कञ्चनपुरका ४५ घर डुबान: महाकालीमा जलस्तर बढ्दा आवागमन रोक

   भदौ १६, २०८२       admin

कञ्चनपुर, १६ भदौ । आइतबार रातिदेखिको अविरल वर्षाका कारण कञ्चनपुरका विभिन्न स्थानमा ४५ घर डुबानमा परेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार दोधारा चाँदनी नगरपालिका–८ स्थित रामपुरे टोल र जर्गा टोलमा जोगबुढा नदीको बाढी पस्दा २५ घर डुबानमा परेका छन्। यस डुबानका कारण ७० जना विस्थापित भई नजिकैको विद्यालयमा सुरक्षित राखिएको छ।

त्यसैगरी, दोधारा चाँदनी नगरपालिका–३ पटराखल्लामा १५ घर डुबानमा परेका छन्। प्रभावित ५५ जना स्थानीयवासी, उनीहरूको सरसामान र चौपायालाई जमुना आधारभूत विद्यालयमा राखिएको छ। यस्तै, भीमदत्त नगरपालिका–११ स्थित भुजेलामा पाँच घर डुबानमा परेको प्रहरीले जनाएको छ।

यसैबीच अविरल वर्षापछि महाकाली नदीको जलस्तर बढेको छ। नदीमा पानीको बहाव बढ्दै एक लाख ४० हजार २५० क्युसेक पुगेपछि भारतीय पक्षले शारदा ब्यारेजमार्ग हुँदै चारपाङ्ग्रे र तीनपाङ्ग्रे सवारीसाधनको आवागमनमा रोक लगाएको प्रवक्ता बोहराले जानकारी दिए।

उनका अनुसार, नदीको बहाव एक लाख क्युसेक नाघेपछि भारतीय पक्षले आवागमन रोक्ने प्रावधान अनुसार अहिले आवाजाही पूर्ण रूपमा बन्द गरिएको हो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

वैदेशिक रोजगारीको नाममा ठगी गर्ने दुईजना पक्राउ

   भदौ १६, २०८२       admin

काठमाडौं, १६ भदौ। वैदेशिक रोजगारीका नाममा ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ परेका मध्ये बारा कोल्हवी नगरपालिका–४ घर भई ललितपुर महालक्ष्मी नगरपालिका–८ बस्ने २६ वर्षीय कार्तिक कुमार चौधरीले सर्बिया पठाइदिन्छु भन्दै १६ जनाबाट ४२ लाख रुपैयाँ असुलेका थिए। त्यस्तै, इलाम नगरपालिका–१ घर भई काठमाडौं महानगरपालिका–१६ बस्ने २८ वर्षीय मनोज दाहालले रसिया पठाइदिन्छु भन्दै १ जनाबाट ८ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको उजुरी परेको छ।

उक्त उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले चौधरीलाई ललितपुर महालक्ष्मी नगरपालिका–८ बाट र दाहाललाई काठमाडौं महानगरपालिका–१२ बाट पक्राउ गरेको हो।

पक्राउ परेकालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बहुविवाह विवादपछि रास्वपाका उम्मेदवार डा. थापाको पत्रकार सम्मेलन स्थगित

   भदौ १६, २०८२       admin

काठमाडौं, १६ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. लेखजंग थापाको पत्रकार सम्मेलन बहुविवाहको विवादपछि स्थगित गरिएको छ। रास्वपाले सोमबारका लागि तय गरेको पत्रकार भेटघाट कार्यक्रम स्थगन गर्ने निर्णय गरेको हो।

रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनका उम्मेदवार रहेका थापाले बहुविवाह गरेको विषय सार्वजनिक भएपछि पत्रकार सम्मेलन रोकिन पुगेको हो। उनीमाथि बहुविवाहको आरोप लागेपछि पार्टीले घटनाको अनुसन्धान गर्न समय आवश्यक पर्ने भन्दै कार्यक्रम रोक्ने निर्णय गरेको नेताहरूले बताएका छन्।

यद्यपि, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले पत्रकार सम्मेलन स्थगित हुनुको कारणलाई विशेष कारण भन्दै टिप्पणी गरेका छन्। उनले स्पष्ट रूपमा बहुविवाह विवादको चर्चा भने गरेका छैनन्।

सामाजिक सञ्जालमा भने रास्वपाले बहुविवाह गरेको व्यक्तिलाई उम्मेदवार बनाएको भन्दै तीव्र आलोचना भइरहेको छ। यही आलोचनासँगै पार्टीले कार्यक्रम स्थगित गर्दै विषयको अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रवक्ता झाले पत्रकार भेटघाट कार्यक्रम अर्को समय तय गरेर गर्ने जानकारी सञ्चारमाध्यमहरूलाई दिएका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

एक महिनामा झण्डै ६ हजार मुद्दा दर्ता

   भदौ १६, २०८२       admin


दाङ,१६ भदौ । आर्थिक वर्ष २०८२/८३ को साउन महिनामा देशभर झण्डै ६ हजार मुद्दा दर्ता भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्यांक अनुसार साउन महिनामा मात्रै देशभर ५ हजार ७४० मुद्दाहरू दर्ता भएका हुन्।

प्रहरीद्वारा सार्वजनिक मासिक प्रदेशगत अपराध विवरणअनुसार सबैभन्दा बढी मुद्दा बागमती प्रदेशमा दर्ता भएका छन्। बागमती प्रदेशमा मात्रै काठमाडौं उपत्यकासहित २ हजार १४७ वटा अपराधका घटनाहरू दर्ता भएका छन्।

काठमाडौं उपत्यकामा मात्र १ हजार ६११ वटा मुद्दा दायर भएका छन् भने उपत्यका बाहिरको बागमती क्षेत्रमा ५३६ मुद्दा दर्ता भएको प्रहरीको विवरणमा उल्लेख छ। मधेश प्रदेशमा १ हजार ७२ मुद्दा दर्ता भएका छन्, जुन देशभर दोस्रो धेरै हो।

कोशी प्रदेशमा ९१८, लुम्बिनी प्रदेशमा ६८५ र गण्डकी प्रदेशमा ४१३ मुद्दाहरू दर्ता भएका छन्। यस्तै, सुदूरपश्चिम प्रदेशमा ३३२ र कर्णाली प्रदेशमा सबैभन्दा कम १७३ वटा मुद्दाहरू दर्ता भएका छन्।

देशभर अपराध दर्ताको संख्या उच्च रहँदा सुरक्षा निकायले अपराध नियन्त्रणमा थप प्रभावकारी रणनीति अपनाउनुपर्ने आवश्यकता देखिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

छात्रामाथि जबरजस्ती करणी गर्ने प्रधानाध्यापक पक्राउ

   भदौ १६, २०८२       admin

काठमाडौँ,१६ भदौ । आफ्नै विद्यालयमा अध्ययनरत छात्रामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रधानाध्यापक पक्राउ परेका छन् । १४ वर्षीया छात्रामाथि जबरजस्ती करणी गरेको आरोपमा बेलका नगरपालिका २ कन्चनजङ्गा टोलका युवराज श्रेष्ठ पक्राउ परेका हुन्।

सोही ठाउँमा सञ्चालित हिमशिखर सामुदायिक इङ्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापक ४७ वर्षीय श्रेष्ठले बोर्डिङको कार्यकक्षभित्रै बालिकालाई जबरजस्ती करणी गरेको जाहेरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार शनिबार राति १०ः४५ बजे बालिका बलात्कृत भएको जाहेरी आइतबार साँझ परेपछि इलाका प्रहरी कार्यालय रामपुर ठोक्शीलाले श्रेष्ठलाई नियन्त्रणमा लिएको हो। बालिकाका आफन्तले दोषीमाथि आवश्यक कारबाही गरी पाउँ भनि उजुरी दिएको आधारमा आइतबार राति श्रेष्ठलाई पक्राउ गरिएको हो।

बालिकाकी भाउजूले आइतबार साँझ साढे ६ बजे जाहेरी दिएपछि खटेको प्रहरी टोलीले राति नै प्रधानाध्यापक श्रेष्ठलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी केदारमान दोङले बताए। श्रेष्ठलाई इप्रका रामपुरकै हिरासतमा राखेर थप अनुसन्धान भइरहेको डिएसपी दोङले बताएका छ्न्।

सुरुमा घटना सामसुम पार्न प्रयास गरिए पनि हल्ला चलेपछि दोषी उम्कन नपाएको स्थानीय बताउँछन्। स्थानीय जनप्रतिनिधिमार्फत पीडित पक्षलाई प्रभाव र दबाबमा पारेर घटनालाई भित्रभित्रै मिलाउने प्रयास गर्दागर्दै घटना सतहमा आएकाले दोषी पक्राउ परेको एक सामाजिक अगुवाले बताए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

अफगानिस्तानमा ६.३ म्याग्निच्युडको भूकम्प, २५० भन्दा बढीको मृत्यु

   भदौ १६, २०८२       admin

काबुल, १६भदौ । अफगानिस्तानमा आइतबार राति गएको ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण कम्तिमा २५० जनाको मृत्यु भएको छ भने ५०० भन्दा बढी व्यक्ति घाइते भएका छन्। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको केन्द्र जलालाबाद शहरबाट लगभग १७ माइल टाढा रहेको थियो।

जलालाबाद करिब २ लाख जनसंख्या भएको शहर हो, जुन राजधानी काबुलबाट सडकमार्गमार्फत १०० माइलभन्दा कम दूरीमा अवस्थित छ। रातभर उक्त क्षेत्रमा शक्तिशाली धक्का महसुस गरिएको स्थानीयवासीहरूले जनाएका छन्।

भूकम्पबाट सर्वाधिक क्षति कुनार प्रान्तमा: द न्यु योर्क टाइम्सको रिपोर्टअनुसार अधिकांश मृत्युहरू अफगानिस्तानको पूर्वी छिमेकी कुनार प्रान्तमा भएको छन्। सरकारी प्रवक्ता जबिहुल्लाह मुजाहिदले सामाजिक सञ्जालमार्फत भूकम्पले केही पूर्वी प्रान्तहरूमा गम्भीर जनधनको क्षति पुर्‍याएको पुष्टि गरेका छन्। यद्यपि, विस्तृत विवरण भने उनले सार्वजनिक गरेका छैनन्।

अल जजीराका अनुसार भूकम्पको प्रभाव अफगानिस्तान मात्र नभई छिमेकी पाकिस्तानको खैबर पख्तुनख्वा र पञ्जाब प्रान्तसम्म पनि महसुस गरिएको थियो। ती क्षेत्रहरूमा पनि भूकम्पका कारण त्रास फैलिएको बताइएको छ।

अधिकारीहरूले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरेका छन्, किनभने धेरै स्थानमा उद्धार कार्य जारी छ र क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको बताइएको छ।

स्थानीय तथा अन्तर्राष्ट्रिय उद्धार टोलीहरूलाई तयारी अवस्थामा राखिएको छ भने घाइतेहरूको उपचारका लागि अस्थायी अस्पतालहरू समेत स्थापना गरिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

विभिन्न स्थानमा भारी वर्षा, बाढीको उच्च जोखिम

   भदौ १६, २०८२       admin


काठमाडौँ,१६ भदौ । नेपालका विभिन्न जिल्लाहरूमा हल्कादेखि मध्यम तथा केही स्थानमा भारी वर्षा भएको छ। दाङ, कञ्चनपुर, बाँके, डडेल्धुरा, बैतडी, दार्चुला, सुर्खेतलगायतका ठाउँहरूमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कञ्चनपुरसहित केही स्थानहरूमा ठूलो पानी परेको महाशाखाले पुष्टि गरेको छ।

पछिल्लो १२ घण्टामा कञ्चनपुरको दोधारा क्षेत्रमा एक सय ९२ मिलिमिटर वर्षा मापन गरिएको छ। जोगबुढास्थित मायापुरी जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेकोले नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई सतर्क रहन आग्रह गरिएको छ। महाशाखाका अनुसार कैलाली र कञ्चनपुरमा बाढीको उच्च जोखिम रहेको छ।

त्यसैगरी दार्चुला, डडेल्धुरा, बझाङ, बैतडी, डोटी, बाजुरा, अछाम र हुम्ला जिल्लामा पनि बाढीको सम्भावना रहेको जनाइएको छ। दोलखा, सिन्धुपाञ्चोक, रामेछाप, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, रसुवा, धादिङ, नुवाकोट, काठमाण्डौ, भक्तपुर, ललितपुर लगायतका जिल्लाहरूमा समेत बाढीको जोखिम रहेको मौसमविद्हबचले बताएका छन्।

गोरखा, लमजुङ, तनहुँ र बर्दियामा समेत बाढी आउन सक्ने सम्भावना रहेकाले खोला तथा नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई विशेष सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

आज बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारी वर्षा हुने सम्भावना रहेको छ। यस्तै, कोशी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा अन्य पहाडी र तराई भूभागका थोरै ठाउँहरूमा मध्यम वर्षा हुने अनुमान गरिएको छ।

राति सुदूरपश्चिमका केही ठाउँमा, बागमती, गण्डकी, लुम्बिनी तथा अन्य प्रदेशका पहाडी भूभागहरूमा समेत मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

अवरुद्ध राजमार्ग खुलाउन विष्फोटको तयारी

   भदौ १६, २०८२       admin

दाङ,१६ भदौ । पहिरोका कारण कर्णाली राजमार्ग तीन दिनदेखि अवरुद्ध भएको छ । कालीकोटको शुभकालीका गाउँपालिका–१, गगने खोलामा पहिरो खस्दा तीन दिनदेखि राजमार्ग अवरुद्ध भएको हो ।

सडकमा खसेको ठूलो ढुंगा हटाउन प्रयोग गरिएका मेसिनले सम्भव भएको छैन । सोमबार नेपाली सेनाको सहयोगमा सडक खुलाउने तयारी गरिएको छ ।

ढुंगा धेरै ठूलो भएकाले त्यसलाई विस्फोट गरेर सडक खुलाउने तयारी भइरहेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजीव श्रेष्ठले बताए ।

उक्त सडकखण्ड अवरुद्ध हुँदा जुम्ला, मुगु र कालीकोटबाट सुर्खेत, नेपालगन्ज, काठमाडौंलगायत जिल्लामा स्याउ लिएर जाँदै गरेका गाडीहरू बाटोमै अलपत्र परेका छन् ।

सुर्खेत–जुम्ला सडकखण्डको गगने खोलामा बर्सेनि पहिरो खस्दा नागरिकले सास्ती खेपिरहेका छन् । स्थानीय शासन र जिल्ला प्रहरी कार्यालय कालीकोटले पहल गरिरहेको भए पनि तीन दिनसम्म राजमार्ग खुलाउन नसक्दा यात्रु बीचबाटोमा अलपत्र परेका छन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

आज रातिदेखि राजमार्गमा सवारी चलाउन रोक

   भदौ १६, २०८२       admin

काठमाडौँ,१६ भदौ । मनसुन सक्रिय हुँदा राजमार्गमा रातको समयमा सवारीसाधन चलाउन रोक लगाइएको छ । बिपी राजमार्गमा आज भदौ १६ गतेदेखि थप १५ दिन सवारीसाधन चलाउन रोक लगाइएको हो । जोखिमका कारण गत असार ७ गतेदेखि राति सवारीसाधन सञ्चालनमा रोक लगाइँदै आएकामा भदौ मसान्तसम्म राति १२ घण्टा सो कार्यमा रोक लगाइएको हो।

जिल्ला सुरक्षा समितिको आइतबार सम्पन्न बैठकले उक्त राजमार्गमा प्रत्येक दिन साँझ ५ देखि बिहान ५ बजेसम्म यात्रुवाहक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले जानकारी दिए। कार्यालयले सो राजमार्गअन्तर्गत जिल्लाको काभ्रेभञ्ज्याङदेखि सिन्धुली–सीमा नेपालथोकसम्म थप १५ दिन रोक लगाउने निर्णय गरेको हो।

कार्यालयले उक्त निर्णय गर्दै सूचनामार्फत मनसुन सक्रिय रहेको अवस्थामा बिपी राजमार्गमा बाढीपहिरोको सम्भावित जोखिम रहेकाले विपद्जन्य घटना हुनसक्ने भएकाले जोखिम न्यूनीकरणका लागि राजमार्गको उल्लिखित क्षेत्रमा सवारी सञ्चालनमा रोक लगाइएकाले सतर्कता अपनाउन सार्वजनिक अपिलसमेत गरेको छ। काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको खुर्कोट खण्डका विभिन्न स्थानमा जोखिम भएकाले यातायात सञ्चालनमा रोक लगाइएको हो। यस्तै काठमाडौंबाट जाने सवारीसाधनलाई काभ्रेभञ्ज्याङ र काठमाडौंतर्फ आउनेलाई सिन्धुलीको सिमाना नेपालथोकमै रोकिने छ।

गत साल असोजको बाढीपहिरोले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि सिन्धुलीको वर्षेखोलासम्मको आठ किलोमिटर सडकखण्डमा सडक नै बगाएका कारण खोलामा कतै एकतर्फ, कतै दुईतर्फी यातायात सञ्चालन हुनेगरी अस्थायी सडक सञ्चालनमा ल्याइएको छ। बाढीपहिरोले राजमार्गको कुल १६० किलो मिटरमध्ये तेस्रो खण्डअन्तर्गत सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किमी र चौथोखण्ड नेपालथोकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमी गरी ८४ किमी सडकको विभिन्न स्थानमा बढी क्षति पुर्याएको थियो।

कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्का प्रक्रिया अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

लागु औषधसहित दुइजना पक्राउ

   भदौ १६, २०८२       admin


दाङ,१६ भदौ । प्रहरीले लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। बढैयाताल गाउँपालिका–७ कण्ठपुरबाट बाँसगढी नगरपालिका–५ का २९ वर्षीय सुबाश ओलीलाई प्रहरीले लागू औषधसहित शनिबार पक्राउ गरेको हो।

शंकास्पद रूपमा रहेका ओलीलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा ८ सय मिलिग्राम लागू औषध ब्राउन सुगरजस्तो देखिने गिलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ। यस्तै शुक्रबार बढैयाताल गाउँपालिका–२ फुटाहाबाट बाँसगढी नगरपालिका–५ का २६ वर्षीय राम चौधरीलाई ९ सय ८० मिलिग्राम लागू औषध ब्राउन सुगरजस्तो देखिने खैरो रङको गिलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

दुवै जनालाई नियन्त्रणमा लिई आइतबार अदालतबाट ५ दिनको म्याद लिई इलाका प्रहरी कार्यालय मैनापोखरमा राखी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कृष्ण डाँगीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology