रुकुमपूर्व, २६ जेठ । रुकुमपूर्वको सिस्ने गाउँपालिका–६ स्थित रानीकोट जङ्गलमा सोमबार दुई नाल भरुवा बन्दुक फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका अनुसार सोमबार बिहान सवा ६ बजेतिर उक्त बन्दुकहरू बेवारिसे अवस्थामा भेटिएका हुन्। जङ्गलमा अवैध रूपमा बन्दुक लुकाइ राखिएको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो।
प्रहरीको टोलीले खोजतलास गर्दै जाँदा दुईवटा भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रवक्ता तथा प्रहरी निरीक्षक लालबहादुर विकले जानकारी दिए।
हालसम्म ती बन्दुक कसले र किन लुकाएको भन्ने खुल्न सकेको छैन। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,२६ जेठ । डेङ्गीको संक्रमण देशभर फैलिएको छ । मनसुनको आगमनसँगै नेपालभर डेङ्गीको संक्रमण फैलन थालेको हो । जनवरी १ देखि जुन ८ सम्म १ हजार २सय ५५ जनामा डेङ्गी संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। हालसम्म ७२ वटा जिल्लामा संक्रमण फैलिएको छ। महाशाखाका अनुसार दाङका ३२ जनामा संक्रमण देखा परेको छ ।
सबैभन्दा बढी संक्रमित काठमाडौँमा छछन् । जहाँ एकसय ३२ जना संक्रमित छन् । त्यसैगरी कास्कीमा ९०, सुनसरीमा ८७, चितवनमा ६१, पाल्पामा ५१, रुपन्देहीमा ४७, कञ्चनपुरमा ३७ र भक्तपुरमा ३० जना संक्रमित फेला परेका छन्।
महाशाखाका कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा गोकर्ण दाहालका अनुसार यो वर्ष मनसुन छिट्टै सुरु भएको र मौसमविद्हरूले पानी बढी पर्ने अनुमान गरेका कारण संक्रमण थप फैलिने सम्भावना रहन्छ।
‘डेङ्गीलाई पूरै अन्त्य गर्न सकिने अवस्था त छैन, तर संक्रमण र मृत्यु दर घटाउन सकिन्छ, उनले भने- ‘ त्यसका लागि समुदाय, नागरिक र सबै निकायको साझा प्रयास आवश्यक छ।’ उनका अनुसार डेङ्गी एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने कीटजन्य रोग हो। यसबाट बच्न लामखुट्टे टोक्न नपाउने वातावरण बनाउनुपर्छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,२६ जेठ । प्रतिनिधिसभाको बैठक आजपनि बस्न सकेन । पटक–पटकको अवरोधपछि प्रतिनिधिसभाको बैठक अब बुधबारमात्र बस्ने भएको छ ।
विपक्षीको निरन्तर अवरोधका कारण बस्न नसकेको संसद बुधबार दिउँसो १ बजे बस्ने गरी तय गरिएको हो ।
भिजिट भिसामा गृहमन्त्रीको राजीनामा र छानबिन समितिको मागसहित विपक्षी दलले संसद अवरुद्ध गर्दै आएका छन् ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२६ जेठ। तुलसीपुर नगर जेसीजले विद्यार्थीहरूसंग जेसीज संवाद कार्यक्रम सम्पन्न गरेको छ। तुलसीपुर नगर जेसीजको आयोजनामा सोमबार तुलसीपुर क्षेत्रका आठ वटा विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रममा सामाजिक उत्तरदायित्व र मानवीय सेवामा समर्पित हुन विद्यार्थीहरुलाई प्रेरणा दिइएको थियो।
कार्यक्रमको अध्यक्षता तुलसीपुर नगर जेसीज वर्ष २०२५ का अध्यक्ष सन्दीप भूसालले गरेका थिए। कार्यक्रममा पूर्व अध्यक्षहरू पूर्ण विक्रम डाँगी र मोहन स्वीकारले युवाहरु समाजप्रति उत्तरदायी हुँदै मानवीय सेवामा आफूलाई समर्पित गर्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा हिमाल एकेडेमी, ज्ञानज्योती आधारभूत विद्यालय, ज्ञानज्योती सेकेन्डरी स्कुल, डिभाइन टेम्पल, दिव्यकुञ्ज, मेरिगोल्ड स्कुल, ग्रेट अरनिको स्कुल, र शान्तिदीप बोर्डिङ स्कुलका विद्यार्थीहरुको उपस्थिति रहेको थियो।
अध्यक्ष भूसालले जेसीजको स्थापना, उद्देश्य, कार्यक्षेत्र र अन्तर्राष्ट्रिय तथा राष्ट्रिय योगदानबारे विद्यार्थीहरुलाई जानकारी गराउँदै तुलसीपुर नगरमा संस्था सक्रियतापूर्वक विभिन्न सामाजिक सेवा गतिविधिमा क्रियाशील रहेको बताए।
विपद्को समयमा विद्यालय, अस्पताल, खानेपानी जस्ता क्षेत्रमा संस्था सक्रिय रहँदै आएको उनले बताए। साथै, नेतृत्व विकास, क्षमता अभिवृद्धि र उद्यमशीलताको प्रवर्द्धनमा जेसीजले निरन्तर कार्यक्रमहरू सञ्चालन गर्दै आएको जानकारी दिए।
ज्ञानज्योती आधारभूत विद्यालयकी शिक्षक सीता भण्डारीले बालबालिकामार्फत परिवार र समुदायमा सामाजिक चेतना फैलाउने यस्ता कार्यक्रमहरू प्रभावकारी हुने भन्दै आयोजकको प्रशंसा गरिन्।
कार्यक्रमको सहजीकरण महासचिव बुद्धिराज सापकोटाले गरेका थिए भने विषयवस्तुको बारेमा जानकारी कार्यक्रम संयोजक सागर न्यौपानेले गराएका थिए ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं, २६ जेठ। संसद्को अवरोध हटाउने र हालको सत्ता गठबन्धन भत्काउने गृहकार्य तीव्र रुपमा भइरहेको छ। नेपाली कांग्रेस, माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादीसहित साना दलहरू मिलेर एमालेलाई बाहिर राख्ने नयाँ गठबन्धन बनाउने तयारी भइरहेको छ।
प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ असन्तुष्ट छन्। पछिल्ला दिनमा देउवा र प्रचण्डबीच भेटघाट बाक्लिएको छ, जसमा नयाँ गठबन्धन र संसद् अवरोध खुलाउने विषयमा छलफल भएको बताइएको छ।
प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामासहित उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै संसद् अवरुद्ध गरेका थिए। तर अब छानबिन समिति बन्ने प्रतिबद्धता भए संसद् खोल्न तयार हुने लचिलो धारणा देखिएको छ।
यद्यपि रास्वपाले गृहमन्त्रीको राजीनामा माग अझै छाडिएको छैन भन्ने स्पष्ट पारेको छ। सांसद मनीष झाले छानबिनपछि राजीनामाको कुरा आउने बताए। अर्कोतर्फ, प्रचण्ड र देउवा दुवै रास्वपालाई साथमा राखेर अघि बढ्न चाहिरहेका छन्।
प्रधानमन्त्री ओली भने सत्ता गठबन्धन बलियो रहेको दाबी गर्दै आगामी निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने लक्ष्यमा केन्द्रित हुने बताए। संसदको बैठक आइतबार पटकपटक स्थगित भएपछि सोमबार फेरि बैठक बस्ने तयारी गरिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,२६ जेठ । दरबन्दीभन्दा बढी कर्मचारी अध्यागमन कार्यालयमा खटाएको आरोपमा गृह सचिव गोकर्णमणी दुवाडीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सात दिने स्पष्टीकरण सोधेको छ।
प्रधानमन्त्री कार्यालयका सचिव गोविन्दबहादुर कार्कीले पठाएको पत्रमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालय र केही जिल्ला प्रशासन कार्यालयहरूमा स्वीकृत दरबन्दीभन्दा बढी कर्मचारी नियुक्त गरेको विषयमा लिखित स्पष्टीकरण मागिएको हो।
हाल विदेश भ्रमणमा रहेका सचिव दुवाडीलाई पठाइएको पत्रमा दरबन्दी नभएका स्थानमा काजमा खटाइएका कर्मचारीहरूको विवरणसहित स्पष्ट कारण पेश गर्न भनिएको छ। यसअघि समाचार माध्यमहरूमा दरबन्दी नपुगेका ठाउँमा कर्मचारी खटाइएको तथा अध्यागमन कार्यालयमा दरबन्दीभन्दा बढी कर्मचारी कार्यरत रहेको खुलासा भएको थियो।
भिजिट भिसा दुरुपयोग प्रकरणमा गृह सचिव दुवाडीका विश्वासपात्र मानिएका सहसचिव तीर्थ भट्टराई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा परेपछि विमानस्थलस्थित अध्यागमन कार्यालयमा दरबन्दीभन्दा बढी कर्मचारी खटाइएको पाइएको थियो। त्यसपछि केही दिनअघि ती कर्मचारीहरूलाई फिर्ता गरिएको थियो।
अख्तियारले २०८२ जेठ १३ गते पत्र पठाउँदै उक्त विषयको छानबिन गरी आवश्यक कारबाही गर्न निर्देशन दिएपछि प्रधानमन्त्री कार्यालयले गृह मन्त्रालयलाई औपचारिक पत्र पठाएको हो। निजामती सेवा ऐन, २०४९ को दफा १८(क) को उल्लङ्घन भएको भन्दै काजमा खटाइने कर्मचारी व्यवस्थापन गर्दा कानुन बमोजिमको प्रक्रिया नअपनाए तलब–भत्ता र सुविधा सम्बन्धित पदाधिकारीबाट असुल गर्न सकिने तथा विभागीय कारबाहीसमेत हुने चेतावनी दिइएको छ।
प्रधानमन्त्री कार्यालयले सात दिनभित्र सम्बन्धित कार्यालयहरूमा कार्यरत दरबन्दीभन्दा बढी कर्मचारी र उनीहरूको नामावलीसहितको विस्तृत विवरण पेश गर्न गृह सचिव दुवाडीलाई निर्देशन दिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२६ जेठ । दाङको तुलसीपुरबाट १४ वर्षीय बालिका बेपत्ता भएकी छन्। तुलसीपुर उपमहानगरपालिका–(ख) लाइनबाट १४ वर्षीया सुनिता थापा बेपत्ता भएकी हुन् । प्युठान स्थायी घर भई हाल हजुरआमाको साथ बस्दै आएकी सुनिता यहि जेठ २१ गते बिहानदेखि सम्पर्कविहीन भएकी हुन्।
सुनिता तुलसीपुर सेन्टर माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत छन् । बालिकाको खोजीका लागि परिवारले ईलाका प्रहरी कार्यालय तुलसीपुरमा निवेदन दर्ता गराइसकेको छ। तर अहिलेसम्म पनि उनको कुनै अत्तोपत्तो नलागेपछि परिवार चिन्तित बनेको छ।
बालिकाकी आमा बाली थापाले छोरीको खोजीमा सहयोग गर्न सबैमा अपिल गरेकी छन्। उनका अनुसार सुनिता घरबाट कतापट्टि गइन् भन्ने यकिन जानकारी छैन। परिवार, आफन्त र चिनेजानेकाले सम्भावित स्थानमा खोजी जारी राखेका छन्।
सुनितालाई देखेमा वा उनको बारेमा जानकारी भएमा नजिकको प्रहरी कार्यालय वा ९८४७८३२७०१ नम्बरमा सम्पर्क गर्न परिवारले आग्रह गरेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
चितवन,२६ जेठ । राप्ती नगरपालिकाले एकैपटक ७४ जना कर्मचारीलाई हटाएको छ। आन्तरिक स्रोतको अभाव र अख्तियारको चासो देखाउँदै राप्ती नगरपालिकाले एकैपटक ७४ जना ज्यालादारी कर्मचारी हटाएको हो । नगर प्रमुखको संयोजकत्वमा गठित सहजीकरण समितिको निर्णयअनुसार सोमबार (जेठ २६)देखि निर्णय लागू गरिएको हो।
हटाइएका कर्मचारीमध्ये भण्डारा अस्पतालका तीन जना डाक्टरसहित दुई दर्जनभन्दा बढी स्वास्थ्यकर्मी, ल्याब टेक्निसियन, वडा कार्यालयका सहयोगी, चालक, मालीलगायत रहेका छन्। आइतबार नगरपालिकाले आकस्मिक सूचना प्रकाशित गर्दै सोमबारदेखि सबै ज्यालादारी कर्मचारीलाई कार्यालय नआउन र हाजिरी नगराउन निर्देशन दिएको हो।
नगरपालिकाको पशुपंक्षी विकास शाखाका प्रमुख शैलेन्द्र भण्डारीद्वारा जारी सूचनामा, आन्तरिक आम्दानीको सुनिश्चितता नभएको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रश्न उठाएको कारण बाध्य भएर यस्तो निर्णय लिनुपरेको उल्लेख गरिएको छ।
नगरपालिकाको १४औँ नगरसभाबाट गठन गरिएको सहजीकरण समितिले यो निर्णय गरेको हो। समितिमा नगरप्रमुख शमेसेर लामा संयोजक रहेका छन् भने उपप्रमुख देवेन्द्र लामा, वडा नं. २ का अध्यक्ष श्यामसुन्दर उप्रेती, वडा नं. ५ का अध्यक्ष सीताराम तामाङ, वडा नं. ७ की अध्यक्ष सुमिता डल्लाकोटी र वडा नं. १२ का अध्यक्ष अर्जुन प्रजा सदस्य छन्।
समितिले जेठ १९ गते निर्णय गरेर, जेठ २५ गते सार्वजनिक सूचना जारी गरेको जनाइएको छ। यता, नगरपालिकाको यो निर्णयसँगै स्वास्थ्य संस्था, शाखा–उपशाखा, वडा कार्यालयहरू, कृषि तथा पशु सेवा केन्द्रजस्ता स्थानीय निकायका सेवा प्रभावित हुने देखिएको छ।
स्थानीय तहमा बजेट व्यवस्थापन, स्रोत सुनिश्चितता र राजनीतिक सहकार्य अभावका कारण उत्पन्न यस्तो निर्णयले नगरपालिकाभित्र प्रशासनिक अस्थिरता र सेवाप्रवाहमा थप अवरोध सिर्जना गर्न सक्ने विज्ञहरूको चेतावनी छ।
त्यसमाथि, नगरभित्रका जनप्रतिनिधिबीचको लामो समयदेखि चल्दै आएको विवादले पनि व्यवस्थापकीय निर्णयहरूमा असर पारेको जनाइएको छ।
स्थानीयवासीहरू भने यो निर्णयप्रति आक्रोशित छन्। “नगरपालिकाले कहिले सेवा विस्तार गर्ने भन्दै ढोंग गर्छ, कहिले यसरी कर्मचारी हटाएर जनसेवामै चोट पुर्याउँछ,” भण्डारा क्षेत्रका एक स्थानीय बासिन्दाले भने, “यसले स्वास्थ्यजस्ता अत्यावश्यक सेवामा गम्भीर असर पार्नेछ।”
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,२५ जेठ । विदेश पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा रौतहटका ३५ वर्षीय हरिकृष्ण ठाकुर, नवलपरासीका ४१ वर्षीया रिना गुरौ, र काभ्रेका ५५ वर्षीय कविराज सिपखान रहेका छन्। उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार ठाकुरले कतार पठाइदिने भन्दै एक व्यक्तिसँग १ लाख रुपैयाँ लिएका थिए। त्यस्तै, गुरौले कुवेत र पोर्चुगल पठाइदिन्छु भन्दै १८ लाख ५५ हजार रुपैयाँ ठगी गरेकी थिइन्। सिपखानले भने युके (UK) पठाइदिन्छु भन्दै ४१ लाख १४ हजार रुपैयाँ ठगी गरेका थिए।
पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहचलमा पठाइएको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,२५ जेठ । काठमाडौंको सुन्धारास्थित आकाशे पुलमुनि सर्वसाधारणमाथि कुटपिट गरेको घटनामा संलग्न चार जना ट्राफिक प्रहरीलाई जिम्मेवारीबाट हटाएर सशस्त्र प्रहरी गणमा सरुवा गरिएको छ।
सार्वजनिक स्थलमा सर्वसाधारणमाथि २०८१ मंसिर २३ मा भएको दुर्व्यवहारबारे ६ महिनापछि सार्वजनिक भएको घटनापछि उनीहरूलाई ट्राफिक विभागबाट हटाइएको हो।
ट्राफिक सई इश्र महर्जनसहित संलग्न चार जनालाई सशस्त्र प्रहरी गण नम्बर २ सामाखुसीमा सरुवा गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ।
उक्त घटना २३ मंसिर २०८१ मा घटेको भए पनि ११ वैशाख २०८२ मा मात्रै सार्वजनिक भएको थियो। घटनापछि काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले उनीहरूको जिम्मेवारी खोस्दै छानबिन प्रक्रिया अघि बढाएको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस