दाङ,४ जेठ ।तुलसीपुरस्थित तकियापुरमा एक महिने बाँसको चोयाबाट सामग्री उत्पादन तालिम सम्पन्न भएको छ। थर्ड आई नेपालको आयोजना,वडा नं २ को समन्वय तथा पर्यटन डिभिजन कार्यालय बांकेको आर्थिक सहयोगमा उक्त तालिम सन्चालन भएको थियो। तालिमको सोमबार एक कार्यक्रमकाबीच समापन गरिएको हो ।
थर्ड आई नेपालका अध्यक्ष बसन्त गिरिको अध्यक्षता तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको प्रमुख आतिथ्यतामा उक्त तालिम सम्पन्न भएको हो।
समापन कार्यक्रममा बोल्दै पूर्व मुख्यमन्त्री चौधरीले तालिमले स्थानीय स्तरमा सिपको विकास गर्दै आयआर्जनको अवसर सिर्जना गर्न महत्वपूर्ण भुमिका खेल्ने बताए। उनले तालिमबाट सिकेको सीपलाई निरन्तरता दिँदै आयआर्जनमा जोड्नुपर्ने बताए। व्यवसायीक रुपमा जोडिए उत्पादित सामग्रीको बजारको समस्या नभएको समेत उल्लेख गरे।
समूह बनाएर काम गरे राम्रो आम्दानी गर्न सकिने उनको भनाई थियो। ‘तपाईहरु समुहगत रुपमा काम गर्नुभयो भने बजारको समस्या हुने छैन त्यसको व्यवस्थापन हुने छ। उनले भने- तर बजारको माग,आवश्यकता अनुसारको सामग्री के-कति उत्पादन गर्ने त्यसको विश्लेषण गरेर सामग्री उत्पादन गर्न जरुरी छ।’
व्यवसायी ढंगले अगाडी बढेमा बिक्री कक्ष, तालिम र उपकरणका लागि प्रदेश सरकारले बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरे।
वडा नं. २ का वडा अध्यक्ष भीमबहादुर योगीले बाँस आफैंमा महत्वपूर्ण स्रोत भएको उल्लेख गर्दै यसलाई चोयामा रूपान्तरण गरी सामग्री उत्पादन गर्नु सकारात्मक काम भएको बताए। उनले उत्पादनसँगै बजारीकरणमा पनि ध्यान दिनुपर्ने बताए।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका वडा सभापति भिमबहादुर ओलीले सिकेको सीपलाई निरन्तरता दिन र समूह बनाएर काम गर्न आग्रह गरेका छन् ।
त्यस्तै ज्येष्ठ नागरिक वडा नं. समितिका अध्यक्ष उदिराम डांगीले यस्ता सीपमूलक तालिमले समुदायलाई प्रत्यक्ष फाइदा पुग्ने धारणा राखे।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै थर्ड आई नेपालका सुगम भण्डारीले तालिमले आत्मनिर्भर बन्न सहयोग गर्ने बताए भने प्रशिक्षक बृशधोज बिक ले बजारीकरणमा समस्या रहेको उल्लेख गर्दै सहयोग आवश्यक रहेको बताए।
प्रशिक्षार्थीहरू पुस्करी रावतले तालिम उपयोगी भएको प्रतिक्रिया दिएकी थिइन् ।
एक महिनासम्म सञ्चालन भएको उक्त तालिममा बाँसको चोयाबाट डस्टबिन , पेनहोल्डर, फुल्दानी, गमला ,फोटोफ्रेम लगायतका विभिन्न सामग्रीहरु निर्माण गर्न सिकाइएको थियो। समापन कार्यक्रमको सहजीकरण थडाई नेपालका सन्तोष लामिछानेले गरेका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,४ जेठ । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्मा विरुद्ध संसदीय सुनुवाइ समितिमा १६ वटा उजुरी परेका छन्।
संघीय संसद सचिवालयकी सूचना अधिकारी सावित्रा शर्मा का अनुसार उजुरी दिनका लागि तोकिएको १० दिनको अवधिमा उक्त संख्यामा उजुरी प्राप्त भएको हो।
गत २५ वैशाखमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले डा. शर्माविरुद्ध उजुरी आह्वान गर्दै १० दिनको समय दिएको थियो।
उजुरी परेपछि अब समितिले ती उजुरीहरूको अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउनेछ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,४ जेठ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सरुवा भई नयाँ कार्यक्षेत्रमा जान लागेका प्रहरी अधिकृतहरूलाई नागरिकको अपेक्षाअनुसार काम गर्न निर्देशन दिएका छन्।
सोमबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा उनले परम्परागत पुलिसिङभन्दा फरक सोच र कार्यशैली अपनाउनुपर्ने उल्लेख गरे। उनले नागरिकमैत्री, उत्तरदायी, प्रभावकारी र छिटो सेवा प्रवाह गर्न जोड दिँदै नागरिकको अपेक्षालाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताए।
हालै सरुवा भएका एसपी र डीएसपीहरूलाई सम्बोधन गर्दै आईजीपी कार्कीले उत्कृष्ट कार्यसम्पादनका लागि शुभकामना समेत दिएका छन्।
उनले सबै प्रहरी कर्मचारीलाई उच्च व्यावसायिकता, अनुशासन, निष्ठा र इमानदारी कायम राख्न निर्देशन दिए। साथै राम्रो व्यवहार र बोलीवचन अपनाउँदै संगठनको छवि सुधार हुने गरी जिम्मेवारी बहन गर्नुपर्ने बताए।
आईजीपी कार्कीले व्यक्तिगत स्वार्थभन्दा संगठनको हितलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै कुनै पनि प्रकारको पूर्वाग्रह नराखी कानुनसम्मत र विभेदरहित काम गर्न निर्देशन दिएका छन्।
उनका अनुसार आफ्नो कार्यक्षेत्रमा रहेका सम्भावित सुरक्षा चुनौतीहरूको पहिचान गरी त्यसअनुसार योजना र रणनीति बनाएर प्रभावकारी रूपमा प्रहरी परिचालन गर्नुपर्ने आवश्यकता रहेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कमल सुवेदीले दाङको टरिगाउँ विमानस्थल उपेक्षामा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले वि.सं. २०११ सालमा स्थापना भएको टारिगाउँ विमानस्थल सात दशक बितिसक्दा पनि विस्तार हुन नसकेको उल्लेख गरे। उनले यो विमानस्थल दाङसहित सल्यान, प्युठान, रोल्पा र रुकुमका लाखौँ नागरिकको जीवनरेखा भएको बताए।
सुवेदीले विमानस्थल मात्र होइन, क्षेत्रका महत्वपूर्ण सडकहरूको अवस्था पनि दयनीय रहेको बताएका छन्। लमही–घोराही–तुलसीपुर चारलेन सडक, राप्ती राजमार्ग, दाङ–सुर्खेत सडक, दामोदर मार्ग र तुलसीपुर–खिलतपुर सडक को अवस्था कमजोर हुँदा सर्वसाधारणले दैनिक सास्ती र दुर्घटनाको जोखिम भोगिरहेको उनको भनाइ छ।
उनले यी संरचनाहरूको सुधार र विस्तारका लागि आगामी बजेटमा पर्याप्त रकम विनियोजन गर्न सरकारसँग माग गरेका छन्।
सुवेदीले समयमै पूर्वाधार विकास नगर्दा क्षेत्रीय विकास प्रभावित भइरहेको भन्दै सरकारलाई यसतर्फ गम्भीर हुन आग्रह गरेका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
कंचनपुर,४ जेठ । माटोको ढिस्कोमा पुरिएर कंचनपुरमा एकजनाको मृत्यु भएको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिका–१२ तिलकीका एक महिलाको माटोको ढिस्कोमा पुरिएर आज मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार लालझाडी गाउँपालिका–४ इटाहा क्षेत्रमा घर लिपपोतका लागि माटो खन्ने क्रममा शुक्लाफाँटा नगरपालिका–१२ तिलकी निवासी करिब ४० वर्षीया हरदुलिया रानाको घटनास्थलमै मृत्यु भएको हो ।
माटोको ढिस्कोभित्र पुरिएकी अर्की करिब ५५ वर्षीया सुन्दरीया रानालाई स्थानीयले घाइते अवस्थामा उद्धार गरेका छन् । उनको दाहिने खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको जनाइएको छ ।
वडाध्यक्ष नवलसिंह रानाका अनुसार घाइते सुन्दरीयालाई उपचारका लागि कैलालीको धनगढीतर्फ लगिएको छ ।
शव परीक्षणका लागि श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । घटनाका समयमा माटो खन्न गएका अन्य दुई जना भने सकुशल रहेका छन् ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,४ जेठ। देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहनेछ। मधेश प्रदेशसहित अन्य क्षेत्रका पहाडी र हिमाली भू–भागमा आंशिक बदली रहने तथा तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान छ।
विभागका अनुसार कोशी प्रदेशका केही तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात पनि हुन सक्ने जनाइएको छ।
त्यस्तै, मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा भने तापक्रम बढ्न सक्ने विभागले जनाएको छ।
आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ। ती क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
गुल्मी,४ जेठ। मोटरसाइकल दुर्घटनामा परी गुल्मीमा दुईजनाको मृत्यु भएको छ । गुल्मीको सत्यवती गाउँपालिका–१ ठुलाबगरमा रुद्रवेणीबाट चेमीतर्फ जाँदै गरेको मोटरसाइकल आइतबार राति करिब १० बजे अनियन्त्रित भएर सडकबाट तल खसेको थियो।
दुर्घटनामा मोटरसाइकल चालक ३४ वर्षीय लक्ष्मण थापा र ४५ वर्षीय गिरमान सिंह रानाको मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरू स्याङ्जाको कालिगण्डकी गाउँपालिका–३ भुस्तुङका बासिन्दा हुन्।
प्रहरीले घाइते दुवै जनालाई उद्धार गरेर रिडी प्राथमिक अस्पताल पुर्याएको थियो। तर उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,३ जेठ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। अमेलियाबाट तुलसीपुरतर्फ जादै गरेको लु.०२–००२ प २४८६ नम्बरको मोटरसाइकल आइतबार अमिलिया नजिकै दुर्घटना भएको हो।
राप्ती राजमार्गअन्तर्गत अमिलियाबाट करिब २ किलोमिटर टाढा मोटरसाइकल आफै अनियन्त्रित भई सडकबाट करिब पाँच मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक तुलसीपुर–७ रामनगरका २३ वर्षीय नोखिराम केसी गम्भीर घाइते भएका थिए। उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिए।
त्यस्तै दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार सल्यान बागचौर नगरपालिका–११ वाफुखोलाका २१ वर्षीय बिरेन्द्र कुमार खड्का घाइते भएका छन्। उनको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,३ जेठ ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले व्यवसायीमाथि हुने दबाब र धरपकडले देशको अर्थतन्त्र कमजोर हुने बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको चौथो कार्यकारिणी समितिको पदस्थापना कार्यक्रममा आइतबार बोल्दै उनले निजी क्षेत्रलाई उत्साहित बनाउनुपर्ने बेला उल्टै हतोत्साहित गर्ने अवस्था गम्भीर भएको बताए।
मुख्यमन्त्री आचार्यले व्यवसायीलाई थुनेर वा डर देखाएर मुलुक अघि बढ्न नसक्ने स्पष्ट पारे। उनले गलत काम भए कानुनी कारबाही गर्न सकिने भए पनि पूरै व्यवसायी क्षेत्रलाई नै दबाब दिने काम ठीक नभएको बताए।
उनका अनुसार अहिले निजी क्षेत्र पहिले नै समस्यामा रहेको अवस्थामा थप धरपकड भए उद्योग–व्यवसाय कमजोर हुने र अर्थतन्त्रमा नकारात्मक असर पर्ने खतरा छ।
उनले प्रदेश सरकार निजी क्षेत्रको संरक्षण, प्रवर्द्धन र विकासका लागि सधैं साथमा रहने बताए। साथै विगतमा उद्योगका समस्या समाधानका लागि प्रदेश सरकार सक्रिय भएर काम गरेको पनि स्मरण गराए।
मुख्यमन्त्री आचार्यले संघीय सरकारसँग समन्वय गरेर व्यवसायीका समस्या समाधान गर्दै जाने पनि बताए।
उनले निजी क्षेत्रलाई चलायमान बनाउन नसकिए
देशको आर्थिक अवस्था अझ कमजोर हुने उल्लेख गरे।
प्रदेश सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नयाँ कार्यक्रम ल्याउने तयारी गरिरहेको पनि उनले जानकारी दिए।
उनले स्थानीय उत्पादन बढाउने, उद्यमशीलता विकास गर्ने र बजार सुनिश्चित गर्ने कार्यक्रम निजी क्षेत्रसँग मिलेर अघि बढाइने बताए।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,३ जेठ ।दाङको तुलसीपुरमा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्। प्रहरीका अनुसार हात्तिखौवाबाट तुलसीपुर बजारतर्फ जाँदै गरेको रा २ प ८००८ नम्बरको मोटरसाइकल र सोही दिशातर्फ जाँदै गरेको रा ३ प ९९ नम्बरको मोटरसाइकल तुलसीपुरको गुल्मचोकमा एकआपसमा ठोक्किएका हुन्।
दुर्घटना आइतबार दिउँसो करिब १ बजेतिर भएको जनाइएको छ। दुर्घटनामा दुवै मोटरसाइकल चालक घाइते भएका छन्।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुली का अनुसार घाइते हुनेमा घोराही–१७ का १७ वर्षीय अनिल पुन र तुलसीपुर–७ का १७ वर्षीय लक्ष्मण गिरी रहेका छन्।
घाइते दुवै जनाको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस