भारतीय वायुसेनाको विमान दुर्घटनाः दुवै पाइलटको मृत्यु

   असार २५, २०८२       admin


एजेन्सी । भारतीय वायुसेनाको लडाकु विमान दुर्घटना भएको छ । वायुसेनाको जगुआर ट्रेनर विमान बुधबार राजस्थानको चुरु जिल्लामा दुर्घटना भएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार नियमित प्रशिक्षण मिसनका क्रममा विमान उड्दाउड्दै जमिनमा खसेको हो।

वायुसेनाले जारी गरेको विज्ञप्ति अनुसार, दुर्घटनामा विमानमा सवार दुवै पाइलटको घटनास्थलमै मृत्यु भएको छ। यसबाहेक अन्य कुनै नागरिक वा सम्पत्तिलाई क्षति नभएको भारतीय वायुसेनाले जनाएको छ।वायुसेनाले दुर्घटनाको कारण पत्ता लगाउन कोर्ट अफ इन्क्वायरी गठन गरेको छ।

प्रारम्भिक जानकारी अनुसार, विमान नियमित प्रशिक्षण मिसनमा थियो र प्राविधिक कारणले दुर्घटना भएको हुन सक्छ तर वास्तविक कारण अनुसन्धानपछि मात्र स्पष्ट हुनेछ।

सेना स्रोतका अनुसार, यो जगुआर लडाकु जेट श्री गंगानगर नजिकैको सुरतगढ एयरबेसबाट उडेको थियो।जगुआ र विमान कम उचाइबाट आक्रमण गर्ने लडाकु जेट हो।

यो एक ब्रिटिस(फ्रान्सेली सुपरसोनिक जेट आक्रमण विमान हो, जुन जमिन आक्रमण र जहाजविरोधी मिसनका लागि प्रयोग गरिन्छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

अमेरिबाट थप दुई नेपाली डिपोर्ट

   असार २५, २०८२       admin

काठमाडौँ, २५ असार । अमेरिकी सरकारले थप दुई नेपालीलाई डिपोर्ड (निष्काशन) गरेको छ । गैरकानुनी तरिकाले बस्दै आएका उनीहरूलाई अमेरिकी अध्यागमनले निष्काशन गरेको हो ।

निष्काशन गरिनेमा रेशमबहादुर केसी र गविन्दराज वली छन् । उनीहरूलाई कतार एयरायन्सको विमानबाट नेपाल फर्काइएको हो । स्रोतका अनुसार वलीलाई बुधबार र केसीलाई गत २१ गते काठमाडौं फर्काइएको थियो । अघिल्लो हप्ता मात्रै तीन जना नेपालीलाई अमेरिकाले निष्काशन गरेको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रावसन नीतिमा कडाइ गरेसँगै गैरकानुनी रूपमा बसोबास गर्ने नेपालीहरू धमाधम निष्कासनमा पर्दै आएका छन् । अमेरिकाले यसअघि पनि पटक–पटक नेपालीहरूलाई निष्काशन गरी नेपाल फर्काएको छ । केहीलाई त चार्टर्ड विमानमार्फत पनि नेपाल फर्काइएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

गुजरातमा पुल भत्किँदा ९ जनाको मृत्यु

   असार २५, २०८२       admin

काठमाडौँ,२५ असार । भारतको गुजरात राज्यमा आनन्द र पाद्रालाई जोड्ने पुलको बीचको भाग भत्किँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ। घटनामा अन्य ९ जनाको उद्धार गरिएको गुजरातको बडोदरा प्रहरीले जानकारी दिएको छ।

बडोदरा प्रहरीका अधिकारी रोहन आनन्दका अनुसार, “अझै दुईवटा ट्रक पानीमा छन्। ती ट्रकलाई बाहिर निकालेपछि मात्रै त्यहाँ कसैको जीवित वा मृत अवस्था थाहा हुनेछ।”

बीबीसी गुजरातीका अनुसार, बुधबार बिहान बडोदरा जिल्लाको बाहिरी क्षेत्रमा मही नदीमाथि बनेको उक्त पुल भत्किँदा धेरै सवारी साधन नदीमा खसेका थिए।

घटनाको खबर पाएलगत्तै स्थानीय प्रशासनले राहत तथा उद्धार कार्य सुरु गरेको छ।

सडक तथा भवन विभागका मुख्य अभियन्ता सीपी पटेलले पुल सन् १९८५ मा निर्माण भएर सञ्चालनमा आएको जानकारी दिए। दुर्घटनाको कारणबारे उनले भने, “यसको जाँच भइरहेको छ। निरीक्षणको विवरण र जाँच पूरा भएपछि मात्रै यकिन रुपमा भन्न सकिन्छ।”

उनले थपे, “हामी सबै पुलहरूको मनसुनअघि र मनसुनपछि नियमित निरीक्षण गर्छौं। रेकर्डको अध्ययनपछि मात्रै यस पुलको अवस्था कस्तो थियो भन्ने खुल्नेछ।”

प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै एक विज्ञप्तिमा जनधनको क्षति अत्यन्त पीडादायी भएको बताएका छन्।

प्रधानमन्त्री मोदीले आफ्नो एक्स (पूर्व ट्विटर) खातामा लेखेका छन्, “प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट प्रत्येक मृतकका परिवारलाई दुई लाख रुपैयाँ र घाइतेहरूलाई पचास हजार रुपैयाँ क्षतिपूर्ति प्रदान गरिनेछ।”

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

लुम्बिनी कांग्रेस महामन्त्री खनाल पार्टीबाट निष्कासन

   असार २५, २०८२       admin

काठमाडौँ,२५ असार । नेपाली कांग्रेसले लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाललाई एक वर्षका लागि पार्टी सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ।

पार्टीको केन्द्रीय अनुशासन समितिले खनालले अनुशासनहीन क्रियाकलाप गरेको ठहर गर्दै कारबाही गरेको हो। समितिका संयोजक आनन्द ढुंगानाले बुधबार खनाललाई कारबाही सम्बन्धी पत्र पठाई लुम्बिनी प्रदेश समितिलाई समेत जानकारी गराएका छन्।

खनालमाथि गत निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोप लागेको छ। यही कारण देखाउँदै कांग्रेस सांसद तथा उद्योगपति विनोद चौधरीले उनीविरुद्ध अनुशासन समितिमा उजुरी दर्ता गराएका थिए।

पार्टी अनुशासन उल्लंघनका विषयमा नेपाली कांग्रेसले पछिल्ला दिनमा कठोर कदम चाल्दै आएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

होस्टेलबाट पेस्तोलसहित एक युवक पक्राउ

   असार २५, २०८२       admin

दाङ ।  दाङमा एकजनालाई पेस्तोल सहित प्रहरीले पक्राउ गरेको छ। दाङको घोराहीमा रहेको एक ट्रेनिङ सेन्टरबाट पेस्तोल सहित एक युवकलाई पक्राउ गरिएको दाङ प्रहरीले जनाएको छ।

दाङको घोराही उपमहानगरपालिका–१५ स्थित लोटस ट्रेनिङ सेन्टरको होस्टलमा अवैध हतियार लुकाएको अबस्था एक युवक पक्राउ परेका हुन । पक्राउ पर्ने युवक सल्यान कपुरकोट गाउँपालिका–३ फलाटे घर भई हाल उक्त ट्रेनिङ सेन्टरमा तालिम लिइरहेका १९ वर्षीय अजय बिक रहेको दाङ प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार असार २४ गते साँझ करिब ६:३० बजे युवकले हतियार लुकाएको भन्ने विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय घोराहीबाट प्रहरी निरीक्षक सुरज सिंहको नेतृत्वमा खटिएको टोलीले जाँच गर्दा अजय बिक सुत्ने खाटमुनि लुकाइएको झोलाबाट हतियार फेला पारेको हो।
झोलाभित्र कालो रंगको JORDAN लेखिएको पछाडि भिर्ने झोलाबाट 0.32 पेस्तोल (civil INGSF1902134300.32 Indian Ordnance Factory), त्यसमा लाग्ने ४ राउण्ड गोली, र ७ राउण्ड क्षमताको म्याग्जिन फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

अवैध हतियारसहित युवकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको दाङ प्रहरी प्रमुख अर्जुन तिमिल्सिनाले बताए ।   हतियार कसरी प्राप्त भयो र किन राखिएको थियो भन्ने विषयमा अनुसन्धान जारी रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

ससुराको हत्या गरि फरार रहेका ज्वाइ पक्राउ

   असार २५, २०८२       admin


काठमाडौ,२५ असार । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१५, कुवारामपुरमा ससुराको चक्कु प्रहार गरी हत्या गरेको आरोपमा ज्वाइँ पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाले ६५ वर्षीय वासुदेवप्रसाद साहको हत्या अभियोगमा उनका ५५ वर्षीय ज्वाइँ बेचन महासेठलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार असार १८ गते साँझ साहकै घरमा घरायसी विवादका क्रममा महासेठले चक्कु प्रहार गरी हत्या गरेका थिए।


घटना पछि फरार रहेका अभियुक्तलाई जनकनन्दनी गाउँपालिकास्थित खजुरी रेल्वे स्टेशनबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरहरि रेग्मीका अनुसार मृतककी श्रीमती शैलदेवीले दिएको किटानी जाहेरीका आधारमा अनुसन्धान अघि बढाइएको छ।

कर्तव्य ज्यान मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनास्थलबाट प्रयोग गरिएको चक्कु र अभियुक्त चढेको प्रदेश ०२–००७प–९९३२ नम्बरको स्कुटर समेत बरामद गरेको छ।

मृतकका परिवारका अनुसार बेचनले पटक–पटक पैसाको माग गर्दै आएका थिए।

पैसाकै विषयलाई लिएर विवाद हुँदै आएको र सोही विवाद अन्ततः हत्या सम्म पुगेको परिवारले जनाएको छ।

मृतक वासुदेवले यसअघि नै ज्वाइँबाट आफूलाई खतरा रहेको भन्दै जिल्ला प्रहरी कार्यालयमा शान्ति सुरक्षा माग गर्दै निवेदन दिएका थिए। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सामूहिक कुटपिटबाट २४ वर्षीय युवतीको मृत्यु

   असार २५, २०८२       admin

काठमाडौ,२५ असार । सामूहिक कुटपिटका कारण झापामा २४ वर्षीय एक युवतीको मृत्यु भएको छ। ।

झापाको अर्जुनधारामा सामूहिक कुटपिटका कारण अर्जुनधारा नगरपालिका-४ भाङवारी स्थायी घर भई हाल वडा नम्बर ८ शनिश्चरे क्याम्पस नजिक डेरागरि बस्दै आएकी गंगा राईको मृत्यु भएको हो।

कुटपिटपछि घाइते भएकी राईको उपचारका क्रममा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मंगलबार राति भोजपुरको रामप्रसाद राई गाउँपालिका- ६ वैकुण्ठे स्थायी घर भई अर्जुनधारा- ८ बस्दै आएकी ३२ वर्षीया सुस्मिता भुसालले व्यक्तिगत रिसइवीका कारण राईमाथि आक्रमण गराएकी थिइन्।

भुसालले स्थानीय महिलाहरू ५४ वर्षीया मैया श्रेष्ठ, ३८ वर्षीया बबिता विक, २४ वर्षीया मेनुका पाँचकोटे र ६० वर्षीया नर्बदा सुनदासलाई बोलाई सामूहिक रूपमा कुटपिट गराएको हुनसक्ने प्रहरीको अनुमान छ।

घटना संंकास्पद भएकोले अहिले यस घटनालई सुक्ष्म रुपमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

च्याउ खाँदा एकै घरका तीन बालबालिका बिरामी

   असार २५, २०८२       admin

जाजरकोट, २५ असार। जङ्गली च्याउ खाँदा जाजरकोटमा एकै घरका तीन बालबालिका बिरामी परेका छन्। विषालु च्याउ खाँदा उनीहरू बिरामी परेका हुन्।

बुधबार बिहान सालघारी जंगलबाट टिपेर ल्याएको विषालु च्याउ खाँदा नलगाड नगरपालिका(४ पिपलचैरका मगबहादुर सिंहका छोराछोरी बिरामी परेका हुन् ।

बिरामी पर्नेमा मगबहादुरकी १२ वर्षीया छोरी कौशिला सिंह, ६ वर्षीय छोरा झलक सिंह र ३ वर्षीया छोरी दीपा सिंह रहेका छन् ।

सालघारी जंगलबाट टिपेर ल्याएको विषालु च्याउ खाएका कारण उनीहरू बिरामी परेको नलगाड नगरपालिका(४ का वडाध्यक्ष बद्रि पन्तले जानकारी दिए ।

उनीहरूको नगर अस्पताल दल्लीमा उपचार भई रहेको नगर अस्पतालका डाक्टर नवीन ध्यारले जानकारी दिए ।

बर्खाको समयमा च्याउ नखान चिकित्सकले सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

पुर्ख्यौली सम्पत्ति बन्यो “ज्यानमारा”: बोल्न नसक्ने ६० वर्षीय टिकामायाको देवरबाटै हत्या

   असार २४, २०८२       admin

काठमाडौं,२४ असार । मोरङको रतुवामाई नगरपालिका–६ मा अंशबंटवारा विवाद चर्किएपछि देवरले भाउजूको हत्या गरेका छन्।

मोरङ प्रहरीका अनुसार ६९ वर्षीय टंकबहादुर बस्नेतले आफ्ना दाजु गणेशबहादुर बस्नेतकी ६० वर्षीया पत्नी टीकामाया कार्की बस्नेतलाई हत्या गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी कोपिला चुँडालले मृतक टीकामाया बोल्न नसक्ने र इसाराले मात्रै कुरा गर्ने व्यक्ति रहेको जानकारी दिइन्। असार २१ गते दिउँसो आफ्नै बारीमा घाँस काट्न गएकी टीकामायाको शव फेला परेको थियो। उनको टाउको पछाडि घुच्चुकमा गहिरो चोट लागेको पाइएको छ।

विराटनगरस्थित कोशी अस्पतालमा पोस्टमार्टम गर्दा मृत्यु चोटकै कारण भएको पुष्टि भएपछि इलाका प्रहरी कार्यालय सिजुवाबाट इन्स्पेक्टर होमप्रसाद अधिकारी नेतृत्वको टोलीले अनुसन्धान सुरु गरेको थियो।

अनुसन्धानमा लामो समयदेखि दाजु–भाइबीच अंश विवाद रहेको खुलेको छ। पुर्खौली सम्पत्तिको हक माग्दा गणेशले अदालतको शरण लिएका थिए र अंश पाउने फैसला समेत भएको प्रहरीले जनाएको छ। त्यसपछि विवाद झन् चर्किएर टंक क्रोधित बनेको पाइएको छ।

डीएसपी चुँडालका अनुसार अंश नदिन खोजेको रिसइबी साँधेर टंकले हँसियाको बिँडले प्रहार गरी भाउजूको हत्या गरेका हुन्। यसअघि पनि उनले टीकामायालाई पटक–पटक गालीगलौज र कुटपिट गर्न खोज्ने गरेको तथ्य खुलेको छ।

घटनाको दुई दिनपछि सोमबार दिउँसो टंकलाई आफ्नै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। हत्या गर्न प्रयोग गरिएको हँसिया समेत टंककै घरबाट बरामद गरिएको छ।

टंकविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी अदालतबाट म्याद थप गरेर थप अनुसन्धान अघि बढाइएको छ। इन्स्पेक्टर अधिकारीको टोलीले घटनाका सबै पक्षमा अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

एक करोड ४४ लाख रकमसहित एक व्यक्ति पक्राउ

   असार २४, २०८२       admin

काठमाडौँ, असार २४ गते। स्रोत नखुलेको एक करोड ४४ लाख रुपैयाँसहित काठमाडौँ प्रहरीले एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी अपीलराज बोहराका अनुसार बौद्धस्थित एक घरमा डेरा गरी बस्दै आएका ४० वर्षीय चिनियाँ नागरिक वाङ जियाङलाई मंगलबार पक्राउ गरिएको हो।

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी परिसर र प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनलाई डेराबाट पक्राउ गरी उनको साथबाट उक्त रकम बरामद गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology