एक साताभित्र देशभर मनसुन सक्रिय हुने

   जेठ ३०, २०८२       admin

काठमाडौं,२९ जेठ । एकसाताभित्रमा देशभर मनसुन सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । औसम मितिभन्दा १५ दिन अघि देखि नै नेपालको पूर्वी भूभागमा मनसुन प्रवेश गरेको र एक साताभित्र देशभर मनसुन सक्रिय हुने विभागले जनाएको हो ।

विभागकी वरिष्ठ मौसमविद् शान्ति कँडेलले बिहीबारबाट देशव्यापी रूपमा वर्षाका गतिविधि वृद्धि हुँदै गएको जानकारी दिइन् । केही दिन सबै प्रदेशमा हल्कादेखि भारी वर्षाको सम्भावना देखिएको उनले बताइन् ।

उनले हालसम्म मनसुनी वायु पूर्वी क्षेत्रमा मात्रै रहेको र एक साताभित्र देशभर फैलने जानकारी दिइन् ।

कँडेलले यस वर्ष देशभर वर्षाका साथै अधिकतम तथा न्यूनतम तापक्रम समेत औसत भन्दा बढी मापन हुने सम्भावना देखिएको उल्लेख गरिन् ।

उनले जल तथा मौसम प्रकोपबाट हुने क्षति न्यूनीकरणका लागि सर्वसाधारणहरूले समेत मौसमको जानकारी लिनुपर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बालेनबिरुद्ध अर्को उजुरी

   जेठ ३०, २०८२       admin

काठमाडौँ,२९ जेठ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन)साहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अर्को उजुरी परेको छ ।

बालेनले मात्र प्रयोग गर्नेगरी बनाइएको लिफ्ट निर्माणमा अनियमितता भएको जिकिरसहित सिन्धुलीका युवराज सफलले आज उजुरी दर्ता गराएका हुन् । ठेक्का बोलपत्र आह्वान नै नगरी करोडौं रकमको लिफ्ट जडान गरिएको उजरीकर्ताको दाबी छ ।

सरकारी तथा सार्वजनिक निकायले कुनै पनि खरिद वा निर्माण गर्दा बोलपत्र आह्वान गर्नुपर्ने अनिवार्य कानूनी व्यवस्था भएपनि बालेनले बिना प्रतिस्पर्धा, टेण्डर र कोटेसन नगरी करिब एक करोड रुपैयाँ बराबरको लिफ्ट व्यक्तिगत प्रयोगका लागि जोडेको उजुरीमा उल्लेख छ ।

‘काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले केही महिनाअघि महानगरमा बिना प्रतिस्पर्धा, बिना टेण्डर र बिना कोटेसन करिब एक करोड रुपैयाँ मूल्य बराबरको लिफ्ट जडान गरेको छन्’ , दर्ता नम्बर सि(०७५०४३ रहेको उजुरी पत्रमा लेखिएको छ, ‘विशेषतः सो लिफ्ट मेयर शाहकै लागि जडान गरिएको पनि महानगर स्रोतले जनाएको छ ।’

नयाँ लिफ्ट जडानप्रति आफ्नो विरोध नभएपनि लिफ्ट जडान गर्दा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ९११० बोलपत्रसम्बन्धी व्यवस्था र सार्वजनिक खरिद नियमावली, २०६४ विपरीत बिना प्रतिस्पर्धा, बिना टेण्डर र बिना कोटेसेन अपारदर्शी, अनियमित तरिका जोडिएकोमा आपत्ति भएको उनले बताएका छन् ।

सफलले लिफ्ट जडानसम्बन्धी टेण्डर, बोलपत्रलगायत आवश्यक कागजात, निर्माण कम्पनीको विवरण, सो निर्माण स्वीकृत गर्दाका सम्पूर्ण फाइल, भुक्तानी विवरण, बिल भौचरलगायत कागजात झिकाई सत्यतथ्य छानबिन गर्न अख्तियारसँग माग गरेका छन् ।

‘तत्काल काठमाडौं महानगरपालिकाले जोडेको नयाँ लिफ्ट जडानसम्बन्धी टेण्डर, बोलपत्रलगायत आवश्यक कागजात, निर्माण कम्पनीको विवरण, सो निर्माण स्वीकृत गर्दाका सम्पूर्ण फाइल, भुक्तानी विवरण, बिल भौचरलगायत कागजातसमेत झिकाई नयाँ लिफ्ट निर्माणमा भएका अनियमितता एवम् भ्रष्टाचारको सम्बन्धमा सत्यतथ्य छानबिन गरी आवश्यक कारबाही गर्नुहुन प्रस्तुत उजुरी पेश गरेको छु’, उजुरीमा उल्लेख छ ।

बालेनविरुद्ध यसअघि पनि अख्तियारमा धेरैवटा उजुरी परिसकेको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सुतिरहेका बेला हत्या, भिनाजु पक्राउ

   जेठ ३०, २०८२       admin

काठमाडौँ,२९ जेठ । रामेछापमा एक जना पुरूषको हत्या भएको छ। जिल्लाको रामेछाप नगरपालिका–४ हिमगंगा बोलङ बस्ने २९ वर्षका लबकुमार थापामगरको हत्या भएको । मंलगबार राती उनको हत्या भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भोला भट्टले जानकारी दिए।

लबकुमारको हत्या आरोपमा भिनाजु नाता पर्ने ५० वर्षीय विनोदकुमार यसमाली पक्राउ परेका छन्।

लबकुमार आफ्नो कोठामा सुतिरहेको बेलामा कसैले धारिलो हतियार प्रहार गरी भागेको भन्ने सूचना प्रहरीले पाएको थियो। त्यसपछि खटिएको प्रहरीले अनुसन्धान गरी भिनाजु नाता पर्ने विनोदकुमार घटनास्थलमा नरहेको थाहा पाएको थियो।

प्रहरीले उनलाई मध्यराति रामेछाप-५ रामपुर कोलन्जोरबाट पक्राउ गरेको थियो। उनको केही आपराधिक पृष्ठभूमि पनि देखिएको छ। हामीले पृष्ठभूमि हेर्ने काम गरिरहेका छौं,’ डिएसपी भट्टले भने। घटनाबारे अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत रामेछापबाट १० दिन हिरासतमा राख्न म्याद थप गरेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

अन्तरजेसीज वक्तृत्वकला प्रतियोगिता सम्पन्न

   जेठ ३०, २०८२       admin

दाङ,२९ जेठ । तुलसीपुर नगर जेसीजले अन्तरजेसीज वक्तृत्वकला कार्यक्रम सम्पन्न गरेको छ । जेसीज सप्ताह २०२५ अन्तर्गत पाँचौँ दिनमा अन्तरजेसिज वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको हो । तुलसीपुर नगर जेसीजका अध्यक्ष सन्दीप भूसालको अध्यक्षता तथा राप्ती प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र लामिछानेको प्रमुख आतिथ्यतामा उक्त प्रतियोगिता सञ्चालन भएको थियो ।

नेपाल जेसीज २०२५ को राष्ट्रिय नारा “Rise Together for Better Tomorrow” शीर्षकमा आयोजित प्रतियोगितामा विभिन्न शाखाबाट प्रतिनिधिहरूले सहभागिता जनाएका थिए।

प्रतियोगितामा त्रिभुवननगर जेसीजका उपाध्यक्ष खेमराज भण्डारी प्रथम स्थान हासिल गर्न सफल भएका छन्। त्यसैगरी, कोहलपुर जुनियर जेसीजका अध्यक्ष प्रख्याल लम्सालले द्वितीय स्थान प्राप्त गरे भने आयोजक संस्था तुलसीपुर नगर जेसीजका शाखा सम्पादक पारस न्यौपाने तृतीय भएका छन्।

वक्तृत्वकला प्रतियोगिताको मूल्यांकन निर्णायक मण्डलका सदस्यहरू बासुदेव रिजाल, गोकर्ण पौडेल र खगेन्द्र काफ्लेले गरेका थिए। कार्यक्रमको स्वागत भूवन वलीले गरेका थिए भने जेसीज आस्थापाठ सन्तोष खड्काले गरेका थिए । कार्यक्रमको सहजीकरण महासचिव बुद्धिराज साप्कोटाले गरेका थिए।

तुलसीपुर नगर जेसीजले यस्ता कार्यक्रमहरू युवाको नेतृत्व विकास, आत्मविश्वास वृद्धि र सार्वजनिक अभिव्यक्तिमा सुधार ल्याउने उद्देश्यले आयोजना गर्दै आएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दाङका सुनचाँदी व्यवसायी आन्दोलित: बिहीवार सबै पसल बन्द हुने

   जेठ २, २०८२       admin

दाङ,२८ जेठ । दाङका सुनचाँदी व्यवसायीहरू आन्दोलित भएका छन्। संघीय सरकारले सुनका गरगहनामा विलासिता कर र बहुमूल्य बस्तुहरूमा भ्याट लगाउने नयाँ नीति ल्याउन लागेको विरोधमा व्यवसायीहरु आन्दोलित भएका हुन् ।

आगामी आर्थिक वर्षदेखि लागू हुने भनिएको २ प्रतिशत विलासिता कर र १३ प्रतिशत भ्याटको प्रस्ताव विरुद्ध व्यवसायीहरुले हस्ताक्षर संकलन तथा विरोधका कार्यक्रम सञ्चालन गरेका छन्।

बुधवार तुलसीपुर, घोराही र लमहीमा सुनचाँदी व्यवसायी संघको अगुवाइमा हस्ताक्षर संकलन कार्यक्रम सम्पन्न भएको हो। तुलसीपुरमा आयोजित कार्यक्रममा संघका उपाध्यक्ष मनोज शाहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको महासचिव तुलसीराम सुनारले जानकारी दिए।

कार्यक्रममा संघका सल्लाहकार मिनराज वली र निवर्तमान उपाध्यक्ष ईन्द्रविर डाँगीले सरकारले ल्याउन लागेको नीति व्यवसायी र ग्राहक दुवैको हित विपरीत रहेको भन्दै तत्काल खारेज गर्न माग गरेका छन्।

व्यवसायीहरुको भनाइमा हालको आर्थिक अवस्था, बजारमा देखिएको मूल्य अस्थिरता र घट्दो ग्राहक क्रय क्षमतिका बीच सरकारले यस्तो कर लगाउनु अनुचित छ। उनीहरुले सुनचाँदीलाई केवल व्यापारिक वस्तु नभई नेपाली समाजको संस्कृति, परम्परा र संस्कारसँग जोडिएको बस्तु भएकाले यसको कारोबारमा अतिरिक्त करको भार थोपर्न नहुने बताएका छन्।

यस्तै घोराहीमा पनि घोराही सुनचाँदी व्यवसायी संघको आयोजनामा विरोध कार्यक्रम सञ्चालन गरिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल हस्तकला महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको संयुक्त निर्देशनअनुसार जिल्ला स्तरमा विरोधका कार्यक्रमहरू सञ्चालन गरिएको महासचिव सुनारले जानकारी दिए।

विरोधका कार्यक्रमको निरन्तरतास्वरूप बिहीवार दाङका सम्पूर्ण सुनचाँदी पसलहरू बन्द गरिने भएका छन्। साथै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने र त्यसपछि घोराहीमा पत्रकार सम्मेलन आयोजना गर्ने कार्यक्रम तय भएको व्यवसायी संघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दुई समूहबीच झडप हुँदा ९ जना घाइते

   जेठ २, २०८२       admin

दाङ,२८ जेठ । दुई समुहबिच झडप हुँदा कपिलवस्तुमा ९ जना घाइते भएका छन् । कपिलवस्तु नगरपालिका–५ बभनीमा बुधबार दिउँसो दुई स्थानीय समूहबीच झडप हुँदा ९ जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनमणी अधिकारीका अनुसार बगैँचाबाट आँप चोरेको आरोप लागेपछि विवाद सुरु भएको थियो, जसले उग्ररूप लिएर झडपमा परिणत भएको हो।

घटनामा एक समूहबाट ७ जना र अर्को समूहबाट २ जना गरी कुल ९ जना घाइते भएको अधिकारीले जानकारी दिए। घाइते हुनेमा ३० वर्षीय शैलेन्द्रकुमार खरबिन, ५५ वर्षीय रामप्रसाद यादव, १५ वर्षीय बरजु यादव, १९ वर्षीय मनिष कलवार, २१ वर्षीय हरिराम यादव, ३५ वर्षीय दिपक धोबी र ५५ वर्षीय रामप्रसाद यादव छन्। घाइतेहरूमध्ये रामप्रसाद यादवको अवस्था गम्भीर रहेको जनाइएको छ।

अर्को समूहका घाइतेहरूमा २१ वर्षीय सरफोदिन बनिया र ३५ वर्षीय रमजात मुसलमान छन्।

झडपपछि घाइतेहरूको भैरहवा मेडिकल कलेज र जिल्ला अस्पताल तौलिहवामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

कुटपिटमा संलग्न भएको आरोपमा बभनीका १९ वर्षीय मोहम्मद हुसेन मिया, २१ वर्षीय इरफान खाँ, २८ वर्षीय फैजुला रेहमान सेख र १५ वर्षीय सोयल अहमद मियालाई प्रहरीले पक्राउ गरेको छ।

दुई समूहका युवा लाठीसहित भिडेपछि मर्यादपुर प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले स्थिति नियन्त्रणमा लिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बबई गाउँपालिकाका अध्यक्षमाथि कार्यकक्षमै हेलमेट प्रहार

   जेठ २, २०८२       admin

दाङ, जेठ २८ । बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्री क्षत्रीमाथि कार्यकक्षमै एक युवकले आक्रमणको प्रयास गरेका छन्।

सोही गाउँपालिका वडा नं. ७ चरकमटियाका सुरेश हमालले अध्यक्षको कार्यकक्षमा प्रवेश गरी एकाएक हेलमेट प्रहार गरेका थिए। घटनाको समयमा अध्यक्ष खत्री कार्यकक्षमै बसिरहेका थिए।

खत्रीले बताएअनुसार योजना माग्न गाउँपालिकामा आएका पूर्णबहादुर मास्की र कार्यपालिका सदस्य नारायण परियारले आक्रमणकारीलाई धकेल्दै आफूलाई जोगाएका थिए। आक्रमणबाट मास्कीको कोखामा चोट लाग्नुका साथै चश्मा समेत फुटेको जनाइएको छ।

आक्रमणपछि सुरक्षाको लागि कार्यपालिका सदस्य परियार, मास्की लगायतले हमाललाई नियन्त्रणमा लिई कार्यकक्षबाट बाहिर पठाएका थिए। अध्यक्ष खत्रीले हमालले कार्यकक्षमा तोडफोड पनि गरेको र एउटा दराजसमेत फुटेको जानकारी दिए।

घटनाको पछाडि झारगजेरी घाटमा हमालले बिना अनुमति नदीजन्य सामग्री ९बालुवा, गिट्टी० उत्खनन् गर्दै आएको र रोक लगाउने प्रक्रियामा आफूमाथि आक्रमण भएको खत्रीको दाबी छ। असार महिनापछि नदी तथा खोला जन्य वस्तुको उत्खनन्मा पूर्ण रोक लगाइने प्रक्रिया सुरु हुने भएकाले हमाल आक्रोशित भएको अनुमान गरिएको छ।

इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक खिमबहादुर खड्काका अनुसार हमालले समयमै खोलाजन्य वस्तुको ठेक्का नखुलेको भन्दै आक्रमणको प्रयास गरेका हुन्।

“तपाईंले समयमै बालुवा, गिट्टीका लागि ठेक्का किन खोल्नु भएनरु अब त असार लाग्न लाग्यो, काम गर्न पाइँदैन,” भन्दै आक्रमण गरिएको बुझिएको छ,” प्रहरी निरीक्षक खड्काले बताए।

अध्यक्ष खत्रीले सुरेश हमालविरुद्ध प्रहरीमा उजुरी दिएका छन्। हाल हमाल फरार रहेका छन् र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तुलसीपुरको नीति संवादः खाली कुर्सीमा बोल्न नआएका आवाज

   जेठ २, २०८२       admin

दाङ,२८ जेठ । तुलसीपुर उपमहानगरपालिकामा बुधबार सरोकारवालासंग नया अभ्यास थालेको थियो निति संवाद । आगामी आर्थिक वर्ष २०८२/८३ को कार्यक्रम र बजेटका लागि तुलसीपुरको नीति कस्तो बनाउने भनेर सरोकारवालालाई त्यो कार्यक्रममा बोलाइएको थियो ।

तर तुलसीपुरको नीति सम्बन्धि छलफल र सुझाव संकलनमा जति देखिनु पर्ने हो त्यति चासो देखिएन । नीति खोजेको कार्यक्रममा मात्र केही झिनो उपस्थिती देखियो , र झिनो सुझाव । अधिकास कुर्सी खाली रहे । खाली कूर्सीले सुनी रहे प्रतिक्रिया दिएनन् ।

उपमहानगरको नीति तथा बजेट कार्यक्रम सम्बन्धि सुझाव संकलन कार्यक्रमले यस वर्ष भौतिकरूपमा धेरैलाई तान्न सकेन । उपमहानगरले आगामी आर्थीक वर्षको नीति, कार्यक्रम तथा बजेट तयारी सम्वन्धी सुझाव संकलन कार्यक्रम आयोजना गरेको थियो।

बुधबार बिहान ११ बजेदेखि कार्यक्रम गर्नेगरी आयोजकले कार्यक्रमको तयारी गरेको थियो। आयोजकले कम्तिमा ६० जनाको सहभागिता हुने अपेक्षा सहित कार्यक्रमको तयारी गरेको थियो ।

तर, समय बित्दै गयो । घडीले १२ नाघ्यो, १ बज्यो। सुरु त भयो, तर हलमा अधिकांश कुर्सीहरू अझै पनि खाली थिए। हलमा भएका १० प्रतिशत कुर्सीहरु भरिए । अरु सबै कुर्सीहरु खाली नै भए।

एक समय थियो, जब तुलसीपुर उपमहानगरपालिकाले आयोजना गर्ने नीति, कार्यक्रम तथा बजेट सुझाव संकलन कार्यक्रमहरू जनसागरले भरिने गर्थे। नागरिकहरू समयमै हल पुग्थ ।  कतिपयले त र ढोका बाहिरै उभिएर सहभागिता जनाउँथे। कार्यक्रम चल्दा चल्दै  उठेर गुनासो गर्थे ‘बस्ने ठाउँ नै छैन’

तर पछिल्ला केही वर्षयता त्यही महत्व बोकेका , तीनै कार्यक्रमले जनताको उपस्थिती तान्न सकेन । सहभागिता यति न्युन बन्दै गयो कि बुधबारको उक्त कार्यक्रक दुई घण्टा ढिलो गरि कार्यक्रम सुरु गर्नुर्पयो।

अन्ततः, १९ वडामध्ये ३ जना वडाध्यक्ष, १ जना वडा सदस्य र ३  दलका प्रतिनिधि , केही समितिका सदस्यहरु मात्रै उपस्थित भए। नागरिकको उपस्थिति झनै निराशाजनक नै रह्यो । उपस्थित हुनुपर्ने वडाका जनप्रतिनिधीहरु नै उपस्थित भएनन् । केहीसंख्यामा नागरिक, पत्रकारहरुको उपस्थिती मात्रै रह्यो ।

तुलसीपुर उपमहानगर एक कर्मचारीले भने–‘विगतमा हलमा छिर्न पनि गाह्रो हुन्थ्यो, नागरिक उत्साहित हुन्थे, आवाज चर्किन्थ्यो। अहिले चाहिँ आयोजक आफै लाजले भुतुक्क पर्यो।’


यसैगरी सहभागिता शुन्यजस्तै भएको भन्दै कार्यक्रमका एक सहभागिले भने–‘जनताको चासो घटेको होइन, तर पालिकाले त्यो चासो कायम राख्न सक्ने विश्वास गुमाएको हो ।’

कार्यक्रममा नगरप्रमुख टिकाराम खड्काले थोरै भएपनि कार्यक्रममा सुझावको अपेक्षा राख्दै पालिकाको सेवालाई गुणस्तरी कसरी बनाउन सकिन्छ भन्ने विषयमा रहेर सुझाव दिन आग्रह गरे ।

उनले सबै वडाहरुलाई आत्मनिर्भर बनाउने तयारीमा रहेको बताए । ‘ हामी वडाहरूलाई आत्मनिर्भर बनाउनेछौँ, ४ देखि ८ वटा गौरवका योजना अगाडि बढाउने तयारी छ ।’

उनले निजी क्षेत्रको चर्को शुल्कलाई नियन्त्रण गर्दै सरकारी सेवालाई गुणस्तरीय बनाउने प्रतिबद्धता जनाए। विगतमा ल्याएका योजनाहरु विभिन्न कारणले पुरा गर्न नसकिएको स्विकार गर्दै आगामी वर्षमा ती योजनाहरु पूरा गर्ने बताए।

यसवर्ष नगरस्तरी योजनालाई प्राथमिकता दिने, कहाँ के आवश्यक छ? के काम गर्नैपर्ने छ? त्यसको निचोडमा पुगेर कार्यक्रमहरु अगाडी सारिने तयारीमा रहेको उनले उल्लेख गरे ।

कार्यक्रममा पर्यावरणविद् डिल्लीबहादुर रावतले सरकारले वातावरण बचाउन जनतालाई पैसा दिएको तर चेतना नदिएको भन्दै पर्यावरणीय संरक्षणमा नीति ल्याउन जरुरी रहेको बताए ।

न  रसायनिक  मल प्रयोगको नियन्त्रण, न अर्गानिक उत्पादनको नीति रहेको भन्दै यसतर्फ ध्यान दिन आग्रह गरे । उनले ।  गिद्ध संरक्षणमा ६२ वटा थेसिस लेखिए तापनि पालिकाले त्यसमा प्राथमिकता नदिएको गुनासो गरे।

अपांगता सेवा संघ दाङकी अध्यक्ष  देवा डाँगीले अपांगता भएका नागरिक शिक्षामा, सेवामा, बजेटमा पनि पुछारमै रहेको भन्दै पालिकाले उनीहरूलाई अभिभावकत्व दिने कार्यक्रम ल्याउनुपर्ने भन्दै पालिकामा अपांगता मैत्री नीति र सेवा केन्द्रको माग गरीन्।

राप्ती बहिरा संघ दाङका निर्देशक  अजय शर्माले  बिउपुजी, सिप विकास र उत्पादनको बजारीकरण नहुँदासम्म अपांगता भएका व्यक्तिहरू आत्मनिर्भर बन्न नसक्ने ठोकुवा गरे।

पत्रकार हेमराज डाँगी, नगरवासी हस्तबहादुर केसी, हरिबहादुर बिक, बसन्ती वली,लक्ष्मी चौधरी लगायतले  बजारक्षेत्रको कुरुप अवस्थाबारे  पालिकाको ध्यानाकर्षण गराएका थिए ।

पातुखोला किनारान सञ्चालन गरिएको तरकारी बजारबाट निस्कने फोहोर खोलामा फालिएको , शौचालयको सुविधा नहुँदा नागरिकले सास्ती खेप्नुपरेको बताएका थिए ।

यसैगरी वारपार तटवन्धन नहुँदा खोलो किनाराका  घरहरू जोखिममा रहेको बताए । सरकारले शिक्षामा बजेट बढाउनपर्ने, लागुपदार्थ दुव्र्यसन र शिक्षा क्षेत्रको गिरावटबारे गम्भीर बन्नुपर्ने भन्दै पालिकालाई ध्यानाकर्षण गराए ।

उनीहरुले भने –‘नीति कार्यान्वयन नै फितलो छ, ल्याइने नीति तथा कार्यक्रमहरु प्रभावकारी ढंगले कार्यान्वयन गर्ने हिम्मत पालिकाले राख्नुपर्छ , सामुदायिक विद्यालयको अवस्था सुधारका लागि शिक्षामा प्रसस्त बजेट विनियोजन गरी काम गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

प्रेस स्वतन्त्रता विरोधी कदमप्रति प्रेस युनियनको गम्भीर ध्यानाकर्षण

   जेठ २, २०८२       admin

दाङ,२८ जेठ ।पत्रकार दिलभूषण पाठकविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको घटनाप्रति नेपाल प्रेस युनियनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

जिल्ला अदालत काठमाडौंले विजमाण्डु डटकम र नेपालखबर डटकम मा प्रकाशित समाचार डिलिट गर्न दिएको अन्तरिम आदेश र TOUGH talk मा प्रसारित अन्तर्वार्ताका आधारमा पक्राउ पुर्जी जारी गर्नु पत्रकारिताको मर्ममै आघात पुर्याएको बताएको छ।

युनियनका महासचिव दिलीप पौडेलद्वारा जारी विज्ञप्तिमा प्रेस स्वतन्त्रता सुनिश्चित गर्ने संवैधानिक व्यवस्था विपरीत अदालतको आदेशले डिजिटल पत्रकारिताको मर्ममै आघात पुर्‍याएको उल्लेख गरिएको छ। युनियनले संविधानको प्रस्तावना, धारा १७ (अभिव्यक्ति स्वतन्त्रता) र धारा १९ (सञ्चारको हक) को स्मरण गराउँदै प्रकाशित समाचारको तथ्य जाँच गर्ने जिम्मेवारी प्रेस काउन्सिल नेपाललाई रहेको प्रष्ट पारेको छ।

“न्यायिक प्रक्रियाबाट प्रेस स्वतन्त्रतामा असर पर्ने यस्ता आदेशहरू सच्चिनु पर्छ भन्ने युनियनको विश्वास छ,” विज्ञप्तिमा उल्लेख छ।

त्यसैगरी पत्रकार दिलभूषण पाठकविरुद्ध विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार पक्राउ पुर्जी जारी गरिएको घटनालाई ‘घोर आपत्तिजनक’ भन्दै युनियनले तत्काल उक्त पुर्जी फिर्ता लिन सम्बन्धित पक्षसँग माग गरेको छ। समाचार चित्त नबुझे प्रेस काउन्सिलमार्फत कानुनी उपचार खोज्न सकिने व्यवस्था हुँदाहुँदै पत्रकारलाई आपराधिक कसुरमा तान्ने कार्यले सञ्चार क्षेत्रलाई त्रसित र चिन्तित बनाएको युनियनको ठहर छ।

युनियनले पत्रकार तथा सञ्चार माध्यमले पनि आचारसंहिताको पूर्ण पालना गर्नुपर्नेमा जोड दिएको छ। “पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र तथा निष्पक्ष न्यायपालिका र कानूनी शासन लोकतन्त्रका सुन्दर पक्ष हुन्,” विज्ञप्तिमा उल्लेख छ, “सञ्चार क्षेत्र र अदालतको गरिमा जोगाउनु हामी सबैको साझा दायित्व हो।”

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

अमेरिकाको लस एन्जलसमा कर्फ्यु

   जेठ २, २०८२       admin

काठमाडौँ, २८ जेठ । अमेरिकाको लस एन्जलस सहरमा संघीय आप्रवासन कडाइको विरोधमा भइरहेको प्रदर्शन पाँचौँ दिनमा प्रवेश गरेसँगै आंशिक कर्फ्यु लगाइएको छ। प्रदर्शन नियन्त्रणका लागि राष्ट्रपति डोनाल्ड ट्रम्पले नेसनल गार्डको परिचालन तीव्र बनाएका छन्।

लस एन्जलसकी मेयर करेन बासले राति ८ बजेदेखि बिहान ६ बजेसम्म लागू हुनेगरी कर्फ्युको घोषणा गरेकी हुन्। उनले भनेकी छन्, “सहरभरि ठूलो क्षति पुगेको छ। जनधनको सुरक्षाका लागि कर्फ्यु आवश्यक भएको हो।” उनका अनुसार यो कर्फ्यु केही दिनसम्म जारी रहन सक्छ।

करिब १ वर्ग माइल क्षेत्रमा लागू भएको कर्फ्युका कारण जनजीवन प्रभावित भएको छ। कर्फ्यु लागू भएपछि लस एन्जलस प्रहरी विभागले मंगलबारदेखि सामूहिक गिरफ्तारको कार्य सुरु गरेको छ। प्रहरीले आदेश उल्लंघन गरेर अवैध रूपमा भेला भएका प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ।

प्रहरी प्रमुख जिम म्याकडोनेलले सहरमा बढ्दो अशान्तिलाई दृष्टिगत गर्दै कर्फ्यु लगाउनु परेको बताएका छन्। उनले चेतावनी दिए, “कर्फ्यु उल्लंघन गर्ने जो–कोहीलाई पनि पक्राउ गरिनेछ।”

सुरक्षा निकायका अनुसार शनिबार २७ जना, आइतबार ४० जना, सोमबार ११४ जना र मङ्गलबार १९७ जनालाई पक्राउ गरिएको छ।

यसअघि राष्ट्रपति ट्रम्पले आप्रवासीमाथिको छापा अभियानको विरोधमा भइरहेका प्रदर्शन नियन्त्रण गर्न थप २ हजार नेसनल गार्ड परिचालनको अनुमति दिएका थिए। पेन्टागनका अनुसार अहिले लस एन्जलसमा संघीय आदेशअनुसार परिचालित सुरक्षाकर्मीको संख्या ४ हजार १ सय नाघिसकेको छ।

प्रदर्शनको प्रभाव टेक्साससम्म फैलिएको छ। टेक्सासका गभर्नर ग्रेग एबटले पनि राज्यका विभिन्न स्थानमा टेक्सास नेसनल गार्ड परिचालन गर्ने बताएका छन्। ट्रम्प प्रशासनविरुद्धको विरोध हाल न्युयोर्क, सिकागो, सिएटल, डेनभर, सैन फ्रान्सिस्को र एटलान्टाजस्ता सहरहरूमा पनि फैलिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology