उत्तरकाशीमा भीषण वर्षा र बाढी : ४ जनाको मृत्यु, ५० जना बेपत्ता

   श्रावण २१, २०८२       admin

काठमाडौं,२० साउन। भारतको उत्तराखण्ड राज्यअन्तर्गत उत्तरकाशीको हर्षिल क्षेत्रमा आरीघोप्टे (क्लाउडबर्स्ट) वर्षापछि आएको भीषण बाढीका कारण कम्तीमा ४ जनाको मृत्यु भएको छ भने ५० जना बेपत्ता भएका छन्।

उत्तरकाशीका जिल्ला अधिकारी (डीएम) प्रशान्त आर्यका अनुसार लेदो र पानीको भेलले स्थानीय भौतिक संरचनाहरूमा ठूलो क्षति पुर्‍याएको छ। बाढीपछि गंगोत्री धाम जाने सबै सडक सम्पर्क विच्छेद भएको छ।

बाढी धराली गाउँमा आएको हो, जुन हर्षिलस्थित भारतीय सेनाको शिविरबाट करिब ४ किलोमिटर टाढा पर्छ। खीर गढ नालीमा आएको भेलले होटल, बजारलगायतका संरचनाहरू पूर्ण रूपमा क्षतिग्रस्त बनाएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

एक प्रत्यक्षदर्शीले सञ्चारमाध्यमलाई भनेका छन्, “होटलदेखि बजारसम्म सबै कुरा नष्ट भएको छ, मैले पहिले कहिल्यै यस्तो विपत्ति देखेको थिइनँ।”

घटनाप्रति उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले दुःख व्यक्त गर्दै सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् कि उनी उच्च अधिकारीहरूसँग निरन्तर सम्पर्कमा छन् र परिस्थितिको नजिकबाट निगरानी गरिरहेका छन्।

घटनापछि प्रहरी, एसडीआरएफ, एनडीआरएफ, सेना र अन्य उद्धार टोलीहरू बाढी प्रभावित क्षेत्रमा खटिइसकेका छन्। भारतीय सेनाले हालसम्म कम्तीमा १५ जनाको उद्धार गरिसकेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

विद्यालय हिँडेका दाजुबहिनी छ दिनपछि मृत फेला

   श्रावण २१, २०८२       admin

काठमाडौँ,२० साउन । छ दिनदेखि बेपत्ता रहेका दाजुबहिनी मृत फेला परेका छन् । ताप्लेजुङको याङवरक गाउँपालिका–१ बिरुवाका नाबालक दाजुबहिनी मृत अवस्थामा फेला परेका हुन् ।

साउन १५ गते बिहान विद्यालय जान भनेर घरबाट निस्किएका बिर्खबहादुर राईका १० वर्षीय छोरा शिशिर र ६ वर्षीया छोरी नानुमा राईको शव साउन २0 गते मंगलबार बिहान बिरुवा खोलामा फेला परेको हो।

वडाध्यक्ष राजेन्द्र खालिङ राईका अनुसार उनीहरूको शव खोलाको किनारमा करिब २०० मिटरको दूरीमा फेला परेको थियो।

बालबालिका बेपत्ता भएको खबर ढिलो गरिएकाले खोजी कार्य पनि २४ घण्टापछि मात्र सुरु गरिएको वडाध्यक्ष खालिङले जानकारी दिए। खोजीका लागि जिल्ला प्रहरी कार्यालयको टोली सोमबार च्याङथापू पुगेको थियो।

मृतक शिशिर पूर्ण आधारभूत विद्यालय बिरुवामा कक्षा ४ मा र नानुमा कक्षा १ मा अध्ययनरत थिए।

वडाध्यक्षका अनुसार साउन १५ गते बिहान करिब ६ बजे बाबु बिर्खबहादुरले छोराछोरीलाई हजुरआमाकहाँ गएर खाना खाई विद्यालय जानू भनेर पठाएका थिए। तर, हजुरबुबा–हजुरआमाले ती बालबालिका बाबुसँगै छन् भन्ने ठानेर दिनभरि आफ्ना काममा व्यस्त रहे।

बेलुका करिब ७ बजेतिर पनि नातिनातिनी नआएपछि हजुरबुबा सूर्यबहादुरले बिर्खबहादुरलाई फोन गरेर सोधपुछ गरेका थिए। त्यसपछि मात्र उनीहरू दुवै तर्फका घरमा नरहेको थाहा पाइएपछि साउन १६ गते बिहानदेखि खोजी थालिएको हो।

मृतक बालबालिकाकी आमा वैदेशिक रोजगारीमा रहेको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक ९डिएसपी० कौशलकुमार बुढाथोकीले घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जानकारी दिए। उनका अनुसार शव परीक्षणका लागि जिल्ला अस्पताल लैजाने तयारी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

वैदेशिक रोजगारका विज्ञापन ‘श्रम संसार पोर्टल’मा अनिवार्य

   श्रावण २१, २०८२       admin


काठमाडौँ,२० साउन । वैदेशिक रोजगारसँग सम्बन्धित सबै विज्ञापन अब अनिवार्य रूपमा ‘श्रम संसार रोजगार पोर्टल’ र ‘श्रम संसार एप’ मार्फत अनलाइन प्रकाशन गर्नुपर्ने भएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सो व्यवस्था लागू गरेको हो।

विभागले वैदेशिक रोजगार ऐन, २०६४ को दफा २२(९)(३०) र वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ७ अनुसार राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन प्रकाशित गर्नुपर्ने प्रावधान यथावत रहने उल्लेख गरेको छ। तर अबदेखि सोही विज्ञापन अनिवार्य रूपमा श्रम संसार पोर्टलमा पनि प्रकाशित गर्नुपर्नेछ।

अनलाइन अनिवार्य, नत्र कारबाही
विज्ञापन केवल पत्रिकामा मात्र प्रकाशित गर्दा नागरिक एपमार्फत सूचना प्राप्त गर्न नसकिने समस्या देखिएपछि अनलाइन प्रकाशन अनिवार्य गरिएको विभागले स्पष्ट पारेको छ।

अबदेखि वैदेशिक रोजगार व्यवसायीहरूले कामदार मागसम्बन्धी विज्ञापन प्रकाशन गर्दा अनिवार्य रूपमा श्रम संसार पोर्टल वा एपमा अपलोड गर्नुपर्नेछ। विज्ञापनमा आवश्यक सम्पूर्ण विवरण समावेश गर्न विभागले निर्देशन दिएको छ।

नयाँ व्यवस्थाअनुसार अनलाइनमा विज्ञापन नअपलोड गरिएको खण्डमा सो विज्ञापन अपूर्ण ठहरिनेछ र सम्बन्धित रोजगार व्यवसायीलाई नियमानुसार कारबाही गरिने विभागले चेतावनी दिएको छ।

सरकारले ‘श्रम संसार पोर्टल’लाई नागरिक एपसँग समन्वय गरी सञ्चालनमा ल्याएकाले अब नागरिकहरूले सजिलै आफ्नो मोबाइलबाटै वैदेशिक रोजगारीसम्बन्धी विज्ञापन हेर्न सक्ने व्यवस्था गरिएको विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

ज्ञान ज्योती ‘नेपाल टप’

   श्रावण २१, २०८२       admin


दाङ, २० साउन । दाङको तुलसीपुरस्थित ज्ञान ज्योति माध्यमिक विद्यालयले कक्षा १२ को परीक्षामा ऐतिहासिक सफलता हासिल गरेको छ । विद्यालयले जिल्लामात्र होइन, देशभरकै ध्यान खिच्न सफल भएको छ।

राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको नतिजाअनुसार विज्ञान संकायतर्फ विद्यालयका छात्र कृष्ण गिरीले ३.९६ GPA हासिल गरी नेपालभरि प्रथम स्थान प्राप्त गरेका छन्। यो सफलता ज्ञान ज्योतिमात्र होइन, दाङ र लुम्बिनी प्रदेशका लागि गर्वको विषय बनेको छ।

त्यस्तै, व्यवस्थापन संकायतर्फ सन्दीप वलीले ३.९० GPA ल्याउँदै दाङ जिल्लामै शीर्ष स्थान हात पार्न सफल भएका छन्।

विद्यालयका भाइस प्रिन्सिपल मनोज कुमार केसीका अनुसार, यो उल्लेखनीय सफलता विद्यालयको शैक्षिक उत्कृष्टता र विद्यार्थीहरूको कडा मेहनतको प्रतिफल हो।

विद्यालयका सिइओ सुरेन्द्र जिसीले सफलताको श्रेय विद्यालयको दृढ नेतृत्व, कुशल व्यवस्थापन, अनुभवी शिक्षकहरूको समर्पण, साथै अनुशासित र प्रतिभाशाली विद्यार्थीहरूको निरन्तर प्रयासलाई दिएका छन्।

ज्ञान ज्योति माविले कक्षा ११–१२ पछि उच्च शिक्षा तहमा समेत BBA, BSc CSIT, BCA, BSc, BBS, BA लगायतका कार्यक्रमहरू अत्याधुनिक सुविधासहित सञ्चालन गर्दै आएको छ।

लुम्बिनी प्रदेशसहित पश्चिम नेपालकै एक अग्रणी शैक्षिक संस्थाका रूपमा परिचित ज्ञान ज्योति माविले विगत वर्षहरूमा पनि विभिन्न संकाय र तहमा उल्लेखनीय नतिजा ल्याउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दाङसहित धेरै स्थानहरू ‘रेड जोन’मा:सतर्क रहन विज्ञको आग्रह

   श्रावण २१, २०८२       admin

दाङ,२० साउन। देशभर मनसुनी वायुको तीव्र प्रभाव कायम रहेका बेला दाङसहित लुम्बिनी प्रदेशका धेरै स्थानहरू बाढीको ‘रेड जोन’ मा परेका छन्। लगातारको वर्षाका कारण दाङ, बाँके, बर्दिया लगायत जिल्लामा बहने साना नदीहरूको बहाव उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान गरिएको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर लगायत क्षेत्रमा आकस्मिक बाढीको उच्च जोखिम रहेको छ। यी जिल्लाहरू भएर बहने साना नदीहरूको बहाव ह्वात्तै बढ्न सक्ने सम्भावना उच्च रहेको विज्ञहरूले बताएका छन्।

लुम्बिनी प्रदेश उच्च जोखिममा
विशेष गरी दाङ, रुपन्देही, नवलपरासी पूर्व–पश्चिम, कपिलवस्तु लगायतका जिल्लाहरूमा हल्कादेखि मध्यम वर्षा जारी रहेको छ। साथै, पश्चिम राप्ती, बबई, नारायणी लगायतका नदीहरूमा सतर्कता तहको बहाव मापन भइरहेको छ।

मंगलबार काभ्रेपलान्चोक, मकवानपुर, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत स्थानहरूमा आकस्मिक बाढीको उच्च सम्भावना रहेकोले स्थानीयवासी, यात्रु र सम्बन्धित निकायहरूलाई विशेष सतर्कता अपनाउन भनिएको छ।

दाङलगायतका स्थानहरूमा पहिरोको पनि जोखिम रहेकोले बाढी, डुबान र भू–स्खलनप्रति सचेत रहनु अत्यावश्यक रहेको विज्ञहरूको भनाइ छ।

पूर्वानुमान अनुसार धेरै साना नदीहरूमा पानीको बहाव ह्वात्तै बढ्ने भएकाले खोला किनारमा बसोबास गर्नेहरूलाई सुरक्षित स्थानमा सर्ने सल्लाह दिइएको छ। आकस्मिक बाढीको जोखिम भएकाले नदी आसपास यात्रा नगर्न, स्थानीय प्रशासनको सूचना पालना गर्न, सुरक्षित स्थानमा सर्न, अत्यावश्यक सामग्री तयारी अवस्थामा राख्न अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बजेट नल्याएका पालिकामा मन्त्रालयले स्थलगत सहजीकरण गर्ने

   श्रावण २१, २०८२       admin

काठमाडौँ, २० साउन। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समयमै बजेट पारित गर्न नसकेका पालिकाहरूसँग स्थलगत छलफल गर्दै समस्या समाधानका लागि सहजीकरण प्रक्रिया सुरु गर्ने भएको छ। चाँडै बजेट तथा कार्यक्रम पारित गरी कार्यान्वयनमा लैजाने उद्देश्यका साथ मन्त्रालयले तीन वटा टोली गठन गरेको छ।

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेको निर्देशनमा मन्त्रालयका सहसचिवको संयोजनमा सहजीकरण टोलीहरू खटिनेछन्। ती टोलीमा तीन महाशाखाका प्रमुख कालीप्रसाद पराजुली, प्रकाश दाहाल र रुद्रसिंह तामाङको नेतृत्व रहनेछ।

मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार, उक्त सहजीकरण टोलीमा गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ तथा सम्बन्धित जिल्ला समन्वय समितिका पदाधिकारी वा प्रतिनिधिहरूको समेत सहभागिता रहनेछ। टोलीहरू भोलिदेखि विभिन्न पालिकामा परिचालित हुनेछन्।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ अनुसार, पालिकाले कार्यपालिकाबाट स्वीकृत बजेट असार १० गतेभित्र सभामा पेस गर्नुपर्ने र असार मसान्तभित्र पारित गरिसक्नुपर्ने स्पष्ट व्यवस्था छ। तर, हालसम्म एक सयभन्दा बढी पालिकाले बजेट ल्याउन नसकेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

Update: कुलोमा बगेर घाइते भएकी बालिकाको मृत्यु

   श्रावण २१, २०८२       admin

दाङ,२० साउन । कुलोमा बगेर गम्भीर घाइते भएकी बालिकाको उपचारको क्रममा मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–१४ गोठुवा बस्ने सुरेश बस्नेतकी २ वर्षकी छोरी सुष्मा बस्नेतको उपचारका क्रममा मृत्यु भएको हो ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार सोमबार साँझ साढे ५ बजे घरको आगनमा खेल्ने क्रममा गोठुवा कुलोमा खसेर बग्दा उनी गम्भीर घाइते भएकी थिइन् । गम्भीर घाइते भएकी बालिकाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको थियो ।

उनको उपचारका क्रममा सोही अस्पतालमा सोमबार राती मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

नदी तथा खोलामा पानीको बहाव बढ्यो: सर्तकता अपनाउन आग्रह

   श्रावण २१, २०८२       admin

दाङ, २० साउन । लगातारको अविरल वर्षाका कारण दाङका विभिन्न नदी तथा खोलामा पानीको बहाव बढेको छ । विशेषगरी घोराही–तुलसीपुर सडकखण्डमा पर्ने हापुरखोलामा पानीको बहाव बढ्दै गएपछि साना सवारी साधनको आवागमनमा समस्या उत्पन्न भएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी चक्रबहादुर शाहले नदी तथा खोलामा पानीको बहाव बढिरहेकोले सर्तकता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन् । हाल पनि वर्षा निरन्तर जारी रहेको जनाइएको छ ।

गएरातिदेखिको लगातारको वर्षाका कारण राप्ती नदी, बबई नदी, सेवार खोला, कालाखोला, ग्वारखोला, सक्राम खोला, पातुखोला लगायतका नदी तथा खोलामा पानीको सतह बढ्दो क्रममा रहेको छ ।

यद्यपि हालसम्म कुनै पनि नदी तथा खोलाले खतरा तह पार गरेको छैन । तर, निरन्तर पानी परिरहेकाले नदी तथा खोलातटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले आग्रह गरेका छन् ।
गरे
लगातारको वर्षाले होचा स्थानमा डुबान र पहाडी क्षेत्रमा पहिरोको जोखिम बढेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सूर्य रानाका अनुसार घोराही–तुलसीपुर सडकखण्डमा पर्ने हापुरखोलामा प्रहरीले सवारी आवागमनमा सर्तकता अपनाउन सुरक्षाकर्मी तैनाथ गरेको छ ।

प्रवक्ता रानाले खोलामा पानीको बहाव उच्च भएको अवस्थामा साना सवारी साधन जवरजस्ती चलाउँदा दुर्घटनाको जोखिम हुने भएकाले प्रहरीको निगरानी समेत बढाइएको जानकारी दिए।

दाङ, बाँके र बर्दियामा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा बाँकेमा १६० मिलिमिटर, दाङमा १५६ मिलिमिटर र बर्दियामा १४३ मिलिमिटर पानी परेको छ । ती ठाउँमा अहिले पनि पानी परिरहेको छ ।

दाङ र बाँकेको गंगदी, जलकुन्डी, कुसुम, सिक्टा आसपास, बाँकेको खजुरा र बेलभर आसपास तथा बर्दियाको बबई र मानपुर आसपासमा बाढीको जोखिम रहेकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । गएराति मधेश प्रदेशसहित अरु ठाउँमा पनि हल्कादेखि मध्यम वर्षा भएको छ ।

आज दिउँसो कोशी र मधेश प्रदेशसहित देशका धेरै ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँमा तथा बागमती र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

मलवारमा कुलोमा बगेर दुई वर्षीया बालिका गम्भीर घाइते

   श्रावण २०, २०८२       admin

दाङ,१९ साउन । दाङमा कुलोमा बगेर एक बालिका गम्भीर घाइते भएकी छन् । तुलसीपुर उपमहानगरपालिका–१४ स्थित गोठुवामा खेल्ने क्रममा कुलोमा बगेर एक बालिका गम्भीर घाइते भएकी हुन् ।

स्थानीय सुदेश बस्नेतकी दुई वर्षीया छोरी सुस्मा बस्नेत सोमबार साँझ करिब ५:३० बजे घर अगाडि खेल्दै गर्दा नजिकैको कुलोमा बगेकी थिइन्। घटनास्थल नजिकै रहेका उनका बुवाले देखेर तत्कालै कुलोबाट बाहिर निकालेर उद्धार गरेका थिए।

घाइते बालिकालाई तत्काल राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा लगिएको र हाल त्यहीँ उपचाररत रहेको इलाका प्रहरी कार्यालय मलवारले जनाएको छ। अस्पताल स्रोतका अनुसार बालिकाको अवस्था गम्भीर रहेको छ।

घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय मलवारबाट प्रहरी नायब निरीक्षक (प्र.ना.नि)जंगबहादुर यम।सिको नेतृत्वमा प्रहरी टोली खटिएको छ। घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

कक्षा १२ को नतिजा सार्वजनिकः ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण

   श्रावण २०, २०८२       admin

काठमाडौँ,१९ साउन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक नतिजा अनुसार ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने ३८.८३ प्रतिशत विद्यार्थी ननग्रेड भएका छन्।

निर्धारित तालिका अनुसार परीक्षा ११ वैशाखमा हुने तय भएको थियो, तर आन्दोलनका कारण परीक्षा २१ वैशाखदेखि सुरु भएको थियो। यस वर्षको परीक्षामा देशभरबाट ५ लाख ११ हजार ५ सय २५ जना परीक्षार्थी सहभागी भएका थिए।

बोर्डले नतिजा वेबसाइट, एसएमएस र मोबाइल एपमार्फत हेर्न सकिने व्यवस्था गरेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology