चिडियाखानाबाट रेड पान्डा चोरी गर्ने दुइजना पक्राउ

   जेठ २१, २०८२       admin

काठमाडौ,२० जेठ । चिडियाखानामा रहेका दुर्लभ प्रजातिका रेड पान्डा चोरी गर्न खोज्ने दुइजनालाइ प्रहरीले पक्राउ गरेको छ। जावलाखेल स्थित सदर चिडियाखानामा रहेका दुर्लभ प्रजातिका रेड पान्डा चोरीको प्रयास गर्ने समूहका दुई जना पक्राउ परेका छन् भने अन्य दुई अझै फरार रहेका छन्। चोरीको तेस्रो प्रयासमा रेड पान्डालाई झोलामा प्याक गरिसकेपछि कराएको कारण उनीहरू योजना विफल पारेर भागेका थिए।

पक्राउ पर्नेहरूमा धादिङबेशी घर भएका २१ वर्षीय कृष्ण गुरुङ र भारत, बिहार राज्यको वैशालीका २६ वर्षीय मोहम्मद तफिक रहेका छन्। तफिक स्वयम्भू क्षेत्रमा चराचुरुङ्गीको व्यापारमा संलग्न थिए। ललितपुर प्रहरी परिसरका एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार घटनामा संलग्न थप दुई जना भारतीय फरार छन्, तर उनीहरूको पहिचान भइसकेको छ।

तीन चरणको योजना : उनीहरूले रेड पान्डा चोर्न तीन दिनसम्म योजना बनाएर प्रयास गरेका थिए। पहिलो र दोस्रो दिन उनीहरूले टिकट काटेर चिडियाखाना छिरेर रेकी गरे। रेड पान्डा राखिएको क्षेत्र, झ्याल, ढोका, प्रवेश सम्भावना, र सीसीटीभी क्यामेराको कभरेजसम्म अध्ययन गरे। दोस्रो दिन राति चोरी गर्न खोज्दा रेड पान्डा रुख चढेपछि असफल भएर उत्तर कम्पाउन्ड हुँदै भागे।

तेस्रो दिन (३० वैशाख) दिउँसो टिकट काटेर पुनः चिडियाखाना प्रवेश गरे। क्यान्टिनमा लुकेर बसेपछि राति रेड पान्डालाई नियन्त्रणमा लिई झोलामा हालेर चोरी प्रयास गरे। तर रेड पान्डा कराउन थालेपछि उनीहरूले डरले झोला निगालो घारीमा फ्यालेर मुख्य गेटबाट भागे।

राति १० बजेतिर चिडियाखानाबाट चोरी प्रयास भएको सूचना पाएपछि प्रहरी टोली त्यहाँ पुग्यो। प्रहरीले घटनास्थलबाट एक जोर जुत्ता, पेचकस, र रेड पान्डाको भुत्लासहितको झोला बरामद गरेको छ।

प्रहरीले सीसीटीभी फुटेज विश्लेषण गरी तफिकलाई स्वयम्भूबाट पक्राउ गरेको हो। उनीहरू तेस्रो प्रयासमा रेड पान्डालाई झोलामा हालेर लगेपनि जनावरको आवाजले कर्मचारी सतर्क भएपछि उनीहरूको योजना भत्किएको हो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

ट्याक्टरबाट लडेर दुइजनाको मृत्यु

   जेठ २१, २०८२       admin

दाङ , २० जेठ । सल्यानमा एकै दिन ट्याक्टर बाट लडेर दुई जनाको मृत्यु भएको छ ।

गएराति जिल्लाको कुमाख गाउँपालिका – ६ का १६ बर्षीय मेघलाल बुढाथोकी गुडिरहेको ट्याक्टर बाट लडेर घटनास्थलमै मृत्यु भएको छ ।

सोमबार बिहान मात्रै जिल्लाको शारदा नगरपालिका –७ का ५१ बर्षीय दलबहादुर थापाको पनि गुडिरहेको ट्रयाक्टर बाट लडेर मृत्यु भएको थियो ।

मेघलाल रा.१.त ३३९३ नं. को ट्रयाक्टर बाट सोमबार राति साढे १० बजेतिर लडेका थिए । ट्रयाक्टरमा हेल्परको काम गर्थे ।

उक्त ट्याक्टर दार्मा गाउँपालिका – ४ मसिना बाट फारुला तर्फ जादै थियो । मंगलबार बिहान मात्रै किशोरको शब पोष्टमार्टमको लागि जिल्ला अस्पताल खलंगा पुर्‍याइएको थियो ।

जिल्ला प्रहरी प्रमुख डिएसपी केशर न्यौंपानेले घटना लगतै चालक फरार भएका थिए । ट्रयाक्टर चालकको खोजी भइरहेको छ ।

सोमबार नै जिल्लाको शारदा नगरपालिका –७ का ५१ बर्षीय दलबहादुर थापाको पनि गुडिरहेको ट्रयाक्टर बाट लडेर मृत्यु भएको थियो ।

थापा बिहान साढे १० बजेतिर रा १ त ३२४६ नम्बरको ट्रयाक्टरबाट लडेर गम्भीर घाइते भएका थिए । टाउको र शरिरको बिभिन्ना भागमा गम्भीर चोट खेपेका उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको डिएसपी न्यौंपानेले बताए ।

चालक शारदा नगरपालिका – ७ गोठीचौरका २४ बर्षीय दिनेश बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्थानीय रामेखोला बाट आउँदै गरेको ट्रयाक्टर रोकेर थापा ढोरचौर तर्फ जाँदै गर्दा राप्ती राजमार्गमा लड्न पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

आसाममा बाढीपहिरो: १२ सयभन्दा बढी गाउँ डुबानमा,१२ जनाको मृत्यु

   जेठ २१, २०८२       admin


काठमाडौं २० जेठ । भारतको पूर्वी राज्य आसाममा लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ भने १२ सयभन्दा बढी गाउँ डुबानमा परेका छन्।

आसाम राज्य विपद् व्यवस्थापन प्राधिकरण (ASDMA) का अनुसार २२ जिल्लाका १ हजार २५४ गाउँ बाढीको चपेटामा परेका छन्। बाढीबाट सबैभन्दा बढी क्षति श्रीभूमि, कछार, हैलाकांडी, लखिमपुर र नगाउँ जिल्लामा पुगेको बताइएको छ। पछिल्लो २४ घण्टामा मात्र दुई जनाको डुबेर मृत्यु भएको जानकारी दिइएको छ।

ASDMA का अनुसार २ जुन साँझदेखि अहिलेसम्म करिब २ लाख मानिस बाढीपहिरोबाट प्रभावित भएका छन्। तीमध्ये ३२ हजारको हाराहारीमा घर पूर्ण रूपमा डुबानमा परेका छन्। पीडितका लागि स्थानीय प्रशासनले विभिन्न स्थानमा ३२२ राहत शिविर सञ्चालनमा ल्याएको छ।

बाढीको अवस्था गम्भीर बन्दै गएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले आसामका मुख्यमन्त्री हिमन्त विश्व शर्मा सँग टेलिफोन संवाद गरी अवस्थाबारे जानकारी लिएका छन्। मोदीले केन्द्र सरकारबाट आवश्यक सहयोग उपलब्ध गराउने आश्वासन पनि दिएका छन्।

उत्तरपूर्वका अन्य राज्य पनि प्रभावित
भारतीय सञ्चारमाध्यमहरूका अनुसार विगत पाँच दिनदेखिको लगातार वर्षाले भारतका धेरै उत्तरपूर्वी राज्यहरूमा पनि बाढी र पहिरोका घटना भएका छन्। आसाम बाहेक मिजोरम, मणिपुर, त्रिपुरा र अरुणाचल प्रदेशमा पनि ठूलो क्षति पुगेको उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु

   जेठ २१, २०८२       admin

मोरङ,२० जेठ ।प्रहरी हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ। अभद्र व्यवहार मुद्दामा अनुसन्धान भइरहेका झापाका एक थुनुवाको उपचारका क्रममा मृत्यु भएको हो। झापा दमक नगरपालिका–१ निवासी २८ वर्षीय पुण्यबहादुर श्रेष्ठको कोशी अस्पताल विराटनगरमा मंगलबार मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार, श्रेष्ठलाई जेठ १५ गते म्याद थप गरी हिरासतमा राखिएको थियो। अनुसन्धानको क्रममा बारम्बार बिरामी परेपछि उनलाई यसअघि पनि उपचारका लागि अस्पताल लगिएको थियो। मंगलबार बिहान ९ बजे अचानक ज्वरो आउने, पेट दुख्ने र श्वासप्रश्वासमा समस्या देखिएपछि कोशी अस्पताल लगिएको र उपचारकै क्रममा मृत्यु भएको जोशीले जानकारी दिए।

प्रहरीका अनुसार, श्रेष्ठ विगतमा लागुऔषध सेवनमा संलग्न रहेका थिए र उनी लामो समयदेखि परिवारको सम्पर्कमा थिएनन्। डीएसपी जोशीका अनुसार, उनीमाथि यसअघि पनि चारपटक मुद्दा चलिसकेको छ । तीनपटक लागुऔषध ऐन अन्तर्गत र एकपटक अभद्र व्यवहार मुद्दामा मुद्दा  चलाइसकेको छ।

पछिल्लोपटक विराटनगरमा साइकल चोरी गर्न खोजेको अभियोगमा श्रेष्ठलाई पक्राउ गरिएको थियो। चोरीको प्रयासका क्रममा साइकलधनीसँग विवाद र हातपात भएपछि किटानी जाहेरी परेको र त्यसैका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।

श्रेष्ठको शव अहिले कोशी अस्पतालमा राखिएको छ। उनका आफन्तलाई खबर गरिसकिएको र उनीहरू आएपछि आवश्यक थप कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

आज पनि संसद अवरोधको तयारीमा दलहरू

   जेठ २१, २०८२       admin

काठमाडौं,२० जेठ । विपक्षी दलहरूले संघीय संसदका दुवै सदनको आजको बैठक अवरुद्ध गर्ने तयारी गरेका छन्।

नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता भएको आशंका व्यक्त गर्दै छानबिनको माग गरेका छन्। सोही माग पूरा नहुँदासम्म संसद अवरुद्ध गर्ने रणनीतिमा उनीहरू छन्।

आज प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजेका लागि बोलाइएको छ। जेठ १५ गते संघीय संसदमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत भएपछि आज पहिलोपटक संसद बैठक बस्न लागेको हो। बैठकमा बजेटमाथि छलफल सुरु गर्ने कार्यसूची तय गरिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सरकार र यातायात व्यवसायीबिच सहमति: यातायात बन्दको कार्यक्रम फिर्ता

   जेठ २१, २०८२       admin

काठमाडौ,२० जेठ । सरकार र यातायात व्यवसायीबिच मध्यरातमा सहमति जुटेको छ। राइडसेरियरिङकी नियमावली स्थगन गर्ने सहमति सरकार तयार भएपछि सहमति जुटेको हो। यातायात व्यवसायीहरुले पनि सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिन सहमत भएका छन् ।

रातो नम्बर प्लेटका सवारी साधनले पनि यात्रु बोक्न पाउने गरी गण्डकी प्रदेश सरकारले ल्याएको राइडसेयरिङ नियमावली स्थगन गर्न प्रधानमन्त्री कार्यालयले गण्डकी प्रदेश सरकारलाई पत्राचार गर्न तयार भएपछि यातायात व्यवसायीहरु पनि देशव्यापी चक्काजामको कार्यक्रम फिर्ता लिन सहमत भएका हुन् ।

सोमबार राति सरकारी वार्ता टोली र सार्वजनिक यातायात व्यवसायीका प्रतिनिधिबीच भएको तेस्रो चरणको वार्तामा यो सहमति भएको हो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले प्रधानमन्त्री कार्यालयले जति चाँडो गण्डकी प्रदेश सरकारलाई पत्राचार गरेर गण्डकी प्रदेश सरकारले नियमावली स्थगन गर्छ, त्यति चाँडो आफूहरुले चक्काजामको कार्यक्रम फिर्ता लिने बताए ।

वार्ताका लागि गठन भएको कार्यदलले सहमति भएका विषय समेटेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गर्ने, मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई पत्राचार गर्ने, प्रधानमन्त्री कार्यालयले गण्डकी प्रदेश सरकारलाई पत्राचार गर्ने र गण्डकी प्रदेश सरकारले नियमावली स्थगन गर्ने सहमति भएको स्वाँरको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

यस्तो छ आजको मौसम

   जेठ २१, २०८२       admin

काठमाडौँ ,२० जेठ । हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव देखिएको छ भने कोशी प्रदेशमा मनसुनी वायु सक्रिय भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यसको असरस्वरूप लुम्बिनी प्रदेशसहित गण्डकी, कर्णाली र कोशी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही, केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज दिउँसो लुम्बिनी प्रदेशमा मौसम आंशिकदेखि सामान्य बदली रहनेछ भने रातिको समयमा प्रदेशका पहाडी क्षेत्रहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।

यस्तै, देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा वर्षासँगै हिमपात पनि हुनसक्ने जनाइएको छ।

मौसममा आएको यस परिवर्तनले दैनिक जनजीवन, कृषि कार्य, स्वास्थ्य सेवा, सडक यातायात तथा हवाई उडानहरूमा असर पर्न सक्ने भएकाले मौसम महाशाखाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तुलसीपुरमा ब्राउन सुगरसहित एक महिला पक्राउ

   जेठ २०, २०८२       admin

दाङ,१९ जेठ । अवैध लागू औषध ब्राउन सुगर सहित दाङको तुलसीपुरमा एक महिला पक्राउ परेकी छन्। गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरको टोलीले आज सोमबार बिहान तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ स्थित शिवनगरबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ घोरनेठी बस्ने २१ वर्षीय प्रतिभा विश्वकर्मा रहेको प्रहरीले बताएको छ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी निरीक्षक प्रकाश भण्डारीको कमाण्डमा खटिएको पाँच जनाको टोलीले ब्राउन सुगरको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा शसक्त रूपमा चेकजाँच गरेको थियो।

विश्वकर्मालाई शंका लागि चेकजाँच गर्दा उनको साथबाट ३ पुडिया ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद गरिएको पदार्थलाई डिजिटल तराजुमा तौल गर्दा कुल २६० मिलिग्राम भएको पुष्टि भएको प्रहरीले जानकारी दिएको छ। लागू औषध लुकाई छिपाई बोकेको अभियोगमा उनलाई नियन्त्रणमा लिइ प्रहरी हिरासतमा राखिएको छ।

घटनासम्बन्धी थप अनुसन्धानका लागि जिल्ला अदालत घोराहीबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरी स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

घोराहीमा गाडीको ठक्करबाट हुँडारको मृत्यु

   जेठ २०, २०८२       admin

दाङ,१९ जेठ । दाङमा मरेको अवस्थामा हुहुँडारडार फेला परेको छ। घोराही उपमहानगरपालिका–१० अमराइमा सवारी साधनको ठक्करबाट एक वटा हुँडार (वन्यजन्तु) मरेको अवस्थामा फेला परेको छ।

तुलसीपुर–घोराही सडकखण्डअन्तर्गत फन भ्याली नजिकै गएराति करिब १२ बजेको समयमा सवारी साधनले ठक्कर दिएको अनुमान गरिएको छ।

डिभिजन वन कार्यालय घोराहीका अनुसार ठक्करबाट मृत्यु भएको भाले हुँडारको लम्बाइ करिब ५ फिट र शरीरको गोलाइ १६ इन्च रहेको छ। मृत हुँडारको उमेर करिब ८ देखि १० वर्षको बीचमा भएको अनुमान गरिएको छ।

मृत अवस्थामा फेला परेको हुँडारको शवको व्यवस्थापन डिभिजन वन कार्यालय घोराहीले गरेको छ।

हुँडारलाई ठक्कर दिने सवारीसाधनको पहिचान गर्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

निःशुल्क शटल बस सञ्चालन

   जेठ २०, २०८२       admin

काठमाडौं,१९ जेठ । नेपाल पर्यटन बोर्डले पर्यटकहरूको सहज आवागमन सुनिश्चित गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंका प्रमुख होटलहरूसम्म निःशुल्क शटल बस सेवा सञ्चालनमा ल्याएको छ।

देशका विभिन्न स्थानमा सार्वजनिक यातायात अवरोध, हड्ताल तथा सवारी सेवा अवरुद्धजस्ता समस्या देखिएपछि पर्यटकहरूलाई गन्तव्यसम्म पुग्न सहज बनाउने उद्देश्यले बोर्डले सो सेवा सुरु गरेको हो।

पर्यटकहरूको आगमनलाई व्यवस्थित, सहज र स्वागतयोग्य बनाउन सुरु गरिएको उक्त सेवामार्फत विमानस्थलको आगमन कक्षमै नेपाल पर्यटन बोर्डका प्रतिनिधिहरू खटिएर जानकारी र आवश्यक सहयोग प्रदान गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology