सरकारको कामले जनताको मन जितेको छ: सञ्चारमन्त्री तिमिल्सिना

   जेठ ०, २०८३       admin

काठमाडौ,९ जेठ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकार गठन भएको छोटो अवधिमै गरिएको कामले जनतामा आशा जगाएको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लिखु गाउँपालिकाको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले सरकार जनतालाई केन्द्रमा राखेर योजनाबद्ध रूपमा अघि बढिरहेको बताए।

उनका अनुसार सरकारले एक सय दिन, छ महिना, एक वर्ष हुँदै पाँच वर्षसम्मका स्पष्ट लक्ष्य निर्धारण गरी काम गरिरहेको छ। सोही लक्ष्यअनुसार काम सम्पन्न हुँदा जनताले पाँच वर्षभित्र परिवर्तन महसुस गर्ने उनले दाबी गरे।

मन्त्री तिमिल्सिनाले विगतमा बिचौलियाले नियन्त्रण गरेको सार्वजनिक सेवा प्रवाहलाई सुधार गरी जनतालाई राहत दिने काम भइरहेको बताए। उनले सरकार देश र जनताको हितलाई पहिलो प्राथमिकतामा राखेर अघि बढेको उल्लेख गरे।

युवा वर्गमा देखिएको नैराश्यता अन्त्य गर्दै सकारात्मक परिवर्तन ल्याउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ। साथै, सञ्चार मन्त्रालयअन्तर्गत नेपाल टेलिकम र हुलाक सेवामार्फत नवीन काम गर्दै जनतालाई सेवा सहज बनाउने प्रयास भइरहेको उनले जानकारी दिए।

आगामी आर्थिक वर्षको बजेटमा जनतालाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रम समेट्ने तयारी भइरहेको जनाउँदै उनले सामाजिक न्याय र समावेशीतामा आधारित ‘नयाँ भिजन’सहितको बजेट ल्याइने बताए।

राजनीतिलाई व्यक्तिगत लाभको साधन नबनाई जनताको सेवाका रूपमा लिन उनले पार्टीपङ्क्तिलाई सुझाव दिएका छन्। साथै, संगठनभित्र सौहार्द्रपूर्ण वातावरणमा नयाँ नेतृत्व चयन गर्न र आगामी निर्वाचनको तयारीमा जुट्न उनले आग्रह गरे।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

अतिक्रमण हटाउन टोलले गरेको सहमतिको विरोध

   जेठ ०, २०८३       admin

दाङ, ९ जेठ । दाङको तुलसीपुरस्थित इलाका प्रहरी कार्यालयको जग्गामा बसेकाहरुले संचरना हटाउने विषयमा टोलस्तरमा सहमति भए पनि स्थानीयले असहमति जनाएका छन्।

शुक्रबार हिमाल टोल विकास संस्थाको पहलमा बसेको बैठकले प्रहरीको जग्गामा बनेका ९ वटा घर १५ दिनभित्र हटाउने सहमति गरेको थियो। टोलका अध्यक्ष पर्साराम वलीका अनुसार प्रहरीको नाममा दर्ता भएको जग्गामा बनेका संरचना हटाउने र ऐलानी जग्गालाई भने नछुने सहमति भएको हो।

तर, सम्बन्धित घरमा बस्दै आएका बासिन्दाले भने उक्त निर्णयमा आफूहरूको सहमति नभएको बताएका छन्। उचित व्यवस्थापन नगरी घर खाली गर्न नसकिने उनीहरूको भनाइ छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरको नाममा रहेको नक्सा नम्बर ५ घ, कित्ता नम्बर २६८३ ज को १८६२।४६ वर्गमिटर क्षेत्रफलमध्ये उत्तरतर्फको केही भाग अतिक्रमण गरी बनाइएका घरटहरा हटाउने निर्णय गरिएको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

होल्डिङ सेन्टरका बालबालिकाको पढाइ सुरु गर्न निर्देशन

   जेठ ०, २०८३       admin

काठमाडौ,९ जेठ। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले होल्डिङ सेन्टरमा रहेका बालबालिकाको पठनपाठन तत्काल सुरु गर्न सरकारलाई निर्देशन दिएको छ। समितिले एक हप्ताभित्र प्रगति विवरण पेश गर्न समेत भनेको छ।

समिति सभापति हरि ढकालद्वारा हस्ताक्षरित पत्रमा होल्डिङ सेन्टरमा रहेका दीर्घरोगीको पहिचान गरी नियमित उपचारको व्यवस्था मिलाउन र त्यसको प्रगति जानकारी गराउन निर्देशन दिइएको उल्लेख छ।

त्यस्तै, विभिन्न रोजगारीमा संलग्न सुकुम्वासीहरूलाई काममा निरन्तरता दिन सहज हुने गरी पायक पर्ने होल्डिङ सेन्टरमा बस्न पाउने व्यवस्था मिलाउन पनि समितिले सरकारलाई भनेको छ।

समितिले विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक पूर्वतयारी गर्न तीनै तहका सरकारलाई निर्देशन दिएको छ। साथै, विपद्का बेला खटिने कर्मचारी र सुरक्षाकर्मीको बीमा व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

कार्यालय सहयोगीदेखि मुख्यसचिवसम्मको तलब बढ्ने

   जेठ ०, २०८३       admin

काठमाडौ,९ जेठ। सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत निजामती कर्मचारी र शिक्षकको तलब वृद्धि गर्ने तयारी गरेको छ। तलब भत्ता पुनरावलोकन समितिले सबै तहका कर्मचारीको तलब बढाउन सिफारिस गरेसँगै तलब वृद्धि हुने सम्भावना बलियो बनेको हो।

समितिले कार्यालय सहयोगीदेखि मुख्यसचिवसम्मको तलब पुनरावलोकन गर्दै नयाँ दर प्रस्ताव गरेको छ। सिफारिस अनुसार कार्यालय सहयोगीको मासिक तलब ३५ हजार रुपैयाँ र मुख्यसचिवको तलब एक लाख २१ हजार रुपैयाँ पुर्‍याउने प्रस्ताव गरिएको छ। हाल कार्यालय सहयोगीले २७ हजार ६१२ रुपैयाँ र मुख्यसचिवले ७७ हजार २११ रुपैयाँ तलब पाउँदै आएका छन्।

निजामती सेवा ऐनअनुसार प्रत्येक तीन वर्षमा तलब भत्ता पुनरावलोकन गर्नुपर्ने व्यवस्था भए पनि गत वर्ष राजस्व अभाव देखाउँदै सरकारले तलब वृद्धि गरेको थिएन। यसपटक भने समितिको सिफारिसपछि सरकारले बजेटमार्फत तलब बढाउने तयारी गरेको हो।

सरकारको यो तयारीले कर्मचारीमा केही राहत पुग्ने अपेक्षा गरिएको छ भने बढ्दो महँगीका बीच तलब वृद्धि आवश्यक रहेको तर्कसमेत गरिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

हिमाल टोलले अतिक्रमण गरिएका संरचना आफै हटाउने

   जेठ ०८, २०८३       admin

दाङ,८ जेठ । दाङको तुलसीपुर उपमहानगरपालिका–५ स्थित हिमाल टोल विकास संस्थाले टोलभित्र रहेको इलाका प्रहरी कार्यालयको जग्गामा बनेका संरचनाहरू सम्बन्धित व्यक्तिहरूले आफैं हटाउने निर्णय गरेको छ।

हालै बसेको बैठकबाट उक्त निर्णय गरेको हो। बैठकले प्रहरीको जग्गामा निर्माण गरिएका करिब १५ वटा संरचना सम्बन्धित व्यक्तिहरूले स्वेच्छिक रूपमा भत्काउने निष्कर्ष निकालेको जनाएको छ।

संस्थाका अनुसार सो निर्णयको प्रतिलिपि इलाका प्रहरी कार्यालय तुलसीपुर दाङमा पठाइसकिएको छ। टोलभित्र सार्वजनिक तथा सरकारी जग्गा संरक्षण गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

जुन १ देखि कुवेतले उडान पुनः सुरु गर्ने

   जेठ ०८, २०८३       admin

काठमाडौ,८ जेठ। कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी जुन १ देखि अन्तर्राष्ट्रिय एयरलाइन्सका उडानहरू चरणबद्ध रूपमा पुनः सञ्चालन गरिने भएको छ।

नागरिक उड्डयन महानिदेशालयका महानिर्देशक शेख हुमौद मुबारक अल सबाहका अनुसार विमानस्थलको प्रणाली तथा पूर्वाधारमा सुधार, मर्मत–सम्भार र विकास कार्य सम्पन्न भएपछि उडान पुनः सुरु गर्ने निर्णय गरिएको हो।

उनले सुरक्षित र सहज हवाई सेवा सुनिश्चित गर्न आवश्यक तयारी भइरहेको जानकारी दिँदै प्राविधिक मूल्याङ्कनका आधारमा उडान सञ्चालन गरिने बताए।

हाल टर्मिनल–१ मा सेवा स्तर उकास्ने, सुरक्षा मापदण्ड सुधार गर्ने तथा यात्रु आवागमन सहज बनाउने उद्देश्यले मर्मत तथा स्तरोन्नति कार्य भइरहेको जनाइएको छ। एयरपोर्ट पूर्ण रूपमा सञ्चालनमा ल्याउन प्रत्येक चरणको मूल्याङ्कन जारी रहेको पनि बताइएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

जेठ १४ गतेदेखि लगातार ४ दिन बिदा

   जेठ ०८, २०८३       admin

दाङ,८ जेठ। सरकारले जेठ १४ गते ‘बकर ईद’ (ईद-उल-अज्हा) को अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेसँगै लगातार ४ दिन बिदा परेको छ।

गृह मन्त्रालयका अनुसार मुस्लिम आयोगबाट प्राप्त जानकारीका आधारमा जेठ १४ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरिएको हो। उक्त निर्णय मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तिमार्फत जानकारी गराइएको छ।

यससँगै जेठ १५ गते गणतन्त्र दिवसको बिदा, त्यसपछि शनिबार र आइतबार नियमित बिदा परेकाले लगातार चार दिन सार्वजनिक बिदा हुने भएको हो।मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित सूचना बमोजिम नै बिदा दिइएको स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

जनमुखी बजेट ल्याउने तयारीमा छौँः मुख्यमन्त्री आचार्य

   जेठ ०८, २०८३       admin

दाङ,८ जेठ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट जनमुखी बनाउने बताएका छन्। प्रदेश सुशासन केन्द्रले भालुबाङमा आयोजना गरेको ‘कानुन, बजेट तथा योजना निर्माण र संसदीय नियन्त्रण’ सम्बन्धी अन्तरक्रिया कार्यक्रम उद्घाटन गर्दै उनले सबैको भावना समेटेर विकास केन्द्रित बजेट ल्याउने प्रतिबद्धता जनाए।

उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा बजेट निर्माणको तयारी तीव्र रूपमा अघि बढाइएको जानकारी दिए। “सबैको भावना समेटिने गरी नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी छ,” उनले भने।

कार्यक्रम प्रदेश सुशासन केन्द्रका प्रमुख कार्यकारी निर्देशक उजिरप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा प्रदेश सरकारका मन्त्री, संसदीय समितिका सभापति तथा प्रदेशसभा सदस्यहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

एमालेभित्र नेतृत्व संकटः ओलीको राजीनामा माग्ने तयारी

   जेठ ०८, २०८३       admin

काठमाडौ,८ जेठ। नेपाल कम्युनिस्ट पार्टी ९एमाले० भित्र नेतृत्व परिवर्तनको बहस चर्किएको छ। पार्टीका केही पदाधिकारीले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग्ने तयारी गरेका छन्।

पार्टी पुनर्गठनको पक्षमा उभिएको समूहले नेतृत्व परिवर्तनको बहसलाई औपचारिक रूपमा अघि बढाउने तयारी गरेको एक पदाधिकारीले बताएका छन्। अध्यक्ष ओलीले असन्तुष्ट नेतामाथि कारबाही गर्ने संकेत दिएपछि त्यसको प्रतिवादबारे आन्तरिक छलफल भइरहेको जनाइएको छ।

असन्तुष्ट समूहले ‘जेनजी आन्दोलन’पछि पार्टी किन रक्षात्मक अवस्थामा पुग्यो र चुनावमा किन पराजय भोग्नुपर्‍यो भन्नेबारे नेतृत्वसँग स्पष्ट जवाफ माग्ने तयारी गरेको छ।

उनीहरूको निष्कर्षमा अब पार्टी पुनर्गठन नगरी विकल्प नरहेको उल्लेख गरिएको छ। केही शीर्ष पदाधिकारी नै ओलीको विकल्प खोज्नुपर्ने पक्षमा खुलेपछि पुनर्गठनको आवाज अझ बलियो बनेको बताइएको छ।

असन्तुष्ट नेताहरूले ओली नेतृत्वमा भएका निर्णयका कारण पार्टीले राजनीतिक क्षति बेहोरेको र जनतामाझ कमजोर बनेको आरोप लगाएका छन्।

‘अब पनि यही नेतृत्वमा पार्टी चलिरह्यो भने त्यसको अर्थ हुँदैन।एक नेताले भने– सम्मानपूर्वक नेतृत्व परिवर्तन आवश्यक छ, चाहे त्यसका लागि कारबाही नै किन नहोस्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सुनको मूल्य घट्यो, चाँदी बढ्यो

   जेठ ०८, २०८३       admin

काठमाडौ,८ जेठ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेर २ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार भने सुन तोलाको २ लाख ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, सुनचाँदी महासंघका अनुसार आज चाँदी तोलामा ६५ रुपैयाँले बढेर ५ हजार ११५ रुपैयाँ पुगेको छ। बिहीबार चाँदी तोलाको ५ हजार ५० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology