राष्ट्रिय श्रम आप्रवासन नीति, २०८२ स्वीकृत

   श्रावण २०, २०८२       admin


काठमाडौँ,१९ साउन । सरकारले राष्ट्रिय श्रम आप्रवासन नीति, २०८२ स्वीकृत गरेको छ, जसले श्रम आप्रवासन र वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित, उत्तरदायी र दिगो बनाउने लक्ष्य राखेको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयार पारेको सो नीति मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएको हो। मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेका अनुसार नीतिको उद्देश्य नेपाली श्रमिकको मानव अधिकारको संरक्षण, पारदर्शी सेवा प्रवाह, सामाजिक सुरक्षाको सुनिश्चितता, श्रमिकको सिप विकास र श्रम कूटनीतिको सुदृढीकरण गर्नु हो।

नवीन नीतिले वैदेशिक रोजगारमा संलग्न अनौपचारिक श्रमिकको अभिलेखीकरण र व्यवस्थापन, विदेशी श्रमिकको नियमन तथा महिला, लैङ्गिक र यौनिक अल्पसंख्यक श्रमिकप्रति संवेदनशील कार्यक्रमको व्यवस्था गरेको छ। यसले वैदेशिक रोजगार नीति, २०६८ लाई प्रतिस्थापन गरेको छ।

संघीय संरचनाअनुसार तीनै तहका सरकार, कूटनीतिक नियोग, निजी क्षेत्र, श्रमिक, विकास साझेदार र सरोकारवाला संस्थाबीच सहकार्य गर्दै श्रम आप्रवासन सेवा एकीकृत प्रणालीमार्फत प्रवाह गरिने व्यवस्था गरिएको छ। नीतिले श्रम आप्रवासनका समस्या, चुनौती र जोखिमलाई सम्बोधन गर्दै यसलाई प्रतिफलमुखी बनाउने तथा विप्रेषणलाई उत्पादन र उद्यमशीलतामा केन्द्रित गर्ने लक्ष्य लिएको छ।

यसका लागि वैदेशिक रोजगारसम्बन्धी ऐन तथा नियमावलीमा संशोधन, श्रम कूटनीतिको सबलीकरण, सिप प्रमाणीकरण, उद्यमशीलता प्रवर्द्धन र सामाजिक सुरक्षा कार्यक्रमको पहुँच विस्तार गरिनेछ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

कक्षा १२ को नतिजा सार्वजनिक गर्न बोर्डको बैठक जारी

   श्रावण २०, २०८२       admin


काठमाडौँ,१९ साउन । राष्ट्रिय परीक्षा बोर्डको बैठक बसिरहेको छ । कक्षा १२ को नतिजा सार्वजनिकको तयारीका लागि बोर्डको बैठक बसिरहेको छ ।

नतिजा सार्वजनिक गर्नुअघि आइतबार बोर्डले नतिजाको डेमो प्रदर्शन समेत गरेको थियो ।

बोर्डको क्यालेन्डर अनुसार १५ साउनभित्र १२ कक्षाको नतिजा सार्वजनि हुनुपर्ने हो । तर, गत २० चैतदेखि २९ दिन लामो शिक्षकहरूले आन्दोलन गरेका कारण नतिजा सार्वजनिकमा ढिलाइ भएको हो । गत ११ वैशाखका लागि तय भएको परीक्षा आन्दोलनका कारण २१ वैशाखदेखि भएको थियो ।परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

१३ हजार बढी विद्यार्थीको मुटु परिक्षण

   श्रावण २०, २०८२       admin


दाङ,१९ साउन । राप्ती गाउँपालिकामा १३ हजारभन्दा बढी विद्यार्थीको मुटु परीक्षण कार्यक्रम सुरु गरिएको छ। राप्ती गाउँपालिका, रोटरी क्लब चन्द्रागिरी र रोटरी क्लब राप्तीको संयुक्त आयोजनामा तथा नेपाल हृदयरोग निवारण प्रतिष्ठान (केन्द्रीय कार्यालय ललितपुर, लुम्बिनी प्रदेश समिति र दाङ जिल्ला शाखा) को प्राविधिक सहयोगमा कार्यक्रम सुरु गरिएको हो।

कार्यक्रमअन्तर्गत पालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत १३ हजार ७ सय १८ जना विद्यार्थीको जन्मजात मुटुरोग तथा बाथ मुटुरोगसम्बन्धी निःशुल्क परीक्षण गरिनेछ।

गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बालबालिकाको स्वास्थ्यलाई पालिकाको उच्च प्राथमिकतामा राख्दै कार्यक्रम सुरु गरिएको जानकारी दिए । ‘हाम्रो लक्ष्य शैक्षिक गुणस्तरसँगै विद्यार्थीहरूको समग्र स्वास्थ्यमा सुधार ल्याउनु हो। उनले भने–‘मुटुरोगजस्ता संवेदनशील विषयमा सचेतना र समयमै परीक्षण अत्यन्त आवश्यक भएकाले यस्तो अभियान सञ्चालनमा ल्याइएको हो।’

अध्यक्ष विष्टले शिक्षा र स्वास्थ्य क्षेत्रमा गरिएको लगानीलाई दीर्घकालीन विकासको आधार भन्दै यस्ता जनस्वास्थ्य केन्द्रित कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरे ।

मुटुरोग विशेषज्ञ डा। सुमन्त बन्जाडेका अनुसार, ३ देखि १५ वर्ष उमेर समूहका बालबालिकामा फोहोर वातावरण र अस्वस्थ खानपानका कारण घाँटीमा संक्रमण भई मुटुमा असर पुग्ने सम्भावना उच्च हुने भएकाले समयमै परीक्षण गर्नु आवश्यक हुन्छ।

‘यस उमेरका बालबालिकामा फोहोरमा खेल्ने, अस्वस्थ खाना खाने प्रवृत्ति धेरै हुन्छ, उनले भने–‘जसले घाँटीमा संक्रमण गराउँछ र पछि मुटुमा असर पुग्न सक्छ।’

डा. बन्जाडेका अनुसार, कोही बालबालिकामा जन्मजात मुटुरोग पनि देखिन सक्छ। गर्भावस्थामा आमाले अन्जानमा कडा औषधि सेवन गर्ने, धूम्रपान वा मध्यपान गर्ने, अत्यधिक तनावमा रहने जस्ता कारणले नवजात शिशुको मुटुको भल्भमा प्वाल पर्ने समस्या देखिएको छ।

उनले रोग लागेपछि उपचार गर्नुभन्दा समयमै परीक्षण र सचेतना फैलाउनु नै उत्तम उपाय भएको बताउँदै प्रत्येक व्यक्ति स्वयं जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।

कार्यक्रमको शुभारम्भ सोमबार वडा नं. २ स्थित आदर्श माध्यमिक विद्यालय, लालमटीयाबाट गरिएको हो। आयोजकका अनुसार पालिकाभित्र रहेका सबै विद्यालयमा पुगेर विद्यार्थीहरूको मुटु परीक्षण गरिनेछ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

स्वास्थ मन्त्रालयले २१ सय जनशक्ति थप गर्दै

   श्रावण २०, २०८२       admin

काठमाडौं, १९ साउन। आर्थिक वर्ष २०८२र८३ को बजेट कार्यान्वयनका सन्दर्भमा अर्थ मन्त्रालयले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग छलफल गरेको छ।

छलफलका क्रममा स्वास्थ्य मन्त्रालयले विशिष्टीकृत सेवा र सेवा विस्तारलाई लक्षित गर्दै संघीय अस्पतालका लागि डाक्टर, नर्ससहित २ हजार १ सय जनशक्ति थप गर्न प्रस्ताव गरेको हो।

स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यसहित सातवटै प्रदेशमा सेवा विस्तार गर्न जनशक्ति आवश्यक रहेको स्वास्थ्य मन्त्री प्रदीप पौडेलले बताए।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गुणस्तरीय, छिटो र प्रभावकारी स्वास्थ्य सेवा सुनिश्चित गर्न दक्ष डाक्टर, नर्सलगायतका जनशक्ति अनिवार्य भएको उल्लेख गर्दै यसबारे थप परामर्शपछि आवश्यक कदम चालिने जानकारी दिए।

छलफलमा स्वास्थ्य बीमा, सामाजिक सुरक्षा, बालबालिकालाई उपलब्ध गराइने निःशुल्क औषधी, भक्तपुरको दुवाकोटमा प्रस्तावित वीर अस्पतालको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तथा जलनसम्बन्धी सेवा व्यवस्थापनबारे समेत छलफल भएको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

माओवादी केन्द्रले विप्लव नेतृत्वसँग पार्टी एकता गर्ने

   श्रावण २०, २०८२       admin

काठमाडौं, १९ साउन । नेकपा माओवादी केन्द्रले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग पार्टी एकता गर्ने निर्णय गरेको छ।

आज बसेको स्थायी कमिटी बैठकपछि माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टी एकताको तयारी थालिएको जानकारी दिएका हुन्।

“विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने निर्णय भएको छ,” बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सापकोटाले भने, “छिट्टै वार्ता समिति बनाएर प्रक्रिया अघि बढाइनेछ।”

यसअघि पनि माओवादी केन्द्रले विभिन्न चरणमा विप्लव समूहसँग एकता गर्ने निर्णय गर्दै आए पनि ती प्रयासहरू रणनीतिक तहमा मात्रै सीमित भएका थिए।

केही दिन अघिसम्म माओवादी केन्द्रले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)सँग पनि पार्टी एकताको सम्भावना खोज्दै छलफल गरिरहेको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दाउन्ने सडक पूर्णरुपमा अवरुद्ध

   श्रावण २०, २०८२       admin


दाङ,१९ साउन । दाउन्ने सडक पूर्णरुपमा अवरुद्ध भएको छ । बुटवल–नारायणगढ सडकखण्डअन्तर्गत दाउन्ने पहाडमा पहिरो खसेपछि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ ।

नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने पहाडको विश्वकर्मा मन्दिर नजिकै पहिरो खसेपछि दुईतर्फी सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० का प्रहरी उपरीक्षक यादव ढकालका अनुसार लगातारको वर्षाका कारण सोमबार बिहानदेखि एकतर्फी भएको राजमार्ग दिउँसो१ बजेदेखि पूर्ण रूपमा अवरुद्ध भएको हो ।

एकतर्फी अवरुद्ध भएको सडक खोल्ने प्रयास भइरहेको अवस्थामा माथिबाट पहिरो झरेपछि थप समस्या भएको प्रहरी उपरीक्षक ढकालले बताए । लगातार वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या भएको छ ।

सडक अवरुद्ध भए पछि अहिले सयौँ यात्रु र चालक बीच बाटोमै अलपत्र परेका छन् । बुटवल(नारायणगढ सडकखण्ड विस्तारका क्रममा दाउन्ने पहाड कटान गरिएकाले यस क्षेत्रमा पटकपटक सडक अवरुद्ध हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बोलबम गएकी महिलाको सुन्दरीजलमा मृत्यु

   श्रावण २०, २०८२       admin

काठमाडौं ,१९ साउन। काठमाडौंको सुन्दरीजलस्थित सुन्दरीमाई मन्दिरमा बोलबम गएकी एक महिलाको खोलामा डुबेर मृत्यु भएको छ। मृतक चितवनकी ३५ वर्षीया सन्ध्या धामी हुन्, जो हाल काठमाडौंको कपनमा बस्दै आएकी थिइन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसपी कुलदीप चन्दका अनुसार धामीको मृत्यु आइतबार राति भएको हो। उनी सोमबार राति १:३५ बजे गोकर्णेश्वर नगरपालिका–१ स्थित सुन्दरीमाई मन्दिरमा बोलबम जल चढाउन गएकी थिइन्।

प्रहरीका अनुसार मन्दिर क्षेत्रमा रहेको ढुंगामा चिप्लिएर उनी खोलामा खसेकी थिइन्। खोलामा डुबेको अवस्थामा भेटिएकी धामीलाई तत्काल उद्धारका लागि प्रहरी प्रभाग सुन्दरीजल र नेपाली सेनाको सुन्दरीजलस्थित विपद् व्यवस्थापन टोली खटिएको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

वर्षासँगै धान रोपाइँ सुरु, किसानहरू उत्साहित

   श्रावण २०, २०८२       admin
फाइल तस्वीर

सुनसरी, १९ साउन । लामो समयदेखि वर्षा नपरेर धान रोपाइँमा समस्या भोगिरहेका सुनसरीका किसानलाई हालैको वर्षाले राहत दिएको छ। शनिबारदेखि परेको वर्षासँगै यहाँका किसानहरू रोपाइँमा जुट्न थालेका छन्।

सुनसरी सदरमुकाम इनरुवा, कोशी, भोक्राहा, हरिनगर, बराहक्षेत्र, देवानगञ्ज, बर्जु, गढी, दुहबी, रामधुनीलगायतका स्थानीय तहमा समयमै पानी नपर्दा रोपाइँ ठप्प जस्तै थियो। अकासे पानीको भरमा खेती गर्दै आएका किसान अहिले वर्षा भएपछि उत्साहित देखिएका छन्।

भोक्राहा नरसिंह गाउँपालिकाका किसान सुरेन्द्र उराँवका अनुसार वर्षाले किसानको अनुहारमा हर्षको झल्को देखिएको छ। उनले भने, “पानी पर्न थालेपछि रोपाइँको काम सुरु भएको छ, अब ढिलो भए पनि धान लगाउने आशा जागेको छ।”

स्थानीय किसान बबलु खड्गा भन्छन्, “पानी नपरेर काम रोकिएको थियो, अब भने सबै किसान रोपाइँमा खटिएका छन्।”

चन्दन मेहताको भनाइमा पानीले सुक्न थालेको रोपो र बीउ जोगिनुका साथै खेतमा काम थाल्न सहज भएको छ। भूमिगत सिचाइँमार्फत केही किसानले खेती गरे पनि पानी अभावले मलखाद हाल्न समेत कठिनाइ भएको थियो।

कृषि ज्ञान केन्द्र इनरुवा सुनसरीका प्रमुख निलकमल सिंहका अनुसार वर्षासँगै बाँकी रहेका क्षेत्रहरूमा पनि रोपाइँ सुरु भएको छ। उनका अनुसार नहर, मोटर, पम्पसेट चल्ने क्षेत्रमा त रोपाइँ पहिले नै चलिरहेको थियो, अब आकाशे पानीले बाँकी क्षेत्रका किसानलाई पनि सहज भएको छ।

वर्षासँगै सुक्खा रहेका खोलानालामा समेत पानीको सतह बढेको छ। इनरुवा र भोक्राहाको सीमामा पर्ने सुनसरी खोला, बूढी खोला, सप्तकोशी, कोसी कटान क्षेत्र, मरिया खोला र गडनालगायत खोलामा पानीको बहाव बढेको स्थानीयवासीले जनाएका छन्।

वर्षाले कृषकको मनमा आशा पलाएको छ। यद्यपि, ढिलो रोपाइँका कारण उत्पादनमा असर पर्न सक्ने चिन्ता भने यथावत छ। तापनि अहिले किसानहरु उत्साहका साथ खेतमा जुटिरहेका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

चलचित्र ‘जदौ’ अभिनय गर्दै मेयर खड्का

   श्रावण २०, २०८२       admin

दाङ, १९ साउन। तुलसीपुर उपमहानगरपालिका दाङका प्रमुख टिकाराम खड्का अब चलचित्रमा देखिने भएका छन्। अन्तरजातीय प्रेमसम्बन्धमा आधारित कथामा निर्माण हुन लागेको नेपाली चलचित्र ‘जदौ’ मा उनले अभिनय गर्ने भएका हुन्।

नेपाली मौलिक कथामा आधारित ‘जदौ’ चलचित्र काजी लिम्बू र अञ्जन शर्माको संयुक्त निर्देशनमा बन्नेछ। चलचित्रको छायांकन दाङको विभिन्न स्थानमा गरिने निर्माण टिमले जनाएको छ। मेयर खड्काले आफूसँग मिल्दोजुल्दो भूमिका भएकाले अभिनय गर्न तयार भएको बताएका छन्।

चलचित्रको छायांकन भदौको पहिलो साताबाट सुरु हुने भएको छ। ‘जदौ’ फिल्म सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टको संयुक्त निर्माणमा बन्न लागेको हो।

फिल्ममा मुकुन भुसाल, नीति शाह, प्रभात पाल, सन्ध्या श्रेष्ठ, ऋचा शर्मा, अनिल सुब्बा, सिपी पुडासैनी (धतुरे) लगायतका कलाकारले अभिनय गर्नेछन्।

फिल्मका सहनिर्मातामा रामराजा सुवेदी, ओम चेम्जोङ, सुमित्रा देवकोटा, नारायण शास्त्री, गोकुल केसी, अर्जुन खड्का, सृजना शर्मा, दीपक पोखरेल, मनिष शर्मा लगायत छन्।

श्याम तामाङले छायांकन गर्ने फिल्ममा बुद्धिलाल माझी ‘देवा’ निर्माण व्यवस्थापक, चिरञ्जीवि भण्डारी कला निर्देशक र मिलन श्रेष्ठ द्वन्द्व निर्देशक छन्। गीतमा बाबुल गिरी र सरोज पोखरेलको संगीत रहनेछ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

चोरीको नाटक गर्दा आफै फसिन चन्द्रकुमारी

   श्रावण २०, २०८२       admin

स्याङ्जाको आँधीखोला गाउँपालिका–१ की ४१ वर्षीया चन्द्रकुमारी गुरुङले आफैंले लुकाएको सुन र नगद हराएको भन्दै झूटो उजुरी दिएपछि गाउँमा सनसनी फैलिएको छ। साढे ७ तोला सुन र ४ हजार रुपैयाँ नगद हराएको दाबी गर्दै उनले गत १२ साउन साँझ प्रहरीमा उजुरी दिएकी थिइन्।

तर सात दिनसम्मको सूक्ष्म अनुसन्धानपछि प्रहरीले यो घटना चोरी नभई योजनाबद्ध नाटक रहेको ठहर गरेको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाको टोलीले अनुसन्धान गर्दा चन्द्रकुमारीले गाउँकै ३८ वर्षीय युवक धनराज गुरुङसँग मिलेर ती सामग्री लुकाएको खुलेको हो। धनराज गाउँका अगुवा र स्थानीय युवा क्लबका अध्यक्षसमेत हुन्।

प्रहरीका अनुसार चन्द्रकुमारीका पति विदेशमा छन् भने उनी र धनराजबीच विवाहेत्तर सम्बन्ध रहेको आशंका गरिएको छ। उजुरीपछि प्रहरी निरीक्षक प्रवेश तिवारीको नेतृत्वमा खटिएको टोलीले जब जब चन्द्रकुमारीसँग सोधपुछ गर्थ्यो, तब धनराज नै उनको सट्टामा बोलेर जवाफ दिन्थे। यही आधारमा प्रहरीले धनराजमाथि शंका गर्दै अनुसन्धानको दिशा सोझ्याएको थियो।

पछिल्ला दिनमा पञ्चमूल क्षेत्रमा १५ घरमा भएको चोरी घटनामा समेत संलग्नता नखुलेपछि स्थानीयबीच आक्रोश बढेको थियो। त्यतिबेला पनि धनराज अगुवाको भूमिकामा देखिएका थिए।

प्रहरीले सोधपुछमा उनीहरूको व्यवहार शंकास्पद पाएपछि धनराजको घरमा समेत खानतलासी गर्‍यो। प्रहरीले अनुसन्धानमा असहयोग गर्न थालेपछि थप फोर्स मागेर दबाब बढायो। अन्ततः, चन्द्रकुमारीकै घरको कम्पाउन्डभित्र लुकाइएका गहना र नगद बरामद गरिएको प्रहरी स्रोतले जनाएको छ।

झूटो निवेदन दिएर प्रहरी प्रशासन झुक्याएको आरोपमा चन्द्रकुमारी र धनराजलाई साउन १७ गते पक्राउ गरिएको छ। दुवैविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology