काठमाडौ,१६ असार । संघीय संसद अन्तर्गतका ४ वटा समितिको बैठक बस्दैछ। संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछन्।
जसअनुसार राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे बोलाइएको छ। जुन बैठकमा नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउने सांसदहरूसँग छलफल गरिनेछ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा भने विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदन माथि छलफल हुनेछ। जुन बैठक बिहान साढे ८ बजेबाट सुरू हुनेछ।
विधायन व्यवस्थापन समितिको बैठकमा पुरानै अजेन्डा भन्सार विधेयक, २०८० माथि दफावार छलफल हुनेछ। जुन बैठक बिहान ११ बजे बोलाइएको छ भने संसदीय सुनुवाइ समितिमा सुनुवाइ हुन बाँकी सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश र न्याय परिषदका सदस्यको सुनुवाइ गरिनेछ। जुन बैठक बिहान ८ बजेबाट सुरू हुनेछ
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, १५ असार। दाङको तुलसीपुरमा बालिकामाथि करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीले तुलसीपुर उपमहानगरपालिका –१४ का ३८ वर्षीय चन्द्र मगरलाई १५ वर्षीया बालिकामाथि करणी गरेको आरोपमा पक्राउ गरेको हो।
असार १३ गते बिहान पौने १० बजेतिर चन्द्र मगरले बालिकालाई ललाईफकाई धाकधम्की दिई आफ्नै घरमा लगी जबरजस्ती करणी गरेको उजुरी परेको प्रहरीले जनाएको छ।
पीडित बालिकाकी काकिले सो घटनाबारे सोही दिन साँझ ४ बजे इलाका प्रहरी कार्यालय तुलसीपुरमा लिखित जाहेरी दिएकी थिइन्।
जाहेरीको आधारमा प्रहरी टोलीले खोजतलासी गरी सोही दिन बेलुका चन्द्र मगरलाई उनको घरबाट नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।
हाल उनलाई इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
भिम मरासिनी, दाङ । आज असार १५ को हरियाली बिहानी। आकाश हल्का बादलले ढाकेको थियो। खेतमा चिरबिर स्वर र हाँसोको गुञ्जन । हरियो धानको बिरुवा र हिलो मिसिएको पानीबीच हरियो टीसर्ट लगाएका विद्यार्थीहरू मस्त खेलिरहेका थिए।
कोही हातमा बिरुवा समाएर रोपिरहेका थिए। कोही हिलोमा चिप्लिँदै रमाइरहेका थिए।
सदैव कापी–कलम र झोला बोकेर कक्षामा बस्ने यी विद्यार्थीहरू असार १५ धान दिवसको अवसरमा खेतमा उत्रिएका थिए।
दंगीशरण–४, बैबाङका किसान लक्ष्य बहादुर ओलिले उनीहरूलाई खेतमा अनुभव लिन निम्त्याएका थिए।
तुलसीपुरमा रहेको हिमाल एकाडेमीमा कानुन र व्यवस्थापन पढ्ने विद्यार्थीहरू अभ्यास सिक्न खेत पुगेका हुन्।
तीन घण्टा खेतको हिलोमा उनीहरूले जीवन उपयोगी सीप सिके। धानको बिरुवा रोप्दै उनीहरूले पसिना र अनुभव साटे।
केही विद्यार्थी घुँडासम्म हिलोमा डुबेका थिए। कोही साथीलाई हिलो दल्दै रमाइरहेका थिए।

कानुन विषय पढ्दै गरेकी प्रशंसा केसीले पहिलोपटक यस्तो काम गर्दा धेरै रमाइलो हुनुका साथै माटोको महत्व बुझेको बताइन् । उनीहरुले करिब तीन कठ्ठा खेतमा धान रोपेका थिए । धेरैका लागि यो नयाँ अनुभव थियो।
सैद्धान्तिकभन्दा व्यवहारिक ज्ञान दीर्घकालीन हुने भएकाले विद्यालयले समय–समयमा यस्ता कार्यक्रम सञ्चालन गर्ने गरेको प्रधानाध्यापक मधुसूदन केसीले बताए। हिलोमा धान रोप्न पाउँदा विद्यार्थीहरूको अनुहारमा हाँसो थियो। किसान पनि खुसी देखिन्थे।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,१५ असार ।एएफसी महिला एसियन कप छनोटअन्तर्गत लाओसविरुद्ध नेपालकी कप्तान सावित्रा भण्डारी साम्बाले ह्याट्रिक गरेकी छन् ।
उनले कप्तानको रुपमा डेब्यु खेलमै ह्याट्रिक गरेकी हुन् ।
साम्बाले यसअघि ४४औं र ५५औं मिनेटमा गोल गरेकी थिइन् । उनको ह्याट्रिकसँगै नेपालको अग्रता ६ गोलमा पुगेको छ । नेपालका लागि साम्बासँगै सरु लिम्बु, अनिता बस्नेत र रश्मीकुमार घिसिङले गोल गरेका छन् ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ ,१५ असार। राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरू प्रतिनिधिसभा बैठकबाट बाहिरिएका छन्।
निरन्तर प्रतिनिधि सभा बैठकमा विरोध जनाउँदै आएका उनीहरूले आज पनि बैठकबाट बाहिरिएका हुन्।
भिजिट भिसा प्रकरणलाई लिएर नियमितरूपमा संसद्मा विरोध जनाउँदै आएका सांसदहरू आज पनि प्रतिनिधिसभा बैठकबाट बाहिरिएका छन् ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,१५ असार । पहिरोमा परी भारतको उत्तराखण्ड राज्यको उत्तरकाशी जिल्लामा नौजना मजदूर बेपत्ता भएका छन । यमुनोत्री राष्ट्रिय राजमार्गमा पर्ने सिलाई बैंड नजिकै खसेको पहिरोले त्यहाँ रहेको एक श्रमिक शिविर पहिरोको चपेटामा परेको बीबीसीले नाएको छ ।
प्रहरीका अनुसार, शिविरमा १९ जना मजदूर थए । तीमध्ये १० जनालाई सकुशल उद्धार गरिएको छ भने नौ जना अझै बेपत्ता छन् । घटनास्थलमा प्रहरी, एसडीआरएफ, एनडीआरएफ, एनएच बडकोट र स्वास्थ्य विभागका टोलीहरू खटिइरहेका छन् र उद्धार तथा राहतको काम चलिरहेको छ ।
उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै सामाजिक सञ्जालमार्फत लगातार अधिकारीहरूसँग सम्पर्कमा रहेको बताएका छन्। ठूलो पानी परेको र पहिरोको जोखिमलाई ध्यान दिँदै सतर्कता बढाइएको छ भने स्थानीय प्रशासनलाई उच्च सतर्क अवस्थामा राखिएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,१५ असार । आज निजामती सेवा विधयेक पारित गरिने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० पारित गर्ने कार्यसूची रहेको छ । संघीयता कार्यान्वयनमा देखिएको प्रशासनिक जटिलता समाधान गर्न विधेयक महत्वपूर्ण मानिएको छ ।
यसअघि असार ३ गते पारित गर्ने भनिएको विधेयक अन्तिम समयमा आएर रोकिएको थियो । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित विधेयकमाथि छलफल गर्न प्रस्ताव पेश गर्नुहुनेछ । त्यसपछि सांसदहरूले धारणा राख्नेछन् र विधेयक पारित गरिनेछ ।
प्रतिनिधिसभाबाट पारित भएपछि विधेयक राष्ट्रियसभामा पठाइनेछ । राष्ट्रियसभाबाट पुनः पारित भएर फर्किएपछि सभामुखबाट प्रमाणित भएर राष्ट्रपतिको प्रमाणीकरणपछि विधेयक कार्यान्वयनमा आउनेछ ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१५ असार। बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । सडकखण्ड अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को दुम्कीवास क्षेत्रको वैकल्पिक मार्गमा पर्ने खोलामा बाढी आएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।
विनयी त्रिवेणी गाउँपालिका( १ स्थित विनयी खोलामा मालवाहक सवारीसाधनका लागि सञ्चालन गरिएको डाइभर्सन र साना तथा यात्रुवाहक बसका लागि प्रयोग गरिएको वैकल्पिक भित्री सडकमा बाढी आएपछि अहिले यातायात पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी ९बर्दघाट सुस्तापूर्व० का प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिए ।
‘अहिले यस सडक खण्डको डाइभर्सन र वैकल्पिक मार्ग होङ्सी गेट, सर्दी हुँदै ज्यामिरे राजमार्गमा सवारी आवागमन रोकेर सवारीसाधनलाई सुरक्षित स्थानमा राखिएको छ’, उनले भने ।
उनका अनुसार वर्षाका कारण विनयी त्रिवेणी–३ स्थित खरङ्गे खोलामा पानीको बहाव बढेपछि उक्त वैकल्पिक मार्ग पनि पूर्ण रूपमा अवरुद्ध बनेको हो । ‘अहिले यस सडक क्षेत्रको दाउन्ने दुम्कीवास खण्डमा कुनै पनि सवारीसाधन आवतजावत गर्न नसक्ने स्थिति सिर्जना भएको छ’, प्रहरी उपरीक्षक ढकालले भने ।
निरन्तरको वर्षासँगै पूर्व–पश्चिम राजमार्गअन्तर्गत विनयी खोलामा निर्माण गरिएको अस्थायी डाइभर्सन पानीको बहाव बढेपछि पटक पटक बगाउँदै आएको छ
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,१४ असार । कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई तोकिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको औपचारिक भ्रमणमा निस्किएपछि मन्त्री सिंहलाई कार्यबाहकको जिम्मेवारी तोकिएको हो।
प्रधानमन्त्री ओली शनिबार बेलुकी स्पेन प्रस्थान गरेका हुन्। उनी स्वदेश फर्किनु अघि सिंहले देशको दैनिक प्रशासनिक कामकाज सम्हाल्ने राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
प्रधानमन्त्रीसहितको टोली असार २० गते फर्किने कार्यतालिका छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ १४ असार । किवानिस क्लब अफ दाङ तुलसीपुरको नयाँ नेतृत्व चयन भएको छ। नयाँ नेतृत्व चयन भएसँगै शनिबार एक कार्यक्रमका बीच पद हस्तान्तरण गरिएको छ।
किवानिस क्लब अफ दाङ तुलसीपुरका वर्ष २०२४ का अध्यक्ष बिमलकुमार पौडेलको अध्यक्षता तथा केवानिस क्लब अफ डिभिजन ५ का लेफ्टिनेन्ट गभर्नर भूपाल रावतको प्रमुख आतिथ्यतामा नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरिएको हो।
वर्ष २०२४ का अध्यक्ष बिमलकुमार पौडेलले वर्ष २०२५ का अध्यक्ष शैलेन्द्रकुमार ओलीलाई पद हस्तान्तरण गरेका हुन्।
अध्यक्षमा ओली सँगै निवर्तमान अध्यक्ष बिमलकुमार पौडेल, उपाध्यक्ष मनिष शाह , सचिव सन्दिप भुसाल र कोषाध्यक्ष केशवराज न्यौपाने रहेको नयाँ कार्यसमिति बनाइएको छ।
पद हस्तान्तरण कार्यक्रममा सहभागी वक्ताहरूले संस्थागत एकता, समन्वय र दीर्घकालीन असर पार्ने सेवामूलक कार्यक्रमलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा इभरेष्ट क्लब अफ किवानिसकी सुस्मा लामिछाने गिरी र लर्ड बुद्ध क्लबकी नारायणी राजौरेले क्लबहरूबीच समन्वयको कमी महसुस भएको बताउँदै एकता बलियो बनाउन सुझाव दिए।
किवानिस क्लब अफ मेट्रोका अध्यक्ष हेमराज डाँगीले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
पूर्वअध्यक्ष बिमल कुमार पौडेलले कानुनी जटिलताबीच पनि योजना र कार्यक्रम सञ्चालन गर्न सके कोष सङ्कलनमा सहज रहेको बताए ।
उनले आफ्नै क्षेत्रका बालबालिकाको हितमा काम गर्न सके त्यसले राष्ट्रिय तहमा समेत सकारात्मक प्रभाव पार्ने धारणा राखे। उनले क्लब मर्ज गर्ने सुझावसमेत दिए।
राप्ती बबी क्याम्पसका उपप्राध्यापक सूर्य शर्माले बालबालिकासँग सम्बन्धित काममा सोचाइ परिवर्तन जरुरी भएको बताए।
उनले श्रम र पेशाप्रतिको सम्मानका संस्कार बालबालिकामा विकास गर्न र समाजमा रहेको ग्याप पहिचान गरी दीर्घकालीन असर पर्ने काम गर्नुपर्नेमा जोड दिए।
अप्टिमिष्ट क्लब डिभिजन ५ का मानबहादुर बस्नेतले सहकार्यलाई बलियो बनाउँदै प्रभावकारी कार्यक्रम सञ्चालन गर्न अनुरोध गरे। सल्लाहकार सुरेश हमालले एक वर्ष एउटै क्षेत्रमा लक्षित भएर योजना अघि बढाउन सुझाव दिए।
किवानिस क्लब डिभिजन ५ का चिल्ड्रेन फन्ड निर्देशक दमदार भण्डारीले क्लब मानवीय सेवाका लागि स्थापना भएको बताउँदै बालबालिकाको हितलाई केन्द्रमा राखेर काम गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा नयाँ कार्यसमितिका पदाधिकारीलाई प्रमाणपत्र वितरण गरिएको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस