बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु

   भदौ ०१, २०८२       admin

बर्दिया ,१ भदौ । बर्दियामा बाघको आक्रमणबाट शरीर र टाउको अलग भएको अवस्थामा करिब ४५ वर्षीया एक महिलाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार गुलरिया नगरपालिका-१२ भैसाहीमा नर्सरी नजिकै भैसाहीकी जगतरानी थारुको शव आज बिहान सवा ११ बजे फेला परेको हो।

जगतरानी आफ्नै खेतमा ममफली गोड्न गएको बेलामा बाघले आक्रमण गरेको अनुमान गरिएको छ। स्थानीयहरूले शव देखेपछि वन कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई खबर गरेका थिए।
प्रहरीका अनुसार उनलाई शुक्रबार साँझ नै बाघले आक्रमण गरेको हुनसक्ने अनुमान छ।

जगतरानीको श्रीमान् र जेठा छोरा वैदेशिक रोजगारीमा विदेशमा छन् भने कान्छा छोरा र बुहारी घरमै रहेका छन्। प्रहरीले शवलाई पोस्टमार्टमका लागि बर्दिया जिल्ला अस्पतालमा राखिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

   भदौ ०१, २०८२       admin

काठमाडौ , १ भदौ ।
श्रीमतीको हत्या अभियोगमा श्रीमान पक्राउ परेका छन् । काठमाडौंको गोंगबु बसपार्कस्थित एक होटलमा श्रीमती  हत्या आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वीरगन्जबाट श्रीमानलाई पक्राउ गरेको जनाएको छ् ।
हत्या आरोपमा काभ्रेका सन्तोष सेन्चुरीलाई वीरगञ्जबाट पक्राउ गरी ल्याएको एसएसपी रमेशकुमार बस्नेतले जानकारी दिए । उनले  २७ वर्षीया ललिता विकको हत्या गरेको आरोप छ ।

शुक्रबार राति ११ बजेतिर ललिताको शव एक होटलमा फेला परेको थियो। बसपार्कमा रहेको एक होटलको कोठा नम्बर २०१ मा शव फेला परेको थियो। खाटमुनि शंकास्पद अवस्थामा शव फेला परेको थियो।
अनुसन्धानको क्रममा श्रीमान सन्तोष र उनकी श्रीमती ललिताबीच सम्बन्ध राम्रो थिएन। उनीहरूबीच दुई वर्षअगाडि मात्रै विवाह भएको थियो साउन २७ गते सन्तोषले उनलाई बोलाएर होटलमा लगेका थिए। त्यस होटलमा लगेर हत्या गरी बेडमुनि लुकाएको खुलेको  छ ।
त्यसपछि उनी आफ्नो साथीको घरमा गएर बसेका थिए। साउन २८ गते उनले आफ्नी श्रीमती हराएको भनेर प्रहरी वृत्त महाराजगन्जमा निवेदन समेत दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।
श्रीमतीको खोजीमा आफै लागेका सेन्चुरी भने साउन ३० गते २ बजेदेखि भने सम्पर्कबिहीन भएका थिए । फरार भएका उनलाई कार्यालयको टोलीले वीरगन्जबाट पक्राउ गरी काठमाडौं ल्याएको हो  ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

गोली प्रहार गरेर लागुऔषध कारोबार गर्ने चारजना पक्राउ

   श्रावण ३१, २०८२       admin

बाँके,३० साउन । प्रहरीले गोली प्रहार गरेर लागुऔषध कारोबार गर्ने चारजनालाई नियन्त्रणमा लिएको छ । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–४ मा प्रहरीले गोली प्रहार गरेर लागुऔषध खैरो हेरोइन कारोबारमा संलग्न चार जनालाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक पातलीले उनीहरुलाई शुक्रबार दिउँसो १२ बजे नियन्त्रणमा लिएको जानकारी दिए । उनका अनुसार नेपालगंज बसपार्क नजिक लागु औषधको कारोबार भइरहेको सूचना अनुसार लागु औषध नियन्त्रण ब्युरो र जिल्ला प्रहरी कार्यालयको टोलीले छापा मार्दा गोली प्रहार गरिएको हो ।

गोली प्रहारबाट भारत बहराईच जिल्ला रुपैडिहाका २० वर्षीय कार्तिक कुमारलाई चोट लागेको प्रवक्ता पातलीले बताए । उनका अनुसार कुमारसँगै नेपागन्ज–५ का २२ वर्षीय अमन साह, सोही ठाउँ बस्ने २६ वर्षीय भाइजन अन्सारी र भारतको रुपैडिहाका २० वर्षीय अजयकुमारलाई नियन्त्रणमा लिइएको छ ।

प्रहरीले उनीहरुको साथबाट १६५ ग्राम खैरो हेरोइन बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । इँटा प्रहारबाट एकजना प्रहरी घाइते भएको जनाइएको छ ।

प्रहरीले चलाएको गोली लागेर घाइते भएका कुमारको उपचार नेपालगन्जस्थित सन्जीवनी अस्पतालमा भइरहेको प्रहरी प्रवक्ता पातलीले बताए । कुमारको दायाँ खुट्टामा गोली लागेको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बागमतीका नवनियुक्त पाँच मन्त्रीले लिए सपथ

   श्रावण ३१, २०८२       admin

काठमाडौँ,३० साउन । बागमती प्रदेश सरकारका नवनियुक्त पाँच जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज शुक्रबार प्रदेश प्रमुख उनलाई सपथ गराएका हुन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नव नियुक्त मन्त्रीहरु प्रभात तामाङ, कञ्चनचन्द्र बादे, सुरेश श्रेष्ठ, अर्मिला केसी नेपाल र बिनु रायमाझीलाई सपथ गराएका हुन् ।

मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले उनीहरूलाई आज मन्त्री पदमा नियुक्त गरेका थिए । सामाजिक विकास मन्त्रालयमा काभ्रेका बादे, आर्थिक मामिला तथा योजना मन्त्रालयमा रसुवाका तामाङ, युवा तथा खेलकुद मन्त्रालयमा ललितपुरकी नेपाल, संस्कृति तथा पर्यटन मन्त्रालयमा भक्तपुरका श्रेष्ठ र सहकारी तथा गरिबी निवारण मन्त्रालयमा चितवनकी रायमाझीले जिम्मेवारी पाएका छन ।

२० साउनमा आफूसहित ८ मन्त्री नियुक्त गरेका मुख्यमन्त्री बानियाँले सरकार गठनको १० दिनपछि दोस्रो चरणमा आफ्नै दल कांग्रेसका पाँच जनालाई मन्त्री बनाउँदै १४ सदस्यीय मन्त्रिपरिषद्लाई पूर्णता दिए ।

यसअघि २० साउनमा कांग्रेसबाट खानेपानी, उर्जा तथा सिँचाइ मन्त्रालयमा सिन्धुपाल्चोकका कृष्ण तामाङ र जिम्मेवारी पछि तोकिने गरि धादिङका शिवराज अधिकारी विना विभागीय मन्त्री नियुक्त भएका थिए ।

कांग्रेसभित्र मन्त्रालय भागबण्डा हुँदा अधिकारीले संस्कृति तथा पर्यटन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

यसैगरी, २० साउनमै नेकपा एमालेबाट सरकारमा नेतृत्व गर्दै ललितपुरका मधुसुदन पौडेललाई कृषि तथा पशुपन्छी विकास, काठमाडौंका डा। दिनेशचन्द्र देवकोटालाई भौतिक पूर्वाधार विकास, रसुवाका भरत केसीलाई वन तथा वातावरण, काठमाडौंकै जयराथ थापालाई श्रम, रोजगार तथा यातायात, बिन्दु श्रेष्ठलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

स्रोत नखुलेको पौने २१ लाख नगदसहित दुइजना पक्राउ

   श्रावण ३१, २०८२       admin

काठमाडौँ,३० साउन । स्रोत नखुलेको पौने २१ लाख नगदसहित दुइजना पक्राउ परेका छन् । प्रहरीले सप्तकोशी नगरपालिका– ४ तुलसी चोकबाट स्रोत नखुलेको नगद २० लाख ७८ हजार रुपैयाँसहित २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा धनकुटाको सहिदभूमी गाउँपालिका–३ बस्ने २१ वर्षीय जीवन लम्जेल र सोही गाउँपालिका१ बस्ने २८ वर्षीय आएन राई रहेका छन्।

प्रहरी चौकी फत्तेपुरबाट खटिएको प्रहरीले कञ्चनपुरबाट फत्तेपुरतर्फ जाँदै गरेको को। ३३ प १८९४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

हात्तीको आक्रमणबाट घाइते महिलाको मृत्यु

   श्रावण ३१, २०८२       admin

काठमाडौँ,३० साउन । जङ्गली हात्तीको आक्रमणमा परी घाइते भएकी महिलाको मृत्यु भएको छ । झापाको दमक नगरपालिका–१ कि एक महिलालाई गत साउन ११ गते बरगाछीस्थित सडकमा मर्निङ वाक जाँदै गर्दा जङ्गली हात्तीले आक्रमण गरेको थियो ।

हात्तीको आक्रमणमा परी घाइते भएकी ४६ वर्षीया सुनिता राईको उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा आज शुक्रबार मृत्यु भएको हो ।

बिहान करिब ४ः१५ बजे सुनितासँगै उनकी बहिनी कविता राईलाई हात्तीले आक्रमण गरी घाइते बनाएको थियो ।

प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक नवीन राईका अनुसार हात्तीको आक्रमणबाट घाइते दुवैलाई दमक अस्पतालमा उपचारपछि विराटनगर पठाइएको थियो । घाइते कविताको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दुम्सी सिकार गर्ने चारजना पक्राउ

   श्रावण ३१, २०८२       admin


काठमाडौँ,३० साउन । प्रहरीले जंगलमा दुम्सी मारेको आरोपमा चारजनालाई पक्राउ गरेको छ । महोत्तरी जिल्लाको बर्दिबास– १० स्थित पूर्वपश्चिम राजमार्गसँगै रहेको लक्ष्मीनियाँ जङ्गलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला वन कार्यालय महोत्तरीले जनाएको छ।

उनीहरू आधा दर्जन दुम्सीसहित पक्राउ परेका हुन्। पक्राउ पर्नेमा सर्लाहीको ईश्वरपुर नगरपालिका(३ भक्तिपुरका अरुण मिस्त्री, रामस्वरूप मिस्त्री, उमेश मिस्त्री र ध्रुव मिस्त्री छन्।

जनकपुरबाट लालबन्दीतर्फ जाने क्रममा सर्लाहीका डिभिजनल वन अधिकृत सन्तोष झा नेतृत्वको टोलीले बुधबार राति मरेका ६ वटा दुम्सीसहित उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूको साथबाट दुम्सीसँगै बा ८८ प ११६० र बा ५६ प २२४० नम्बरको मोटरसाइकल पनि बरामद भएको वन कार्यालयले जनाएको छ।

उनीहरूको साथबाट घरेलु हतियारसहित दुईवटा प्लास्टिकका बोरामा राखिएको ६ वटा मरेका दुम्सीसमेत बरामद गरिएको वन कार्यालयले जनाएको छ।

माइस्थानमा रहेको वनको सब डिभिजन कार्यालयका प्रमुख कृष्णकुमार पटेलका अनुसार दुम्सी आरक्षित वन्यजन्तु नभए पनि प्रक्रिया पूरा नगरी सिकार गर्न पाइँदैन।

दुम्सीको आफूखुसी सिकार गरेको पाइए वन ऐन आकर्षित हुने उनको भनाई छ। वन्यजन्तुले जङ्गली क्षेत्र बाहेक मानवबस्ती वा बालीनालीमा दुःख दियो भने कानुनले तोकेको प्रक्रिया पूरा गरेर रोयल्टी तिरेपछि मात्र मार्न पाइने कानुनी व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

क्रिप्टो करेन्सी कारोबारको आरोपमा ४ जना पक्राउ

   श्रावण ३१, २०८२       admin


दाङ,३० साउन । प्रहरीले क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ । 
महानगरीय प्रहरी परिसर काठमाडौंले ६ करोड रुपैयाँभन्दा बढीको क्रिप्टो करेन्सी (अभौतिक मुद्रा) को कारोबार गरेको आरोपमा चार जना पक्राउ गरेको हो । 
पक्राउ पर्नेहरूमा बाराको महागढीमाई नगरपालिका–३ घर भएका २७ वर्षीय ओमप्रकाश जयसवाल, महागढीमाई–५ का २५ वर्षीय मनमोहन कुमार सिंह, भारत बिहारका ३३ वर्षीय विक्रम जयसवाल र बिहारकै ३३ वर्षीय मुन्ना जयसवाल छन् ।

उनीहरुलाई काठमाडौंको कालोपुलबाट पक्राउ गरिएको हो ।  उनीहरूबाट १५ लाख ३३ हजार नगद समेत बरामद भएको प्रहरीले जानकारी दिएको छ  ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दाङमा सर्पको टोकाइबाट ९ वर्षीय बालकको मृत्यु

   श्रावण ३०, २०८२       admin

दाङ, २९ साउन । दाङमा सर्पको टोकाइबाट एक बालकको मृत्यु भएको छ । सर्पले टोक्दा राप्ती गाउँपालिका–४ मझनीगढका ९ वर्षीय बालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्थानिय राजु अधिकारीका छोरा संस्कार अधिकारी रहेका छन्। पारिवारिक स्रोतका अनुसार बालकलाई गएराति घरमै सुतेको अवस्थामा गराइज प्रजातिको सर्पले टोकेको थियो।

घटनापछि गम्भीर घाइते भएका बालकलाई उपचारका लागि कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२, गोरुसिंगेस्थित सर्पदंश उपचार केन्द्रमा लगिएको थियो। तर उपचारका क्रममा बिहीबार दिउँसो २ः२० बजे उनको निधन भएको हजुरबुवा डम्मरबहादुर जिसीले जानकारी दिए।

मृतक अधिकारी सिरिन भ्याली पब्लिक स्कुलमा कक्षा ३ मा अध्ययनरत थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

विषादीयुक्त खानपानले मानसिक रोगको जोखिम बढ्दैः जिसस प्रमुख शर्मा

   श्रावण ३०, २०८२       admin

दाङ, २९ साउन । जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले रासायनिक तथा विषादी मिसिएको खानपानका कारण मानसिक रोगको जोखिम बढ्दै गएको बताएका छन् । बुधबार बिजौरीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अत्यधिक विषादी प्रयोगले नागरिकको मानसिक स्वास्थ्यमा प्रतिकूल असर परेको बताएका हुन्।

कार्यक्रममा प्रमुख अतिथि समेत रहेका उनले किसानहरूले गाईगोरुबाट प्राप्त हुने जैविक मलको सट्टा रसायनिक मल तथा विषादीको अत्यधिक प्रयोग गर्न थालेको बताए । जसको असर दीर्घकालीन रूपमा देखिन थालेको उनको भनाई थियो ।

‘अर्गानिक खानपानमा ध्यान नदिंदा मानसिक रोगको शिकार हुनेको संख्या दिनप्रतिदिन बढिरहेको छ, उनले भने–‘सरकार आफैंले रासायनिक मल अनुदानमा उपलब्ध गराइरहेको छ, जुन रोगको मुख्य स्रोत बन्दै गएको छ।’
सरकारको अनुदान र किसानको असंवेदनशिलताले समाज एक प्रकारको मानसिक अन्योलतर्फ उन्मुख भइरहेको भन्दै चेतावनीसमेत दिए।

कार्यक्रममा वडा नं. १६ का अध्यक्ष शिवानन्द डाँगीले रासायनिक मल तथा विषादीको प्रयोगलाई ‘मन्द विष सेवन’को रूपमा व्याख्या गरे। ‘आज प्रायः हरेक घरमा कुनै न कुनै प्राणघातक रोग पसेको छ, उनले भने–‘ त्यो विषादीजन्य खानपानकै कारण क्यान्सर, एन्जाईटी, मधुमेह जस्ता रोगको सिकार बन्न पुगेका छौँ।’

वडा नं. १८ का अध्यक्ष माधव वलीले विषादीमुक्त उत्पादनलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याउँदै बीउ र मल वितरणमा सरकारको स्पष्ट नीति आवश्यक रहेको बताए।

कार्यक्रममा पत्रकार महासंघका उपाध्यक्ष ओपेन्द्र बस्नेतले यदि सरकारले अर्गानिक उत्पादनलाई नीतिगत रूपमा अघि बढाउँछ भने यस्ता कार्यक्रम गर्न जरुरी नपर्ने बताए ।

विसं. २०९० सम्म दाङ उपत्यकालाई अर्गानिक उपत्यकाको रूपमा विकास गर्ने लक्ष्यसहित भए गरेका कामहरुको बारेमा जानकारी दिने उदेश्य सहित उक्त कार्यक्रम आयोजना गरिएको थियो ।

पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्रको अयोजनामा भएको कार्यक्रममा डिल्ली बहादुर रावतको अध्यक्षता रहेको थियो । भभने कार्यक्रमको सहजीकरण सचिव मेनका शर्माले गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology