काठमाण्डौ,२७ असार । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आठ दिनपछि सुनचाँदीको भाउ तोकेको छ । सुनचाँदी व्यवसायीहरू विलासिता करको विरोधमा आन्दोलित भएका कारण असार १९ गतेदेखि सुनको भाउ तोकिएको थिएन ।
हिजो सरकार र सुनचाँदी व्यवसायीबीच सहमति भएपछि आन्दोलन स्थगित भएर आजदेखि पसल खुलेका छन् ।
आज सुनको भाउ तोलाको एक लाख ९१ हजार आठ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै आज चाँदीको भाउ तोलाको दुई हजार दुई सय २० रुपैयाँ कायम भएको छ ।
यसअघि असार १९ गते सुनको भाउ तोलाको एक लाख ९२ हजार एक सय रुपैयाँ कायम भएको थियो । त्यस्तै चाँदी तोलाको दुई हजार एक सय ७० रुपैयाँ कायम भएको थियो ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, २६ असार । दाङमा मोटरसाइकल र ट्र्याक्टर ठोक्किँदा दुई जना गम्भीर घाइते भएका छन्।
पश्चिमतर्फबाट जादै गरेको लु २९ प ९१०८ नम्बरको मोटरसाइकल र रा.१ त ३६२९ नम्बरको ट्र्याक्टर एकआपसमा ठोक्किँदा राप्ती गाउँपालिका–१ पाखापानीमा उक्त दुर्घटना भएको हो।
दुर्घटना हुदा मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
दुर्घटनापछि घाइतेलाई तत्काल उद्धार गरी भालुवाङस्थित अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले बताएको छ।
दुर्घटनाको कारण र घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२६ असार । दाङको तुलसीपुरमा फोहोर व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। फोहोर व्यवस्थापनलाई व्यवस्थित गर्दै सक्रिय अर्थतन्त्र र शून्य फोहर प्रवर्धन गर्ने उद्देश्यले तुलसीपुरमा अन्तरक्रिया कार्यक्रम भएको हो।
तुलसीपुर उद्योग वाणिज्य सङ्घको आयोजना तथा सम्मानित रोजगारी परियोजना (इन्स्योर)को प्राविधिक सहयोगमा कार्यक्रम भएको थियो ।
कार्यक्रममा तुलसीपुर वाणिज्य संघका पूर्व अध्यक्ष एवं सल्लाहकार बिमल रिजालले वर्तमान समयमा फोहोर व्यवस्थापन सबैका लागि ठूलो चुनौती भएको उल्लेख गरे ।
उनले स्थानीय सरकारले फोहोरको शुल्क नलिईकन, बरु पुनःप्रयोग गर्न सकिने फोहोर व्यवसायीबाट किनिदिनुपर्ने धारणा राखे।
“फोहोरलाई समस्या होइन, अवसरको रूपमा लिनुपर्छ,” उनले भने, “सरकार आफ्नो दायित्वबाट चुकेको छ, नागरिकबाट फोहोर उठाएबापत त शुल्क लिने गरेको छ तर त्यसो गर्नु गलत हो। फोहोर लिएबापत नागरिकलाई शुल्क दिनुपर्छ। ”
कार्यक्रममा इन्स्योर परियोजनाका प्राविधिक संयोजक राजकुमार लेखी महर्जनले हरित अर्थतन्त्र र विश्वव्यापी चुनौतीमा रहेको फोहोर व्यवस्थापनको विषयलाई ध्यानमा राखेर यो कार्यक्रम आयोजना गरिएको जानकारी गराए।
फोहोर व्यवस्थापन अन्तर्गत फोहोरलाई सक्रिय अर्थतन्त्रमा कसरी प्रयोग गर्न सकिने पुनर्जकरणको प्रक्रिया कस्तो हुने र सुरक्षित रुपमा कसरी नष्ट गर्ने भन्ने विषयमा छलफल तथा अन्तरक्रिया हुने उनको भनाइ थियो ।
पछिल्लो समय फोहोर व्यवस्थापन सबैको चुनौतीको विषय भएकोले यस कार्यक्रम मार्फत उद्योगी तथा व्यवसायीलाई आफ्नो उद्योग तथा व्यवसायबाट निस्किएको फोहोरलाई व्यवस्थापन गर्न सकिने बताएका थिए।
उक्त अन्तरक्रिया कार्यक्रममा फोहोरलाई पुनःप्रयोग गर्ने (जस्तै, नफुटेका प्याकेजिङ्ग वा प्लास्टिकलाई सरसफाइ सामग्री बनाउने), रिसाइकल गर्ने (धातु, कागज, प्लास्टिकलाई पुनः प्रशोधन गरेर नयाँ उत्पादन तयार गर्ने) र अन्तिम विकल्पका रूपमा सुरक्षित डिस्पोज गर्ने (जैविक फोहोरलाई मलमा परिणत गर्ने वा वैज्ञानिक विधिबाट नष्ट गर्ने) उपायहरूको व्याख्या गरिएको थियो ।
यसरी फोहोर व्यवस्थापन अन्तर्गत यी विधिहरू अपनाउँदा स्थानीय स्तरमै रोजगारी सिर्जना हुने र चक्रिय अर्थतन्त्रमा योगदान पुग्ने बताइएको थियो।
कार्यक्रममा सहभागी साना तथा मझौला उद्योग व्यवसायीलाई फोहोर व्यवस्थापनका सीप र व्यवसायका अवसरबारे प्रशिक्षण दिइएको थियो।
प्रशिक्षक दिनेश प्रसाद शाह र राजकुमार लेखी महर्जनले फोहोर व्यवस्थापनलाई आम्दानीको स्रोत बनाउन सकिने विधिबारे विस्तृत जानकारी प्रस्तुत गरेका थिए।
तुलसीपुर उद्योग वाणिज्य संघका प्रेस सल्लाहकार शरद रेग्मीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव केशवराज केसीले गरेका थिए।
कार्यक्रममा व्यवसायीहरूले आफ्ना अनुभव र चुनौतिहरूका विषयमा पनि छलफल गरेका थिए। कार्यक्रम तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनील केसीको अध्यक्षतामा सम्पन्न भएको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
बाँके,२६ असार। बाँके जिल्लामा रहेको सामुदायिक र राष्ट्रिय वन क्षेत्रबाट हरेक वर्ष झण्डै तीन लाख ४० हजार क्युफिट काठ तथा दाउरा उत्पादन हुने गरेको छ। डिभिजन वन कार्यालय बाँकेका अनुसार काठ उत्पादनमा सामुदायिक वनको हिस्सेदारी उल्लेखनीय छ।
सिनियर डिभिजनल वन अधिकृत शंकरप्रसाद गुप्ताका अनुसार, वार्षिक उत्पादनमध्ये करिब अढाई लाख क्युफिट काठ सामुदायिक वनबाट आउँछ भने बाँकी ९० हजार क्युफिट काठ राष्ट्रिय वनबाट प्राप्त हुन्छ। सामुदायिक वनबाट संकलन भएको काठ उपभोक्ता समूहले आन्तरिक खपतका लागि प्रयोग गरेपछि बाँकी परिमाण लिलामी प्रक्रियाबाट बिक्री गरिन्छ।
“साल, सागुन, खयर, सिंदुरे, दब्दबे जस्ता बहुमूल्य काठ उत्पादन भइरहेका छन्,” अधिकृत गुप्ताले बताए। उनले थपे, “खयरको काठ कत्था उत्पादनका लागि फ्याक्ट्रीमा प्रशोधन गरेर निर्यात गरिन्छ भने साल र सागुन झ्याल–ढोका र फर्निचर निर्माणमा प्रमुखतासाथ प्रयोग हुँदै आएको छ।”
तर, गुप्ताका अनुसार हाल नेपाली काठको निर्यात चुनौतीपूर्ण छ। ५० प्रतिशत निकासी करका कारण नेपाली काठ अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा छैन। आन्तरिक रूपमा पनि काठको खपत घट्दो क्रममा छ। “फलाम र एल्युमिनियमका विकल्प लोकप्रिय बन्दै गएका कारण सर्वसाधारणले काठप्रति चासो कम देखाउन थालेका छन्,” उनले स्पष्ट पारे।
डिभिजन वन कार्यालय बाँकेका तथ्यांकअनुसार, जिल्लामा ११९ सामुदायिक वन सञ्चालनमा छन्, जहाँ ३४ हजार ७ घरधुरी आबद्ध छन्। साथै, ४ वटा धार्मिक वनमा ३४६ घरधुरी सामेल छन्। यी धार्मिक वनहरू धार्मिक प्रयोजनका लागि मात्र सीमित छन् र समुदाय स्वयंले यसको संरक्षण तथा व्यवस्थापन गरिरहेका छन्।
बाँकेमा डिभिजन वन कार्यालयको मातहत ६ वटा सब(डिभिजन कार्यालय छन्, जसले जिल्लाका आठवटा पालिकामा कार्यक्षेत्र विभाजन गरी वन व्यवस्थापन गर्दै आएका छन्। जिल्लाको सबैभन्दा ठूलो वन क्षेत्र राप्ती सोनारी गाउँपालिकामा छ, जहाँ ७९।८ प्रतिशत भूभाग वनले ढाकेको छ। यसको विपरित, जानकी गाउँपालिकामा वन क्षेत्र नगण्य ९एक प्रतिशतभन्दा पनि कम० छ भने नेपालगञ्ज उपमहानगरपालिका र खजुरा गाउँपालिकामा पनि वन क्षेत्र दुई प्रतिशतभन्दा कम मात्र रहेको जनाइएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,२६ असार। चालु आर्थिक वर्ष २०८१/८२ को अन्तिम दिन सरकारले एकै दिनमा करिब २२ अर्ब रुपैयाँ खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार असार २५ गते मात्र २१ अर्ब ७३ करोड रुपैयाँको भुक्तानी गरिएको हो।
सरकारले चालु आवका लागि पुँजीगत खर्चतर्फ विनियोजन गरेको ३ खर्ब ५२ अर्ब रुपैयाँमध्ये एकै दिन पौने २२ अर्ब रुपैयाँ खर्च गर्नु आर्थिक वर्षको अन्त्यमा देखिने ‘अन्तिम घचघच’ प्रवृत्तिको ताजा उदाहरण हो। महालेखाका अनुसार असार २५ सम्ममा कुल २ खर्ब ८ अर्ब ३४ करोड रुपैयाँ पुँजीगत खर्च भइसकेको छ, जुन कुल पुँजीगत बजेटको ५९.१३ प्रतिशत हो।
गत आर्थिक वर्ष २०८०/८१ को अन्तिम दिन अर्थात असार २५ मा सरकारको खर्च १४ अर्ब ४० करोड थियो। त्यस वर्ष असार २४ मा पनि १९ अर्ब ९९ करोड खर्च गरिएको थियो। तर यो वर्षको अन्तिम दिनको खर्च अघिल्ला वर्षहरूको तुलनामा कैयौं गुणा बढी देखिएको छ।
महालेखा नियन्त्रक कार्यालयले असार २५ पछि सबै सार्वजनिक निकायहरूलाई चेक जारी गर्न प्रतिबन्ध लगाएको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ अनुसार आर्थिक वर्ष सकिनु एक साता अघिबाट सबै सरकारी खाताहरू रोक्का हुने व्यवस्था छ। त्यसैले पनि बुधबारसम्म सरकारी निकायहरूले अत्यावश्यक बाहेक सबै भुक्तानी गरिसकेका छन्।
लक्ष्यको तुलनामा कम राजस्व
सरकारले चालु आर्थिक वर्षमा १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको थियो, तर असार २५ सम्ममा १५ खर्ब ५ अर्ब १९ करोड रुपैयाँ मात्रै खर्च भएको छ, जुन कुल बजेटको ८०.९१ प्रतिशत हो।
त्यस्तै, राजस्व संकलन पनि लक्ष्यभन्दा निकै कम देखिएको छ। सरकारले कर तथा गैरकर स्रोतबाट १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ उठाउने लक्ष्य लिएको थियो, तर हालसम्म १० खर्ब ९७ अर्ब ७२ करोड मात्र संकलन भएको छ। यसमा कर राजस्व ९ खर्ब ९३ अर्ब ८८ करोड र गैरकर राजस्व १ खर्ब ३ करोड ८४ लाख रहेको छ, जुन लक्ष्यको क्रमशः ७७.३९ प्रतिशत र ७६.८७ प्रतिशत हो।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२६ असार । मलेसियामा सम्पन्न एसीसी मेन्स यु–१६ इस्टर्न जोन कप क्रिकेट प्रतियोगितामा शानदार प्रदर्शन गरेका दाङका दुई खेलाडी र प्रशिक्षकलाई लुम्बिनी प्रदेश खेलकुद परिषदले विशेष सम्मान गरेको छ।
नेपाललाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका दाङका खेलाडी शुभम खनाल , सहायक प्रशिक्षक सञ्जु क्षेत्री र कपिलवस्तुका रौनक श्रीवास्तवलाई सम्मान गरेको हो।
खनाल र कपिलवस्तुका रौनक श्रीवास्तवलाई जनही १ लाख रुपैयाँ र क्षेत्रीलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको परिषदका सदस्य सचिव तिरनदाज गौतमले जानकारी दिए।
राप्ती उपत्यका, देउखुरीमा बिहीबार आयोजित एक कार्यक्रममार्फत नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य तथा दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाँ, प्रदेश परिषदका सदस्य कैलाश रोका मगर लगायतको उपस्थितिमा उनीहरूलाई सम्मान गरियो।
दाङका शुभम खनालले प्रतियोगितामा १२ विकेट लिँदै विपक्षी टोलीहरूलाई दबाबमा राखेका थिए। सहायक प्रशिक्षक क्षेत्रीले प्रतियोगिता अवधिभर खेलाडीको मनोबल उच्च राख्न प्रेरणादायी भूमिका खेलेका थिए।
कपिलवस्तुका रौनक श्रीवास्तवले एक शतक र एक अर्धशतकसहित कुल २९६ रन बनाउँदै ‘सर्वोत्कृष्ट खेलाडी’को उपाधि हात पारेका थिए।
खेलाडी शुभम खनालले अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्दै उपाधि जित्न पाउनु गर्वको कुरा भएको र यसले थप जिम्मेवारीको बोध गराएको प्रतिक्रिया दिए।
गत असार ८ गतेदेखि मलेसियामा आयोजित प्रतियोगितामा नेपालले सिङ्गापुरलाई २ विकेटले हराउँदै उपाधि जितेको थियो।
प्रतियोगितामा मलेसिया, सिङ्गापुर, इन्डोनेसिया, भूटान, जापान, हङकङ, माल्दिभ्स, थाइल्यान्ड र म्यानमारका टिम सहभागी थिए। नेपालले यसअघि २०१७, २०१९ र २०२३ मा पनि उपाधि जितिसकेको छ।
यस सम्मानले लुम्बिनी प्रदेशको प्रतिभा उजागर हुनुका साथै क्रिकेटको विकासमा पनि सकारात्मक सन्देश पुगेको आयोजकहरूको भनाइ छ।
२२ सय व्यक्ति फरार सूचिमा
विरगंज,२६ असार । पौडी सिक्न गएका एक बालकको डुबेर मृत्यु भएको छ। एक होटलको पौडी पोखरीमा तालिम लिन गएका वीरगञ्ज महानगरपालिका–११, रानीघाटका नौ वर्षका बजरङ्गी रौनियारको ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रमुख गौतम मिश्रका अनुसार होटलको तेस्रो तल्लामा रहेको स्वीमिङ पुलमा डुबेर अचेत भएका बालकलाई नारायणी अस्पताल भर्ना गरिएको थियो।
उनले भने, “अस्पतालले बुधबार बेलुकी बालकको मृत्यु भएको जानकारी दिएको छ।”।
घटनापछि प्रशिक्षक र जीवन रक्षकलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२५ असार । रोल्पाको थबाङ गाउँपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी सम्पर्कविहीन भएका छन् । उनीहरू असार २४ गते अर्थात् हिजो बिहानदेखि सम्पर्कविहीन भएका हुन् ।
गाउँपालिकाले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा असार २३ गते साँझदेखि नेपाल टेलिकमको नेटवर्कमा समस्या आएको थियो। असार २४ गतेका दिन कार्यालयको भुक्तानी गर्न आवश्यक OTP कोड लिन प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तीमगर रुकुम पूर्व जाने क्रममा कार्यालयबाट निस्किएको जनाइएको छ।
तर उक्त टोली बिहान ७ बजेपछि सम्पर्कविहीन भएको हो। खोजी गर्दा उनीहरू रुकुम पूर्वमा पनि नभेटिएको र सम्पर्क प्रयास गर्दा सबैको मोबाइल फोन बन्द अवस्थामा रहेको विज्ञप्तिमा उल्लेख छ।
सम्पर्कविहीन भएका कर्मचारीहरूमा प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तीमगर, सहायक प्रशासन पाँचौं स्तरका हरिश माझी, सह–लेखापाल यज्ञ प्रसाद कडेल, सव–इन्जिनियर चन्द्र प्रकाश ओली र निशा आचार्य, खा.पा.स.टे शिव कुमार वली र सवारी चालक प्रदिप के.सी. रहेका छन्।
गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढा मगरले जारी गरेको विज्ञप्तिमा सम्पर्कमा रहन सम्बन्धित कर्मचारीलाई आग्रह गर्दै, उनीहरूका अवस्थाबारे जानकारी भएमा यथाशीघ्र कार्यालयलाई खबर गरिदिन अनुरोध गरिएको छ।
कर्मचारी सम्पर्कविहीन रहँदा कार्यालयको दैनिक कामकाज प्रभावित भएको गाउँपालिकाले जनाएको छ।
विज्ञप्ति हेर्नुहोस् ;

२२ सय व्यक्ति फरार सूचिमा
एजेन्सी । भारतीय वायुसेनाको लडाकु विमान दुर्घटना भएको छ । वायुसेनाको जगुआर ट्रेनर विमान बुधबार राजस्थानको चुरु जिल्लामा दुर्घटना भएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार नियमित प्रशिक्षण मिसनका क्रममा विमान उड्दाउड्दै जमिनमा खसेको हो।
वायुसेनाले जारी गरेको विज्ञप्ति अनुसार, दुर्घटनामा विमानमा सवार दुवै पाइलटको घटनास्थलमै मृत्यु भएको छ। यसबाहेक अन्य कुनै नागरिक वा सम्पत्तिलाई क्षति नभएको भारतीय वायुसेनाले जनाएको छ।वायुसेनाले दुर्घटनाको कारण पत्ता लगाउन कोर्ट अफ इन्क्वायरी गठन गरेको छ।
प्रारम्भिक जानकारी अनुसार, विमान नियमित प्रशिक्षण मिसनमा थियो र प्राविधिक कारणले दुर्घटना भएको हुन सक्छ तर वास्तविक कारण अनुसन्धानपछि मात्र स्पष्ट हुनेछ।
सेना स्रोतका अनुसार, यो जगुआर लडाकु जेट श्री गंगानगर नजिकैको सुरतगढ एयरबेसबाट उडेको थियो।जगुआ र विमान कम उचाइबाट आक्रमण गर्ने लडाकु जेट हो।
यो एक ब्रिटिस(फ्रान्सेली सुपरसोनिक जेट आक्रमण विमान हो, जुन जमिन आक्रमण र जहाजविरोधी मिसनका लागि प्रयोग गरिन्छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ, २५ असार । अमेरिकी सरकारले थप दुई नेपालीलाई डिपोर्ड (निष्काशन) गरेको छ । गैरकानुनी तरिकाले बस्दै आएका उनीहरूलाई अमेरिकी अध्यागमनले निष्काशन गरेको हो ।
निष्काशन गरिनेमा रेशमबहादुर केसी र गविन्दराज वली छन् । उनीहरूलाई कतार एयरायन्सको विमानबाट नेपाल फर्काइएको हो । स्रोतका अनुसार वलीलाई बुधबार र केसीलाई गत २१ गते काठमाडौं फर्काइएको थियो । अघिल्लो हप्ता मात्रै तीन जना नेपालीलाई अमेरिकाले निष्काशन गरेको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रावसन नीतिमा कडाइ गरेसँगै गैरकानुनी रूपमा बसोबास गर्ने नेपालीहरू धमाधम निष्कासनमा पर्दै आएका छन् । अमेरिकाले यसअघि पनि पटक–पटक नेपालीहरूलाई निष्काशन गरी नेपाल फर्काएको छ । केहीलाई त चार्टर्ड विमानमार्फत पनि नेपाल फर्काइएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस