बालेनको ‘जेन–जी आन्दोलन’मा समर्थन– “उमेरका कारण म जान सक्दिन”

   भदौ २२, २०८२       admin

काठमाडौँ ,२२ भदौ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले भोलि ९सोमबार० हुन लागेको ‘जेन–जी आन्दोलन’मा समर्थन जनाएका छन्।

दलीय भ्रष्टाचार र अव्यवस्थाविरुद्ध नवीन पुस्ताले संसद् भवन नयाँबानेश्वर र माइतीघर मण्डलाबाट सुरु गर्न लागेको प्रदर्शनबारे सामाजिक सञ्जालमार्फत मेयर शाहले आफ्नो समर्थन प्रकट गरेका हुन्।

उनले जेन–जी पुस्ताको आन्दोलन पूर्ण रूपमा स्वतःस्फूर्त भएको भन्दै कुनै राजनीतिक दल, नेता वा अभियन्ताले त्यसलाई आफ्नो स्वार्थमा प्रयोग नगर्न चेतावनी दिएका छन्। शाहले लेखेका छन्, “भोलिको र्‍याली २८ वर्षमुनिका युवाहरूको हो। म उमेरका कारण प्रत्यक्ष सहभागी हुन सक्दिन, तर उहाँहरूको उद्देश्य र सोच बुझ्नु आवश्यक छ। मेरो पूर्ण समर्थन छ।”

युवाहरूलाई सम्बोधन गर्दै मेयर शाहले, “प्रिय जेन–जी, भन्नुस् तपाईँहरूले कस्तो देश देख्न चाहनुहुन्छरु” भन्ने प्रश्न पनि गरेका छन्।

उनले लेखेका छन्‌ :

भोलिको र्‍याली स्पष्ट स्वतस्फुर्तरूपमा जेन-जीको हो । उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ, जसको लागि म पनि अझै बुडो देखिन्छु । मलाइ पनि उहाँहरूको इच्छा, उद्देश्य, सोच बुझ्न मन छ । भोलि यो स्वतस्फुर्त र्‍यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद र अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नुहोला । म उमेर हदबन्दीको कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ, मेरो भरपुर समर्थन छ ।

प्रिय जेन-जी, भन्नुस् तपाईँहरूले कस्तो देश देख्न चाहनुहुन्छ ? फोटोः एआई साभार

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

मिटरब्याज विरुद्ध माइतीघरमा धर्ना

   भदौ २२, २०८२       admin

काठमाडौँ,२२ भदौ । टिरब्याज विरुद्ध सङ्घर्ष समिति नेपालले आइतबार काठमाडौँको माइतीघरमा धर्ना दिएको छ।

समितिले मिटरब्याज पीडितका समस्या समाधानका लागि चारवटा माग अघि सारेको छ। तीमध्ये जाली तमसुक खारेज गर्ने, मिटरब्याज साहुहरूलाई कारबाही गर्ने, पीडितको जग्गा फिर्ता गरिदिने र सम्पूर्ण पीडितहरूलाई एकजुट गराउने प्रमुख माग रहेका छन्।

समितिले माग पूरा नभएसम्म काठमाडौँ केन्द्रित आन्दोलनलाई निरन्तरता दिने चेतावनी दिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

एक अर्बको आलु र सुन्तला बिक्री

   भदौ २२, २०८२       admin

काठमाडौँ,२२ भदौ । गत आर्थिक वर्ष २०७८/७९ मा म्याग्दी जिल्लाबाट करिब एक अर्ब रुपैयाँ बराबरको आलु र सुन्तला बिक्री भएको छ। जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार आव २०८१/८२ मा ६० करोड रुपैयाँको आलु र ३३ करोड ४६ लाख रुपैयाँ बराबरको सुन्तला बिक्री भएको हो।

कृषि ज्ञान केन्द्रका प्रमुख सञ्जीव बाँस्तोलाका अनुसार गत वर्ष १,८२० हेक्टर क्षेत्रमा उत्पादन भएको ३५,४९० मेट्रिकटन आलु प्रतिकिलो न्यूनतम ३५ रुपैयाँ दरले बिक्री हुँदा ६० करोड रुपैयाँको कारोबार भएको हो। त्यस्तै ४२५ हेक्टर क्षेत्रमा उत्पादन भएको ४,७८१.३ मेट्रिकटन सुन्तला प्रतिकिलो ८० रुपैयाँमा बिक्री भएको बताइएको छ।

बेनी, पोखरा, काठमाडौँ र चितवनका बजारमा म्याग्दीको आलु र सुन्तला बिक्री भइरहेको छ। क्षेत्रफल विस्तार, अनुकूल मौसम र रोग/कीराको कम जोखिमका कारण उत्पादन वृद्धि भएको केन्द्रले जनाएको छ।

आर्थिक वर्ष २०८०/८१ मा १,७५० हेक्टर क्षेत्रमा ३१,४५० मेट्रिकटन आलु र ३,६०० मेट्रिकटन सुन्तला उत्पादन भएको थियो। कृषि ज्ञान केन्द्रले ‘क्रपकटिङ’ विधिबाट जिल्लामा फलफूल, तरकारी र खाद्यबालीको तथ्याङ्क संकलन गर्दै आएको छ।

जिल्लाका अन्नपूर्ण, रघुगङ्गा र बेनी नगरपालिकाका विभिन्न स्थानहरूमा आलु उत्पादन हुने गर्छ भने २०० भन्दा बढी सुन्तला बगैँचा विभिन्न गाउँमा फैलिएका छन्। सवारीसाधनको पहुँचले उत्पादन भएको आलु र सुन्तला सहजै बजारमा पुगेको केन्द्रले जनाएको छ।

कृषि ज्ञान केन्द्र र राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाले जिल्लामा आलु र सुन्तलाखेती विस्तार तथा प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम सञ्चालन गरेका छन्। गत आर्थिक वर्षमा ४२ वटा फार्म तथा समूहमा आबद्ध १६४ किसान परिवारले बगैँचा सुदृढीकरण र विस्तारमा सहयोग पाएका छन्।

केन्द्रले बीउ, यान्त्रिकरण, सिँचाइ पूर्वाधार, प्याकेजिङ र ढुवानीका लागि ८७ लाख रुपैयाँभन्दा बढी अनुदान उपलब्ध गराएको छ। यस वर्ष सुन्तलाजात फलफूल बगैँचा स्थापना तथा विस्तारका लागि २६ लाख रुपैयाँको बजेट उपलब्ध भएको छ भने आलु जोन कार्यक्रमले अन्नपूर्ण र रघुगङ्गा गाउँपालिका तथा बेनी नगरपालिकामा आलुखेती विस्तारमा सहयोग गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

विद्यालय गएका बालक ४ दिनदेखि बेपत्ता

   भदौ २२, २०८२       admin

काठमाडौँ,२२ भदौ । विद्यालय गएका महोत्तरीको बर्दिवासका एक १३ वर्षीय बालक चार दिनदेखि बेपत्ता भएका छन्। घरबाट विद्यालय हिँडेका बालक अहिलेसम्म घर फिर्ता नआएको परिवारले जनाएको छ।

बर्दिवास नगरपालिका–१२, डाँडाटोलस्थित जनता माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत गौतम पासवान गत बिहीबार घरबाट साइकलमा विद्यालय गएका थिए। उनका काका प्रमोद पासवानले बालक अहिलेसम्म घर फिर्ता नभएको बताए।

गौतम बेपत्ता भएपछि परिवारजनले प्रहरीचौकी हात्तीलेटमा बालकको खोजीका लागि निवेदन दिएका छन्। इलाका प्रहरी कार्यालय बर्दिवासका प्रमुख एवं प्रहरी नायब उपरीक्षक प्रकाश बमका अनुसार, “पीडित परिवारले निवेदन दिएका छन् र प्रहरी बालकको खोजीमा सक्रिय छ।”

प्रहरीले बालकको सम्पर्क र सुरक्षाको लागि खोजी जारी राखेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सामाजिक सञ्जाल बन्दबारे कांग्रेसले सरकारसंग जवाफ माग्ने

   भदौ २२, २०८२       admin


काठमाडौँ,२२ भदौ । नेपाली कांग्रेसले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति चासो व्यक्त गरेको छ। पार्टीका नेताहरूले यस विषयमा सरकारसँग स्पष्टीकरण माग्ने तयारी गरेका छन्।

आइतबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा यस विषयमा छलफल भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

उनका अनुसार, “केन्द्रीय कार्यसम्पादन समितिको बैठक भर्खरै सम्पन्न भयो। बैठकमा केही दिनयता नेपालमा सूचीकृत नभएका सामाजिक सञ्जालहरू बन्द गरिएको विषयमा सरकारसँग जवाफ माग्ने बारेमा छलफल भएको छ।”

पौडेलले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विषयमा कांग्रेस गम्भीर रहेको पनि बताए। बैठकमा आगामी प्रदेशसभा निर्वाचनसम्बन्धी विषयमा पनि छलफल भएको जानकारी उनीले दिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

कक्षा ११ का विद्यार्थीलाई ज्ञान ज्योतीको स्वागत

   भदौ २१, २०८२       admin

दाङ,२१ भदौ । दाङको तुलसीपुरमा रहेको ज्योति एजुकेशन फाउण्डेसनले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई स्वागत गरेको छ। विद्यालयका कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूको आयोजनामा शनिबार आयोजना गरिएको कार्यक्रममार्फत नयाँ विद्यार्थीहरूलाई स्वागत गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि तथा राष्ट्रिय परीक्षा बोर्ड, दाङका प्रमुख कमल प्रकाश अर्यालले ज्ञान ज्योति कलेज जिल्लाको गौरव गर्ने शैक्षिक संस्था भएको भन्दै प्रशंसा गरे। उनले यस वर्ष जिल्लामा ६४ प्रतिशतभन्दा बढी विद्यार्थीले परीक्षा उर्तिण गरेको र त्यसमध्ये ज्ञान ज्योति कलेज पनि सफल भएको बताए।

‘पढाई केवल अंक ल्याउने साधन मात्र होइन, जीवनलाई अनुशासनमा ल्याउने अभ्यास र सफलताका लागि अर्को अवसर हो। उनले भने–‘ शिक्षा कुनै पनि समाजको मेरुदण्ड हो। शिक्षाबिना समृद्ध राष्ट्रको परिकल्पना गर्न सकिन्न।’

कार्यक्रममा नयाँ भर्ना भएकी कक्षा ११ की प्रेजिना रावतले कलेजको संस्कृति र परम्परामा आफूलाई पनि समेटिन पाउँदा आभारी भएको बताइन्। उनले शिक्षक–शिक्षिकाहरू र अग्रज विद्यार्थीहरूले आगामी दिनमा शिक्षा कस्तो दिने भन्नेमा महत्वपूर्ण भूमिका खेल्ने बताइन्।

तुलसीपुर उपमहानगरपालिका शिक्षा शाखा अधिकृत मनबहादुर खड्काले भने, विद्यार्थीले रोज्ने वातावरण र संगतले भविष्य निर्धारण गर्ने भएकाले सिपयुक्त र संस्कारयुक्त शिक्षा ग्रहण गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा तुलसीपुर–६ का वडाध्यक्ष दुजमान भण्डारी, नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेत लगायतले फाउण्डेसनका शैक्षिक गतिविधिको प्रशंसा गरेका थिए। साथै, कक्षा १२ मा नेपाल प्रथम, जिल्ला प्रथम र विभिन्न विश्वविद्यालय छात्रवृत्तिधारी विद्यार्थीका रूपमा नगदसहित सम्मान गरिएको थियो।

कार्यक्रमको मुख्य आकर्षणका रुपमा नेपाली संगीत जगतका चर्चित गायक निशान भट्टराई थिए। उनले आफ्नो प्रस्तुति मार्फत विद्यार्थीलाई मनोरञ्जन गराए र लोकप्रिय गीतहरू प्रस्तुत गर्दै कार्यक्रममा उर्जा थपेका थिए । ।

यसैगरी, विद्यार्थीहरूले विभिन्न जातजाति, भाषा र संस्कृतिलाई झल्काउने सांस्कृतिक प्रस्तुतिहरू पनि कार्यक्रममा राखेका थिए।

कार्यक्रम कक्षा १२ का विद्यार्थी विविद्व सेजवालको अध्यक्षतामा भएको थियो । कक्षा १२ की समीक्षा चन्दो स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक सन्तोष केसी र सोमराज बस्नेतले गरेका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

साहारा बचत तथा ऋण सहकारीको १८औं वार्षिकोत्सव तथा साधारणसभा

   भदौ २१, २०८२       admin

दाङ ,२१ भदौ । साहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औं वार्षिकोत्सव तथा साधारणसभा शनिबार सम्पन्न भएको छ। संस्थाका अध्यक्ष वासुदेव आचार्यको अध्यक्षता तथा तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष बिनील केसीको प्रमुख आतिथ्यतामा उक्त साधारण सभा सम्पन्न भएको हो।

कार्यक्रममा प्रमुख अतिथि केसीले सहकारीलाई बचत र ऋण मात्रमा सीमित नराखी कृषिमा भएको लगानीलाई उत्पादन र आयआर्जनसँग जोड्नुपर्नेमा जोड दिए। उनले मूल्य शृङ्खलासँग सहकारीलाई जोड्न सके दाङको समग्र विकासमा टेवा पुग्ने धारणा राखे।

कार्यक्रममा वडा नं. ६ का पूर्व जनप्रतिनिधि नवराज लामिछाने,जिल्ला सहकारी संघका महासचिव सुक्रराज भण्डारी, सल्लाहकार एवं ज्येष्ठ सदस्य लक्ष्मण पोखरेल, सल्लाहकार तथा संस्थापक अध्यक्ष विष्णुप्रसाद शर्मा लगायतले सहकारीलाई बदनाम गर्ने प्रवृत्तिबाट सचेत रहि विधि–विधानअनुसार पारदर्शी ढंगले सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रम उपाध्यक्ष टोपबहादुर महतराले स्वागत मन्तव्यबाट सुरु भएको थियो । कोषाध्यक्ष पदमकुमार ज्ञवालीले वार्षिक प्रतिवेदन र सचिव भिमलाल मरासिनीले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । अध्यक्ष आचार्यले अध्यक्षको प्रतिवदेन प्रस्तुत गरेका थिए। हाल सहकारीमा ५ सय ३ जना सदस्य रहेका छन्।

सोही अवसरमा कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

मन्त्रीको गाडीले बालिकालाई ठक्कर दियो: घटनालाई राजनीतिकरण गर्न खोजिएको ओलीको दाबी

   भदौ २१, २०८२       admin

काठमाडौं ,२१ भदौ । ललितपुरको हरिसिद्धीमा मन्त्री चढेको गाडीले बालिकालाई ठक्कर दिएको घटनाबारे प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘राजनीतिकरण गर्ने प्रयास भएको’ दाबी गरेका छन्।

शनिबार गोदावरीस्थित सनराइज हलमा जारी एमाले विधान महाधिवेशनमा सम्बोधन गर्दै ओलीले बालिकालाई ‘सामान्य ठक्कर मात्र’ लागेको दाबी गर्दै पार्टीले सम्पूर्ण उपचार खर्च व्यहोर्ने बताए।
‘सामान्य रुपमा गाडीले छोयो, अस्पताल लगिसकिएको छ। त्यस्तो कुनै नियत थिएन। हामी दुखी छौं र शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं,’ ओलीले भने।

घटनापछि घाइते बालिकालाई बीएण्डबी अस्पताल लगिएको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

तर, मन्त्री प्रेम आले राना चढेको गाडीले ठक्कर दिएको भन्दै स्थानीयवासी आक्रोशित बनेका थिए। उनीहरूले सडक अवरुद्ध गरेर विरोध जनाएका थिए।

सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा बालिका जेब्रा क्रसिङ नजिकै बाटो काट्न लाग्दा गाडीले ठक्कर दिएको देखिन्छ। ठक्करपछि बालिका सडकमा पछारिए पनि गाडी रोकिएन र अघि बढेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

खोलामा डुबेर पुरुषको मृत्यु

   भदौ २१, २०८२       admin

काठमाडौं,२१ भदौ। झापाको भद्रपुर नगरपालिका–३, भैसाबाडीस्थित मेची खोलामा डुबेर एक पुरुषको मृत्यु भएको छ।

आज दिउँसो करिब १२ः२० बजे खोलामा बग्दै गरेको देखेपछि स्थानीयवासीले उद्धार गरी बाहिर निकालेका थिए। तर, उनलाई मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक (प्रनाउ) खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

मृतक झापा कचनकवल गाउँपालिका–६ पैनीटोला निवासी ६२ वर्षीय सोनुलाल मुर्मु रहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार, मुर्मु भारतस्थित छोरीको घर जाने क्रममा मेची खोला तर्ने क्रममा डुबेर मृत्यु भएको हो।

घटनाबारे थप अनुसन्धान र आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

चट्याङ लागेर एकजनाको मृत्यु

   भदौ २१, २०८२       admin

काठमाडौं,२१ भदौ चट्याङ लागेर एकजनाको मृत्यु भएको छ। हेटौंडा उपमहानगरपालिका–१५ कमेरोपानीमा एक जनाको मृत्यु भएको हो।

मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्यामु अर्यालका अनुसार हेटौंडा उपमहानगरपालिका–१६ सानो आकाशधाराका ३७ वर्षीय बुद्धबहादुर प्रजाको घटनास्थलमै मृत्यु भएको हो।

स्थानीय धनबहादुर स्याङ्तानले सञ्चालन गरेको किराना पसलमा दैनिक उपभोग्य सामान किन्ने क्रममा चट्याङ परेपछि उनको ज्यान गएको प्रहरीले जनाएको छ। मृतकको शव परीक्षणका लागि हेटौंडा अस्पताल पुर्याइएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology