काठमाडौँ, २४ असार । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले सर्वोच्च अदालतका लागि नवनियुक्त तीन न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।
आज सर्वोच्च अदालतमा आयोजित विशेष समारोहमा नवनियुक्त न्यायाधीशहरू मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापाले शपथ ग्रहण गरेका हुन् ।
न्याय परिषद्को सिफारिसका आधारमा संसदीय सुनुवाइ समितिले उनीहरूको नाम अनुमोदन गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार सर्वोच्च अदालतका न्यायाधीशमा नियुक्त गरेका थिए ।
शपथपछि तीनै न्यायाधीशले आजैदेखि आफ्नो कार्यभार सम्हालेका छन् ।
त्यस अवसरमा प्रधानन्यायाधीश राउतले न्याय परिषद्को अध्यक्षको हैसियतले नवनियुक्त न्याय परिषद् सदस्य महेशकुमार नेपाललाई समेत पद तथा गोपनीयताको शपथ गराएका छन् ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,२४ असार । रसुवामा गएराति अबिरल वर्षापछि आएको भीषण बाढीले ठूलो क्षति पुर्याएको छ।
बाढीमा परेर ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन भएका छन् भने ९ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।
प्रहरीका अनुसार चिनियाँ क्षेत्रमा भारी वर्षा भएसँगै गोसाइकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी क्षेत्रमा एकाएक ठूलो बाढी आएको हो।
बाढीले नेपाल–चीन नाका जोड्ने मितेरी पुललाई पूर्ण रूपमा क्षति पु¥राएको छ। पुल बगाइएकाले मानिस र सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द भएको प्रहरीको भनाइ छ।
उद्धार र खोजीकार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना परिचालित गरिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ, २४ असार । जुम्लाको गुठिचौर गाउँपालिका–५ ठुलोहाँका पाटनमा चट्याङ पर्दा एक जना गम्भीर घाइते भएका छन्।
सिंजा गाउँपालिका–५ का अन्दाजी ५० वर्षीय धन बहादुर रावत पाटनमा भेडा चराउँदै गर्दा चट्याङ लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी रविन बाबू रेग्मीले जानकारी दिए।
चट्याङले पाटनमा राखिएका झण्डै २ सय भेडा मरेको प्रारम्भिक अनुमान छ। गोविन्द बुढाका अनुसार सोही क्षेत्रमा ६ जना किसानका करिब ९ सय भेडा राखिएकोमा दुई सय भेडाको ज्यान गएको हो। घटनाको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।
प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र बहादुर शाहीले पाटन क्षेत्रमा अलपत्र परेका नागरिकको उद्धारका लागि हवाई सेवाको प्रयास भइरहेको बताएका छन्।
उनका अनुसार जिल्ला प्रशासन कार्यालय र गृहमन्त्रीसँगको छलफलपछि मौसम अनुकूल भएमा हेलिकप्टरमार्फत उद्धार गरिने तयारी छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ, २४ असार। चीनतर्फबाट आएको भीषण बाढीले रसुवाको सीमा क्षेत्रमा रहेको मितेरी पुल बगाएको छ। बाढीका कारण टिमुरेस्थित भन्सार कार्यालय परिसर (यार्ड) मा राखिएका गाडी समेत बगेका छन्।
सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार बाढी आएपछि भन्सार क्षेत्रमा रहेका व्यक्तिहरूलाई उद्धार गर्न गएको टोलीका ११ जना उद्धारकर्मी नै फसेका छन्।
फसेकाहरूको उद्धारका लागि नेपाली सेनालाई हेलिकप्टरमार्फत सहयोग गर्न अनुरोध गरिएको उनले बताए। बाढीले कति क्षति पुर्याएको छ भन्ने विवरण संकलनको काम भइरहेको अधिकारीले जानकारी दिए।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाण्डौ । भोटेकोशी नदीमा आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ । छिमेकी चीनतर्फ भएको अविरल वर्षाका कारण आएको आढीले दुई देश जोड्न्व पुन बगाएको हो । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले गएरातिको बाढीले पुल बगाएको जानकारी दिए ।
बिहान ३ बजेतिर आएको बाढीले पुल बगाएसँगै रसुवा हुँदै चीनसम्म सडकमार्गको सम्पर्क बिच्छेद भएको छ ।
यस्तै भन्सारमा राखिएका गाडी पनि बगाएको र तर कति बगायो भन्ने तथ्याँक आउन बाँकी रहेको छ । अहिलेसम्म ११ जना हराएको मानवीय क्षतिको जानकारी नआएको, तर मानिस फसेको हुन सक्ने बताए ।
नदीमा पानीको बहाब अझै उच्च गएकोले सतर्क रहन तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ । यस्तै त्रिशूली नदीमा पनि बाढीको जोखिम रहेकाले नदी किनारमा बस्नेलाई सावधानी अपनाउन भनिएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
प्रकाश डाँगी,२३ दाङ। कुनै पनि विपद्बाट प्रभावित नागरिकलाई तत्काल मानवीय सहायता र उद्धार सेवा प्रभावकारी रूपमा उपलब्ध गराउन सरोकारवाला निकायहरूले विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको छ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय लुम्बिनी प्रदेशको आयोजनामा तथा नेपाल रेडक्रस सोसाइटीको सुपर परियोजनाको प्राविधिक सहयोगमा सुरु भएको तीन दिने कार्यशालामा सहभागीहरूले यस्तो धारणा व्यक्त गरेका हुन्।
“प्रारम्भिक द्रुत लेखाजोखा, सूचना व्यवस्थापन तथा मूलभूत मानवीय मापदण्ड” सम्बन्धी कार्यशाला भालुवाङमा सञ्चालन भइरहेको छ।
कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै वक्ताहरूले यो वर्षको मनसुनका कारण बाढी र पहिरोका जोखिम थप बढ्ने पूर्वानुमान रहेको उल्लेख गर्दै विपद् व्यवस्थापनका सम्पूर्ण चरणलाई प्रभावकारी बनाउनु पर्ने आवश्यकता औंल्याए।
लुम्बिनी प्रदेशका जिल्लाहरू अघिल्ला वर्षहरूमा भन्दा बढी प्रभावित हुने सम्भावना भएकाले उद्धार, राहत तथा मानवीय सहायता समयमै पुर्याउन द्रुत लेखाजोखा र सूचना व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्ने उनीहरूको भनाइ थियो।
कार्यक्रममा लुम्बिनी प्रदेशअन्तर्गत सबै मन्त्रालयका विपद् सम्पर्क व्यक्ति तथा प्रतिनिधिहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल रेडक्रस सोसाइटी लगायतका सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको छ।
कार्यक्रमको उद्घाटन गर्दै आन्तरिक मामिला तथा कानुन मन्त्रालय लुम्बिनी प्रदेशका सचिव लोकबहादुर सुनारले विपद् पूर्व तयारी र व्यवस्थापनका लागि प्रदेश सरकारले विभिन्न योजना सञ्चालन गरिरहेको जानकारी दिए।
उनले मनसुनको पूर्वानुमानलाई आधार बनाएर जिल्ला र स्थानीय तहसँग स्रोत र साधनको पहिचान भइरहेको र विपद् प्रतिकार्यका लागि प्रदेश सरकारले समन्वयकारी भूमिका निर्वाह गर्न तयार रहेको बताए।
नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका अध्यक्ष लालप्रसाद पंगेनीले विपद्पछि क्षतिको तत्काल मूल्याङ्कन र प्रभावकारी प्रतिकार्यका लागि प्रारम्भिक द्रुत लेखाजोखाको प्रयोग महत्वपूर्ण हुने बताए। प्रदेश सरकार र स्थानीय तहबीच सहकार्य सुदृढ बनाउन यस कार्यक्रमले सहयोग पुर्याउने विश्वास व्यक्त गरे।
तीन दिनसम्म सञ्चालन हुने कार्यशालामा प्रारम्भिक द्रुत लेखाजोखा, सूचना व्यवस्थापन र मूलभूत मानवीय मापदण्डका विविध पक्षमा छलफल गरिने छ।
कार्यक्रमको अध्यक्षता सचिव लोकबहादुर सुनारले गरेका थिए। आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव कृष्णप्रसाद नेपालको स्वागत मन्तव्यबाट सुरु भएको उद्घाटन सत्रको सहजकर्ता लुम्बिनी प्रदेश आपतकालीन कार्यसञ्चालन केन्द्रका विजयसिंह ठकुरी थिए।
नेपाल रेडक्रस सोसाइटी केन्द्रीय विपद् व्यवस्थापन विभागका शेरबहादुर कार्की र अजन्ता ढकालले सत्र सञ्चालन र प्रशिक्षणको जिम्मेवारी लिएका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ ,२३ असार । नेकपा (एमाले)का सांसद किरणकुमार साहले रौतहटमा जिउँदै इँटा भट्टामा जलाएर हत्या गरिएको घटनामा दोषी ठहरिएका अफताब आलमलाई जन्मकैदको सजाय उल्ट्याउने न्यायाधीशहरूमाथि महाअभियोगको प्रक्रिया अघि बढाउन प्रस्ताव गरेका छन्।
प्रतिनिधि सभाको बैठकमा सोमबार बोल्दै सांसद साहले उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले जिल्ला अदालतको जन्मकैदको फैसला उल्ट्याएर आलमलाई सफाइ दिएको निर्णयप्रति आपत्ति जनाए। “रौतहटको जघन्य हत्यामा दोषी ठहर भएका व्यक्तिलाई उच्च अदालतले सफाइ दिएको छ। यो निर्णय अहिले जनमानस र सञ्चारमाध्यममा राजनीतिक संरक्षणको नतिजा भएको भन्दै आलोचना भइरहेको छ,” उनले बताए।
उनले उक्त फैसला सुनाउने न्यायाधीश खुसीराम थारु र अर्जुन महर्जनमाथि महाअभियोग प्रक्रिया तत्काल अघि बढाउन सरकारसँग माग गरे। “यदि सरकार साँच्चिकै स्वतन्त्र र निष्पक्ष न्यायपालिका चाहन्छ भने र कुनै राजनीतिक हस्तक्षेप नभएको पुष्टि गर्न चाहन्छ भने सम्बन्धित न्यायाधीशहरूलाई महाअभियोग प्रक्रिया मार्फत जवाफदेही बनाउनुपर्छ,” साहले भने।
सांसद साहले यो निर्णयलाई लोकतन्त्र र न्याय प्रणालीमाथिको गम्भीर आक्रमणको रूपमा उल्लेख गर्दै गठबन्धन सरकारले आलमलाई संरक्षण गरेको सन्देश जनतामा गइरहेको बताए। “यदि आवश्यक कदम चालिएन भने सरकार आफैंले आलमलाई सफाइ दिएको मानिनेछ,” उनले चेतावनी दिए।
त्यसैगरी उनले राजनीतिक भागबन्डाका आधारमा न्यायाधीश नियुक्ति तुरुन्त बन्द गर्न पनि आग्रह गरे।
२२ सय व्यक्ति फरार सूचिमा
तेल अभिभ । इजरायल र इरानबीच शान्तिका संकेत देखिँदै गर्दा मध्यपूर्वमा फेरि तनाव चर्कने सङ्केत देखिएको छ। इजरायली सेनाले यमनको हुथी नियन्त्रित क्षेत्रमा भीषण हवाई आक्रमण गरेको छ।
इजरायलले ‘अपरेशन ब्ल्याक फ्ल्याग’ अन्तर्गत यमनको पश्चिमी भागमा रहेका तीन प्रमुख बन्दरगाहहरू– अल हुदैदाह, रास इसा र सलिफमा आक्रमण गरेको जनाएको छ। यसअघि इजरायलले इरानका आणविक स्थलहरूलाई निशाना बनाएको थियो।
आक्रमणअघि इजरायली सेनाले स्थानीय नागरिकलाई सुरक्षित स्थानमा जान चेतावनी जारी गरेको थियो। चेतावनीको केही घण्टामै व्यापक बमबारी सुरु भएको हो।
इजरायलका रक्षा मन्त्री इजरायल काट्जले आक्रमणको पुष्टि गर्दै भने, “हुथीहरूले जेसुकै कदम चालून्, उनीहरूले यसको मूल्य चुकाउनैपर्छ। यमन पनि इरानको जस्तै अवस्थामा पुग्नेछ। इजरायलविरुद्ध हात उठाउने जोकोहीको हात काटिनेछ।”
इजरायल रक्षा बल ९आईडीएफ० ले माइक्रोब्लगिङ साइट एक्समार्फत आक्रमणको कारण स्पष्ट गरेको छ। उसका अनुसार हुथी विद्रोहीहरूले इरानबाट हतियार आयात गरेर इजरायल र त्यसका साझेदारहरूविरुद्ध आतङ्क योजनामा संलग्न थिए। आक्रमणमा हुथी–नियन्त्रित पावर स्टेसन रस कनाटिबलाई पनि लक्षित गरिएको थियो, जसले इब्ब र ताइज शहरलाई बिजुली आपूर्ति गर्दै आएको थियो।
आईडीएफका अनुसार, गुप्तचर सूचनाका आधारमा अल हुदैदाह, रास इसा, सलिफ बन्दरगाह र रस कनाटिब पावर प्लान्टमा रहेका हुथीहरूका हतियार भण्डारण र आतंकवादी आधारशिविरमा आक्रमण गरिएको हो। ती स्थानहरू इरानी हतियारको आपूर्ति र ड्रोन तथा मिसाइलद्वारा आक्रमणका लागि प्रयोग भइरहेको दाबी गरिएको छ।
आक्रमणमा २०२३ मा हुथीहरूले कब्जा गरेको ‘ग्यालेक्सी लिडर’ जहाजलाई समेत लक्षित गरिएको बताइएको छ। यो जहाजमा हुथीहरूले अन्तर्राष्ट्रिय जहाजहरूको निगरानीका लागि राडार प्रणाली जडान गरेका थिए।
हुथीहरू नजिकका मिडियाले हुदैदाह बन्दरगाहमा आक्रमण भएको पुष्टि गरेका छन्। तर अन्य क्षेत्रका आक्रमणबारे कुनै टिप्पणी गरेका छैनन्। क्षति र हताहतको विवरण सार्वजनिक गरिएको छैन।
समाचार एजेन्सी रोयटर्सका अनुसार, हुथी विद्रोहीहरूले आक्रमणपछि आफ्नो हवाई रक्षा प्रणाली सक्रिय भएको र केही मिसाइलले जवाफी कारबाही गरेको दाबी गरेका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं, २३ असार। भोजपुरको रामप्रसादराई गाउँपालिका–२ धोद्लेखानीमा शनिबार राति भएका सामूहिक हत्यामा मारिएका चार जनाको शव फरेन्सिक परीक्षणका लागि धरान पठाइएको छ।
३० वर्षीय राजेन्द्र राईले आफ्नी १६ वर्षीया श्रीमती मनिसा गिरी, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीया सासू मञ्जु गिरी र नौ वर्षीय साला सपन गिरीको हत्या गरेका हुन्। घटनापछि घाइते भएका अभियुक्त राईको पनि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।
हत्या पश्चात शव जिल्ला अस्पताल भोजपुरमा ल्याइएको थियो। तर, फरेन्सिक जाँचको सुविधा अभाव भएकाले आइतबार धरान पठाइएको हो।
मृतक परिवारको आर्थिक अवस्था कमजोर रहेकाले शव परीक्षण र अन्य खर्चका लागि रामप्रसादराई गाउँपालिकाको सचिवालयले संकलन गरेको रु १ लाख १४ हजार ८७१ सहयोग रकम अध्यक्ष थामबहादुर राईले मृतकका आफन्तलाई हस्तान्तरण गरेका छन्।
अध्यक्ष राईले गाउँ कार्यपालिकाको बैठक बसेर पालिकाको तर्फबाट थप सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
भोजपुर ,२२ असार । भोजपुरमा एक युवकले आफ्नै श्रीमतीसहित चार जनाको धारिलो हतियार प्रयोग गरेर हत्या गरेका छन् । रामप्रसादराई गाउँपालिका –२, धोद्लेखानीमा २७ वर्षीय राजेन्द्र राईले श्रीमतीसहित चार जनाको हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार राजेन्द्रकी १६ वर्षीया पत्नी मनिषा गिरी, उनका ससुरा बेलबहादुर गिरी, सासू मञ्जु गिरी र सालो ९ वर्षीय सपन गिरीको हत्या भएको हो। आरोपित राजेन्द्र आफैँ गम्भीर घाइते छन् ।
राजेन्द्रको पेटमा गहिरो चोट लागेको र भोजपुर अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगर रिफर गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस