उमा भण्डारी, दाङ । कहिले ढलेका पर्खाल। कहिले पानी चुहिने छाना । अनि कहिले भत्किएका भित्तासंग डराउँदै पढ्नुपर्ने बाध्यता । दाङका सामुदायिक विद्यालयहरूमा यस्ता चित्र सामान्य जस्तै हुन् । तर, अब ती चित्रहरू विस्तारै बदलिँदैछन्। यतिवेला सामुदायिक विद्यालयहरू चिटिक्क पारिएका छन् । रंगिएका भवनहरूले सजिएका छन्।
विद्यालयको संरचनाको स्वरुप परिवर्तन भएसंगै विद्यार्थीहरुको मुहारमा पनि खुशी देखिन थालेको छ । उनीहरु खुशी हुँदै विद्यालय आउने र पढ्ने वातावरण बनेको छ । लुुम्बिनी प्रदेश सरकारले सामुदायिक विद्यालयको भौतिक पूर्वाधारमा गरेको लगानीले शिक्षा क्षेत्रमै नयाँ आशा पलाएको छ। विद्यार्थीहरुमा आत्मविश्वास जागेको छ कि, ‘अब हामीलाई डर लाग्दैन, छाना चुहिँदैन अनि शौचालय जाँदा लजाउनु पर्दैन । ’
लुम्बिनी प्रदेश सरकारले सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुदृढ गर्न थालेपछि शिक्षाको स्तरमा सुधारको संकेत देखिन थालेको हो । तुलसीपुर उपमहानगरपालिका–१ मा रहेको वीरेन्द्र माध्यमिक विद्यालयमा ४ कोठे नयाँ भवन बनेको छ । उक्त भवनमा कक्षा ११ र १२ का विद्यार्थीहरूका लागि अध्ययनको व्यवस्था मिलाइएको छ। भवन नवनिर्माण भएपछि विद्यार्थीहरूमा उत्साह थपिएको छ। गत वर्षसम्म पानी पर्दा पानी पर्दा चुहिने, झ्यालका पल्लाहरु निस्किएको, भत्किएको भवनमा पढ्नुपर्ने बाध्यता थियो । अहिले चिटिक्क रंगिएको कक्षाकोठा, बलियो पर्खाल, उज्यालो र फराकिलो कक्षाकोठाले विद्यार्थीहरुलाई नयाँ उर्जा थपेको विद्यालयका प्रधानाध्यपक टोप बहादुर घर्तीले बताए ।
प्रधानाध्यापक घर्ती भन्छन्, “आधुनिक कोठामा पढ्न पाउँदा विद्यार्थीहरू निकै खुसी छन्। अब शिक्षण–सिकाइ थप सहज र प्रभावकारी हुनेछ।” उनले थप्दै भने– “जब वातावरण राम्रो हुन्छ, सिकाइ पनि स्वाभाविक रूपमा राम्रो हुन्छ। अहिले विद्यार्थीहरूमा अनुशासन, समयपालना र रुचि तीनै कुरामा परिवर्तन आएको देखिन्छ।
लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८०÷८१ मा विनियोजन गरेको ४० लाख रुपैयाँको बजेटबाट विद्यालयको उक्त भवन निर्माण भएको हो ।स्थानीयवासी र अभिभावकहरूको २०% भन्दा बढी बढी श्रमदान र प्रदेश सरकारको ४० लाख बजेटमा उक्त भवन निर्माण गरिएको विद्यालयका प्रधानाध्यापक टोपबहादुर घर्तीले जानकारी दिए।
भवन निर्माणमा बजेट अपुग भएपछि रङरोगन र फिनिसिङको काम बाँकी रहँदा पनि प्रदेश सरकारले त्यसलाई बेवास्ता गरेन। आर्थिक वर्ष २०८१÷८२ मा थप १० लाख रुपैयाँ विनियोजन गरी रङरोगनको काम पूरा गरिएको छ । करिब ५०० विद्यार्थी अध्ययनरत विद्यालयमा नयाँ भवन बनेसँगै जीर्ण भवन विस्थापन गर्ने सपना पनि पलाएको छ। बिस्तारै सबै कक्षालाई नयाँ संरचनामा स्थानान्तरण गर्ने र बालमैत्री वातावरणको विकास गर्ने विद्यालय व्यवस्थापन समितिको योजना छ ।
गुरुजजुर माध्यमिक विद्यालयको प्राङगण अहिले धुलो र हिलोमुक्त छ । भर्खरै मनसुन सुरु भएपनि विद्यालयको आँगनमा पानी जमेको देखिदैन । विगतमा हिलाम्मे र धुलाम्मे हुने विद्यालयको आँगन अहिले सफा, सजिएको र विद्यार्थीमैत्री छ । लुम्बिनी प्रदेश सरकारले विद्यालयको प्राङगण सूधारका लागि बजेट उपलव्ध गराएपछि विद्यालयको अनुहार बदलिएको विद्यालयकी प्रधानाध्यापक विष्णुकुमारी केसीले बताइन् ।
प्रदेश सरकारले दुई आर्थिक वर्षमा ३१ लाख बजेट विद्यालयका लागि उपलव्ध गराएपछि विद्यालयमा उक्त संरचना बनेको प्राधानाध्यापक केसीले जानकारी दिइन् । कहिले हिलो, कहिले धुलो। जसका कारण पढन्, हिड्न डुल्न, कार्यक्रमहरु गर्न, बालबालिकाहरुलाई खेल्न निकै समस्या भएको थियो, अहिले त्यो समस्या समाधान भएको छ, उनले भनिन्–‘ विद्यालयको प्रांगण केवल सुविधाको विषय होइन यो शिक्षाको अनुकूल वातावरणको जग हो, यो वनेपछि अहिले विद्यालयको सुन्दर मात्र होइन स्वच्छ र सुरक्षित पनि बनेको छ । ’
२५ सय भन्दा बढी विद्यार्थीहरु अध्ययनरत विद्यालयलाई हाल ६ कोठे नयाँ प्राइमरी ब्लकको आवश्यकता रहेको उनले बताइन्। विद्यार्थीहरुको सँख्याको आधारमा कक्षाकोठा अपुग भएकाले नयाँ भवनको लागि बजेट माग गर्दै आएको उनी बताउँछिन् ।
महेन्द्र माध्यमिक विद्यालयमा अपांगमैत्री शौचालय निर्माण भएपछि छात्राहरू विशेष रूपमा खुसी छन्। पुरानो जीर्ण शौचालय प्रयोग गर्दा लाज, डर र असहजता भोग्दै आएका विद्यार्थीहरू अब सहज र सुरक्षित वातावरणमा शौचालय प्रयोग गर्न पाउँदा आत्मबल बढेको बताउँछन् ।
‘ पहिले त ट्वाइलेट पनि फोहोर, दुर्गन्धित र ढोका राम्रोसंग लाग्दैनथ्यो, ट्वाइलेट जानै गाह्रो थियो, एक छात्राले भनिन्–‘अहिले त ढुक्कले एक्लै ट्वाइलेट जाने वातावरण बनेको छ ,हामी त एकदम खुशी छौँ।’ लुम्बिनी प्रदेश सरकारले विद्यालयमा ४ कोठे भवन निर्माणका लागि आर्थिक वर्ष २०८०÷८१ मा डिपिआर बाहेक ८० लाख बजेट उपलव्ध गराएको थियो ।
भवनको पूर्णता र विद्यालयमा शौचालय, क्यान्टिन निर्माणका लागि भन्दै आर्थिक वर्ष २०८१÷८२ मा एक करोड ४० लाग बजेट उपलव्ध गराएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अरुण लहरेले जानकारी दिए । उनका अनुसार अहिले विद्यालयमा ब्लक इट लगाउने काम भइरहेको छ । लुम्बिनी प्रदेश सरकारले सामुदायिक विद्यालयहरुको पूर्वाधार विकासमा लगानी लगाउन थालेपछि दाङका सामुदायिक विद्यालयहरूले नयाँ रूप लिइरहेका छन्।
भर्खरैसम्म जीर्ण भवन, कच्चा शौचालय र असुरक्षित कक्षाकोठामा पढ्दै आएका हजारौँ विद्यार्थीहरू अब रंगीन, पक्की र सुरक्षित भवनभित्र रमाउँदै सिक्न थालेका छन्। लुम्बिनी प्रदेश सरकारले शिक्षा क्षेत्रमा देखिएको भौतिक अभावलाई सम्बोधन गर्न थालेपछि जिल्लाभरि परिवर्तनको लहर चलेको हो।
११ महिनामा ५८ विद्यालयका पूर्वाधार निर्माण: चालु आर्थिक वर्ष २०८१÷८२ को करिब ११ महिनामा मात्रै दाङ जिल्लाका ५८ वटा सामुदायिक विद्यालयमा नयाँ भवन, पुस्तकालय, शौचालय, खेलमैदान र पर्खाल जस्ता संरचनाहरू निर्माण गरिएका छन् । सामाजिक विकास डिभिजन कार्यालय, तुलसीपुरका इन्जिनियर खेम वलीका अनुसार जिल्लामध्ये सबैभन्दा धेरै २२ वटा विद्यालयमा निर्माण कार्य घोराही उपमहानगरपालिकामा सम्पन्न भएको हो।
चालु वर्षमा घोराहीका ३१ वटा विद्यालयलाई पूर्वाधार सुधार कार्यक्रमअन्तर्गत समेटिएकोमा २२ मा काम सम्पन्न भइसकेको छ। त्यसैगरी, तुलसीपुर उपमहानगरपालिकामा २१ विद्यालयमध्ये १२ मा भवन निर्माण सम्पन्न भएको छ भने बाँकी ९ वटा विद्यालयमा काम जारी छ। बबई गाउँपालिकाका ११ विद्यालयमध्ये सबैमा भवन निर्माण सम्पन्न भइसकेको छ ।
लमही नगरपालिकाका ६ वटा विद्यालय मध्ये ४ वटा विद्यालयमा निर्माण सम्पन्न भएको छ । गढवा गाउँपालिका पनि ४ विद्यालयमध्ये ३ मा काम सम्पन्न भइसकेको इन्जीनियर वलीले जानकारी दिए । यस्तै, शान्तिनगर गाउँपालिकामा ५ विद्यालयमध्ये ३ वटा विद्यालयमा पूर्वाधार निर्माणको काम सम्पन्न भइसकेको छ । बंगलाचुलीमा ८ विद्यालय, राजपुर गाउँपालिकामा १ विद्यालयमा संरचना निर्माण भइसकेको छ ।
राप्ती गाउँपालिकामा पनि २ विद्यालयमध्ये एउटा विद्यालयमा काम सम्पन्न भइसकेको छ । जिल्लाका विद्यालयहरूमा नयाँ संरचना निर्माणका लागि प्रदेश सरकारले करिब ९ करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेको छ। घोराही उपमहानगरका ३१ विद्यालयका लागि रु. ३ करोड २३ लाख, तुलसीपुरका २१ विद्यालयका लागि रु. ३ करोड ३० लाख, बबई गाउँपालिकाका लागि ८३ लाख, बंगलाचुलीका लागि ५५ लाख बजेट विनियोजन गरेको छ ।
यसैगरी, गढवा गाउँपालिकाका विद्यालयमा ५० लाख, लमही नगरपालिकाका विद्यालयमा ५१ लाख, शान्तिनगर गाउँपालिकामा ३७ लाख, राप्ती गाउँपालिकाका विद्यालयमा ३० लाख र राजपुर गाउँपालिकाका विद्यालयमा २० लाख बजेट विनियोजन गरेको सामाजिक विकास डिभिजन कार्यालय, तुलसीपुरका इन्जिनियर खेम वलीले जानकारी दिए। पुराना असुरक्षित संरचनाले पठनपाठनमा अवरोध ल्याइरहेको अवस्थामा प्रदेश सरकारले सुरु गरेको पूर्वाधार निर्माण अभियानले सामुदायिक शिक्षामा नयाँ भरोसा जगाएको छ।
यी भवनहरू मात्र पर्खाल र छानाले बनेका संरचना होइनन्। यी भविष्यका सपना हुन्, आत्मगौरवका प्रतीक हुन्। दाङका विद्यालयमा देखिएको यो सकारात्मक लहरले सामुदायिक विद्यालयहरूमा प्रेरणा दिन सक्छ। सानो लगानीले पनि विद्यालय शिक्षामा ठुलो प्रभाव पार्न सक्छ ।
नेपालको संविधान २०७२ ले विद्यालयका संचरनाहरु बालमैत्री बनाउने प्रावधानलाई बालबालिका हक धारा ३९ को उपधारा ५ मा प्रत्येक बालबालिकालाई बालमैत्री वातावरणमा व्यक्तित्व विकास, उपयुक्त सहभागिता र संरक्षणमा रहने हक हुनेछ, भनि व्याख्या समेत गरिएको छ । यसर्थ , पनि विद्यालयका अपुरा योजनालाई पूर्णता दिन प्रदेश सरकारले पूर्वाधारका मागहरुलाई निरन्तर प्राथमिकता दिइ बालमैत्री विद्यालयका पूर्वाधार निर्माणमा प्रदेश सरकारले लगानी बढाउन र यसलाइ प्राथमिकता दिन आवश्यक छ ।
२२ सय व्यक्ति फरार सूचिमा
उमा भण्डारी,दाङ। सार्वजनिक ठाउँमा खुलेर बोल्न नसक्ने, छेउँमा बसेका अन्य साथीको साहरामा आफ्ना कुरा राख्ने सीता राणा । अहिले उनी आफ्ना वडावासी र महिलाका विषयमा खुलस्त आवाज प्रस्तुत गर्ने सक्ने भएकी छन् ।
तुलसीपुर उपमहानगरपालिका–१७ की सीता राणाको यो परिर्वतन सामान्य लाग्न सक्छ । तर यो उनको लागि ठुलो उपलव्धी बनेको छ । आफ्नो आवाजले वडावासी र महिलाको नेतृत्व गर्ने परिवर्तन सहजै आएको भने होइन । सीताको परिवर्तनको साक्षी बनेको छ महिला नमुना संसद् ।
तुलसीपुर उपमहहानगरपालिकाले आयोजना गरेको महिला नमुना संसद् अभ्यासले महिला जनप्रतिनिधिको आत्मविश्वास मात्र बढाएको छैन, नेतृत्व विकासमा ठुलो सहयोग गरेको छ । कुनैबेला परिचय बताउन डराउने सीता अहिले स्थानीय सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेट कार्यक्रममा महिलाका सवालहरु प्राथमिकतामा राखिनुपर्ने माग गर्छिन् ।
लक्षित वर्ग, महिला तथा सिमान्तकृत समुदायको उत्थानका लागि पालिका र वडा सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने र बजेटको अनिवार्यता गर्नुपर्ने आवाज निरन्तर उठाउछिन्, माग राख्छिन् ।
वडा नं. ९की दिलकुमारी दमाईमा पनि महिला नमुना संसदकै कारण बोल्न, बुझ्न र परिवर्तनको संवाहक बन्न सक्ने हिम्मत जागेको छ । वडामा भए गरेका योजना तथा कार्यक्रमहरु लैंगिकमैत्री छन्÷छैनन्, सामाजिक समावेशीकरणमा आधाररित छन्÷छैनन् त्यसको खोज, अध्ययन र विश्लेषण गर्न सक्ने भएकी छन् । विगतमा वडाका कार्यक्रमहरुमा सहभागिता जनाएर फर्किने दिलकुमारी अहिले लक्षित वर्गका लागि नीति तथा बार्षिक कार्यक्रम पहिलो प्राथमिकतामा राखिनुपर्ने माग उठाउने र त्यसका लागि वहस गर्ने गर्दछिन् ।
यसैगरी वडा नं. ८ कि सुमित्रा चौधरीले वडामा महिलाहरुका लागि क्षमता विकासका कार्यक्रम, लक्षित वर्गका लागि क्षमता विकासका कार्यक्रम, द्धन्द्धपीडितका लागि विमा कार्यक्रमहरु सम्पन्न गर्न सफल भएको बताउँछिन् । समय–समयमा पालिकाले नमुना संसद्को अभ्यासमा वडास्तरका आवश्यकत र मागमा आधारीत विषयमा वहस्, छलफल तथा योजना तर्जुमा गरी बजेट बाँडफाँड सम्वन्धी हुने संसदीय अभ्यासले यो सबै संभव भएको उनको अनुभव छ ।
यी प्रतिनिधीमुलक पात्रहरु हुन् । तुलसीपुरको महिला नमुना संसदीय अभ्यासले जनप्रतिनिधीहरुलाई नेतृत्व गर्न सक्ने विश्वास जगाएको छ । वडामा भएगरेका काम कारबाही, सम्पन्न गर्न नसकेका कामहरु, पालिकास्तरमा माग गरिएका योजना र तीनको कार्यान्वयको अवस्थाका बारेमा उनीहरु उक्त संसद अभ्यासमा प्रस्तुत गर्ने गर्दछन् ।
सोही अन्र्तगत बुधबार वडाबाट आएका विषयवस्तु र समितिसंग जोडिएका विषयवस्तु र वडामा सम्पन्न योजनाहरुको बारेमा विश्लेषण गरिएको छ । महिला नमुना संसद्की सभामुख सिमा न्यौपानेले पालिका भित्रका १९ वटै वडामा रहेका सांसदहरुलाई वडामा सम्पन्न योजनाहरुको बारेमा प्रतिवेदन प्रस्तुत गर्न लगाएकी थिइन् । सांसदहरुले पालैपालो आफ्नो वडामा लक्षित वर्गका लागि विनियोजित बजेट मार्फत सम्पन्न कार्यक्रमहरुको बारेमा जानकारी गराएका थिए ।
यसैगरी विभिन्न ७ वटा विषयगत समितिका संयोजकहरुले वडामा सम्पन्न कार्यक्रम, समितिसंग जोडिएका विषय र पालिकालाई बुझाएको ध्यानाकर्षण पत्रमा भएका विषयहरु के–कति पालिकाको वार्षिक बजेट कार्यक्रममा समावेश गरिएको छ त्यसको बारेमा छलफल गरेका थिए । प्रत्येक वडाका सांसद् र विषयगत समितिका संयोजकहरुले पालैपाले माफ्नो प्रस्तुतीकरण राखेका थिए ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख स्यानी चौधरीले यस्ताखाले अभ्यासले महिलाहरुमा वहस गर्नसक्ने क्षमताको विकास हुने बताइन् । उनले महिलाले मात्रै पनि सरकारको नेतृत्व गर्न सक्छन् भन्ने कुराको पुष्टि भएको बताइन् । उनले आगमी निर्वाचनमा संघ, प्रदेश, स्थानीय तह र वडास्तरको प्रमुख जिम्मेवारीमा महिलाको नेतृत्व ल्याउनुपर्ने बताइन् ।
सो अवसरमा वडा नं. ६ का निवर्तमान वडा अध्यक्ष नवराज लामिछानेले नमुना संसद्ले प्रदेश र संघको संसदीय प्रणालीको झल्को दिएको बताए । सरकारले ल्याउने योजना र सम्पन्न गर्न कार्यक्रमहरु जनआवश्यकता, नागरिकमुखी छन् छैनन् त्यसको खोज, अध्ययन र अनुसन्धान गर्न सक्ने क्षमताको विकास यस्तैखाले अभ्यासबाट हुने बताए ।
कार्यक्रममा उपसभामुखको भूमिकामा रहेकी महिला अधिकारकर्मी सुस्मा गिरी, महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले संसदीय अभ्यासले जनप्रतिनिधीहरुमा बोल्ने, वहस गर्ने र विषयमा आधारीत रहेर छलफल गर्नसक्ने क्षमताको विकास भएको बताएका थिए ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,११ असार । दाङको तुलसीपुरमा विद्यालयका सवारी चालकलाई ट्राफिक सचेतना दिइने भएको छ ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन, दाङ) को आयोजना तथा ट्राफिक प्रहरी कार्यालय तुलसीपुरको समन्वयमा ट्राफिक सचेतना कार्यक्रम गर्न लागिएको हो।
भोलि (बिहिवार) तुलसीपुरको दोघरेमा एकदिने ट्राफिक सचेतना दिइन लागेको एनप्याब्सन दाङका अध्यक्ष भोजराज न्यौपानेले जानकारी दिए।
दुर्घटना न्यूनीकरण गर्ने र विद्यार्थीहरूको गन्तव्य यात्रा सुरक्षित बनाउने उद्देश्यले विद्यालय सवारी चालकहरूलाई लक्षित गरी विशेष सचेतना कार्यक्रम सञ्चालन गर्न लागिएको उनले बताए ।
एनप्याब्सन दाङका अध्यक्ष न्यौपानेका अनुसार, विद्यालयका सवारी चालकहरूलाई यातायात सुरक्षाबारे जानकारी दिन तथा उनीहरूको जिम्मेवारीबोध गराउन उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो।
“सवारी चालकहरूको सर्तकता र जिम्मेवारीले विद्यार्थीहरूको सुरक्षामा ठूलो भूमिका खेल्ने भएकाले यस्तो कार्यक्रम आवश्यक देखिएको हो,” अध्यक्ष न्यौपानेले भने ।
कार्यक्रममार्फत सवारी नियम, प्राथमिक उपचार, आपतकालीन अवस्था व्यवस्थापन, र ट्राफिक सुरक्षासम्बन्धी विषयमा जानकारी दिने। साथै सवारी दुर्घटना न्यूनीकरणका उपाय, सडकरेखा तथा स्कुल बस निर्देशिका २०७४ लगाएतका विषयमा प्रशिक्षण गरिने छ ।
जसले गर्दा विद्यालय यातायातलाई थप सुरक्षित र भरपर्दो बनाउने कार्यक्रमको मुख्य उदेश्य रहेको न्यौपानेको भनाई छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं११ असार । प्यालिस्टनको गाजास्थित खान युनिस सहरमा भएको एक विस्फोटमा सात इजरायली सैनिकको मृत्यु भएको छ ।
इजरायल डिफेन्स फोर्स ९आईडीएफ०का अनुसार मंगलबार दक्षिणी गाजामा उनीहरूको बख्तरबन्द गाडीमा राखिएको बम विस्फोट हुँदा सात इजरायली सैनिकको मृत्यु भएको हो ।
आईडीएफका अनुसार उनीहरूको बख्तरबन्द वाहकमा विस्फोट र आगलागी हुँदा सैनिकहरू खान युनिस क्षेत्रमा थिए । यो गाजाको दोस्रो ठूलो सहर हो ।
सेनाले हालसम्म ६ जना सैनिकको नाम सार्वजनिक गरेको सीएनएनले जनाएको छ । उनीहरूको उमेर १९ देखि २१ वर्षसम्म भएको बताइएको छ । एकजनाको नाम अझै सार्वजानिक हुन बाँकी छ ।
मंगलबार भएको अर्को घटनामा, सैनिकहरूमाथि रकेट–प्रोपेल्ड ग्रिनेड प्रहार भएको थियो । आईडीएफका अनुसार दुई सैनिक घाइते भए पनि कसैको मृत्यु भएको छैन । – सिएनएन
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,११ असार। अमेरिकाको आक्रमणबाट इरानको परमाणु कार्यक्रम पूर्णरुपमा नष्ट नभएको समाचार सार्वजनिक भएको छ ।
अमेरिकाको रक्षा मन्त्रालयको मुख्यालय पेन्टागनको गोप्य रिपोर्टमा इरानको परमाणु कार्यक्रम पूर्णरुपमा नष्ट नभएको उल्लेख रहेको सीएनएनले जनाएको छ ।
इजरायल र इरानबीच युद्ध जारी रहेका बेला अमेरिकाले गत शनिबार इरानका फोर्दो, नताञ्ज र इस्फाहान परमाणु केन्द्रमा बंकर बस्टर बम प्रहार गरेको थियो । भूमिगत संरचना नष्ट गर्न प्रभावकारी मानिने जीबीयू–५७ नामक ‘बंकर–बस्टर’ बमले ६१ मिटर तलसम्म घुसेर विष्फोट हुने गर्दछ ।
अमेरिकाले आक्रमणपछि सार्वजनिक गरेको स्याटेलाइट तस्वीरहरूमा फोर्दो साइटमा दुई स्थान नजिक ६ वटा गहिरा खाडलहरु देखिन्छन्, तर भित्री भाग कति नष्ट भयो भन्ने खुलस्त छैन । यद्यपि अमेरिकी सेनाका शीर्ष अधिकारी जनरल ड्यान केनले आक्रमणबाट इरानका तीनवटै परमाणु केन्द्रमा गम्भीर क्षति पुगेको बताएका थिए ।
२२ सय व्यक्ति फरार सूचिमा
राप्ती, ११ असार। घरायसी विषयमा झगडा भएपछि श्रीमान्–श्रीमतीले भीरबाट हाम फालेका छन् ।चितवनको राप्ती नगरपालिका–४ चौकीडाँडामा घरायसी झगडापछि भीरबाट हाम फालेका दम्पतीमध्ये श्रीमतीको ज्यान गएको छ भने श्रीमान् गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ४२ वर्षीया कुमारी प्रजा चेपाङको घटनास्थलमै मृत्यु भएको हो । उनका ४७ वर्षीय श्रीमान् लिलाबहादुर प्रजा चेपाङ गम्भीर घाइते छन् ।
प्रहरी प्रवक्ता डिएसपी रविन्द्र खनालका अनुसार मंगलबार मध्यान्हतिर उनीहरूले खहरे खोलाको भीरबाट हाम फालेका थिए । झगडा भएपछि सँगै भीरतर्फ गएको र सोही क्रममा दुबैजनाले हाम फालेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ ।
घटनामा लिलाबहादुरको बायाँ कानबाट रगत बगेको र कुममा चोट लागेको छ । उनी अहिले भरतपुरस्थित सरकारी अस्पतालमा उपचाररत छन् ।
चितवनमा थप दुई महिलामाथि श्रीमानद्वारा कुटपिट, घाइतेको अस्पतालमा उपचार: चितवनको भरतपुरमा घरेलु हिंसाका छुट्टाछुट्टै घटनामा दुई महिला श्रीमानको कुटपिटबाट घाइते भएका छन् ।
भरतपुर महानगरपालिका–११, नौरङ्गेमा मंगलबार साँझ ८ बजे २५ वर्षीया महिलामाथि उनका श्रीमानले कुटपिट गर्नुका साथै खुकुरी प्रहार गरेका थिए । उक्त घटनामा महिलाको अवस्था मध्यम रहेको र हाल भरतपुरको सरकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनापछि फरार रहेका श्रीमान् एक घण्टापछि प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यसैगरी, भरतपुर–५ कैलासनगरमा मंगलबार राति १० बजे ३१ वर्षीया महिलामाथि पनि उनका श्रीमान्ले कुटपिट गरेका छन् । टाउकोमा चोट लागेकी ती महिला मध्यम घाइते अवस्थामा छन् र उनी पनि भरतपुरको सरकारी अस्पतालमा उपचाररत छिन् । कुटपिट गर्ने श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,११ असार। खेल्ने क्रममा सेफ्टिक ट्यांकीमा खसेर दुई जना बालबालिकाको मृत्यु भएको छ । सेफ्टिक ट्यांकीमा खसेर रौतहटको चन्द्रपुर नगरपालिका(१० निबुवाका दुइ बालबालिकाको मृत्यु भएको हो । स्थानीय गरिमा साहका छोरा एक वर्षीय रञ्जे साह र जगदीश साहकी एक वर्षीया छोरी खुश्बु साहको मृत्यु भएको हो ।
बालबालिका खेल्ने क्रममा मंगलबार साँझ पौने ८ बजे स्थानीय हृदय पासवानको शौचालयको सेफ्टिक ट्यांकीमा खसेका थिए । सेफ्टिक ट्यांकीबाट निकालेर दुवै बालबालिकालाई उपचारका लागि सरकारी अस्पताल चपुर पुर्याइएको थियो ।
तर, अस्पताल पुर्याएलगत्तै चिकित्सकहरूले दुवै बालबालिकालाई मृत घोषणा गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रमुख एसपी नेत्रमणि गिरीले जानकारी दिए ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१० असार । दाङका १० वटै स्थानीय तहले बजेट सार्वजनिक गरेका छन् । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि जिल्लाका १० वटै स्थानीय तहले जम्मा करिब ८ अर्ब ५० करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका हुन् ।
स्थानीय तहहरूबाट प्रस्तुत बजेटहरू विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक सुरक्षा, रोजगारी सिर्जना, पूर्वाधार विस्तार तथा महिला, बालबालिका र वृद्धजन लक्षित कार्यक्रमहरूमा केन्द्रित छन्।
सबैभन्दा ठूलो बजेट घोराही उपमहानगरपालिकाले प्रस्तुत गरेको छ। उपमहानगरपालिकाले २ अर्ब २९ करोड २९ लाख रुपैयाँको बजेट सार्वजनिक गर्दै शिक्षा, स्वास्थ्य र वातावरणमैत्री पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको छ।
त्यसपछि तुलसीपुर उपमहानगरपालिकाले २ अर्ब ६ करोड ६६ लाख रुपैयाँको बजेट पारित गरेको छ। तुलसीपुरले पनि स्वास्थ्य, कृषि तथा उद्यमशीलता प्रवर्द्धनमा जोड दिएको जनाएको छ।
यस्तै, लमही नगरपालिकाले ८८ करोड ३१ लाख बराबरको बजेट सार्वजनिक गरेको छ। गढवा गाउँपालिकाले ७८ करोड ७५ लाख ९४ हजार, राप्ती गाउँपालिकाले ६८ करोड ५९ लाख ७४ हजार, बंगलाचुली गाउँपालिकाले ६२ करोड ६६ लाख बराबरको बजेट सार्वजनिक गरेको छ।
त्यस्तै , राजपुर गाउँपालिकाले ६० करोड २४ लाख ६५ हजार बराबरको बजेट सार्वजनिक गर्दा बबई गाउँपालिकाले ५० करोड ५१ लाख र शान्तिनगर गाउँपालिकाले ४८ करोड ९७ लाख बराबरको बजेट सार्वजनिक गरेको छ।भने दंगीशरण गाउँपालिकाले ४५ करोड ११ लाख ४१ हजारको बजेट विनियोजन गरेको छ।
जिल्लाका सबै स्थानीय तहहरूबाट कुल ८ अर्ब ४९ करोड २२ लाख ७१ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक भएको हो। स्थानीय तहहरूले चालु खर्चसँगै पूँजीगत खर्च र दीगो विकास परियोजनाहरूमा केन्द्रित रहेर बजेट तयार पारेको जनाएका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,१० असार । राप्रपाले आजपनि संसदमा विरोध जारी राख्ने भएको छ । भिजिटि भिसा प्रकरणमा सरकारले गठन गरेको छानबिन समितिमा असहमति राख्दै राप्रपाले आज पनि संसदमा विरोध जारी राख्ने भएको हो ।
प्रतिनिधि सभाको बैठकअघि बसेको संसदीय दलको बैठकले संसद् बहिष्कार जारी राख्ने निर्णय गरेको हो।
हिजो सरकारले पूर्वमुख्य सचिव शंकरदास वैरागीको नेतृत्वमा छानबिन समिति बनाउने निर्णय गरेको थियो। यो समितिबाट निष्पक्ष छानबिन नहुने निष्कर्षसहित आफ्नो कुरा राखेर संसद बहिस्कारलाई निरन्तरता दिन लागेको हो।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,१० असार। उत्तर–दक्षिण कोशी राजमार्गमा सुक्खा पहिरो खसेको छ । पहिरो खस्दा कोशी राजमार्ग सडकअन्तर्गत सङ्खुवासभाको मकालु गाउँपालिकाको खाँदबारी –किमाथाङ्का सडकखण्ड अवरुद्ध भएको छ ।
मकालु गाउँपालिका–५ फ्याक्सिन्दास्थित फ्याक्रे खोलामा सुक्खा पहिरो खस्दा खाँदबारी–किमाथाङ्का सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेत जानकारी दिए।
आज बिहान करिब ६ बजे फ्याक्सिन्दा स्थित फ्याक्रेखोलाको पुलमा खसेको सुक्खा पहिरो खसेको थियो । जसका कारण खाँदबारी–किमाथाङ्का सडकखण्ड अवरुद्घ हुँदा मकालुको केही वडा र भोटखोला जाने यातायात अवरुद्ध भएको प्रहरी नायव उपरीक्षक बस्नेत बताए ।
फ्याक्रेखोलाको पुलमा खसेको पहिरो हटाउन सुरु गरिएको उत्तर–दक्षिण कोशी सडक कार्यालयका सूचना अधिकारी नरेश जिरेलले बताए।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस