दाङ र बांकेमा बाढी सर्कता अपनाउन बाढी महाशाखाको आग्रह :(सूचना हेर्नुहोस)

   जेठ २, २०८२       admin

काठमाडौँ, २८ जेठ। बाँके र दाङ जिल्लामा खोला आसपास तथा डुबानको जोखिम हुने स्थानमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले स्थानीय बासिन्दालाई आग्रह गरेको छ। यि दुई जिल्लामा थप वर्षा हुने सम्भावना रहेकाले सो क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको हो।

महाशाखाले आज (बुधबार) बिहान सामाजिक संजालमार्फत जारी गरेको चेतावनी अनुसार पछिल्लो एक घण्टामा बाँकेको सिक्टा र बैजपुर वर्षामापन केन्द्र तथा दाङको घोराही र पधमपुर वर्षामापन केन्द्र आसपास मध्यम खालको वर्षा मापन गरिएको बताएको छ।

मौसमको अवस्था हेर्दा आगामी केही घण्टासम्म त्यहाँ थप वर्षा हुने सम्भावना रहेको जनाइएको छ। महाशाखाले ससाना खोलामा बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्र, खोला किनार तथा डुबान भइरहने होचो भूभागमा बसोबास गर्नेहरूलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ।

साथै, आवश्यकता परेमा सुरक्षित स्थानमा सर्न तथा स्थानीय प्रशासनको निर्देशनअनुसार चल्न पनि महाशाखाले सुझाव दिएको छ।

सुचना हेर्नुहोस:

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

नेपालको सुखद जित : नेदरल्यान्ड्सलाई १६ रनले पराजित

   जेठ २, २०८२       admin

काठमाडौँ, २८ जेठ । आइसीसी लिग २ अन्तर्गत मंगलबार स्कटल्यान्डको डुन्डीमा सम्पन्न खेलमा नेपालले नेदरल्यान्ड्सलाई १६ रनले पराजित गर्दै सिरिजमा तेस्रो जित दर्ता गरेको छ। यससँगै नेपालले चार खेलमध्ये तीनमा जित निकाल्दै स्कटल्यान्ड सिरिजलाई सुखद रूपमा टुंग्याएको हो।

टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेटको क्षतिमा २३६ रन बनाएको थियो। तर, निर्धारित समयभन्दा ढिलो बलिङ गरेबापत पेनाल्टीस्वरूप १० रन डच टोलीलाई उपहार दिइएको थियो। त्यसअनुसार नेदरल्यान्ड्सलाई २२७ रनको लक्ष्य दिएको थियो।

तर, डच टोली ४९.२ ओभरमा २२० रनमै समेटिएपछि नेपाल १६ रनले विजयी भयो।

नेपालका लागि आरिफ शेखले मिडल अर्डर सम्हाल्दै उत्कृष्ट ८४ रन बनाए। उनले ८५ बलमा ७ चौका र २ छक्का प्रहार गरे। कप्तान रोहित पौडेल र भीम सार्कीले समान ३५ रन बनाएर तेस्रो विकेटका लागि ५१ रनको साझेदारी गरेका थिए। दीपेन्द्र सिंह ऐरीले १६, बसिर अहमद र करण केसीले समान ११ रन बनाएका थिए।

नेदरल्यान्ड्सका लागि पल भान मिकरानले सर्वाधिक ४ विकेट लिए। मिचेल लेभिटले ३ र आर्यन दत्तले १ विकेट लिए।

नेपालका लागि बलिङतर्फ डेब्यु गर्दै नन्दन यादवले प्रभावशाली प्रदर्शन गरे। उनले ३ विकेट लिए। सन्दीप लामिछानेले पनि ३ विकेट हात पारे भने ललित राजवंशीले २ तथा कुशल भुर्तेल र करण केसीले १–१ विकेट लिए।

नेदरल्यान्ड्सका लागि विस्ले वारेसीले सर्वाधिक ३६ रन बनाए। कप्तान स्कट इड्वार्डले ३० रन, केल केलिनले २५, माइकल लेभिटले २७, नोरा क्रसले २२ रन बनाए। अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न नसक्दा डच टोली पराजित भयो।

नेपालले यसअघि पहिलो खेलमा स्कटल्यान्डलाई १ विकेटले र दोस्रो खेलमा नेदरल्यान्ड्सलाई ५ विकेटले हराएको थियो। तेस्रो खेलमा भने नेपाल २ रनले स्कटल्यान्डसँग पराजित भएको थियो।

यो जितसँगै नेपालले चार खेलमध्ये ३ जित हात पार्दै स्कटल्यान्ड भ्रमणलाई सफल बनाएर टुंग्याएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

कस्तो रहला आजको मौसम ?

   जेठ २, २०८२       admin

देशभर आंशिकदेखि सामान्य बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, २८ जेठ । हाल नेपालको पश्चिमी र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव देखिएको छ। देशको पुर्वीय भागका अधिकांश क्षेत्रमा मनसुनी वायु सक्रिय रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार, आज दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ। देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा एक-दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको छ।

यस्तै, आज रातिसमेत मौसम आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना यथावत् रहेको छ भने उच्च पहाडी तथा हिमाली क्षेत्रमा फेरी पनि हल्का वर्षा र हिमपातको सम्भावना कायम रहने विभागले जानकारी दिएको छ।

विभागले आकस्मिक मौसम परिवर्तनको सम्भावनालाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

आज अन्तर्राष्ट्रिय खेल दिवस

   जेठ २, २०८२       admin

काठमाडौँ, २८ जेठ ।आज अन्तर्राष्ट्रिय खेल दिवस मनाइँदैछ । ‘हरेक दिन खेल रोजौँ’ भन्ने नाराका साथ बुधबार विश्वभर अन्तर्राष्ट्रिय खेल दिवस मनाइँदैछ ।

दिवसका अवसरमा खेललाई बालबालिकाको समग्र विकासको मेरुदण्डका रूपमा स्वीकार्दै त्यसको प्रवर्द्धन, संरक्षण र प्राथमिकता दिन सबै सरोकारवालालाई आह्वान गरिएको छ ।

खेल केवल मनोरञ्जन मात्र नभई, सबै उमेर समूहका मानिसहरूबीचको साझा भाषा हो । यसले सामाजिक समावेशीकरण, मानसिक स्वास्थ्यलाई प्रवर्द्धन गर्छ । अझ बालबालिकाका लागि खेलले विशेष गरी सम्बन्ध निर्माण, समस्या समाधान र विभिन्न सीप विकासमा महत्वपूर्ण भूमिका खेल्छ ।

संयुक्त राष्ट्रसङ्घको बालअधिकारसम्बन्धी महासन्धिको अनुच्छेद ३१ अनुसार, खेललाई प्रत्येक बालबालिकाको आधारभूत अधिकारको रुपमा मानिएको छ ।

शिक्षा प्रणालीमा खेलमूलक शिक्षाले सिकाइ प्रक्रियालाई थप प्रभावकारी बनाएको प्रमाणित भएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

पक्राउ पर्ने डरले झोला अरुकै घरमा लुकाएपछि …

   जेठ २८, २०८२       admin

दाङ २७ जेठ । दाङमा अवैध वन पैदावारसहित एक व्यक्ति पक्राउ परेका छन्। लमही नगरपालिका वडा नम्बर ९ अमिलिया स्थित पूर्वपश्चिम राजमार्गमा पैदल यात्रीलाई ठक्कर दिएका व्यक्ति यार्सागुम्बा र अन्य अवैध वन पैदावार सहित पक्राउ परेका हुन्।

लु ५४ प ७८२७ नम्बरको मोटरसाइकल पश्चिमबाट पूर्वतर्फ जाँदै गर्दा एक पैदलयात्रीलाई ठक्कर दिई घाइते बनाएको सूचनापछि प्रहरीले मोटरसाइकल चालकलाई खोजी गर्दा उनीसँग शंकास्पद झोला फेला परेको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेमा ४८ वर्षीय शिवचन्द्र बुढा रहेका छन् । उनी जुम्लाको सिंजा गाउँपालिका–४ स्थायी बासिन्दा भई हाल सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ मा बसोबास गर्दै आएका छन्।

प्रहरीका अनुसार दुर्घटनापछि पक्राउ पर्ने डरले उनले लमही–९ को एक घरमा झोला लुकाएका थिए। कसैले थाहा नपाओस भन्ने मनासयसहित उनले स्थानीय रिता चौधरीको घरमा थाहा नै नदिई झोला लुकाएका थिए ।

प्रहरीले झोला फेला पारेर जाँच गर्दा ४९५ ग्राम यार्सागुम्बा, कस्तुरीको विना जस्तो देखिने विभिन्न रंगका ढक्कन भएको डिब्बामा क्रमशः ४०–४० थान (हरियो र पहेलो), १८ थान रातो ढक्कन भएको सामग्री र केही साना धुलोका कणहरू बरामद गरिएको जनाइएको छ।

शिवचन्द्र बुढालाई बरामद वन पैदावारसहित आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय, लमहीमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

जलेको अवस्थामा पल्सर मोटरसाइकल फेला

   जेठ २८, २०८२       admin

दाङ २७ जेठ। दाङमा जलेको अवस्थामा पल्सर मोटरसाइकल फेला परेको छ। जिल्लाको दङ्गीशरण गाउँपालिका वडा नं २ बागीचिरा सिँचाई ड्याम नजिकैको जंगलमा जलेको अवस्थामा मोटरसाइकल फेला परेको हो।

मङ्गलबार मोटरसाइकल जलेको अवस्थामा फेला परेको भन्ने सूचना पाएपछि इलाका प्रहरी चौकी गोल्टाकुरीबाट प्रहरी सहायक निरीक्षक कनैया लाल थारुको कमाण्डमा प्रहरी टोली खटिएको थियो। टोलीले घटनास्थल पुगेर आवश्यक कानुनी प्रक्रिया पूरा गरी मोटरसाइकल नियन्त्रणमा लिएको जनाइएको छ।

जलेको अवस्थामा फेला परेको उक्त १५० सिसी क्षमताको पल्सर मोटरसाइकलको इन्जिन नम्बर DHYRJB62723 र चेसिस नम्बर MD2A11CY3JPB00012 रहेको प्रहरीले जानकारी दिएको छ।

मोटरसाइकल १/२ दिन अघिदेखि नै जलेको अवस्थामा रहेको हुनसक्ने देखिएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ।

हाल उक्त मोटरसाइकल इलाका प्रहरी चौकी गोल्टाकुरीमा राखिएको छ भने घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मोटरसाइकल कसको हो र जल्ने कारण के हो भन्ने विषयमा अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

असई चन्दमाथि कुटपिट

   जेठ २८, २०८२       admin

धनगढी,२७ जेठ । नेपाल प्रहरीमा कार्यरत एक असईमाथि कुटपिट भएको छ। कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बेलौरी नगरपालिका अन्तर्गतको पचुई प्रहरी चौकीका असई तथा इन्चार्ज धीरबहादुर चन्दमाथि कुटपिट गरिएको हो।

सामाजिक सञ्जालमा असई चन्दलाई कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो। उक्त सार्वजनिक भएको भिडियोमा एक व्यक्तिले असई चन्दलाई लछारपछार गरिरहेको देखिन्छ। चन्दको कमिज समेत च्यातिएको छ।

उक्त भिडियो बाहिरिएसँगै कञ्चनपुर प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराले असई चन्दमाथि कुटपिट भएको पुष्टि गर्दै घटनाबारे अनुसन्धान थालिएको जानकारी दिए।

उनका अनुसार कुटपिट गर्ने व्यक्तिको पहिचान भइसकेको छ र उनलाई पक्राउ गरेर कानुनी प्रक्रिया अघि बढाइने छ।

प्रहरीका अनुसार केही दिनअघि दिउँसोको समयमा प्रहरी चौकी नजिकै सामान जाँच गर्ने क्रममा चन्दमाथि हातपात र कुटपिट भएको हो।

कुटपिट गर्ने समूह भारतबाट अवैध रूपमा सामान ओसारपसार गर्ने कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तुलसीपुरको बसपार्कमा एक पुरुष मृत फेला

   जेठ २८, २०८२       admin

दाङ २७ जेठ । दाङको तुलसीपुर स्थित नयाँ बसपार्क परिसरमा एक पुरुष मृत फेला परेका छन्। तुलसीपुर उपमहानगरपालिका–५ स्थित बसपार्कको प्रतिक्षालयमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

प्रहरीका अनुसार जेठ २४ गते बिहान बसपार्कको बस काउन्टरको दक्षिणतर्फ रहेको प्रतिक्षालयमा अन्दाजी ४२ वर्षीय पुरुषको शव फेला परेको हो। तर हालसम्म पनि उनको पहिचान हुन नसकेको प्रहरीले बताएको छ।

स्थानीयले दिएको जानकारीपछि इलाका प्रहरी पोष्ट बसपार्क, तुलसीपुरबाट प्रहरी नायब निरीक्षक उज्वल शाहको कमाण्डमा तीन जनाको प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

प्रारम्भिक अनुसन्धान अनुसार मृतक व्यक्ति मागेरै जीविकोपार्जन गर्ने भएको र उनको नाम, थर तथा स्थायी ठेगाना नखुलेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृतकको पहिचान खुल्न नसकेकोले आवश्यक अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

नागरिकता विधेयक समितिबाट पारित

   जेठ २८, २०८२       admin

काठमाडौँ, २७ जेठ। राज्य व्यवस्था तथा सुशासन समितिले अब आमाको नामबाट पनि नागरिकता प्रदान गर्न सकिने व्यवस्था गरिएको नागरिकता विधेयक पारित गरेको छ। समितिको मंगलबार बसेको बैठकले नेपाल नागरिकता ऐन, २०६३ संशोधन गर्न बनेको विधेयक अनुमोदन गरेको हो।

समितिका सभापति रामहरि खतिवडाका अनुसार, नयाँ विधेयकमा अब नागरिकता आमा वा बाबु जुनसुकै अभिभावकको नामबाट पनि प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ। यसअघि नागरिकता लिनका लागि बाबु र आमाको नाम अनिवार्य रूपमा प्रस्तुत गर्नुपर्ने प्रावधान थियो, जसका कारण धेरै नेपाली नागरिकताविहीन बन्न बाध्य थिए।

विधेयकले आमाको नामबाट नागरिकता लिँदा सम्बन्धित व्यक्तिले स्वघोषणा गर्नुपर्ने व्यवस्था गरेको छ। तर, उक्त स्वघोषणा गलत ठहरिएमा एक वर्षसम्म कैद र जरिवानाको सजायको व्यवस्था पनि विधेयकमा उल्लेख गरिएको छ।

सरकारले नागरिकता नपाएका हजारौं नेपालीलाई कानुनी रुपमा मान्यता दिने उद्देश्यले यो विधेयक अघि बढाएको हो। विधेयक पारित भएपछि नागरिकता वितरणको प्रक्रिया थप सरल र समावेशी हुने अपेक्षा गरिएको छ।

यसैगरी, नागरिकता वितरण प्रक्रियामा सुधार ल्याउँदै, अबदेखि नायब सुब्बा तहका नागरिकता कार्यालय प्रमुखले पनि नागरिकता दिन सक्ने व्यवस्था विधेयकमा समावेश गरिएको छ। राज्य व्यवस्था तथा सुशासन समितिका सचिव सुरज दुराका अनुसार, विधेयक ऐनका रूपमा कार्यान्वयनमा आएपछि नायब सुब्बाले आधिकारिक रूपमा नागरिकता वितरण गर्न सक्नेछन्।

यो विधेयक संसदबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

टेलिकमको प्रवक्तामा रविन्द्र

   जेठ २८, २०८२       admin


काठमाडौँ,२७ जेठ ।
नेपाल टेलिकमले रवीन्द्र मानन्धरलाई प्रवक्ता तोकेको छ ।

केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत उनलाई प्रवक्ताको जिम्मेवारी तोकिएको हो ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology