्टाचार र सामाजिक सञ्जालमाथि प्रतिबन्धविरुद्ध सडकमा उत्रिएका जेन–जी समूहको प्रदर्शन भड्किएपछि स्थानीय प्रशासनले देशभरका विभिन्न सहरमा कर्फ्यू आदेश जारी गरेको छ। सोमबार भएको प्रदर्शनमा काठमाडौंमा मात्रै एक दर्जनभन्दा बढी प्रदर्शनकारीको मृत्यु भएको र दुई सयभन्दा बढी घाइते भएको विवरण सार्वजनिक भएको छ।

काठमाडौं उपत्यकाबाहेक झापाको दमकसहितका स्थानमा अश्रुग्याँस प्रहार र गोलीसमेत चलेका छन्। प्रदर्शन अनियन्त्रित भएपछि काठमाडौं, पोखरा, इटहरी, बुटवल र भैरहवामा प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो। यस अवधिमा भेला, प्रदर्शन, नाराजुलुस र कुनै पनि भीड जम्मा गर्न निषेध गरिएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले संसद भवन, सिंहदरबार, प्रधानमन्त्री निवास, नारायणहिटी दरबार, राष्ट्रपति र उपराष्ट्रपति निवास क्षेत्रलाई लक्षित गर्दै सोमबार दिउँसो १ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ। आदेशअनुसार शीतल निवास, लैनचौर, नारायणहिटी, सिंहदरबार, वालुवाटार र नयाँबानेश्वर क्षेत्रका विभिन्न चार किल्ला तोकिएका स्थानभित्र प्रवेश, सभा, जुलुस, प्रदर्शन र आवतजावत गर्न प्रतिबन्ध लगाइएको छ।

यस्तै, कास्की जिल्लामा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले पोखरा महानगरपालिकाभित्र सोमबार दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्म अनिश्चितकालीन निषेधाज्ञा जारी गरेकी छिन्। निषेधाज्ञा क्षेत्रमा वाईचोकदेखि फिस्टेल गेट, मालपोत कार्यालयदेखि राष्ट्रबैंक चोकसम्मका स्थान पर्छन्।

जिल्ला प्रशासन कार्यालय सुनसरीले पनि सोमबार अपरान्हदेखि लागू हुने गरी इटहरी उपमहानगरपालिकाका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। आदेशअनुसार हलगडा सेनाको ब्यारेकदेखि पारुहाङ चोक, मिलनचोकदेखि जुट विकास, अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि बसपार्क, र कलङ्की मोडदेखि जनता बस्तीभित्र कर्फ्यू लगाइएको छ।

त्यस्तै, रुपन्देही जिल्ला प्रशासन कार्यालयले सोमबार अपरान्ह ४ बजेदेखि राति १० बजेसम्म बुटवल र भैरहवामा कर्फ्यू आदेश जारी गरेको छ। बुटवलमा पेट्रोल पम्प धागो कारखाना पुलदेखि बेलवास चोक, चिडिया खोला र मंगलापुरसम्म तथा भैरहवामा रोहिणी खोला पुलदेखि बेथरी पुल, बुद्धचोक र मेउडीहवासम्मको क्षेत्रमा कर्फ्यू जारी गरिएको छ। साथै, बेलहिया सडकखण्डको दायाँ–बायाँ १०० मिटरभित्र पनि आवतजावतमा प्रतिबन्ध लगाइएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

देउवाले बोलाए कार्यसम्पादन समितिको बैठक

   भदौ २३, २०८२       admin

काठमाडौँ,२३ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन्।

सोमबार भएको जेन जेनरेशन (जेनजी) का युवाहरूको प्रदर्शन र उनीहरूले उठाएका मागका विषयमा छलफल गर्नका लागि देउवाले बैठक आह्वान गरेका हुन्।

पार्टी स्रोतका अनुसार बैठक मंगलबार बिहान ९ बजे सभापति देउवाको बूढानीलकण्ठस्थित निवासमा बस्नेछ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

मृत्तकको सँख्या ६ पुग्यो, १० जनाको अवस्था गम्भिर

   भदौ २३, २०८२       admin

काठमाडौँ, २३ भदौ । जेनजीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ । बानेश्वरकेन्द्रित प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो । सिभिन अस्पतालमा उपचाररत २ जना र ट्रमा सेन्टरमा उपचाररत ४ गरी ६ जनाको मृत्यु भएको हो । अस्पतालमा यतिवेला घाइतेहरुको चाप बढेको छ ।

ट्रमा सेन्टरका डा दीपेन्द्र पाण्डेका अनुसार १० जना गम्भीर अवस्थामा छन् । उनीहरुको टाउको र छातीमा गोली लागेको छ । उनले भने–‘२० भन्दा बढी अन्य घाइतेको पनि उपचार भइरहेको छ ।’

सिभिलका कार्यकारी निर्देशक मोहनचन्द्र रेग्मीले अस्पतालमा ल्याइएका दुई जनाको मृत्यु भएको बताए ।

मृतकहरूको पहिचान खुल्न सकेको छैन । रेग्मीले अस्पतालमा दर्जनौं घाइतेको उपचार भइरहेको बताए ।

प्रदर्शनकारीलाई प्रहरीले पानीका फोहरा, अश्रुग्यास र गोली प्रहार गरेको छ । घाइतेको ट्रमा, सिभिल, एभरेस्ट लगायतका अस्पतालमा उपचार भइरहेको छ ।

सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा ुजेन–जीुहरु प्रदर्शनमा उत्रिएका हुन् । काठमाडौंसहित देशका मुख्य सहरमा प्रदर्शन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

जेनजी प्रर्दशनमा पाँचजनाको मृत्यु

   भदौ २३, २०८२       admin

काठमाडौ।२३ भदौ । जेनजीहरुको प्रर्दशनमा मृत्यु हुनेको सँख्या पाँच पुगेको छ । सोमबार भएको जेनजीहरूको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या पाँच पुगेको हो । नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा एक र ट्रमा सेन्टरमा चार जना प्रदर्शनकारीको मृत्यु भएको हो ।

उनीहरू सबै रबरको गोली लागेर गम्भीर घाइते भएका थिए । थप उपचारका लागि अस्पताल पुर्‍याइएकोमा अस्पतालले मृत्यु घोषणा गरेको हो ।

जेनजीहरूको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेपछि थप हिंसात्मक बन्दै गएको हो ।

दिउँसो साढे १२ बजेबाट काठमाडौंका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी भएको थियो ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

जेन्जी प्रदर्शनमा प्रहरीको गोली लागेर एकजनाको मृत्यु

   भदौ २३, २०८२       admin

काठमाडौं, २३ भदौ । काठमाडौंमा आज आयोजित जेनजी (जनरेशन जेड) को प्रदर्शनमा प्रहरीले प्रयोग गरेको गोली लागेर एक जनाको मृत्यु भएको छ।

घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार, घाइतेमध्ये एक जनाको मृत्यु भएको पुष्टि भएको छ भने करिब ७०–८० जना प्रदर्शनकारी घाइते भएका छन् र उपचाररत छन्।

घाइतेको परिचय अहिलेसम्म खुल्न सकेको छैन। प्रहरी र अस्पताल दुवै पक्षले घटनाको विस्तृत विवरण सार्वजनिक गर्न बाँकी रहेको बताएका छन्।

प्रदर्शनमा के कारणले तनाव उत्पन्न भयो र गोली प्रहार गर्नुपर्ने अवस्था सिर्जना भयो भन्ने विषयमा अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

जेन्जी प्रदर्शनमा घुसपैठ आरोपमा एकजना पक्राउ

   भदौ २३, २०८२       admin

काठमाडौँ,२३ भदौ । भ्रष्टाचार र बेथितिविरुद्ध जेन्जीले आयोजना गरेको प्रदर्शनमा घुसपैठ गरेको आरोपमा नेपाल प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।

घुसपैठ भएको भन्दै प्रदर्शनमा आएका केही युवाहरूले उक्त व्यक्तिलाई हातपात गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर सुरक्षित स्थानतर्फ लगेको हो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

आजदेखि सोह्रश्राद्ध सुरु

   भदौ २३, २०८२       admin

काठमाडौं,२३ भदौ। प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्रश्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् सुरु भएको छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज प्रतिपदा तिथिको श्राद्ध अपराह्नकालसम्म पिण्डदान गरेर सम्पन्न गर्नुपर्ने हुन्छ। समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले प्रतिपदा तिथिदेखि आश्विन शुक्ल प्रतिपदासम्म दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिएको जानकारी दिए।

धर्मशास्त्रअनुसार पितृलाई श्रद्धापूर्वक सम्झिने वैदिक सनातन परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिन्छ। यस समयमा पितृले आश गरी बस्ने विश्वास गरिन्छ। श्राद्ध नगरे अक्षम्य दोष लाग्ने भएकाले यो काललाई विशेष मानिएको धर्मशास्त्रविद् प्रा तोयराज नेपालले बताए।

उनका अनुसार जाताशौच, मृताशौच वा पत्नी रजस्वला भएका अवस्थामा बाहेक श्राद्ध छोड्न नहुने प्रावधान छ। कुनै कारणवश रोकिएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म वा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिनसम्म पनि गर्न सकिने विकल्प शास्त्रमा उल्लेख छ। अझै गर्न नसकेमा वृश्चिक सङ्क्रान्तिसम्म, वा धर्मसिन्धु र निर्णयसिन्धुजस्ता ग्रन्थमा उल्लेख भएअनुसार विशेष तिथि वा योगमा सम्पन्न गर्न सकिने व्यवस्था छ।

सोह्रश्राद्ध अपराह्नकालमै गर्नुपर्नेमा कतिपय पुरोहितले बिहानै गर्नुपर्ने सुझाव दिने गरेको पाइएकाले त्यो शास्त्रसम्मत नभएको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले स्पष्ट पारे।

धर्मशास्त्रविद्हरूका अनुसार, पितृ पक्षमा विधिपूर्वक श्राद्ध गर्नाले पितृ तृप्त हुने, पितृऋणबाट मुक्ति पाइने र आफ्ना धार्मिक दायित्व पूरा हुने विश्वास गरिन्छ। पितृ पक्ष सकिएलगत्तै दुर्गा पक्ष अर्थात् बडादसैँ सुरु हुन्छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

शिक्षासहित चार समितिको बैठक बस्दै

   भदौ २३, २०८२       admin

काठमाडौँ, २३ भदौ । संघीय संसद अन्तर्गत रहेका चार संसदीय समितिका बैठक बस्दै छ । ती समितिहरूमा विकास, आर्थिक मामिला तथा सुशासन समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति रहेका छन्।

अहिले ९ बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक सिंहदरबारमा बस्ने तयारी भएको छ। बैठकमा राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदनको मस्यौदा बारे छलफल गर्ने कार्यसूची छ।

त्यसैगरी, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे कानून समितिको सभाकक्ष, सिंहदरबारमा बस्नेछ। उक्त बैठकमा नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक माथि संशोधन प्रस्ताव दर्ता गराएका सांसदहरूसँग छलफल गरिनेछ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ। यस बैठकमा स्वास्थ्यसम्बन्धी समसामयिक विषयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग छलफल गरिनेछ।

यस्तै, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक दिउँसो साढे १२ बजे सिंहदरबारमा बस्नेछ। बैठकमा केरा व्यवसायी कृषकका समस्या सम्बन्धमा अर्थ, कृषि तथा पशुपक्षी विकास तथा उद्योग, वाणिज्य र आपूर्ति मन्त्रालय र सरोकारवालासँग छलफल हुने कार्यसूची रहेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

   भदौ २३, २०८२       admin

काठमाडौँ,२३ भदौ । टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ नाहालामा टिपरले मोटरसाइकललाई ठक्कर दिएको हो ।

डुम्रेबाट दमौलीतर्फ जाँदै गरेको बा प्र ०६–००१प९२३३ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट जाँदै गरेको ग२ख१५६१ नम्बरको टिप्परले ठक्कर दिँदा मोटरसाइकल चालक कास्कीको रुपा गाउँपालिका–७ का ४५ वर्षीय धर्मराज सेनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा घाइते सेनलाई प्रदेश अस्पताल दमौली लगिएकामा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक आशिष विश्वकर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

‘जेन–जी’ प्रदर्शनलाई काठमाडौँ प्रशासनको अनुमति: सुरक्षा व्यवस्था मिलाइने

   भदौ २२, २०८२       admin

काठमाडौँ,२२ भदौ । ‘जेन–जी’ पुस्ताले सोमबार आयोजना गर्न लागेको भ्रष्टाचारविरुद्धको प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले औपचारिक अनुमति दिएको छ।

प्रमुख जिल्ला अधिकारी छवि रिजालले माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्न अनुमति दिइएको र आवश्यक सुरक्षा व्यवस्था मिलाइने जानकारी दिए। उनका अनुसार, प्रदर्शनका आयोजक युवाहरूले कार्यक्रम पूर्ण रूपमा शान्तिपूर्ण र भद्र हुने प्रतिबद्धता जनाएका छन्।

प्रजिअ रिजालले भने, “उनीहरूले भद्र तरिकाले प्रस्तुत हुन्छौं, कुनै नाराबाजी वा तोडफोड हुँदैन, टिसर्ट लगाएर शान्तिपूर्ण प्रदर्शन मात्रै गर्छौं भन्नुभएको छ।”

‘वेक अप नेपाल क्याम्पेन’ का संयोजक सबल गौतम र पुरुषोत्तम यादवले प्रशासनलाई पत्र लेख्दै शान्ति सुरक्षाको व्यवस्था मिलाइदिन आग्रह गरेका थिए। पत्रमा उल्लेख छ, “स्वतन्त्र युवाहरूको सहभागिता रहने भएकाले कार्यक्रम सुव्यवस्थित, मर्यादित र शान्तिपूर्ण वातावरणमा सम्पन्न होस् भन्ने उद्देश्यले सहकार्य आवश्यक छ।”

सरकारले दर्ता नभएका सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि जेन–जी पुस्ताले भ्रष्टाचार र सरकारी निर्णय दुवैको विरोधमा सडकमा उत्रिने घोषणा गरेका थिए। प्रजिअ रिजालले प्रदर्शनलाई शान्तिपूर्ण राख्न पर्याप्त सुरक्षाकर्मी परिचालन गरिने बताए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology