एयरफोनको विषयमा विवाद भएपछि भान्जा र भाइ मिलेर प्रदीपको हत्या: गाडिएको अवस्थामा शव फेला

   श्रावण ०४, २०८२       admin

धनगढी, ३ साउन । धनगढीमा एक पुरुषको शव फेला परेको छ। धनगढी उपमहानगरपालिका –१४ फूलवारीमा एक हत्या गरी शव गाडिएको अवस्थामा फेला परेको हो।

प्रहरीका अनुसार ३५ वर्षीय गणेश गिरीको शव खाल्डोबाट निकालेको हो। उनी असार ३० गतेदेखि बेपत्ता थिए।

प्रारम्भिक अनुसन्धान अनुसार एयरफोनको विषयमा भएको विवादका क्रममा १८ वर्षीय भान्जा प्रदीप बोहराले कुटपिट गर्दा गणेशको मृत्यु भएको थियो।

मृत्युपछि परिवारले प्रहरीलाई जानकारी नगराई शवको दाहसंस्कार गरी खाल्डोमा गाडेको खुलेको छ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले उनका भान्जा प्रदीप बोहरा र ३३ वर्षीय भाइ पदम गिरीलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ।

घटनाबारे विस्तृत अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

ब्रेक फेल हुँदा बस दुर्घटना: २३ जना घाइते

   श्रावण ०४, २०८२       admin

काठमाडौं , ३ साउन । बस दुर्घटना हुदा २३ यात्रु घाइते भएका छन् । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ पौवास्थित भित्री सडक खण्डमा शनिबार दिउँसो भएको बस दुर्घटनामा २३ जना यात्रु घाइते भएका हुन् ।

रामेछापबाट काठमाडौं जाँदै गरेको बा ३ ख ८४०८ नम्बरको यात्रुबाहक बस ब्रेक फेल भएर भित्तामा ठोक्किँदा दुर्घटना भएको हो।

बसमा ३२ जना सवारमध्ये २३ जना यात्रु घाइते भएको काभ्रे प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धान अनुसार ब्रेक फेल भएको कारणले दुर्घटना भएको प्रारम्भिक निस्कर्षमा प्रहरी पुगेको छ।

घाइतेमध्ये अधिकांशको अवस्था सामान्य रहेको र उनीहरूलाई नजिकको स्वास्थ्य संस्थामा उपचारका लागि लगिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

हुम्लामा ट्याक्टर दुर्घटना : एकको मृत्यु, १४ घाइतेमध्ये ४ जना नेपालगञ्ज रिफर

   श्रावण ०४, २०८२       admin

हुम्ला ,३ साउन ।हुम्लाको सिमकोट गाउँपालिका–१ बैजीबाडा नजिकै ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।

दुर्घटनामा खार्पुनाथ गाउँपालिका–३ राया गाउँका अन्दाजी २० वर्षीय मिलन बोहराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।

घाइतेमध्ये चार जनालाई जिल्ला अस्पताल हुम्लामा उपचार हुन नसकेपछि थप उपचारका लागि बाँकेको नेपालगञ्ज रिफर गरिएको छ।

सिमकोट गाउँपालिका–२ का कुम्मेर भण्डारी, खार्पुनाथ–३ का हर्क रावल, खार्पुनाथ–२ की पानकला छत्याल र ट्याक्टर चालक डोनबहादुर पुनमगरलाई गम्भीर चोट लागेकाले नेपालगञ्ज पठाइएको हो।

जिल्ला अस्पतालका अनुसार कसैको हात, खुट्टा भाँचिएको छ भने केहीको पेट, टाउको लगायत शरीरका अन्य भागमा गम्भीर चोट लागेको छ। अन्य १० जनाको जिल्ला अस्पतालमै उपचार भइरहेको छ।

प्रहरीका अनुसार चुवाखोला वनबाट पोड्या संकलन गरी फर्किंदै गरेका स्थानीय दोजामबाट बालुवा लोड गरिएको क०२००१त ०३५३ नम्बरको ट्याक्टर चढेर सिमकोटतर्फ आइरहेका थिए। सोही क्रममा ट्याक्टर दुर्घटनामा परेको हो।

घाइतेहरूको प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरी अस्पताल पुर्‍याइएको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

नेपालमा टेलिग्राम एप बन्द

   श्रावण ०४, २०८२       admin

काठमाडौं, ३ साउन । नेपाल सरकारले सामाजिक सञ्जाल टेलिग्राम एपमा रोक लगाएको छ। अनलाइन ठगी र मनी लाउन्डरिङका घटनाहरू बढ्दै गएको भन्दै दूरसञ्चार प्राधिकरणले शुक्रबारदेखि देशभर टेलिग्राम एप बन्द गर्न निर्देशन दिएको हो।

नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेको सूचनामा टेलिग्राम एपमार्फत अनलाइन ठगीको संख्या निरन्तर बढिरहेको र मनी लाउन्डरिङ जस्ता गम्भीर अपराधमा समेत संलग्नता देखिएको जनाइएको छ।

सूचनामा भनिएको छ, “अनलाइन फ्रडको संख्या निरन्तर बढिरहेको र मनी लाउण्डरिङ जस्ता गम्भीर अपराधमा संलग्नता समेत रहेको बुझिन आएकाले टेलिग्राम एपको पहुँचमा तत्काल रोक लगाउने तथा बन्द गर्ने व्यवस्थाका लागि सम्बन्धित सबै दूरसञ्चार सेवा प्रदायकहरूलाई यसै सूचना मार्फत निर्देशन गरिएको छ।”

अबको निर्णयले नेपालमा टेलिग्राम प्रयोगकर्ताहरू प्रभावित हुनेछन् भने डिजिटल सेवा र सूचना सम्प्रेषणमा यसको असर पर्ने अनुमान गरिएको छ।

यसअघि पनि सरकारले विभिन्न आपराधिक क्रियाकलाप नियन्त्रणका लागि केही एप र वेबसाइटहरूमा रोक लगाउने निर्णय गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

कमैया मुक्तिको २५ वर्ष :फेरि सिंहदरबार जानुपर्ने भयो : चौधरी

   श्रावण ०३, २०८२       admin

दाङ ।
लुम्बिनी पूर्वमुख्यमन्त्री तथा मुक्त कमैया आन्दोलनका अगुवा डिल्लीबहादुर चौधरीले सरकारलाई तीन महिनाको अल्टिमेटम दिएका छन्। “जग्गा, रोजगारी र पुनर्स्थापनाको मुद्दा अझै अपूरो रहेको र सबै मुक्त भएका कमैयाको २५ बर्ष सम्म पनि पुनस्थापन हुन नस्कए बताए । यो अबस्थामा फेरी सरकार लाई घच्घचाउनु पर्ने अबस्था आएको छ । मुक्त कमैया समाज लुम्बिनिले २५ औ कमैया दिवस्को अबसर्मा दाङमा गरेको कार्यक्रममा यस्तो बताएका हुन ।


२०५७ असार २ गते तत्कालीन सरकारले कमैया प्रथा अन्त्यको घोषणा गरे पनि, त्यसको २५ वर्षपछि पनि हजारौं मुक्त कमैया परिवार जमिनविहीन छन्, रोजगारीविहीन छन्, र न्यायको पर्खाइमा छन्। चौधरी भने — “हामीले कठोर आन्दोलनपछि मुक्ति पायौं, त्यो हाम्रो जीवनको महत्वपूर्ण उपलब्धि हो। तर, त्यो प्रक्रिया हतारमा भयो, व्यवस्थापन तयारीविना भयो। कानुन बने पनि कार्यान्वयन कमजोर भयो। त्यसैले अहिले पनि समस्या जस्ताको तस्तै छ।”
उनले अहिलेको स्थिति प्रति चिन्ता व्यक्त गर्दै भने — “कमैया फेरी पनि सडक र सिंहदरबार जानुपर्ने स्थिति सिर्जना भएको छ। हामी केन्द्र सरकारलाई तीन महिनाको समय दिन्छौं। यदि समाधान भएन भने देशभरबाट मुक्त कमैया सिहदरबार घेर्ना जान्छौ ।

लुम्बिनी प्रदेश सरकारले कमैया, हरुवा–चरुवा, हलिया र अन्य श्रम शोषणमा परेका वर्गका लागि छुट्टै कानुन बनाउने प्रक्रिया अगाडि बढाएको उनले बताए । केवल कानुन बनाएर पुग्दैन, कार्यान्वयन र निगरानी प्रणाली बलियो हुनुपर्छ। उनले थपे , सिप र ज्ञान भएकोलाई रोजगारी सिर्जना गर्न प्रदेश सरकारले तालिम, अनुदान, उद्यम कार्यक्रम सञ्चालन गर्नुपर्छ।”
सबै मुक्त कमैया संगठन, अभियन्ता, नागरिक समाजलाई एक हुन आग्रह गरेका छन्। “हामी छुट्टाछुट्टै संघर्ष गर्छौं भने राज्य झन् चुप लाग्छ, अब हामीले सबै संगठनलाई एउटै मोर्चामा ल्याउनुपर्छ,” उनले भने। जस्ले हाम्रा माग पुरा गर्न सकोस ।
२५ वर्षको संघर्षपछि पनि जब “मुक्त” भनिएका नागरिकहरू अझै पनि अधिकारविहीन छन् ।
वर्तमान स्थिति
नेपालमा २०५७ सालमा कमैया प्रथा उन्मूलन घोषणा गरिएको थियो।
सरकारी तथ्यांक अनुसार, झन्डै ३२,००० कमैया परिवार मुक्त भएका छन्।
तीमध्ये करिब ५,००० परिवार अझै पुनर्स्थापित हुन सकेका छैनन्।
कतिपयले पाएका लालपुर्जा भएको जमिनमा अरूको कब्जा छ।
जग्गा वितरणको समयसीमा (लिमिट) हटाउने माग पनि तीव्र हुँदै गएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बंगलाचुलीमा लठ्ठी प्रहार गरी श्रीमतीको हत्या

   श्रावण ०३, २०८२       admin

दाङ, २साउन । दाङको बङ्गलाचुलीमा श्रीमानको लठ्ठी प्रहारबाट श्रीमतीको मृत्यु भएको छ। बंगलाचुली गाउँपालिका वडा नम्बर ४ जुम्लेपानीमा घरायसी झगडाका कारण विवाद हुँदा श्रीमानले श्रीमतीको ज्यान लिएका हुन् । मादक पदार्थ सेवनपछि भएको विवादका क्रममा जागेश्वर पुनले आफ्नै श्रीमती ५० वर्षीया गोमा पुनको लठ्ठी प्रहार गरी हत्या गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बुधबार राति करिब १० बजे घरायसी विवाद चर्किएपछि ३८ वर्षीय पुनले लठ्ठीले आक्रमण गर्दा गम्भीर घाइते भएकी गोमाको घटनास्थलमै ज्यान गएको हो।

प्रारम्भिक अनुसन्धानअनुसार उनीहरूबीच लामो समयदेखि घरेलु झगडा हुँदै आएको र पछिल्लो समय मादक पदार्थको सेवनपछि झगडाले उग्र रूप लिने गरेको प्रहरीले जनाएको छ। “श्रीमान् लगातार रक्सी सेवन गर्थे, दुवैबीच सधैं विवाद चल्थ्यो,” एक स्थानीय बासिन्दाले बताए।

घटनापछि प्रहरी चौकी कमिरेचौरबाट खटिएको टोलीले जागेश्वर पुनलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको छ। हाल उनलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको दाङ प्रहरीले जनाएको छ।

प्रहरीले घटनाको विस्तृत विवरण संकलन गर्ने कार्य जारी राखेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दुर्घटनामा दैनिक ७ जनाको मृत्युु

   श्रावण ०३, २०८२       admin

काठमाडौँ  । गृहमन्त्री रमेश लेखकले सवारी दुर्घटनामा परेर दैनिक औसतमा ७ जनाको मृत्यु हुने गरेको बताएका छन् । बिभिन्न कारणले हुने दुर्घटनामा दैनिक ७ जनाको मृत्यु हुने गरेको अबस्था रहेको छ ।

सवारी साधन चलाउँदा पूर्वसावधानी नअपनाउने, लाइसेन्सबिना सवारी चलाउने लगायतका कार्यले सवारी दुर्घटनामा परेर मृत्यु हुनेको संख्या दैनिक ७ जना पुगेको बताएका हुन् ।

राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको शुक्रबारको बैठकमा मन्त्री लेखकले उक्त जानकारी दिएका हुन् । सवारी दुर्घटना, लागुऔषध, आत्महत्या सुरक्षा चुनौतीको रूपमा देखा परेको उनको भनाइ थियो । ‘सवारी दुर्घटना एउटा चुनौतीको रुपमा देखा परेको छ । आजका दिनमा औसतमा प्रतिदिन सात जना व्यक्तिको सवारी दुर्घटनाबाट मृत्यु भइराखेको छ,’ गृहमन्त्री लेखकले भने, ‘यसको नियन्त्रण अर्को एउटा महत्वपूर्ण चुनौती भएको छ ।

नेपाल प्रहरीका प्रमुख दीपक थापाले सवारी दुर्घटनाबाट आर्थिक वर्ष २०८१/०८२ मा दुई हजार ५ सय ४९ जनाको मृत्यु भएको जानकारी दिए । त्यसरी सवारी दुर्घटनाबाट मृत्यु हुनेमा सबैभन्दा बढी मधेस प्रदेश र सबैभन्दा कम कर्णाली प्रदेशका रहेको उनले जानकारी दिए । सवारी चालक अनुमतिपत्र नलिई सवारी चलाउने, लागुऔषध प्रयोग गरेर सवारी चलाउने, सवारी चलाउँदा पूर्वसचेतना नअपनाउने, हेलमेट नलगाइ सवारी चलाउने गर्दा दुर्घटना बढेको थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

उच्च अदालतका न्यायाधीश लम्सालको राजीनामा

   श्रावण ०३, २०८२       admin

काठमाडौं,२ साउन । उच्च अदालतका न्यायाधीश भरत लम्सालले पदबाट राजीनामा दिएका छन्।

सर्वोच्च अदालतका सहरजिस्ट्रार अच्युत कुइँकेलका अनुसार लम्सालले स्वास्थ्य र पारिवारिक कारण देखाउँदै शुक्रबारबाट लागू हुने गरी राजीनामा बुझाएका हुन्।

६२ वर्षीय लम्साल हाल उच्च अदालत विराटनगरको अस्थायी इजलास ओखलढुंगामा कार्यरत थिए। उनी २०८० सालमा उच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए।

अवकाश लिन अझै एक वर्ष बाँकी रहे पनि उनले समयअगावै राजीनामा दिएका हुन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

शैक्षिक हडतालका कारण विद्यालय तथा कलेज बन्द

   श्रावण ०३, २०८२       admin

काठमाडौं, २ साउन। धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) निकट विद्यार्थी संगठनले आह्वान गरेको आम शैक्षिक हडतालका कारण आज देशका विभिन्न स्थानका विद्यालय र कलेजहरू बन्द भएका छन्।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले निःशुल्क शिक्षाको सुनिश्चितता, शिक्षामा भइरहेको निजीकरण अन्त्य, र शिक्षा ऐन तुरुन्त जारी गर्नुपर्ने मागसहित एक दिने आम शैक्षिक हडतालको घोषणा गरेको हो।

हडतालका कारण काठमाडौं उपत्यका भित्र र बाहिरका केही जिल्लाका विद्यालयहरू बन्द भएका छन्। काठमाडौंका धेरै निजी विद्यालयहरूले बिहीबार साँझ नै अभिभावकहरूलाई एसएमएस पठाएर विद्यालय बन्द हुने जानकारी दिएका थिए। यद्यपि, केही विद्यालयहरूले आन्तरिक परीक्षा जारी राखेका कारण पठनपाठन सञ्चालनमा राखेका छन्।

रुपन्देहीका सरकारी तथा निजी विद्यालय र कलेजहरू पनि बन्द रहेका छन्। अनलाइनखबरकर्मी टोपराज शर्माका अनुसार जिल्लाभर शैक्षिक संस्था ठप्प भएका छन्।

यसबीच, कतिपय अभिभावक र विद्यार्थीहरूले विद्यालय तथा कलेज बन्द गरेर आफूहरूलाई अध्ययनको अधिकारबाट बञ्चित गरिएको भन्दै असन्तोष जनाएका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

भाडाको कोठामा लागुऔषध कारोबार: सुट्केसबाट ओसारपसार गर्थिन निकुले

   श्रावण ०२, २०८२       admin

काठमाडौं, १ साउन। लागुऔषध नियन्त्रण ब्युरोले एक महिलालाई ठूलो परिमाणको लागुऔषधसहित पक्राउ गरेको छ।

मोरङको बेलबारी–३ स्थायी घर भई हाल काठमाडौंको बालाजुमा बस्दै आएकी ३२ वर्षीया निकु राई लागुऔषध ट्रामाडोल र गाँजासहित पक्राउ परेकी हुन्। ब्युरोका अनुसार उनले भाडामा लिएको कोठाबाट ३५ हजार ५९० क्याप्सुल ट्रामाडोल र १२ किलो ५०० ग्राम गाँजा बरामद गरिएको हो।

ब्युरोका प्रमुख एसएसपी कृष्ण कोइरालाका अनुसार निकुको कोठामा लागुऔषध राखिएको भन्ने सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो। कोठा खानतलासी गर्दा प्रहरीले चार वटा नयाँ प्रकारका सुट्केस फेला पारेको थियो।

“ती महिलाले नयाँ सुट्केसहरू ओसारपसारका लागि राखेकी रहिछन्,” एसएसपी कोइरालाले बताए, “नयाँ सुट्केस खासै जाँच नहुने हिसाबले राखिएको हुनसक्छ, यथार्थ अनुसन्धानपछि खुल्नेछ।”

अनुसन्धानबाट थाहा हुन आएअनुसार निकुले लागुऔषध भण्डारणका लागि छुट्टै डेरा लिएकी थिइन्। उनी भने अर्कै डेरामा बस्दै आएकी थिइन्। प्रहरीले लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान थालेको छ।

यस्तै ब्युरोले असार १३ गते बल्खु क्षेत्रबाट दुई जनालाई लागुऔषधसहित पक्राउ गरेको थियो। कुंगा तामाङ र पदमबहादुर महतेको कोठाबाट बुप्रेनोर्फिन, डाइजेपाम र फेनार्गन गरी कुल ३१ हजार १०१ एम्पुल लागुऔषध बरामद गरिएको थियो।

प्रहरीले उनीहरूविरुद्ध लागुऔषध नियन्त्रण ऐन २०३३ अन्तर्गत कानुनी प्रक्रिया अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology