आइतबार सार्वजनिक बिदा

   श्रावण २३, २०८२       admin


काठमाडौँ, २२ साउन। बागमती प्रदेश सरकारले गाईजात्राको अवसरमा आउँदो आइतबार (साउन २५ गते) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै आइतबार बागमती प्रदेशभर सार्वजनिक बिदा लागु हुने जानकारी दिएको हो।

बागमती प्रदेश राजपत्रको खण्ड (८), संख्या ३२, प्रदेश राजपत्र भाग ३, मिति २०८१–१२–२१ मा प्रकाशित सूचनाबमोजिम यही मिति २०८२–०४–२५ गते आइतबार गाईजात्राको अवसरमा बागमती प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराइन्छ।’ सूचनामा उल्लेख छ ।

गाईजात्रा नेवारी समुदायको प्रमुख सांस्कृतिक पर्व हो । यस पर्व प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदाका दिन मनाइन्छ। यस दिन दिवंगत आत्माको सम्झनामा विभिन्न कार्यक्रम गरिन्छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

केटा साथीको घरमा गएकी किशोरीको मृत्यु

   श्रावण २३, २०८२       admin


काठमाडौँ, २२ साउन । साथीको घरमा गएकी एक किशोरीको मृत्यु भएको छ । ललितपुरमा केटा साथीको घरमा गएका बेला बेहोस भई किशोरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ललितपुरको महालक्ष्मी नगरपालिका–३, बोझेपोखरी बस्ने १८ वर्षीय केटा साथीको घरमा एक किशोरी बुधबार दिउँसो गएकी थिइन्। त्यही क्रममा अचानक बेहोस भएकी ती किशोरीलाई तत्काल ग्वार्कोस्थित किष्ट अस्पताल पुर्‍याइएको थियो। तर, उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

प्रहरी प्रवक्ता एसपी चक्रराज जोशीका अनुसार मृतक किशोरीको उमेर पनि १८ वर्षकै रहेको छ। प्रारम्भिक अनुसन्धानमा उनीहरूबीच प्रेम सम्बन्ध रहेको हुन सक्ने आशंका गरिएको छ।

हाल किशोरीको केटा साथीलाई प्रहरी वृत्त सातदोबाटोमा राखी घटनासम्बन्धी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। शव पोस्टमार्टमका लागि पठाइएको छ भने विस्तृत विवरण पोस्टमार्टम रिपोर्टपछि मात्र स्पष्ट हुने बताइएको छ।

प्रहरीले घटनाको कारण यकिन गर्न थप अनुसन्धान जारी राखेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

पानी र बाढीले ६ ठाउँका सडक अवरुद्ध

   श्रावण २३, २०८२       admin


काठमाडौँ, २२ साउन। देशका विभिन्न भागमा परेको अविरल वर्षा, बाढी र पहिरोका कारण कम्तीमा ६ स्थानमा प्रमुख सडकहरू पूर्णरूपमा अवरुद्ध भएका छन्।

नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित विश्वकर्मा मन्दिर आसपास आज बिहानदेखि पूर्व–पश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ।

त्यसैगरी, लमजुङको मध्यनेपाल नगरपालिका–९ बिमिरेभन्ज्याङमा पहिरो खसेपछि मध्यपहाडी लोकमार्ग आवागमन बन्द भएको छ।

यता, गएको जेठ ६ गतेदेखि अवरुद्ध कोशी राजमार्ग अझै खुल्न सकेको छैन।

साउन १४ गतेदेखि पासाङल्हामु राजमार्गसमेत पूर्णरूपमा अवरुद्ध छ। रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ र ३ मा बाढीका कारण सडक अवरुद्ध भएको हो।

आइतवारदेखि अरनिको राजमार्ग पनि पूर्णरूपमा अवरुद्ध छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ को कोदारी क्षेत्रमा पहिरो खसेर सडक बन्द भएको हो।

यस्तै, असार ९ गतेदेखि अवरुद्ध जाजरकोट–डोल्पा भेरी करिडोर सडक खण्डसमेत अझै सञ्चालनमा आउन सकेको छैन।

सरकार तथा सम्बन्धित निकायले सडक खुलाउन प्रयास जारी राखे पनि लगातारको वर्षाका कारण काममा कठिनाइ भइरहेको जनाइएको छ। यात्रुहरुलाई सावधानीपूर्वक यात्रा गर्न र वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

थुनामुक्तको माग राख्दै रविले दिए अदालतमा निवदेन

   श्रावण २३, २०८२       admin


रुपन्देही,२२ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले थुनामुक्तको माग गर्दै जिल्ला अदालतमा निवदेनन दिएका छन् । सहकारी ठगी,संगठित अपराध, सम्पत्ति शुद्धिकरण लगायत अभियोगमा रुपन्देही कारागारमा थुनामा रहेका लामिछानेले थुनामुक्त गर्न माग गर्दै रूपन्देही जिल्ला अदालतमा निवेदन दिएका हुन् ।

आफूलाई राजनीतिक प्रतिशोधका आधारमा थुनामा राखिएको भन्दै लामिछानेले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७१ अनुसार बैंक जमानतमा रिहा गर्न माग गरेका हुन् । रविले सहकारी ठगीमा आफू संलग्न नरहेको र आफ्नो भागको बिगो बराबर रकम बैंक जमानत राखेर रिहा हुन पाउनुपर्ने माग सहित निवेदन दर्ता गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

प्रतिबन्धित औषधि बेच्ने दुइजना पक्राउ

   श्रावण २३, २०८२       admin


काठमाडौँ,२२ साउन । प्रहरीले प्रतिबन्धित औषधि बेच्ने दुइजनालाई औषधिसहित पक्राउ गरेको छ । झापामा मेडिकल डिस्ट्रीब्युटरका सञ्चालकसहित दुईजना ठूलो मात्रामा प्रतिबन्धित औषधिसहित पक्राउ परेका हुन् । । लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा बुधबार राति ११ बजेतिर कमल गाउँपालिका–६ काटाचोक निवासी विष्णु प्रसाद बगालेको घरमा तलासी गर्दा प्रतिबन्धित औषधि फेला परेको थियो ।

उक्त घरबाट ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल ३०००,डिसाइक्लोमिन हाइड्रोक्लोराइड ट्याब्लेट २११० र स्पास्पेन २०५० ट्याब्लेट बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

औषधिसहित पक्राउ परेका घरधनी विष्णुप्रसाद बगाले र दमक नगरपालिका–६ थानारोडका गंगा बहादुर खड्कालाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । खड्का दमक मेडिकल डिस्ट्रीब्युटरका सञ्चालक हुन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बलात्कारको आरोपमा रास्वपाका गाउँपालिका सभापति पक्राउ

   श्रावण २२, २०८२       admin

काठमाडौँ,२१ साउन । बलात्कारको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका गाउँपालिका सभापति पक्राउ परेका छन्। सोलुखुम्बुको लिखुपिके गाउँपालिका २ का रामचन्द्र बस्नेत बलात्कारको आरोपमा पक्राउ परेका हुन् ।

लिखुपिके गाउँपालिकाका रास्वपा गाउँ सभापति समेत रहेका बस्नेतलाई प्रहरीले काठमाडौंको वनस्थलीबाट पक्राउ गरेको हो।

बलात्कारको आरोप लागेपछि फरार उनलाई प्रहरीले सोमबार पक्राउ गरेको सोलुखुम्बु प्रहरीले जनाएको छ।

जिल्ला प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक विकास राईले दिएको जानकारी अनुसार बस्नेतमाथि फरक क्षमताकी महिलालाई बलात्कार गरेको आरोप छ।

२०८१ साल साउन ६ गतेको उक्त घटनापछि उनी फरार थिए।

घटनाको वर्षदिन भन्दा बढी समय बितेपछि पक्राउ परेका उनलाई काठमाडौंबाट सोलु ल्याएर बुधबार सात दिनका लागि अदालतबाट म्याद थपिएको प्रहरी निरीक्षक राईले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बालविवाहसम्बन्धी कानुन ७ वर्षमै संशोधन गर्नुपर्ने अवस्था : सांसद साह

   श्रावण २२, २०८२       admin


काठमाडौं, २१ साउन । प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले बालविवाहसम्बन्धी कानुन ७ वर्ष नपुग्दै संशोधन गर्नुपर्ने अवस्था सिर्जना भएको बताएका छन्।

बुधबार महिला विकास तथा कानुन मञ्च ९एफडब्लुएलडी० ले युनिसेफको सहयोगमा बालबालिकासम्बन्धी ऐन, २०७५ को पहिलो संशोधन विधेयकबारे सांसदहरूसँग आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै सभापति साहले परिवर्तनशील समाजमा समयसापेक्ष कानुन निर्माण गर्नु आजको आवश्यकता भएको उल्लेख गरे।

उनले समाजका आवश्यकतालाई बुझेर कानुन संशोधनतर्फ अघि बढिनु सकारात्मक पक्ष भएको बताए। साथै, नेपालको कुनै पनि बाल सुधारगृह मापदण्डअनुसार सञ्चालनमा नरहेको दाबी गर्दै उनले सुधारगृहमा रहेका बालबालिका गम्भीर जोखिममा रहेको बताए। सुधारगृहमा बस्ने बालबालिकाले पाउने खाना, सुत्ने व्यवस्था र अन्य भौतिक सुविधा न्यून स्तरको र नाममात्रको रहेको उनले टिप्पणी गरे।

सभापति साहले बालविवाह अब कल्पनै गर्न नसकिने कुरा भएको भन्दै कसैको स्वार्थ प्रेरित भएर विधेयक आएको नभई समाजको आवश्यकताले विधेयक ल्याउनुपरेको स्पष्ट पारे।

छलफल कार्यक्रममा एफडब्लुएलडीका कार्यकारी निर्देशक तथा अधिवक्ता सविन श्रेष्ठले बालबालिकासम्बन्धी ऐनको पहिलो संशोधन विधेयकको विषयमा प्रस्तुति दिँदै यो विधेयक बालन्यायलाई केन्द्रमा राखेर तयार गरिएको जानकारी दिए। श्रेष्ठले विधेयकमा नयाँ र आवश्यक प्रावधानहरू समावेश गरिनुका साथै अझ केही विषय समेट्न सके अझ प्रभावकारी हुने धारणा राखे।

उनले विधेयकमा ‘दिशान्तर’ जस्ता अवधारणाको स्पष्ट परिभाषा थप्नुपर्ने, अनाथ बालबालिकाको परिभाषा स्पष्ट गर्नुका साथै भेटिएका बालबालिकासँग छुट्टै ढंगले परिभाषा गर्नुपर्ने, बच्चाको थर सम्बन्धमा विभेदरहित कानुनी व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याए।

श्रेष्ठले जोखिमपूर्ण काममा बालबालिकालाई नलगाउने प्रावधान राख्नुपर्ने, बालबालिकाको उमेर स्पष्ट गर्ने आधार सुनिश्चित गर्नुपर्ने, गोपनीयताको हकलाई सुरक्षित गर्ने प्रावधान थप्नुपर्ने, धर्म परिवर्तनका लागि बालबालिकाको प्रयोग रोक्ने कानुनी व्यवस्था गर्नुपर्ने र बालअदालतको इजलासबारे प्रष्ट कानुनी व्याख्या हुनुपर्ने सुझावसमेत प्रस्तुत गरे। साथै, संयुक्त राष्ट्रसंघीय मानवअधिकार समीक्षा ९युपिआर० ले दिएको सिफारिसलाई समेत मनन गरेर संशोधन विधेयक तयार पारिनुपर्ने धारणा राखे।

कार्यक्रममा बालअधिकार परिषद्का प्रतिनिधि श्रीराम अधिकारीले ऐनको दफा २४ र ४३ मा गम्भीर रूपमा विचार गर्नुपर्ने सुझाव सांसदहरूलाई दिए। युनिसेफका प्रतिनिधि रामप्रसाद गौतमले ऐनको दफा ६२ मा ‘बाल मनोविज्ञ’ को सट्टा ‘बालमनोविमर्शकर्ता’ शब्द प्रयोग गर्नुपर्ने बताए। साथै उनले साइबर हिंसाबारे ऐन मौन रहेको भन्दै त्यसप्रति सांसदहरूको ध्यानाकर्षण गराए।

सांसदहरूबाट विधेयकमा रहेका केही अस्पष्ट प्रावधानहरूलाई स्पष्ट पार्न छलफल कार्यक्रम उपयोगी भएको प्रतिक्रिया दिइएको छ। जनता समाजवादी पार्टीकी सांसद रञ्जुकुमारी झाले संशोधन विधेयक अझै स्पष्ट र प्रभावकारी बनाउन सुझावहरू उपयोगी हुने बताइन्। सांसद प्रतिक्षा तिवारीले पीडित बालबालिकालाई सहभागी गराएर कार्यक्रम आयोजना गरिएको भए अझ प्रभावकारी हुने धारणा व्यक्त गरिन्।

कार्यक्रममा वरिष्ठ अधिवक्ता मीरा ढुंगानाले बालबालिकासम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकले समेट्न बाँकी विषयहरूबारे सांसदहरूलाई अवगत गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिइन्।

छलफलमा उठेका सुझावहरू समेट्न सके विधेयक अझ प्रभावकारी हुने सहभागीहरूको धारणा थियो। ऐन संशोधनको दफावार छलफलपछि विधेयक प्रतिनिधिसभामा टेबुल गरिने तयारी भइरहेको आयोजकले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

गायक पशुपति सवार कार स्याङ्जामा दुर्घटना, चार जना घाइते

   श्रावण २२, २०८२       admin


काठमाडौँ, २१ साउन । लोकगायक पशुपति शर्मा सवार कार स्याङ्जामा दुर्घटनामा परेको छ । पोखराबाट वालिङतर्फ जाँदै गरेको ग १ च ४१७१ नम्बरको कार स्याङ्जाको भीरकोट नगरपालिका–२ स्थित सिद्धार्थ राजमार्गमा दुर्घटनाग्रस्त भएको हो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० दधिराम न्यौपानेका अनुसार, कारमा गायक शर्मासहित चार जना सवार थिए । उनीहरू सबै सामान्य घाइते भएका छन् र अहिले नजिकैको स्वास्थ्य संस्थामा उपचार भइरहेको जनाइएको छ ।

दुर्घटनामा कारको अगाडिको भागमा ठूलो क्षति पुगेको छ । प्रारम्भिक अनुसन्धानअनुसार तीव्र गतिका कारण कार अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दाङमा हत्या आरोपमा फरार महिला २३ वर्षपछि पक्राउ

   श्रावण २२, २०८२       admin

दाङ, २१ साउन । हत्याको आरोपमा फरार एक महिला २३ वर्षपछि पक्राउ परेकी छन् । दाङको गढवा गाउँपालिका–७ मानपुरकी ५० वर्षीया बसन्ता शर्मा पण्डितलाई प्रहरीले २३ वर्षपछि पक्राउ गरेको छ । उनले आफ्नै सौताको ९ वर्षीय छोराको हत्या गरेको अभियोगमा २०६० सालमा अदालतबाट १० वर्ष कैद सजाय पाएकी थिइन् । त्यसयता उनी फरार रहँदै आएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी चक्रबहादुर शाहका अनुसार, शर्मालाई काठमाडौंको नयाँ बसपार्क क्षेत्रबाट पक्राउ गरिएको हो ।

२०५९ साल असार १९ गते बसन्ताले सौताको छोरा शरद शर्मामाथि लाठी प्रहार गरी हत्या गरेपछि शव मलखादमा गाडेकी थिइन् । यस घटनामा जिल्ला अदालत दाङले २०६० साल असोज २६ गते उनलाई दुई वर्ष कैद सजाय सुनाएको थियो । तर सोही वर्ष माघ ३ गते पुनरावेदन अदालत तुलसीपुरले सजाय बढाएर १० वर्ष पुर्‍याएपछि उनी फरार भएको डीएसपी शाहले जानकारी दिए ।

शर्मा फरार भएपछि प्रहरीले खोजी कार्य जारी राखेको थियो । पछिल्लो समय उनी काठमाडौंमा छोरा केशवराज शर्मासँग बस्दै आएको थाहा पाएपछि इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको टोलीले जिल्ला प्रहरी परिसर काठमाडौंसँग समन्वय गरी उनीमाथि निगरानी बढाएको थियो ।

त्यसक्रममा हिजो मंगलबार बिहान करिब साढे ८ बजे नयाँ बसपार्क क्षेत्रको सडक खण्डबाट उनलाई पक्राउ गरिएको डीएसपी शाहले बताए ।

शर्मालाई अब दाङ जिल्ला अदालतमार्फत कैद सजाय भुक्तानका लागि प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

चामल किन्न बजार गएका रत्न १९ दिनदेखि बेपत्ता

   श्रावण २२, २०८२       admin


दाङ, २१ साउन । दाङको तुलसीपुरका एक व्यक्ति १९ दिनदेखि बेपत्ता भएका छन् । तुलसीपुर उपमहानगरपालिका–७ पर्सेनीका ३२ वर्षीय रत्नबहादुर बुढाथोकी १९ दिनदेखि बेपत्ता छन् । साउन ३ गते चामल किन्न तुलसीपुर बजार गएका उनी अहिलेसम्म घर फर्किएका छैनन् ।

श्रीमती कमला बुढाथोकीका अनुसार, साउन ३ गते दिउँसो करिब १२ बजे दुई हजार रुपैयाँ दिएर चामल किन्न घरबाट निस्किएका थिए । घरबाट निस्किएलगत्तै रत्नको मोबाइल फोन स्विच अफ भएको कमलाले जानकारी दिइन् ।

ू‘निस्किएलगत्तै फोन अफ भयो । त्यसपछि उहाँसँग सम्पर्क हुन सकेन । उनले भनिन्–‘कतै महिला लिएर भाग्नुभयो कि भन्ने शंका लागेर सोही दिन दिउँसो ३ बजे इलाका प्रहरी कार्यालय तुलसीपुर पुगेर मिसिङ रिपोर्ट गरे । अँझै पत्ता लागेन ।’

उनका अनुसार, बेपत्ता हुनु अघिल्लो दिन साँझ पति–पत्नीबीच सामान्य विवाद भएको थियो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक तथा सूचना अधिकारी सूर्य रानाले रत्नबहादुर बेपत्ता भएको जानकारी आएपछि खोजी कार्य अघि बढाइएको बताए ।

‘श्रीमतीले मिसिङ रिपोर्ट दिनुभएको छ । उहाँले सिकाएका एक जनालाई पनि सोधपुछ गर्यौं, तर हालसम्म केही उपलब्धि छैन । उनले भने–‘कल डिटेल मागेका छौं, त्यसको रिपोर्ट आएपछि थप जानकारी आउला भन्ने अपेक्षा छ । ’

बेपत्ता रत्नबहादुरकी बहिनी घना बुढाथोकीका अनुसार, दाजुले स्मार्टफोन प्रयोग नगर्ने र फेसबुकसमेत चलाउने नगरेकाले पनि खोजीमा समस्या भएको छ ।

‘उहाँसँग सानो पिटपिटे मोबाइल मात्र छ । त्यसैले पनि ट्र्याक गर्न गाह्रो भएको छ। ’घनाले भनिन् ।

परिवारजनले रत्नबहादुरको सकुशल फिर्तीको लागि सबैसँग सहयोगको अपील गरेका छन् । यदि कसैले देखेको वा जानकारी पाएको खण्डमा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन पनि आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology