विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने तीनजना पक्राउ

   जेठ २६, २०८२       admin

काठमाडौं,२५ जेठ । विदेश पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा रौतहटका ३५ वर्षीय हरिकृष्ण ठाकुर, नवलपरासीका ४१ वर्षीया रिना गुरौ, र काभ्रेका ५५ वर्षीय कविराज सिपखान रहेका छन्। उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार ठाकुरले कतार पठाइदिने भन्दै एक व्यक्तिसँग १ लाख रुपैयाँ लिएका थिए। त्यस्तै, गुरौले कुवेत र पोर्चुगल पठाइदिन्छु भन्दै १८ लाख ५५ हजार रुपैयाँ ठगी गरेकी थिइन्। सिपखानले भने युके (UK) पठाइदिन्छु भन्दै ४१ लाख १४ हजार रुपैयाँ ठगी गरेका थिए।

पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहचलमा पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सर्वसाधारण कुट्ने ४ प्रहरीको सशस्त्र गणमा सरुवा

   जेठ २६, २०८२       admin

काठमाडौं,२५ जेठ । काठमाडौंको सुन्धारास्थित आकाशे पुलमुनि सर्वसाधारणमाथि कुटपिट गरेको घटनामा संलग्न चार जना ट्राफिक प्रहरीलाई जिम्मेवारीबाट हटाएर सशस्त्र प्रहरी गणमा सरुवा गरिएको छ।

सार्वजनिक स्थलमा सर्वसाधारणमाथि २०८१ मंसिर २३ मा भएको दुर्व्यवहारबारे ६ महिनापछि सार्वजनिक भएको घटनापछि उनीहरूलाई ट्राफिक विभागबाट हटाइएको हो।

ट्राफिक सई इश्र महर्जनसहित संलग्न चार जनालाई सशस्त्र प्रहरी गण नम्बर २ सामाखुसीमा सरुवा गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ।

उक्त घटना २३ मंसिर २०८१ मा घटेको भए पनि ११ वैशाख २०८२ मा मात्रै सार्वजनिक भएको थियो। घटनापछि काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले उनीहरूको जिम्मेवारी खोस्दै छानबिन प्रक्रिया अघि बढाएको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

होहल्लामै सकियो प्रतिनिधिसभा बैठक

   जेठ २६, २०८२       admin

काठमाडौं,२५ जेठ । प्रतिनिधि सभाको बैठक आइतबार पनि कार्यसूचीमा प्रवेश गर्न सकेन। दिउँसो १ बजेका लागि तय गरिएको बैठक दुई पटक स्थगित भई साँझ साढे ६ बजेमात्र सुरु भयो। तर, बैठक सुरु भएलगत्तै होहल्ला भएपछि पुनः अवरुद्ध भएको हो।

संसद्‌ बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरू उठेर गृहमन्त्री रमेश लेखकको राजीनाको माग गर्दै नाराबाजीमा उत्रिए। त्यसपछि सत्तापक्षका सांसदहरू पनि उठेर जनताका मुद्दा संसदमा उठाउन नदिएको भन्दै आपत्ति जनाए।

सत्तापक्ष र प्रतिपक्षबीचको होहल्लाका बीच सभामुख देवराज घिमिरेले संसद् बैठक स्थगित गर्दै अर्को बैठक सोमबार दिउँसो २ बजे बस्ने जानकारी गराएका छन्।

विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता रहेको भन्दै निरन्तर रूपमा संसद्‌ अवरुद्ध गर्दै आएका छन्। यसले संसद्‌को नियमित कार्यसूची प्रभावित भएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

स्कुटरले ठक्कर दिदा १४ वर्षीय बालक गम्भीर घाइते

   जेठ २६, २०८२       admin

दाङ,२५ जेठ ।दाङको तुलसीपुरमा एक बालक गम्भीर घाइते भएका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका–७ माटाकुटी नजिक स्कुटरले साइकलयात्रीलाइ ठक्कर दिदा १४ वर्षीय बालक गम्भीर घाइते भएका छन्।

आइतबार बेलुका ५ बजे श्रीगैबाट तुलसीपुरतर्फ जाँदै गरेको रा ७ प २५९८ नम्बरको स्कुटरले विपरीत दिशाबाट जाँदै गरेको साइकल यात्रीलाई ठक्कर दिँदा गंगादेव गाउँपालिका–३ रोल्पाका कमानसिङ बस्नेत गम्भीर घाइते भएका हुन्।

टाउकोमा चोट लागेका बालकलाई तत्काल राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचाररत छन् ।

दुर्घटनामा संलग्न स्कुटर र साइकल दुवैलाई ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको छ। स्कुटर चालक तुलसीपुर उपमहानगरपालिका–७ का ३६ वर्षीय रुपेस डि.सी.लाई इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको जनाएको छ।

घटनापछि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक भीमबहादुर बस्नेतको कमाण्डमा प्रहरी टोली खटिएको थियो। घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

कांग्रेस र माओवादी बिच भएको छलफल निष्कर्षविहीन

   जेठ २६, २०८२       admin

काठमाडौं ,२५ जेठ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच भएको छलफल निष्कर्षविहीन बनेको छ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा आइतवार बसेको बैठकमा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग गर्दै कांग्रेससँग समर्थन आग्रह गरेको थियो। तर, कांग्रेसले सो प्रस्तावमा सहमति जनाएन।

छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपमहासचिव वर्षमान पुन र शक्ति बस्नेत सहभागी थिए। कांग्रेसतर्फबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र नेता ज्ञानेन्द्र कार्की सहभागी थिए।

कांग्रेससँगको छलफलअघि माओवादी केन्द्रले विपक्षी दलहरूको बैठक आयोजना गरेको थियो। त्यसअघि शनिबार माओवादी अध्यक्ष प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका थिए।

विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग गर्दै आएका छन्। तर, सत्ता पक्ष त्यसमा सहमत छैन।

यस विषय प्रवेश गरेपछि प्रतिनिधिसभाको बैठक गत जेठ १३ गतेदेखि प्रभावित भएको छ। यद्यपि, जेठ १५ गते विपक्षी दलहरूले बजेट प्रस्तुतिका लागि अवरोध हटाएका थिए। त्यसयता प्रतिनिधिसभामा बजेटमाथिको छलफल अघि बढ्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

भारतमा प्रेमिका हत्याको अभियोगमा एक नेपाली पक्राउ

   जेठ २६, २०८२       admin

दाङ,२५ जेठ । भारतको हैदराबादमा एक नेपाली युवतीको हत्या अभियोगमा उनका प्रेमी पक्राउ परेका छन्। भारतीय सञ्चारमाध्यमहरूका अनुसार पक्राउ पर्नेमा ३० वर्षीय नेपाली युवक विजय टोपा रहेका छन् । उनी ३३ वर्षीया प्रेमिका तारा बोहराको हत्या अभियोगमा पक्राउ परेका हुन्।

दुवै जनाको चिनजान फेसबुकमार्फत भएको थियो। विवाहित र दुई सन्तानकी आमा बोहरा अप्रिलदेखि टोपासँग हैदराबादमा बस्न थालेकी थिइन्। बोहरा गर्भवती भएपछि टोपा गर्भपतन गराउन दबाब दिँदै आएका थिए। यही विषयमा दुवैबीच पटक–पटक झगडा हुने गरेको थियो।

भारतीय सञ्चारमाध्यम तेलंगाना टुडेका अनुसार मे २३ मा झगडापछि टोपाले नाइलनको डोरीले घाँटी कसेर बोहराको हत्या गरे। त्यसको भोलिपल्ट उनले कुकटपल्लीबाट ट्रली ब्याग किनेर शव त्यसमा राखे र बाचुपल्लीस्थित एक खाली स्थानमा फ्याँके।

घटनाको अनुसन्धान गर्न प्रहरीले पाँचवटा विशेष टोली खटाएको थियो। सीसीटीभी फुटेजका आधारमा ७० वटा ट्रली ब्याग पसलमा छानबिन भयो। एक फुटेजमा टोपाले ब्याग किन्दै गरेको देखिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

टोपालाई बिहीबार पक्राउ गरी सोधपुछ गर्दा उनले अपराध स्वीकार गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तुलसीपुरमा ‘पब्लिक डेन्टल क्लिनिक’ सञ्चालनमा

   जेठ २६, २०८२       admin

दाङ,२५ जेठ । दाङको तुलसीपुरमा ‘पब्लिक डेन्टल क्लिनिक’ सञ्चालनमा आएको छ। तुलसीपुर उपमहानगरपालिका–५ स्थित ख लाइनमा डेन्टल क्लिनिक सञ्चालनमा आएको छ।। उक्त डेन्टलको उद्घाटन तुलसीपुर उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष देवबहादुर केसीले गरेका हुन् ।

उद्घाटन गर्दै उपाध्यक्ष केसीले जनआवश्यकता अनुसार डेन्टल क्लिनिकहरू सञ्चालन हुनु यस क्षेत्रका लागि खुसीको कुरा भएको बताएका थिए। तुलसीपुरमा डेन्टल क्लिनिकहरू कमै मात्रामा रहेको हुनाले बिरामीहरूले उपचारमा समस्या झेल्दै आएको र ती समस्याहरू केही हदसम्म समाधान हुने अपेक्षा गरे।

क्लिनिक सञ्चालक बिमल खत्रीले बुटवल र स्याङ्जा लगायतका विभिन्न स्थानको १४ वर्षभन्दा बढी लामो अनुभव अब यस क्षेत्रका नागरिकको सेवामा समर्पित गर्ने बताए।

तुलसीपुरमा डेन्टल क्लिनिकहरु कमै मात्रामा रहेको र दन्तरोग सम्बन्धी बिरामी हरु बढ्दै जाँदा बिरामीको आवश्यकतालाई मध्यनजर गरेर आफ्नै ठाउँमा सेवा दिनका लागि बुटवलबाट तुलसीपुरमा क्लिनिक स्थानान्तरण गरिएको उनले बताए।

दन्त चिकित्सक डाक्टर प्रमुख दन्त सहायक खत्री र वरिष्ठ दन्त चिकित्सक डा. शृषा अधिकारीले दाँत सम्बन्धी सम्पूर्ण उपचार तथा सेवाहरू प्रदान गर्ने क्लिनिक सञ्चालक मुना बस्नेतले जानकारी दिइन् ।तुलसीपुर क्षेत्रका नागरिकलाई सहज, सुलभ र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्य सहित डेन्टल क्लिनिक सञ्चालनमा ल्याइएको उनको भनाइ छ।

करीब १५ लाख रुपैयाँको लगानीमा स्थापना गरिएको क्लिनिकमा नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकता दिइने बताइएको छ। सञ्चालकहरूका अनुसार तुलसीपुरमा क्रियाशील अन्य डेन्टल क्लिनिकहरूभन्दा तुलनात्मक रूपमा कम शुल्कमा सेवा उपलब्ध गराइनेछ।

“हामीले आम नागरिकलाई लक्षित गरी यो सेवा सुरु गरेका हौं। स्वास्थ्यको अधिकार सबैको हो ,उनीहरूले भने-“र त्यो अधिकार सुलभ र पहुँच योग्य बनाउनु हाम्रो लक्ष्य हो।”

क्लिनिकमा नियमित दन्त जाँच, दाँत फुकाल्ने, रूट क्यानाल उपचार, दाँतको सफाइ (स्केलिङ), कृत्रिम दाँत जडान, बालबालिकाका लागि विशेष दन्त सेवा, एक्स–रे लगायतका सेवा उपलब्ध गराइने छ। शुद्ध उपकरणको प्रयोग, अनुभवयुक्त टिम र व्यक्तिगत सन्तुष्टिलाई ध्यानमा राखी सेवा प्रदान गरिने क्लिनिकले जनाएको छ।

तुलसीपुरमा दन्त स्वास्थ्य सेवा क्षेत्रलाई थप व्यवस्थित र नागरिकमैत्री बनाउने उद्देश्यले स्थापना गरिएको क्लिनिकले गुणस्तरीय उपचारको विकल्प दिन सक्ने विश्वास स्थानीय नागरिकको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

Update: दुईजनाको मृत्यु

   जेठ २६, २०८२       admin

दाङ,२५ जेठ २५। बखरियामा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या दुई पुगेको छ। तुलसीपुर उपमहानगरपालिका–१३ बखरियामा आज बिहान भएको बस दुर्घटनामा दुईजनाको मृत्यु भएको हो।

गोल्टाकुरीबाट तुलसीपुर जांदै गरेको यात्रुबाहक बस (ना ४ ख ४००९) र ज्ञानज्योति बोर्डिङ स्कुलको खाली बस (रा १ क ८७०) ठोक्किएपछि यात्रुबस सडकबाट करिब ५ मिटर तल खस्दा दुर्घटना भएको हो।

दुर्घटनामा परेर दंगीशरण गाउँपालिका–२ की ३७ वर्षीया शान्ता खड्का चौधरी र दंगीशरण-४ का ६५ वर्षीय नारायण भण्डारीको मृत्यु भएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले पुष्टि गरेको छ।

घटनामा ३५ जना भन्दा बढी यात्रु घाइते छन् भने। उनीहरूको उपचार अस्पतालमा भइरहेको छ। प्रहरीले दुबै बसका चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बखरियामा बस दुर्घटना: एकजनाको मृत्यु,३५ बढी घाइते (विवरणसहित)

   जेठ २६, २०८२       admin

दाङ, २५ जेठ । तुलसीपुर उपमहानगरपालिका–१३ बखरियामा बस दुर्घटना भएको छ । बस दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने ३५ भन्दा बढी यात्रु घाइते भएका छन्।

दुर्घटनामा परेर मृत्यु हुनेमा दंगीशरण गाउँपालिका–१ सिमलताराका २५ वर्षीय नारायण भण्डारी रहेका छन्। घाइते अवस्थामा रहेका भण्डारीलाई उद्धार गरी अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।

यसैगरी दुर्घटनामा परेर गम्भीर घाइते भएका एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ।

गोल्टाकुरीबाट तुलसीपुरतर्फ जादै गरेको यात्रुबाहक बस ना ४ ख ४००९ नम्बर र तुलसीपुरबाट बखरिया जाँदै गरेको ज्ञानज्योति बोर्डिङ स्कुलको रा १ क ८७० नम्बरको खाली बस एकआपसमा ठोक्किँदा यात्रुबाहक बस करिब सदकदेखी करिब ५ मिटर तल खसेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

दुर्घटनामा परी घाइते हुनेमा दङ्गीशरण गाउँपालिका वडा नं २ बस्ने २५ वर्षीय मनिषा बस्नेत, सोही ठाउँकी ५२ वर्षीय गोमा सार्की, ६० वर्षीय मोतीसरा सुनार, ३४ वर्षीय सीतापुन ,३२ वर्षकी सीमा पुन, २७ वर्षकी कमला नेपाली र नौ वर्षका सुशान्त नेपाली घाइते भएका छन् ।

उनीहरूको टाउको छाती ढाड लगायत विभिन्न स्थानमा चोट लागेको छ। अन्य घाइतेहरूको पहिचान हुन बाँकी छ। घाइतेहरू सबैलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ।

इलाका प्रहरी चौकी दमारगाउँबाट प्रहरी निरीक्षक पाराश्वर डाँगीको कमाण्डमा तीन जना र ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक सूर्य बहादुर राना मगरको कमाण्डमा १२ जनाको टोली घटनास्थलमा पुगेको थियो।

दुवै बसका चालकहरूलाई प्रहरी नियन्त्रणमा लिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

अन्य घाइतेहरुको विवरण: १-जिल्ला दाङ दंगिशरण गा.पा २ बस्ने बर्ष २५ कि मनिसा बस्नेत टाउको र छातिमा चोट अवस्था मध्यम ।
२-ऐ.ऐ बस्ने बर्ष ५२ कि गोमा सार्की टाउको र छातिमा चोट अवस्था मध्यम ।
३-ऐ.ऐ बस्ने बर्ष ६० कि मोतिसरा सुनार टाउको ढाडमा चोट अवस्था मध्यम ।
४-ऐ.ऐ.बस्ने बर्ष ३४ किसिता पुन छाति र दुबै हात खुट्टामा चोट अवस्था मध्यम ।
५-ऐ.ऐ बस्ने बर्ष ३२ कि सिमा पुन ढाडमा चोट अवस्था सामान्य ।
६-ऐ.ऐ.बस्ने बर्ष २७ कि कमला नेपाली टाउको र दुबै हातमा चोट अवस्था मध्यम ।
७-ऐ.ऐ.बस्ने निजको छोरा बर्ष ८ को शंकर नेपाली दुवैहातमा चोट सामान्य ।
८- निजको भदै ऐ.बस्ने बर्ष ९ को शुसान्त नेपाली टाउको चोट अवस्था सामान्य ।
९- ऐ.ऐ. बस्ने बर्ष ६५ को नारायाण भण्डारी टाउको र शरीरमा भित्री चोट अवस्था सिरियस
१०- नामथर वतन नखुलेको बर्ष अं. ३०।३२ कि महिला टाउको र छातिमा चोट सिरियस
११- ऐ.ऐ. बस्ने बर्ष ४१ को नोखीराम वि.क. छाति र टाउकोमा चोट अवस्था मध्यम ।
१२- ऐ.ऐ. बस्ने बर्ष ४८ को कुसल बि.क. टाउकोमा चोट सामान्य ।
१३-ऐ.ऐ. बस्ने बर्ष २५ कि ललिता सुनार टाउको र छातिमा चोट मध्यम ।
१४- ऐ.ऐ. बस्ने बर्ष ४५कि कमला नेपाली अनुहारमा चोट सामान्य ।
१५- ऐ.ऐ. बस्ने बर्ष २३ को अमृत कुसारी छाति र टाउकोमा चोट मध्यम ।
१६- ऐ.ऐ. बस्ने बर्ष ४५ कि. पार्वति नेपाली छाति र टाउकोमा चोट मध्यम ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

ट्याक्टरको टोचनमा बसेका एक बालक घाइते

   जेठ २६, २०८२       admin

दाङ,२५ जेठ । दाङको तुलसीपुरमा एक बालक घाइते भएका छन् । तुलसिपुर उपमहानगरपालिका–५ रानिजरुवा नजिक आइतबार बिहान ट्याक्टरबाट खस्दा १५ वर्षीय बालक घाइते भएका हुन् ।

रानिजरुवाबाट बेलुवा तर्फ कामको लागि जाँदै गरेको रा.१ त ४०९५ नम्बरको मिक्चर जोडिएको ट्याक्टरको टोचनमा बसेका ऐरावती गाउँपालिका–८ निवासी पारस बिक घाइते भएका छन् । टोचनमा बसेका बिक अचानक खस्दा दुबै खुट्टामा चोट लागेको छ ।

घाइते बिकलाई तत्काल राप्ती प्रादेशिक अस्पताल, तुलसिपुरमा भर्ना गरिएको छ। अस्पताल स्रोतका अनुसार उनको अवस्था मध्यम छ र उपचार भइरहेको छ।

ट्याक्टर चालक २२ वर्षीय सुनिल कुमार बिकलाई इलाका प्रहरी कार्यालय तुलसिपुरले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology