प्रधानमन्त्री ओलीसहित १६ जना विरुद्ध प्रहरीमा उजुरी

   श्रावण १५, २०८२       admin

काठमाडौँ, १४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीसहित १६ जना पूर्व तथा वर्तमान पदाधिकारीहरूविरुद्ध मानव तस्करीको आरोपमा जिल्ला प्रहरी परिसर, काठमाडौँमा उजुरी परेको छ।

सिन्धुलीका युवराज पौडेल ‘सफल’ ले हुलाकमार्फत उजुरी पठाउँदै प्रधानमन्त्री ओलीसहित उच्च पदस्थ नेताहरूले पदको दुरुपयोग गर्दै मानव तस्करीमा संलग्न रहेको दाबी गरेका हुन्। उनले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीहरूलाई कारबाही गर्न माग गरेका छन्।

पौडेलले उजुरीमा प्रधानमन्त्री ओलीसँगै गृहमन्त्री रमेश लेखक, उपसभामुख इन्दिरा राना, पूर्वगृहमन्त्रीहरू बामदेव गौतम, कृष्ण सिटौला, भीम रावल, विजयकुमार गच्छदार, शक्तिबहादुर बस्नेत, विमलेन्द्र निधी, बालकृष्ण खाण, रामबहादुर थापा, नारायणकाजी श्रेष्ठ, रवि लामिछाने र पूर्वश्रममन्त्री डोलप्रसाद अर्याललाई पनि अनुसन्धानको दायरामा ल्याउन आग्रह गरेका छन्।

यसअघि उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि प्रधानमन्त्री ओलीसहितका नेताहरूविरुद्ध यस्तै उजुरी दर्ता गराएका थिए।

तर, जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज अधिकारीले उजुरी प्राप्त भए पनि यो विषय प्रहरीको आधिकारिक दर्ता प्रक्रियामा नपर्ने जनाएका छन्। उनका अनुसार उजुरीको प्रकृति अध्ययन गरेर मात्र अगाडि बढ्ने वा नबढ्ने विषय टुंगो लाग्नेछ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

कम्बोडियाले युद्धविराम उल्लंघन गरेको थाइल्यान्डको आरोप, सीमामा तनाव कायमै

   श्रावण १५, २०८२       admin

एजेन्सी । थाइल्यान्डको सेनाले कम्बोडियामाथि युद्धविराम उल्लंघन गर्दै विवादित सीमाका तीन फरक स्थानमा हतियार प्रहार गरेको गम्भीर आरोप लगाएको छ। थाई सेनाले आक्रोशित हुँदै यदि आक्रामकता कायमै रह्यो भने थप निर्णायक कारवाही गर्न बाध्य हुने चेतावनी दिएको छ।

थाइल्यान्ड र कम्बोडियाबीच मलेसियामा भएको सहमतिअनुसार सोमवार मध्यरातदेखि युद्धविराम लागू भएको थियो। तर, त्यसयता यो दोस्रोपटक युद्धविराम उल्लंघन भएको थाई सेनाको भनाइ छ, जसले दुई देशबीचको विश्वासमा खलल पुर्‍याएको छ।

थाई सेनाका प्रवक्ता मेजर जनरल विनथाइ सुवारीका अनुसार कम्बोडियाली सेनाले थाइल्यान्डको सिसाकेत प्रान्तमा रहेका थाई सैनिकमाथि साना हतियार र ग्रिनेड प्रयोग गरेर आक्रमण गरेको थियो, जसको जवाफमा थाई सेनाले आत्मरक्षाका लागि प्रतिक्रिया जनाएको थियो।

सीमाविवादका कारण हालसम्म भएको हिंसात्मक भिडन्तमा कम्तीमा ४३ जनाको ज्यान गएको छ भने दुवै देशका गरी ३ लाखभन्दा बढी सर्वसाधारण विस्थापित भएका छन्। यद्यपि, पछिल्लो झडपमा भने भारी हतियार प्रयोग भएको पुष्टि भएको छैन र दुबै पक्षले अझैसम्म सैनिक फिर्ता पनि बोलाएका छैनन्।

कम्बोडियाले भने थाइल्यान्डको आरोपलाई अस्वीकार गर्दै आफू युद्धविराममा प्रतिबद्ध रहेको बताएको छ। कम्बोडियाको विदेश मन्त्रालयका प्रवक्ता चुम सौनरीले यी आरोपहरू गलत, भ्रामक र विश्वास निर्माण प्रक्रियाका लागि हानिकारक भएको प्रतिक्रिया दिएका छन्। उनले स्वतन्त्र पर्यवेक्षकहरूलाई सीमामा बोलाउने र अनुगमन संयन्त्र बनाउने कुरामा पनि सरकार सहमत रहेको बताएका छन्।

दुवै देशबीच उत्पन्न तनावको समाधान खोज्न आगामी अगस्ट ४ मा उच्चस्तरीय बैठक हुँदैछ, जसमा थाइल्यान्ड र कम्बोडियाका रक्षामन्त्रीहरू सहभागी हुने तय भएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दाङमा टिप्परको ठक्करबाट एक जना घाइते

   श्रावण १५, २०८२       admin

दाङ, १४ साउन । दाङको घोराहीमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा एक जना घाइते भएका छन्। दुर्घटनामा परेर तुलसीपुर उपमहानगरपालिका–१७ निवासी ४४ वर्षीय सोबिराम कुँवर घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

प्रहरीका अनुसार कुँवरको बायाँ खुट्टामा चोट लागेको छ र उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा उपचार भइरहेको छ।

घटनास्थलमा प्राप्त जानकारी अनुसार, तुलसीपुरबाट घोराहीतर्फ गइरहेको रा.४ प. ९९९७ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको लु.प्र.०२–००१ ख २०४ नम्बरको टिप्परले पछाडिबाट ठक्कर दिएको हो।

दुर्घटना घोराही उपमहानगरपालिका–१० स्थित नारायणपुरमा बुधबार दिउँसो करिब १२ बजेतिर भएको हो।

टिप्पर चालक रोल्पा, रुन्टिगढी गाउँपालिका–५ निवासी २५ वर्षीय कुशल बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डिएसपी) चक्र बहादुर शाहले जानकारी दिए।

मोटरसाइकल र टिप्पर दुबै सवारीसाधन हाल इलाका प्रहरी कार्यालय नारायणपुरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दक्षिण कोरियाका पूर्वराष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी जारी: जबर्जस्ती सोधपुछको तयारी

   श्रावण १५, २०८२       admin

काठमाडौं,१४ साउन ।दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योलविरुद्ध अभियोजन पक्षले सोधपुछका लागि पक्राउ पुर्जी जारी गरेको छ। सोधपुछका लागि पटक–पटक बोलाउँदा पनि उपस्थित नहुँदा विशेष अदालतले बुधबार औपचारिक रूपमा पक्राउ अनुमति दिएको हो।

अभियोजन पक्षका अनुसार युनले संसदमा सेनाको प्रयोग गरी नियन्त्रण लिने प्रयास गर्दै गत डिसेम्बर ३ मा मार्शल कानून लागू गर्ने घोषणा गरेका थिए। नागरिक शासन अन्त्य गरी सैनिक शासन पुनःस्थापित गर्ने प्रयासका कारण उनीमाथि विद्रोहको मुद्दा चलाइएको हो।

पटक–पटकको विरोधपछि उनी जनवरीमा पक्राउ परेका थिए र दक्षिण कोरियाको इतिहासमा पक्राउ पर्ने पहिलो कार्यरत राष्ट्रपति बनेका थिए। प्रमाण नष्ट गर्ने आशंकामा उनलाई राष्ट्रपति पदबाट निलम्बनसमेत गरिएको थियो। युनलाई मार्चमा प्रक्रियागत आधारमा रिहा गरिएको थियो, तर जुलाईको सुरुमा पुनः हिरासतमा लिइएको थियो।

संसदीय चुनावमा धाँधली भएको आरोपमा अनुसन्धान गरिरहेका अभियोजकहरूले युनलाई सोधपुछका लागि दुई पटक बोलाएका थिए। तर उनी दुबै पटक उपस्थित हुन अस्वीकार गरेका थिए। विशेष अभियोजक कार्यालयका ओह जियोङ हीका अनुसार, दोस्रो पटकको आदेश पनि उल्लंघन भएपछि अदालतले सोधपुछका लागि पक्राउ पुर्जी जारी गरेको हो।

पक्राउ पुर्जी जारी भएपछि अब अभियोजन पक्षले उनलाई जबर्जस्ती उपस्थित गराई सोधपुछ गर्न कानुनी अनुमति पाउनेछ।

पूर्वराष्ट्रपति युनका साथै उनकी पत्नी एवं पूर्व प्रथम महिला किम किन हीविरुद्ध पनि अनुसन्धान भइरहेको छ। अभियोजन पक्षका अनुसार, युनिफिकेसन चर्चका एक वरिष्ठ अधिकारी जियोन सियोङ–बाएले किमलाई हिराको हार र महँगो ह्यान्डब्याग दिएका थिए, जसले भ्रष्टाचारको आशंका बढाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

मुख्यमन्त्रीले गरे तीन मन्त्री नियुक्त

   श्रावण १५, २०८२       admin

हेटौंडा, १४ साउन । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) ले मन्त्रिपरिषद् विस्तार गरेका छन्। नेपाली कांग्रेसका पाँच जना मन्त्रीले राजीनामा दिएपछि रिक्त रहेको पाँच मन्त्रालयमध्ये तीनमा मन्त्री नियुक्त गरिएको मुख्यमन्त्री लामाले जानकारी दिएका छन्।

नवगठित मन्त्रिपरिषद्मा सांसद गोविन्द लम्साललाई आन्तरिक मामिला मन्त्रीको जिम्मेवारी दिइएको छ। यस्तै, सांसद माया श्रेष्ठ र गीता गुरुङलाई पनि मन्त्रीमा नियुक्त गरिएको भएपनि उनीहरूको मन्त्रालय भने तोकिएको छैन। नयाँ मन्त्रीहरूले आजै शपथग्रहण गर्ने तयारी गरिएको छ।

मुख्यमन्त्री लामा कांग्रेस संसदीय दलको नेताबाट मंगलबारमात्र विश्वास गुमाएका थिए। विश्वासको मत लिनुपर्ने प्रस्तावमा २२ सांसद विपक्षमा उभिएपछि उनी पराजित भएका थिए। लामाले पक्षमा १५ मतमात्र पाएका थिए। बागमती प्रदेश सभामा कांग्रेसका ३७ जना सांसद छन्।

संसदीय दलको नेता रिक्त भएसँगै बुधबार नयाँ नेता चयनका लागि मतदान हुने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बलात्कार आरोपमा शिक्षक पक्राउ

   श्रावण १५, २०८२       admin

उदयपुर, १४ साउन । बलात्कारको आरोपमा उदयपुरमा एक शिक्षक पक्राउ परेका छन्। चौदण्डीगढी नगरपालिका–९ स्थित सिद्धेश्वर माध्यमिक विद्यालय, मुसहरनियाका शिक्षक गजेन्द्र गिरीलाई जबरजस्ती करणीको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो।

२४ वर्षीया स्थानीय महिलाले दिएको उजुरीका आधारमा गिरीले उनलाई चौदण्डीगढी–७ सातधारेस्थित एक होटलमा बोलाई गत असार १७ गते जबरजस्ती करणी गरेका थिए।

घटनापछि गिरीले आफूलाई र आफन्तलाई धम्की दिने, गालीगलौज र अपमानजनक व्यवहार गर्ने गरेको पीडितको उजुरीमा उल्लेख छ।

इलाका प्रहरी कार्यालय बेलटारका प्रमुख, प्रहरी निरीक्षक बबिन राईका अनुसार, उजुरी परेपछि गिरीलाई शनिबार पक्राउ गरिएको हो।

हाल उनी इप्रका बेलटारको हिरासतमा छन्। अदालतबाट ७ दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

प्रधानमन्त्री ओलीले राष्ट्रिय सभामा सम्बोधन गर्दै

   श्रावण १५, २०८२       admin

काठमाडौँ १४ साउन । प्रधानमन्त्री केपी शर्मा ओली आज राष्ट्रिय सभामा सम्बोधन गर्दै छन्।

राष्ट्रिय सभाको बैठक दिउँसो १ः१५ बजे बस्नेछ। बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमला पन्तले ‘नेपालको अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१’ पेश गर्ने कार्यक्रम छ।

उक्त प्रतिवेदनमाथि हुने छलफलका क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रिय सभालाई सम्बोधन गर्नेछन्।


प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

अटो दुर्घटना हुँदा चारजना घाइते

   श्रावण १५, २०८२       admin

दाङ,१४साउन । पश्चिम दाङको दङ्गीशरणमा अटो दुर्घटना हुँदा चारजना घाइते भएका छन्। दङ्गीशरण गाउँपालिका वडा नं २ मधपुरस्थित भित्री सडक खण्डमा बुधबार बिहान अटो दुर्घटना हुँदा चार जना घाइते भएका हुन्।

कौवाघारीबाट गोल्टाकुरीतर्फ जाँदै गरेको ‘अन टेस्ट’ लेखिएको अटो बिहान पौने ८ बजे आफैं अनियन्त्रित भई सडकबाट करिब ३ मिटर तल नालामा खसेको हो।

दुर्घटनामा परेर अटो चालकसहित चार जना घाइते छन्। घाइतेहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घाइते हुनेहरूमा अटो चालक रुकुम पश्चिम, चौरजहारी नगरपालिका निवासी २३ वर्षीय धन बहादुर महतरा, दंगीशरण–२ निवासी १६ वर्षीया संजिता चौधरी, १३ वर्षीया सदिक्षा बुढामगर र १४ वर्षीया योनिका विक रहेका छन् ।

दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

हिमालमा रक्तदान  कार्यक्रम  ४६ जनाले  गरे रक्तदान

   श्रावण १४, २०८२       admin

दाङ , १३ साउन । रक्तसञ्चार दिवसको अवसरमा दाङको हिमाल एकेडेमीले रक्तदान कार्यक्रम गरेको छ।

६०औं रक्तसञ्चार दिवसको अवसरमा हिमाल एकेडेमी, तुलसीपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । दाङ रेडक्रसको प्रविधिक सहयोगमा सञ्चालित कार्यक्रममा शिक्षक र विद्यार्थी गरी ४६ जनाले रक्तदान गरेकाछन  ।
कार्यक्रम ‘रक्तदान तथा रक्तदाता उत्प्रेरणा’ अभियान अन्तर्गत साताव्यापी रूपमा लमही, घोराही र तुलसीपुर क्षेत्रका विद्यालय र क्याम्पसहरूमा सञ्चालन गरिएको थियो। अन्ततः समापन हिमाल एकेडेमीमा गरिएको हो ।

“रगतको अभावमा कोही मर्न नपरोस् भन्ने सोचले हामीले विद्यालयमै रक्तदानको संस्कृति बसाल्दै आएका छौं,”
भन्दै प्रधानाध्यापक मधुसूदन केसीले प्रत्येक वर्ष दुईपटक रक्तदान गर्दै आएको स्मरण गराए।कार्यक्रममा दाङ रेडक्रसका उपसभापति हरिहर पौडेलले यसपटकको आयोजनालाई “पहिलाभन्दा फरक ढंगमा, थप उपलब्धिमूलक बनेको” टिप्पणी गरे।
रक्तदान कार्यक्रममा विद्यालयका प्रमुख नवीन पराजुली, रेडक्रसका कुशल तर्ताल बिमल ओली, सुस्मा भण्डारी लगायतको उपस्थिति थियो। रगतको कमी आज नभए पनि भोलि हुन सक्छ। तर, यस्तो अग्रसरताले समाजमा सचेतना मात्रै होइन, जीवनको रक्षा पनि सम्भव हुन्छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बस र ट्रक ठोक्किँदा १८ जना बोलबम तीर्थयात्रीको मृत्यु

   श्रावण १४, २०८२       admin

काठमाडौँ, १३ साउन । भारतको झारखण्डस्थित देवघरमा तीर्थयात्री बोकेको बस र ट्रक एक आपसमा ठोक्किँदा कम्तीमा १८ जना कावाँरिया (बोलबम भक्त) को मृत्यु भएको छ। भारतीय जनता पार्टी (भाजपा) का सांसद निशिकान्त दुबेले घटनामा १८ जनाको मृत्यु पुष्टि गरेका छन्।

देवघर–वासुकिनाथ मुख्य सडकको जमुनिया चौक नजिकै दुर्घटना भएको हो। ‘बोल बम’को जयकार गर्दै बाबा बैद्यनाथधामतर्फ गइरहेका तीर्थयात्रीहरू सवार बस ट्रकसँग ठोक्किएपछि घटनास्थलमै शोकको वातावरण छाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा दर्जनौँ भक्तजनहरू घाइते भएका छन्। केही अन्य स्रोतहरूले ६ जनाको मृत्यु र ३० भन्दा बढी घाइते भएको उल्लेख गरेका छन्। मृतकको सङ्ख्या अझै बढ्न सक्ने आशंका गरिएको छ।

प्रशासनले तत्काल उद्धार तथा राहत कार्य सुरु गरिसकेको छ भने घटनाको अनुसन्धान भइरहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology