सामाजिक अभियान्ता आशिका तामाङलाई पाँच दिन कैद सजाय

   भदौ १२, २०८२       admin

काठमाडौं,१२ भदौ । भक्तपुर जिल्ला अदालतले सामाजिक अभियान्ता आशिका तामाङसहित दुई जनालाई आपराधिक उपद्रव मुद्दामा दोषी ठहर गर्दै पाँच दिन कैद सजाय सुनाएको छ।

अदालतका सूचना अधिकारी हिराकुमारी भण्डारीका अनुसार, न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले आशिका तामाङ र अर्का प्रतिवादी शरण तिरूवालाई पाँच-पाँच दिन कैद र जरिवाना तोकेको छ।

उक्त घटनामा सूर्यविनायक नगरपालिकाले साँगामा बनाएको झोलुङ्गे पुलमा रकम उठाउने क्रममा आशिका र उनका साथीसँग अवरोध पुर्‍याएको, स्थानीय सूचना तोडफोड गरेको आरोप लगाएको थियो। नगरपालिकाले यस विषयमा प्रहरीमा जाहेरी दिएका थिए।

अदालतले पीडक पक्षलाई पाँच सय रुपैयाँ जरिवाना र पीडितलाई क्षतिपूर्ति तोकेको छ। दामासाहीले ८ हजार ३ सय रुपैयाँ पीडितलाई क्षतिपूर्ति र पीडित राहत कोषमा जनही २०० रुपैयाँ भर्न आदेश पाएका छन्।

आशिकाले उनले यस घटनामा प्रहरी, सरकारी वकिल र अदालतमा समेत गल्ती महसुस गरेको बताएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

खोलामा डुबेर ४ किशोरको मृत्यु

   भदौ १२, २०८२       admin

कैलाली, १२ भदौ । कैलालीको गोदावरी नगरपालिका–९ खुटिया खोलामा पौडी खेल्ने क्रममा चार किशोरको डुबेर मृत्यु भएको छ।

बिहीबार दिउँसो करिब २ बजेतिर खोलामा पौडी खेल्न गएका उनीहरू डुबेका जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी राजकुमार सिंहले जानकारी दिनुभयो।

मृतकहरूमा अन्दाजी १७ वर्षीय सक्षम जोशी, १५ वर्षीय देव भण्डारी, १७ वर्षीय जावेज भण्डारी र १७ वर्षीय प्रतीक चौधरी रहेका छन्।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

निजी विद्यालयकाे चेतावनी : शिक्षा विधेयक नसच्याए विद्यालय राज्यलाई बुझाउने

   भदौ १२, २०८२       admin

दाङ, १२ भदौ । विद्यालय शिक्षा विधेयकको विरोधमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले आज देशभरका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ। विधेयकमा रहेका त्रुटि सच्याउन माग गर्दै प्याब्सनले चरणबद्ध आन्दोलन सुरु गरेको हो।

दाङमा पनि जिल्ला प्रशासन कार्यालय अगाडि कोणसभा आयोजना गरी ज्ञापनपत्र बुझाइएको छ। कोणसभाका वक्ताहरूले विधेयक निजी विद्यालयलाई धरासायी बनाउन ल्याइएको भन्दै कडा आपत्ति जनाए।

प्याब्सनका पूर्व केन्द्रीय सल्लाहकार नारायण अधिकारीले निजी विद्यालयहरूले ३४ प्रतिशत शैक्षिक भार बोकेर राज्यलाई सघाइरहेका बेला सरकारले उल्टै प्रहार गरेको आरोप लगाए। उनले सामुदायिक विद्यालयको गुणस्तरमा ध्यान दिन नसकेको राज्यले निजी शिक्षामा आघात पुर्‍याउन खोज्नु अस्वीकार्य भएको बताए। शिक्षा विधेयक संशोधन नभए विद्यालय बन्द गरेर साँचो राज्यलाई बुझाउने चेतावनी समेत दिए।

प्याब्सनका निवर्तमान केन्द्रीय सचिव यादव गिरीले ८ हजारभन्दा बढी निजी विद्यालयमाथि कुठाराघात गर्ने गरी ल्याइएको विधेयकले मुलुकलाई शैक्षिक दृष्टिले परनिर्भर बनाउन खोजेको टिप्पणी गरे।

केन्द्रीय सदस्य महेन्द्र अधिकारीले घरजग्गा बन्धकी राखेर सञ्चालनमा आएका विद्यालयलाई नाफारहित कम्पनीमा दर्ता गर्नुपर्ने प्रावधान विरोधाभाषपूर्ण भएको बताए। उनले शिक्षा विकासमा निजी क्षेत्रको योगदानलाई बेवास्ता गरिएको भन्दै असन्तुष्टि व्यक्त गरे।

लुम्बिनी प्रदेश सल्लाहकार केशव थापाले शैक्षिक विकासलाई पछाडि धकेल्ने खालको विधेयकप्रति पुनर्विचार गर्न सरकारलाई आग्रह गरे।

प्याब्सन दाङ जिल्ला अध्यक्ष निर्मल न्यौपानेले निजी विद्यालयलाई धरापमा पार्ने नियत स्पष्ट भएकाले आन्दोलन मर्यादित तरिकाले अघि बढाइने बताए।

उनको अध्यक्षतामा भएको कोणसभामा आन्दोलन परिचालन समितिका संयोजक तथा वरिष्ठ उपाध्यक्ष बिरेन्द्र चन्दले आन्दोलनबारे प्रकाश पारेका थिए। कार्यक्रमको सहजीकरण सचिव आदिम केसीले गरेका थिए।

कोणसभापछि प्याब्सन दाङले प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई ज्ञापनपत्र बुझाएको थियो। ज्ञापनपत्र बुझ्दै प्रजिअ अर्यालले माग सरकारसम्म पुर्‍याइने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

वीरगञ्जमा हैजाका १३६ बिरामी

   भदौ १२, २०८२       admin

काठमाडौँ,१२ भदौ । पर्साको वीरगञ्जमा हैजा संक्रमण बढ्दै गएको छ। अहिलेसम्म एक सय ३६ जनामा हैजा पुष्टि भएको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ।

जनस्वास्थ्य अधिकृत धनी सिंहका अनुसार हैजाबाट उपचार गराइरहेका बिरामीमध्ये ५६ जना डिस्चार्ज भइसकेका छन् भने २८३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

गएराति मात्रै ११४ जना नयाँ झाडापखालाका बिरामी अस्पताल भर्ना भएका थिए। हालसम्म वीरगञ्जका विभिन्न अस्पतालमा पाँच सय ३९ जना झाडापखालाका बिरामी भर्ना भएकोमा एक सय ३६ जनामा हैजा पुष्टि भएको हो। झाडापखालाका २५७ जना उपचारपछि घर फर्किएको सिंहले जानकारी दिए।

हैजा नियन्त्रणका लागि संघ, प्रदेश र स्थानीय तह सक्रिय रहेको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ। पानीका स्रोतको शुद्धीकरण, जनचेतनामूलक कार्यक्रम र औषधीसहित दक्ष स्वास्थ्यकर्मीको परिचालन गरी नियन्त्रणका काम अघि बढाइएको छ।

संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जोखिमयुक्त क्षेत्रमा संघीय, प्रदेश र स्थानीय सरकारसँगै विश्व स्वास्थ्य सङ्गठन (WHO) को टोली खटिएको छ। मन्त्रालयले यसलाई नियन्त्रणउन्मुख अवस्थामा ल्याउन सकिने दाबी गरेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

डडेल्धुरामा जिप दुर्घटना : ४ को मृत्यु, ६ जना घाइते

   भदौ १२, २०८२       admin

डडेल्धुरा, १२ भदौ । डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ मा जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक डम्बर विष्टका अनुसार से १ ज ७३८ नम्बरको जिप ठाँटा बजारबाट सदरमुकामतर्फ आउँदै गर्दा बिहिवार बिहान दुर्घटनामा परेको हो।

मृत्यु हुनेमा नवदुर्गा–५ का १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउद रहेका छन्।

त्यसैगरी घाइते हुनेहरूमा सोही वडाका १८ वर्षीया सुशीला विक, ४४ वर्षीय प्रकाश विक, ४८ वर्षीय चन्द्रबहादुर साउद, ३५ वर्षीय रामबहादुर साउद, ४२ वर्षीय गणेशबहादुर साउद र ४ वर्षीया प्रतिका पार्की रहेका छन्।

घाइतेहरूलाई उपचारका लागि सदरमुकामस्थित डडेल्धुरा अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

थोलिक विद्यालयमा गोलीकाण्ड : २ बालबालिकाको मृत्यु, १७ जना घाइते

   भदौ १२, २०८२       admin

एजेन्सी । मिनियापोलिसस्थित एननसिएसन क्याथोलिक विद्यालयमा भएको गोलीकाण्डमा दुई बालबालिकाको मृत्यु भएको छ। १७ जना घाइते भएका छन्। मृत्यु हुने बालबालिकाको उमेर ८ र १० वर्षको रहेको प्रहरीले पुष्टि गरेको छ।

स्थानीय प्रहरी प्रमुख ब्रायन ओ’हाराले यस घटनालाई “बच्चा र भक्तहरू विरुद्ध सचेत रूपमा गरिएको हिंसा” भनेका छन्। उनका अनुसार बन्दुकधारीसँग राइफल, सटगन र पिस्तोल रहेका थिए। उनले चर्चको झ्यालमार्फत गोली प्रहार गरेका थिए।

प्रहरीका अनुसार गोली चलाएपछि बन्दुकधारीले आत्महत्या गरेका छन्।

घाइतेमध्ये १४ जना बालबालिका रहेका छन् भने दुईको अवस्था गम्भीर रहेको जनाइएको छ।

यस घटनाप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिक्रिया दिँदै ट्रुथ सोसलमार्फत लेखेका छन्, “ह्वाइट हाउसले यस भयानक घटनालाई निरन्तर निगरानी गरिरहेको छ।”

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सल्यानमा जिप दुर्घटना, १९ जना घाइते

   भदौ १२, २०८२       admin

दाङ,१२ भदौ । सल्यानमा बिहीबार दिउँसो जिप दुर्घटना हुँदा १९ जना घाइते भएका छन्। शारदा नगरपालिका–१२ तिमिलेबाट श्रीनगरतर्फ जादै गरेको लु १ ज २३६८ नम्बरको जिप रेसमज्युल नजिकै दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार घाइते सबैलाई शारदा नगरपालिका–१ श्रीनगरस्थित कर्णाली अस्पतालमा उपचार भइरहेको छ।

जिप अनियन्त्रित भएर सडकबाट करिब पाँच मिटर तल खसेको प्रहरीको भनाइ छ। उक्त जिपमा २० जना सवार रहेका थिए।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। जिप चालक शारदा नगरपालिका–६ बस्ने २३ वर्षीय सुरेश बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

विभिन्न पाँच मुद्दाका अभियुक्त पक्राउ

   भदौ १२, २०८२       admin

काठमाडौं, १२ भदौ । विभिन्न पाँचवटा मुद्दाका अभियुक्त छबिन्द्र हुमागाईंलाई प्रहरीले पक्राउ गरेको छ। उनी ललितपुरको बागमती गाउँपालिका–५ का ३१ वर्षका छन्। कामाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार हुमागाईं पछिल्लो पटक वैदेशिक ठगीको आरोपमा पक्राउ परेका हुन्। उनी स्लोभाकिया पठाउने भनी रकम ठगी गरेको आरोपमा छन्।

त्यसअघि उनीविरुद्ध चारवटा मुद्दा समेत दर्ता भएको पाइएको छ। ललितपुर जिल्ला अदालतले बैंकिङ कसुरको मुद्दामा उनलाई १८ भदौ २०८१ मा ५ लाख रुपैयाँ बिगो, सोही बराबरको जरिवाना र २४ हजार रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश दिएको थियो।

उनीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा १५ लाख रुपैयाँ ठगी तथा आपराधिक लाभको मुद्दा, प्रहरी वृत्त कालिमाटीमा १ लाख ५० हजार र १ लाख ३ हजार १०० रुपैयाँ बैंकिङ कसुरको उजुरी दर्ता छ। प्रहरी वृत्त महाराजगञ्जमा पनि बैंकिङ कसुरको उजुरी रहेका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

नेपालमा अब १८–३५ वर्षकालाई ‘युवा’ भनिने

   भदौ १२, २०८२       admin

काठमाडौँ, १२ भदौ ।अब नेपालमा १८ देखि ३५ वर्ष उमेर समूहका मानिसहरूलाई ‘युवा’ भनिने भएका छन्। मन्त्रिपरिषद्को हालैको बैठकले स्वीकृत गरेको राष्ट्रिय युवा नीति–२०८२ अनुसार यस उमेर समूहलाई नयाँ युवा परिभाषामा राखिएको हो।

यसअघि लागू राष्ट्रिय युवा नीति–२०७२ अनुसार युवाको उमेर समूह १६–४० वर्ष थियो। राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतका अनुसार, ‘बालबालिका ऐनले १८ वर्षसम्मलाई बालबालिका मानेको र अन्तर्राष्ट्रिय मानकअनुसार युवाको उमेर निर्धारण गरिएको हो।’

नयाँ नीति अनुसार, युवाको सर्वाङ्गीण विकास, राष्ट्र निर्माणमा सार्थक सहभागिता, आत्मनिर्भरता र स्वरोजगारमा जोड दिइएको छ। युवालाई स्टार्टअप, व्यवसाय सम्बर्धन केन्द्र, एकल बिन्दु सेवा केन्द्र र करियर काउन्सिलिङमार्फत सहायता गर्ने व्यवस्था गरिएको छ।

युवा नीतिले स्वस्थ, शिक्षित, सिर्जनशील, नैतिकवान् र उद्यमशील युवाको विकास, प्रविधिमा पहुँच र साइबर सुरक्षा सुनिश्चित गर्ने, र राष्ट्रको सामाजिक, सांस्कृतिक, आर्थिक तथा राजनीतिक विकासमा युवाको नेतृत्वदायी भूमिका बढाउने लक्ष्य राखेको छ।

यसैगरी, नीति अन्तर्गत परम्परागत सिपको आधुनिकीकरण, हरित कृषि रोजगार कार्यक्रम, सीपमूलक तालिम र उद्यमशीलता प्रतियोगिताजस्ता कार्यक्रम सञ्चालन गरिने उल्लेख छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

आज ऋषिपञ्चमी पर्व

   भदौ १२, २०८२       admin

काठमाडौं ,१२ भदौ । भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषिपञ्चमी पर्व आज देशभरका महिलाहरूले श्रद्धापूर्वक मनाइरहेका छन्। नारीहरूको विशेष पर्व मानिने ऋषिपञ्चमीका दिन महिलाले अरुन्धतीसहित सप्तऋषिको पूजाआराधना गरी व्रत बस्ने प्रचलन छ।

धार्मिक विश्वासअनुसार आज बिहानै नदी, खोला, पोखरी वा तलाउमा गएर ३६५ दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गर्ने चलन छ। यसरी स्नान गरी पञ्चगव्य सेवन गरेर अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ। यही कारणले यस पञ्चमीलाई ऋषिपञ्चमी भनिएको हो।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमका अनुसार रजस्वला अवधिमा हुने त्रुटिबाट मुक्त भई पवित्रता कायम गर्न ऋषिपञ्चमी पर्व मनाउने गरिन्छ। नारीलाई रजस्वलाको पहिलो दिन चाण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुने मान्यता छ।

यस पर्वसँग जोडिएको एउटा प्राचीन किंवदन्ती अनुसार इन्द्रले विश्वरुपको हत्या गर्दा भएको ब्रह्महत्या पापको दोष एक वर्ष भोगेपछि बाँकी दोष पृथ्वी, वृक्ष, जल र स्त्रीमा बाँडिएको मानिन्छ। त्यसकै परिणाम स्वरूप उषरभूमि, रूखको खोटो, पानीमा निस्कने फिँज र महिलामा रज देखिन थालेको धार्मिक विश्वास छ।

आजको दिन महिलाले स्नान गरी पूजा गरेर केवल नरोपी अन्न—सामा, कागुनो, कन्दमूल, कर्कला आदि खाने गरी एक छाक हविष्य व्रत बस्ने परम्परा छ।

यस अवसरमा काठमाडौँको टेकुस्थित ऋषेश्वर मन्दिरसहित देशभरका ऋषि मन्दिरहरूमा महिलाहरूको घुइँचो लाग्ने गर्दछ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology