दाङ,११ जेठ । देशभरका ३३८ स्थानीय तहले भू–उपयोग वर्गीकरण सम्पन्न गरेका छन्। भू–उपयोग योजना तर्जुमा तथा कार्यान्वयन गर्ने उद्देश्यले गत चैत मसान्तसम्म ती स्थानीय तहले वर्गीकरणको काम सकेका हुन्।
उक्त स्थानीय तहहरूले आधार तथा मापदण्ड तयार गरी नक्सा अद्यावधिक गर्दै कित्तागत विवरणसमेत तयार गरेका छन्।
त्यस्तै, १६९ स्थानीय तहले आधार तथा मापदण्ड तयार गरी नक्सा अद्यावधिक गर्दै कित्तागत विवरण सङ्कलनको काम अघि बढाएका छन् भने विभिन्न कारणले ४७ स्थानीय तहले भने काम सुरु गर्न सकेका छैनन्।
यसैगरी, १५ स्थानीय तहले कृषि क्षेत्रको मापदण्ड तयार गरी विवरण तयार गरिसकेका छन्। १३४ स्थानीय तहले आधार तथा मापदण्ड तयार गरी नक्सा अद्यावधिक गर्ने काम गरिरहेका छन् भने ५० स्थानीय तहमा मापदण्ड तयार गर्ने काम जारी रहेको जनाइएको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव गणेशप्रसाद भट्टका अनुसार भू–उपयोग ऐन तथा नियमावलीले स्थानीय तहलाई भूमिको वर्गीकरण गर्ने अधिकार दिएको छ।
मन्त्रालयका अनुसार कृषि र गैरकृषि जग्गाको वर्गीकरण समयमै भएमा कृषियोग्य जमिनको संरक्षण, खण्डीकरण नियन्त्रण, चक्लाबन्दीमार्फत उत्पादन वृद्धि, खाद्य सुरक्षाको प्रत्याभूति तथा व्यवस्थित सहरीकरण र सुरक्षित आवास व्यवस्थापनमा सहयोग पुग्नेछ।
भू–उपयोग वर्गीकरणका लागि स्थानीय तहलाई आगामी असार मसान्तसम्मको समयसीमा तोकिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,११जेठ। साउदी अरबमा नेपालीसहित आप्रवासी श्रमिक गम्भीर जोखिममा रहेको एक अन्तर्राष्ट्रिय अध्ययन प्रतिवेदनले देखाएको छ। राष्ट्रिय तेल कम्पनी साउदीको आरम्कोका परियोजनामा कार्यरत श्रमिकहरु उच्च जोखिममा रहेको पाइएको हो।
लण्डनस्थित मानवअधिकारसम्बन्धी संस्था ‘फेयर स्क्वायर’ले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार आरम्को परियोजनामा कार्यरत विदेशी श्रमिकलाई अत्यधिक गर्मीमा लामो समय काम गराइने, असुरक्षित आवासमा राखिने, पर्याप्त आराम र पोषणयुक्त खाना नदिने तथा दुर्घटना वा मृत्यु हुँदा समेत उचित क्षतिपूर्ति नपाइने अवस्था रहेको उल्लेख गरिएको छ।
आम्दानीका आधारमा विश्वकै चौथो ठूलो कम्पनी मानिने आरम्कोसँग विश्वकै दोस्रो ठूलो प्रमाणित कच्चा तेल भण्डार रहेको छ। कम्पनीमा साउदी सरकार र सार्वजनिक लगानी कोषको करिब ९८ प्रतिशत स्वामित्व रहेको र तेल बिक्रीबाट प्राप्त आम्दानी साउदी सरकारको कुल राजस्वको करिब दुई तिहाइ हिस्सा हुने बताइएको छ।
‘द वाल स्ट्रिट जर्नल’का अनुसार आरम्कोसँग साउदी अरबभित्र मात्रै १० हजारभन्दा बढी आपूर्तिकर्ता कम्पनी छन्। ती कम्पनीमार्फत विभिन्न उपठेकेदारबाट श्रमिक भर्ना गरिने भएकाले श्रमिकमाथि हुने शोषणमा जिम्मेवारी निर्धारण गर्न कठिन हुने प्रतिवेदनमा उल्लेख छ। यी परियोजनामा साउदीको निर्माण क्षेत्रमा कार्यरत नेपाली श्रमिकको करिब २० प्रतिशत संलग्न रहेको जनाइएको छ।
प्रतिवेदनअनुसार आरम्कोका विभिन्न परियोजनामा कार्यरत श्रमिकले ५० डिग्री सेल्सियसभन्दा बढी तापक्रममा दैनिक १२ देखि १४ घण्टासम्म काम गर्नुपर्ने अवस्था छ। अत्यधिक गर्मीका कारण धेरै श्रमिक कार्यस्थलमै बेहोस हुने गरेका उल्लेख गरिएको छ।
२१ अर्ब अमेरिकी डलर लागतको ‘मार्जन इन्क्रिमेन्ट’ परियोजनामा काम गरेका श्रमिकका अनुभवअनुसार जुन–जुलाई महिनामा तापक्रम ५० डिग्रीभन्दा माथि पुग्ने र पानीको अभावका कारण श्रमिकहरू बारम्बार बेहोस हुने गरेका छन्।
जिजानस्थित परियोजनामा कार्यरत अर्का नेपाली श्रमिकका अनुसार कार्यस्थलमै बेहोस भएका कामदारलाई सामान्य उपचारपछि एक्लै कोठामा छाडिने गरिएको छ। सुरक्षा मापदण्डअनुसार कामबीच आराम गर्न भनिए पनि व्यवहारमा त्यसको पालना नहुने गुनासो गरिएको छ।
लामो समय अत्यधिक गर्मीमा काम गर्नुपर्दा स्वास्थ्यमा गम्भीर असर परेको र केही श्रमिकमा मिर्गौला रोगसमेत देखिएको प्रतिवेदनमा उल्लेख छ।
श्रमिकहरूको आवास अवस्था पनि दयनीय रहेको बताइएको छ। धेरैलाई कन्टेनरमा कोचिएर बस्न बाध्य पारिएको, वर्षा हुँदा करेन्ट लाग्ने जोखिम, अस्वच्छ शौचालय र गुणस्तरहीन खानाको समस्या रहेको उनीहरूको गुनासो छ।
प्रतिवेदनले सबैभन्दा गम्भीर समस्या कामकै क्रममा मृत्यु वा गम्भीर बिरामी पर्दा श्रमिकका परिवारले न्याय र क्षतिपूर्ति नपाउनु रहेको औँल्याएको छ। अध्ययन गरिएका ६ घटनामध्ये एक परिवारले मात्र उचित क्षतिपूर्ति पाएको उल्लेख गरिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,११ जेठ। आज सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ हजार ८ सय रुपैयाँले वृद्धि भएको हो। हिजो आइतबार तोलाको २ लाख ९० हजार रुपैयाँमा कारोबार भएको सुन आज बढेर २ लाख ९२ हजार ८ सय रुपैयाँ पुगेको छ।
यस्तै, चाँदीको मूल्य पनि तोलामा १४० रुपैयाँले बढेर ५ हजार १५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तुलसीपुरको सभापतिमा पुनः जीवन भण्डारी चयन भएका छन्।
आइतबार तुलसीपुरमा सम्पन्न अधिवेशनले भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। समितिको सचिवमा पनि पुनः कमल बस्नेत चयन भएका छन्।
यद्यपि, उपसभापति र सहसचिव पद भने टुंगिन बाँकी रहेको छ। उपसभापतिमा निर्मला वली र शोभा धितालले दाबी गरेपछि सहमति जुट्न सकेको छैन।
त्यस्तै सहसचिव पदका लागि नेत्र भण्डारी, यज्ञमूर्ति भट्टराई र नरेन्द्र केसीलगायतको दाबी रहेको बताइएको छ।
तुलसीपुर नगर समितिमा कुल १४ सदस्यीय कार्यसमिति रहने व्यवस्था छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१० जेठ । दाङको तुलसीपुरमा एक १९ वर्षीया किशोरीमाथि सामूहिक करणी भएको छ। करणीको आरोपमा दुई जना पक्राउ परेका छन् भने एक जना फरार रहेका छन्।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१० बनगाउँका २४ वर्षीय ओम चौधरी र २२ वर्षीय राजेन्द्र चौधरी रहेका छन्। सोही स्थानका करिब २५ वर्षीय राजेश चौधरी फरार रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरीका अनुसार ओम र किशोरीबीच पहिलेदेखि नै चिनजान तथा सम्बन्ध रहेको थियो। ओमले विवाह गर्ने भन्दै जेठ ५ गते राति किशोरीलाई भेट्न बोलाएका थिए र सो क्रममा आफ्ना दुई साथीलाई समेत सँगै लगेका थिए।
उनीहरूबीच गाउँ नजिकैको एकान्त स्थानमा भेट भएको र सोही क्रममा किशोरीमाथि सामुहिक बलात्कार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार ओमका साथीहरू पछि घटनास्थलमा आएका थिए र किशोरीमाथि सामूहिक करणी गरेको आरोप छ। घटनापछि पीडितलाई त्यहीँ छाडेर उनीहरू फर्किएको बताइएको छ।
घटनाको भोलिपल्ट पीडितले आफन्तको सहयोगमा इलाका प्रहरी कार्यालय तुलसीपुरमा किटानी जाहेरी दिएकी थिइन्। जाहेरीपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको हो भने फरार आरोपीको खोजी जारी रहेको छ।
पक्राउ परेकाहरूमाथि ‘जबरजस्ती सामूहिक करणी’ सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी होमबहादुर पराजुलीले जानकारी दिएका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१० जेठ । महोत्तरीमा घटना सुजिता ठाकुर हत्याकाण्डका १३ आरोपीमध्ये १० जनालाई अदालतले सफाइ दिइएको छ ।
विसं २०७८ मा लोहारपट्टी नगरपालिका-७ भ्रमरपूरा गाउँकी २६ वर्षीया सुजिता ठाकुरलाई आफ्नै देवर, ससुरालगायतले हत्या गरेर महिना दिनसम्म बेपत्ता पारेको अवस्थामा प्रहरीले शौचालयको सेफ्टी ट्याङ्कीबाट शव बरामद गरेको घटनाका आरोपीमध्ये १० जनालाई पाँच वर्षपछि महोत्तरी जिल्ला अदालतले सफाइ दिएको छ ।
महोत्तरी जिल्ला अदालतका सूचना अधिकारी एवं श्रेस्तेदार भरतमणि पोखरेलका अनुसार न्यायाधिश तीर्थराज केसीको इजलासले सो मुद्दामा १० जनालाई सफाइ दिने आदेश दिएका हुन् ।
व्यक्ति बेपत्ता तथा ज्यानसम्बन्धी कसुर मुद्दामा आरोपीहरुमध्ये कामेश्वर पाण्डे, अञ्जुकुमारी चौधरी, मोहमद अदम राइन, किशोरी मण्डल, विनोद मण्डल, नथुनी मण्डल, प्रिया ठाकुर, रामसखी देवी, पतिराम ठाकुर र भोगी महतोलाई अदालतले सफाइ दिएको हो ।
आरोपीहरु उत्तम खत्वे र दुखी महतो नुनियाको हकमा मुद्दा मुल्तवी गरिएको श्रेस्तेदार पोखरेलले जानकारी दिए ।
मृतक सुजिताका देवर रुपेश ठाकुरलाई महोत्तरी जिल्ला अदालतले जन्मकैदको सजाय, हकवालालाई क्षतिपूर्तिवापत रु ५० हजार भराइ दिने तथा पीडित राहत कोषमा रु दुई हजार ८०० दाखिला गर्ने आदेश दिइएको छ ।
विसं २०७८ जेठ २० गते राति लोहारपट्टी नगरपालिका-७ भ्रमरपूरा गाउँका मुकेश ठाकुरकी पत्नी २६ वर्षीया सुजिता ठाकुरलाई देवर रुपेश ठाकुरसहितका व्यक्ति मिलेर हत्या गरेर सुरुमा घरकै फ्रिजमा, त्यसपछि गाउँकै मनरहिया वनमा खाल्डो खनेर गाडेको र त्यसपछि त्यहाँबाट विभिन्न व्यक्तिको सहयोगमा शव निकालेर पेट्रोल पम्पको सेफ्टी ट्याङ्कीमा राखेको अवस्थामा प्रहरीले शव बरामद गरेको थियो ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रथम राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै संगठनात्मक तयारीका लागि विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगले जारी गरेको कार्ययोजनाअनुसार महाधिवेशन व्यवस्थापन र निर्वाचनसम्बन्धी कामहरू चरणबद्ध रूपमा सम्पन्न गरिनेछ। महाधिवेशन असार ७, ८ र ९ गते चितवनमा आयोजना हुने तय गरिएको छ।
कार्यतालिकाअनुसार ७७ जिल्ला र ७ प्रदेशमा निर्वाचन समिति गठन गर्ने प्रक्रिया जेठ ७ देखि सुरु भई जेठ १५ भित्र सम्पन्न गरिनेछ। आवश्यक कागजात वितरण र संगठनात्मक निर्देशनका काम भने जेठ १० भित्र सक्नुपर्ने व्यवस्था गरिएको छ।
स्थानीय तहदेखि जिल्ला तहसम्मका अधिवेशन प्रतिवेदनहरू जेठ २० भित्र संकलन गर्नुपर्नेछ भने जिल्ला अधिवेशनसम्बन्धी अन्तिम प्रतिवेदन जेठ ३० गतेसम्म बुझाइसक्नुपर्नेछ।
महाधिवेशन प्रतिनिधिहरूको नामावली जेठ २५ गतेसम्म तयार गरी पेश गर्नुपर्नेछ। यस्तै, प्रदेश अधिवेशनबाट चयन भएका पदाधिकारीहरूको विवरण असार ५ भित्र केन्द्रीय तहमा बुझाउनुपर्नेछ।
निर्वाचन प्रक्रियालाई प्रविधिमैत्री बनाउन इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोगबारे जेठ ७ देखि असार ५ सम्म छलफल र तयारी गरिने जनाइएको छ।

केन्द्रीय निर्वाचन आयोगका उपप्रमुख राम गुरुङले प्रदेश समितिहरूलाई जिल्ला तहसँग समन्वय गरी कार्यतालिका अनुसार तयारी प्रभावकारी रूपमा अघि बढाउन आग्रह गरेका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१० जेठ । देशभर सवारी दुर्घटनाको प्रमुख कारणका रूपमा तीव्र गति देखिएको छ। वैशाख महिनामा भएका कुल दुर्घटनामध्ये आधाभन्दा बढी तीव्र गतिका कारण भएको नेपाल प्रहरीको तथ्याङ्कले देखाएको छ।
प्रहरीका अनुसार उक्त महिनामा देशभर २ हजार २९४ सवारी दुर्घटना भएका छन्, जसमध्ये १ हजार २५३ दुर्घटना तीव्र गतिका कारण भएका हुन्। त्यस्तै चालकको असक्षमताका कारण १३७, हतारमा बाटो काट्दा १३३, मादक पदार्थ सेवनका कारण ११२ र अनावश्यक ओभरटेक गर्दा ४६ दुर्घटना भएका छन्।
दुर्घटनामा परी १५८ पुरुष, ५४ महिला र २७ बालबालिका गरी कुल २३९ जनाको मृत्यु भएको छ। साथै ७५२ जना गम्भीर र ३ हजार २२० जना सामान्य घाइते भएका छन्।
उक्त अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्नेविरुद्ध १ लाख ३७ हजार ९४ कारबाही गरिएको छ भने ११ करोड ८२ लाख ७४ हजार १८९ रुपैयाँ राजस्व असुल गरिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा ३ हजार ३३४ सवारी साधन संलग्न रहेका छन्, जसमा दुई पाङ्ग्रे सवारी साधन सबैभन्दा बढी रहेका छन्।
समयअनुसार हेर्दा साँझ ६ बजेदेखि राति १२ बजेसम्म सबैभन्दा बढी, ८५९ दुर्घटना भएका छन्। त्यसपछि मध्याह्न १२ देखि साँझ ६ बजेसम्म ८५०, बिहान ६ देखि १२ बजेसम्म ५०६ र मध्यराति १२ देखि बिहान ६ बजेसम्म ७८ दुर्घटना भएको तथ्याङ्क छ।
यसैबीच, पछिल्लो २४ घन्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने ९४ जना घाइते भएका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१० जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बेलायत सरकारकी इन्डोप्यासिफिक मामिलामन्त्री सीमा मल्होत्रासंग शिष्टाचार भेटवार्ता गरेका छन्। भेटका क्रममा नेपाल र बेलायतबीचको ऐतिहासिक तथा मैत्रीपूर्ण सम्बन्ध, विकास साझेदारी र लुम्बिनी प्रदेशको विकासका प्राथमिकताबारे छलफल भएको छ। मुख्यमन्त्री आचार्यले प्रदेश सरकार दिगो, समावेशी र रोजगारमुखी आर्थिक वृद्धिमा केन्द्रित रहेको बताए।
उनले उत्पादनमुखी लगानी, कृषि आधुनिकीकरण, पर्यटन प्रवर्द्धन, औद्योगिक विस्तार, पूर्वाधार निर्माण र डिजिटल नवप्रवर्तनमार्फत प्रदेशको अर्थतन्त्र रूपान्तरण गर्ने लक्ष्य रहेको जानकारी दिए।
आचार्यले बुद्ध जन्मस्थल लुम्बिनीले विश्वलाई शान्ति र सहिष्णुताको सन्देश दिएको उल्लेख गर्दै पर्यटन, लगानी र मानव पुँजी विकासमा बेलायतसँग थप सहकार्य हुने विश्वास व्यक्त गरे।
भेटमा मानव पुँजी विकास, सिप अभिवृद्धि, स्वास्थ्य प्रणाली सुदृढीकरण, जलवायु परिवर्तन अनुकूलन, कृषि रूपान्तरण, दिगो पूर्वाधार र सुशासनका क्षेत्रमा सहकार्यबारे पनि छलफल भएको थियो।
त्यस अवसरमा बेलायती मन्त्री मल्होत्राले लुम्बिनीको विकासबाट नेपालले ठूलो लाभ लिन सक्ने बताउँदै आवश्यक सहयोग र सहकार्य गर्न बेलायत सरकार प्रतिबद्ध रहेको जानकारी दिइन्।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१० जेठ। नेपाली बजारमा सुनको मूल्यमा एकैदिन ठूलो गिरावट आएको छ। आइतबार सुनको भाउ २ हजार ८ सय रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आज घटेर प्रतितोला सुनको मूल्य २ लाख ९० हजार ९०० रुपैयाँ कायम भएको छ। यसअघि शुक्रबार सुन प्रतितोला २ लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी चाँदीको मूल्य पनि घटेको छ। आइतबार चाँदी प्रतितोला १ सय ५ रुपैयाँले घटेर ५ हजार १० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी ५ हजार १ सय १५ रुपैयाँमा किनबेच भएको थियो।
अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै पछिल्ला दिनमा सुन–चाँदीको मूल्यमा उतारचढाव देखिँदै आएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस