दुहबी,२८ साउन । बन्दै गरेको घरको सेफ्टी ट्यांकीभित्र दुई व्यक्तिको शव फेला परेको छ । सुनसरीको दुहबीमा नयाँ बन्दै गरेको घरको सेफ्टी ट्यांकीभित्र पेटी ठेकेदार र कामदारको शव फेला परेको हो ।
दुहबी नगरपालिका–४ शिव मन्दिर चोकमा चन्द्रिका रौनियारको नयाँ बन्दै गरेको घरको सेफ्टी ट्यांकीभित्र बुधबार दुहबी–२ का अन्दाजी ५० वर्षीय श्यामबहादुर तामाङ र ३२ वर्षीय रमेश राईको शव फेला परेको हो ।
सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार मृत फेला परेका तामाङ उक्त घर बनाउने पेटी ठेकेदार र राई कामदार हुन् ।
शव भेटिएपछि घटनाको अनुसन्धानका लागि फरेन्सिक विज्ञसहितको टोलीले अनुसन्धान गरिरहेको डीएसपी खतिवडाले जानकारी दिए ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ ,२८ साउन । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको उपस्थितिमा उच्च अदालतका लागि नियुक्त २७ न्यायाधीशले आज पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्।
सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवरले नवनियुक्त न्यायाधीशहरुलाई शपथ गराए। न्याय परिषद्को साउन २२ गतेको बैठकले २७ जनालाई उच्च अदालतमा नियुक्त गर्दै विभिन्न इजलासमा पदस्थापन गरेको हो।
दाङ जिल्ला न्यायाधीश तेजनारायण पौडेल उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीशमा पदस्थापन भएका छन् । यस्तै, न्याय परिषद्का सचिव यमबहादुर बुढामगर (उच्च अदालत सुर्खेत, जुम्ला इजलास), गोपालप्रसाद बास्तोला (उच्च अदालत पाटन), गिरीराज गौतम (उच्च अदालत दीपायल, महेन्द्रनगर इजलास), युवराज गौतम (उच्च अदालत विराटनगर, ओखलढुगा इजलास) लगायतका छन्।
त्यस्तै, कानुन व्यवसायी र सरकारी वकिलबाट पनि उच्च अदालतका विभिन्न इजलासमा न्यायाधीश नियुक्त गरिएको छ, जसमा शर्मिला थापा विष्ट, प्रतापसिंह ठकुराठी, बालकृष्ण गैरे, निशा बानियाँ, श्यामकुमार विश्वकर्मा र अरुणकुमार पञ्जियारको नाम समावेश छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, २७ साउन । नेपालको समग्र विकासमा युवा उद्यमशीलता महत्वपूर्ण पक्षका रूपमा स्थापित हुँदै गएको छ। मुलुकको करिब ७० प्रतिशत विकास निजी क्षेत्रको माध्यमबाट हुँदै आएको सन्दर्भमा युवाहरूको उद्यमशील भूमिका झनै महत्वपूर्ण छ। कुल जनसङ्ख्याको ४२ प्रतिशतभन्दा बढी हिस्सा युवाको रहेको तथ्यांक छ, तर करिब २० प्रतिशत युवा बेरोजगार छन्। साथै, युवाहरूको विदेश पलायन दर पनि उच्च छ।
देशमै पर्याप्त सम्भावना हुँदाहुँदै पनि राजनीतिक अस्थिरता, नीति निर्माणमा देखिएको असंगठितता, तथा नेतृत्व तहमा देखिएको कमजोरीका कारण युवाहरू निराश भइरहेका छन्। यस्तो अवस्थामा उद्यमी बन्ने चाहना हुँदाहुँदै पनि धेरै युवाहरूमा नैराश्यता देखिएको छ।
यिनै विषयमा बहस गर्न दाङको तुलसीपुरमा नगर युवा सञ्जालको आयोजनामा “युवा र उद्यमशीलता” शीर्षकमा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा स्थानीय विद्यार्थी, शिक्षक, उद्यमी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। २६ औँ अन्र्तराष्ट्रिय युवा दिवसको अवसरमा उक्त कार्यक्रम गरिएको हो ।
कार्यक्रममा जवाफदेहि पक्षका रुपमा तुलसीपुर उपमहानगरपालिकाका पूर्व नगरप्रमुख घनश्याम पाण्डे, उपमहानगरको आर्थिक विकास समितिका संयोजक माधव वली, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसी तथा नेपाल यातायात व्यवसायी महासंघका केन्द्रीय सल्लाहकारहरू सहभागी थिए।
कार्यक्रममा युवाहरूलाई उद्यमशीलता तर्फ कसरी आकर्षित गर्ने, यस क्षेत्रमा रहेका चुनौती र सम्भावनाबारे व्यापक छलफल तथा प्रश्नोत्तर गरिएको थियो।
हिमाल एकेडेमी कक्षा १२ की मुना बुढाथोकीले गरेको पूँजी नभएको व्यक्तिले उद्यम गर्न सक्दैन भन्ने धारणा कति सही वा गलत हो भन्ने प्रश्नमा उद्योग वाणिज्य संघका अध्यक्ष केसीले उद्यमशीलता केवल पूँजीको कुरा होइन, सीप, सिर्जना र सही सोच आवश्यक पर्छ। युवाले आफूमा विश्वास गरेर अगाडि बढ्नुपर्ने जवाफ दिएका थिए ।
कार्यक्रममा कान्ति भट्टराईले परिवारको आलोचना र मानसिक दबाबका कारण उद्यम सुरू गर्न कठिनाइ भएको अनुभव सुनाउँदै युवाहरूको मनोबल बढाउने उपायबारे सुझाव मागिन्।
तुलसीपुर बहुमुखी क्याम्पसका सहायक प्रमुख सूर्य प्रसाद शर्माले युवा उद्यमशीलताको विकासका लागि मानसिकता परिवर्तन गर्न आवश्यक रहेको बताए । विद्यालय तहबाटै उद्यमशीलताको अवधारणा सिकाउनुपर्ने र स्कुलस्तरमै उद्यमशीलता केन्द्रहरू स्थापना गर्नुपर्ने बेला आएको उल्लेख गरे ।
विद्यार्थी केबि ओलीले सरकार युवालाई कसरी उद्यमशीलतामा जोड्न सक्छ भन्ने जिज्ञासा राखेका थिए ।
कार्यक्रममा उपमहानगरका आर्थिक विकास समिति संयोजक माधव ओलीले युवालाई हतोत्साहित नगरी नयाँ सोच र दृष्टिकोण विकास गर्नुपर्ने सुझाव दिए ।
यातायात व्यवसायी सुरेश हमालले यातायात क्षेत्रमा काम गरिरहेका युवाप्रति सकारात्मक दृष्टिकोण आवश्यक रहेको बताए।
कार्यक्रमले उद्यमशीलता क्षेत्रमा युवाको सहभागिता बढाउन सोच, व्यवहार र नीति तहमा परिवर्तन आवश्यक रहेको बताइएको थियो ।
बहस कार्यक्रमको सहजकर्ताका रुपमा नेपाल पत्रकार महासंघका निर्वतमान अध्यक्ष दुर्गलाल केसी रहेका थिए । कार्यक्रमको सहजीकरण तुलसीपुर नगर युवा सञ्जालका गणेश भण्डारीले गरेका थिए ।
हाल नेपालमा युवाको संख्या ४२ प्रतिशतभन्दा बढी भए पनि १९.८ प्रतिशत युवा पूर्ण बेरोजगारीको अवस्थामा छन्। यस्तो अवस्थामा युवा उद्यमशीलतालाई राष्ट्रिय प्राथमिकतामा राख्नु समयको माग हो।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,२७ साउन । उपचारका क्रमममा कैदीको मृत्यु भएपछि उनका परिवार र आफन्तले अस्पताल अगाडि प्रदर्शन गरेका छन् । पर्साको वीरगन्जस्थित नारायणी अस्पतालमा मंगलबार बिहान एक कैदीको उपचारका क्रममा मृत्यु भएपछि मृतकका परिवारजन र आफन्तले अस्पताल अगाडि प्रदर्शन गरेका हुन् ।
वीरगन्ज महानगरपालिका–२५ का २८ वर्षीय राहुल साह तुराहा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई पछिल्लो पाँच वर्षदेखि वीरगन्ज कारागारमा कैद सजाय भुक्तान गर्दै आएका थिए।
प्रहरी र स्थानीय प्रशासनको लापरवाहीका कारण राहुलको मृत्यु भएको भन्दै उनका आफन्तले नारायणी अस्पताल अगाडिको सडकमा टायर बालेर प्रदर्शन गरेका छन्। उनीहरूले प्रहरी र प्रशासनविरुद्ध नाराबाजी गर्दै दोषीलाई कारबाही र उचित क्षतिपूर्तिको माग गरेका छन्।
नारायणी अस्पतालका सूचना अधिकारी डा। उदयनारायण सिंहका अनुसार मंगलबार बिहान ८स्३० बजे कारागार प्रहरीद्वारा अस्पताल ल्याइएका राहुलको मुखबाट रगतसहितको फिज निस्किरहेको थियो। अवस्था निकै जटिल रहेकाले उनलाई आइसीयूमा राखेर उपचार गर्नुपर्ने देखिएको थियो तर अस्पतालमा बेड खाली थिएन।
डा। सिंहका अनुसार त्यसपछि डाक्टरहरूले उनलाई अन्यत्र रेफर गर्ने निर्णय लिएर कागज बनाइदिए। तर अवस्था झन् बिग्रिएपछि पर्साका प्रमुख जिल्ला अधिकारी ९सीडीओ० गणेश अर्यालसँग समन्वय गरी नारायणी अस्पतालमै शैया व्यवस्थापन गरेर भर्ना गरियो। तर उपचारकै क्रममा उनको मृत्यु भयो। डा। सिंहका अनुसार मृत्युको कारण पल्मोनरी इडिमा ९फोक्सोमा पानी जम्ने० अर्थात् हार्ट फेलियर रहेको छ।
तर मृतकका आफन्तले प्रशासन र प्रहरीको लापरवाहीको आरोप लगाएका छन्। राहुलका काकाका छोरा जगदीश साह तुराहाका अनुसार डाक्टरले रिफर गरिसके पनि प्रहरी अधिकारीले सीडीओको आदेश भन्दै बिरामीलाई अन्यत्र लैजान रोके।
‘हामीले एम्बुलेन्स बोलाएर भाइलाई राखिसकेका थियौं। तर प्रहरी आएर भने– बाहिर लैजान पाइँदैन, सीडीओको आदेश छ। हामीले धेरै आग्रह गर्यौं तर कसैले नसुनेका कारण भाइले ज्यान गुमाउनु पर्यो,’ उनले भने।
उनले दोषीलाई कारबाही र परिवारलाई क्षतिपूर्ति नदिएसम्म शव नबुझ्ने चेतावनी दिएका छन्।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भने बिरामीको अवस्था कारागारमै गम्भीर भएकाले समयमै अस्पताल पुर्याइएको र उपचारका लागि सबै सम्भव प्रयास गरिएको दाबी गरेका छन्।
‘बेड खाली थिएन। मैले नै फोन गरेर आइसीयूमा बेड व्यवस्थापन गरें। डाक्टरहरूले उपचार गरेकै हुन्। तर बिरामीको अवस्था अत्यन्त जटिल भएकाले जोगाउन सकिएन,’ अर्यालले भने।
घटनापछि नारायणी अस्पताल परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ। मृतकका आफन्त र प्रशासनबीच संवाद भइरहेको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
पर्सा, २७ साउन । पर्सा जिल्लाको ठोरी गाउँपालिका–२ हनुमाननगरमा रहेको डेढु खोलामा डुबेर एकै घरका दुई बालकको ज्यान गएको छ।
मृत्यु हुनेमा मनोजय कठायतका ८ वर्षीय छोरा अंश कठायत र ४ वर्षीय आयंश कठायत रहेका छन्।
वडाध्यक्ष अमृतकृष्ण सापकोटाका अनुसार, मंगलबार बिहान विद्यालय जानुअघि दुवै दाजुभाइ घरबाट करिब १५० मिटर टाढा रहेको ढेडु खोलामा नुहाउन गएका थिए। खोलामा डोजरले खनेको खाल्डोमा जमेको पानीमा नुहाउन गएका उनीहरू त्यही खाल्डोमै डुबेका थिए।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार, दुवै बालक पानीमा तैरिरहेको अवस्थामा फेला परेपछि स्थानीयले तत्काल उद्धार गरी ठोरीस्थित अस्पताल पुर्याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
दुवै बालकको शव पोष्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा राखिएको छ ।
घटनापछि स्थानीय समुदाय शोकमा डुबेको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ, २७ साउन । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभाबाट विश्वासको मत लिन लागेका छन्।
नेपाली कांग्रेसका प्रदेशसभा सदस्य बानियाँ २० साउनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। उनले आफ्नै पार्टीका नेता तथा तत्कालीन मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्ताव सफल बनाउँदै सत्ता नेतृत्व सम्हालेका हुन्।
विश्वासको मतका लागि आज दिउँसो ४ बजे प्रदेश सभा बैठक बोलाइएको छ। संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने प्रावधान छ।
मुख्यमन्त्री बानियाँलाई समर्थन गर्दै सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेले आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेका छन्। प्रदेश सभामा आजको मतदानले बानियाँ नेतृत्वको सरकारको राजनीतिक स्थायित्वमा निर्णायक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
टेक्सास,२७ साउनl अमेरिकाको टेक्सास राज्यको डल्लास सहरमा भएको गोलीकाण्डमा एकै परिवारका तीन नेपालीभाषी भुटानी शरणार्थीको ज्यान गएको छ। घटनामा एक बालकसहित परिवारका सबै सदस्यको मृत्यु भएको हो।
गत शनिबार बिहान डल्लासस्थित एक अपार्टमेन्टमा ५३ वर्षीय ललित प्रधान, उनकी ३५ वर्षीया श्रीमती रञ्जना श्रेष्ठ र तीन वर्षीय छोरा प्रनिश प्रधानको ज्यान गएको सीबीएस न्युजले जनाएको छ।
प्रहरीका अनुसार रञ्जना र सानो छोरा प्रनिश घटनास्थलमै मृत अवस्थामा फेला परेका थिए भने ललित प्रधान गम्भीर घाइते अवस्थामा फेला परेका थिए। उपचारको क्रममा अस्पतालमा उनको पनि मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
ललित प्रधान झन्डै १५ वर्षअघि पूर्वी मोरङको शनिश्चरेस्थित भुटानी शरणार्थी शिविरबाट अमेरिका पुनर्वास भएका थिए। उनकी श्रीमती रञ्जनाको माइती काठमाडौंमा रहेको जनाइएको छ।
प्रहरीले घटनाको विस्तृत अनुसन्धान जारी राखेको जनाएको छ। गोलीकाण्डको कारण र संलग्न व्यक्तिको बारेमा हालसम्म थप विवरण सार्वजनिक गरिएको छैन।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२७ साउन । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर तुलसीपुर नगर जेसीजले वित्तीय सचेतना कार्यक्रम गरेको छ। आर्थिक समृद्धिका लागि हाम्रो पहल भन्ने मूल नाराका साथ’ protect your money’शीर्षकमा वित्तीय सचेतना दिएको हो।
नगर जेसीज वर्ष २०२५ का अध्यक्ष सन्दिप भुसालको अध्यक्षता तथा राप्ती बबै क्याम्पस तुलसीपुरका क्याम्पस प्रमुख गणेश पार्देको प्रमुख अतिथितामा उक्त कार्यक्रम भएको हो।
कार्यक्रममा हिमाल एकाडेमी र ग्रेट अरनीको विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा एनआइसी एसिया बैंक तुलसीपुरका शाखा प्रमुख राजीव ओलीले ‘बचत कसरी गर्ने’ भन्ने विषयमा प्रशिक्षण दिएका थिए।
ओलीले बैंक कर्मचारीको दृष्टिकोणबाट सेफ मनीको सिद्धान्त व्याख्या गर्दै नियमित बचतको आवश्यकता, आम्दानी र खर्चको सन्तुलन, जोखिम व्यवस्थापन, डिजिटल बैंकिङ प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी, र ठगी वा साइबर अपराधबाट जोगिने उपायबारे विद्यार्थीलाई जानकारी गराए। उनले बचतलाई केवल पैसा जम्मा गर्ने कार्य नभई आर्थिक सुरक्षा र भविष्य निर्माणको आधारका रूपमा लिनुपर्नेमा जोड दिए।
कार्यक्रममा नगर जेसीजका पूर्व अध्यक्ष सूर्य शर्माले नेपालमा उत्पादनलाई टिकाउने वातावरणको कमी रहेको उल्लेख गर्दै बाल्यकालदेखि नै विद्यार्थीमा उद्यमशील सोच र सीप विकास गर्नुपर्नेमा जोड दिए। उनले सार सीप सिकाउन र उद्यमशीलता प्रवर्द्धन गर्न नसके अबको शिक्षा असफल हुने धारणा व्यक्त गरेका थिए।
जेसीजका निवर्तमान अध्यक्ष पूर्णविक्रम डाँगी कार्यक्रमको स्वागत मन्तव्य व्यक्त गरेका थिए भने पूर्व महासचिव कमल प्रकाश शर्माले जेसिस आस्था पाठ गरेका थिए । कार्यक्रमको सहजीकरण महासचिव बुद्धिराज सापकोटाले गरेका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, २६ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अदालतले धरौटीमा रिहा गर्ने निवेदन अस्विकार गर्दै पुर्पक्षका लागि थुनामै राख्ने निर्णय सुनाएको छ।
जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले सोमबार लामिछानेको निवेदनमाथि सुनुवाइ गरेपछि रिहाइको माग अस्विकार गर्ने आदेश सुनाएको हो। अदालतका स्रेस्तेदार विकास बस्नेतले लामिछानेको निवेदन खारेज गरिएको पुष्टि गरेका छन्।
लामिछानेमाथि बुटवलस्थित सुप्रिम सहकारीमार्फत ठगी तथा संगठित अपराधको अभियोग लागेको छ। सोही प्रकरणमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले गत चैत २२ गते उनलाई थुनामा पठाउने आदेश दिएको थियो।
उक्त आदेशविरुद्ध लामिछानेले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ अनुसार बैंक ग्यारेण्टीमार्फत रिहाइको माग गर्दै साउन १९ गते जिल्ला अदालतमा निवेदन दिएका थिए। उनले बिगो बराबरको रकम बैंक जमानतमा राखी थुनाबाहिर जान पाउने अनुमति माग गरेका थिए।
निवेदन दर्ता भएको दिन नै न्यायाधीश डिल्लीराम शर्मा अर्यालको इजलासले पेशीको सूचना दिन आदेश दिएको थियो। त्यसपछि साउन २० र २१ गते क्रमशः न्यायाधीश प्रल्हाद कुमार योगी र दीपेन्द्र थापा मगरको इजलासमा पूरक पेशी चढाइए पनि लामिछाने पक्षबाट दुवै दिन स्थगित गराइएको थियो।
यसैबीच आज भएको सुनुवाइमा सरकारी वकिल र निवेदक पक्षबीच बहस सकिएपछि न्यायाधीश सापकोटाले लामिछानेको रिहाइ निवेदन अस्विकार गर्दै थुनामै राख्न आदेश दिएका हुन्।
२२ सय व्यक्ति फरार सूचिमा
सर्लाही ,२६ साउन । मोटरसाइकल दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। सर्लाहीको बागमती नगरपालिका–१२, बागमती पुल–भरत ताल सडकखण्डमा सोमबार दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो।
दुर्घटनामा बारा कोल्हवी नगरपालिका–९ बस्ने ४२ वर्षीया इनरवती चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक बालिस्टर सिंहले जानकारी दिए। इनरवतीको ३२ वर्षका छोरा दीपक चौधरी र २८ वर्षका रामरूप चौधरी घाइते भएका छन्।
प्रहरीका अनुसार मधेश प्रदेश ०३–०३१ प ४९२३ नम्बरको मोटरसाइकलमा सवार चौधरी परिवारलाई सोही दिशाबाट आउँदै गरेको ज ११ प ५५०५ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिएको हो। दुर्घटनापछि गम्भीर घाइते भएकी इनरवतीलाई उपचारका लागि तत्काल चन्द्रनिगाहापुर पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
ठक्कर दिने मोटरसाइकल चालक सर्लाही ईश्वरपुर नगरपालिका–९ बस्ने २० वर्षीय विशाल महतो र सोही मोटरसाइकलमा सवार भारतको बिहार, मुजफ्रपुर जिल्लाको मिनापुर ग्राम पञ्चायत–१० का २० वर्षीय प्रेमकुमार भगत घाइते भएका छन्। दुवैलाई स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि इलाका प्रहरी कार्यालय कर्मैयाको हिरासतमा राखिएको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस