काठमाडौँ, १९ भदौ । फेसबुकलगायतका सामाजिक सञ्जाललाई सूचीकरणका लागि सरकारले दिएको ७ दिने म्याद बुधबार मध्यरातमा सकिएको छ । यसबारे थप निर्णय लिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा अहिले बैठक जारी छ ।
दर्ता नभएका सामाजिक सञ्जाललाई क्रमशः निष्क्रिय गराउने र प्रक्रियामा आएपछि पुनः सक्रिय गर्ने तयारी सरकारको रहेको मन्त्रालय स्रोतले जनाएको छ ।
सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ, सचिव राधिका अर्याल, सहसचिव एवम् सञ्चार महाशाखा प्रमुख गजेन्द्रकुमार ठाकुर, सूचना प्रविधि महाशाखा प्रमुख सहसचिव आदेश खड्का, नेपाल दुरसञ्चार प्राधिकरणका पदाधिकारीसहितको बैठकमा सामाजिक सञ्जाल निष्क्रिय गर्ने विधि र प्रक्रिया तय गर्नेबारे छलफल भइरहेको छ ।
नेपालमा भाइबर, टिकटक, विटक, निम्बजजस्ता सामाजिक सञ्जाल सूचीकरण भइसकेका छन् । टेलिग्राम र ग्लोबल डायरी सूचीकरणको प्रक्रियामा छन् । तर, फेसबुक, ट्वीटर (एक्स), वाट्सएपजस्ता ठूला सामाजिक सञ्जाल सूचीकरणमा नआएको मन्त्रालयका अधिकारीले जनाएका छन् ।
मन्त्रालयले यसअघि नै ती कम्पनीलाई इमेलमार्फत पत्राचार गरी सूचीकरणमा आउन आग्रह गरेको थियो ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, १९ भदौ। नेवा देय दवुको ३१ औं स्थापना दिवसलाइ नेवा देय दवु तुलसीपुरले आज एक कार्यक्रमका बीच मनाएको छ। संस्थाले वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत तुलसीपुरस्थित मानव सेवा आश्रममा भोजन वितरण गरी स्थापना दिवस मनाएको हो।
कार्यक्रममा संस्थाका अध्यक्ष शिव श्रेष्ठले स्थापना दिवसलाई उत्सव मात्र नभई सामाजिक सेवा र मानवीय मूल्यहरूलाई व्यवहारमा उतार्ने अवसरका रूपमा लिइएको बताउँदै आगामी दिनमा पनि यस्ता सेवामूलक क्रियाकलापलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा करिब ७० जना आश्रमका आश्रितहरूलाइ भोजन वितरण गरिएको थियो ।
संस्थाका पदाधिकारी तथा सदस्यहरुको सक्रिय सहभागिता रहेको उक्त कार्यक्रममा उपस्तिथ व्यक्तिहरुले यस प्रकारका कार्यक्रमहरूले समाजमा सेवा र सहानुभूतिपूर्ण संस्कृतिको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,१९ भदौ । सुनसरीको झुम्का कारागारमा फेरि एक कैदीबन्दीको मृत्यु भएको छ।
ज्वरोले बिरामी भएका सप्तरी राजविराज–८ का ४६ वर्षीय जलेश्वर यादवको बुधबार साँझ उपचारकै क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। जिल्ला प्रहरी प्रमुख एसपी सुमन तिम्सिनाका अनुसार ज्वरोका कारण जिल्ला अस्पतालमा भर्ना गरिएका यादवलाई श्वासप्रश्वासमा समस्या आएपछि उपचारकै क्रममा मृत्यु भएको हो।
जेल प्रशासनका अनुसार यादवलाई बुधबार साँझ ५:३० बजे जिल्ला अस्पताल पुर्याइएको थियो। त्यसपछि उपचारकै क्रममा उनको मृत्यु भएको जेलर राम निरौलाले जानकारी दिए। जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएका यादव केही दिनदेखि बिरामी थिए।
कारागार प्रशासनका अनुसार हाल झुम्का कारागारका १३ जना सिकिस्त ज्वरोका बिरामीलाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाइएको छ। साथै, कैदीबन्दीबीच ज्वरो बढेपछि जिल्ला अस्पताल इनरुवा र वीपी कोइरालाको चिकित्सक टोलीले बुधबार मध्यरातसम्म कारागारमै स्वास्थ्य शिविर सञ्चालन गरी बिरामीको स्वास्थ्य परीक्षण र औषधि वितरण गरेको हो।
जेलर निरौलाका अनुसार बिरामीको संख्या बढ्दो भएकाले चिकित्सक टोलीलाई हाइ अलर्टमा राखेर नियमित स्वास्थ्य परीक्षण र उपचार गर्ने व्यवस्था गरिएको छ।
पछिल्लो एक सातामा मात्रै झुम्का कारागारमा तीन कैदीबन्दीको मृत्यु भइसकेको छ। यसअघि भदौ १५ गते सुनसरी गढी–६ का ५२ वर्षीय रामदेव उराँव र भदौ १६ गते धरान–१० का २४ वर्षीय सागर राईको ज्यान गएको थियो।
हाल झुम्का कारागारको ‘ए’ र ‘बी’ ब्लकमा गरेर १ हजार ७९८ जना कैदीबन्दी रहेका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,१८ भदौ। नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्र सिंह ऐरी टी-२० अन्तर्राष्ट्रिय अलराउन्डरको वरीयतामा एक स्थान तल झरेका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा अफगानिस्तानका मोहम्मद नाबी दोस्रो स्थानमा उक्लिँदै ऐरीलाई तेस्रो स्थानमा धकेलेका हुन्। पहिलो स्थान भने भारतका हार्दिक पाण्ड्याले जोगाइरहेका छन्।
चौथो स्थानमा वेस्टइन्डिजका रोस्टन चेज स्थिर छन् भने इङ्ल्यान्डका लियम लिभिङ्स्टोन पाँचौँ स्थानमा कायम छन्।
नेपालका अन्य खेलाडीहरूको वरीयता पनि सार्वजनिक भएको छ। अलराउन्डरमा कुशल भुर्तेल ३४ औँ स्थानमा यथावत् छन् भने गुल्सन झा ५९ औँ स्थानमा छन्। कप्तान रोहित पौडेल एक स्थान तल झर्दै ७० औँ स्थानमा पुगेका छन्। त्यस्तै, कुशल मल्ल ७१ औँ स्थानमा र करण केसी ८९ औँ स्थानमा झरेका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
कञ्चनपुर,१८ भदौ । नदीमा हाम फालेका एक युवक मृत्त फेला परेका छन् । कञ्चनपुरको बेदकोट नगरपालिका–१० बल्मा नदीमा हाम फालेका एक युवक मृत अवस्थामा फेला परेका हुन् ।
हिजो मंगलबार अपरान्ह्को समयमा स्थानीय २० वर्षका बलभद्र रानाले नदीको साइपनमा हाम फालेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रहरीका अनुसार साइपनमा हाम फालेको सूचना वडाध्यक्ष रतनसिंह विष्टमार्फत आएको थियो ।
घटनापछि तत्कालै इलाका प्रहरी पोस्ट, दैजीका प्रहरी नायब निरीक्षक जगदीश भट्टको कमान्डमा तीन जना, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट प्रहरी नायब उपरीक्षक ९प्रनाउ० सागर बोहराको कमान्डमा १२ जनाका साथै सुदूरपश्चिम प्रदेश प्रहरी विपद् व्यवस्थापन गुल्म, महेन्द्रनगरबाट प्रहरी नायब निरीक्षक ललितसिंह विष्टको कमान्डमा ६ जना प्रहरी परिचालन गरिएको थियो ।
खोजतलासका आज बिहान घटनास्थलभन्दा करिब २५० मिटर पूर्व नहरको किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,१८ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कर्मचारीलाई घुससहित पक्राउ गरेको छ । मालपोत कार्यालय धुलिखेलमा खरिदार कार्यरत पदमा कार्यरत ज्ञानेन्द्रप्रसाद भण्डारी दुई लाख रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।
काभ्रेपलाञ्चोकको दोलालघाटको जग्गा फिल्ड बुकमा दर्ता छुट भएको र जग्गाधनीको नाममा दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, भण्डारीलाई सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा रकम र मोबाइल फोनसहित मालपोत कार्यालयको परिसरमै नियन्त्रणमा लिइएको हो । आयोगले त्यसबारे थप अनुसन्धान गरिरहेको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,१८ भदौ । विश्वकै सर्वोच्च शिखर सगरमाथामा थुप्रिने फोहर सङ्कलनका लागि ड्रोनको प्रयोग हुँदै आएको छ। बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमक्स इन्क ले नेपालको ड्रोन कम्पनी एअरलिफ्ट टेक्नोलोजीसँग सहकार्य गरी यो कार्य थालेको हो।
साइमक्स इन्कका अनुसार कम्पनीले सगरमाथा क्षेत्रबाट करिब एक हजार किलो फोहर सङ्कलन गर्ने लक्ष्य लिएको छ। बीवाईडीले विश्वव्यापी रूपमा ‘कूल द अर्थ वाई वान डिग्री’ नारासहित जलवायु परिवर्तनविरुद्ध सुरू गरेको अभियान अन्तर्गत नै नेपालमा सगरमाथा क्षेत्र सफाइ अभियान सञ्चालन गरिएको हो।
यो अभियान स्वच्छ ऊर्जाको प्रवर्द्धन र शून्य कार्बन उत्सर्जनमार्फत पृथ्वीको तापक्रम वृद्धिलाई नियन्त्रणमा राख्ने उद्देश्यले अघि बढाइएको बताइएको छ। साइमक्स इन्कका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठ का अनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले आर्थिक तथा प्राविधिक दुवै किसिमको सहयोग गर्दै आएको छ।
एअरलिफ्ट टेक्नोलोजीका निर्देशक मिलन पाण्डे का अनुसार फोहर सङ्कलनमा प्रयोग हुने ड्रोनहरू झण्डै १५ मिटर प्रति सेकेन्डको गति र माइनस १५ डिग्री सेल्सियससम्मको चिसोमा काम गर्न सक्छन्। उनका अनुसार ६ हजार १३० मिटर उचाइमा रहेको फोहर ड्रोनमार्फत आधार शिविरमा ल्याउने कार्य भइरहेको छ।
फोहर व्यवस्थापन भने सगरमाथा प्रदूषण नियन्त्रण समिति र खुम्बु पासाङल्हामु गाउँपालिका को सहकार्यमा भइरहेको छ। सन् २०२४ मा मात्रै सगरमाथाको क्याम्प–१ बाट २३४ किलो र अमादब्लम हिमालबाट ६४१ किलो फोहर सङ्कलन गरिएको थियो। नेपाल पर्वतारोहण सङ्घका प्रथम उपाध्यक्ष तथा आरोही मिङ्मा डेभिड शेर्पा ले आरोहीहरूले सगरमाथामा फोहर छाड्ने गरेकोले समस्या बढिरहेको बताए। उनका अनुसार फोहर सङ्कलनमा ठूलो खर्च र जोखिम हुने भएकाले प्रविधिको प्रयोगले निकै सहज र प्रभावकारी भएको छ। फोटोः साभार
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,१८ भदौ । किसानका लागि वितरण गर्न पठाएको मल लुकाएर राख्ने व्यापारी पक्राउ परेका छन् । सरकारले किसानलाई वितरण गर्न पठाएको दुईसय बोरा अनुदानको मल लुकाएर आफ्नो गोदाममा भण्डार गर्ने व्यापारीलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा उदयपुरको कटारीस्थित आशुतोष ट्रेडर्स एण्ड जनरल स्टोर्सका सञ्चालक दिलीप चौधरी छन् । धौधरीलाई पक्राउ गरेर मंगलबार मात्रै जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय कटारीका डीएसपी कमल बजगाईँले बताए ।
जिल्ला प्रशासन कार्यालय उदयपुरको बजार अनुगमन टोलीले १२ भदौमा अनुगनमन गर्दा चौधरीले सञ्चालन गरेको आशुतोष ट्रेडर्स एण्ड जेनरल स्टोर्सको गोदाममा अनुदानको मल फेला परेको थियो ।
अनुदानको मल अवैध तरिकाले लुकाएर राखेको पाइएपछि शिलबन्दी गरेर अनुसन्धान अघि बढाइएको थियो ।
उक्त मल सर्वदलीय छलफलपछि अहिले किसानलाई वितरण गर्ने काम अघि बढाइएको छ ।
१७५ बोरा मल वडा नं १ देखि ७ नम्बर वडासम्म वितरण गर्ने निर्णय गरिएको थियो । इलाका प्रहरी कार्यालय बाट किसानलाई वितरण गर्न मल वडा वडामा लगिसकेको डीएसपी बजगाईंले बताए ।
नगरपालिकाले वितरण गरेको मलको मूल्य एक हजार लिएर किसानलाई वितरण गरिने सर्वदलीय बैठकले निर्णय गरेको छ । मल वितरणको रकम भने राजस्वको खातामा जम्मा गरिने भएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं, १८ भदौ । मुस्ताङको जोमसोमस्थित कारागारमा कैदीबन्दी र सुरक्षाकर्मी एउटै भवनमा बस्न बाध्य भएका छन्। कारागार भवनका दुई कोठामा कैदीबन्दी र तीन कोठामा सुरक्षाकर्मी बस्दै आएका छन्।
एउटै संरचनामा दुवैको बसाइँ हुँदा सुरक्षा चुनौतीसँगै विभिन्न समस्या देखापरेको छ। ढुंगा र माटोले बनेको करिब आधा शताब्दी पुरानो कारागार भवनमा छत चुहिने समस्या बढेपछि जस्ताले छाउनुपरेको छ। त्यही जीर्ण भवनमा सुरक्षाकर्मी मात्र नभई प्रशासनिक कर्मचारी पनि बस्न बाध्य छन्।
विसं २०३७ मा स्थापना भएको कारागारमा आवश्यक भौतिक संरचना अभावका कारण कैदीबन्दी, सुरक्षाकर्मी र कर्मचारी सबैले सास्ती भोगिरहेका छन्। पछिल्लो समय वर्षा बढेसँगै भवन असुरक्षित भएको कारागारका निमित्त प्रमुख युवराज तिमिल्सिनाले बताए। कारागारमा आठ कर्मचारीको दरबन्दी रहे पनि प्रशासक, स्वास्थ्यकर्मी, खरिदारलगायत पदहरू रिक्त छन्। सहायक कम्प्युटर अपरेटरको समेत सरुवा भइसकेकाले व्यवस्थापनमा थप समस्या परेको छ।
यसबाहेक, एक प्रहरी वरिष्ठ नायब निरीक्षकको कमाण्डमा ११ सुरक्षाकर्मी खटाइएका छन्। १५ जनाको क्षमता भएको कारागारमा हाल २२ देखि ६८ वर्ष उमेर समूहका १२ कैदीबन्दी रहेका छन्।
निमित्त प्रमुख तिमिल्सिनाका अनुसार सुरक्षाकर्मीका लागि बेग्लै आवास भवन नभएको, सवारीसाधनको अभाव, खानेपानी समस्या, कमजोर पर्खाल, छानो चुहिने समस्या र कैदीबन्दीलाई स्वास्थ्योपचार वा अदालतमा म्याद थपका लागि लैजान गाह्रो हुने जस्ता चुनौती कायम छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,१८ भदौ । विद्यालय जान घरबाट निस्किएका दुई किशोरी बेपत्ता भएका छन् । चितवनको खैरहनी नगरपालिका–२ चैनपुरमा बस्दै आएका दुई किशोरी बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा १५ वर्षीया निर्मला रानामगर र १४ वर्षीया न्यान्सी बिसुरुवाल रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रविन्द्र खनालले जानकारी दिए।
निर्मला र न्यान्सी कक्षा ९ मा अध्ययनरत विद्यार्थी हुन्। उनीहरू भदौ १७ गते मध्यान्ह १२ बजे विद्यालय जान्छु भनि निस्केका थिए। पछि उनीहरू विद्यालय, घर, परिवार, आफन्तको सम्पर्कमा नआएको भन्दै अभिभावकले प्रहरीकोमा उजुरी दिएको प्रवक्ता खनालले जानकारी दिए।
घरबाट निस्कँदा उनीहरू दुवै जनाले स्कुल ड्रेस लगाएको अभिभावकले जानकारी दिएका छन्। उनीहरूलाई कोही कसैले कतै देखेमा नजिकको प्रहरी कार्यालयमा आफन्तलाई खबर गर्न प्रहरीले अनुरोध गरेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस