लुम्बिनीको बजेट ३८ अर्ब ९१ करोड: समावेशी विकास, कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता

   असार ०१, २०८२       admin

दाङ, ३२ जेठ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आइतबार लुम्बिनी प्रदेशसभाको छैठौं अधिवेशनको तेह्रौं बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले बजेट प्रस्तुत गरेका हुन्।

मन्त्री कार्कीका अनुसार कुल बजेटमध्ये १२ अर्ब १ करोड ४७ लाख ८६ हजार रुपैयाँ अर्थात् ३०.८८ प्रतिशत चालु खर्चका लागि र २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार रुपैयाँ अर्थात् ६०.३२ प्रतिशत पुँजीगत खर्चका लागि विनियोजन गरिएको छ। त्यसैगरी, वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ४२ करोड ३७ लाख ४९ हजार अर्थात् ८.८० प्रतिशत रकम छुट्याइएको छ।

‘समृद्ध लुम्बिनीः खुसी नागरिक’ भन्ने दीर्घकालीन दृष्टिकोणसहित ल्याइएको बजेटले उत्पादनमा आधारित आर्थिक वृद्धि, सामाजिक न्याय, समावेशी विकास, रोजगारी सिर्जना तथा गरिबी र आर्थिक असमानता घटाउने लक्ष्य लिएको छ।

बजेटमा कृषिको उत्पादन र उत्पादकत्व वृद्धिसँगै गुणस्तरीय शिक्षा, पहुँचयुक्त स्वास्थ्य सेवा, उद्यमशीलता विकास, दिगो पूर्वाधार निर्माण लगायतका क्षेत्रमा विशेष प्राथमिकता दिइएको छ।

सरकारले उच्च र दिगो आर्थिक वृद्धि हाँसिल गर्नका लागि नीतिगत सुधार र प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

भारतीय पुरुष र नेपाली महिला मृत फेला

   असार ०१, २०८२       admin

काठमाडौँ,१ असार । काठमाडौँमा भारतीय पुरुष र नेपाली महिला मृत फेला परेका छन् । बूढानीलकण्ठ नगरपालिका–४ पासिकोटस्थित एक निजी निवासमा एक भारतीय नागरिक र नेपाली महिला मृत फेला परेका छन्।

थ्री–स्टार किडजोन स्कुलको परिसरभित्र रहेको सुनिता सिंह ठकुरीको घरमा भारतको चन्डिगढ निवासी अन्दाजी ५४ वर्षीय परमनारायण गिल र हाल सोही घरमा काम गर्दै आएकी धादिङकी २८ वर्षीया अञ्जना तामाङ मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ।

गिलले भाडामा लिएको घरको पहिलो तलामा उनीहरू मृत भेटिएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रारम्भिक अनुसन्धान अनुसार अञ्जना कोठाको सोफामा मृत फेला परेकी थिइन् भने उनको टाउकोमा चोट लागेको देखिएको छ। गिल भने सोही कोठाको भुइँमा मृत अवस्थामा फेला परेका थिए, तर उनको शरीरमा चोटपटक नदेखिएको र घटनास्थलमा फलामको ह्यामर फेला परेको प्रहरीले जनाएको छ।

साथै, कोठाबाट ‘सेल्फोस’ नामक विषादी समेत फेला परेकोले घटनाको कारण र क्रम स्पष्ट हुन बाँकी रहेको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बजेट प्रस्तुत हुँदै गर्दा कर्णालीमा योजना बैंक विवादः प्रदेशसभा अनिश्चित

   असार ०१, २०८२       admin

सुर्खेत,१ असार । कर्णाली प्रदेशमा बजेट निर्माणको प्रक्रियालाई लिएर विवाद चुलिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले सरकारमाथि योजना बैंकमार्फत अपारदर्शी तरिकाले बजेट ल्याउन खोजेको आरोप लगाउँदै आज दिउँसो ३ बजे बस्ने भनिएको प्रदेश सभा बैठकमा सहभागी नहुने निर्णय गरेको छ । यससँगै बैठक अनिश्चित बनेको हो ।

माओवादी संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले ‘योजना बैंक’ को नाममा सरकार एकलौटी ढंगले बजेट निर्माण गर्दै आएको आरोप लगाए । उनले भने, ‘बजेटको आधार मानिएको आयोजना बैंक अहिलेसम्म सार्वजनिक गरिएको छैन । के–कस्ता योजना छन् भन्नेबारे कसैलाई जानकारी छैन ।’

उनका अनुसार जिल्लास्तरीय समितिले सिफारिस गरेका योजना र मन्त्रालयमा पुगेका प्रस्तावहरूलाई बेवास्ता गरिएको छ । उनले बजेट निर्माणलाई ‘अवैध र चोर बाटो’ को संज्ञा दिँदै सरकार आफ्ना निकटका योजनालाई मात्र समावेश गर्न खोजेको आरोप पनि लगाए ।

यसै विवादका कारण कार्य व्यवस्था परामर्श समितिको बैठकसमेत अवरुद्ध भएको छ । ‘यस्तो अपारदर्शी र विवादित पृष्ठभूमिमा तयार भएको बजेटमा हाम्रो स्वामित्व रहँदैन,’ जिसीले भने, ‘यसलाई सदनमा पेस गर्न दिइने छैन ।’

यता, अर्थमन्त्री राजीवविक्रम शाह भने बजेटको ब्रिफकेस बोकेर प्रदेश सभामा पुगिसकेका छन् । तर प्रमुख प्रतिपक्षी दलको असहमति र बहिष्कारपछि बैठक सुरु हुन सकेको छैन । प्रदेश सभा सचिवालयका सूचना अधिकारी राजेन्द्र पौड्यालले पनि केही कुरा नमिलेकाले बैठक स्थगित भएको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

राप्रपाले बैठक बहिष्कार गर्दै भन्यो‘दादागिरी बन्द गर्नुस्’

   असार ०१, २०८२       admin

काठमाडौँ,१ असार । विरोधको वातावरणमा प्रतिनिधिसभा बैठक सञ्चालन गरिएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आइतबारको प्रतिनिधिसभा बैठक बहिष्कार गरेको छ।

सभामुख देवराज घिमिरेले विपक्षी दलको विरोधकै बीच बैठक सञ्चालन गरेपछि असन्तुष्टि जनाउँदै राप्रपाले बैठक बहिष्कार गर्ने निर्णय लिएको हो। रास्वपाले वेल घेराउ गरे पनि राप्रपाका सांसदहरू उभिएर विरोध जनाएका थिए। तर, सभामुख घिमिरेले बैठक निरन्तर अघि बढाएका थिए।

राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले संसद् बैठक बहिष्कारको घोषणा गर्दै विरोधकै बीच बैठक सञ्चालन गर्नु संसदीय मर्यादाविपरीत भएको बताए।

उनले भने, “संसद्‍मा आन्दोलन भइरहँदा यसरी संसद् चलाउनु उचित हुँदैन भन्ने मलाई लाग्छ। जनताले जिताएका जनप्रतिनिधिहरूको आवाज दबाएर बैठक चलाउनु दादागिरी हो। दादागिरी बन्द गर्नुस्।”

शाहीले भिजिट भिसा प्रकरणमा दोषीमाथि कारबाहीको माग गर्दै सबै दललाई एकजुट हुन आग्रहसमेत गरे। राप्रपाले संसद्‌मा अवरोध भएका बेला कारबाहीको प्रक्रिया नबढाउनुपर्ने अडान लिएको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सुतिरहेका श्रीमानको हत्या

   असार ०१, २०८२       admin

अर्घाखाँची, १ असार । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका–३ शिख्र गाउँमा घरायसी विवादका कारण एक महिलाले आफ्ना श्रीमानको हत्या गरेकी छन्। शनिबार राति सुतिरहेका श्रीमानलाई टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो।

३८ वर्षीय रामु कुमाललाई उनकी २७ वर्षीया पत्नी मेखमाया कुमालले राति करिब साढे १२ बजे टाउको पछाडिबाट दाउ प्रहार गरी हत्या गरेकी हुन्। प्रहरी निरीक्षक झलकप्रसाद शर्माका अनुसार, घटना हुनु अघि बेलुका दम्पतीबीच सामान्य घरायसी विवाद भएको थियो।

हत्या गरेपछि घरमै बसिरहेकी मेखमायालाई आइतबार बिहानै घरबाटै प्रहरीले पक्राउ गरेको छ। हाल घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

लुम्बिनीमा बजेट अस्तब्यस्तः अन्तिममा योजना थप्ने कसरत, बजेटको आकार ४२ अर्ब पुग्ने अनुमान

   असार ०१, २०८२       admin

दाङ,१ असार । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२्०८३ का लागि ल्याउन लागेको छ । अन्तिम समयमा आएर लुम्बिनीमा बजेट अस्त्त ब्यस्त देखिएको छ ।

मुख्यमन्त्री र अर्थ मन्त्रीले अन्तिममा आर्थिक नीति बलियो बनाउन नसक्दा बजेट अस्तब्यस्त देखिएको हो । वार्षिक बजेटमा योजना थप्ने चलखेल अहिले पनि भएको छ ।

दिँउसो ३ वजे बस्ने प्रदेश सभा बैठकमा वार्षिक बजेट ल्याउने तयारी भएकोमा केही समय अघि आएर बजेट प्रस्तुत हुने समय सारेर ५ बजे पुराइएको छ । बजेट प्रस्तुत हुने अन्तीम समयमा मन्त्री तथा प्रदेश सभा सदस्यहरुले योजनाहरु थप्न दवाब दिएपछि समय सारिएको मुख्यमन्त्री कार्यालय श्रोतले जनाएको छ । ऋणात्मक बजेट नल्याउने र टुक्रे योजना समाबेस नगर्ने प्रतिवद्धताबाट मुख्यमन्त्री पछि हटेका छन् ।

मन्त्री तथा प्रदेशसभा सदस्यहरुको दवाब पछि सरकारले ल्याउन लागेको बजेटको आकार पनि बढ्ने भएको छ । चालु आर्थिक वर्षका लागि ३८ अर्व ९७ करोडको बजेट ल्याएको लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि ३२ अर्वको हाराहारीमा बजेट ल्याउने बताइएको थियो । तर अहिले ४२ अर्व ल्याउन लागिएको छ । श्रोत विना नै प्रदेश सरकारले बजेटको आकार चालु आर्थिक वर्षको भन्दा धेरै बजेट ल्याउन लागिएको छ । यसले प्रदेश सरकार अझै अफ्ठारोमा पर्ने जानकारहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

अश्लील भिडियो बनाएर धम्क्याउने दुई युवक पक्राउ

   असार ०१, २०८२       admin

काठमाडौ,१ असार । प्रहरीले अश्लील भिडियो बनाएर युवतीलाई धम्की दिएको आरोपमा दुई युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा संखुवासभा स्थित भोजपुरको षडानन्द नगरपालिका–१ निवासी २९ वर्षीय सुजन भुजेल र २२ वर्षीय विपल राई रहेका छन्। संखुवासभाकी एक युवतीको उजुरीको आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक अभिषेक कुमार श्रेष्ठले जानकारी दिए।

उनीहरूले युवतीको अश्लील भिडियो बनाएर आफन्तलाई पठाएका थिए र आफूहरूको भनाइ नमानेमा ती सामग्री सार्वजनिक गर्ने धम्की दिएको अनुसन्धानबाट खुलेको छ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा दोष लाग्ने प्रमाण भेटिएपछि उनीहरूलाई नियन्त्रणमा लिई अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

भूमे पर्वले प्रदेशको सांस्कृतिक पहिचान झल्काउँछ : मुख्यमन्त्री आचार्य

   असार ०१, २०८२       admin

दाङ, असार १ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मगर समुदायले प्रमुख रूपमा मनाउने मौलिक भूमे (भूम्या) पर्वको अवसरमा प्रदेशवासीलाई शुभकामना व्यक्त गरेका छन्।

मुख्यमन्त्री आचार्यले जारी गरेको शुभकामना सन्देशमा प्रदेशको विविध संस्कृति, परम्परा र पहिचानलाई समेट्दै यस्ता मौलिक चाडपर्वहरूले सामाजिक सद्भाव र सांस्कृतिक पहिचानको संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने उल्लेख गरिएको छ।

“हाम्रा मौलिक संस्कार, परम्परा, रीतिरिवाज र चाडपर्वहरू सामाजिक र सांस्कृतिक समृद्धिको बलियो आधार हुन्,” सन्देशमा उल्लेख छ, “भूमे पर्व आदिवासी जनजातिको सांस्कृतिक जीवनशैलीसँग गहिरो रूपमा जोडिएको पर्व हो, जसले भूमि, प्रकृति र पूर्वजहरूप्रति सम्मान प्रकट गर्छ।”

मुख्यमन्त्री आचार्यले यस्ता मौलिक चाडपर्वको संरक्षण गर्दै समावेशी विकासमा जोड दिन प्रदेश सरकार प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्। भूमे पूजाको सांस्कृतिक महत्वलाई सम्मान गर्दै सरकारले रोल्पा, दाङ, रुकुमपूर्व र प्यूठान जिल्लामा असार १ गते आइतबार सम्बन्धित समुदायका लागि सार्वजनिक बिदा दिएको जानकारी पनि सन्देशमार्फत दिइएको छ।

मुख्यमन्त्री आचार्यले भूमे पर्वले समुदायबीच एकता, सहकार्य र प्रकृति संरक्षणप्रतिको चेतना फैलाउने विश्वास व्यक्त गरेका छन्। साथै, पर्व प्रदेशको मौलिकता झल्काउने अमूल्य सांस्कृतिक धरोहरका रूपमा अझ मजबुत रूपमा स्थापित होस् भन्ने कामनासमेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

केदारनाथमा हेलिकप्टर दुर्घटना: सबैजनाको मृत्यु

   असार ०१, २०८२       admin

काठमाडौँ ,१ असार । भारतको उत्तराखण्ड राज्यस्थित केदारनाथ धाममा हेलिकप्टर दुर्घटना भएको छ। आज बिहान भएको हेलिकप्टर दुर्घटनामा चालकसहित ७ जनाको मृत्यु भएको छ। देहरादूनबाट केदारनाथतर्फ जाँदै गरेको आर्यन कम्पनीको हेलिकप्टर त्रिजुगीनारायण नजिकै दुर्घटनाग्रस्त भएको हो।

गौरीकुण्ड क्षेत्रको गौरीमाई खर्कमाथिको जङ्गलमा खसेको उक्त हेलिकप्टरमा रहेको सबै यात्रुको घटनास्थलमै मृत्यु भएको पुष्टि जिल्ला विपद् व्यवस्थापन अधिकारी नन्दन सिंह राजवारले गरेका छन्। दुर्घटनामा ज्यान गुमाउनेमध्ये एक बालिका समेत रहेको प्रारम्भिक जानकारी छ।

दुर्घटनाको बेला गौरीकुण्डमाथि घाँस काटिरहेका नेपाली मूलका महिलाहरूले हेलिकप्टर खसेको देखेर प्रारम्भिक जानकारी दिएका थिए। घटनास्थलमा हेलिकप्टर पूर्ण रूपमा जलेको अवस्थामा भेटिएको छ भने शवहरू नराम्ररी जलेका छन्।

दुर्घटनाको कारण खराब मौसम रहेको प्रारम्भिक अनुमान गरिएको छ। यसअघि पनि गत जुन ७ मा केदारनाथ क्षेत्रको बडासु हेलिप्याडबाट उडान भर्ने क्रममा एक हेलिकप्टरमा प्राविधिक गडबडी देखिएको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

लुम्बिनी प्रदेशको बजेट आज

   असार ०१, २०८२       admin

दाङ,१असार । लुम्बिनी प्रदेश सरकारले आज (आइबार) आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि बजेट प्रस्तुत गर्दै छ ।

दिउँसो ३ बजे बस्ने प्रदेश सभाको तेह्रौं बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले “राजश्व र व्ययको वार्षिक अनुमान” प्रदेश सभामा प्रस्तुत गर्ने कार्यसूची छ ।

प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार मन्त्री कार्कीले वार्षिक बजेट प्रस्तुत गर्नुका साथै “प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक” पनि सभामा पेश गर्नेछन्।

सरकारले यस वर्षको बजेटमा प्रदेशको समृद्धि र विकाससँग जोडिएका मुख्य क्षेत्रहरूलाई प्राथमिकतामा राखेको छ।

कृषि, उद्योग, पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट केन्द्रित गर्ने सरकारको तयारी छ।

मुख्यमन्त्री चेतनारायण आचार्यले नीति तथा कार्यक्रमको जगमा उभिएर बजेट ल्याइने उल्लेख गर्दै यस बजेटले समग्र लुम्बिनी प्रदेशको समृद्धि र विकासमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

प्रदेश सरकारको नीति तथा कार्यक्रमको निरन्तरतामा आधारित यो बजेटले प्रदेशवासीको जीवनस्तर उकास्ने विश्वास सरकार लिएको छ।

लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक बर्षमा ३८ अर्ब ९७ करोडको बजेट ल्याएको थियो। यो आकारको तुलनामा आगामी बर्षको बजेट घटाएर ल्याउने तयारी सरकारले गरेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology