अमेरिकाबाट डिपोर्ट गरिएका १६३ मध्य दाङका ५१ जना

   असार ०३, २०८२       admin

दाङ,३ असार। अमेरिकी सपनालाई पछ्याउँदै जीवन बदल्न घर–परिवारको ऋण रक्ष गरेर तल्लो बाटो हुँदै अमेरिका पुगेका दाङका युवाहरू अहिले ‘डिपोर्ट’को सूचीमा सबैभन्दा अगाडि छन्।

अमेरिकाबाट निष्कासित (डिपोर्ट) गरिएका १६३ नेपालीमध्ये दाङका ५१ जना परेका छन्। उनीहरूमध्ये अधिकांश युवा उमेरका छन्, जसले घर फर्कँदा हातमा सफलता होइन, पीडा र लज्जाको भारी बोकेका छन्।

वर्षौंसम्म बिचौलियालाई लाखौं बुझाएर अमेरिका पुगेका ती युवा त्यहाँको कठोर आप्रवासी नीतिमा परेर चुपचाप फर्काइएका हुन्। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएदेखि लागू गरिएको आप्रवासी नीतिका कारण दाङ, पश्चिम रुकुम (३० जना) र पूर्वी रुकुम (१३ जना) लगायतका जिल्लाका युवाहरू फर्कन बाध्य भएका हुन्।

अमेरिका पुगेकाहरू मध्ये अधिकांश संगठित मानव तस्कर गिरोहमार्फत तल्लो रुट (अवैध बाटो) हुँदै पुगेका थिए। यस्ता गिरोहले भारत, दुबई, मेक्सिको लगायत देश हुँदै अमेरिका पुर्‍याउने नाउँमा लाखौं असुल्ने गरेका छन्।

अहिलेसम्म डिपोर्ट भएकाहरूमा १४६ पुरुष र १७ महिला छन्। केहीलाई गम्भीर आपराधिक मुद्दामा परेकाले चार्टर्ड विमानबाट जबर्जस्ती फिर्ता गरिएको हो भने केहीले नियमित उडानमार्फत आफैं फर्कन स्वीकार गरेका थिए।

डिपोर्ट मात्र कानुनी प्रक्रिया होइन, यो थुप्रै नेपाली युवाका अधुरा सपना, टुटेका भरोसा र हेपिएका जीवनको दस्तावेज हो। विशेषगरी दाङजस्ता जिल्लाका युवाहरूको अवस्था देख्दा समस्या केवल आप्रवासी नीति होइन, देशभित्रको रोजगारीको अवसरको अभाव पनि हो।

सरकारले विदेश जान खोज्ने युवालाई वैधानिक, सुरक्षित र पारदर्शी प्रक्रियाबाट जान प्रेरित गर्नुका साथै बिचौलियाको नियन्त्रणमा कडाइ गर्न सक्नुपर्छ। नत्र, दाङका गल्लीहरूमा अझ धेरै अधुरा अमेरिका फर्किएका सपना भौतारिइरहनेछन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

नक्कली प्रमाणपत्र पेश गर्ने इन्जिनियरविरुद्ध मुद्दा दायर

   असार ०३, २०८२       admin

सप्तरी, ३ असार । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका तत्कालीन सब–इन्जिनियर दीपेन्द्रकुमार झा भनिने दीपेन्द्र कुमारविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी जागिर खाएको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा झाविरुद्ध मुद्दा दायर गरेको हो। आयोगका अनुसार झाले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्स्टिच्युट अफ इन्जिनियरिङ, वेस्टर्न रिजन कलेज, लामाचौर पोखराबाट डिप्लोमा इन सिभिल इन्जिनियरिङ उत्तीर्ण गरेको भनी नक्कली प्रमाणपत्र पेश गरेका थिए।

झाले सोही नक्कली प्रमाणपत्रको आधारमा गाउँपालिकामा करार सेवामा नियुक्ति पाएका थिए। अख्तियारमा परेको उजुरीका आधारमा अनुसन्धान गर्दा झाको शैक्षिक प्रमाणपत्र नक्कली भएको पुष्टि भएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए।

अख्तियारले झालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० अनुसार कसुर गरेको ठहर गर्दै कैद तथा जरिवानाको मागदाबी गर्दै मुद्दा दायर गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

मानव अधिकार र विधायन समितीको बैठक बस्दै

   असार ०३, २०८२       admin

काठमाडौं,३ असार । संघीय संसद अन्तर्गत विभिन्न दुईवटा समितिको बैठक बस्दैछन् । मङ्गलबार कानून न्याय तथा मानवअधिकार समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।

कानून, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान साढे ८ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा नेपाल कानून व्यवसायी परिषद ९दोस्रो संशोधन० विधेयक, २०८१ को सम्बन्धमा संशोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफल गर्ने कार्यसूची छ । यस्तै, मध्यवर्ती क्षेत्रको स्थलगत अवलोकन तथा अनुगमन सम्बन्धमा पनि छलफल हुनेछ ।

यसैगरी, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तुलसीपुरमा १५ दिने सीप विकास तालिम सम्पन्न

   असार ०२, २०८२       admin

दाङ,२ असार । दाङको तुलसीपुरमा १५ दिने सीप विकास तालिम सम्पन्न भएको छ । ‘सीप सिकौं, आत्मनिर्भर बनौं’ भन्ने नारासहित तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा आयोजित १५ दिने सीप विकास तालिम सम्पन्न भएको छ। तालिम जेठ १९ गतेदेखि असार २ गतेसम्म सञ्चालन भएको तालिममा थाकलको ब्याग, टोपी र चकटी बनाउन सिकाइएको थियो ।
सामुदायिक वनका महिला पदाधिकारीहरूलाई लक्षित गरी आयोजित तालिममा ४० भन्दा बढी महिलाहरुको सहभागिता रहेको थियो । तालिमको प्रशिक्षकमा कृष्णा चौधरी रहेकी थिइन् ।

तालिम समापनका अवसरमा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले सीपले जीवनमा रूपान्तरण ल्याउने उल्लेख गरे । उनले सहभागी महिलालाई सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रह गरे। ‘सीपले जीवन परिवर्तन गर्छ, त्यसैले सिकेको सीपलाई केवल प्रमाणपत्रमा सीमित नराखौं,उनले भने–‘ उत्पादन र बजारीकरणतर्फ उन्मुख बनौं।’

वडा नं ६ का वडाध्यक्ष तथा उपमहानगर सरसफाइ शाखा संयोजक दुज्मान भण्डारीले राज्यको लगानीबाट दीर्घकालीन लाभ लिन सकिने कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनले भने–‘राज्यको लगानी बालुवामा पानी हालेजस्तो हुनु हुँदैन। यसले प्रतिफल दिनुपर्छ।’

वडा नं। ३ का वडाध्यक्ष वीरबहादुर विकले सामुदायिक वनको स्रोत उपयोग गरी तालिमलाई अझ प्रभावकारी बनाउनुपर्ने बताए।

तुलसीपुर उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष देबबहादुर केसीले तालिमले बेरोजगार महिलालाई आत्मनिर्भर बनाउन सहयोग पुर्‍याउने बताए। उनले उत्पादित वस्तुको बजारीकरणका लागि संघले स्थानीय सरकारसँग सहकार्य गर्ने जानकारी दिँदै, उनले भने–‘अब कहाँ लैजाने भन्ने अन्योल नरहोस्, संघ सहयोग गर्न तयार छ,’।

रिपोर्टर्स क्लब दाङका अध्यक्ष शरद रेग्मीले तालिम लिएकाहरूका सामग्रीहरूको बजारीकरणका लागि संघ कार्यालयमै विशेष कक्षको व्यवस्था गरिएको जानकारी दिए। पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेतले तालिम कार्यान्वयनमा सुधार आवश्यक रहेको औंल्याउँदै व्यवहारिक र परिणाममुखी कार्यक्रमको आवश्यकता रहेको बताए।

सहभागी चन्द्रकला तिवारीले तालिम अवधि लम्ब्याइनुपर्ने सुझाव दिँदै, प्रमाणपत्र वितरणभन्दा दीर्घकालीन सिकाइमा जोड दिनुपर्ने धारणा राखिन्। कार्यक्रमको सहजीकरण अधिकृत रमा खड्काले गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सामाजिक सञ्जालमा ‘फोरलेन उद्घाटन’: भुइँमा खाल्डाखुल्डी, फेसबुकमा चकमक सडक

   असार ०२, २०८२       admin

दाङ,२ असार । दाङको घोराही–तुलसीपुर सडकखण्डमा यतिबेला डोजर होइन, डाटा दौडिरहेको छ। सडक अझै खाल्डाखुल्डीमै अड्किएको छ, तर सामाजिक सञ्जालमा भने चार लेनको ‘रिबन कटिङ’ भइसकेको छ। जनप्रतिनिधि देखि नेतासम्म मोबाइल समातेर फेसबुकमा ‘फोरलेन’ उद्घाटन गरिरहेका छन्।

तुलसीपुरको हात्तीखौवा चोकदेखि घोराहीको डिके पेट्रोलपम्पसम्म करिब २१ किलोमिटर सडक विस्तारको सरकारी योजना अन्तिम चरणमा पुगेको छ। सोमबार निर्माण कम्पनीहरूको आर्थिक प्रस्ताव खुलेको छ, अझै ठेक्का कसलाई पर्छ भन्ने टुंगो लागेको छैन। तर फेसबुक हेर्ने हो भने सडक बनेर भोलि बिहानै सवारी चल्न थालिसक्ने हो कि जस्तो लाग्छ।

नगरप्रमुख टिकाराम खड्काले सामाजिक सञ्जालमा फोरलेनको नक्सा सहित ‘दिवा–भगबति निर्माण सेवा कम्पनीले पायो दाङको घोराही–तुलसीपुर फोरलेन सडकको ठेक्का’ पोष्ट गरेका छन् ।

तर घोराही–तुलसीपुर चारलेन सडक निर्माणका लागि अहिले आर्थिक मूल्याङ्कनको काम भइरहेको मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयका प्रमुख दीप बराहीले जानकारी दिए । आयोजना प्रमुख बराहीले सामाजिक सञ्जालमा आएको ‘ठेक्का लगाइसकियो’ भन्ने प्रचार झुटो भएको बताउँदै भने, “सडकमा काम होइन, सूचना नै निर्माण भइरहेको छ अहिले।” उनले भने–‘ठेक्का पुरा हुन अझै सात दिन लाग्छ ,त्यसपछि २१ दिनपछि मात्रै ठेक्काको पूर्ण प्रक्रिया पूरा भएर सम्झौतामा जने हो । असार २२ भन्दा अघि ठेक्का सम्झौता हुने अबस्था छैन । ’


‘दाङमा बन्दै छ है घोराही– तुलसीपुर सडक’ भन्दै नेकपा एमाले नेतृ कोमल ओलीले पनि आफ्नो फेसबुक प्रोफाइलमा पोष्ट गरेकी छन्।

जनताको धारणा यति कटु भइसकेको छ कि अब कसैले सडक बनाए भन्ने सुन्दा भन्दा देख्दा विश्वास गर्न खोज्छ। किनभने, यसअघि पनि यही सडक निर्माणको जिम्मा पाएको भारतीय कम्पनी ‘तथ्य इञ्जिनियरिङ’ ले ६ वर्षमा १० प्रतिशत पनि काम गर्न सकेन। त्यसैले त २०८० मा सम्झौता नै रद्द गर्नुप¥यो।

अब नयाँ ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेको छ। चार निर्माण कम्पनीमध्येबाट एकलाई छनोट गरिनेछ। प्रस्ताव अनुसार ३ अर्ब ९९ करोड रुपैयाँको लागतमा चार लेन सडक ३६ महिनाभित्र सक्नुपर्नेछ। तर अहिले देखिएको गति भने फेसबुकको स्टोरी जत्रो तिव्र छैन।

यसपटकको योजना अनुसार दुबैतर्फ ७–७ मिटरको कालोपत्रे गरिनेछ। बिबिएम र अस्पाल्ट प्रविधिबाट १० सेन्टिमिटर मोटाइको सडक बन्नेछ तुलसीपुर–घोराही सडक चार लेनमा विस्तार गर्ने कार्यका लागि कुल पाँच जनाले बोलपत्र पेस गरेका थिए। ठेक्का हालेका पाँच जनामध्ये चार जना निर्माण व्यवसायी मात्रै प्राविधिक प्रस्तावमा सफल भएका थिए। ती चार जना बोलपत्र दाताहरूको आर्थिक प्रस्ताव सोमबार खोलिएको हो।

जसमा रौतहट÷खानी जेभी प्राइभेट लिमिटेड, त्रियुगा नगरपालिका उदयपुर, लामा कन्स्ट्रक्सन कम्पनी प्रालि, महाराजगञ्ज काठमाडौं, आहिस निर्माण सेवा प्रालि, भक्तपुर–१० चितवन र दिवा÷बन्दना भगवती जेभी बत्तिसपुतली काठमाडौं छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

पाठ्यक्रम अद्यावधिकका लागि सुझाव संकलन

   असार ०२, २०८२       admin


दाङ, २ असार । तुलसीपुर उपमहानगरपालिकाले स्थानीय पाठ्यक्रम अद्यावधिकको प्रक्रिया प्रारम्भ गरेको छ। पालिका भित्र रहेका विद्यालयहरूमा लागू गरिएको पाठ्यक्रममा देखिएका त्रुटिहरू सच्याउने, विषयवस्तुलाई व्यवस्थित तथा सरल बनाउने उद्देश्यले अद्यावधिक प्रक्रिया थालिएको हो।

यसै क्रममा सोमबार सञ्चारकर्मीहरूसँग बसेर सुझाव संकलन गरिएको छ। उपमहानगरपालिका अन्तर्गतको शिक्षा, युवा तथा खेलकुद शाखाले पाठ्यक्रम सुधारका लागि विभिन्न सरोकारवाला पक्षहरूसँग छलफल गर्दै सुझाव लिइरहेको छ।

वि।सं। २०७९ देखि पालिकाभित्रका सबै विद्यालयहरूमा कक्षा १ देखि ८ सम्मको स्थानीय पाठ्यक्रम लागू गरिएको थियो। तर कार्यान्वयनमा आएको पाठ्यक्रमले अझै पूर्णता नपाएको स्वीकार गर्दै शिक्षा शाखाका अधिकृत मान बहादुर खड्काले त्यसलाई प्रभावकारी बनाउने उद्देश्यले अद्यावधिक गर्न लागिएको जानकारी दिए।

शाखा प्रमुख चक्र बहादुर भण्डारीले हालको पाठ्यक्रममा रहेका त्रुटिहरू सच्याएर आगामी शैक्षिक सत्रदेखि सुधारिएको पाठ्यक्रम लागू गर्ने प्रतिबद्धता व्यक्त गरे। उनका अनुसार पाठ्यक्रममा अझै केही महत्वपूर्ण पक्षहरू समावेश हुन बाँकी रहेकाले सरोकारवालासँग परामर्श लिँदै अगाडि बढ्ने तयारी भइरहेको छ।

सञ्चारकर्मीहरूले पाठ्यक्रममा तुलसीपुरको ऐतिहासिक, सांस्कृतिक र सामाजिक पक्षलाई समेट्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले विद्यार्थीलाई आफ्नो समुदाय, परम्परा र संस्कृति बारेमा सुसूचित बनाउने सामग्री समावेश गर्नुपर्ने सुझाव दिए। साथै पाठ्यक्रममा भाषिक शुद्धता कायम गर्नुपर्नेमा पनि विशेष ध्यान दिन आग्रह गरे।

कार्यक्रममा शिक्षा विज्ञ महेन्द्र भण्डारीले स्थानीय पाठ्यक्रमको प्रारूप प्रस्तुत गरेका थिए भने सहजीकरण शिक्षा शाखाका अधिकृत मान बहादुर खड्काले गरेका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

घुसेरीमा आगलागी हुँदा करिब १० लाखको क्षति: पशुचौपाया सबै मरे

   असार ०२, २०८२       admin

दाङ, २ असार । दाङको घुसेरीमा आइतबारराती आगलागी भएको छ। तुलसीपुर उपमहानगरपालिका–७ स्थित घुसेरीमा भीषण आगलागी हुँदा गोठमा रहेका पशुजन्य सम्पत्ति जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

स्थानीय सागर पौडेलको गाईभैंसी बाँध्ने टिनले छाइएको दुईतले कच्ची गोठमा राति करिब साढे ११ अचानक आगलागी भएको थियो।

आगलागी हुँदा गोठमा रहेका २ वटा भैंसी, ३ वटा खसी, १ वटा बाख्रा र १० वटा कुखुरा जलेर मरेका छन्। साथै, एक भैंसी घाइते भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गोठ पूर्ण रूपमा जलेर नष्ट भएको छ। आगलागीबाट करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको छ।

घटना लगत्तै इलाका प्रहरी कार्यालय पर्सेनीबाट प्रहरी निरीक्षक देवीलाल अधिकारीको कमान्डमा खटिएको चार सदस्यीय प्रहरी टोली, दमकल तथा स्थानीयवासीको सहकार्यमा आगो नियन्त्रणमा ल्याइएको थियो।
आगो सोमबार बिहान साढे २ बजे नियन्त्रणमा आएको थियो

मानविय क्षति भने नभएको र आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तुलसीपुरमा ट्याक्टरको ठक्करबाट बालक घाइते

   असार ०२, २०८२       admin

दाङ,२ असार ।दाङ तुलसीपुरमा ट्याक्टरको ठक्करबाट एक बालक घाइते भएका छन ।आइतबार राती ९ बजे तुलसीपुर उपमहानगरपालिका–६, गाइडरस्थित हात्तिखौवा चोकमा ट्याक्टरले ठक्कर दिदा बालक घाइते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

प्रहरीका अनुसार राप्ति बबई क्याम्पसतर्फ जाँदै गरेको रा १ त ४०९६ नम्बरको ट्याक्टरले बाटोमा खेलिरहेका बालकलाई ठक्कर दिएको थियो।

ठक्करबाट सल्यान जिल्लाको छत्रेश्वरी गाउँपालिका–४ घर भई हाल तुलसीपुर–६, गाइडरमा फुपु सबिना केसी बस्नेतसँग कोठा भाडामा बस्दै आएका ७ वर्षीय एलमान केसी घाइते भएका हुन्।

टाउकोमा चोट लागेका बालक केसीलाई राप्ति प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचार गरिएपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ।

प्रहरीले ट्याक्टर चालक तुलसीपुर उपमहानगरपालिका–३, दमारगाउँ निवासी ४० वर्षीय वीरबहादुर डाँगीलाई उनको घरबाटै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

घोराहीमा माइल्सको सातौं शाखा बिस्तारः गुरुकुलमा सहयोग

   असार ०१, २०८२       admin

दाङ,१ असार । शैक्षिक परामर्श सेवामा सक्रिय माइल्स इन्टरनेसनल कन्सल्टेसीले आफ्नो सातौं शाखा दाङको घोराहीमा बिस्तार गर्दै औपचारिक उद्घाटन गरेको छ। विगत एक दशकदेखि युवा भविष्य निर्माणमा समर्पित यस संस्थाले घोराही शाखाको उद्घाटन गरी आफ्नो सेवा क्षेत्रलाई थप फराकिलो बनाएको हो ।

घोराही शाखाका अध्यक्ष किरण पुनको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नम्बर १५ का अध्यक्ष रमेश कुमार पाण्डेको प्रमुख आतिथ्यतामा शाखाको उद्घाटन गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष पाण्डेले अन्तर्राष्ट्रिय शिक्षा प्राप्तिका लागि मार्गदर्शन गर्ने यस्ता संस्थाको भूमिकालाई अत्यन्त महत्वपूर्ण बताए । उनले कन्सल्टेसीले युवालाई वैदेशिक शिक्षाको अवसरमा सहज पहुँच दिँदै दक्ष जनशक्ति निर्माणमा टेवा पुर्‍याइरहेको बताए । साथै उनले स्थानीय सरकार शिक्षाको क्षेत्रमा निजी संस्थाको योगदानलाई सदैव सकारात्मक दृष्टिले लिने उल्लेख गरे।

त्यसैगरी, पत्रकार महासंघका केन्द्रीय सदस्य प्रियासनले विदेश अध्ययनका लागि जाने विद्यार्थीहरूलाई सही जानकारी, योजना र मार्गनिर्देशन दिने कार्यमा माइल्स इन्टरनेसनलको योगदान प्रशंसायोग्य भएको धारणाराखे । विद्यार्थीले विदेश जानुअघि सुसूचित निर्णय गर्न पाउनु उनको अधिकार भएको र त्यसका लागि यस्ता परामर्श संस्थाहरूको भूमिका उदाहरणीय हुनुपर्नेमा उनले जोड दिए।

कन्सल्टेसीका सीईओ विवेक सिवाकोटीले संस्थाको १० वर्षे यात्राको विवरण दिँदै, हालसम्म युरोप, अमेरिका, यूके, क्यानडा, अस्ट्रेलिया, कोरिया, जापान लगायतका मुलुकमा ५०० भन्दा बढी विद्यार्थी पठाउन सफल भएको जानकारी दिए । उनले संस्थाको आगामी योजना र सेवा विस्तारसम्बन्धी प्रतिवद्धता पनि व्यक्त गरे।

उद्घाटन समारोहमा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुबेदी, त्रिभुवन नगर जेसीज दाङका अध्यक्ष अनन्त रावत लगायतका अतिथिहरूले शुभकामना मन्तव्य व्यक्त गर्दै कन्सल्टेसीको प्रयासको प्रसंशा गरे । कार्यक्रमको स्वागत मन्तव्य इनुप भण्डारीले गरेका थिए भने सञ्चालन सन्दिप भुसालले गरेका थिए ।

यसैविच, माइल्स इन्टरनेसनल कन्सल्टेसी घोराही शाखाले गुरुकुलमा सहयोग सामग्री हस्तान्तरण गरेको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत घोराहीको शुक्रबारमा रहेको गुरुकुल स्कुलमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री, खाद्यान्न र भान्सा प्रयोजनका सामग्रीहरू हस्तान्तरण गरेको थियो।

घोराही शाखाका प्रमुख दिर्शान सिंहले कन्सल्टेसी शैक्षिक सेवासँगै सामाजिक उत्तरदायित्वलाई पनि उत्तिकै महत्त्व दिने संस्थाको परिचय भएको स्पष्ट पारे। उक्त सहयोग कार्यक्रमको समन्वय युवा व्यवसायी मिनराज भाटले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

नेताहरुलाइ गाली गरेको भन्दै टिकटकर रमा बस्नेत पक्राउ

   असार ०१, २०८२       admin

काठमाडौँ, १ असार । सामाजिक सञ्जाल टिकटकमा राजनीतिक नेतृत्वप्रति आपत्तिजनक टिप्पणी गरेको र साम्प्रदायिक भावना भड्काएको आरोपमा प्रहरीले एक महिला प्रयोगकर्तालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा खोटाङ हलेसी तुवाचुङ नगरपालिका–६ घर भई हाल भक्तपुरमा बसोबास गर्दै आएकी ३१ वर्षीया रमा बस्नेत रहेकी छन्।

साइबर ब्युरोका एसपी दीपक राज अवस्थीका अनुसार बस्नेतलाई आइतबार पक्राउ गरिएको हो। उनीविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान थालिएको छ। अदालतबाट तीन दिनको म्याद लिएर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानमा बस्नेतले आधारहीन आरोप लगाउँदै प्रतिष्ठित राजनीतिज्ञहरूलाई गालीगलौज गर्ने तथा टिकटक लाइभमार्फत मधेसी समुदायप्रति अपमानजनक टिप्पणी गर्ने गरेको पाइएको छ।

ब्युरोका अनुसार उनले नियोजित रूपमा सामाजिक सञ्जालमा संवेदनशील विषयवस्तुहरू राखेर जातीय द्वन्द्व निम्त्याउने, व्यक्तिको चरित्र हत्या हुने खालका सामग्री पोस्ट गर्ने र संस्थागत छविमा आँच पुर्‍याउने काम गर्दै आएकी थिइन्। प्रविधिक विश्लेषणमार्फत यस्ता गतिविधिमा उनको संलग्नता पुष्टि भएपछि उनलाई भक्तपुरबाट पक्राउ गरिएको हो।

प्रहरीले सामाजिक सञ्जालमा द्वेष फैलाउने, जातीय र धार्मिक आधारमा विभेदयुक्त टिप्पणी गर्ने कार्यप्रति निगरानी कडा बनाइएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology