दाङ,८ जेठ ।लुम्बिनी प्रदेश सभा सदस्य रत्नबहादुर खत्रीले सर्वोच्च अदालतका प्रधानन्यायाधीश डाक्टर मनोज शर्माको नियुक्ति राजनीतिक सेटिङका आधारमा भएको दाबी गरेका छन्।
लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशनको दोस्रो बैठकलाई सम्बोधन गर्दै उनले शर्मा विगतदेखि नै राजनीतिक पहुँच मिलाउन सिपालु रहेको र यसपटक पनि त्यही आधारमा प्रधानन्यायाधीश बन्न सफल भएको आरोप लगाए।
“योग्यता र विज्ञताको आधारमा होइन, राजनीतिक कनेक्सनका आधारमा नियुक्ति भएको हो,” खत्रीले भने।
उनले अतिरिक्त न्यायाधीश रहँदा नै राजनीतिक दलका कार्यालयमा पुगेर कृतज्ञता व्यक्त गर्ने र पारिवारिक पहुँचको प्रयोग गर्ने प्रवृत्तिले अहिलेको नियुक्ति विवादास्पद बनेको टिप्पणी गरे।
त्यसैगरी, उनले बाँके जिल्लामा पछिल्ला दिनमा विभिन्न विषयमा अन्याय भइरहेको भन्दै चिन्ता व्यक्त गरे। प्रदेश सुशासन केन्द्र अन्यत्र सार्ने प्रयासप्रति आपत्ति जनाउँदै उनले यस्तो निर्णय स्वीकार्य नहुने बताए।
“सुशासन केन्द्र नसारियोस्, बाँकेलाई अन्याय हुने कुनै पनि कदम स्वीकार्य छैन,” उनले भने।
यस्तै, विद्युत अनियमितताका कारण बाँके क्षेत्र प्रभावित भएको उल्लेख गर्दै उनले प्रदेश र संघीय सरकारको ध्यानाकर्षण गराएका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,७ जेठ । सडक डिभिजन कार्यालय दाङले सडक सीमा (राइट अफ वे) अतिक्रमण गरी बनाइएका घर, टहरा, पर्खाल लगायतका संरचना हटाउन १५ दिनको समय दिएको छ।
बिहीबार जारी सूचनामा सार्वजनिक सडक ऐन २०३१ विपरीत सडक सीमाभित्र निर्माण भएका संरचनाले यातायात सञ्चालन र सडक सुरक्षामा असर परेको उल्लेख गरिएको छ।
कार्यालयका अनुसार सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र सम्बन्धित व्यक्ति वा संस्थाले आफ्ना संरचना आफैं हटाउनुपर्नेछ। तोकिएको समयभित्र नहटाएमा कार्यालयले आफैं हटाउने र त्यसको खर्च सम्बन्धित पक्षबाट असुल गर्ने चेतावनी दिएको छ।
अतिक्रमण हटाइने क्षेत्रमा महेन्द्र राजमार्गको धन्खोला–शिवखोला खण्ड, हुलाकी राजमार्गको गढवा–राजपुर सडक, मदन भण्डारी राजमार्गको सिसलपाटी–खलंगा–बालुवासंग्रही खण्ड तथा घोराही–तुलसीपुर–काल्चे सडक रहेका छन्।

यसैगरी भालुबाङ–गनाहा, कोइलाबास–लमही–घोराही, राप्ती राजमार्गको अमेलिया–तुलसीपुर–सिसलपाटी–खोलापास तथा थारमारे–चौरजहारी सडक खण्डमा पनि अतिक्रमण हटाइने जनाइएको
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,७ जेठ। पशुपतिनाथ मन्दि मा श्रीयन्त्र पूजाआराधनाका लागि भारतीय गृहमन्त्री अमित शाहले ४० किलो चन्दन अर्पण गरेका छन्।उक्त चन्दन प्रतिनिधिसभा सदस्य सन्दीप रानाको समन्वयमा पशुपतिनाथका मूल अर्चक गणेश भट्टलाई हस्तान्तरण गरिएको हो। भारतबाट हरेक वर्ष विशेष अवसरमा पशुपतिनाथलाई चन्दन अर्पण गर्ने परम्परा रहेको छ। गत वर्ष गोआका मन्त्रीले ३५ किलो चन्दन अर्पण गरेका थिए।
पशुपतिनाथका मूल अर्चकले प्राप्त गरेको चन्दन पछि गुठी संस्थान अन्तर्गत पशुपति गोश्वारा कार्यालयकी प्रमुख सुशीला शर्मालाई भण्डारणका लागि जिम्मा लगाइएको छ। नेपाल–भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धका कारण हरेक वर्ष यस्तो चन्दन अर्पण हुँदै आएको जनाइएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,७ जेठ। लुम्बिनी प्रदेश सरकारले अबदेखि आयोजना बैंकमा समावेश भएका योजनालाई मात्रै बजेट तथा कार्यक्रममा समेट्ने नीति लिएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा बिहीबार सम्पन्न प्रदेश समन्वय परिषद्को आठौँ बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री चेतनारायण आचार्यले योजना छनोटमा प्रदेश सरकार कडा (निर्मम) हुने बताएका छन्।
उनका अनुसार अब ३० लाख रुपैयाँभन्दा कम लागतका पूर्वाधार योजना प्रदेश सरकारले नसमेट्ने र अन्य क्षेत्रका १० लाखभन्दा कमका योजना पनि प्रदेशमा नलिने नीति लागू हुनेछ। पाँच लाखसम्मका साना योजना स्थानीय तहमा सशर्त अनुदानमार्फत पठाइने तयारी गरिएको छ।
बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले पुराना अधुरा योजना र खानेपानी आयोजनालाई प्राथमिकता दिएर बजेट बनाइने बताए। उनले टुक्रे योजना घटाएर प्रभावकारी काम गर्नुपर्नेमा जोड दिए।
प्रदेशका प्रमुख सचिव र योजना आयोगका पदाधिकारीहरूले पनि योजना छनोट तल्लो तहबाटै सही रूपमा हुनुपर्ने धारणा राखे। स्थानीय तहका प्रतिनिधिहरूले भने तीन तहबीच समन्वय कमजोर हुँदा विकास कार्य प्रभावित भएको बताएका छन्। साथै टुक्रे योजना घटाउन र स्थानीय तहसँग समन्वय बढाउन आग्रह गरिएको छ। बैठकमा आगामी बजेट, योजना तर्जुमा, राजस्व व्यवस्थापन र कर्मचारी व्यवस्थापनबारे छलफल भएको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, ७ जेठ। घोराही उपमहानगरपालिका–१० नारायणपुरस्थित ग्रेट बुद्ध एकेडेमी र “घोराही बनाउ अभियान”बीच ३० जना विद्यार्थीलाई सहुलियत शुल्कमा कक्षा ११ र १२ अध्ययन गराउने सहमति भएको छ।
सहमति अनुसार एसईई उत्तीर्ण विद्यार्थीमध्ये १० जना विपन्न वर्ग, १० जना दलित र १० जना जनजाति समुदायका विद्यार्थीलाई लक्षित गरिएको छ। उक्त सहमति पत्रमा एकेडेमीका प्रिन्सिपल निमानन्द गैरे र अभियानका संयोजक सविन प्रियासनले हस्ताक्षर गरेका छन्।
यस योजना अन्तर्गत विद्यार्थीहरूले साइन्स र म्यानेजमेन्ट विषयमा वार्षिक ५ हजार रुपैयाँ शुल्कमा अध्ययन गर्न पाउनेछन्। कक्षा १२ सम्म पनि सोही शुल्क कायम रहनेछ र थप शुल्क तिर्नु नपर्ने जनाइएको छ।
प्रिन्सिपल गैरेका अनुसार नारायणपुर आसपासका क्षेत्रमा निम्न आय भएका दलित, जनजाति तथा अन्य समुदायका परिवारको संख्या बढी भएकाले उनीहरूका छोराछोरीलाई सहज रूपमा शिक्षा दिलाउने उद्देश्यले यस्तो योजना ल्याइएको हो। उनले इच्छुक विद्यार्थी तथा अभिभावकलाई विद्यालय वा अभियानसँग सम्पर्क गर्न आग्रह गरेका छन्।
निजी विद्यालय महँगो हुने आम बुझाइलाई चिर्दै विपन्न वर्गका विद्यार्थीलाई पनि अवसर दिन खोजिएको उनको भनाइ छ। यता अभियानका संयोजक प्रियासनले आर्थिक अभावका कारण उच्च शिक्षा लिन नसकिरहेका विद्यार्थीलाई लक्षित गर्दै विद्यालयसँग सहकार्य गरिएको बताए। उनका अनुसार अत्यन्तै कमजोर आर्थिक अवस्था भएका केही विद्यार्थीको शुल्कसमेत अभियानले व्यवस्थापन गर्नेछ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,७ जेठ । नेपाल कम्युनिस्ट पार्टी ९एमाले०का महासचिव शंकर पोख्रेलले वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि जनाउँदै पपुलिज्म र अराजकतावाद हाबी हुँदै गएको बताएका छन्।
नेपाल प्रेस चौतारी दाङले तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले लामो संघर्षबाट प्राप्त राजनीतिक उपलब्धिहरूलाई कमजोर बनाउने प्रवृत्ति बढ्दै गएको उल्लेख गरे। उउनले विचार, सिद्धान्त र अनुभवभन्दा लोकप्रियता केन्द्रित राजनीति हाबी हुँदा समग्र राजनीतिक प्रणाली नै प्रभावित भएको बताएका छन्।
उनले जनताले नयाँ शक्तिबाट राम्रो शासनको अपेक्षा गरे पनि कार्यशैलीले निराशा बढाएको दाबी गरे। “जनताको अपेक्षा अनुसार परिणाम देखिन सकेन, उनले भने– त्यसैले अहिले असन्तुष्टि बढ्दै गएको छ। ”
सरकार सञ्चालन गरिरहेको शक्तिको कामकारबाहीसमेत आलोचनाको घेरामा परेको उनले बताए। भूमिहीन सुकुम्बासीको विषयमा बोल्दै उनले राज्यले अमानवीय व्यवहार गरेको आरोप लगाए। गरिबहरूले निर्माण गरेका घरटहरामा डोजर चलाउने क्रम बढ्दै गएको भन्दै उनले यसलाई “डोजर आतंक” को संज्ञा दिए।
एमाले नेतृत्वको सरकारका बेला सुकुम्बासी समस्या समाधानका लागि कानुन निर्माण गरिएको स्मरण गराउँदै उनले त्यसको कार्यान्वयन विपरीत भइरहेको बताए। “कानुनले संरक्षण गर्ने भनेको अवस्थामा त्यसको उल्टो काम हुनु गम्भीर विषय हो,” उनले भने।
यसैबीच, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी को पार्टी भूमिकाबारे सोधिएको प्रश्नमा उनले अभिभावकको भूमिकामा पुगेको व्यक्ति त्यही भूमिकामा रहनु उपयुक्त हुने धारणा व्यक्त गरे। तर, पार्टी गतिविधिमा संलग्न भइसकेपछि रोक्न नसकिने उनको भनाइ थियो।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,७ जेठ । प्रतिनिधीसभाको बैठक अवरुद्ध भएको छ । बिहिबार विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाहको उपस्थितिको माग गर्दै विरोध जनाएपछि बैठक अवरुद्ध भएको हो। प्रतिनिधिसभा नियमावलीको दफा ५६ मा भएको व्यवस्था बमोजिम प्रधानमन्त्री संसद्मा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिनुपर्ने मागसहित विपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएपछि बैठक अवरुद्ध भएको हो । उनीहरुले सांसदहरुले उठाएका बिषयमा प्रधानमन्त्री स्वयं सदनमा उपस्थीत भएर जवाफ दिनुपर्ने अडान राखेका थिए ।
बैठकमा विशेष समय सकिएपछि बिपक्षी दलका सांसदहरु उठेर विरोध जनाएका थिए । विरोधपछि सभामुख डोल प्रसाद अर्यालले नेकपा एमालेका सांसद ऐन महरलाई समय दिएका थिए । सांसद महरले प्रधानमन्त्रीले संसदलाई छल्ने काम गरेको भन्दै आपत्ति जनाए । उनले संसदको नियमावलीलाई बेवास्ता गर्न नमिल्ने भन्दै संसदमा उपस्थित हुन रुलिङको माग गरे ।
त्यस्तै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सासद युवराज दुलालले प्रधानमन्त्री संसदप्रति जवाफदेही हुनुपर्ने व्यवस्था उल्लङ्घन भएकाले तत्काल रुलिङको माग गरे । उनले प्रधानमन्त्रीले सदनलाई बेवास्ता गर्नु संविधान र सार्वभौम जनताप्रतिको अपमान भएको उल्लेख गरे । त्यस्तै राप्रपा सांसद खुश्बु ओलीले सदनमा सांसदहरुको प्रश्नको जवाफका लािग प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन माग गरिन् ।
त्यस्तै श्रम संस्कृति पार्टीका सांसद आरेन राईले विधि र नीतिको शासनभन्दा माथि हुने गरी कोहि पनि चल्न नसक्ने भन्दै तत्काल प्रधानमन्त्रीलाई बोलाउनलाई रुलिङको माग गरे । बिपक्षीको अवरोधपछि सभामुख अर्यालले आफ्नो ध्यानाकर्षण भएको भन्दै बस्न आग्रह गरेका थिए । तर बिपक्षी दलका सांसदहरुले प्रधानमन्त्रीको उपस्थितिका लागि रुलिङ हुनुपर्ने अडान कायमै राखेका थिए । बिपक्षी सांसदले निरन्तर अवरोध गरेपछि सभामुख अर्यालले प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,७ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी तुलसीपुर उपमहानगरपालिकाले प्रथम नगर अधिवेशन आयोजना गर्ने भएको छ।
अधिवेशन जेठ १० गते आइतबार हुने जनाइएको छ। कार्यक्रम दिउँसो साढे १२ बजे सुरु हुने जानकारी पार्टीले दिएको छ।
पार्टीले देशभर संगठन विस्तार अभियानलाई तीव्र बनाइरहेको जनाएको छ। यसैक्रममा जेठ ३ गते तुलसीपुरका १९ वटै वडामा वडा भेला सम्पन्न गरेको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,७ जेठ । नेपाली सेनाले मनसुनजन्य विपद् व्यवस्थापनका लागि पूर्वतयारी योजना बनाएर कार्यान्वयनमा ल्याएको छ।
सेनाले विगतका अनुभवका आधारमा यस वर्ष बाढी, पहिरो लगायतका विपद्का लागि आवश्यक जनशक्ति र उपकरण तयारी अवस्थामा राखेको जनाएको छ। जिल्लास्थित गण तथा गुल्ममा फौज तयारी अवस्थामा राखिएको छ भने प्रदेशका पृतनामा विशेष खोज तथा उद्धार टोली तैनाथ गरिएको छ।
दुर्गम क्षेत्रमा उद्धारका लागि हेलिकप्टरसमेत तयारी अवस्थामा राखिएको छ। काठमाडौँसँगै सुर्खेत र इटहरीमा पनि हेलिकप्टर ‘स्ट्यान्डबाई’ राखिएको सेनाले जनाएको छ।
राजमार्ग अवरुद्ध भएमा तत्काल सञ्चालन गर्न धादिङ, चितवन र बारामा बेलिब्रिज तयारी अवस्थामा राखिएको छ। साथै, आवश्यक परे भारी उपकरण प्रयोग गरेर सडक खुलाउने व्यवस्था पनि मिलाइएको छ।
घाइते र प्रभावित नागरिकलाई उपचार गर्न सैनिक अस्पतालका चिकित्सक टोली पनि तयारी अवस्थामा राखिएको छ। औषधि, खाद्यान्न र राहत सामग्री पनि व्यवस्थापन गरिएको छ। विपद् व्यवस्थापनमा संघ, प्रदेश, स्थानीय तह, सुरक्षा निकाय र समुदायसँग मिलेर काम गर्ने सेनाको योजना छ।
सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार मनसुनका बेला हुने जोखिम घटाउन सबै तयारी गरिएको र आवश्यक परे तुरुन्त परिचालन गरिनेछ। सेनाले यस्तो तयारीले विपद्को समयमा जनधनको क्षति कम गर्न सहयोग पुग्ने विश्वास लिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,७ जेठ । सरकारले सञ्चालन गरेको ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ मा बालबालिकामा कुपोषण बढेको पाइएको छ।
स्वास्थ्य सेवा विभागका पोषण शाखा प्रमुख लिलाविक्रम थापा का अनुसार यसपटक कडा शीघ्र कुपोषण ४ प्रतिशत बालबालिकामा देखिएको छ, जुन यसअघि १ प्रतिशत मात्रै थियो।
उनका अनुसार कर्णाली, सुदूरपश्चिम र मधेस प्रदेशमा कुपोषण बढी देखिएको छ। कडा कुपोषण भएका बालबालिका निकै दुब्ला हुने र शरीरका हड्डी देखिने अवस्थाका हुन्छन्।
यस्ता बालबालिकालाई ‘तयारी उपचारात्मक खाना’ दिइने र आवश्यक परे देशभर रहेका पुनःस्थापना केन्द्रमा राखेर उपचार गरिने उनले बताए।
त्यस्तै, मध्यम कुपोषण १२ प्रतिशत बालबालिकामा देखिएको छ। यस अवस्थामा बालबालिका दुब्लाउने र उमेरअनुसार तौल नहुने समस्या देखिन्छ। सरकारले वैशाख १५ देखि सुरु गरेको यो अभियान जेठ महिनासम्म सञ्चालन हुनेछ। करिब २२ लाख बालबालिकाको पोषण अवस्था जाँच गर्ने लक्ष्य राखिएको छ।
अभियानअन्तर्गत स्वास्थ्य स्वयंसेविका र स्वास्थ्य संस्थामार्फत बालबालिकाको पाखुराको घेरा नापेर पोषण अवस्था पत्ता लगाइँदै आएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस