आज ऋषिपञ्चमी पर्व

   भदौ १२, २०८२       admin

काठमाडौं ,१२ भदौ । भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषिपञ्चमी पर्व आज देशभरका महिलाहरूले श्रद्धापूर्वक मनाइरहेका छन्। नारीहरूको विशेष पर्व मानिने ऋषिपञ्चमीका दिन महिलाले अरुन्धतीसहित सप्तऋषिको पूजाआराधना गरी व्रत बस्ने प्रचलन छ।

धार्मिक विश्वासअनुसार आज बिहानै नदी, खोला, पोखरी वा तलाउमा गएर ३६५ दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गर्ने चलन छ। यसरी स्नान गरी पञ्चगव्य सेवन गरेर अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ। यही कारणले यस पञ्चमीलाई ऋषिपञ्चमी भनिएको हो।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमका अनुसार रजस्वला अवधिमा हुने त्रुटिबाट मुक्त भई पवित्रता कायम गर्न ऋषिपञ्चमी पर्व मनाउने गरिन्छ। नारीलाई रजस्वलाको पहिलो दिन चाण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुने मान्यता छ।

यस पर्वसँग जोडिएको एउटा प्राचीन किंवदन्ती अनुसार इन्द्रले विश्वरुपको हत्या गर्दा भएको ब्रह्महत्या पापको दोष एक वर्ष भोगेपछि बाँकी दोष पृथ्वी, वृक्ष, जल र स्त्रीमा बाँडिएको मानिन्छ। त्यसकै परिणाम स्वरूप उषरभूमि, रूखको खोटो, पानीमा निस्कने फिँज र महिलामा रज देखिन थालेको धार्मिक विश्वास छ।

आजको दिन महिलाले स्नान गरी पूजा गरेर केवल नरोपी अन्न—सामा, कागुनो, कन्दमूल, कर्कला आदि खाने गरी एक छाक हविष्य व्रत बस्ने परम्परा छ।

यस अवसरमा काठमाडौँको टेकुस्थित ऋषेश्वर मन्दिरसहित देशभरका ऋषि मन्दिरहरूमा महिलाहरूको घुइँचो लाग्ने गर्दछ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बढ्यो अण्डाको मूल्य

   भदौ ११, २०८२       admin

दाङ,११ भदौ । चाडपर्व सुरु भएसँगै अण्डाको खपत बढ्दा मूल्य समेत बढेको छ। उत्पादन घट्नु र माग बढ्नुले अण्डाको दरमा वृद्धि भएको हो।

नेपाल अण्डा उत्पादक सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार आगामी बिहीबारदेखि ठूलो अण्डाको मूल्य प्रतिक्रेट (३० वटा) रु ५४५ र मझौला अण्डाको रु ५३० कायम गरिएको छ। यससँगै खुद्रा बजारमा प्रतिगोटा अण्डाको मूल्य रु २३ तय गरिएको छ।

हाल नेपालमा अण्डाको औसत लागत मूल्य प्रतिगोटा १६ रुपैयाँ ५६ पैसा छ भने नयाँ दरअनुसार किसानले ठूलो अण्डाको प्रतिगोटा १८ रुपैयाँ १६ पैसा पाउने भएका छन्। लामो समयदेखि लागत मूल्यसमेत नपाएका किसानले यसबाट केही राहत पाउने अपेक्षा गरिएको छ।

साउन महिनामा समेत अण्डाको माग नघटेको र आगामी दिनमा मूल्य अझै बढ्न सक्ने सङ्घले जनाएको छ। यद्यपि, लागत मूल्य पाए पनि धेरै किसान विगतको नोक्सानीका कारण व्यवसायबाट विस्थापित भइसकेका छन्।

नेपाल अण्डा उत्पादक सङ्घका पूर्व अध्यक्ष त्रिलोचन कँडेलका अनुसार दैनिक ४० लाखभन्दा बढी अण्डा उत्पादन हुने गरेकोमा हाल घटेर २२ लाखको हाराहारीमा झरेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

रुबी हत्याका आरोपी पासवानको पनि मृत्यु

   भदौ ११, २०८२       admin


काठमाडौं ,११ भदौ ।रौतहटमा रुबी कुमारी साहको हत्या आरोपमा पक्राउ परेका लक्ष्मण पासवानको किर्तिपुर बर्न अस्पतालमा निधन भएको छ।

गत शनिबार राति पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका पासवानलाई प्रहरीले उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याएको थियो। साढे पाँच बजे उनको मृत्यु भएको पुष्टि भएको छ।

३० वर्षीय लक्ष्मण पासवानले रुबी कुमारी साहलाई आफ्नो कोठामा हत्या गरेको स्वीकार गरेका थिए। बुधबार बिहान उनले हिन्दी भाषामा ९ मिनेट ३० सेकेन्ड लामो भिडियो सन्देशमार्फत गौर ५ मा आफ्नै डेरामा हत्या गरी शव सुटकेटमा हालेर अटो रिक्सामा पठाएको स्वीकार गरेका थिए।

पासवान र रुबी दुवैको जन्मस्थान र घर माधोपुर, माधवनारायण नगरपालिका-६ र उनीहरू सानैदेखि साथी र कक्षाका सहपाठी थिए। कक्षा १० मा दुवैले भारतको सीतामढीमा भागेर विवाह गरेका थिए, तर रुबीकी आमाले विवाह स्वीकार नगरेको बताएका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

रुवी साह हत्याका आरोपी पासवानले आफैंलाई आगो लगाए

   भदौ ११, २०८२       admin

रौतहट,११ भदौ । रुवी साहको हत्या आरोपमा रहेका लक्ष्मण पासवानले बुधबार आफ्नै शरीरमा आगो लगाएका छन्। आगोले उनको शरीरमा जलेको चोट लागेको छ र उनलाई तत्काल उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ।

प्रहरीका अनुसार, पासवान माधवनारायण नगरपालिका–६ माधोपुरबाट पश्चिमतर्फ बगैंचा हुँदै बिसुनपुरवा–मानपुर जाने बाटोमा जलेर घाइते अवस्थामा फेला परेका थिए। जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी नेत्रमणी गिरीले बताए, “मुख्य आरोपी पासवानले पेट्रोल छर्केर आफैंमा आगो लगाएका हुन्। हामीलाई बुधबार बिहान करिब साढे ६ बजे सूचना प्राप्त भएको थियो।”

पासवान रुवी साहको हत्या गरी उनको शव सुटकेसमा राखेर फालेको आरोपमा प्रहरीको खोजी सूचीमा थिए। रुवी साह गत शनिबार गौर बजार जान घरबाट निस्किएकी थिइन्, तर उनको शव सुटकेसमा प्याक गरिएको अवस्थामा फेला परेको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सिन्धुली जान खोजेका थिए रिना-रोशनी : जान नपाएपछि सम्पर्कविहीन

   भदौ ११, २०८२       admin

काठमाडौं,११ भदौ । तीजको रमझम गाउँदेखि सहरसम्म चलेको थियो। चेलीबेटीहरू नाचगानमा रमाइरहेका थिए। तर, त्यही दिन १६ वर्षीया रिना विक र १३ वर्षीया रोशनी थापा भने घर जान खोज्ने योजनासहित हराएझैँ बनेका छन्।

चितवनमा बस्दै आएका दुवै दिदी–बहिनीका छोरी तीजका लागि सिन्धुलीको इन्द्रावती गाउँपालिका–७ सितापोखरी घर जाने सोचमा थिए। रोशनीले परिवारसँग घर जाने अनुमति मागेकी थिइन्। तर परिवारले ‘दसैँमा मात्र जाऊ’ भन्दै अनुमति नदिएपछि उनी सुत्न गएकी थिइन्।

‘बिहान उठ्दा दुवै घरमा थिएनन्,’ रोशनीकी फुपू तारा मकाजुले भनिन्, ‘तीजमा घर जाने भनेर योजना बनाएछन् तर दसैँमा जाऊ भन्दा उनीहरू चुप लागेर बिहानतिरै हिँडेछन्।’

कक्षा सातमा अध्ययनरत रोशनी २०७२ सालदेखि भरतपुर महानगरपालिका–११ नहर चोकमा आमासँग बस्दै आएकी थिइन्। रिना भने भरतपुर–२ क्षेत्रपुरमा बस्थिन्। दुवै किशोरी भदौ १० गते (मंगलबार) बिहानदेखि नै परिवारको सम्पर्कमा छैनन्।

सम्पर्कविहीन भएपछि रोशनीकी आमा जिल्ला प्रहरी कार्यालय चितवन पुगेर खोजीको निवेदन दिएकी छिन्। प्रहरीका अनुसार उनीहरूको मोबाइल फोन अन्तिम पटक काठमाडौंको बाफल क्षेत्रमा सक्रिय देखिएको छ।

‘पहिलो दिन दिउँसो १२:५६ मा मोबाइल अन्तिम पटक बाफल क्षेत्रमा लोकेसन देखिएको थियो। त्यसपछि बन्द भएको देखिन्छ। आज बिहान ८:३० बजेतिर पुनः खोलेका छन् र त्यही वरिपरिको लोकेसन देखाएको छ,’ प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी दिए।

खोजीका लागि त्यही क्षेत्रमा प्रहरी परिचालन गरिएको छ। साथै काठमाडौं महिला सेलसँग पनि समन्वय गरिएको प्रहरीको भनाइ छ। दुवैको कल डिटेल निकाल्न अदालतमा अनुमति मागिएको छ।

प्रहरीले रिना र रोशनीलाई कतै देखेमा नजिकैको प्रहरी कार्यालयमा खबर गर्न सबैलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

एक महिनामा १४ अर्ब बढी सार्वजनिक ऋण : कुल सार्वजनिक ऋण २७ खर्ब नजिक

   भदौ ११, २०८२       admin

काठमाडौँ,११ भदौ । मुलुकमा सार्वजनिक ऋण चुलिँदै गएको छ । त्यस्तो ऋण चुलिँदै जाँदा मुलुकलाई व्ययभार चर्किंदै गएको छ ।

सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार सार्वजनिक ऋण २७ खर्ब नजिक पुगेको छ । श्रावणमा मात्रै १४ अर्ब २ करोड ऋण थप भएको छ ।

योसँगै असारमा कूल सार्वजनिक ऋण २६ खर्ब ६९ अर्ब ५७ करोड रहेकोमा श्रावण मसान्तसम्ममा थप वृद्धि भई कुल सार्वजनिक ऋण दायित्व २६ खर्व ८३ अर्ब ६० करोड पुगेको कार्यालयले सार्वजनिक गरेको तथ्यांकले देखाएको हो । जुन कुल गार्हस्थ्य उत्पादनको ४३.९४ प्रतिशत हो ।

कुल सार्वजनिक ऋणमा श्रावण मसान्तसम्ममा वैदेशिक ऋणको हिस्सा ५२.२६ प्रतिशत तथा आन्तरिक ऋणको हिस्सा ४७.७४ प्रतिशत रहेको छ ।

चालु आर्थिक वर्षमा जम्मा ५ खर्ब ९५ अर्व सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएको छ । उक्त लक्ष्य मध्ये श्रावण मसान्तसम्ममा ४४ अर्ब ५७ करोड ऋण प्राप्ति भएको कार्यालयले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।

कार्यालयले सार्वजनिक गरेको विवरणमा भनिएको छ– ‘वार्षिक लक्ष्यको तुलनामा कुल सार्वजनिक ऋण प्राप्ति ७.४८ प्रतिशत रहेको छ । जसमध्ये आन्तरिक र वाह्य ऋण प्राप्तिको प्रगति क्रमशः ११.०५ र १.९६ प्रतिशत रहेको छ । कुल सार्वजनिक ऋण प्राप्तिमध्ये आन्तरिक र वाह्य ऋणको हिस्सा क्रमशः ८९.७४ र १०.२६ प्रतिशत रहेको छ ।’

यस्तै चालु आर्थिक वर्ष २०८२÷८३ मा ऋण सेवा खर्चमा ४ खर्ब ११ अर्ब १ करोड बजेट विनियोजन भएको थियो । जसमा श्रावण मसान्तसम्म ३६ अर्ब ६८ करोड भुक्तानी भएको ऋण व्यवस्थापनको कार्यालयको प्रतिवेदनमा उल्लेख छ । यो वार्षिक बजेट विनियोजनको आधारमा ८.९३ प्रतिशत हो । कूल गार्हस्थ उत्पादनको आधारमा श्रावणसम्ममा कुल ऋण सेवा खर्च ०.६ प्रतिशत रहेको छ ।

श्रावणमा ऋण लिइसकेको सरकारले भदौ लागेयता पछि पनि ऋण लिन छाडेको छैन । आज (बुधवार) पनि विकास ऋणपत्र जारी गरेर १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने प्रक्रिया अघि बढाएको छ । विकास ऋणपत्र दुई वर्षभन्दा माथि अर्थात् मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो ।

अहिले नेपाल राष्ट्र बैंकबाट निष्कासन भएका विकास ऋणपत्र तीन वर्षदेखि १५ वर्ष अवधिसम्मका रहेका छन् । अहिले तीन वर्षका लागि विकास ऋणपत्र–२०८५ ‘ढ’ बोलकबोलमार्फत जारी गर्ने तयारी गरेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

रवि लामिछाने मुद्दा : उच्च अदालत बुटवलले कैफियत प्रतिवेदन झिकाउने आदेश

   भदौ ११, २०८२       admin

दाङ,११ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलासले कैफियत प्रतिवेदन झिकाउने आदेश जारी गरेको छ। बुधबार न्यायाधीश सागर विष्टको एकल इजलासले यो आदेश दिएको हो।

कैफियत प्रतिवेदन भन्नाले अदालतमा दर्ता भएको मुद्दाको सम्पूर्ण विवरण — प्रारम्भिक आदेश, थुनछेक बहस, धरौटी वा थुनासम्बन्धी आदेश, पुनरावलोकनदेखि अन्तिम निर्णयसम्मको प्रक्रियालाई जनाइन्छ।

जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई धरौटीमा छाड्ने निवेदन अस्वीकार गरेपछि उनी उच्च अदालत पुगेका हुन्।

लामिछानेकी पत्नी निकिता पौडेलले भदौ ९ गते उच्च अदालत बुटवलमा पुनरावेदन दिएकी थिइन्। उनले जेलमा श्रीमान् सुरक्षित नरहेको दाबी गर्दै धरौटीमा रिहाइको माग गरेकी हुन्।

यसअघि, साउन २६ गते जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले लामिछानेलाई धरौटीमा छाड्न अस्वीकार गरेको थियो।

सुप्रिम सहकारी ठगी प्रकरणमा गत चैत २२ गते उच्च अदालत बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।

हाल लामिछाने सोही मुद्दामा पुर्पक्षका लागि नख्खु कारागारमा छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

मदिरामा झिँगा भेटिएपछि २ लाख जरिवाना

   भदौ ११, २०८२       admin

काठमाडौं,११ भदौ । मदिरामा झिङ्गा भेटिएपछि काठमाडौं महानगरपालिकाले मदिरा कम्पनीलाई २ लाख जरिवाना गरेको छ। महानगरपालिकाले धनुषा डिस्टिलरी प्रा. लि.ले उत्पादन गरेको ‘मुस्ताङ गोल्ड’ नामक मदिरामा अखाद्य वस्तु भेटिएपछि कारबाही गर्दै २ लाख रुपैयाँ जरिवाना गरेको छ।

सिलबन्दी अवस्थामा बजारमा वितरण भइरहेको उक्त मदिरामा झिँगा फेला परेपछि उपभोक्ताले भदौ ४ गते महानगर प्रहरी बलमा गुनासो दर्ता गराएका थिए। गुनासोपछि नमुना संकलन गरी गरिएको भौतिक परीक्षणमा बोतलभित्र अखाद्य तत्त्व भएको पुष्टि भएको हो।

काठमाडौँ महानगरपालिकाको बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७५ को दफा १०(३)(ढ) अनुसार यसलाई अनुचित व्यापारिक गतिविधि ठहर गर्दै दफा २९(घ) र दफा ३०(१)(ख) बमोजिम कानुन उल्लङ्घन गरेको ठहर गरिएको महानगरले जनाएको छ।

महानगरको कृषि तथा पशुपक्षी विभागका अनुसार जरिवाना रकम राजस्व खातामा जम्मा गरी सोको विवरण विभागमा बुझाउन उद्योगलाई निर्देशन दिइएको छ।

बजारमा बिक्री हुने खाद्य तथा पेय पदार्थको गुणस्तर सुनिश्चित गर्न महानगरले निरन्तर अनुगमन गर्ने र उपभोक्ताको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै आवश्यक कारबाही कडाइका साथ गर्ने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

देवनागरी लिपिमा इम्बोस्ड नम्बर लागु गर्न माग

   भदौ ११, २०८२       admin

काठमाडौँ ११ भदौ, । राजधानीमा ‘जाग नेपाली’ समूहले रोमन लिपिको इम्बोस्ड नम्बर प्लेट खारेजीको माग गर्दै प्रदर्शन गरेको छ।

समूहले रोमन लिपिको इम्बोस्ड नम्बर प्लेटलाई राष्ट्रघाती संज्ञा दिँदै देवनागरी लिपिमा मात्र इम्बोस्ड नम्बर प्लेट लागू गर्नुपर्ने माग अघि सारेको हो।

प्रदर्शनका क्रममा उनीहरूले “देवनागरी लिपिको रक्षा गरौं”, “नेपाली भाषा र लिपि मेट्न पाइँदैन”, “इम्बोस्डका भ्रष्टाचारीलाई जेल हाल” जस्ता नारासहितका प्लेकार्ड बोकेका थिए।

सरकारले २० साउन २०८२ मा निर्णय गर्दै १ असोजदेखि सबै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य रूपमा जडान गर्नुपर्ने व्यवस्था गरेको थियो। तर, यसविरुद्ध जनस्तरमै चर्को विरोध भएपछि यातायात व्यवस्था विभागले मंगलबार स्पष्टीकरण दिँदै असोज १ गतेभित्र इम्बोस्ड नम्बर प्लेट नजडान गरे पनि तत्काल दण्ड वा जरिवाना नलगाइने जनाएको छ।

विभागले जारी गरेको सूचनामा अनुकूल समयमा सवारी दर्ता कार्यालयमार्फत स्वेच्छिक रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न सकिने स्पष्ट गरिएको छ। साथै, असोज १ पछि जरिवाना लाग्ने भन्ने अफवाहमा नपर्न सर्वसाधारणलाई आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

पर्सामा हैजा नियन्त्रण बाहिर छ: प्रजिअ

   भदौ ११, २०८२       admin

काठमाडौं,११ भदौ । पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तोयनारायण सुवेदीले वीरगञ्जसहित आसपासमा देखिएको हैजाको सङ्क्रमण नियन्त्रण बाहिर गएको बताएका छन्।

मंगलबार पत्रकारसँग भेटघाटमा उनले हैजा नियन्त्रणका लागि तत्काल सामूहिक र प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औँल्याए।

‘हामी अहिले निकै संवेदनशील अवस्थामा छौं,’ उनले भने, ‘हैजा नियन्त्रण बाहिर गएको छ, त्यसैले रोकथाम र नियन्त्रणका लागि सबै पक्ष एकजुट भएर जुट्न जरुरी छ।’

प्रजिअ सुवेदीका अनुसार हाल हैजाका बिरामीको उपचारसँगै सचेतनामूलक अभियान पनि सञ्चालन भइरहेका छन्। तर, सङ्क्रमित बिरामीको संख्या बढ्दो क्रममा रहेकाले थप चुनौती सिर्जना भएको उनको भनाइ छ।

उनले हैजा सङ्क्रमण रोक्न सबै निकायले हातेमालो गरेर तत्काल कदम चाल्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology