काठमाडौं,१७ भदौ । रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका–६ सोलेस्थित खोलामा मोटरसाइकल दुर्घटनामा परि हराएका दुई जनाको शव फेला परेको छ।
भाद्र १५ गते गोसाईकुण्ड–६ ठाडे बस्ने २४ वर्षीय सुदिप घले र २३ वर्षीय दावा डेण्डुप तामाङ एएए–३८१७ नम्बरको मोटरसाइकलमा धुन्चेतर्फ गएका थिए। उनीहरू सम्पर्कविहीन भएपछि आफन्तले भाद्र १७ गते जिल्ला प्रहरी कार्यालय रसुवामा खोजीका लागि निवेदन दिएका थिए।
निवेदनपछि श्रीनाथ गण धुन्चेस्थित चेकपोस्टको सिसिटिभी फुटेज हेरिँदा भाद्र १५ गते राति करिब १० बजे उनीहरू धुन्चेतर्फ जाँदै गरेको देखिएको थियो। त्यसकै आधारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नं. २० गुल्म रसुवाको संयुक्त टोली खोजीमा परिचालन गरिएको थियो।
खोजीका क्रममा एक शव रोप रेस्क्यु विधिबाट निकाल्ने कार्य भइरहेको छ भने अर्को शव सोही खोलामा स्थानीयले देखेको जानकारी प्राप्त भएको छ।
प्रहरीका अनुसार घटनास्थलको अवस्थाले मोटरसाइकल सडकबाट करिब २५० मिटर तल खोलामा खसेर दुर्घटना भएको अनुमान गरिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,१७ भदौ । सुडानको पश्चिमी क्षेत्रमा पहिरो जाँदा कम्तीमा एकहजार जनाको मृत्यु भएको छ। पहिरो जाँदा सो सँख्यामा मृत्यु भएको त्यहाँको विद्रोही संगठन सुडान लिबरेशन मुभमेन्ट आर्मी०ले जनाएको छ ।
बीबीसीका अनुसार, यो घटना पश्चिमी सुडानको मर्रा पर्वतस्थित टाढाको क्षेत्रमा भएको हो।
संगठनका अनुसार लगातार धेरै दिनसम्म परेको भारी वर्षाका कारण ३१ अगस्टमा पहिरो गएको हो। यसमा तारासिन गाउँको ठूलो हिस्सा विनाश भएको छ ।
‘प्रारम्भिक विवरणअनुसार गाउँका सबै बासिन्दाको मृत्यु भएको छ, जसको संख्या १,००० भन्दा बढी हुने अनुमान छ। केवल एक जना मात्र जीवित छन्,’ समूहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
विद्रोहीहरूले संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय सहायता निकायहरूसँग पीडितहरूको शव उद्धार तथा राहतका लागि सहयोग गर्न अपिल गरेका छन्। मृतकमध्ये बालबालिका पनि रहेका छन्।
सुडानमा तीन वर्षदेखि चलिरहेको गृहयुद्धले देशलाई विश्वकै भीषणतम मानवीय संकटमध्ये एकमा धकेलेकै बेला यो प्राकृतिक विपत्ति थपिएको हो ।
सञ्चार संस्था अल जजिराका अनुसार, दारफुरका केही भागमा भने पहिले नै भोकमरी घोषणा भइसकेको छ। समाचार संस्था रोयटर्सका अनुसार, उक्त क्षेत्रमा खाद्यान्न र औषधि अभाव भएको छ ।
सुडान लिबरेशन मुभमेन्टरआर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा पहिरो गएको हो । यो संगठन सुडानको सेनासँगै मिलेर अर्धसैनिक र्यापिड सपोर्ट फोर्सेस ९आरएसएफ० विरुद्ध लडिरहेको छ।
उक्त युद्धकै कारण उत्तर दारफुर राज्यका धेरै बासिन्दाले मर्रा पर्वत क्षेत्रमा शरण लिएका थिए।
अप्रिल २०२३ मा सुडानको सेना र आरएसएफबीच सुरु भएको गृहयुद्धले देशलाई भोकमरीतिर धकेलिरहेको छ । पश्चिमी दारफुर क्षेत्रमा जातीय संहारका घटना भइरहेका आरोपहरू लागिरहेका छन्।
गृहयुद्धमा मारिएका मानिसहरूको संख्या फरक–फरक बताइन्छ। तर एक अमेरिकी अधिकारीले गत वर्ष करिब १।५ लाख मानिसको मृत्यु भइसकेको आकलन गरेका थिए । युद्धका कारण करिब १।२ करोड मानिस आफ्नो घर छोड्न बाध्य भएका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,१७ भदौ । विद्यालय शिक्षा विधेयकका प्रावधानलाई निजी विद्यालय नियमनका नाममा अन्त्यतर्फ लैजाने प्रयास भएको भन्दै राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन)ले आपत्ति जनाएको छ। लामो समयपछि आएको विद्यालय शिक्षा ऐन अहिले संसद्मा विधेयकका रूपमा छलफलमा रहेको छ।
नेसनल प्याब्सनले सोमबार पत्रकार सम्मेलन गर्दै प्रस्तावित विधेयकमा उल्लेख भएका निजी विद्यालयलाई गैरनाफामूलक बनाउने, पूर्ण छात्रवृत्ति, सामाजिक सुरक्षा कोषलगायतका प्रावधानप्रति असन्तुष्टि जनाएको हो। अन्य निजी विद्यालय संगठनहरूले आन्दोलनको घोषणा गरिरहेका बेला एनप्याब्सन केन्द्रीय समितिले भने माग सार्वजनिक गर्दै विरोध जनाएको छ।
एनप्याब्सनका वरिष्ठ उपाध्यक्ष सुवोधकुमार डाँगीले विधेयकले निजी लगानीका विद्यालयलाई नियमनको नाममा अन्त्य गर्न खोजिएको आरोप लगाए। उनले निजी विद्यालयहरूले राज्यलाई कर बुझाउँदै आएको र सबै विद्यालयहरूले प्रदान गर्दै आएको १० प्रतिशत छात्रवृत्ति यथावत् राख्न आग्रह गरे।
केन्द्रीय समिति अध्यक्ष गीता क्षेत्री राणाले ‘पूर्ण छात्रवृत्ति’ को व्यवस्था व्यावहारिक नभएको बताइन्। उनका अनुसार पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थीलाई पोसाक, पुस्तक, स्टेशनरी, आवास, भोजन, यातायातसमेत उपलब्ध गराउँदा शुल्क बढ्ने र त्यसको भार अभिभावकमा पर्ने भएकाले “पूर्ण” भन्ने शब्द हटाउनुपर्ने माग राखिएको हो।
राणाले विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाउनुपर्ने भनाइ पनि अव्यावहारिक रहेको उल्लेख गरिन्। उनका अनुसार कुनै पनि व्यवसाय नाफारहित हुन नसक्ने भएकाले विद्यालयलाई नाफारहित बनाउन खोज्नुले शैक्षिक र भौतिक विकासमा अवरोध पुर्याउँछ। शुल्क निर्धारणको मापदण्ड विधेयकमा नै तोकिएको अवस्थामा “गैरनाफामूलक” भन्ने शब्दावली आवश्यक नरहेको उनको भनाइ छ।
पूर्वप्राथमिक शिक्षा सम्बन्धमा पनि नेसनल प्याब्सनले आपत्ति जनाएको छ। अभिभावकले शुल्क तिरेर ३ वर्षको पूर्वप्राथमिक कक्षा लिइरहेका बेला त्यसलाई कानुनले रोक्नु व्यावहारिक नहुने उसले प्रष्ट पारेको छ। यस्तै, विद्यालयलाई प्रत्येक वर्ष एक–एक कक्षा थप्ने स्वीकृति दिने व्यवस्थाभन्दा तहगत अनुमति दिने प्रावधान व्यावहारिक हुने सुझाव दिइएको छ।
शिक्षक तथा कर्मचारीको तलबभत्ताबारे नेसनल प्याब्सनले हाल प्रचलित ६०/४० को व्यवस्था (६० प्रतिशत तलबभत्ता र ४० प्रतिशत सञ्चालन, घरभाडा, ब्याज र छात्रवृत्तिमा खर्च) लागू गर्नुपर्ने आग्रह गरेको छ। विद्यार्थी संख्या र शुल्क कम भएका विद्यालयमा सरकारले तोकेको तलब दिन नसक्ने भएकाले विद्यालय वर्गीकरण आवश्यक रहेको उसले स्पष्ट पारेको छ।
सामाजिक सुरक्षा कोषसम्बन्धमा एनप्याब्सनका सचिव तेन्जिङ भुटियाले कोष सरकारी आधारभूत तलबमा आधारित हुने भएकाले धेरै विद्यालयमा व्यावहारिक नहुने बताए। उनका अनुसार यसलाई सबै विद्यालयमा अनिवार्य गर्दा विद्यालय बन्द हुने, शिक्षक–कर्मचारी बेरोजगार हुने अवस्था आउन सक्ने भएकाले ‘क’ श्रेणीबाहेक अन्य विद्यालयका लागि स्वेच्छिक बनाउनुपर्ने माग गरिएको छ।
त्यस्तै, उच्च शिक्षा छात्रवृत्तिमा सामुदायिक विद्यालयमा मात्र अध्ययन गरेका विद्यार्थीलाई अवसर दिने प्रावधान हटाउनुपर्ने माग पनि गरिएको छ। निजी विद्यालयमा अध्ययनरत जेहेनदार विद्यार्थीलाई अन्याय गर्ने यस्तो व्यवस्थाले विभेद सिर्जना गर्ने भन्दै पुनर्विचार गर्न नेसनल प्याब्सनले सरकारको ध्यानाकर्षण गराएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
कपिलवस्तु,१६ भदौ । कपिलवस्तुमा शंकास्पद वस्तु फेला परेको छ । यशोधरा गाउँपालिका वडा नं १, रंगपुरतिर जाने जमुवार खोला पुल छेउमा मंगलबार बिहान शंकास्पद वस्तु फेला परेको छ । पुलमाथि रातो कपडाले बेरिएको माटोको घैंटो जस्तो देखिने अवस्थामा शंकास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी टोली घटनास्थलमा पुगेर सुरक्षा सतर्कता अपनाएको छ। नेपाली सेनाको बम डिस्पोजल टोली पनि पुगेर अध्ययन गरिरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रिपेन्द्रकुमार सिंहले बताए ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,१७ भदौ । आज राति लुम्बिनीमा भारी वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार राति सुदुरपश्चिममा पनि भारी वर्षा हुने संभावना रहेको छ ।
यसैगरी, दिउँसो कोशी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार दिउँसो सबै प्रदेशका केही ठाउँहरुमा मध्यम वर्षाको सम्भावना छ ।
राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सूदुरपश्चिम प्रदेशका केही ठाउँहरुमा तथा बाँकी प्रदेशका थोरै ठाउँहरुमा मध्यम वर्षाको सम्भावना छ ।
राति गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ । गएराति केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,१७ भदौ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र रुसी राष्ट्रपति भ्लादिमीर पुटिनबीच भेटवार्ता भएको छ । शाङ्घाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनका लागि चीनको थियानजिनमा रहेका प्रधानमन्त्री ओली र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता भएको हो । हिजो अबेर भएको भेटवार्ताको शुरुमा सञ्चारकर्मीसहितको उपस्थितिमा केहीबेर दुई नेताबीच छलफल भएको थियो ।
त्यसपछि झन्डै आधा घण्टा उनीहरुबीच एक्लाएक्लै छलफल भएको थियो । छलफलको अन्तिममा प्रतिनिधिमण्डलका सहभागी सदस्यलाई राष्ट्रपति पुटिनले भेट गरेका हुन् । भेटमा रुसी राष्ट्रपति पुटिनले नेपाल र रूसबीचको द्विपक्षीय सम्बन्धतत्कालीन सोभियत सङ्घ हुँदा सन् १९५६ जुन ५ देखि जुलाई ९ तारिखसम्म स्थापित भएको स्मरण गर्दै नेपाल र रुसबीचको सम्बन्धमा कुनै समस्या नरहेको बताए ।
भेटमा प्रधानमन्त्री ओलीले रुसमा पढेर स्वदेश फर्किएकाहरूले चिकित्सा क्षेत्रसहित नेपालका विभिन्न क्षेत्रमा सेवागरिरहेका उल्लेख गर्दै रुसको शैक्षिक अवस्था गुणस्तरीय रहेकामा प्रशंसा गरे।
उनीहरुबीच उच्चस्तरीय भ्रमणको आदान प्रदान तथा शैक्षिक, सांस्कृतिक, पर्यटकीय, सूचना प्रविधि, लगानीलगायत क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने सम्बन्धमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि प्रधानमन्त्री ओली र चीनका राष्ट्रपति सी चीनपिङ लगायत विभिन्न देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुखसँग भेटवार्ता भएको थियो ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ ,१७ भदौ । काठमाडौंबाट छुटेको रात्रि बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्। काठमाडौँबाट गोरखाको आरुघाट सोतीतर्फ जाँदै गरेको रात्रिबस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्।
बा०१–००६ख ४१३१ नम्बरको बस आज बिहान भीमसेनथापा गाउँपालिका–३ टारीफाँटमा दुर्घटना हुँदा बसमा सवार २२ जनामध्ये २१ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिए।
घाइतेहरुको अवस्था सामान्य छ र घटनाबारे थप अनुसन्धान भइरहेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं , १६ भदौ । अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या ८१२ पुगेको छ भने तीन हजारभन्दा बढी व्यक्ति घाइते भएका छन्। पूर्वी प्रान्त कुनार र नंगरहार केन्द्रबिन्दु भएकाे भूकम्प ६ म्याग्निच्युड मापन गरिएको हो। भूकम्पपछि अहिलेसम्म ९ वटा परकम्पहरू महसूस गरिएका छन्।
तालिबान सरकारको स्वास्थ्य मन्त्रालयका प्रवक्ता शराफत जमानले भूकम्पले सिर्जना गरेको मानवीय संकटका लागि अन्तर्राष्ट्रिय सहयोगको आह्वान गरेका छन्। समाचार संस्था रोयटर्ससँग कुरा गर्दै उनले भने, “हामीलाई सहयोग आवश्यक छ, किनभने यहाँ धेरै मानिसहरूले ज्यान गुमाएका छन् र घरहरू भत्किएका छन्।”
तर अहिलेसम्म कुनै पनि देश वा अन्तर्राष्ट्रिय संस्थाले उद्धार वा राहत सहयोगको प्रस्ताव नगरेको अफगानिस्तानको विदेश मन्त्रालयले जनाएको छ। हाल उद्धारकार्य जारी रहेको र ३० जना चिकित्सक प्रभावित क्षेत्रमा परिचालित गरिएको मन्त्रालयले जनाएको छ।
अल जजीराका अनुसार ८ सय किलोभन्दा बढी स्वास्थ्य सामग्री कुनार पठाइएको छ। भूकम्पबाट विशेषगरी दुर्गम हिमाली गाउँहरूमा माटो र ढुंगाबाट बनेका घरहरू ध्वस्त भएका छन्। तालिबानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले ती क्षेत्रमा मोबाइल सञ्जालसमेत अवरुद्ध भएकाले उद्धारमा कठिनाइ भइरहेको बताएका छन्।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्दै अफगानिस्तानस्थित राष्ट्रसंघीय कार्यालयले पीडितलाई सहायता गर्न तयारी गरिरहेको जनाएका छन्। राष्ट्रसंघका अनुसार अफगानिस्तानको आधाभन्दा बढी जनसंख्यालाई तत्काल मानवीय सहायता आवश्यक छ।
भारत, चीन, पाकिस्तान, टर्की, अजरबैजानलगायत देशहरूले भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन्। तीमध्ये चीनले अफगानिस्तानको आवश्यकता अनुसार र आफ्नो क्षमताभित्र सहयोग गर्न तयार रहेको बताएको छ।
स्थानीय मानव अधिकारकर्मीका अनुसार दुई वर्षअघि हेरात सहरमा गएको भूकम्पपछि धेरै गाउँमा अझै अस्थायी टहरामा बसोबास भइरहेको छ। यसपटकको भूकम्पले ती क्षेत्रहरूलाई पुनः संकटमा पारेको छ।
हिन्दुकुश पर्वतश्रृंखलामा पर्ने अफगानिस्तान भारतीय र युरेसियन टेक्टोनिक प्लेटको सङ्घर्षस्थल भएकाले भूकम्पको उच्च जोखिममा पर्दछ। सन् २०२२ मा ६.१ म्याग्निच्युडको भूकम्प जाँदा झन्डै १ हजार जनाको मृत्यु भएको थियो। गएराति गएको भूकम्प त्यसयताकै सबैभन्दा शक्तिशाली मानिएको छ।
गृहयुद्धपछि पुनर्निर्माणको प्रयासमा रहेको अफगानिस्तान अहिले मानवीय संकटसँग जुधिरहेको छ। तालिबानको महिलासम्बन्धी नीतिप्रति असन्तुष्टि जनाउँदै विभिन्न अन्तर्राष्ट्रिय दातृ संस्थाहरूले सहायता कटौती गरेपछि देश झनै संकटमा परेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं, १६ भदौ । प्रहरीले नक्कली कागजात बनाउने गिरोह पक्राउ गरेको छ । एसईईको प्रमाणपत्रदेखि प्रहरी रिपोर्ट र विभिन्न अनुभवका पत्रहरू समेत नक्कली रूपमा बनाउने गिरोहलाई जिल्ला प्रहरी परिसर, काठमाडौंले पक्राउ गरेको हो । प्रहरीले आइतबार दिउँसो काठमाडौं महानगरपालिका–२६, सामाखुशी टाउनप्लानिङस्थित एक पसलमा छापा मारेर तीन जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा गोरखाको शहीद लखन गाउँपालिका–४ स्थायी घर भई हाल काठमाडौं–३ मा बसोबास गर्दै आएका ४५ वर्षीय अचल लामिछाने, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ का २९ वर्षीय सन्देश गौतम र काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–३ का २९ वर्षीय सविन आले मगर रहेका छन्।
प्रहरीका अनुसार अचल लामिछानेले सञ्चालन गर्दै आएको ‘ईजी सप’ नामक पसलमा नक्कली कागजातहरू तयार पारिने गरेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी परिसरबाट खटिएको टोलीले छापा मारेको हो।
छानबिनका क्रममा पसलमा रहेको कम्प्युटरमा सरकारी तथा गैरसरकारी कार्यालयहरूका नक्कली कागजात फेला परेपछि प्रहरीले ती कागजातसहित कम्प्युटर बरामद गरेको छ। त्यसपछि तीनै जनालाई नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता तथा सूचना अधिकारी, प्रहरी उपरीक्षक अपील राज बोहराले जानकारी दिएका छन्।
प्रहरीले पक्राउ परेका उनीहरूलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान जारी राखेको जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१६ भदौ । रुपन्देही निर्वाचन क्षेत्र नं ३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले सात जनाको नाम सिफारिस गरेको छ।
जिल्ला कमिटी रुपन्देहीको भैरहवामा बसेको बैठकले पार्टीका महासचिव तथा पूर्वकृषिमन्त्री घनश्याम भुसालसहित सात जनाको नाम अघि सारेको हो। भुसाल यसअघि २०७४ सालमा नेकपा (एमाले) बाट यसै क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए।
सिफारिसमा लुम्बिनी प्रदेश उपाध्यक्ष कमल भण्डारी, रुपन्देही जिल्ला अध्यक्ष हीराध्वज शाह, प्रदेश कमिटी सदस्य आनन्दप्रसाद गुप्ता, आशा चौधरी, थानेश्वर खरेल र रुपन्देही–१ की सह–इञ्चार्ज विजयलक्ष्मी राय परेका छन्।
जिल्लाले पठाएको नाममध्ये कार्यदलले एक महिलासहित तीनजनाको नाम छनोट गरी केन्द्रीय समितिमा पठाउनेछ। उक्त कार्यदलमा पार्टीका केन्द्रीय उपमहासचिव तथा लुम्बिनी प्रदेश इञ्चार्ज मेटमणि चौधरी, केन्द्रीय सचिव तथा प्रदेश सह–इञ्चार्ज सोमप्रसाद पाण्डे, प्रदेश अध्यक्ष अब्दुल हुसेन खाँ, रुपन्देही जिल्ला इञ्चार्ज ई. नन्दलाल बन्जाडे र जिल्ला अध्यक्ष हीराध्वज शाह रहेका छन्।
उपमहासचिव चौधरीका अनुसार कार्यदलले सबै सातै उम्मेदवारसँग छलफल गरेर चुनावी रणनीति बुझिसकेपछि मात्र तीन जनाको नाम केन्द्रीय समितिमा सिफारिस गर्ने छ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस