गर्मीका कारण विद्यालयहरु एकसाता अँझै बन्द

   जेठ ३२, २०८२       admin

विरगञ्ज,३१ जेठ । गर्मीले जनजीवन प्रभावित बनेपछि विरगञ्जका विद्यालयहरुमा विदा थप गरिएको छ । केही दिनयता अत्यधिक गर्मी बढेर जनजीवन नै प्रभावित भएपछि विरगञ्ज महानगरपालिकाका विद्यालयहरूमा एक साता विदा थप गरिएको हो ।

महाननगरपालिकाले सामुदायिक तथा सार्वजनिक विद्यालयहरूमा असार १ देखि ६ गतेसम्मका लागि गर्मी बिदा थप गरेको हो। यसअघि महानगरपालिकाले विद्यालयहरूमा जेठ २९ र ३० गते दुई दिन मात्रै गर्मी बिदा दिएको थियो।

तर गर्मी कम हुनुको सट्टा झन् बढ्दै गएपछि महानगरपालिकाले शनिबार सूचना जारी गर्दै विद्यालयहरूमा असार १ देखि ६ गतेसम्मका लागि गर्मी बिदा थप गरेको हो। शनिबार वीरगन्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेले जारी गरेको सूचनामा ‘केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारणबाट विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्नसक्ने अवस्था देखिएकाले असार १ गतेदेखि असार ६ गतेसम्म ६ दिन वर्षे बिदा मिलान हुने गरी सामुदायिक तथा संस्थागत विद्यालयहरूमा पठनपाठन स्थगित गरिएको छ।’उल्लेख छ ।

पर्सा, बारा लगायत मध्यतराईका जिल्लाहरूमा अहिले गर्मी अत्यधिक बढिरहेको छ। यस क्षेत्रमा केही दिनयता तापक्रम बढेर अधिकतम ४१ डिग्री सेल्सियससम्म पुग्ने गरेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

भ्रुण हत्याको आरोपमा एक महिला पक्राउ

   जेठ ३२, २०८२       admin

हेटौडा,३१ जेठ । प्रहरीले एक महिलालाइ भ्रुण हत्या गरेको आरोपमा पक्राउ गरेको छ। प्रहरीले हेटौँडा उपमहानगरपालिका–१५ शिखरपानीकी २९ वर्षीया वसन्ती तामाङलाई ६ महिनाको भ्रुण हत्या गरेको आरोपमा पक्राउ गरेको हो ।

भ्रुण हत्या गरी कपडाले बेरी घर बाहिर रहेको प्लास्टिकको बाल्टीभित्र फालिएको कुरा स्थानीयबाट प्रहरीले जानकारी पाएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

महिलालाई रक्तस्राव भइरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो। पक्राउ परेकी महिलालाई प्रहरीले हेटौँडा अस्पतालमा उपचार गराइरहेको छ । ‘उनलाई प्रहरीको निगरानीमा राखेर उपचार गराइरहेका छौँ, प्रहरी उपरीक्षक विश्वराज खडकाले भने।

वसन्तीका पति करिब २ वर्ष अघि रोजगारीका लागि विदेश गएका थिए। उनी घर फर्केका छैनन्

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

पत्रकारको सुरक्षा उसको सीप र दक्षता मात्र हो : पोख्रेल

   जेठ ३१, २०८२       admin

बुटवल,३० जेठ । नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोख्रेलले पत्रकारहरुको सुरक्षा स्वयं आफ्नो सीप र दक्षता मात्र रहेको बताएका छन् ।

‘हाम्रो लामो अनुभवले भन्छ कि सरकार, प्रशासन, कानुन कुनै पनि कुराहरु पत्रकारको सुरक्षाका लागि सहयोगी भएनन्’ पोख्रेलले भने, ‘हामी आफै आफ्नो मर्यादामा रहने, सीप प्रदर्शन गर्ने र अरुले प्रश्न उठाउने ठाउँ नदिने कुरामात्र हाम्रो सुरक्षाको हतियार हो ।’

हाल पत्रकारिता क्षेत्रमाथी विभिन्न निकाय, शक्ति केन्द्र, नेतृत्वले प्रहार गरिरहेको सन्दर्भलाई लक्ष्यित गर्दै पोख्रेलले चिन्ता व्यक्त गरे । ‘को रहेछ त हाम्रा लागि ?’ यो प्रश्न गर्दै उनले भने, ‘हामीबीचको एकता, हाम्रो मर्यादाप्रतिको सजगता तथा सामाजिक उत्तरदायित्वप्रतिको संकल्प नै हामीलाई अगाडी बढाउन प्रेरित गर्ने कुराहरु रहेछन् ।’


नेपाल प्रेस युनियन रुपन्देहीले आयोजना गरेको विकास पत्रकारिता तालिमको समापन समारोहलाई सम्बोधन गर्दै पोख्रेलले जस्तोसुकै परिस्थितिमा पनि आफ्नो दायित्वबाट च्यूत नहुन पत्रकारहरुलाई अपिल समेत गरे ।

‘हामीमाथी प्रहारका श्रीङ्खला निरन्तर छन्, तर पनि हामी दायित्वबाट भाग्न हुँदैन’ पोख्रेलले भने, ‘निर्भक पत्रकारिता मार्फत सत्यको अन्वेशण गर्ने दक्षताले नै समाज रुपान्तरणमा योगदान पुग्छ ।’ समाजलाई पारदर्शी र जवाफदेही बनाउँने अभियानले नै प्रेसप्रति आक्रमण गर्नेहरुलाई निरुत्साहीत गर्ने उनको तर्क थियो ।
समाजमा गलत तथ्यांक प्रस्तुत गर्दै गलत भाष्य निर्माण गर्ने प्रवृत्ति बढिरहेको प्रति पत्रकारिता क्षेत्र गंभिर हुनुपर्नेमा पोख्रेलको जोड थियो । ‘केही पनि भएको छैन’ भन्ने भाष्यलाई तथ्य तथ्यांकको अनुसन्धान गरी यथार्थको चित्रणमार्फत निरुत्साहित गर्न सकिने उनको तर्क थियो ।

‘केही पनि भएको छैन भन्ने भाष्यको आधारमा संभावना र उपलब्धिमाथी नजरअन्दाज गर्ने काम भैरहेको छ’ उनले भने, ‘यस्ता भाष्यलाई गलत सावित गर्दै नयाँ आशा र उत्साहको वातावरण सिर्जना गर्ने सामथ्र्य पत्रकारिताले मात्र राख्न सक्छ ।’ यसका लागि विकास पत्रकारिता अपरिहार्य रहेको उनको भनाई छ ।


युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपालको अध्यक्षतामा भएको सो तालिममा ४० भन्दा बढी पत्रकारको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन सचिव कपिल ज्ञवालीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तुल्सीपुर उपमहानगरपालिकामा सञ्चार  कार्यविधि माथि छलफल

   जेठ ३१, २०८२       admin

दाङ ।
तुलसीपुर उपमहानगरपालिकाले तयार पारेको संचार कार्यविधिको मस्यौदामाथि संचारकर्मी, संचार विज्ञ तथा सरोकारवालाहरूबाट सुझाव संकलन गरेको छ। शुक्रबार  एक कार्यक्रमकाबीच पत्रकार, विज्ञ र प्रशासनिक पदाधिकारीहरूले कार्यविधिका विविध पक्षबारे आ-आफ्नो विचार प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष बिपुल पोख्रेल, महासंघ दाङका अध्यक्ष सन्तोष सुबेदी, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव पार्धेलगायत वक्ताहरूले मस्यौदामा समेटिनुपर्ने विषय, संचार स्वतन्त्रताको सम्मान र पारदर्शिता कायम गर्नुपर्ने आवश्यकता औँल्याएका थिए।

उपमहानगरपालिकाले संचार कार्यविधिको मस्यौदा तयार गर्न गठन गरेको समितिमा समावेश संचार विज्ञ सदस्यहरूको भूमिका प्रारम्भिक चरणमै पूर्ण हुने अपेक्षा गरिएको छ। विज्ञहरूको सुझाव र सरोकारवालाको सहभागिताका आधारमा कार्यविधिलाई अझ प्रभावकारी र व्यवहारिक बनाउने उपमहानगरको भनाइ छ।
कार्यविधिको अन्तिम रूप सार्वजनिक पूर्व सुझाव संकलन, छलफल र आवश्यक संशोधन प्रक्रिया अगाडि बढाइने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

एयर इन्डियाको विमान थाइल्यान्डमा आपतकालीन अवतरण

   जेठ ३१, २०८२       admin

काठमाडौं,३० जेठ । एयर इन्डियाको एउटा विमान थाइल्यान्डमा आपतकालीन अवतरण गरेको छ।

थाइल्यान्डको फुकेटबाट दिल्लीका लागि शुक्रबार बिहान उडेको विमान आपतकालीन अवतरण गरेको हो । विमानमा बम रहेको जानकारी आएपछि उतै आपत्‌कालीन अवतरण गर्नुपरेको हो।

भारतीय सञ्चारमाध्यमका अनुसार १५६ जना सवार उडान नम्बर एआई-३७९ विमान शुक्रबार बिहान आपत्‌कालीन अवतरण गरिएको हो।

बमको धम्की कसले किन दियो भन्ने विषयमा अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन। अवतरणलगत्तै सबै यात्रुलाई ओरालिएको थियो।

बिहीबार मात्र एयर इन्डियाकै विमान भारतकै अहमदाबादमा दुर्घटना हुँदा २४१ जनाको मृत्यु भएको थियो

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

वैदेशिक रोजगार सम्बन्धि समस्या समाधान समिती गठन

   जेठ ३१, २०८२       admin

काठमाडौं,३० जेठ । सरकारले वैदेशिक रोजगार सम्बन्धि समाधान समिती गठन गरेको छ। वैदेशिक रोजगार सम्बन्धी समस्या समाधानको उपाय खोज्न उक्त समिति गठन गरेको हो ।

समितिमा गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारी रहेका छन् । तीन वटै मन्त्रालयका सचिव समेत समितिमा रहेर काम गरिरहेका छन् ।

मन्त्री राणाका अनुसार समितिको बैठक दुई तीन पटक बसिसकेको छ । शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्ने क्रममा परराष्ट्रमन्त्री राणाले यस्तो जानकारी दिएकी हुन् ।
‘वैदेशिक रोजगार सम्बन्धी समस्या समाधानको उपाय प्रस्तुत गर्न समिति गठन भएको छ ।

गृहमन्त्री, श्रममन्त्री र परराष्ट्रमन्त्रीका साथै तीन वटै मन्त्रालयका सचिव बसेर गहनतम रुपमा छलफल गरेर के–के समस्या रहेछ भनेर हेर्ने काम यस समितिले गर्ने उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तुलसीपुर बसपार्कमा कुटपिटः एकजना गम्भीर घाइते

   जेठ ३०, २०८२       admin

दाङ,२९ जेठ । दाङको तुलसीपुर स्थित बसपार्कमा कुटपिट भएको छ । कुटपिटबाट एकजना गम्भीर घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका–५ स्थित बसपार्क ओरालोमा अपरिचित व्यक्तिहरूद्वारा भएको कुटपिटमा एक किशोर गम्भीर घाइते भएका हुन् ।

बिहीबार दिउँसो करिब साढे २ बजेतिर सल्यान कपुरकोट गाउँपालिका–३ घर भई हाल तुलसीपुरमा बसोबास गरिरहेका १८ वर्षीय प्रेम बुढाथोकी र उनका साथी किरण घर्ती पैदल हिँडिरहेका बेला दुई अपरिचित व्यक्तिहरूले बाटो छेकेर पैसा मागेका थिए। पैसा दिन अस्वीकार गरेपछि ती व्यक्तिहरूमध्ये एकले बुढाथोकीको निधारमा आक्रमण गरी फरार भएका थिए।

गम्भीर चोट लागेका बुढाथोकीलाई तत्कालै साथी किरण घर्तीले तुलसीपुरको सीटी हस्पिटल पु¥याएका थिए। प्रारम्भिक उपचारपछि बोल्न नसक्ने अवस्थामा देखिएपछि उनलाई थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको अस्पताल स्रोतले जनाएको छ।

घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर राना मगरको नेतृत्वमा सात जनाको टोली परिचालन गरिएको थियो। अनुसन्धानको क्रममा तुलसीपुर–७ गैरापातुका १८ वर्षीय शौरव नेपालीलाई नियन्त्रणमा लिइएको र अर्का एक फरार रहेको प्रहरीले जनाएको छ।

प्रहरीले शंकास्पद व्यक्तिबाट प्रारम्भिक सोधपुछ गरिरहेको र फरार व्यक्तिको खोजी तीव्र पारिएको जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

Breaking: अफताबलाई सफाई दिएका न्यायधिसलाई इजलासमै कालोमोसो

   जेठ ३०, २०८२       admin

काठमाडौँ,२९ जेठ । उच्च अदालत वीरगञ्जका न्यायाधीश खुसीप्रसाद थारुलाई नेकपा बहुमतका कार्यकर्ताले इजलासमै कालोमोसो दलेका छन् ।

बिहीबार इजलासमा धमेन्द्र बाँस्तोला नेतृत्वको नेकपा बहुमतका कार्यकर्ताले न्यायाधीश थारुलाई कालोमोसो दलेका हुन् ।

इटाभट्टामा जिउँदै मान्छे जलाएर मारेको कसुरमा कांग्रेस नेता अफताब आलमलाई दोषी ठहर गर्ने जिल्ला अदालत रौतहटको फैसलालाई उल्टाउँदै न्यायाधीश थारू र अर्जुन महर्जनको इजलासले सफाइ दिएको थियो ।

अपराधीलाई उन्मुक्ति दिइएको भन्दै बहुमतले जनकारबाही स्वरूप न्यायाधीश थारूलाई कालोमोसो दलेका हुन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

चट्याङ लागेर एकजनाको मृत्यु

   जेठ ३०, २०८२       admin

कैलाली,२९ जेठ । चट्याङ लागेर कैलालीमा एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बिहिबार खेतमा हिडिरेको अवस्थामा चट्याङ लागेर एक पुरुषको मृत्यु भएको हो । कैलालीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गौरीगङ्गा नगरपालिका–२, झिलका २६ वर्षीय उपेन्द्रबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिए ।

घर नजिकैको खेतमा हिँडिरहेका शाहीलाई चट्याङ लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

एयर इन्डियाको विमान दुर्घटना

   जेठ ३०, २०८२       admin

काठमाडौँ,२९ जेठ । एयर इन्डियाको एक यात्रुवाहक विमान दुर्घटना भएको छ । भारतको गुजरातस्थित अहमदाबादमा दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

विमान अहमदाबादबाट लन्डनका लागि उडेको केही समयमै दुर्घटना भएको हो। विमानमा २४२ सवार रहेको बताइएको छ। दुर्घटनास्थलमा दमकलका गाडीहरू पुगिसकेका छन्। अहमदाबादको दमकल विभागले घटनाको पुष्टि गरेको छ।

अहमदाबाद विमानस्थलको टर्मिनल–१ का प्रबन्धकले विमानस्थल क्षेत्रबाहिर धुवाँ देखिएपछि जाँचका लागि सम्पूर्ण टोली घटनास्थलतर्फ गएको जानकारी दिए।

सार्वजनिक केही तस्बिरमा विमानमा लागेको आगो र धुवाँको मुस्लो देखिएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology