काठमाडौँ, १८ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानलाई ३५ प्रतिशतसम्म कर लगाइने चेतावनी दिएका छन् । उनले जापानबाट आयात हुने सामानमा कर वृद्धि गरी ३० देखि ३५ प्रतिशत पुर्याइने चेतावनी दिएका हुन् ।
जापानसँगको व्यापार सम्झौता जुलाई ९ को समयसीमाअगावै असम्भव रहेको भन्दै राष्ट्रपति ट्रम्पले हाललाई कर वृद्धि गर्ने सम्भावनाबारे सोचिरहेको बताएका छन् ।
अमेरिकी चामलको आयात स्वीकार गर्न जापानले अनिच्छा देखाएको र दुई देशबीचको सवारी साधनको व्यापारमा असन्तुलनको आलोचना गर्दै एयर फोर्स वानमा पत्रकारहरूसँग भने –“मलाई विश्वास लागिरहेको छैन कि जुलाई ९ अगावै सम्झौता गर्नेछौँ ।”
२२ सय व्यक्ति फरार सूचिमा
धनगढी, १८ असार । सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट सर्वसम्मतले पारित भएको छ । आज बसेको प्रदेश सभा बैठकले प्रदेश सरकारको आर्थिक वर्ष २०८२–८३ को बजेट प्रदेश सभाबाट सर्वसम्मतिले पारित गरेको हो ।अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयकसहित बजेटलाई सर्वसम्मतिले पारित गरेको हो ।
आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयकसहित आगामी आर्थिक वर्षको बजेट सदनबाट पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए।
आगामी आर्थिक वर्षका लागि सरकारले ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजार रुपियाँको अनुमानित बजेट गत असार १ गते प्रदेश सभामा प्रस्तुत गरेको थियो । जसमा चालुतर्फ १० अर्ब २० करोड ८१ लाख ८२ हजार ९३०।४९ प्रतिशत० र पुँजीगततर्फ १९ अर्ब ८३ करोड दुई लाख ६ हजार ९५९।२५ प्रतिशत० बजेट विनियोजन गरिएको छ ।
यसैगरी, अन्तरवित्तीय हस्तान्तरतर्फ तीन अर्ब ४२ करोड ७७ लाख ९१०।२४ प्रतिशत० र वित्तीय व्यवस्थातर्फ एक करोड रुपियाँ बजेट विनियोजन गरिएको छ ।
बजेटमाथि चार दिनसम्मको छलफल गरिएको थियो । छलफलमा २७ जना प्रदेश सभा सदस्यले भाग लिएका थिए । छलफलको क्रममा सत्ता र प्रतिपक्षका सांसद्हरुले बजेटको आलोचना गरेका थिए ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१७ असार । घोराही–तुलसीपुर सडक खण्डलाई फोर लेनमा विस्तार गर्न करिब २ अर्ब ५२ करोड रुपैयाँको ठेक्का स्वीकृत गरिएको भएको छ ।
नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभाग, मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले काठमाडौँको बानेश्वरस्थित दिवा/बन्दन भगवती जेभी लाई ठेक्का स्वीकृति दिएको हो।
निर्देशनालयले असार १६ गते पत्र जारी गरी घोराही–तुलसीपुर राष्ट्रिय राजमार्ग १९ को २१.५८ किलोमिटर खण्डलाई स्तरोन्नति तथा विस्तार गर्ने कामका लागि कुल २ अर्ब ५२ करोड ३७ लाख २ हजार ६ सय ६१ रूपैयाँ ६४ पैसा प्योर र भ्याटसहित) बराबरको ठेक्का स्वीकृत गरेको जनाएको छ।
निर्माण कम्पनीलाई ठेक्का सम्झौता गर्न १५ दिनको समय दिँदै सो अवधिमा तोकिएको जमानत बुझाउन निर्देशन दिइएको छ। यसका लागि १ अर्ब १३ करोड रुपैयाँ ४९ महिनाका लागि र १ अर्ब ५ करोड रुपैयाँ ३७ महिनाका लागि जमानत पेश गर्नुपर्नेछ।
तोकेको म्यादभित्र सम्झौता नगरे वा जमानत नबुझाए ठेक्का रद्द हुने र बोलपत्र जफत हुने चेतावनी पनि दिइएको छ।

निर्देशनालयका अनुसार सार्वजनिक निकायका अन्य ठेक्काका कारण निर्माण व्यवसायीको कुल ठेक्का संख्या ५ ननाघेको स्वघोषणा पनि अनिवार्य रहनेछ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, १७ असार । केही दिनदेखि आन्दोलनरत सुनचाँदी व्यवसायीहरूको आन्दोलनमा तुलसीपुरमा रहेका व्यवसायिक संगठनहरुले ऐक्यबद्धता जारी गरेका छन् ।
तुलसीपुर चेम्बर अफ कमर्सले आन्दोलनरत सुनचाँदी व्यावसायि संग अन्तरक्रिया गरेर आन्दोलनप्रति ऐक्यबद्धता जनाएको हो। बिगत पाँच दिन देखि सुनचाँदी ब्यबसायिहरु आन्दोलित रहेका छ्न ।
मंगलबार आयोजित अन्तर्क्रिया तथा छलफलमा बोल्दै तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष ऋषिराज भण्डारीले आन्दोलनमा ऐक्यबद्धता जनाएका हुन ।
भण्डारीले ब्यबसायिहरुलाई राज्यले करको बहानामा कस्न नहुने बताए । उन्ले प्रोत्साहन गर्ने बेला निरुत्साहित गरेको प्रति टिप्पणी गरे ।
सुनचाँदी व्यवसायी समिति तुलसीपुरका कोषाध्यक्ष लोकेन्द्र ओलीले व्यावसायिक संघसंस्थाहरूबाट सुनचाँदी व्यवसायहरूको आन्दोलनप्रति पूर्ण रुपमा ऐक्यबद्धता आउने क्रम जारी रहेको बताए।
उनले राज्यले लिएको नीति नफेरिदासम्म व्यवसायीहरु आन्दोलन निरन्तर रहने बताए ।
२२ सय व्यक्ति फरार सूचिमा
उमा भण्डारी, दाङ । ‘साँचै भन्नुपर्दा, धनभन्दा ठुलो सम्पत्ति सिप रहेछ। कुनैबेला ऋण खोजेर गुजारा चलाएको दिन पनि थियो, तर आज म आफै आत्मनिर्भर बनेर अरुलाई सिप सिकाउँदै छु। सिपले मलाई स्वाभिमानका साथ बाँच्न सिकाएको छ, आत्मनिर्भर बनाएको छ मेरो जीवन नै परिवर्तन गराएको छ ।’–तुलसीपुर उपमहानगरपालिका–८ बटवलपुर निवासी उर्मिला चौधरी ।
उमेरले ४० वर्ष कटिसकेकी उर्मीलाको जीवन कुनैबेला एकदमै कठिनाइले भरिएको थियो। सानो परिवार चलाउन पनि धौ–धौ पर्दथ्यो । दैनिक खर्चदेखि लिएर छोराछोरीको पढाइ, लालनपालन र अन्य आवश्यकताहरू पूरा गर्न श्रीमान सँग पैसाको माग गर्नुपर्ने अवस्था थियो। आर्थिक चाप यति धेरै थियो कि घर चलाउनका लागि लाखौँ ऋणको थुप्रो लागिसकेको थियो। मासिकाको पढाइ भएकी उर्मीला कहिलेकाहीं खोप लगाउने काम गर्थिन्, जसबाट आउने केही पैसाले आफ्नो सानो–तिनो खर्च धान्थिन्।
तर २०७८ सालमा आएको एउटा अवसरले उनको जीवनको मोड नै फेरिदियो। लुम्बिनी प्रदेश सरकारको गरिबी निवारण कार्यक्रम अन्तर्गत उनले ४५ दिने ढकिया बुनाइ तालिममा सहभागिता जनाइन्। यद्यपि, कोभिड महामारीको कारण तालिम २५ दिनमै रोकियो, । तर उर्मिलाको लगनशीलता भने रोकिएन। उनले त्यही अधुरो तालिमबाट आफूभित्रको सीप र आत्मविश्वासको ढोका खोलिन्।
तालिम सकेपछि उर्मीला घरमै बसेर ढकिया बनाउने र बिक्री गर्ने कार्यमा लागिन्। सुरूवातमा दिनमा केहि कठिनाई त थियो । तर हिम्मत त लगनशिलताले उनको जागँरलाई मर्न दिएन । मासिक २–३ हजारले जसोतसो घर चलाएकी एकदिन उर्मिलालाई दंगिशरण गाउँपालिका–२ मा १० दिने ढकिया बुन्ने तालिममा प्रशिक्षकको रुपमा जाने अवसर आयो । उनी त्यस तालिममा पहिलोपटकप्रशिक्षकको रुपमा सहभागि भइन् । त्यसबाट ३५ हजार रुपैयाँ पारिश्रमिक प्राप्त गरीन् । त्यसपछि उनी प्रशिक्षकका रुपमा विभिन्न ठाउँमा पुग्ने गरेकी छन् ।
कहिले कारागार, कहिले विद्यालय, कहिले गाउँपालिका, नगरपालिकाले आयोजना गर्ने महिला उद्यमशीलता तालिममा प्रशिक्षकको रूपमा व्यस्त छिन्। अहिले उनी महिला उद्यमीहरूका लागि प्रेरणाको स्रोत बनेकी छन्। एक तालिममा सहभागिता जनाएवापत उनी न्यूनतम ४० हजार रुपैयाँसम्म कमउने गरेको उनी बताउँछिन् ।
तालिम दिनकै लागि उनको माग बढ्दो छ। उनी अहिले सयौं महिलालाई आत्मनिर्भर बन्न, आफ्नै सीपबाट कमाउने बाटो पहिल्याउन सघाउँदै आएकी छन्। यतिमात्र होइन उनले घरको ऋण समेत आफ्नै सिपले कमाएको रकमबाट तिर्दै आएकी छन् ।
तालिमपछिको बाँकी समय उनले ढकिया, पेन होल्डर, डेल्वा जस्ता सामग्री बनाउने र बेच्ने गर्दछिन्। उनले एउटा डेल्वालाई रु १० हजारमुल्यमा बेच्ने गरेको बताइन् । सिपले मान्छेलाई भोकै बस्न दिदैन भन्ने महसुश आफूले गरेको उनको अनुभव छ ।
रोल्पा घर भई हाल दाङमा बस्दै आएकी धनमाया केसी श्रृङगारसम्वन्धी सामग्री बनाउन सिकाउछिन् । उनले विभिन्न ठाउँमा पुगेर चुरा, पोते, गुडिया लगायतका सामग्रीहरु बनाउनसिकाउने र त्यहाँबाट उत्पादन भएका बस्तुहरु पसलमा राखेर बिक्रि गर्ने गर्दछिन् । एकातिर सिप बेचेर आम्दानी गरेकी छन् भने अर्कातिर प्रशिक्षार्थीले उत्पादन गरेका साम्रगीहरु बिक्रि गरेर उनीहरुको अर्थोपार्जनमा सघाइरहेकी छन् । सिपका माध्यमबाट व्यवसाय सञ्चालन गर्दा आफूलाई थप सहज भएको उनको अनुभव छ ।
‘सिप सिकेपछि धेरै फाइदा भएको छ , सिकाउने पनि गर्छु , त्यहाँबाट उत्पादन भएका सामग्रीहरु आफ्नै पसलमा लगेर बिक्रि गर्छु ,एकातिर सिप बिकेको छ अर्कोतिर व्यापारका लागि ठुलो सञ्जाल जोडिएको छ मलाई दोहोरो फाइदा भएको छ, उनले भनिन्–‘ इच्छाशक्ति र जाँगर भयो भने आफ्ना उत्पादित सामग्रीहरु कहाँ बेच्ने, कसरी बेच्ने भन्ने समस्या नहुने रहेछ ।’

उनी वि.सं. २०७९ सालमा प्रदेश सरकारको सहयोगमा सञ्चालन भएको चुरापोते बनाउने तालिममा सहभागि भएकी थिइन्। त्यसबाट उनले विभिन्न डिजाइनमा साम्रगी बनाउन सिकिन् । अहिले आफैले व्यवसाय समेत सञ्चालन गरेकी छन् । जिल्लामा कच्चा पदार्थ उपलव्ध नहुँदा सुलभ र सहजरुपमा साम्रगी उत्पादन गर्न कठिनाई हुँदै आएको उनले बताइन् ।
‘पहिले हातमा सिप थिएन, काम पनि थिएन, घरमै बस्ने, खर्च चाहिए श्रीमानसंग रोएर पैसा माग्नुपर्ने अवस्था थियो । अहिले आफ्नो कमाईले घर चलाउन पाउँदा एकदमै खुशी लाग्छ ।’– पार्वती चौधरी ।
२५ दिने ढकिया बनाउने तालिममा सहभागि भएपछि आफ्नो दैनिकी फेरिएको उनी सुनाउँछिन् । आफु र परिवारको लागि खर्च जुटाउन अहिले उनलाई कुनै समस्या छैन । धेरैजसो त उनी विभिन्न ठाउँमा सञ्चालन हुने तालिममै हुन्छिन् । बाँकी समय घरमै ढकिया, पेन होल्डर, पुजाथाली लगायत सामग्री बनाउने र बिक्रि गर्ने गर्दछिन् ।
शुशिला चौधरी, शुशिला थापा पनि तालिममै सिकेको सिपलाई व्यवसायीक बनाउन सफल भएका छन् । उनीहरु महिला उद्यमशिलता तालिमहरुमा प्रशिक्षकको रुपमा सहभागि भइ अरुलाई आत्मनिर्भर बनाउन प्रेरणा बाँड्दै आएका छन् । प्रदेश सरकारको सहयोगमा सञ्चालन भएका तालिमले उनीहरुका लागि आत्मनिर्भरको बाटो बनेको छ ।
उनीहरु उदाहरणका पात्र मात्रै हुन् । हुमा हमाल चन्द , विमला न्यौपाने, डिला कुमारी गौतम, तेज कुमारी बिक पनि अवसर पाएमा आफूले सिकेको ज्ञान सिप अरुलाई दिन सक्ने बताउँछन् । सामाजिक विकास डिभिजन कार्यालय दाङले सञ्चालन गरेको १५ दिने अचार बनाउने तालिममा सहभागी भएका उनीहरु अहिले समुह बनाएर व्यवसायीक रुपमा अचार उत्पादन र विक्रि वितरणको तयारी गरिरहेका छन्।
सुन्दा र हेर्दा सजिलो भएपनि खाद्य स्वच्छता, गुणस्तर, प्याकेजिङका लागि तालिम उपयोगी बनेको र यसबाट आफूहरु आत्नर्भिर बन्नका लागि व्यवसायीक रुपमा अघि बढ्ने तयारीमा जुटेको उनीहरु बताउँछन् ।
महिला तथा सिमान्तकृत समुदाय लक्षित कार्यक्रममा ९३ लाख बजेट खर्च
लुम्बिनी प्रदेश सरकारले प्रदेशका विभिन्न जिल्लाहरुमा महिला, बालबालिका तथा सीमान्तकृत समुदायका लागि विभिन्न सिप विकास तथा सचेतनामूलक कार्यक्रमहरु गर्दै आएको छ ।
प्रदेश सरकारले सामाजिक विकास डिभिजन कार्यालयमार्फत दाङ, रुकुम पूर्व, बर्दिया, बाँके, रूपन्देही लगायतका जिल्लामा आर्थिक वर्ष २०८१÷८२ मा ९३ लाख रुपैयाँ लगानीमा विभिन्न कायर् क्रम सम्पन्न गरेको छ । महिला, किशोरी, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा दलित तथा सिमान्तकृत समुदायलाई लक्षित गरी सिप विकास, आत्मरक्षा र सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरेको हो ।
दाङको तुलसीपुर उपमहानगरपालिकामा २६ जना महिलालाई लक्षित गर्दै दुई महिनाको व्युटी पार्लर तालिम सञ्चालन गरिएको थियो, जसमा ५ लाख रुपैयाँ खर्च गरिएको थियो। त्यस्तै, घरेलु उद्योगतर्फ महिलालाई आकर्षित गर्न ७० महिलालाई दुई समूहमा विभाजन गरी १५ दिने अचार बनाउने तालिम दिइएको छ, जसमा पनि ५ लाख रुपैयाँ बजेट छुट्याइएको थियो।
शहरी गरिबी निवारण कार्यक्रमअन्तर्गत वडा नं. ५, ६, ७ र ९ मा सेवा प्रतिष्ठानको साझेदारीमा सिप विकास तालिम सञ्चालन गरिएको थियो, जसअन्तर्गत २० जनाले अचार बनाउने, ५३ जनाले दुई महिने मन्टेश्वरी तालिम र २५ जनाले दुई महिने कम्प्युटर (एआई) तालिम लिएका थिए। यसका लागि प्रदेश सरकारले १५ लाख रुपैयाँको बजेट उपलब्ध गराएको थियो।
गढवा गाउँपालिकामा विपन्न महिलालाई लक्षित गर्दै ७० जनालाई दुई समूहमा विभाजन गरी १५ दिने कुसन बनाउने तालिम दिइएको थियो, जसमा ५ लाख रुपैयाँ खर्च गरिएको थियो। त्यस्तै, घोराही उपमहानगरपालिकामा दलित तथा सिमान्तकृत वादी महिलाहरूलाई लक्षित गर्दै ६० जनालाई डल बनाउने तालिम दिइएको थियो। दैनिक प्रयोगमा आउने डल निर्माण गर्ने सीप सिकाउने तालिम सञ्चालनका लागि पनि ५ लाख रुपैयाँ छुट्याइएको थियो।
यसैगरी, मुक्त कमलहरी महिलालाई लक्षित गर्दै तुलसीपुरमा ड्राइभिङ तालिम सञ्चालन गरिएको छ, जसमा ५ लाख रुपैयाँ खर्च गरिएको हो। पुथा उत्तरगंगा गाउँपालिका, रुकुम पूर्वमा किशोरी, बालबालिका तथा महिलाहरूलाई आत्मरक्षा तालिम दिइएको छ, जसका लागि १० लाख रुपैयाँको बजेट विनियोजन गरिएको थियो। महिला तथा बालबालिकालाई उद्यमतर्फ प्रोत्साहित गर्न राजपुर गाउँपालिकामा पनि ५ लाख रुपैयाँको सीपमूलक तालिम सञ्चालन गरिएको छ।
बाल अधिकार सम्बन्धी कार्यक्रम तुलसीपुरमा, भौतिक अपाङ्गता भएका बालबालिकाका लागि क्षमता विकास कार्यक्रम, जेष्ठ नागरिक मिलन व्यवस्थापन तथा किशोर–किशोरी आत्मरक्षा तालिम राप्ती गाउँपालिकामा, बालहिंसा तथा यौन दुव्र्यवहार विरुद्धको कार्यक्रम लमहीमा सञ्चालन गरिएको थियो। यस्ता प्रत्येक कार्यक्रममा ५ लाख रुपैयाँ बजेट छुट्याइएको थियो।
लुम्बिनी प्रदेशको विभिन्न स्थानीय तहमा लैङ्गिक हिंसा र विभेदविरुद्धका सचेतनामूलक कार्यक्रमहरू समेत सञ्चालन गरिएको छ। मधुवन नगरपालिका बर्दियामा सामाजिक विकृति अन्त्यका लागि २१ हजार नौँसय ५० रुपैयाँ, बाँकेको खजुरा गाउँपालिकामा २ लाख १० हजार नौँसय ५० रुपैयाँ, तिलत्तोमा नगरपालिका रूपन्देहीमा २ लाख ७८ हजार चारसय रुपैयाँ, प्रतापपुर गाउँपालिकामा २ लाख ७१ हजार ६०० रुपैयाँ, र लमही नगरपालिकामा १ लाख ३० हजार रुपैयाँ खर्च गरिएको हो।
त्यस्तै, घोराहीमा पोषण संयन्त्रमा छलफल कार्यक्रम अन्तर्गत ५४ हजार एकसय १९ रुपैयाँ, ठाकुरबाबा बर्दियामा महिला प्रहरी सेलका कर्मचारीलाई संयन्त्र तथा तथ्याङ्क व्यवस्थापन तालिम सञ्चालन गर्न ४ लाख १६ हजार दुइसय ८० रुपैयाँ र सेवा केन्द्रका कर्मचारीहरूको क्षमता विकासका लागि १ लाख ७८ हजार नौँसय २७ रुपैयाँ खर्च गरिएको मन्त्रालयले जनाएको छ ।
यसैगरी, बहिरा व्यक्तिहरूका लागि तुलसीपुरमा सांकेतिक भाषा तालिम सञ्चालन गरिएको छ, जसका लागि ५ लाख रुपैयाँ विनियोजन गरिएको हो। बाँके र पाल्पामा लैङ्गिक समानता र समावेशीकरण कार्यक्रम सञ्चालन गर्न १० लाख रुपैयाँ खर्च गरिएको छ।
सामाजिक विकास डिभिजन कार्यालयका अनुसार महिलाहरू, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा सीमान्तकृत समुदायलाई आत्मनिर्भर बनाउन सिप विकास र सचेतना कार्यक्रमहरू प्रभावकारी हुने अपेक्षा गरिएको छ।
प्रदेश सरकारका यस किसिमका कार्यक्रमले सामाजिक रूपान्तरण र आर्थिक सशक्तिकरणतर्फको यात्रा बलियो बनाउँछ, तर निरन्तरता, गुणस्तर, र मूल्यांकनको संयोजन हुन जरुरी छ। प्रदेश सरकार र स्थानीय तहबीचको सहकार्य अझै सुदृढ हुँदा, यस्ता प्रयासहरू दीर्घकालीन र आत्मनिर्भर भविष्य निर्माणतर्फ सार्थक बन्न सक्छन्।
२२ सय व्यक्ति फरार सूचिमा
टीकापुर ,१७ असार । कैलालीमा एक वृद्धाको हत्या भएको छ। कैलालीको जानकी गाउँपालिका–९ अमरावतीमा एक ८० वर्षीया वृद्धाको धारिलो हतियार प्रहार गरी विभत्स हत्या गरिएको छ।
अमरावतीस्थित दुई तले घरमा एक्लै बस्दै आएकी मातादेवी शाहीको आज बिहान घरमै शव फेला परेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डीएसपी नवीन राजा बुढाथोकीले जानकारी दिए।
घटनास्थलमा पुगेको प्रहरीका अनुसार शाहीको टाउको, घाँटी र छातीमा गम्भीर चोट लागेको छ। धारिलो हतियार प्रयोग गरी हत्या गरिएको प्रारम्भिक अनुमान गरिएको छ।
मृतकका एक छोरा काठमाडौं र अर्को छोरा टीकापुरमा बस्दै आएका थिए। शाहीको शव घरको माथिल्लो तलामा भेटिएको प्रहरीले जनाएको छ।
घटनाबारे स्थानीयवासीले खबर गरेपछि अनुसन्धानमा खटिएको टोलीले शंकास्पद एक जनालाई नियन्त्रणमा लिएको छ। ‘नियन्त्रणमा लिएका व्यक्तिसँग सोधपुछ भइरहेको छ। अहिले नै केही ठोस भन्न सकिने अवस्था छैन,’ डीएसपी बुढाथोकीले भने।
मृतकको शव टीकापुर अस्पतालमा पोस्टमार्टमको तयारी भइरहेको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
पर्वत ,१७ असार । पर्वतको कुश्मा नगरपालिका–१४ का वडा अध्यक्ष रुद्रमोहन रिमालले इन्जिनियरले तयार पारेको योजनाको बिल कार्यालयमै च्यातिदिएका छन्।
नगरपालिकामा निर्माण व्यवसायमा समेत सक्रिय रहेका अध्यक्ष रिमालले प्राविधिकले काम भएकोभन्दा कम बिल उठाएको भन्दै सोमबार बिल च्यातिदिएका हुन्।
नगरपालिकाका एक कर्मचारीका अनुसार रिमालले आइतबार राति नै प्राविधिक शाखा प्रमुख राजेश बन्जारालाई पटक–पटक फोन र म्यासेजमार्फत धम्की दिएका थिए। सडक बोर्डबाट सञ्चालित योजनामा आफूले भनेअनुसार बिल नबनाएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका थिए।
‘मसँग दुश्मनी गर्ने कोही बचेका छैनन्’ भन्दै रिमालले धम्की दिएको र सोमबार कार्यालयमै पुगेर बिल च्यातिदिएको कर्मचारीहरूले बताए। बिल च्यातिएपछि नगरपालिकामा हंगामा भएको थियो।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले सरकारी कागजात च्यातेकोमा गम्भीर आपत्ति जनाउँदै रिमाललाई ‘तपाईं जनप्रतिनिधि हो कि निर्माण व्यवसायी पहिचान स्पष्ट पार्नुस्’ भनेका छन्। उनले सरकारी कर्मचारीहरूले टिका लगाएर जागिर खान नआएको भन्दै रोष पनि प्रकट गरे।
वडाध्यक्ष रिमालले भने योजनाको बिल निकै कम घटाइदिएको गुनासो राखेका छन्। वडाध्यक्षमा निर्वाचित भएपछि उनले आफ्नो निर्माण कम्पनी श्रीमतीको नाममा सारेर भूमिगत रूपमा उपभोक्ता समिति गठन गर्दै काम गर्दै आएको र ती योजनामा पटक–पटक अख्तियारमा मुद्दा परेको स्थानीयले बताएका छन्।
प्राविधिक शाखा प्रमुख बन्जाराले वडा अध्यक्षको हर्कत आपत्तिजनक रहेको बताए। ‘हामीले जति काम भएको छ, त्यति नै बिल बनाउने हो, नभएको कामको बिल बनाउन सकिँदैन,’ उनले भने।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१७ असार । रुकुमपूर्वमा मोटरसाइकल दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ। रुकुमपूर्वको सिस्ने गाउँपालिका–४ तातोपानीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा स्थानीय ४५ वर्षीय दलप्रसाद सुनार रहेका छन्।
जिल्ला प्रहरी कार्यालयका डिएसपी उमाशंकरप्रसाद यादवका अनुसार सोमबार साँझ साढे ६ बजेतिर रा ३ प ४५३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई झन्डै डेढ सय मिटर तल खसेको थियो।
सदरमुकाम रुकुमकोटबाट सिस्ने–३ पोखरा गाउँतर्फ जाँदै गर्दा साँघुरो र चिप्लो गोरेटो बाटोमा मोटरसाइकल चिप्लिएर पल्टिएको प्रहरीको भनाइ छ।
चालक सुनार मोटरसाइकलसहित तल खसेका थिए भने पछाडि सवार स्थानीय भुवन केसीले हाम फालेर ज्यान जोगाएका छन्।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१६ असार । लुम्बिनी प्रदेशको माध्यमिक शिक्षा परिक्षा(एसईई)को बार्षिक नतिजा सुधार भएको छ ।
परीक्षामा सामेल भएका विद्यार्थीमध्ये ६२.३२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।प्रदेशबाट नियमित परीक्षामा सहभागी भएका ७३ हजार ९ सय ३ परीक्षार्थीमध्ये ४६ हजार ५४ विद्यार्थी उत्तिर्ण भएका छन् ।
जसमध्ये ६ हजार ५ सय ६१ जनाले ३.६ देखि ४ जिपिए, १२ हजार ८ सय ९५ जनाले ३.२ देखि ३.६ जिपिए, १५ हजार २ सय ७० जनाले २.८ देखि ३.२ जिपिए, १० हजार ४२ जनाले २.४ देखि २.८ जिपिए, १ हजार १ सय ३८ जनाले २ देखि २.४ जिपिए र २ जनाले १.६ देखि २ जिपिएसम्म ग्रेड ल्याएका छन् ।
२०८० को एसईई परिक्षामा लुम्बिनी प्रदेशबाट ८० हजार ३ सय २७ विद्यार्थी परीक्षामा सहभागी भएका थिए । जसमध्ये ४९ हजार २२४ विद्यार्थी अनुत्तिर्ण भएका थिए ।
लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले सफलता हासिल गर्ने सम्पूर्ण विद्यार्थीलाई बधाई तथा अवर्गीकृत भएका विद्यार्थीलाई आगामी प्रयासमा सफलताको शुभकामना व्यक्त गरेका छन ।
उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सामाजिक विकास मन्त्री तिमिल्सिनाले बधाई दिँदै शिक्षालाई प्रदेश सरकारको प्राथमिक एजेन्डामा राखिएको जानकारी दिएका छन् ।
साथै, परीक्षा व्यवस्थापनमा सक्रिय भूमिका निभाउने शिक्षक, अभिभावक, राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश तथा जिल्ला परीक्षा समिति, सुरक्षा निकाय, सञ्चारमाध्यम लगायत सबैलाई उनले आभार व्यक्त गरेका छन् ।
शिक्षाको गुणस्तर अभिवृद्धिका लागि सरकार नीतिगत सुधार र आवश्यक संरचनागत व्यवस्थापनमा प्रतिबद्ध रहेको भनाई उनकाे छ ।
’विद्यार्थीको सफलताले प्रदेशको भविष्य उज्ज्वल बनाउने छ’ मन्त्री तिमिल्सिनाले भने,’हामी अझ प्रभावकारी ढंगले शिक्षाको गुणस्तर सुधारमा लाग्नेछौं ।’
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ, १६ असार । निर्माणाधीन घरको चौथो तलाबाट खस्दा दुई कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीका करिब ३० वर्षीय प्रदेशी चौधरी र बर्दियाका करिब २० वर्षीय विशाल चौधरी रहेको प्रहरीले जनाएको छ ।
काठमाडौं दरबारमार्गस्थित हिटीपोखरी नजिक पोतला डेभलप्मेन्ट प्रालिले बनाउँदै गरेको ९ तले पक्की घरमा सोमबार बेलुका करिब ५ बजे उक्त घटना भएको हो ।
चौथो तलामा लिफ्टमा चढेर ग्रिज लगाउने क्रममा फलामको सिक्री चुँडिएर खस्दा गम्भीर घाइते भएका उनीहरुलाई तत्काल उपचारका लागि वीर अस्पताल लगिएको थियो । अस्पतालले ५ः१० बजेको समयमा दुवैलाई मृत घोषणा गरेको हो ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस