काठमाडौं,४ असार । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनबाट पारित भएको एक विधेयक प्रमाणीकरण गरेका छन् ।
उनले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धी विधेयक प्रमाणीकरण गरेका हुन् ।
राष्ट्रपतिले नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालय शीतल निवासकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिएकी छन् ।

२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,४ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय महिला १ किलोभन्दा बढी अवैध सुनसहित पक्राउ परेकी छन्।
पक्राउ पर्नेमा ५३ वर्षीया मीना सुर्जित सिंह खेमानी रहेको प्रहरीले जनाएको छ। उनी मंगलबार राति शारजाहबाट एयर अरेबियाको उडानमार्फत काठमाडौं आएकी थिइन्।
विमानस्थलको आगमन भन्सार क्षेत्रको टनेलमा संका लागेर जाँच गरिएको थियो। जाँचका क्रममा प्लास्टिकले र्याप गरिएको अर्धठोस अवस्थामा रहेको १ किलो १५९ ग्राम सुन फेला परेको प्रहरीले जनाएको छ।
सुन तीन वटा डल्लाको रूपमा ल्याइएको थियो। उनलाई आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग पठाइएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,४ असार,। दाङको घोराहीस्थित साई मन्दिर टोलमा बाढी पसेको छ। ट्राफिक चोक नजिक पर्ने शिरडी साई मन्दिर टोलमा बाढी पसेको छ । आज बिहानको वर्षासँगै सातगाउँले लख्वारे कुलोमा आएको बाढी बस्तीमा पसेको हो ।
घोराही उपमहानगरपालिका १५ को शिरडी साई मन्दिर टोलका प्रायस् सबै घरमा बाढी पसेको पत्रकार कुलदीप न्यौपानेले बताए ।
उनका अनुसार दर्जनौं घरका भुइँतला जलमग्न छन् । आँगन, भान्साकोठा, बेडरुम लगायतका कोठाहरुमा धमिलो पानी पसेको छ । फोहोर पानीले खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा भिजेका छन् ।
उनका अनुसार स्थानीयवासी घरभित्र पसेको पानी मोटर चलाएर र भाँडामा भरेर फ्याँकिरहेका छन् ।
नजिकैको कटुवा खोलाको पानीलाई कुलोमार्फत ट्राफिक चोक क्रस गरेर लख्वार, कर्जाही लगायतका ठाउँतिर सिंचाइका लागि लगिएको छ । सो कुलोभन्दा पूर्वतर्फ तल शिरडी साई मन्दिर टोल छ । कटुवा खोलामा बाढी आउँदा कुलोको पानी ओभरफ्लो भएर बस्तीमा पस्ने गरेको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ ,४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक आज बस्ने भएको छ ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्नेछ । बैठकमा मुलुकमा सुशासन कायमका लागि भइरहेका काम र सुधारका उपायलगायत विषयमा छलफल हुने प्रधानमन्त्री ओलीका स्वकीय सहसचिव रोशनी मेचेले जानकारी दिइन् ।
गत वैशाख ८ गतेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री ओलीको अध्यक्षतामा सो आयोग गठन गरेको थियो । आयोगमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियालगायत सदस्य रहेका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
कैलाली ,४ असार। कैलालीस्थित जिल्ला कारागारभित्र शंकास्पद रुपमा एक व्यवसायीको मृत्यु भएको छ ।
बैंकिङ कसुरमा पक्राउ परेका डडेल्धुरा भागेश्वर–५ का २८ वर्षीय व्यवसायी हरिश सिंह पालीको कैलाली जिल्ला कारागारभित्रै शंकास्पद मृत्यु भएको छ।
सेती प्रादेशिक अस्पतालमा राखिएको उनको शवमा नीलडाम र चोटपटक भेटिएको छ। पालीका आफन्तहरूले कारागारभित्रै यातनाका कारण मृत्यु भएको भन्दै घटनाको निष्पक्ष छानबिनको माग गरेका छन्।
पालीलाई केही दिनअघि डडेल्धुराबाट पक्राउ गरी कैलाली कारागारमा चलान गरिएको थियो। असार २ गते राति एक्कासि बिरामी भएको भन्दै सेती प्रादेशिक अस्पताल पुर्याइएको थियो।
अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी प्रहरीले परिवारलाई ३ गते बिहान दिएका थिए। आफन्तले उनको मृत्यु सामान्य नभएर पूर्व नियोजित भएको भन्दै आरोप लगाएका छन् ।
प्रहरीले भने बिरामी भएर उपचारको क्रममा मृत्यु भएको बताएको छ
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,३ असार । उरहरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जना महिला घाइते भएकी छन्। तुलसीपुर उपमहानगरपालिका –१२ हरिपौरामा मंगलबार बेलुका मोटरसाइकल दुर्घटना भएको हो।
अमेलियाबाट तुलसीपुरतर्फ जाँदै गरेको रा ८ प ३५०४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मोटरसाइकलको पछाडि सवार घोराही उपमहानगरपालिका–१५ भरतपुरकी ३१ वर्षीया सिता महरा घाइते भएकी हुन्। उनको टाउको र दुबै हात–खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ।
घाइते महारालाई तत्काल राप्ति प्रादेशिक अस्पताल तुलसीपुर ल्याइएर प्राथमिक उपचार गरिएको थियो। थप उपचारका लागि उनलाइ घोराही रिफर गरिएको छ।
मोटरसाइकल चालक घोराही–१३ का ३३ वर्षीय प्रताप पोख्रेललाई ईलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको छ।
दुर्घटनास्थलमा प्रहरी चौकी उरहरीबाट प्रहरी निरीक्षक कृष्ण भण्डारीको कमान्डमा खटिएको तीन जनाको टोली पुगेर अनुसन्धान अगाडि बढाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,३ असार । दाङको तुलसीपुरमा १५ दिने अचार बनाउने तालिम सुरु भएको छ। तुलसी सामाजिक विकास केन्द्रको आयोजनामा तथा सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुरको सहकार्यमा महिलाहरूलाई लक्षित गरी १५ दिने अचार बनाउने सीप विकास तालिम आजदेखि सुरु भएको हो।
तालिममा तुलसीपुर उपमहानगरपालिका अन्तर्गतका विभिन्न वडाबाट सहभागी ६० जना महिलाहरूको उपस्थिति रहेको छ। उद्घाटन कार्यक्रम तुलसी सामाजिक विकास केन्द्रका अध्यक्ष गणेश भण्डारीको अध्यक्षता र सामाजिक विकास डिभिजन कार्यालय दाङका प्रमुख गिरिराज पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष दुजमान भण्डारीले उद्यमशीलता र सीप विकास गरिबी निवारणको मुख्य आधार भएको बताए उनले भने- “समूहगत रूपमा अचार उत्पादन गर्न सकियो भने बजारको अभाव छैन। बाहिरबाट आउने अचारलाई रोकेर स्थानीय उत्पादनको खपत बढाउन सकियो भने यो ठूलो योगदान हुनेछ।”
उनले सहभागी महिलाहरूलाई एड्भान्स तालिम र आवश्यक आर्थिक सहयोग सुनिश्चित गरिने प्रतिबद्धता पनि जनाए।
मुख्य अतिथि गिरिराज पाण्डेले सीपयुक्त कार्यक्रममार्फत महिलालाई आत्मनिर्भर बनाउने लक्ष्य रहेको बताए। “प्रतिस्पर्धी बजारमा टिक्न गुणस्तरीय उत्पादन अनिवार्य हुन्छ। त्यसैले सिकाइसँगै व्यवहारिकता र निरन्तरता पनि जरुरी छ,” उनले सहभागीहरूलाई आग्रह गरे।
तालिममा अचार उत्पादनका विभिन्न प्रविधि, गुणस्तर, प्याकेजिङ र बजार व्यवस्थापनका विषयमा व्यवहारिक ज्ञान दिइने आयोजकले जानकारी दिएको छ। तालिम १५ दिनसम्म सञ्चालन हुनेछ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ, ३ असार। सरकारले मुटुरोगसम्बन्धी निःशुल्क सेवा सुरु गरेको छ। लुम्बिनी ,बागमती र कोशी प्रदेशका सरकारी तथा केही निजी अस्पतालमार्फत गम्भीर मुटुरोगसम्बन्धी निःशुल्क सेवा सुरु गरेको छ।
वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल महाराजगन्ज, पाटन अस्पताल, कान्ति बाल अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, मनमोहन कार्डियोथोरासिक केन्द्र, मानव अङ्ग प्रत्यारोपण केन्द्र, चितवन मेडिकल कलेज, बयोदा अस्पताल बल्खु, धुलिखेल अस्पताल काभ्रे र भरतपुर अस्पतालमार्फत बागमती प्रदेशमा सेवा दिइएको छ।
कोशी प्रदेशमा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराटनगरको नोबेल मेडिकल कलेज र न्युरो कार्डियो मल्टिस्पेसियालिटी अस्पतालबाट सेवा सञ्चालन गरिएको छ। लुम्बिनी प्रदेशमा बुटवलस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमार्फत सेवा प्रदान गरिँदैछ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार महाधमनी (एओर्टा) सम्बन्धी जटिल शल्यक्रिया, मुटुमा पेसमेकर राख्ने, स्टेन्ट राख्ने वा भल्भ पूर्णरूपमा क्षतिग्रस्त भएका अवस्थामा उपचार खर्चमा एक लाख रुपैयाँसम्मको सहुलियत दिइनेछ।
सेवा लिन चाहने बिरामीले स्थायी बसोबास रहेको वडाबाट विपन्नता प्रमाणित सिफारिस लिएर सम्बन्धित अस्पतालमा सम्पर्क गर्नु पर्नेछ। मन्त्रालयले प्राथमिकतामा रहेका बिरामीलाई सहज र प्रभावकारी सेवा उपलब्ध गराउने गरी अस्पतालहरूलाई आवश्यक निर्देशन दिइसकेको जनाएको छ।
सरकारले यस सेवालाई गुणस्तरीय र पारदर्शी बनाउँदै आगामी दिनमा अन्य प्रदेशमा पनि विस्तार गर्ने योजना बनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
बर्दिया ३ असार । प्रहरी सहायक निरीक्षकको परिचय दिँदै ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। बर्दिया जिल्लाको ठाकुर बाबा नगरपालिका वडा नं ९ बस्ने वर्ष १९ का अर्जुन रोकायालाई प्रहरीले पक्राउ गरेको हो ।
स्थानीय होटल तथा पसलहरूमा’ म प्रहरी सहायक निरीक्षक हुँ’ भन्दै उधारो खाँदै गरेको सूचनाको आधारमा प्रहरीले रोकायलाई नियन्त्रणमा लिएको छ ।
प्रहरी सहायक निरीक्षक भन्दै ठाकुरबाबा नगरपालिकामा उधारो खाँदै ठगी गर्दै हिँडेका रोकायलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा निज प्रहरी संगठनमा आवद्ध नरहेको पाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक चक्रबहादुर डमरपालले बताए ।
रोकायले झुठा तथा काल्पनिक पद सिर्जना गरी स्थानीयलाई दुःख दिएको आधारमा निजलाई पक्राउ गरी प्रहरी कार्यालयमा राखी अनुसन्धान भइरहेको डीएसपी डमरपालले जानकारी दिए । उनले स्थानीयलाई हैरानी दिँदै आएको प्रहरीले जनाएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
हेटौंडा,३ असार । हेटौडामा श्रीमती भेट्न होटलमा पुगेका एक युवकको मृत्यु भएको छ। हेटौंडा उपमहानगरपालिका–१० बसपार्कस्थित रोशन होटल एण्ड लजमा श्रीमती भेट्न पुगेका युवकको मृत्यु भएको हो।
हेटौंडा उपमहानगरपालिका–१२ पदमपोखरी स्थायी घर भएका करिब ३० वर्षीय अमित मोक्तानको २ असार सोमबार राति मृत्यु भएको प्रहरीले जनाएको छ।
उनकी श्रीमती ममता प्रजा सोही होटलमा काम गर्थिन् । अमित राति जल भएको घरको छतबाट खसेको प्रहरीले बताएको छ ।
मृतक मोक्तान उनलाई भेटन होटल पुगेको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
होटलको तेस्रो तलस्थित छतमा पुगेका मोक्तान रेलिङबाट अचानक खस्न गई भुईंमा लडेको प्रहरीलाई भनिएको छ ।
प्राथमिक उपचारपछि थप उपचारका लागि उनलाई राति नै चितवनस्थित भरतपुर अस्पतालमा रिफर गरिएको थियो ।
उनलाई मंगलबार बिहान भरतपुर अस्पतालका चिकित्सकले मृत घोषणा गरेको डीएसपी अर्यालले बताए ।
प्रारम्भिक अनुसन्धानबाट घटना शंकास्पद नदेखिएको डिएसपी अर्याल बताउँछन् ।
मृतक मोक्तानको शव भरतपुर अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस