काठमाडौ,६ जेठ । चीनका विभिन्न भागमा परेको मुसलधारे वर्षा र त्यसपछि आएको बाढीका कारण कम्तीमा १२ जनाको ज्यान गएको छ भने दशौँ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।
हुनान प्रान्त अन्तर्गत शिमेन काउन्टी सबैभन्दा बढी प्रभावित भएको छ। त्यहाँ पाँच जनाको मृत्यु भएको छ भने ११ जना अझै बेपत्ता छन्। उद्धार टोलीले खोजी तथा राहत कार्य तीव्र पारेका छन्।
सरकारी तथ्यांक अनुसार २४ घण्टामा मात्रै ३३९ मिलिमिटर वर्षा भएको छ। केही ठाउँमा केही घण्टामै २४० मिलिमिटर वर्षा भएपछि पुराना रेकर्ड समेत तोडिएका छन्।
हुबेई प्रान्त मा पनि बाढीले ठूलो असर पारेको छ। सडकहरू नदीजस्तै बनेका छन् र डुङ्गाबाट उद्धार गरिएको छ। त्यहाँ तीन जनाको मृत्यु भएको र चार जना बेपत्ता छन्।
यस्तै, गुइझोउ प्रान्त मा चार जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता छन्। हजारौँ मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।
चीनमा यस्ता प्राकृतिक विपद् बारम्बार हुने गर्छन्। गत वर्ष बेइजिङ मा आएको बाढीमा पनि धेरैले ज्यान गुमाएका थिए।
यसैबीच, गुआङ्सी क्षेत्रमा छुट्टै घटनामा एउटा पिकअप ट्रक पुलबाट खस्दा १० जनाको मृत्यु भएको पनि जनाइएको छ
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,६ जेठ । सांसदहरूले विभिन्न समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले स्वास्थ्य र विपद् समस्यामा समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सांसद ज्ञानु पौडेलले सबै नागरिकले सजिलै स्वास्थ्य सेवा पाउनुपर्ने बताए। उनले भीम अस्पताल मा आवश्यक औषधि र खोप अभाव रहेको बताए।
सांसद खडकबहादुर बुढाले विपद् प्रभावित र सुकुम्बासीको व्यवस्थापन छिटो गर्नुपर्ने बताए।
सांसद अर्जुनकुमार कार्कीले इबोला भाइरसको जोखिम हुन सक्ने भन्दै सतर्क रहन आग्रह गरे।
सांसद गुरुप्रसाद बरालले सुकुम्बासीलाई स्थायी बसोबासको व्यवस्था गर्नुपर्ने बताए। सांसद साजिदा खातुन सिद्धिकीले सडक दुर्घटना बढेकाले सुरक्षा सुधार गर्नुपर्ने बताइन्।
यस्तै, सांसद मदनकृष्ण श्रेष्ठले अपाङ्गता भएका व्यक्तिका लागि विशेष व्यवस्था गर्नुपर्ने बताए भने सांसद समिना मियाँ ले बकर इदका बेला परीक्षा सार्न आग्रह गरिन्।
सांसद यशोधाकुमारी बराल र रमेश सापकोटाले चङ्खेली गाउँपालिकामा आएको बाढीबाट पीडितलाई राहत दिन माग गरेका छन्।
सांसदहरूले मुख्य रूपमा स्वास्थ्य, विपद् र नागरिकको आधारभूत अधिकारका विषयमा सरकार गम्भीर हुनुपर्ने बताएका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,६ जेठ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालको २५ कठ्ठा ६ धुर जमिन अतिक्रमणमा परेको प्रारम्भिक तथ्य फेला परेको छ।
अतिक्रमित जग्गा छुट्याउन मंगलबार जिल्ला प्रशासन कार्यालय दाङको प्राविधिक टोलीले नापजाँच गरेको हो। तुलसीपुर उपमहानगरपालिकाका अमिन विक्रम गौतमका अनुसार जग्गा नापजाँच गर्दा करिब उक्त क्षेत्रमा ५० भन्दा बढी घर निर्माण गरेर बसोबास गरिएको छ।
उनका अनुसार सबैभन्दा बढी अतिक्रमण उत्तरतर्फ भएको छ भने पश्चिम रानीजरुवा क्षेत्र र पूर्वतर्फ पक्की घरहरू बनेका छन्। अस्पतालका तीन वटा कित्तामा अतिक्रमण देखिएको प्रारम्भिक रिपोर्टमा उल्लेख छ।
विवरणअनुसार अस्पतालको कित्ता नम्बर ७८ मा रहेको ५ विघा ६ कठ्ठा ३ धुरमध्ये करिब २३ कठ्ठा जमिन अतिक्रमणमा परेको छ। यस्तै कित्ता नम्बर ७५ र २६८४ मा पनि केही भाग अतिक्रमण भएको पाइएको छ।
अस्पतालको कुल जग्गा करिब ७ विघा रहेको छ।
अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र लामिछानेले जग्गा अतिक्रमणका कारण अस्पताल विस्तारमा समस्या भइरहेको बताएका छन्। विस्तृत प्रतिवेदन आएपछि जग्गा खाली गर्ने प्रक्रिया अघि बढाइने उनले जानकारी दिए।
यसैबीच, दाङका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल सहितको टोलीले अतिक्रमित क्षेत्रको अनुगमन समेत गरेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
बाँके,६ जेठ । बाँकेमा बलात्कारको आरोपमा दुईजना पक्राउ परेका छन् । जिल्लामा फरक–फरक घटनामा जबरजस्ती करणीका आरोपमा दुई जना पक्राउ परेका हुन् ।
१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कोहलपुर नगरपालिका–४ बेलनपुरका २६ वर्षीय एक युवकलाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको हो।
उजुरीका आधारमा प्रहरी बिट मदनचोकबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ।
यसैगरी, १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा बैजनाथ गाउँपालिका–२ छमनियाका २२ वर्षीय अर्का युवक पनि पक्राउ परेका छन्।
उनलाई मंगलबार दिउँसो इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले बैजनाथ–५ बनकटुवा चोकबाट पक्राउ गरेको हो।दुवै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,५ जेठ ।राष्ट्रिय जनमोर्चा दाङ देउखुरीले भूमिहीन र सुकुम्बासी बस्तीमा डोजर चलाएको भन्दै तत्काल रोक्न माग गरेको छ। यसका लागि पार्टीले जिल्ला प्रशासन कार्यालय घोराहीमा ज्ञापनपत्र बुझाएको हो।
जिल्ला अध्यक्ष गणेश आचार्यको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल लाई ज्ञापनपत्र बुझाएको हो।
जनमोर्चाले धनीपुर्जा नभएका नागरिकलाई हटाउने कामले बस्तीमा डर फैलिएको जनाएको छ। सर्वोच्च अदालत ले अहिलेका लागि डोजर रोक्न भने पनि मानिसहरू अझै त्रसित रहेको उल्लेख गरिएको छ।
बर्खा आउन लागेकाले अहिले बस्ती हटाउँदा गरिब नागरिकहरू झन् समस्यामा पर्ने जनमोर्चाको भनाइ छ।
सरकारी जग्गा अतिक्रमण भएको भए त्यसको समाधान गर्नुपर्ने र घर नभएका मानिसलाई बस्ने व्यवस्था गर्नु राज्यको जिम्मेवारी भएको पार्टीले जनाएको छ।
सबै प्रकारका मानिसलाई एउटै रूपमा हेर्न नहुने भन्दै फरकफरक तरिकाले समस्या समाधान गर्नुपर्ने माग गरिएको छ।
नीति बिना जबरजस्ती बस्ती हटाउन खोजिए आन्दोलन गर्ने चेतावनी पनि जनमोर्चाले दिएको छ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी अर्यालले विषय गम्भीर रहेको र केन्द्र सरकारले यसबारे नीति ल्याउने विश्वास व्यक्त गरेका छन् ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,५ जेठ । त्रिभुवन विमानस्थलबाट ३७ वटा राहदानीसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ
पक्राउ पर्नेमा सिरहाका अजित श्रेष्ठ रहेका छन्। उनलाई विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको टोलीले आज दिउँसो नियन्त्रणमा लिएको हो।
विमानस्थल सुरक्षा कार्यालयका अनुसार श्रेष्ठ नेपाल एयरलाइन्सको उडानमार्फत भारतको दिल्ली जान लागेका थिए।
घटनाबारे थप अनुसन्धानका लागि उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकु पठाइएको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
रोल्पा,५ जेठ । रोल्पामा जेसिभीले खन्ने क्रममा शंकास्पद वस्तु फेला परेको छ। जिल्लाको परिवर्तन गाउँपालिका–३ बागमारास्थित पाछावाङ खोला किनारमा जाली बाँध्ने क्रममा मंगलबार बिहान करिब १० बजेतिर फलामको सकेटजस्तो देखिने र दुईवटा तार निस्किएको वस्तु फेला परेको प्रहरीले जनाएको छ।
घटनाबारे जानकारी पाएलगत्तै प्रहरी चौकी बागमाराबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा तीन जनाको टोली घटनास्थलमा पुगेको थियो। प्रारम्भिक जाँचका क्रममा उक्त वस्तु शंकास्पद रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्रहरीले घटनास्थल घेराबन्दी गरी सुरक्षित राखेको छ। उक्त वस्तु बम वा अन्य विस्फोटक पदार्थ हुन सक्ने आशंका गरिएको छ।
यस सम्बन्धमा थप अनुसन्धान तथा डिस्पोजलका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,५ जेठ । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको भाउ बढेको छ।सोमबार तोला मा ८ सय रुपैयाँ बढेको सुनको भाउ आज थप ५ सय रुपैयाँले वृद्धि भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुन प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। सोमबार प्रतितोला ५ हजार ४० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ८५ रुपैयाँमा किनबेच भइरहेको छ, जुन अघिल्लो दिनको तुलनामा ४५ रुपैयाँले बढी हो। अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔंस ४ हजार ५४४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
प्युठान,५ जेठ। प्युठानमा भिरबाट लडेर एकजनाको मृत्यु भएपछि प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ । प्युठानको नौबहिनी गाउँपालिका–६ लुङमा जेठ ३ गते १९ वर्षीय मधु सुनारको फेरा सामुदायिक वनमा भिरबाट लडेर मृत्यु भएको थियो । उक्त घटनामा संलग्नताको आशंकामा पाँच जनालाई पक्राउ गरिएको छ।
जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक हरि भट्टराईका अनुसार मृतकका परिवारले दिएको किटानी जाहेरीका आधारमा अनुसन्धान अघि बढाइएको हो।
पक्राउ पर्नेहरूमा सोही वडाका केशव केसी, गोविन्द घर्ती, नरेन्द्र केसी, बसन्तबहादुर घर्ती र युवराज केसी रहेका छन्। उनीहरूविरुद्ध थप अनुसन्धानका लागि प्युठान जिल्ला अदालतबाट म्याद थप गरिएको प्रहरीले जनाएको छ।
स्थानीयका अनुसार वनभोज खान गएका युवाहरूलाई केही व्यक्तिले लखेट्दा भिरबाट लडेर मधु सुनारको मृत्यु भएको बताइएको छ। मृतकका परिवारले घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,५ जेठ। देशभर गर्मी बढ्दै गएको छ। विशेषगरी आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रहरूमा तापक्रम थप बढ्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले ती क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। पानी नपरेका ठाउँहरूमा गर्मी झन् बढ्दै गएको बताइएको छ।
यता, केही स्थानमा भने वर्षाको सम्भावना पनि रहेको छ। महाशाखाका अनुसार आज र भोलि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही ठाउँहरूमा हल्कादेखि मध्यम वर्षा हुन सक्छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा मधेशसहित तराईका एक–दुई स्थानमा पनि वर्षा हुने सम्भावना रहेको छ। महाशाखाले आगामी दिनमा क्रमशः गर्मी बढ्दै जाने संकेत गरेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस